Websoft University

www.radiomakalu.com || 021-522512


April 2017



काठमाडौँ, वैशाख १७ गते । नेपालको संविधानमा दोस्रो पटक संशोधन गर्न छलफलका लागि डाकिएको व्यवस्थापिका–संसद्को आजको बैठक उक्त विषयमा प्रवेश नै नगरी तीन दिन पछि सारिएको छ ।

यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न भन्दै बैठक वैशाख २१ गतेसम्म स्थगन गरिएको छ । निर्वाचन आयोगले यही वैशाख १९ गते उम्मेदवारी दर्ता गर्ने तालिका सार्वजनिक गरेको छ । संसद्को आजको बैठक पूर्वसांसद नथुनीसिंह दनुवारको निधनप्रति शोक प्रस्ताव पारित गर्दै स्थगन गरिएको थियो ।

बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै वैशाख १९ गते उत्सवका रुपमा उम्मेदवारी दर्ता गर्न बैठक सारिएको बताउनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “वैशाख ३१ गते हुने निर्वाचनको तयारी गर्न सबै सांसदलाई जिल्ला पुग्ने वातावरण बनाउन बैठक सारिएको हो । त्यो सकेर मात्र संशोधन प्रस्तावका बारेमा वैशाख २१ गते छलफल हुन्छ ।”

वैशाख ३१ गतेको निर्वाचन कुनै पनि हालतमा हुने बताउँदै उहाँले भन्नुभयो – “अब कसैमा पनि कुनै खालको द्विविधा पर्न र पार्न आवश्यक छैन ।” निर्वाचनमा मधेस केन्द्रित दलको सहभागिताका सम्बन्धमा सोधिएको जिज्ञासामा प्रधानमन्त्री दाहालले उनीहरु पनि निर्वाचनमा आउने विश्वास व्यक्त गर्नुभयो । उम्मेदवारी दर्ता गरेर निर्वाचन सम्पन्न गर्ने विषयलाई सबैले प्राथमिकता दिनुपर्ने परिस्थिति बनेको पनि उहाँले स्मरण गराउनुभयो ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संक्षिप्त प्रतिक्रिया दिँदै ‘वैशाख ३१ गतेको निर्वाचन भयो’ भन्नुभयो । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वैशाख ३१ मा पहिलो चरणको स्थानीय तहको निर्वाचन हुने बताउनुभयो र दलहरुबीच संविधान संशोधन प्रस्तावमाथि सहमति कायम गर्न संसद बैठक सारिएको खुलासा गर्नुभयो ।

नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले निर्वाचन एकै चरणमा गर्नुपर्छ भन्ने आफ्नो पार्टीको धारणा रहेको जानकारी दिँदै संशोधन प्रस्ताव सरकारले फिर्ता लिनुपर्ने बताउनुभयो । बजेट ल्याउनुपर्ने स्थिति पनि रहेकाले त्यस अघि नै निर्वाचन हुनुपर्ने उहाँको तर्क थियो ।

संसद् बैठकबाट बाहिरिने क्रममा सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनमाथि छलफल नगरी संसद् बैठक सारिएको विषयमा सङ्घीय गठबन्धनको बैठक बसेर निर्णय लिइने बताउनुभयो ।

सरकारले पहिलो चरणको स्थानीय तहको निर्वाचन यही वैशाख ३१ गते प्रदेश नं ३, ४ र ६ मा गर्ने तयारी गरेको छ । संसद्को अर्काे बैठक यही वैशाख २१ गते अपराह्न ३ बजे बस्नेछ । रासस

kamal-650x336

काठमाडौँ,  वैशाख १७ गते  । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठकले सरकारले व्यवस्थापिका–संसद्मा पछिल्लो पटक ल्याएको संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

सिंहदरबारस्थित दलको कार्यालयमा संसदीय दलका नेता कमल थापाको अध्यक्षतामा आज बसेको बैठकले मुलुकलाई राजनीतिक समाधान दिनका लागि पक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक कुन्तीकुमारी शाहीले जानकारी दिनुभयो ।

पार्टी एकीकरण भएपछि पार्टीेका ३७ सांसद रहेकामा २७ सांसदको मात्र बैठकमा उपस्थिति थियो । रासस

UML-party-office
काठमाडौँ,  वैशाख १७ गते । नेकपा (एमाले) संसदीय दलको आज बसेको बैठकले संविधान संशोधन विधेयक देश र जनताका लागि उपयुक्त नरहेको जनाउँदै त्यसविरुद्ध लाग्न आफ्ना सम्पूर्ण सांसदलाई निर्देशन दिएको छ ।
 दलका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षता बसेको बैठकमा स्थानीय तहको निर्वाचन सम्पन्न गरेर संविधान कार्यान्वयन गर्नुपर्ने बताउँदै संविधान संशोधन आवश्यक नरहेको कुरा उठेको थियो ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधान संशोधनको कुरा गर्ने सरकारले पुनः आफँैले संविधान संशोधनको प्रस्ताव हालेको शनिबार साँझ मात्र आफूहरुलाई थाहा भएको र त्यसका बारेमा पनि बैठकमा छलफल भएको जानकारी पत्रकारहरुलाई दिनुभयो ।

बैठकमा नौदलीय गठबन्धनबीच भएको बैठकका बारेमा पनि सबै सांसदलाई जानकारी गराइएको थियो । रासस

nc

काठमाडौँ,  वैशाख १७ गते  । नेपाली काँग्रेसले सबै दललाई समेटेर स्थानीय तहको निर्वाचनमा जाने निर्णय गरेको छ । काँग्रेस संसदीय दलको कार्यालयमा आज बिहान भएको पदाधिकारी एवम् पूर्वपदाधिकारी बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) तथा तराई÷मधेस केन्द्रित राजनीतिक दललाई चुनावमा जाने वातावरण बनाउने निर्णय गरेको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो ।

सबैको सहमतिमा संविधान संशोधन प्रस्ताव पारित गराई चुनावी वातावरण बनाउन व्यवस्थापिका–संसद्को ठूलो दल भएका नाताले काँग्रेसले विशेष भूमिका निर्वाह गर्ने विषयमा पनि बैठकमा छलफल भएको सांसद रामकृष्ण यादवले बताउनुभयो ।

यही वैशाख ३१ निर्वाचन हुने प्रदेश नं ३, ४ र ६ का ८० प्रतिशत गाउँपालिका एवम् नगरपालिकाका उम्मेदवारको टुङ्गो पार्टीले लगाइसकेको छ । टुङ्गो लागिसकेकाहरुलाई ‘टिकट’ पठाइसकिएको मुख्यसचिव पौडेलले बताउनुभयो । बाँकी स्थानीय तहमा पार्टीबाट चुनाव लड्ने उम्मेदवारको अन्तिम नामावली सोमबार बिहानसम्म तयार पार्ने निर्णय पनि आज भएको छ ।

बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायत पूर्वपदाधिकारीको पनि उपस्थिति थियो । रासस

ucpn maobadi

काठमाडौँ,  वैशाख १७ गते  । सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र) ले ‘समृद्ध नेपालको आधारः समृद्ध गाउँनगर’ भन्ने नारालाई केन्द्रविन्दुमा राखेर स्थानीय तह निर्वाचनको प्रतिबद्धतापत्र तयार पारेको छ । केही दिनभित्रै सार्वजनिक गर्ने तयारी गरिएको प्रतिबद्धतापत्रमा स्थानीय जनताको दैनिक सेवा र कृषि तथा औद्योगिक आत्मनिर्भर अर्थतन्त्रको स्थापनामा जोड दिइने छ । नेपालको संविधानको अनुसूची ८ मा उल्लेख भएको स्थानीय तहले प्रयोग गर्ने २२ विषयगत अधिकारको सूचीअनुसार भूमिसुधार, कृषि, सिँचाइ, जलस्रोत, वन, खनिज पदार्थ, उद्योग, व्यापार, कर सङ्कलन, बजेट तर्जुमा, यातायात, सूचना–सञ्चार, नगर तथा बस्ती विकास, खानेपानी, दैनिक प्रशासन, न्याय सेवा, शान्ति सुरक्षा, स्वास्थ्य, शिक्षा, भाषा–संस्कृति, खेलकुदलगायत क्षेत्राधिकार तोकिएको र सोही आधारमा नीतिगत एवम् व्यावहारिक निर्णय गरिने छ ।

माओवादी केन्द्रले ‘सार्वजनिक प्रशासनको आधारः सुशासन’ भन्ने अर्को नारा पनि तय गरेको छ । त्यसमा स्थानीय तहका सबै अङ्गको बीचमा समन्वयात्मक रुपले सञ्चालन गरिने छ ।

असी प्रतिशत पुँजीगत बजेट स्थानीय तहलाई

केन्द्र सरकारले स्थानीय तहको चालु कार्य प्रारम्भ गर्नका लागि प्रत्येक एकाइका लागि तत्काल रु एक करोड सिधा निकासा गरिने लर आगामी वर्षमा कुल बजेटको कम्तीमा पनि ८० प्रतिशत पुँजीगत बजेट स्थानीय तहमा उपलब्ध गराइने छ ।
सरकारी रकमको बैंकिङ कारोबार राष्ट्रिय वाणिज्य बैंकलगायत राज्यको लगानीबाट सञ्चालित बैंकमार्फत गरिने नीति अगाडि सारिने छ । प्रतिबद्धतापत्रमा वैज्ञानिक भूमि व्यवस्थापन र भूउपयोगको नीति तर्जुमा गरेर लागू गर्ने उल्लेख हुने छ ।

सहरी र ग्रामीण क्षेत्रको विकासका लागि बृहत्तर गुरुयोजना तर्जुमा गर्ने, भूमिमाथि जोताहा किसानको स्वामित्वलाई सुनिश्चित गर्ने, जमिन बाँझो राख्न र खण्डीकरण गर्नलाई नियन्त्रण गरी जमिनलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गरिने छ । जमिनलाई उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्न भूमि बैंकको व्यवस्था गर्ने र अत्याधुनिक कृषि प्रणालीको विकास गरी कृषि क्षेत्रको विकास र विस्तारमा ‘सुपर जोन’, ‘जोन’ अवधारणालाई व्यावहारिक रुपमा लागू गरिनेछ ।

कृषि ग्रामीण विकासको मूल आधार
माओवादी केन्द्रले ‘कृषि नै ग्रामीण विकासको मूल आधार’ भन्ने नाराका आधारमा ग्रामीण क्षेत्रमा आयआर्जन र रोजगारमूलक कृषि उत्पादन, खाद्यान्न उत्पादन, दलहन, फलफूल, तरकारी, नगदेबाली, पशुपालनलगायत मुख्यतः नगदे बालीको खेतीमा जोड दिइने जनाएको छ ।

‘एक गाउँ, एक कृषि नमुना उत्पादन’मा जोड दिँदै गाउँपालिकाले कृषि उत्पादनलाई गुणात्मक रूपमा विकास गर्न ‘सुपर जोन’को मान्यतानुसार आआफ्नो भौगोलिक विशेषतानुरुप उत्पादनको विशिष्टीकरण र नमुना ढङ्गले कृषि उत्पादनलाई केन्द्रित गर्ने लक्ष्य लिइने छ ।

कृषि उत्पादनलाई व्यवसायीकरण, आधुनिकीकरण र औद्योगिकीकरणमा जोड दिइने, अभियानकै रुपमा सिँचाइ कार्यक्रम सञ्चालन गर्ने, मल, बीउ, कीटनाशक औषधिलगायत कृषि औजार सर्वसुलभ बनाइने छ । कृषि उत्पादनमा प्राङ्गारिक मलको प्रयोग गरी जैविक उत्पादनमा जोड दिइने प्रतिबद्धतापत्रमा समावेश हुने छ ।

प्रत्येक गाउँमा कृषि उपजको बजारको व्यवस्था गर्ने, भण्डारण र शीतभण्डारणको व्यवस्था गर्ने, सहकारी प्रणालीलाई प्रोत्साहन गर्ने, किसान र उपभोक्ताबीचको बिचौलियाको तहगत संरचनालाई न्यूनीकरण गर्दै किसान र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध र लाभका लागि बहुउद्देश्यीय सहकारी प्रणालीमार्फत कृषि उत्पादन, उत्पादित वस्तुको भण्डारण, ढुवानी र कृषि बजारको व्यवस्था गर्ने माओवादी केन्द्रले जनाएको छ ।

किसानलाई निवृत्तिभरण
साना तथा गरिबीका रेखामुनि रहेका किसानका लागि सहुलियत ब्याज दरमा कृषि ऋणको व्यवस्था गर्ने, कृषि पेसालाई प्रोत्साहन गर्न किसान निवृत्तिभरणको व्यवस्था गरिने छ ।


ग्रामीणहरित सडक सञ्जालको निर्माण र विस्तार गर्ने, पर्यटन र वातावरणीय संरक्षणलाई ध्यानमा राखी पर्यटकीय पैदल मार्ग र केबलकारको व्यवस्था गर्ने, गाउँलाई स्मार्ट नमुना गाउँका रुपमा विकास र विस्तार गर्ने, कृषिजन्य साना तथा घरेलु उद्योगहरुमा जोड दिने माओवादीको योजना छ । रासस

पाेखरामा अन्तर्राष्ट्रियस्तरको स्केटिङ सेन्टर निर्माण सुरु

पोखरा, वैशाख १७ गते । पोखरा रङ्गशालाको हातामा नेपालमै अन्तर्राष्ट्रियस्तरको पहिलो स्केटिङ ट्रेनिङ सेन्टरको निर्माण सम्पन्न भएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पहलमा अन्तर्राष्ट्रिय स्केटिङ सङ्घको करिब रु ३० लाखको लागतमा निर्माण कार्य सम्पन्न भएको समितिका क्षेत्रीय अध्यक्ष खगराज पौडेलले जानकारी दिनुभयो । निर्माण सुरु भएको तीन हप्तामै काम सकिएको छ ।

पर्यटकीय नगरी पोखरामा स्केटिङ खेलका खेलाडी उत्पादन गरी अब हुने ओलम्पिक खेलमा नेपालको तर्फबाट स्केटिङ खेलाडीको सहभागिता जनाउने विश्वास गरिएको छ ।

पूर्वाधार निर्माणका लागि अमेरिका, फ्रान्स, बेल्जियम, जर्मनी, जापान, दक्षिण कोरिया, नर्वे, क्यानाडा, भारतलगायतका ३५ जना विदेशी नागरिकले श्रमदान गरेका थिए ।

यो स्केटिङ खेलको पूर्वाधार दक्षिण एसियाकै उत्कृष्ट मानिएको छ । रासस



काठमाडौ, बैशाख १७ गते  ।  व्यवस्थापिका संसद बैठक आगामी बैशाख २१ गतेसम्मलाई अचानक स्थगित गरिएको छ । आजको बैठक पुर्व सांसद नथुनी चैधरीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै २१ गतेसम्मलाई स्थगित गरिएको हो ।

