Websoft University

www.radiomakalu.com || 021-522512


November 2016


थाइल्यान्डको मन्त्रिपरिषदले युवराज महा भाजिरालोङकोर्नलाई नरेश बनाउन उहाँको नाम संसदमा प्रस्तुत गरेको छ । यसबाट युवराज भाजिरालोङकोर्न आफ्ना पिताको देहावसानको निकै सातापछि यस मुलुकको नरेश बन्ने मार्ग खुला भएको छ ।

व्यापक रूपमा सम्मान गरिनुभएका नरेश भुमिबोल अदुल्यादेजको अक्टोबर १३ मा देहावसान भएको थियो । उहाँले यस मुलुकलाई सात दशकसम्म शासन दिनुभएको थियो भने उहाँलाई निकै विभाजित मुलुकमा एकताको खम्बाको रूपमा लिइन्थ्यो ।

युवराज भाजिरालोङकोर्नले आफ्ना पिता भूमिबोलको देहावसानपछि आफू शोकमा रहेको अवस्थामा आफ्नो नाम नरेशको रूपमा घोषणा गर्ने काम रोक्न आग्रह गर्नुभएको सैनिक सरकारले घोषणा गरेको थियो । मङ्गलबार मन्त्रिपरिषद्ले घोषणा गरेपछि स्वर्गीय नरेश भूमिबोलको उत्तराधिकारीका विषयमा आशङ्का हटेको छ ।

थाइल्यान्डको राजगद्दी उत्तराधिकारीसम्बन्धी नियम गोप्य रहेको छ र उपप्रधानमन्त्री प्रावित वङसुवानले उत्तराधिकारीसम्बन्धी प्रक्रिया अनेकौँ चरणमा सम्पन्न हुने बताउनुभयो ।

मन्त्रिपरिषद्को विशेष बैठकपछि उहाँले पत्रकारहरूलाई प्रधानमन्त्रीको सचिवालयले राष्ट्रिय संसदीय सभालाई सूचना दिने जानकारी दिनुभयो ।

यस प्रक्रियाअनुसार संसदको सभामुखले युवराजलाई नरेश बन्न औपचारिक रूपमा निमन्त्रणा गर्नुपर्छ र यसपछि मात्र नरेशका विषयमा सार्वजनिक रूपमा घोषणा हुनसक्छ ।

उपप्रधानमन्त्री प्रावितले संसदका अध्यक्षले युवराजलाई भोलि वा पर्सि भेट गर्नुहुने जानकारी दिनुभयो । भेटको केही समयपछि नै नरेशको घोषणा हुने अनुमान गरिएको छ ।

चौँसट्ठी वर्षीय युवराज भाजिरालोङकोर्नलाई चार दशक अगाडि नै नरेश भूमिबोल अदुल्यादेजको उत्तराधिकारीको रूपमा घोषणा गरिएको थियो । उहाँ बढी समय मुलुकबाहिर बिताउनुहुन्छ । जर्मनीको दक्षिणी भागमा उहाँको सम्पत्ति छ । एक सैनिक स्रोतले युवराज हाल जर्मनीमै रहेको एएफपीलाई जानकारी दियो ।

थाइल्यान्डमा राजाको मानहानिसम्बन्धी कडा कानुन रहेको छ र युवराजले विश्वको सबैभन्दा धनी राजसंस्थाको उत्तराधिकारी पाउनुहुने बताइएको छ । यस कानुनले राजपरिवारको भूमिकाको विषयमा थाइल्यान्डमा खुला छलफल गर्न असम्भव बनाएको बताइन्छ । औपचारिक रूपमा थाइल्यान्डमा नरेशको सीमित संवैधानिक अधिकार रहेको छ ।

सात दशकसम्मको शासनमा भूमिबोलले सम्भ्रान्त तथा विशेष गरी थाइल्यान्डको शक्तिशाली सैनिक सम्भ्रान्त वर्गमा शक्तिशाली सञ्जाल तयार गर्नुभएको थियो र उहाँले सङ्कटको समयमा मध्यस्थकर्ताको ख्याति कमाउनुभएको थियो ।

यसो भए पनि युवाराज भाजिरालोङकोर्नले निकै विभाजित मलुक प्राप्त गर्नुभएको छ ।

गत दशकमा थाइल्यान्डमा राजनीतिक प्रदर्शन तथा सेनाद्वारा शासन लिने चक्र चलेको थियो भने यहाँ असमानता अझै गहन भएको देखिएको छ । सन् २०१४ मा पनि सेनाले शासन आफ्नो नियन्त्रणमा लिएको थियो ।

तालिमप्राप्त विमानचालक रहनुभएका युवराज भाजिरालोङकोर्नले आफ्नो पिताको जस्तो सम्मान प्राप्त गर्न बाँकी छ । उहाँले तीनपटक सम्बन्ध विच्छेद गर्नुभएको छ र प्रहरीको भ्रष्टाचारका विषयमा उहाँका पूर्व परिवारको नाम जोडिने गरेको छ ।

नरेश भूमिबोलको देहावसानपछि युवराज भाजिरालोङकोर्नले अन्त्येष्टिका केही दैनिक संस्कारमा भाग लिनुभएको छ तर कुनै सार्वजनिक भनाइ राख्नुभएको छैन । एक वर्षको शोक अवधिसम्म अन्त्येष्टिको संस्कार कायम रहन्छ र युवराज भाजिरालोङकोर्नले राजकुमारी सिरिनधोर्नलाई सो कामको जिम्मेवारी सुम्पनुभएको छ ।

थाइल्यान्डमा स्वर्गीय नरेशको अन्त्येष्टिको संस्कार सम्पन्न भएपछि मात्र नयाँ नरेशलाई श्रीपेच पहि¥याउने चलन छ । राससरएएफपी


janaki-temple
धनुषा,मंसिर १४ गते । प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा आजदेखि विवाह पञ्चमी महोत्सव सुरु भएको छ ।

त्रेतायुगमा श्रीराम र सीताबीच भएको विवाहको स्मरणमा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन मिथिला नगरी जनकपुरधाममा पौराणिक विवाह पञ्चमी महोत्सवको आयोजना हुँदै आएको छ । यस वर्ष महोत्सव मङ्सिर २० गतेसम्म चल्ने छ ।

मेलामा भिडभाडलाई ध्यानमा राखी सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी लालमणि आचार्यले जनाए । महोत्सवका लागि जानकी मन्दिर, राम मन्दिरसहित जनकपुरलाई नवबेहुली झैँ सजाइएको छ ।

महोत्सव सम्पन्न गर्न प्रजिअ दिलीप चापागार्इंको नेतृत्वमा मूल समिति र अन्य विभिन्न उपसमिति गठन गरिएको जानकारी मन्दिरका महन्थ रामतपेश्वर दासले दिए ।

सप्ताहव्यापी रुपमा मनाइने महोत्सवको पहिलो दिन जनकपुर नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौँ दिन मटकोर, छैटौँ दिन शुभविवाह र सातौँ दिन राम कलेवा आयोजना गरिन्छ । महोत्सवका अवसरमा जानकी मन्दिरमा धार्मिक कथा वाचन तथा राम लीला र झाँकी पनि प्रदर्शन गरिन्छ ।

मेला हेर्न बाहिरबाट आउने दर्शकका गाडी पार्किङका लागि चक्रपथभन्दा बाहिर व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ । महोत्सवमा सहभागी हुन भारत, अयोध्याबाट हजारौँ दर्शनार्थी जनकपुर आउने गर्छन् ।

रासस

प्रचण्ड–बाबुराम भेट : ‘संविधान संशोधनमा बाबुरामको समर्थन’

काठमाडौं, मङ्सिर १४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईवीच आज भेट भएको छ । दुई नेतावीच प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भेट भएको हो ।

आज बसेको पार्टी पोलिटव्यूरो वैठकमा प्रधानमन्त्री प्रचण्डले भेटवारे जानकारी गराएका हुन् ।

प्रधानमन्त्रीले वैठकमा बताए अनुसार भेटमा
–संविधान संशोधनका विषयका कुराकानी भएको थियो ।
–डा.भट्टराईले संशोधनमा आफ्नो समर्थन रहेको जनाएका थिए ।
–संविधानलाई लावारिस हुन दिनुभएन, सवैका माग सम्बोधन गरेर कार्यन्वनमा लैजान पर्यो भन्ने डा.भट्टराईको भनाई थियो ।
–डा.भट्टराईले संविधान कार्यनवयन भए देश दुर्घटनमा जाने बताएका थिए ।
नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका नेता उपेन्द्र यादवले सोमवार संयुक्त विज्ञप्ती जारी गर्दै संविधान संशोधनका एजेन्डामा एकरुपता देखाएका थिए । तर, नयाँ शक्ति संसदमा भने छैन ।
–भेटवारे डा.बाबुराम भट्टराईपक्षबाट केही कुरा बाहिर आएको छैन ।-रातोपाटी