पहिलो चरणको स्थानीय निर्वाचन मिति आउन १३ दिन मात्र रहेको र संविधान संशोधनको प्रस्ताव पारित गर्नुपर्ने अवस्थामा चार दिनसम्म बैठक स्थगित भएपछि अवको राजनीतिक घट्नाक्रम कसरी अघि बढ्ला भन्ने सवत्र जिज्ञासा पैदा भएको छ । योसँगै संविधान संशोधन प्रस्ताव के हुने भन्ने थप अन्यौल पनि उत्पन्न भएको छ ।

बैठक चार दिनपछि सार्नुका कारणहरु
–संविधान संशोधनका लागि आवाश्यक पर्ने सांसद संख्या सत्तारुढ र सरकारले पुर्याउन नसक्नु ।
– मोर्चा फकाउन अझै प्रयास गर्न ।
– संशोधन विधेयक पारित नभएपछि सरकारलाई नैतिक संकट पर्ने देखेर लम्ब्याउन खोज्नु । –मधेसी मोर्चाले सरकारलाई सहमतिअनुसार संशोधन गराउन दिएको १८ गतेसम्मको म्याद गुजार्नु ।
–राप्रपाभित्र संविधान संशोधनको विरोध हुनु ।
–१९ गते उम्मेदवार मनोनयन गर्ने मिति गुजार्नु ।
–एमालेलाई समेत सहमतिमा ल्याउन प्रयास गर्न ।

अवको सरकारको रणनीति
सत्तापक्ष र प्रतिपक्षको प्रतिष्ठाको विषय बनेको संविधानको दोश्रो संशोधन विधेयक–२०७३ पारित हुन्छ या हुँदैन ? भन्ने प्रश्न थप जटिल बनेको छ । विधेयकको पक्ष र विपक्षमा रहेका दलहरु आफ्नो अडानबाट टसको मस नभएपछि सरकारले तीनवटा रणनीतिसहित प्रस्ताव पारित गराउने पहल जारी राखेको छ ।सकेसम्म एमालेसहति प्रस्ताव पारित गराउने सरकारको पहिलो कामलाई निरन्तरता दिने रणनीति बनाएको छ । त्यसका लागि कांग्रेसको आजै बिहान बसेको संसदीय दलको बैठकले समेत एमालेलाई सहमतिमा ल्याएर मात्रै संशोधन प्रस्ताव पारित गर्ने निर्णय गरिसकेको छ ।

सत्तारुढ र सरकार एमाले आइहाल्छ भन्नेमा त ढुक्क छैन तैपनि अन्तिम समयमा मनाउन सकिन्छ कि भन्नेमा आशाबादी छ ।
सरकारको बुझाईमा उसलाई पाँच सांसदको खाँचो छ । तर, राप्रपामा समानान्तर पार्टी सञ्चालनको खेलले यो संख्या थप बढ्ने छ ।

यस अघि बुधबार बसेको व्यवस्थापिका संसदको तेश्रो पटकको बैठकमा सरकारका तर्फबाट कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री अजय शंकर नायकले संविधानको दोश्रो संसोधन विधेयक २०७३ लाई विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।

सरकारले प्रस्तुत गरेको संविधानको दोश्रो संसोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई व्यवस्थापिका संसदको बहुमतले स्वीकृत पनि गरेको थियो ।

तीन दिनपछि आज बस्ने संसद वैठकमा प्रस्तावमाथि छलफल शुरु गर्ने भनिएपनि पुर्व सांसद नथुनी चौधरीको निधनले गर्दा शोक प्रस्ताव मात्र पारित गरेर स्थगित गरियो । यदि स्थिति सहज भएको भए आजै अर्को बैठक बोलाउन पनि सकिन्थ्यो । र संबिधान संशोधनको प्रकृयामा जान सकिन्थ्यो ।- रातोपाटी बाट



स्थानीय चुनाव नजिकिँदै जाँदा बालुवाटारमा बसेको प्रमुख दलहरुको बैठकमा वैशाख ३१ मा चुनाव सम्भव नहुने सङ्केत प्रधानमन्त्री प्रचण्डले दिएका छन् । अर्कोतर्फ संविधान संशोधनको निमित्त आवश्यक दुई तिहाइ पुर्याउन संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग छुट्टाछुट्टै संवादको तयारीमा छन् । कहिले एमालेसँग मिलेर मधेसी दललाई उग्र बनाउने, कहिले काङ्ग्रेस, मधेसी दल मिलाएर एमालेलाई उग्र बनाउने प्रचण्डको रणनीति सफल भइरहेको छ । जसरी भए पनि सत्ता लम्याउने खेलमा प्रचण्ड क्रमशः सफल हुँदै गइरहेका छन् ।

अमरदीप मोक्तान


कसैले पत्याउन वा नपत्याउन, वर्तमान नेपाली राजनीतिमा नेपालको बहुबाली नेता कोही छन् भने ती प्रचण्ड नै हुन् । प्रचण्डले एमाले, काङ्ग्रेस, मधेसी दललाई ‘तीन त्रिलोक चौध भुवन’ देखाइदिएका छ्न । तर प्रचण्डको दोहरो खेलबारे आभाष हुँदाहँुदै कसैमा प्रचण्डविरुद्ध केही गर्ने साहस छैन भन्दा पनि हुन्छ । चतुर प्रचण्ड प्रख्यात माछा शिकारी बनेका छन् । वर्तमान राजनीतिक सन्दर्भमा प्रचण्डको बल्छीमा नेपाली राजनीतिका धुरन्धर खेलाडी एमाले, काङ्ग्रेस, मधेसी दल माछाका रुपमा फँसेका छन् । उल्लेखित माछाहरु उग्र पनि छन्, जुझारु पनि छन् । समय समयमा बल्छीबाट उम्किन प्रयास पनि गर्छन् तर त्यस समय मन्दमन्द मुस्कानका साथ प्रचण्डले बल्छीको मजबुत डोरी खुकुलो बनाई दिन्छन् । अनि आरामका साथ बसिरहन्छन धेरै प्रयास गर्दा पनि उन्मुक्ति पाउन नसक्दा एमाले, काङ्ग्रेस, मधेसवादी दलरुपी माछाहरु स्याँ स्याँ फ्याँ फ्याँ गर्दै थकित भएर पुनः प्रचण्ड नजिक आइपुग्दछन् । यही दृश्य बारम्बार दोहोरिरहेको छ । यस्ता दृश्यले नेपाली जनता वाक्क दिक्क बनिसकेका छन् ।

गणितीय समीकरणमा काङ्ग्रेस, एमाले, मधेसी दल कोही पनि प्रचण्ड विरुद्ध जान सक्दैनन् । त्यस कारण प्रचण्डले एमाले काङ्ग्रेस, एमाले, मधेसी दललाई फनफनी घुमाइरहेका छन् । नेपाली काङ्ग्रेससँग भद्र सहमतिअनुसार शेरबहादुरको प्रधानमन्त्री हुने पालो नजिकिँदै छ तर प्रचण्ड ले भद्र सहमतिको पालना गर्लान भन्नेमा सन्देह छ । एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाउने भद्र सहमति पालन नगरेको भनी प्रचण्ड सजिलै सत्तासिन भए तर शेरबहादुरका लागि त्यो सम्भव छैन । किनभने शेरबहादुरले एमालेको साथ लिँदैनन् । तसर्थ प्रचण्डको दुवै हातमा लड्डु रहिरहने छ ।

निर्धारित समयमा चुनाव हुने कि नहुने सन्दर्भमा चुनाव जुनसुकै हालतमा चुनाव हुनुपर्छ र प्रचण्डले चुनाव गराउनु नै पर्छ । व्यक्तिगत महत्वाकाङ्क्षा र सत्ता लम्ब्याउनका लागि राष्ट्रलाई अनिर्णयको बन्दी बनाउनु हँुदैन र बनाउन पाइँदैन । मधेसी दलद्वारा उनीहरुले संशोधनका निमित्त अगाडि सारेका हुबहु बुँदाहरु दुईतिहाईले संशोधन गरिनुपर्ने तब मात्र चुनाव हुनदिने त्यस्तो नभएमा चुनाव हुन् नदिने कुरा हठताको पराकाष्ठा हो । संविधानलाई संस्थागत हुन् नदिने बदनियतपूर्ण षड्यन्त्र हो ।

प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री बन्नेपछि दिएको एउटा अन्तर्वार्तामा प्रथम पटक प्रधानमन्त्री हुँदा मैले राजनीति बुझेको थिइन, तसर्थ दोस्रो पटक विगतको जस्तो भुल दोहरिने छैन भनेका थिए । प्रचण्डको बहुरुपिया चरित्र एवं दोहरो खेलको राजनीति खेलेको देख्दा प्रचण्डले राष्ट्र हितैषी असल र पवित्र राजनीतिभन्दा पनि नेपाललाई अनिर्णयको बन्दी बनाउने सत्ता लम्ब्याउने फोहोरी राजनीतिमा पारङ्गतता हासिल गरेका रहेछन् भन्ने कुरा प्रमाणित भएको छ । नेपाली राजनीतिक इतिहासमा जननायक बन्ने कि खलनायक बन्ने प्रचण्डको हातमा छ । संविधान असंसशोधनीय होइन । संविधानमा रहेका त्रुटि सच्च्याउन संविधान संशोधन हुनुपर्छ तर यसो भन्दैमा संविधान संस्थागत गर्न अति आवश्यक प्राथमिकताको सूचीमा रहेको चुनाव हुनै नदिने प्रपञ्च नेपाली जनतालाई कुनै हालतमा स्वीकार्य छैन ।

प्रचण्डले निर्धारित समयमा गाउँपालिका, नगरपालिका र वडाको चुनाव सम्पन्न गराउन सके भने निश्चित रुपमा जननायक नेताका रुपमा स्थापित हुने छन् । व्यक्तिगत महत्वाकाङ्क्षा र सत्ता लम्ब्याउने खेलमा लगेर चुनावमा पूर्णविराम लगाउने र नेपालमा अस्थिरता निम्त्याउने कार्य गरे भने इतिहासमा कलङ्कित हुने नै छन् । त्यसलाई जनताको अदालतले उनलाई छुटकारा दिने छैन ।
डाँडाखर्क, दोलखा


राप्रपाका सांसदलाई ह्वीप जारी

काठमाडौ, बैशाख १७  गते  ।  राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधानको दोश्रो संसोधन विधेयकको पक्षमा मतदान गर्न व्हीप जारी गरेको छ ।

आईतबार बिहान बसेको संसदीय दलको बैठकले पार्टीको निर्णय अनुसार सांसदलाई व्यवस्थापिका संसद बैठकमा अनिवार्य उपस्थित भई सरकारद्धारा पेश भएको संविधानको दोश्रो संसोधन विधेयकको पक्षमा मतदान गर्न व्हीप जारी गरको हो ।

व्यवस्थापिका संसदमा सरकारले पेश गरेको संविधानको दोश्रो संसोधनमाथि सत्तारुढ दल समेतको गरि ५० वटा संसोधन परेका छन् ।

राप्रपाले आइतबारकै बैठकमा संविधानको दोश्रो संसोधन विधेयक निर्णयार्थ प्रस्तुत हुने संभावना रहेको भन्दै व्हीप जारी गरेपनि आजको बैठकमा संविधान संसोधन विधेयकमाथिको सैद्धान्तिक छलफल नै प्रारम्भ नहुन सक्ने सचिवालय श्रोतले जनाएको छ । - रातोपाटी बाट


नेपालगन्जमा कर्पोरेट ब्याटमिन्टन सुरु
नेपालगन्जः अन्नपूर्ण मिडिया नेटवर्कले आयोजनामा आइतबारदेखि नेपालगन्जमा अन्नपूर्ण पोष्ट इन्टरनेशनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद(राखेप)का कोषाध्यक्ष एव ओलम्पियन सुरेन्द्र हमालले पानसमा बत्ति बाली खेलको उद्घादन गर्नुभएको थियो । उदघाटन समारोहमा बोल्दै हमालले अन्नपूर्णद्धारा अन्तराष्ट्रिय ब्याडमिन्टन आयोजना गरेर खेलकुद जगतमा स्वर्णिम अक्षरले लेख्ने काम गरेको बताउनुभयो । उहाँले निजी क्षेत्र खेलकुदमा नलागेसम्म खेलकुद क्षेत्रका विकास हुन नसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयोे जबसम्म निजी क्षेत्र खेलकुदमा लगानी गर्न सक्दैन तब सम्म खेल क्षेत्रको विकास सम्भव छैन।' नेपालगन्ज हुन गइरहेको आठौ राष्ट्रिय खेलकुदको प्रतिक्षामा नेपालगञ्जबासी आतुर रहेको उहाँको भनाई थियो । उहाँले राष्ट्रिय प्रतियोगिताको तयारीको लागि पुर्वाधार निर्माणको तयारी भइरहेको बताउनुभयो ।
अन्नपूर्ण पोष्टको मध्य तथा सुदुरपश्चिम क्षेत्रीय कार्यालय नेपालगन्जमा प्रमुख प्रेम केसीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा नेपालगन्ज उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम वली, व्याटमिन्टन एसियन एम्पायर एव प्रतियोगिताका रेफ्रि उदय अर्याल,राष्ट्रिय प्रशिक्षक जयन्त श्रेष्ठ, ब्याटमिन्टन संघ बाँकेका सल्लाहकार होम पाण्डे, नेपाल पत्रकार महासंघ बाँके पूर्व अध्यक्ष शुक्रऋषि चौलागाई लगायतको उपस्थीति रहेको थियो । प्रतियोगिताका रेफ्रि अर्याल र सम्झना शर्माले खेलको नियमको सपथ लिएका थिए ।
प्रतियोगितामा बाँके, दाङ, सुर्खेत र दैलखका करिब १ सय खेलाडी सहभागी भएका छन् । राखेप कोषाध्यक्ष हमाल र नेपालगन्ज उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य श्रेष्ठले खेलेर प्रतियोगिताको शुभारम्भ गरेका थिए । प्रतियोगिता भइरहेको छ ।- अन्नपूर्ण

अन्नपूर्ण कर्पारेट ब्याडमिन्टनको बुटवलमा छनौट चरणका खेल सुरु

बुटवलः अन्नपूर्ण इन्टरनेशनल कर्पारेट व्याडमिण्टन प्रतियोगिताको चौथो संस्करणको छनौट प्रतियोगिता बुटवलमा सुरु भएको छ । प्रतियोगिताको भव्य समारोहकाबीच रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले उद्घाटन गर्नुभयो ।
सो अवसरमा बोल्दै प्रजिअ सिंहले मिडिया हाउसले खेलकुदको विकासका लागि गरेको काम प्रसंसनीय भएको बताउनुभयो । प्रत्येक क्षेत्रमा खेलाडीहरु अवसर नपाएर खेलबाट बञ्चित हुने गरेको भन्दै उहाले यस्ता प्रतियोगिताहरुले खेलाडी उत्पादनमा महत्वपूर्ण सहयोग गर्ने बताउनुभयो ।
‘यो खेलाडीहरुका लागि महत्वपूर्ण अवसर हो, उहाले भन्नुभयो- यस्ता प्रतियोगिताहरुको नियमितता आवश्यक छ । दायरा पनि बढाउदै लैजानुपर्छ ।” उहाले क्षेत्रीय छनौट प्रतियोगिताका लागि बुटवल छनौट गरेकोमा उहाले अन्नपूर्ण मिडियालाई धन्यवाद समेत दिनुभयो ।
कार्यक्रममा बोल्दै बुटवल ब्याडमिन्टन क्लवका अध्यक्ष पिताम्बर ज्ञवालीले बुटवलमा खेलाडीहरुको उत्पाद्न बढ्दै गएको र यस्तो प्रतियोगिताले खेलाडीलाई थप उर्जा प्रदान गर्ने बताउनुभयो । बुटवलमा हुने प्रतियोगिताले सिंगो पश्चिम क्षेत्रका प्रतिनिधित्व गर्ने बताउनुभयो ।
त्यस्तै अन्नपूर्ण मिडिया नेटवर्कका क्षेत्रीय संयोजक मनोज बस्नेतले पत्रकारितसंगै समाजको विकासका लागि अन्नपूर्ण मिडियाले नियमित रुपमा कार्यक्रमहरु ग्रिरहेको बताउनुभयो । उहाले काठमाडौंमा मात्रै सीमित रहेको कर्पोरेट ब्याडमिन्टन मोफसलका खेलाडीहरुको प्रोत्साहनका लागि क्षेत्रीय स्तरमा ल्याइएको बताउनुभयो ।
उहले आगमी दिनहरुमा ब्याडमिन्टन अझै बढी क्षेत्रमा फैलाउदै धेरैभन्दा धेरै खेलाडीलाई सहभागी गराइने बताउनुभयो । अन्नपूर्ण मिडिया नेटवर्कका बुटवल एरिया इन्चार्ज रामबन्धु पौडेलको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन अन्नपूर्ण संवाददाता लक्ष्मण पोखरेलको गर्नुभएको थियो ।

कार्यक्रममा इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख कृष्ण प्रसाद भण्डारी, पश्चिम क्षेत्रीय टाफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णहरि शर्मा, प्रहरी नायव उपरीक्षक अवदेश विष्ट, बुटवल व्याडमिन्टन क्लवका निवर्तमान अध्यक्ष इन्द्रलाल श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष कृष्ण थापा, रुपन्देही उद्योग संघका अध्यक्ष दिनेश राज रेग्मी, अन्र्तराष्ट्रिय अम्पायर तथा खेलका रेफ्रि किरण कारञ्जित, खेल संयोजक पंकज ज्ञवाली लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
आजदेखि तीन दिनसम्म चल्ने प्रतियोगितामा ७० टिमको प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताका बिभिन्न समूहका विजेता र उपविजेता नगद पुरस्कार सहित काठमाण्डौंमा हुने फाइनल खेलमा सहभागि हुन पाउनेछन् । प्रतियोगिता बुटवल माझगाउ स्थित नवदिप कर्भडहलमा भइरहेको छ । आज पहिलो चरणका खेल हुने रेफ्रि कारञ्जितले बताउनुभयो ।- अन्नपूर्ण बाट


 संशोधन प्रस्तावमाथि आजै छलफल हुने, संशोधनमाथि ५० संशोधन दर्ता

काठमाडौं   बैशाख १७ गते  ।  सरकारले फास्ट ट्र्याकबाट पारित गराउने प्रयास गरिरहेको संविधान संशोधन विधेयकमा सत्ता गठबन्धन र मधेसी मोर्चाका पाँच सांसदको संयुक्त, एमालेका करिब तीन दर्जन, नेमकिपा र मालेका सबै सांसद र साना दलका सांसदले छुट्टाछुट्टै ५० वटा संशोधन प्रस्ताव दर्ता गराएका छन् । संसद्को विधेयक शाखामा संशोधनको समय शनिबार राति साढे दस बजेसम्म यो संख्यामा प्रस्ताव दर्ता गरिएको हो ।
शनिबार रातिसम्म दर्ता भएका ५० वटा संशोधन प्रस्तावको आइतबार बिहान एकीकृत प्रस्ताव बनाएर एकैसाथ छलफल गरिने जानकारी संसद् सचिवालयका प्रवक्ता भरत गौतमले दिनुभयो । संसदीय नियमावलीअनुसार संसद्ले एकीकृत संशोधन तयार गरी सीधै संसद्मा छलफल गराउने वा छुट्टै समिति गठन गरेर जान सकिने गौतमले बताउनुभयो ।
उहाँले भन्नुभयो, 'संशोधनका धाराहरू बहुमतले र विधेयक दुईतिहाइ मतले पारित गरिनेछ ।' संसद्को हाल कायम संख्या ५९३ मा विधेयक पारित हुन ३९६ (दुईतिहाइ) मत चाहिन्छ । सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका चीनकाजी श्रेष्ठ, माओवादी केन्द्रका रामनारायण बिडारी, राप्रपाकी कुन्ती शाही, मधेसी मोर्चाका लक्ष्मणलाल कर्ण र जंगीलाल रायले संयुक्त संशोधन राख्नुभएको छ ।एकीकृत विधेयकका रूपमा एमालेका अग्निप्रसाद खरेल, भानुभक्त ढकाल र गोकुल पोखरेल, मालेका आइन्द्रसुन्दर नेम्बाङ, राष्ट्रिय जनमोर्चा नेपालकी मीना पुन, मधेस समता पार्टी नेपालका मेघराज नेपाली निषाद र बहुजन पार्टीका बिसेन्द्र पासवानले हस्ताक्षर गरको आठबुँदे संशोधन प्रस्तावलाई एमालेका सांसद रेवतीरमण भण्डारी र गोकुल घर्तीले दर्ता गराएका थिए ।

यसैगरी फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरीको नेतृत्वमा थरुहट पार्टीका गोपाल दहित, दलित जनजाति पार्टी नेपालकी यशोदा लामाले अर्को संयुक्त प्रस्ताव दर्ता गराएको जानकारी संसद् सचिवालयले दिएको छ ।एमालेबाट संशोधन दर्ता गराउनेमा भरतमोहन अधिकारी, डा. राजन भट्टराई, रवीन्द्र अधिकारी, कृष्णभक्त पोखरेल, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालदेखि हालै नयाँ शक्ति नेपालमा प्रवेश गरेकी गंगा सत्गौवा चौधरीसम्म छन् । त्यस्तै एमालेका जुनैद अन्सारी, सविया प्रवीण, केशवप्रसाद बडाल, रामेश्वर फुयाँल, शारदाकुमारी विश्वकर्मा, ज्ञानु गैरे, कृपासुर शेर्पा, ऋषिकेश पोखरेल, अनारकली मियाँ, दीपक कार्की, भवानीप्रसाद खापुङ, सोमप्रसाद पाण्डे, रेवतीरमण भण्डारी, अफिलाल उखेडा, राजेन्द्रप्रसाद पाण्डे, कृष्णप्रसाद पौडेल, लालबाबुप्रसाद यादव, डा. वंशीधर मि श्र, कर्णबहादुर थापा, रञ्जनकुमारी सरकार, शान्ता मानवी, पेम्बा गुरुडसहित २६ जनाले संशोधन प्रस्ताव दर्ता गराउनुभएको छ ।
नेकपा (माले) का चन्द्रप्रकाश मैनाली, अइन्द्रसुन्दर नेम्बाड., कमला विश्वकर्मा, कलसादेवी महरा र शिवचन्द्र चौधरी, नेपाल मजदुर किसान पार्टीका अनुराधा थापामगर, डिल्लीप्रसाद काफ्ले, नारायणमान बिजुक्छे, प्रेम सुवाललगायत चारजनाले संशोधन दर्ता गराउनुभएको छ ।
यसैगरी राष्ट्रिय जनमुक्ति पार्टीकी सीमाकुमारी विक, दलित जनजाति पार्टीका बिसेन्द्र पासवान, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) की रुक्मणी चौधरी, खुम्बुबान राष्ट्रिय मोर्चाका रामकुमार राई, नयाँ शक्ति पार्टीका गंगा चौधरी सत्गौवा र माओवादी केन्द्रका श्याम श्रेष्ठले पनि संशोधन दर्ता गराउनुभएको छ ।
एमालेबाट संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका सांसद रेवतीरमण भण्डारीले संशोधन प्रस्तावलाई समिति गठन गरी अघि बढाउने वा सीधै संसद्मा छलफलका लागि प्रस्तुत गर्ने भन्ने निर्णय सभामुखले गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, 'सभामुखले त्यसका लागि प्रमुख दलहरू, सरकार र आफ्नै अध्यक्षतामा रहेको कार्यव्यवस्था परामर्श समितिको बैठकबाट निर्णय लिनुहुनेछ ।'संशोधन प्रस्तावमाथिको छलफलमा प्रस्तावकहरू सबै र संसद्मा त्यस विषयमा बोल्ने चाहने सांसदहरूको संख्या जेजति भए पनि सबैलाई बोल्ने अवसर सभामुखले दिनैपर्ने उहाँले बताउनुभयो ।
यसैबीच प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तहको निर्वाचन हुन नदिने खेल भइरहेको विश्लेषण गर्दै संशोधनलाई असफल बनाउन सम्पूर्ण प्रयत्न गर्ने निर्णय गरेको छ ।एमाले स्थायी समितिको शनिबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ माओवादी केन्द्र र कांग्रेस नेतासँग भएको छलफलबारे ब्रिफिङ गर्दै भन्नुभयो, 'संविधान संशोधन विधेयक असफल बनाउन सम्पूर्ण प्रत्यत्न गरिनेछ ।'
प्रधानमन्त्री दाहालले दुई चरणमा चुनाव गर्न प्राविधिक समस्या देखिएको र कांग्रेसले संशोधनमा समर्थन गर्न आग्रह गरेको बारे ओलीले स्थायी समितिलाई जानकारी दिनुभयो ।सरकारका पछिल्ला गतिविधि, संशोधन विधेयकका नाममा संसद्मा गर्न खोजिएको विधेयकका कारण चुनाव हुन नदिने खेलका रूपमा विश्लेषण गर्दै एमालेले वैशाख ३१ गते नै स्थानीय चुनाव गर्नुको विकल्प नरहेको निष्कर्ष निकालेको छ ।
संशोधन विधेयक फिर्ता लिएर चुनावको वातावरण बनाउन सरकारलाई आग्रह गर्दै बैठकले संशोधन अघि बढाउन खोजे त्यसलाई असफल पार्न सम्पूर्ण प्रयत्न लगाउने निर्णय भएको जानकारी पार्टी सचिव योगेश भट्टराईले दिनुभयो । सरकारले जबर्जस्ती विधेयक अघि बढाए सबै उपाय लगाएर त्यसलाई असफल पार्ने चेतावनीसमेत ओलीले दिनुभएको थियो ।

संशोधनमा दलहरूको समीकरण
कुल संख्या ५९३
दुईतिहाइ : ३९७
संशोधनका पक्षमा
कांग्रेस २०७
माओवादी केन्द्र ८१
राप्रपा ३६
मधेसी मोर्चा २४
संघीय समाजवादी फोरम नेपाल १५
फोरम लोकतान्त्रिक १४
संयुक्त ३
राष्ट्रिय जनमुक्ति पार्टी २
परिवार दल २
थरुहट तराई पार्टी १
अखण्ड पार्टी नेपाल १
नेपाली जनता दल १
नेपा: राष्ट्रिय पार्टी १
जनजागरण पार्टी १
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च १
समाजवादी जनता पार्टी १
दलित जनजाति पार्टी १
स्वतन्त्र १
कुल : ३९३ मत
संशोधनको विपक्षमा
एमाले १८१
नेकपा (माले) ५
नेपाल मजदुर किसान पार्टी ४
राष्ट्रिय जनमोर्चा नेपाल ३
बहुजन पार्टी १
मधेस समता पार्टी १
कुल : १९५
दुई तिहाइ मतले संशोधन प्रस्ताव पारित गराउन सरकारलाई अझै चार मत आवश्यक पर्छ । बाँकी चार मतका लागि स्पष्ट रूपमा नखुलेका र आफ्नो पक्षमा ल्याउन सक्ने साना दलको बाँकी ६ मतमा सरकारले आँखा लगाएको छ ।
सरकारले बहुजन पार्टी र मधेस समता पार्टीलाई आफ्नो पक्षमा ल्याउने गृहकार्य गरिरहेको स्रोतले बताएको छ । ती दुई पार्टीले शनिबार संसद्मा विपक्षी मोर्चाका पक्षमा समर्थन जनाएका थिए ।- अन्नपूर्ण बाट चिरञ्जीवी ढुंगाना



 स्पष्ट बहुमत नदेखेपछि सरकारले गर्‍यो संसद बैठक स्थगित
काठमाडौं बैशाख  १७ गते ।  स्पष्ट बहुमत नदेखेपछि सरकारले संसद बैठक स्थगित गरेको छ । ११ बजेका लागि तय गरेको बैठक शोक प्रस्ताव पारित गरेर वैशाख २१ गते बस्नेगरी संसद स्थगित भएको हो ।

सत्तापक्षकै राप्रपाले संविधान संशोधनका पक्षमा मतदान नगर्ने देखेपछि सरकारले संसद बैठक स्थगित गरेको बताइएको छ । संविधान संशोधनका पक्षमा दुई तिहाई पुर्‍याउन सरकार कसरतमा लागेको छ ।
मधेसी मोर्चासँग गरिएको सहमति अनुसार १७ गते संशोधन दर्ता गर्ने र १८ गते फास्टट्रयाकबाट पारित गर्ने योजना भएपनि २१ गतेका लागि लम्बिएको हो । आजको बैठक सिराहा क्षेत्र नम्बर २ का सा‌ंसद नठुनीसिंह दनुवारको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिएको हो ।- अन्नपूर्ण बाट 


घरेलु विधि प्रयोग गरेर आफ्नो फोक्सो यसरी सफा गर्नुहोस्
रोट खानेलाई मात्रै होइन अन्य मानिसलाई पनि फोक्सोको समस्या हुनेगर्दछ । यदि तपाईले चुरोट खानुहुन्छ भने फोक्सो अवश्य खराब हुन्छ । तर घरेलु विधि प्रयोग गरेर ७२ घण्टाभित्र आफ्नो फोक्सो सफा गर्न सक्नुहुन्छ । यस्तो विधि सुरु गर्नुभन्दा पहिला दुग्धजन्य पदार्थहरुलाई आफ्नो भोजनबाट टाढा राख्नुहोला । यो निकै महत्वपूर्ण कुरा हो किनभने दुग्धजन्य पदार्थको सेवनले गर्दा फोक्सोमा भएका विषाक्त तत्वहरुलाई बाहिर फाल्न शरीरलाई गाह्रो पर्छ ।विधि प्रयोग गर्ने तरीकाः