जाडोयामको चिसोमा अनुहार बढि सुख्खा बन्दछ । छालामा हुने मोस्चर चिसोले चोर्छ । यसका कारण छालाको चमक फिका बन्दछ । समस्या बढ्दै जाँदा दागधब्बा तथा दाद देखा पर्दछ । त्यसैले यस्तो समस्याबाट मुक्ति पाउनुका लागि तपाइँले घरेलु उपाय समेत अपनाउन सक्नुहुन्छ । जाडोमा अनुहारको छाला चम्काउने केही टिप्स यस्ता छन्ः

. मेवा र केराको पेष्ट मिलाउनुहोस् । यसमा दुई चम्चा मह मिलाउनुहोस् र अनुहारको छालामा लगाउनुहोस् । १० मिनेट पछि अनुहार धुनुहोस् ।

. हरेक बेलुकी सुत्नुअघि अनुहार धुनुहोस् । ग्लिसरिन र गुलाबजल बराबर मात्रामा मिलाएर अनुहारमा लगाउनुहोस् ।
. एउटा अण्डाको पहेँलो भागमा थोरै ओलिभको तेल मिलाएर अनुहारमा लगाउनुहोस् । सुकिसकेपछि अनुहार धुनुहोस् ।
. एक चम्चा महमा आधा चम्चा कागतीको रस मिलाएर अनुहारमा लगाउनुहोस् । ५ मिनेटपछि अनुहार धुनुहोस् ।
. अनुहारमा थोरै एलोभेरा जेल लगाएर मसाज गर्नुहोस् । १० मिनेटपछि अनुहार धुनुहोस् ।
. एक चम्चा दुधमा आधा चम्चा मह र थोरै बेसार मिलाएर अनुहारमा लगाउनुहोस् । ५ मिनेटपछि अनुहार धुनुहोस् ।
. २ चम्चा महमा थोरै मरिचको धुलो र कागतीको रस मिलाएर पेष्ट बनाउनुहोस् र अनुहारमा लगाउनुहोस् । ५ मिनेटपछि अनुहार धुनुहोस् ।
. नुहाउनुभन्दा ५ मिनेटअघि अनुहार तथा सरीरमा नरिवलको तेल लगाउनुहोस् ।
. थोरै बदामको धुलोमा २ चम्चा दुध मिलाएर पेष्ट बनाउनुहोस् र अनुहारमा लगाउनुहोस् । १० मिनेटपछि अनुहार धुनुहोस् ।
. नुहाउनुभन्दा ५ मिनेट पहिले अण्डाको पहेँलो भाग अनुहार तथा सरीरका अन्य भागमा लगाएरु मज्जाले मसाज गर्नुहोस् ।-एजेन्सीको सहयोगमा

chapecoense

ब्राजिलियन फुटबलरसहित ८१ जना चढेको विमान कोलम्बियामा दुर्घटना भएको छ । विमानमा चालक दलका सदस्यसहित ८१ जना थिए ।

दुर्घटनास्थलमा उद्धारकर्ताहरु खटिएका छन् । तर, क्षतिबारे आधिकारिक विवरण आएको छैन ।

स्थानीय सञ्चार माध्यमहरुले भने केही मानिस जिवित भएको अनुमान गरिएको छ ।

मडेलिन अन्तरराष्ट्रिय विमास्थलका लागि उडेको उक्त विमानमा ब्राजिलियन फुटबल टिम साफाकोएन्सका खेलाडीहरु रहेको अधिकारीहरुले बताएका छन् । उनीहरु एथ्लेटिको नेशनलविरुद्ध दक्षिण अमेरकी क्लब कपको फाइनल खेल्न कोलम्बिया गएका थिए ।

मेडलिन नजिकै दुर्घटनामा परेको विमान चार्टर गरिएको थियो । दुर्घटनापछि फाइनल खेल स्थगित भएको छ ।-अनलाइनखबर


philippe-coutinho
लिभरपुलका ब्राजिलियन फवार्ड फिलिप काउटिन्हो मध्य जनवरीसम्म मैदान बाहिर रहने भएका छन् ।

शनिबार सण्डरल्याण्डसँगको खेलका क्रममा २४ वर्षे काउटिन्हो घाइते भएका थिए । उनका खुट्टाको जोर्नीमा चोट लागेको छ । उनको पूर्ण रिपोर्ट आइसकेको छैन । तर, उनी मध्य जनवरीसम्म मैदान बाहिर रहने देखिएको छ ।