१. यो विधि सुरु गर्दाको पहिलो दिनमा सुत्नु अगाडि जडिबुटीबाट बनेको चिया खानुहोस् । यस्तो चिया खानाले पेटमा भएका र कब्जियतको कारक बनेका विषाक्त तत्वहरु नाश हुन्छन् जसले गर्दा फोक्सोलाई आफ्नो काम गर्न सजिलो हुन्छ ।

२. दोश्रो दिनमा बिहानको खाना खानुपूर्व दुईवटा कागतीलाई तातो पानीमा मिसाएर खानुहोस् । त्यसपछि ३०० मिली भुँइकटहर वा अंगुरको जुस खानुहोस् । किनभने यसमा प्राकृतिक एन्टीअक्सिडेन्ट हुन्छ जसले श्वास प्रश्वास प्रणालीलाई सहयोग गर्दछ ।

यस्तै अन्य सामग्रीहरु आफ्नै फेसबुक वालमा प्राप्त गर्नका लागि हाम्रो आधिकारीक फेसबुक पेजमा लाईक गर्नुहोस् ।

३. बिहानको खाना र दिउँसोको खानाको बीचमा ३०० मिली गाजरको जुस पिउनुहोस् । गाजरको जुसले शरीरमा अल्कालीको मात्रा बढाउँछ ।

४.दिउँसो खाना खानुसँगै पोटासियम भएको जुस ४०० मिली पिउनुहोस् किनभने पोटासियममा विषाक्त तत्व फाल्ने क्षमता हुन्छ । यसका लागि आँप, केरा, सुन्तला, मेवा जस्ता फलफूलको जुस सेवन गर्दा उपयुक्त हुन्छ । अनि बेलुका सुत्नु अगाडि ४०० मिली अल्छाको जुस पिउनुहोस् र यसले गर्दा फोक्सोमा संक्रमण गरेका ब्याक्टेरिया मर्ने गर्दछन् ।

५‍. यस बाहेक तातो पानीले २० मिनेट नुहाउँदा यो विधि अझै प्रभावकारी हुन्छ । तातो पानीले नुहाउँदा फोक्सोमा भएका विषाक्त पदार्थ बाहिर निस्कन्छन् । यस बाहेक मसलाको तेल मिसाएको तातो पानीको बाफ लिंदा अझ राम्रो हुन्छ ।

फोक्सो स्वस्थ राख्न के खाने ? घरमै छ उपचार

सुन्तला :
सुन्तलामा क्रिप्टोसान्थिन भन्ने तत्व पाइन्छ, जसले फोक्सोमा क्यान्सर हुने जोखिम कम गर्छ ।

सिस्नु :
सिस्नुमा आइरनको मात्रा उच्च हुन्छ । सिस्नु खानाले फोक्सोमा भएको इन्फेक्सनको प्रभाव कम हुन्छ ।

मकै :
मकैमा पाइने बेटा–क्रिप्टोसान्थिन भन्ने तत्वले फोक्सोको क्यान्सर हुने सम्भावनालाई कम गर्छ । त्यसैले बेलाबेलामा ताजा मकै खाने गर्नुपर्छ ।

प्याज :
प्याजले पनि फोक्सोलाई सफा र स्वस्थ राख्न मद्दत गर्छ । प्याज खानाले विभिन्न खाले रोगबाट बचाउँछ, जसमध्ये फोक्सोको इन्फेक्सन पनि एक हो ।

अदुवा :
अदुवाले फोक्सोमा जम्मा भएका विकारलाई कम गर्छ । चियामा अदुवा हालेर खाने गर्नाले सास ताजा पनि बन्न पुग्छ ।

जरीबुटी :
सुन्तलाको बोक्रा, युकालिप्टस (मसला), पुदिनाजस्ता जरीबुटीले फोक्सोलाई सफा राख्छन् ।

भिटामन सीयुक्त खाना:
सुन्तला, कागती, निबुवा, मौसम, गोलभेँडाको जुस, स्ट्रबेरी, भुइँकटहर, आँप, पहेँलो र हरियो भेडेखुर्सानीजस्ता भिटामिन सीयुक्त फलफूल तथा तरकारीले फोक्सोका विकार हटाउने र शरीरमा अक्सिजनको सञ्चार तीव्र बनाउने काम गर्छन् ।

पिस्ता:
पिस्तामा गामा–टोकोफेरोल नामक एक प्रकारको भिटामिन–ई पाइन्छ, जसले फोक्सोलाई स्वच्छ राख्छ ।

लसुन:
लसुनमा एलिसिन नामक तत्व पाइन्छ, जसले इन्फेक्सनविरुद्ध लड्ने शरीरको क्षमतालाई बढाउने गर्छ । लसुनले फोक्सोलाई फाइदा पु¥याउँछ ।

स्वास्थ्य खबर पत्रिकाबाट



सिरहा,  बैशाख १७  गते  । सिरहा नगरपलिका-१७ बस्ने बेचन यादवले संञ्चालन गरेको महेश फर्निचर उधोगमा आइतबार विहान आगलागी भएको छ। विधुत सर्ट भई अचानक लागेको आगोबाट यादवको महेश फर्निचर उद्योगमा फर्निचर बनाउने अन्य काठपात जलेर नष्ट हुँदा करिब १६ लाख वढिको क्षति भएको संचालक बेचन यादवले बताए । आगलागी प्रहरी, दमकल तथा स्थानीय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको इलका प्रहरी कर्यालय माडरले जनाएको छ।-पुर्बेलीन्युज बाट 


पर्यटकीयस्थलमा फोहरमैलाको डङ्गुर
खोटाङ,बैशाख १७ गते । सम्बन्धित निकायले ध्यान नदिँदा जिल्लाका पर्यटकीयस्थलमा फोहरमैलाको डङ्गुर थुप्रिन थालेको छ । जिल्लाका पर्यटकीयस्थलहरू टेम्केडाँडा, रूपाकोटडाँडा, मझुवागढी, भुम्जुडाँडा, बाँझोबारीलगायतका ठाउँमा नसड्ने किसिमका फोहरमैला थुप्रिन थालेको हो ।

चारैतिरबाट वनजङ्गलले घेरिएको रूपाकोटको हरियो चौरमा यत्रतत्र बिस्कुट, चाउचाउ, चकलेट, बियर, मिनरल वाटर, पेप्सी, स्प्राइटको खाली बोतल छरिएका छन् । रूपाकोट मझुवानगरपालिकामा पर्ने रूपाकोटडाँडामा पछिल्लो समय प्लास्टिकजन्य फोहरमैला जताततै भेटिन थालिएको सामुदायिक वन उपभोक्ता महासङ्घ खोटाङका अध्यक्ष राजेन्द्र राईले बताउनुभयो ।

विशेषगरी नयाँ वर्ष, उभौली, उधौलीलगायत चाडपर्व र पिकनिकका लागि पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले जथाभावी मिल्काउने फोहरमैलाका कारण पर्यटकीयस्थलको प्राकृतिक सुन्दरता नै बिग्रिन थालेको स्थानीयवासीको गुनासो छ । एक ठाउँमा फोहर सङ्कलन गर्ने र नष्ट गर्ने व्यवस्था नहुँदा पर्यटकीयस्थलमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले जथाभावी फोहरमैला मिल्काउने गरेका छन् ।
पर्यटकीयस्थल जाने आन्तरिक तथा बाह्य पर्यटकलाई फोहरमैला जथाभावी नफाल्नका लागि पूर्व जानकारी गराउने व्यवस्था नहुँदा प्राकृतिक सौन्दर्यमा असर पुग्ने गरेको छ । “पर्यटकीयस्थलमा लैजान मिल्ने र लैजान नमिल्ने कुराहरू निश्चित गर्नुपर्छ ।” अध्यक्ष राईले भन्नुभयो – “प्लास्टिक, बोतलजस्ता नसड्ने चिजलाई लान नहुने वा लगे पनि एक ठाउँमा मात्र राख्ने नीति बनाउन जरुरी देखिन्छ ।”
पर्यटकीयस्थलको सुन्दरतालाई प्राकृतिक अवस्थामै सुरक्षित रहन दिन नगरपालिकाले विशेष योजना बनाउनुपर्ने विज्ञहरूको धारणा छ । रूपाकोटलगायतका पर्यटकीयस्थलमा पुग्ने कतिपय स्थानीयवासीले फोहरमैला फाल्नुका साथै जथाभावी बोटबिरुवा काट्ने गरेको पाइएको छ ।
दिनभर बस्ने ओत बनाउने क्रममा वा केही दिन बसेर रमाइलो गरेर फर्कने स्थानीयवासीले छाप्रो बनाउने क्रममा रूपाकोटका सुरिलो परेका रुखको बोट जथाभावी ढाल्दा वन विनास हुने सम्भावना रहेको छ ।
सदरमुकाम दिक्तेलबाट उकालो करिब तीन घन्टा पैदल यात्रापछि पुगिने रूपाकोटबाट विश्वको सर्वाेच्च शिखर सगरमाथाको चुचुरो तथा अन्य हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । मनोरम प्राकृतिक दृश्यावलोकन, जैविक विविधताले भरिपूर्ण, विभिन्न प्रजातिका चराचुरुङ्गी, वन्यजन्तुका साथै दुर्लभ जडीबुटी पाइने रूपाकोटमा हिउँदयाममा भ्रमण गर्ने र पिकनिक जानेको घुइँचो लाग्ने गरेको छ ।
प्राकृतिक सौन्दर्यमा रमाउनबाहेक सिद्धबाबाको गुफा दर्शनका लागि पनि रूपाकोटमा दर्शनार्थीको भीड लाग्ने गरेको छ । वैशाख पूर्णिमाको दिन सिद्धबाबाको गुफामा आएर जिल्ला तथा जिल्ला बाहिरका बौद्धमार्गीसमेत भेला भएर पूजापाठ गर्ने गरेका छन् ।
रूपाकोट मझुवागढी नगरपालिकाकै धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा पनि फोहरमैला थुप्रिन थालेको छ । दिक्तेलबाट एक घन्टा हिँडेपछि पुगिने मझुवागढीको शिरमा जताजतै प्लास्टिक, शिशालगायतका फोहरमैला बढेको हो ।
हलेसीमा आएका दर्शनार्थीले मझुवागढीको दर्शन गरेपछि मात्र धार्मिक यात्रा पूर्ण भएको विश्वासमा मझुवा गढीमा दर्शनार्थीको भीड लाग्ने गरेको छ । विसं १८०४ सम्म किराती राजा रणवीर हाङले राज्य गरेको प्रमाणका आधारमा मझुवागढीलाई ऐतिहासिक थलो पनि मानिन्छ । व्यवस्थापनमा ध्यान नपुग्दा रूपाकोट र मझुवागढी मात्र नभई जिल्लाका अधिकांश पर्यटकीयस्थलमा फोहरमैला बढ्न थालेको छ ।

पर्यटकीयस्थलमा बढ्दै गएको फोहरमैला नियन्त्रणमा सम्बन्धित निकायले चासो नदिएको स्थानीयवासीको आरोप छ । दिनानुदिन बढ्दै गएको फोहरमैला व्यवस्थापनमा चासो नदिने हो भने जिल्लामा महामारीसमेत फैलनसक्ने सम्भावना देखिएको छ । रासस





मिलको फित्तामा बेरिएर महिलाको मृत्यु
तेह्रथुम, बैशाख १७ गते । तेह्रथुमको लालीगुराँस नगरपालिका–३, मुसाङखेलमा मिलको फित्ताले बेरिएर एक महिलाको मृत्यु भएको छ । आज बिहान धान कुटाउन मिलमा गएकी ५३ वर्षीया नरमाया पौडेलको सल मिलको फित्तामा अल्झिएपछि बेरिँदा उनी गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वासुदेव यादवले जानकारी दिनुभयो ।
पौडेललाई स्थानीयवासी कृष्णबहादुर लिम्बूको कुटानी पिसानी मिलमा फित्ताले बेरेको मृतकका श्रीमान् खम्बबहादुर पौडेलले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस




 काठमाडौं,  बैशाख  १७ गते । संविधान संशोधन र आगामी निर्वाचनको विषयमा छलफल गर्न कांग्रेस नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।


संविधान संशोधन गर्न नदिने एमालेको भनाई र संशोधन नभइ चुनावमा नजाने मधेस केन्द्रित दलहरुको अडानका बेला राजनीतिक निकासको खोजीमा कांग्रेस नेताहरु जुटेका हुन् ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा आइतबार बिहान पार्टीका शीर्ष नेताहरुको बैठक बसेको छ । बैठकमा स्थानीय तह चुनावको उम्मेदवार छनौट, संविधान संशोधन र संसद बैठकमा पार्टीको भूमिकाबारे छलफल भएको कांग्रेसका एक नेताले बताए ।

सत्ता साझेदार कांग्रेसका शीर्ष नेताहरुले संसदको गतिरोध हटाउने र संविधान संशोधन गर्ने विषयमा शनिबार प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीसँग छलफल गरेका थिए । तर, ओलीले संशोधन प्रस्ताव फिर्ता नभएसम्म संसदको अवरोध नखुल्ने जवाफ दिएका थिए ।-अनलाइनखबर





काठमाडौं, वैशाख १७ गते । नेकपा एमालेले स्थानीय चुनावको घोषणापत्र आज सार्बजनिक गर्दैछ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलनमार्फत् घोषणापत्र सार्वजनिक गर्ने एमालेले जनाएको छ ।

एमालेको घोषणापत्रमा पाँच वर्षभित्र ५ हजार अमेरिकी डलर आम्दानी हुने गरी आर्थिक स्रोतहरू परिचालित गर्ने, तीन वर्षभित्र गरिबी समाप्त पार्ने, एक घर एक रोजगारीको व्यवस्था गर्ने, वृद्धभत्ता बढाएर पाँच हजार पुर्‍याउने लगायतका विषय उल्लेख छन् ।


यसैगरी शिक्षा, स्वास्थ्य, पिउने पानी, आवास, खेलकुद, मनोरञ्जनजस्ता मानवीय आवश्यकताका आधारभूत कुराहरू सबै निःशुल्क गराउने एमालेले जनाएको छ ।

घोषणापत्रसँगै महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका उम्मेदवारहरु पनि सार्बजनिक गर्ने एमालेको तयारी छ । स्थानीय तह निर्वाचनका ९० प्रतिशत उम्मेदवारको टुंगो लगाइसकेको एमाले सचिव योगेश भट्टराईले बताए ।-अनलाइनखबर

  त्यो चुनाव, यो चुनाव



कमेरो पोतिएको घरका भित्ताभित्तामा रातो माटोले चुनावी चिह्न र नारा कोर्दै भोट माग्ने चलन थियो त्यो चुनावमा । बहुदल आएको लामो समय भएको थिएन । राजनीतिक धंगधंगीले नछाडेको समाजमा छिमेकी तल्लोघर र माथिल्लोघरमा समेत बोलचाल हुँदैनथ्यो । कांग्रेसीलाई पञ्चे भन्दै सराप्थे भने एमालेलाई बामे भनेर सराप्ने गर्थे ।

म १२ वर्षको थिएँ । अहिले सम्झँदा भर्खरैजस्तो लाग्छ । कक्षा ४ मा पढ्थेँ । बिदाको दिन थियो । गाईभैंसी लिएर पाखोमा गोठालो गर्दै गर्दा ‘यो जित कसको निमाको' भन्दै दिनभर गाउँमा नाराबाजी भयो । गाउँले हजुरबा निमाछेत्तर शेर्पा त्यो स्थानीय चुनावमा वडाध्यक्षमा विजयी भएको दिन रहेछ । उनका पक्षधर हर्षित बन्दै विजयी जुलुसमा सहभागी भएका थिए । जुलुसले गाउँभर हल्ला गर्‍यो । प्रसंग हो, २०५४ जेठ १३ गते सम्पन्न स्थानीय तहको चुनावको ।

पार्टीले वडाध्यक्ष छनोट गरेदेखि नै निमा र उनको पार्टीका कार्यकर्ता पोस्टर टाँस्दै र रातोमाटोले नारा कोर्दै हिँडेको देख्थे । ‘भोट दिनु होला' भन्दै गाउँगाउँमा नमस्कार गर्दै हिँडेको अहिलेजस्तो लाग्छ । सज्जन, भलाद्मी र पार्टीप्रति निष्ठावान् कार्यकर्ता लिएर गाउँगाउँ हिँड्दा भोट बढ्ने पक्कापक्की हुन्थ्यो । वडाध्यक्षका उम्मेदवार निमा पैसावाल थिएनन्, पैसाको कुरा पनि गर्दैनथिए । पार्टीको नीतिभित्र रहेर चुनावी प्रचारमा लागेको पाइन्थ्यो ।

कार्यकर्ता गाउँलेसँग चामल मागेर खाना बनाएर खान्थे । परिश्रमी कार्यकर्ता हुन्थे । अपेक्षा केही पनि गरेको देखिँदैनथ्यो । प्रतिस्पर्धा उत्तिकै हुन्थ्यो । गाउँगाउँमा सानो हातेमाइक लिएर भोट माग्ने अरू पार्टीका नेताहरूको पनि कमी थिएन । पार्टीले समेत इमानदार र लोकप्रिय नेतालाई उम्मेदवार चुन्थ्यो । पैसालाई कुनै महत्वव दिँदैनथे पार्टीले । सफल उम्मेदवार चुन्न पनि पार्टीले कुनै बदमासी गरेको पाइँदैनथ्यो । पार्टीभित्रै कार्यकर्ताबीचमा टिकट नपाउँदाका झगडा, खुट्टा तानातान, एकले अर्कालाई अस्वीकार गर्नेजस्ता प्रवृत्ति त्यो चुनावमा भएको पाइँदैनथ्यो ।




पहिलो र दोस्रो संविधानसभा चुनावलाई हेर्दा र वर्षमा दुई पटकसम्म फेरिएको मन्त्रिमण्डललाई हेर्दा अहिले राजनीति व्यक्तिगत र स्वार्थी भएको छ ।

सरकारले स्थानीय तहको चुनाव घोषणा गरेपछि फेरि चुनावी रौनक सुरु भएको छ । तर पार्टीभित्र आन्तरिक द्वन्द्व बढ्ने, अस्वस्थ प्रतिस्पर्धा हुने, ओठ, नोट भएकाले मात्र भोट पाउने भन्दै पैसामा उम्मेदवार किन्ने चलन बढेको छ । देश र जनताको पक्षमा भन्दा पनि कालो धन्दा होस् या कुनै स्रोतबाट आर्जन गरेर अकुत सम्पत्ति कमाएकाले मात्र पार्टीबाट उम्मेदवार बन्ने क्रम सुरु भएको देख्न सकिन्छ । कार्यकर्तासमेत पैसावाल नेताका पछिमात्र दौडने गर्नाले नीति बुझेका, विवेकशील नेतृत्व र उम्मेदवार पाउन निकै कठिन हुनु नेपालीका लागि दुर्भाग्य नै बन्ने देखिन्छ ।
शपथमै इमानदारी

२०२३ साउन ३० गते आइतबार सम्पन्न स्थानीय तहको चुनावमा विजयी भएका संखुवासभा माल्टा गाउँ पञ्चायत (हाल खाँदबारी) बाट उपप्रधानपञ्च विजयी भएका जयप्रसाद घिमिरेले लिएको शपथको अंशः





संखुवासभाको चिचिला गाउँपालिका-२ मा तत्कालीन मत्स्यपोखरी र दिदिङ गाविसको चुनाव २०५४ जेठ १३ गते सम्पन्न भएको थियो । तात्कालीन मत्स्यपोखरीका गाउँ विकास समितिका अध्यक्ष खड्गबहादुर गुरुङ त्यो निर्वाचन सौहार्दपूर्वक सम्पन्न भएको बताउँथे ।





यसरी त्यो चुनाव र यो चुनावमा फेरिएको वर्तमान अलि फरक पाउन थालिएको छ । त्यो समय पार्टी, नेता, कार्यकर्ता र जनतामा इमानदारिता बढी थियो तर किन अहिले घट्दै गएको छ ? यो विषयमा भने सोच्नैपर्ने भएको छ । त्यो समयमा उम्मेदवार भए पनि व्यक्तिगत र पारिवारिक स्वार्थ नराख्ने गरेको पाइन्थ्यो ।

अहिले निर्वाचित भए आफ्नै छोरा, भतिज, नातिनातिनालाई पहिलो प्राथमिकतामा राख्ने गरेको पाइन्छ । पार्टीको नीतिनियमभन्दा माथि उठेर जनतालाई बिर्सेर जस्तोसुकै काम पनि गर्न पछि पर्दैनन् ।

पहिलो र दोस्रो संविधानसभाको चुनावलाई हेर्दा र वर्षमा दुई पटकसम्म फेरिएको मन्त्रिमण्डललाई हेर्दा अहिले राजनीति व्यक्तिगत र स्वार्थी भएको छ । समयको अवस्थाले पनि खर्च बढाएकाले हो या मानसिकता नै खराब भएर हो, आर्थिक प्रलोभन सबैमा बढेको देखिन्छ । नेता र कार्यकर्ता मात्र नभएर राज्य सञ्चालक मन्त्री, कर्मचारी नै पैसाको पछि लागेको देख्दा नेपाली जनताले कहिल्यै सुख नपाउलान् कि भन्ने लाग्छ ।
छान्नुपर्छ असल उम्मेदवार

यो चुनावमा ओठ, नोट भएकालाई भोट दिनुभन्दा पहिले सोच्नुपर्ने जरुरी छ । सीमित स्वार्थ पूरा गर्न नोटकै भरमा र भाषणकै भरमा उम्मेदवारी दिनेलाई भन्दा पनि देश र जनताप्रतिको तिनको कार्यकुशलता र इमानदारिता हेरेरमात्र चुन्नु जरुरी छ । पहिले पार्टीको सिद्धान्त र घोषणापत्र सानो र छोटो हुने गरेको तर अहिले पार्टीले आर्थिक समृद्धिदेखि समानतासम्मका कुरा उठाउने गरेको पाइन्छ ।

तर, व्यवहारमा भने ठ्याक्कै उल्टो देखिने गरेको छ । लामो समय चुनाव नभएर पनि हुनसक्छ, नेता र कार्यकर्ता पनि जिम्मेवारविहीन बनेर भ्रष्टाचारतर्फ उन्मुख हुने गरेका छन् । अबको चुनावले धेरै नेता कार्यकर्ता व्यस्त बन्ने र ठुटामा पलाएका साउने च्याउसरी स्थापना भएका पार्टी पनि हट्ने भएकाले केही मात्रामा राजनीतिक भ्रष्टाचारमा कमी आई र देशले विकासको गति लेला कि भन्ने आशा जनताको छ । यता कानुनी रूपमै थ्रेसहोल्ड लागू भएसँगै तीन प्रतिशत मत अनिवार्य र धरौटी बचाउन पनि १० प्रतिशत मत अनिवार्य भएपछि पार्टीको संख्यामा कमी आउने पक्का छ ।

अब जनताले चुस्तदुरुस्त, पारदर्शी र विकासमुखी नेतृत्वलाई निर्वाचित गर्नुको विकल्प छैन । राष्ट्रसेवक कर्मचारी र शिक्षकले नै बढी राजनीतिको नेतृत्व गरी ब्युरोक्रेसीलाई कब्जामा लिएर हालीमुहाली गर्ने, जनता र देशको पक्षमा भन्दा पनि आफ्नो पक्षमा नियमकानुन बनाउने, गैरकानुनी राज्यकै रूपमा स्थापित गर्न खोज्नेजस्ता समस्या अबको चुनावमा हटाउनुपर्छ । राजनीतिक दलहरूले अब जनताको भावनाले रोजेकालाई नै उम्मेदवार बनाउनुपर्छ भने जनताले पनि देशको विकासमा लागिपर्ने निष्ठवान् उम्मेदवारलाई भोट दिएर जिताउनुको विकल्प छैन । - छेटु शेर्पा , अन्नपूर्ण पोस्टबाट

१३ वर्षपछि अगाडि बढ्यो बाहिरी चक्रपथको काम
 बाहिरी चक्रपथको स्केच




काठमाडौ , वैशाख १६ गते | १३ वर्ष अगाडिबाट सुरु भएको बाहिरी चक्रपथ बनाउने योजनाले अहिले मूर्तरूप लिन थालेको छ । पहिलो खण्डमा बाहिरी चक्रपथअन्तर्गतको चोभारदेखि सतुंगलसम्मको ६ दशमलव ६ किलोमिटरको सडक निर्माण हुने भएको हो । सरकारले दुई दिन अगाडि यो खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत गरेपछि आयोजनाले गति लिन लागेको बाहिरी चक्रपथ निर्माणका निमित्त आयोजना प्रमुख ध्रुवराज सापकोटले अन्नपूर्णसँग भन्नुभयो । उहाँका अनुसार यो आयोजनाको पहिलो खण्डको डीपीआर स्वीकृति र जग्गा रोक्काको निर्णय एकैपटक भएको छ । स्थानीय निर्वाचनलगत्तै निर्माणको काम सुरु हुने र दुई वर्षभित्रै पूरा हुनेछ ।

उहाँका अनुसार सतुंगल चोभार, मच्छेगाउँ, भत्केपाटीसहितका ६ स्थानबाट एकैपटक बाहिरी चक्रपथ निर्माण सुरु हुँदैछ । यो खण्ड निर्माण गर्न करिब ६ अर्ब २० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको सापकोटाले जानकारी दिनुभयो । आयोजनाका अनुसार १३ वर्ष अगाडि यो क्षेत्रको सडक निर्माण तथा व्यवस्थित गर्न जम्मा दुई अर्ब रुपैयाँको लागत अनुमान गरिएको थियो । अहिले यो लगात बढेर ६ अर्ब पुग्ने अनुमान गरिएको छ । बाहिरी चक्रपथ निर्माण गर्न पहिलो खण्डअन्तर्गत ६ किलोमिटरको यो क्षेत्रमा आठ हजार ९५६ रोपानी जग्गा सरकारले अधिग्रहण गरेको छ । यो क्षेत्रमा जम्मा १३ हजार ७६४ कित्ता जग्गा रहेको जानकारी सापकोटाले दिनुभयो ।

समग्र आयोजनाको लागत ७२ अर्ब

काठमाडौं, ललितपुर र भक्तपुरलाई जोडेर बन्ने ७२ किलोमिटर लामो बाहिरी चक्रपथको लागत पनि बढेको छ । २०६४ सालमा गरिएको लागत अनुमान करिब २४ अर्ब रुपैयाँ मात्रै भए पनि अहिले बढेर ७२ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । १० वर्षमा बढेको महंगी, जग्गाको भाउ, प्रविधि र विदेशी मुद्रा विनिमयसहितको मूल्यांकनले आयोजनाको लागत ७२ अर्ब रुपैयाँ पुग्ने आयोजनाले जानकारी दिएको छ ।
आयोजना सुरु भएको १० वर्षमा ७२ किलोमिटर लामो बाहिरी चक्रपथ निर्माण पूरा हुने प्रतिवेदनमा उल्लेख छ ।
सापकोटाका अनुसार अबको एक महिनाभित्रै चोभारदेखि सतुंगलसम्मको बाहिरी चक्रपथ निर्माण र एकीकृत बस्ती विकासको काम सुरु हँुदैछ । पहिलो चरणको कामका लागि भएको निकै लामो प्रयासले बाँकी आयोजनाका लागि प्रक्रिया सहज हुने उल्लेख छ ।

१२ वटा प्याकेजमा बाहिरी चक्रपथ

बाहिरी चक्रपथको लागि तयार पारिएको ७२ किलोमिटर लामो दूरीलाई एउटा खण्डमा ६ किलोमिटरका दरले १२ वटासम्म प्याकेज निर्माण हुने भएको छ । पहिलो प्याकेजअन्तर्गत ६ किलोमिटरको चोभार–सतुंगल खण्डको काम अगाडि बढेको छ । अब अयोजनाले हरेक ६ किलोमिटरको १२ वटासम्म प्याकेज बनाएर यो आयोजना पूरा गरिने उल्लेख छ । यो आयोजनाको लागि हरेक चरणको काम सुरु भएको दुई वर्षमा पूरा हुनेछ ।