उनको अनुपस्थिति प्रिमियर लिगको उपाधि होडमा रहेको लिभरपुलका लागि निकै महंगो पर्न सक्छ । उसले इभर्टनका सँगै नयाँ वर्षको पूर्व संध्यामा म्यानचेष्टर सिटीको सामना गर्नु पर्नेछ । र, यदि उनको लिगामेन्ट च्यातिएको भएमा उनले दुबै खेल गुमाउनेछन् ।-अनलाइनखबर

काठमाडौँ, मङ्सिर १४ गते । प्रमुख सत्ता साझेदार नेपाली काँग्रेसले सरकारले तयार पारेको संविधान संशोधन विधेयक पारितका लागि प्रमुख प्रतिपक्षी दल र असन्तुष्ट दलहरूसँग छलफल गर्ने भएको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पार्टी पदाधिकारी बैठकले तयार परेको प्रस्तावमा प्रमुख प्रतिपक्षी एमाले र मधेसी मोर्चासँग पनि छलफल गर्ने निर्णय गरेको हो ।
पदाधिकारी बैठकमा सरकारले तयार पारेको संशोधन प्रस्तावमा समेत छलफल भएको थियो । सरकारले तयार पारेको प्रस्तावअनुरूप नै संशोधन प्रक्रियामा सहमति खोज्ने पनि काँग्रेसले
निर्णय गरेको छ ।
उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिका अनुसार संशोधनका लागि सरकारले तयार पारेको प्रस्ताव पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठकमा पेस गर्नुभएको थियो । उक्त प्रस्ताव अनुसार नै एमाले र मधेसी मोर्चासँग सहमति गरी प्रस्ताव पारितको समर्थन खोज्ने निर्णय भएको उपप्रधानमन्त्री निधिले जानकारी दिनुभयो ।
उपप्रधानमन्त्री निधिले भन्नुभयो, ‘‘मधेसी मोर्चासँग भएको सहमति अनुसार संविधान संशोधन हुनुपर्छ भन्ने बैठकको निष्कर्ष छ । मधेसी मोर्चा र एमालेसँग पनि परामर्श गरेर प्रस्ताव पारित गराउनका लागि पहल गर्ने निर्णय भयो । ’’
निधिका अनुसार सरकारले संविधान संशोधन मस्यौदा तयार पारिसकेको छ । तयार पारिएको प्रस्ताव अनुसार अहिलेको प्रदेश नम्बर ५ को तराई र पहाडको भूभाग छुट्याउने प्रस्ताव छ । ५ नं. प्रदेशको नवलपरासीको परासीदेखि बर्दियासम्मको भाग र अन्य पहाडी जिल्ला छुट्याउने गरी प्रस्ताव तयार भएको छ ।
यस्तै सीमाङ्कनसँग सम्बन्धित सबै विषयको निक्र्योल गर्न सङ्घीय आयोग गठन गर्नुपर्ने काँग्रेसको निष्कर्ष छ । आयोगलाई विगतमा भएका सहमति, प्रतिवेदनसमेत अध्ययन गरी सीमाङ्कनलाई अन्तिम रूप दिने गरी कार्यादेश दिनुपर्ने काँग्रेसको निष्कर्ष छ । संविधानले नै सीमाङ्कनलाई अन्तिम रूप दिन आयोग गठन गर्ने स्पष्ट उल्लेख गरे पनि संविधान जारी भएको डेढ वर्षसम्म आयोग गठन भएको छैन । स्थानीय निकाय पुनःसंरचना आयोग गठन भए पनि दलीय विवादका कारण नै अझै आयोगले प्रारम्भिक प्रतिवेदनसमेत बनाउन सकेको छैन ।
संविधान संशोधनका लागि तयार पारिएको प्रस्ताव अनुसार राष्ट्रिय सभामा प्रदेशबाट प्रतिनिधित्व गर्ने सदस्यको सङ्ख्या तीनदेखि पाँच बराबर गर्ने र बाँकी प्रदेशको जनसङ्ख्याका आधारमा प्रतिनिधित्व गराउने प्रस्ताव गरिएको छ ।
अहिले सबै प्रदेशबाट समानुपातिक रूपमा आठ जनाका दरले प्रतिनिधित्व हुने व्यवस्था संविधानले गरेको छ ।
सरकारले सरकारी कामकाजको भाषाको मान