सरकारले व्यवस्थित बस्तीसहित ल्याएको यो योजना नेपालको पूर्वाधार निर्माण तथा विकासको नमुना मोडेल हुने उल्लेख छ । ‘बाहिरी चक्रपथ नेपालको सपना थियो, अब पूरा हुने भयो’, सापकोटाले भन्नुभयो, ‘१३ वर्षदेखि थन्किएको यो आयोजना अगाडि बढाउन सरकारले स्वीकृत दिनु भनेको विकास निर्माणप्रतिको सकारात्मक सुरुवात हो । अहिलेसम्म बाहिरी चक्रपथ बन्ने की नबन्ने भन्ने विषय नै अन्योलमा भए पनि अब भने सुनिश्चित भएको छ।’
५० मिटर चौडा बाटोसहित व्यवस्थित प्लटिङ
बाहिरी चक्रपथ ५० मिटर चौडा हुनेछ । बाटोको केन्द्रबाट दायाँबायाँ २५०÷२५० मिटरको जग्गा विकासको योजना छ । यो जग्गामा न्यूनतम मापदण्डको घर बनाउन पाउने गरी घडेरी पनि तयार हुन्छ । अहिले भइरहेको जग्गा र खेती भइरहेको भूमिमा व्यवस्थित सहरीकरण विकास हुँदैछ । बाहिरी चक्रपथ निर्माणसँगै न्यूनतम ६ मिटरको बाटोसहितको व्यवस्थित बस्तीको घडेरी पनि तयार हुँदैछ ।
बाहिरी चक्रपथ आठ लेनको हुन्छ । बाटोको केन्द्रबाट २७५ मिटर दायाँबायाँ प्लानिङ हुन्छ । ५० मिटरको मूल चक्रपथको बाटो र बस्ती जाने बाटोका जग्गाबाहेक व्यस्थित प्लटिङ भएपछि सो जग्गासम्बन्धी स्थानीयलाई नै फिर्ता हुनेछ । तर, घर बनाउनै नपुग्ने गरी जग्गा पाउनेका लागि सहुलियतमा खरिद गर्ने व्यवस्था सरकारले मिलाउँछ । यो व्यवस्था मान्न तयार नहुनेले भने आफ्नो जग्गा बिक्री गरेर जानुपर्ने हुन्छ । यो बाटो बन्ने र सरकारले तयार पार्ने प्लटिङपछि अहिले दुई लाख आनाको जग्गा २० लाख रुपैयाँ पुग्न सक्छ । बाटो बनाउन सबै स्थानीयले समान योगदान गर्नुपर्छ । यसका लागि बाटो बनाउन न्यूनतम पाँच प्रतिशत जग्गा पूर्वाधार निर्माणमा योगदान गर्नुपर्छ भने सात दशमलव आठ प्रतिशत जग्गा बाहिरी चक्रपथ निर्माण गर्न योगदान गर्नुपर्छ ।
यो आयोजना तयार हुँदा प्रत्येक घडेरीमा जाने बाटो ६ मिटरदेखि, आठ मिटर, ११ मिटर वा ५० मिटरको बाटो हुन्छ । यो योजनाले काठमाडौं उपत्यकाकै करिब १० प्रतिशत जग्गा प्लानिङमा हुन्छ । त्यसपछि जग्गाको ग्रेडिङ हुन्छ । बाटोको छेउ कमर्सियल एरिया हुन्छ भने बाटोको २५० मिटर परको जग्गा रेसिडेन्टल हुन्छ । बाटोको छेउमै परेकाले बढी योगदान गर्नुपर्छ भने अली पर हुनेले थोरै योगदान गरे पनि पुग्ने प्रतिवदेनमा उल्लेख छ ।
यो आयोजनामा चारवटा फ्लाई ओभर हुन्छन् । आयोजना सुरु भएको १० वर्षमा सबै ७२ किलोमिटरकै दुरीको निर्माण पूरा हुने उल्लेख छ । फ्लाइ ओभरमा पूर्वमा अरनिको राजमार्ग, पश्चिममा त्रिभुवन राजपथ, दक्षिणमा फास्ट ट्र्याक र उत्तरमा केरुङ जाने बाटो पर्छ ।
 आयोजना सुरु भएको १० वर्षमा ७२ किलोमिटर लामो बाहिरी चक्रपथ निर्माण पूरा हुने प्रतिवेदनमा उल्लेख छ ।
- राजु बास्कोटा , अन्नपूर्ण पोस्टबाट



 

“ओ दाइ ! स्नेहा होटल जाने हो ?”
“अहँ, त्यति टाढा त जान्नँ ।”
“ए, ल त ।”
० ० ०
एउटा रिक्साले न्युरोडबाट स्नेहा होटल जान नमानेपछि अर्काे रिक्सा कुर्नुको विकल्प थिएन ।
घाम पनि आफ्नो घर फर्किसकेको बेला थियो । घडीले साढे सात बजाउने सुरसार कस्दै थियो । भोकले पेटभित्रका आन्द्रा निमोठिएर च्यातिनै थालेका थिए । हामी तीन जना थियौँ । होटलसम्म पुग्ने लमतन्न सडक ढसमस्स थियो हाम्रा अघिल्तिर ।
० ० ०
त्यही सडकको छातीमाथि धामिन सर्पझैँ परबाट घस्रिँदै एउटा रिक्सा आएको देख्यौँ । केही मिटर परै थियो ऊ । हात दिएर रोक्न खोजेँ मैले ।
मसिनो धर्को मोटो, मोटो, मोटो हुँदै हाम्रो अघिल्तिर सिंगो रिक्सा भएर ठिंग उभियो । आकाशमा टल्किन थालेको जूनको छाया हाम्रो अनुहारमा प¥यो । तर, आकाशबाट विदा मागेर सूर्य जाँदाको आकाशझैँ गोधूली रङ पोतिएको अनुहारसहित रिक्सा चलाइरहेको भाइ मुस्कुराउन खोज्यो ।
मेरो मुखबाट फुत्तै निस्कियो, “आम्मा कति सानो भाइ !” 
उमेरले उसलाई फिक्का देखाए पनि परिश्रमले उसको जीवनको रङ गाढा बनाएको हुँदो हो नि । यस्तो सोचेँ । परिश्रमको रङ कति गाढा हुँदो रहेछ !
त्यो सानो भाइ, मुसुक्क हाँस्यो । थाकेर चूर भएको उसको अनुहारले बताउँथ्यो । तरपनि, हाँस्दा ऊ एक्कैछिन उज्यालियो । जस्तो बिजुली चम्कँदा आकाश उज्यालिन्छ । उज्यालो अनुहारमा मीठो हाँसो बेस्सरी सुहायो । हाँसेको त कसलाई सुहाउँदैन र ! देख्दा त त्यस्तै कलिलो थियो ऊ । तर, लाग्थ्यो जिम्मेवारीको सगरमाथाले उसलाई ‘बाउन्ने’ बनाइरहेको छ ।
“भाइ जाने हो स्नेहा होटल ?”
“हुन्छ ।”
“कति हो नि पैसा ?”
“जति दिए नि दिनु न ।” उसले आफ्नो श्रमको मूल्य तोकेन । हामी गह्रुँगो भयौँ ।
“भन न” साथीले जिद्दी ग¥यो ।
“हैन जति दिए नि हुन्छ । ४० दिनु न ।”
उसले ४० भनेपछि लाग्यो उसलाई अझै नेपालगञ्जको रिक्साको भाडादर थाहा छैन । नत्र हामी जहाँ थियाँै, त्यहाँबाट स्नेहा होटल पुग्न ५० रुपैयाँ प्रतिव्यक्ति लाग्छ, कम्तिमा पनि ।
हाम्रो जिद्दीपछि त्यो सानो भाइले आफ्नो श्रमको मूल्य लगाएको देख्दा भनन रिँगटा छुटिसकेको थियो मलाई ।
ठीक त्यही बेला कलंकीमा बल्छी थापेर बस्ने ट्याक्सी ड्राइभरहरूको अनुहार सम्झिएँ ।
हामी तीनै जना रिक्सामा चढ्यौँ । वर्षांैै रिक्सा चलाएको मान्छेजस्तो पाको ऊ । जिम्मेवारीले मान्छेलाई कसरी परिवर्तन गरिदिन्छ, त्यसको ज्वलन्त उदाहरण त्यही सानो भाइ थियो । उसले आफ्नो जिम्मेवारीको भारसहित हाम्रो भारलाई लमतन्न सडकमाथि घसारिरहेको थियो ।
खाल्डाखुल्डी मज्जाले छल्दै हिँड्न थाल्यो रिक्सा । मलाई लाग्यो, जीवनका असन्तुष्टि, अफ्ठ्यारा र हण्डरहरू यो सानो बालकले यसैगरी छल्दै हिँडेको छ कि छैन होला ? केही मिनेटको बाटो पार गरिरहँदा मेरा मनमा हजारौँ तर्कनाहरू सुट्ट सुट्ट आऊजाऊ गरिरहे ।
ओर्लिने बेला सोधेँ, “बाबु एकछिन कुर्छौ ? हामी खाना खाएर अघिकै ठाँउमा फर्किन्छाँै ।”
ऊ मुसुक्क हाँस्यो । दाहिने हातको चोर औँलालाई कुप्री पार्दै निधारतर्फ बढायो । र, निधारमा छुटेको पसिनाको मूललाई त्यही औँलाले सर्लक्क पा¥यो । श्रमको मोती–दाना चिल्लो सडकमा तप्प खस्यो । अनि भन्यो, “हुन्छ ।”
“खाना खायौ ?” होटलतर्फ जानुअघि उसलाई सोध्यौँ, “नखाएको भए जाउँ ।”
उसले मानेन । घरै गएर खान्छु भन्यो । अनि, उसलाई कुर्न आग्रह गरेर हामी केही बेरलाई हिँड्यौँ ।
खाना खाइञ्जेल पनि मेरो दिमागमा त्यही रिक्साचालक भाइका बारेमा कुरा खेलिरह्यो । उसकै अनुहार दिमागमा नाचिराख्यो ।
ऊसँग केही कुरा गर्न, केही सोध्न मन लाग्यो ।
हतार हतार खाना खाइसकेर ऊ भएको ठाउँमा पुगेँ । हातको टेको बनाएर ऊ झकाइरहेको थियो ।
कुरा गर्ने मेसो मिलाउन खोज्दै थिएँ । के सोध्ने सुरुमा जस्तो लागिरहेको थियो । त्यसैले “कुर्नु प¥यो है भाइ” भन्दै कुरा सुरु गरेँ ।
सजिलो उत्तर आयो ऊबाट, “नाइँ नाइँ । ठीक छ ।”
“भाइकोे नाम के हो नि ?” कुराको पोायो फुकाएँ मैले नै ।
“देवजंग शाही ।”
“कति वर्ष भयौ ?”
“१४”
“अनि तिम्रो घर कहाँ हो ?”
“कालिकोट, मान्मा बजारदेखि अलि भित्र गाउँमा ।”
“यहाँ को को बस्छौँ ?”
“आमा, दुई जना भाइ, एउटा बहिनी र म ।”
“अनि बुवा ?”
“हुनुहुन्न ।”
“कहाँ जानु भएको ?”
“खै थाहा छैन ।”
यो उत्तरले म चिरिएँ । कहिलेकाहीँ नगरे पनि हुने कुरा गरिदिन्छ मान्छे, नभए पनि हुने घटना घटिदिन्छ जीवनमा । सबैथोक घटना हो । कोहीकसैलाई भने सिंगो जिन्दगी नै दुर्घटना भइदिन्छ ।
केहीबेर मौन बस्यौँ हामी । मौनताले चिरेपनि मनभित्र प्रश्नहरूको कारखाना तैयार थियो । एकछिनको मौनतालाई भंग गर्दै फेरि सोधेँ ।
“अनि आमाले बुवाको बारेमा केही भन्नु हुन्न त ?”
“अहँ ।”
यति भनेर ऊ एकछिनसम्म ओठ टोक्दै यताउता ग¥यो । बाटोको मधूरो बत्तिमा मैले उसको अनुहार नियाल्न खोजेँ । ऊ केही बोल्न खोज्दै थियो, केही भन्न खोज्दै थियो, म उसको कुरा सुन्न पाउने हतारोमा थिएँ ।
“कालिकोटमा घर त छ तर अन्नपात केही पनि उब्जनी हुन्न, त्यही भएर हामी नेपालगञ्ज आइम् ।” देवजंग विस्तारै खुल्न थाले, “मामा हुनुहुन्छ उहाँले नै कोठा खोज्दिनु भयो, ग्यास चामल सबै किन्दिनु भयो, त्यही मामाको अटो रिक्सा थियो, मामाले नै मलाई रिक्सा सिक्छौ र भनेपछि मैले हुन्छ भने, अनि रिक्सा सिकेर चलाउन थालेँ ।”
“अनि सोधेँ कति महिना भयो रिक्सा चलाउन थालेको ?” सोधेँ ।
“सात महिना ।”
“तिमी त एकदमै सानो छौ, १४ वर्षको मान्छे, यति सानो मान्छेले यसरी रिक्सा चलाउँदा पुलिसले समाउँदैन ?”
“अहँ समाउँदैन, केही भन्दैन ।” ऊ ढुक्क सुनिन्थ्यो ।
उसको कन्फिडेन्स न्युरोडबाट रिक्सा चढेपछि नै प्रस्ट देखेकी थिएँ मैले । किनभने, ऊ मज्जाले रिक्सा चलाइरहेको थियो, खाल्डाखुल्डी याद गर्दै, मान्छेलाई बाटो दिँदै, ठूला गाडी आए आफू साइड लाग्दै निर्धक्क रिक्सा हाँकिरहेको थियो ।
ऊ एउटा जिम्मेवार रिक्सा चालक मात्रै नभएर आमा, भाइ र बहिनीको एउटा जिम्मेवार अभिभावक पनि थियो । एक वर्षअगाडि नेपालगञ्ज आएको ऊ, नेपालगञ्जकै सल्यानी टोलमा महिनाको दुई हजार भाडा तिरेर कोठा लिएर भाइ बहिनी र आमासँग बस्छ ।
ऊ त्यहीँकै एउटा सरकारी स्कुलमा कक्षा आठमा पढ्दैछ, त्यति मात्रै होइन, भाइबहिनीलाई क्रमशः ५, ३, २ मा र अब यही वर्ष अर्काेलाई एक कक्षामा भर्ना गराउने हो, त्यसको पनि पढ्ने बेला भयो भन्दैछ ।
आठ कक्षामा पढ्ने त्यो १४ वर्षे देवजंगसँग जति कुरा गर्दै गयो, त्यति नै अचम्म लाग्दै थियो मलाई । नेपालगञ्जको गर्मीमा बिहान स्कुल जान्छ, दिउँसो एकछिन पढ्छ, भाइबहिनीसँग खेल्छ अनि बेलुका रिक्सा चलाउँछ । एकदिनमा अझ भनाँै, साँझ रिक्सा चलाएर, पाँच सात सय कमाउँछ । अनि मालिक (उसको मामा)लाई दिनको दुई सय रुपियाँ दिनुपर्छ, रिक्सा चार्ज गरेबापत ।
घरि–घरि ऊ मलाई पुलुक्क हेथ्र्यो, अनि मुसुक्क हाँस्थ्यो, बाटोमा बालेका बत्तिको उज्यालोमा ऊ अझै चम्केजस्तो लाग्थ्यो मलाई । तर, उसको भविष्य ? तिनै बत्ति निभ्दाको अवस्था सम्झिएँ मैले ।
हामीसँगै जानु भएको दाइ खाना खाँदै हुनुहुन्थ्यो, त्यसैले उसलाई भुलाउनु पनि थियो मैले । 
तर फेरि उसलाई हतार पो छ कि भनेर घरि–घरि “अबेर त भएन नि तिमीलाई ?” भनेर सोध्थेँ, ऊ मुसुक्क हाँस्दै “हैन छैन ।” भन्थ्यो ।
ऊ एकछिन मौन भयो, मतिर फर्केर बसेको ऊ रिक्साको अगाडि फर्कियो, अनि खै के के नबुझिने गरी गुनगुनाउन थाल्यो । त्यो रोमान्टिक गीत थियो । कष्टपूर्ण जीवन बाँचिरहेको एउटा बालक जो नवयुवक बन्ने तरखरमा छ, उसले गाइरहेको गीतले सायद उसलाई जीवन बाँच्ने कला सिकाउँथ्यो ।
घरि–घरि पुलुक्क मलाई हेरेर मुसुक्क हाँस्ने उसलाई हेरेर म उसको अनुहार नियाल्ने प्रयत्न गर्थेँ । अनि सोच्थँे, १४ वर्षको उमेर परिवारको सारा जिम्मेवारी उठाएको छ, केही सुख पाइन्छ कि, दुई छाक मीठो–मसिनो खान पाइन्छ कि भन्ने आसमा जन्मथलो (कालिकोट) छोडेर हिँडेको छ । यति ठूलो कदम चाल्न उसलाई ठूलै हिम्मत र साहस चाहियो होला, तर त्यो हिम्मत र साहस ती साना भाइबहिनीले पक्कै दिएनन्, ती आमा जो केही गर्न सक्दिनन् उनले पनि कसरी दिइन् होला र ? गरिबी, एकछाक खान पाउने सपनाले नै दियो र उठायो होला उसले यति ठूलो कदम । र, आइपुग्यो कालिकोटबाट नेपालगञ्जसम्म ।
जिन्दगी त सपनाहररूले लखेटी लखेटी धानिन सिकाउने एउटा तन्द्राजस्तो ।
हुन त ऊ नेपालगञ्ज आउनुभन्दा पहिले  इन्डिया पनि गयो, त्यहाँ पनि केही समय काम गरेर १४ हजार रुपियाँ कमाएर ल्यायो । तर, उसलाई फेरि फर्केर इन्डिया जान मन लागेन । र, परिवार सबैलाई लिएर आयो नेपालगञ्ज ।
कस्तो ठूलो साहस ! जिन्दगीप्रति कस्तो ऊर्जावान् !
० ० ०
“भविष्यमा के  भन्ने मन छ ?” प्रश्नको अर्को पोयो फुकाएँ ।
“भगवान्ले जे बनाउँछन् त्यही बन्ने हो । जे बनाउँछन् त्यसमै खुसी हुन्छु म ।” लाग्यो ऊभित्र एउटा दार्शनिक छ, त्यसैको आवाज उसको मनको बाटो हुँदै निस्किरहेको छ ।
“तिमीसँग मोबाइल फोन छ ?” मैले अर्को प्रश्न सोधेँ । मेरा प्रश्नहरूको कुनै रेखाचित्र थिएनन् । म खलबलिएको थिएँ, उसको अवस्था देखेर । अनि प्रश्नहरू मनबाट निस्किरहेका थिए, फुत्त फुत्त । मैलाई नसोधी ।
“छ्रैन ।”
“किन ? बोक्न मन लाग्दैन ?” सोधेँ ?
“अहिले नै किन बोक्नु मोबाइल ? सबै ध्यान जति मोबाइलमा जान्छ, पढाइमा जाँदैन । म बिग्रिन चाहन्न ।” विष्फोटक लाग्यो उसको जवाफ ।
छक्क परेँ म । उसको कुरा गर्ने तरिका किन किन भिन्न लागिरहेको थियो मलाई ।
अन्ततः । हामी फर्किने समय आयो । उसको रिक्साले सुइँय गर्दै गन्तव्य ताक्यो । हामी हिँड्यौँ ।
बाटोभरी सबै जना चुपचाप थियौँ, मेरो मनमा उसका कुराले उथलपुथल पारिरहेको थियो ।
हामी न्युरोड पुग्यौँ ।
ओर्लिने बेला उसले भनेको भन्दा केही बढी पैसा दियौँ । उसलाई विदा गर्दै मैले भनेँ, “बाबु राम्रोसँग पढ, पढाइमा ध्यान देऊ है ।”
ऊ मुसुक्क हाँस्यो ।
Twittter @AcSabita
 
- बाह्रखरीबाट 

Image result for hostel

जुम्ला , वैशाख १६ गते । तातोपानी गाउँपालिका–२ स्थित हिमशिखर माविमा अध्ययनरत छात्रामा एक महिनादेखि मास ‘हिस्टेरिया’ रोगको समस्या बढ्दै गएको छ ।

चैत १३ गतेदेखि ८, ९ र १० कक्षाका छात्रामा यो समस्या देखिएको हो । यो समस्या भएको दुई÷तीन दिनभित्र स्थानीय स्वास्थ्यकर्मीले उपचार गरे तर कुनै पत्तो नलागेको निमित्त प्रधानाध्यापक राजु केसीले जानकारी दिए ।

“त्यसको लगत्तै जिल्ला स्वास्थ्य कार्यालय जुम्लाको समन्वयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका डाक्टर सुवेश चौधरी नेतृत्वको टोली औषधि सामग्री लिएर त्यहाँ पुग्यो र उपचार सेवा सुरु गर्यो तर उपचार सेवा अवधिमा अभिभावकको चासो रहेन” प्रधानाध्यापक केसीले भने।

चैत १३ गते लाइनमा प्रार्थना गर्ने समयमा कक्षा– ८ मा अध्ययनरत हिरा डाँगीबाट चिच्याउने, कराउने, रुने काम्ने, तर्सने रोग अहिले ६० जना भन्दा बढीमा देखिएको उहाँले बताए । उनी भन्छन्, “यो रोग देखिएबाट छात्राहरुको हात खुट्टा दुख्ने, गल्ने, झमझमाउने, लाटोपन देखिने, पेट दुख्ने र त्यसपछि ढल्ने क्रियाकलाप देखिन्छ ।” उनका अनुसार छात्राहरुको रोगको निदानका लागि अभिभावकले स्थानीय विधि धामीझाँक्री गरिरहेका छन् तर रोग दोहिरिरहेको छ ।

प्रधानाध्यापक केसीकाअनुसार लामो समयसम्म लम्बिएको यो रोगका कारण विद्यालय पठनपाठनको वातावरण प्रतिकुल बन्दै गएको छ । रासस


 



काठमाडौं , वैशाख १६ गते । निर्वाचन आयोगले दुईवटा निर्वाचनको बीचमा सरकारको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक नगर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
आयोगको बैठकले यस्तो निर्णय गर्दै सरकारको ध्यानाकर्षण गराएको हो ।

आयोगको निर्णयमा भनिएको छ– “एक महिनाको अन्तरालमा हुने दुई चरणका निर्वाचनका बीच सरकारले नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गर्ने कार्य निर्वाचन आचारसंहिता अनुकूल नहुने भएकाले सरकारले प्रस्तुत गर्ने वार्षिक नीति तथा कार्यक्रम र बजेटटले दोस्रो चरणको निर्वाचनलाई प्रभावित पार्न सक्ने देखिएको हुँदा सो सम्बन्धमा नेपाल सरकारको ध्यानाकर्षण गर्ने ।”

सरकारको निर्णयअनुसार यही वैशाख ३१ गते पहिलो र जेठ ३१ गते दोस्रो चरणको निर्वाचनको मिति घोषणा भई निर्वाचनका कार्यक्रमहरुसमेत सार्वजनिक भइसकेका छन् ।

आयोगले २०७३ फागुन १८ गतेदेखि लागु हुने गरी स्थानीय तह निर्वाचन आचारसंहिचा लागु गरेको र सो आचारसंहिता दोस्रो चरणको निर्वाचन अवधिभर समेत यथावत कायम रहने हुँदा दुवै निर्वाचनको बीचमा सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउँदा निर्वाचन आचार संहिचा अनुकूल नहुने आयोगको निर्णयमा उल्लेख छ ।

zf


सुरुङ्गा (झापा), वैशाख १६ गते  । झापाका २८ वटा सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गर्न सरकारले रु एक करोड ८२ लाख रुपैयाँ प्रदान गरेको छ ।
नेपाल सरकार शिक्षा मन्त्रालयले गाउँ÷गाउँमा पुस्तकालय स्थापना गर्ने उद्देश्यका साथ सबै विद्यालयमा पुस्तकालय स्थापना गर्ने जनाएअनुरुप झापाका २८ वटा सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गर्न उक्त रकम प्रदान गरेको हो ।

माध्यमिक तहका विद्यालयका लागि प्रति विद्यालय रु ६ लाख ५० हजारका दरले रकम प्रदान गर्न लागिएको जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बरालले जानकारी दिनुभयो । उहाँकाअनुसार विद्यालयमा सुविधा सम्पन्न लाइबेरी स्थापना गर्न सो रकम प्रदान गर्न लागिएको हो ।

‘इ’ लाइबेरी स्थापनाका लागि अनुदान रकम पाउने विद्यालयमा लालपानी मावि शिवसताक्षी, चन्द्रभानुज्योति पृथ्वीनगर, सगरमाथा मावि पृथ्वीनगर, आर्दश मावि घैलाडुब्बा, महेन्द्र मावि जलथल, कनकाई मावि सुरु्गा, ज्यामिरगढी मावि ज्यामिरगढी, जनता मावि बालुवाडी रहेका छन् ।

यस्तै सहिद धर्मभक्त मावि तोपगाछी, सरस्वती मावि लखनपुर, गौरीशङ्कर मावि डाँगीबारी, महेन्द्ररत्न मावि तोपगाछी, मङ्गलमय मावि लखनपुर, बालकल्याण मावि महाभारा रहेका छन् ।

त्यस्तै कवि शिरोमणि मावि मेचीनगर, पशुपति मावि राजगढ, डिल्लीराज मावि टाघनडुब्बा, कालिस्थान मावि अर्जुनधारा, सिंहदेवी मावि दमक, सरस्वती मावि वुट्टाबारी, वलनिकुञ्ज मावि शिवसताक्षी, जनता मावि गौरादह, महेन्द्र मावि विर्तामोड, चम्पापुर मावि कनकाई, शनिश्चरे मावि अर्जुनधारा, काँकरभिट्टा मावि मेचीनगर, कमला मदन आश्रित मावि तोपगाछी र मोती मावि पथरिया रहेको जिल्ला शिक्षा कार्यालय झापाका सूचना अधिकारी युवराज पाण्डेले जानकारी दिनुभयो ।

भौतिक संरचना निर्माणका लागि अनुदान रकम लिएका विद्यालयले भने पुस्तकालय निर्माणका लागि रकम पाएका छैनन् । विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गत विद्यालयमा पुस्तकालय स्थापना गर्न २८ वटा विद्यालयले अनुदान रकम पाएका हुन् ।
झापामा तीन सय ६५ वटा सामुदायिक विद्यालय रहेको उप जिल्ला शिक्षा अधिकारी होम भण्डारीले जानकारी दिनुभयो । रासस


डा. राजेन्द्रकुमार गिरी प्रबन्ध निर्देशक, सिंहदरबार वैद्यखाना विकास समिति
जथाभावी आयुर्वेदिक औषधि खादा के हुन्छ ?
आयुर्वेदिक औषधि भन्दैमा जथाभावी प्रयोग गर्न हुँदैन ।

उत्पादन मिति नभएका तथा औषधि कम्बिनेसन नखुलाइएका आयुर्वेदिक औषधि खानु हुँदैन ।
कतिपय आयुर्वेदिक औषधि विषाक्त जडीबुटीबाट बनाइएका हुन्छन् । त्यसकारण चिकित्सकको सल्लाहमा मात्र त्यस्ता औषधि सेवन गर्नुपर्छ ।
सरकारबाट मान्यताप्राप्त औषधि उत्पादन कम्पनीबाट उत्पादित औषधि मात्र प्रयोग गर्नुपर्छ ।
कतिपय एलोपेथिक औषधि निरन्तर सेवन गरिरहनुपर्ने हुन्छ । तर, हर्बल प्रयोग गर्दा एलोपेथिक औषधि छोडेको पाइन्छ । त्यस्तो गर्न हुँदैन । छोड्नुपरेमा चिकित्सकको सल्लाहमा मात्र छोड्नुपर्छ ।
कतिपय आयुर्वेदिक औषधिले पनि शरीरका अंगहरूलाई असर गर्दछ । त्यसकारण औषधि सेवन गर्ने या नगर्नेबारे चिकित्सकको सल्लाह लिनुपर्छ ।-




काठमाडौ, बैशाख १६– गते ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वानको मिति कुनै पनि हालतमा नसर्ने दाबी गर्दै पूर्वनिर्धारित मितिमा चुनाव भइछाड्ने बताएका छन् ।
पार्टीको केन्द्रीय प्रचारप्रसार समन्वय उपसमितिले शनिबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले छिट्टै संसदमा दर्ता भएको संशोधन प्रस्ताव पारित हुने र बैशाख ३१ र जेठ ३१ गते चुनाव भइछाड्ने बताए ।

चुनाव सर्छकि भन्ने आशंका नगर्न आग्रह गर्दै उनले भने, ‘यो निर्वाचन महत्वपूर्ण हो । दुई मितिमा तोकिएकै मितिमा निर्वाचन हुन्छ ।’
मधेसी दलहरुको माग सम्बोधन गर्नको लागि नै दुई चरणमा चुनाव गर्न लागिएको भन्दै सत्तारुढ दल मधेसी दलको माग पूरा गर्न निरन्तर लागिपरेकाले केहिदिनभित्रै ठोस निकास निस्कने दाबी गरे ।

‘मधेसी दलको माग सम्बोधन गरेर निर्वाचन हुन्छ, संविधान संशोधन पनि भएरै छाड्न’, देउवाले थपे, ‘ त्यसका लागि केहि दिनको आवश्यकता पर्छ, कांग्रेस र माओवादी खटेको छ। एमालेलाई पनि सहमतिमा ल्याउने प्रयास हुन्छ ।’ देउवाले संविधानमा सबैको भावना र माग सम्बोधन गर्न संशोधन गर्न थालिएको भन्दै यसमा गम्भीर बन्न एमालेसँग आग्रह गरे ।

यस्तै उनले कांग्रेसकै नेतृत्वमा शान्ति र संविधान आएको भन्दै देशलाई निकास दिन सक्ने पार्टी कांग्रेसनै भएकाले स्थानीय तह निर्वाचनमा पनि जित्न आवश्यक रहेको तर्क गरे ।

पत्रकार सम्मेलनमा अर्का नेता रामचन्द्र पौडेलले सबैलाई मिलाएर लान सक्ने क्षमता कांग्रेसमा रहेको र त्यसका लागि लागिपरिएको बताए ।

यस्तै कांग्रेसका नेता तथा स्वास्थ्यमन्त्री गगन थापाले एमालेले संशोधनको बारेमा भ्रम छरिरहेको आरोप लगाए । उनले भने– एमालेले भ्रम छर्नु भनेको जनतामाथिको अपमान हो । संविधानलाई फराकिलो बनाउन खोज्दा एमाले नागरिकको अधिकार खोसियो भन्छ । यो नक्कली राष्टवाद हो ।’

उनले एमालेको राष्ट्रवादलाई कांग्रेसले राम्ररी चिनेको भन्दै राष्ट्रियताबारे कांग्रेसलाई नसिकाउन एमालेलाई चेतावनी दिए ।- रातोपाटी बाट

फिफाले गर्‍यो ब्राजिलसहित आधा दर्जन देशलाई जरिवाना


अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले घरेलु समर्थकले खेल भावनाविपरीत काम गरेको आरोप लगाउँदै ब्राजिल, अर्जेन्टिना र मेक्सिकोलाई जरिवाना लगाएको छ । फिफाले सन् २०१८ मा रूसमा आयोजना हुने विश्वकप फुटबलका लागि हालै खेलिएका छनोट खेलका क्रममा घरेलु समर्थकले देखाएको उद्दण्ड व्यवहारका कारण दक्षिण अमेरिकाका यी फुटबल हस्ती राष्ट्रलाई जरिवाना तिराउने निर्णय गरेको हो ।
फिफाले ब्राजिललाई तीन हजार पाँच सय स्विस फ्र्यांक र अर्जेन्टिनालाई २० हजार स्विस फ्र्यांक जरिवाना तोकेको छ । यसैगरी मेक्सिकोलाई १० हजार स्विस फ्र्यांक जरिवाना तोकिएको छ । फिफाको अनुशासन समितिले विश्वकप छनोटअन्तर्गतका खेलहरूमा घरेलु समर्थकले विपक्षी खेलाडीलाई तेस्रोलिंगीका लागि प्रयोग गरीने अपमानजनक शब्द प्रयोग गरी हुटिङ गरेको जनाउँदै जरिवाना तिराउने निर्णय गरेको हो ।

फिफाले कुन खेलमा घरेलु समर्थकबाट त्यस्तो व्यवहार भएको हो भन्ने विषयमा भने स्पष्ट पारेको छैन । फिफाले विश्वकप छनोटअन्तर्गत गत मार्च २४ तारिखमा इटालीविरुद्ध भएको खेलका क्रममा समर्थकबाट भएको विभिन्न हर्कतका कारण अल्बानियालाई पनि एक लाख स्विस फ्र्यांक जरिवाना तोकेको छ । फिफाले सो खेलको क्रममा समर्थकले मैदानमा अतासबाजी गर्दा खेल केही समय रोक्नु परेको कारण देखाएको छ । सोही खेलसँग जोडेर इटालीलाई पनि १५ हजार स्विस फ्र्यांक जरिवाना लगाइएको छ ।
यसैगरी चीनसँगको खेलका क्रममा समर्थकले अवरोध पुर्‍याएको तथा क्षमताभन्दा बढी समर्थक स्टेडियममा छिराएको कारण देखाउँदै फिफाले इरानको फुटबल संघलाई पनि ५० हजार स्विस फ्र्यांक जरिवाना लगाएको छ । फिफाले यस्तै प्रकृतिका घटनामा बोस्निया—हर्जगोभिना, पोल्यान्ड र मोन्टेनेग्रोलाई पनि जरिवाना तिराउने निर्णय गरेको छ ।
यसैबीच, दक्षिण अमेरिकी देशका क्लबबीचको प्रतियोगिता कोपा लिबर्टाडोरेसअन्तर्गत बुधबार उरुग्वेमा भएको एक खेलका क्रममा समर्थकहरू झडपमा ओर्लंदा केही प्रहरी घाइते हुनुका साथै प्रहरीका साधनमा समेत क्षति पुगेको जनाइएको छ । ब्राजिलियन क्लब पालमेइरस र उरुग्वेको क्लब पेनारोलबीचको खेलका क्रममा झडपमा उत्रने करिब ३० जना समर्थकलाई प्रहरीले पक्राउ गरेको छ । झडपमा परी उरुग्वेका १८ जना प्रहरी घाइते भएका छन् । ब्राजिलियन क्लब ३–२ गोलले विजयी भएको उक्त खेल समाप्त भएलगत्तै समर्थकहरू झडपमा उत्रिएका थिए।-एजेन्सी

 वृद्वभत्ता पाँच हजार !
                            मलेसिया र खाडीमा कामदार रोक्ने एमालेको घोषणा


काठमाडौ,  वैशाख १६ गते ।  एमालेले मलेसिया र खाडी मुलुक जाने कामदारलाई नेपालमै रोजगारी व्यवस्था गर्ने महत्ववाकांक्षी घोषणापत्र तयार गरेको छ ।स्थानीय तह निर्वाचनका लागि स्थायी समितिले शुक्रबार पारित गरेको घोषणापत्रमा आगामी १० वर्षभित्र नेपालमै रोजगारी सिर्जना गरी मलेसिया र खाडी मुलुकमा कामदार जानु नपर्ने अवस्था सिर्जना गर्ने उल्लेख छ ।
‘मलेसिया र खाडीमा कामदार नपठाउने, जापान र कोरियामा काम गरी फर्केकाको आर्जन र सीप प्रयोग गर्ने तथा अमेरिका, युरोप गएकाको पनि ज्ञान र आर्जन प्रयोग गरी मुलुकलाई आर्थिक समृद्धितर्फ लैजाने पार्टीको योजना छ', स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले अन्नपूर्णसँग भन्नुभयो, ‘२५ वर्षमा मुलुकलाई धनी राष्ट्रको सूचीमा उभ्याउने प्रयत्न गर्छौं ।'
स्थायी समितिले उपाध्यक्ष भीम रावल, सचिव प्रदीप ज्ञवाली र स्थायी समिति सदस्य पाण्डेलाई भाषालगायत विषय हेरेर घोषणापत्रलाई अन्तिम रूप दिने जिम्मेवारी दिएको छ । एमालेको घोषणापत्रमा आगामी १० वर्षमा नेपालीको आम्दानी ५ हजार अमेरिकी डलर बनाउने उल्लेख छ । आफ्नो नेतृत्वको ९ महिने शासनकालमा वृद्धभत्ता सुरु गरेको एमालेले त्यसलाई वृद्धि गरी पाँच हजार पुर्‍याउने प्रतिबद्धता घोषणापत्रमा जनाएको छ । यस्तै अस्पतालमा सुत्केरी हुने महिलालाई १० हजार दिनुपर्ने एमालेको धारणा छ ।

स्थायी समितिले शुक्रबार पारित गरेको घोषणापत्रमा १० वर्षभित्र नेपालमै रोजगारी सिर्जना गरी मलेसिया र खाडी मुलुकमा कामदार जानु नपर्ने अवस्था बनाउने उल्लेख छ ।

विद्युत् ऊर्जामा विशेष जोड दिँदै एमालेले सडक विस्तार, रेलमार्ग, सहरी विकास, सामाजिक सेवा र शिक्षाको विकासमा पनि जोड दिएको छ । बजेटको २० प्रतिशत शिक्षामा राज्यले लगानी गर्नुपर्छ भन्ने हाम्रो धारणा छ', पाण्डेले भन्नुभयो । प्रचार विभाग प्रमुख योगेश भट्टराईले युवालाई विशेष जोड दिएर मुलुकलाई समृद्धिको बाटोमा लैजाने विषयमा घोषणापत्रले जोड दिएको बताउनुभयो । अन्तर्राष्ट्रिय विमानस्थल निर्माणदेखि पर्यटन प्रवद्र्धनमा विशेष जोड दिने लक्ष्य राखिएको जानकारी भट्टराईले दिनुभयो ।-अन्नपूर्ण बाट

दलीय स्वार्थ त्याग्नुपर्छ : उपप्रधानमन्त्री थापा

हेटौँडा,  वैशाख १६ गते   । उपप्रधान तथा सङ्घीय मामिला र स्थानीय विकासमन्त्री कमल थापाले मधेसी मोर्चालाई राष्ट्रिय मूल प्रवाहमा ल्याउनलाई प्रमुख दलले दलीय स्वार्थ त्यागेर विवेकशील भएर निर्णय लिनुपर्ने आवश्यक्ता रहेको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री थापाले सो पार्टी मकवानपुरद्वारा आज हेटौँडामा आयोजित बुद्धिजीवीहरुको भेलालाई सम्बोधन गर्दै मधेसी मोर्चालाई संविधानको कार्यान्वयन क्रममा स्थानीय निर्वाचनमा सहभागी गराउन प्रमुख दलहरुले नै उपेक्षा गर्न नहुने धारणा राख्दै बाह्य शक्तिले दलहरुलाई प्रयोग गर्ने गरेकाले राष्ट्रियतामाथि खतरा उत्पन्न हुने गरेको स्पष्ट पार्नु भयो ।

अध्यक्ष थापाले मुलुकमा शान्ति, स्थायित्व र सुशासनको लागि स्थानीय निर्वाचन अपरिहार्य रहेको र सबै राजनैतिक दलहरुलाई स्थानीय निर्वाचनमा सहभागी गराउन सरकार र प्रमुख राजनीतिक दलको बीचमा समझदारी हुनु जरुरी रहेको छ भन्नुभयो । सो अवसरमा सांसद गणेश थापा र राप्रपाका नेता मधु अधिकारीले प्रमुख दलहरुको बीचमा आपसी मनमुटाव त्यागेर स्थानीय तहको निर्वाचनलाई सफल पार्न तत्काल मधेसी मोर्चाको मागलाई कार्यान्वयन गर्न सरकार र प्रमुख दलहरुको बीच समन्वय र समक्षदारीका साथ अघि बढनु पर्ने बताउनुभयो । रासस




यात्रा भन्नेबित्तिकै धेरैले उड्नु र गुड्नुलाई सम्झने गर्छन् । तर, यात्राका खास पारखीहरु भन्छन्, यात्राको असली मज्जा पदयात्रामा पाइन्छ ।

हुन पनि स्थानीयतामा भिज्न पाइने भएकाले पदयात्राले आनन्दका साथै धेरै कुरा सिकाउँछ पनि । प्रकृति, सम्पदा र स्थानीय जीवनशैलीलाई नजिकबाट छाम्न, हेर्न र बुझ्न पाइने भएकाले यात्राका पारखीहरु नयाँ-नयाँ पदमार्ग खोजिरहेका हुन्छन् ।

त्यस्ता पदयात्रीका लागि डोल्पादेखि मुस्ताङको कागबेनी पदयात्रा राम्रो विकल्प हुन सक्छ । पछिल्लो समय विस्तारै चर्चामा आउन थालेको यो पदमार्ग लामो समय यात्रा गर्न रुचाउनेहरुका लागि त झन् छुटाउनै नहुने गन्तव्य हो ।



डोल्पादेखि कागबेनी जान दुई वटा रुट छन् । तल्लो डोल्पा हुँदै जान १९ दिन लाग्छ भने माथिल्लो डोल्पाबाट २८ दिनको पदयात्रा छिचोल्नुपर्छ । सडक सञ्जालले छुने प्रयासमा रहेकोे डोल्पाको एकमात्र विकल्प हवाईजहाज हो ।

तल्लो डोल्पाको हकमा नेपालगञ्जबाट दुनैसम्म हवाई यात्रापछि पदयात्रा सुरु हुन्छ । यहाँबाट ताराकोट, मुुसीे खोला, मुकुट गाउँ, काकोट, याकखर्क, झिरिङ गाउँ, मुका गाउँ, सालदाङ पास, क्याम्प, मिलुगुम्बे पास (५,८४२ मिटर), सान्ता, क्याम्प हुँदै कागबेनी पुगेर पदयात्रा सकिन्छ ।

यस्तै, माथिल्लो डोल्पाबाट पदयात्रा गर्ने हो भने नेपालगञ्जदेखि जुफाल विमानस्थलसम्म हवाई यात्रा गरेपछि पदमार्ग सुरु हुन्छ । यस क्रममा दुनै, फोकसुण्डो ताल, द्यो तराप, लुक्लाबागला पास (४,८०० मिटर) साल्दाङ पास हुँदै कागबेनीमा पुगिन्छ ।
यी पदयात्रामा टी हाउसको व्यवस्था नभएका कारण बन्दोबस्त भने आफैं गर्नुपर्ने हुन्छ । त्यसैले यो यात्रा केही महँगो हुने गर्छ ।



डोल्पा पुगेपछि यहाँको फोक्सुण्डो ताल अवलोकन नगरे यात्रा अपूरो हुन जान्छ । नेपालको सबैभन्दा गहिरो यो तालमा पानीको रङ छिनछिनमै परिवर्तन भइरहने भएकाले चित्ताकर्षक देखिन्छ । समुद्री सतहबाट तीन हजार ६ सय ११ मिटर उँचाइमा रहेको तालमा कुनै जलचर पाइँदैन । फ्रान्सका फिल्ममेकर एरिक भ्यालीले ‘हिमालय क्याराभान’ फिल्म बनाएपछि फोक्सुण्डो तालसहित डोल्पाको सौन्दर्य विश्वभर परिचित भयो । यही कारणले होला, डोल्पा पुग्ने पर्यटकमध्ये आधाभन्दा बढी फ्रेन्च हुने गरेका छन् ।

डोल्पा पदमार्गमा पर्यटकको रुचि बढ्दो छ

मोहन लम्साल, पूर्व महासचिव, टान एवं पर्यटन व्यवसायी

नेपाल आउने अधिकांश विदेशी पर्यटकहरुले खासगरी सगरमाथा, अन्नपूर्ण र लाङटाङ क्षेत्रको पदमार्ग रोज्ने गरेका छन् । अन्य पदमार्गको आवश्यक चर्चा र प्रचार नहुनु यसको मुख्य कारण हो । पछिल्लो समय भने डोल्पा-कागबेनी पदमार्गमा पनि पर्यटकको रुचि बढ्न थालेको छ । वर्षमा एक सयको हाराहारीमा पर्यटकहरु सो पदमार्गमा जान थाल्नुलाई राम्रो सुरुवात मान्नुपर्छ ।

साहसिक पदयात्रा गर्न चाहने पर्यटकका लागि यो पदमार्ग निकै उपयुक्त भए पनि यहाँ अझै धेरै काम गर्न बाँकी छ । पदमार्गका ठाउँठाउँमा सूचना र संकेतहरु समेत राखिएको छैन । यसमा सम्बन्धित पक्षले ध्यान दिनुपर्छ ।


मुस्ताङ



भरतबन्धु थापा
,

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget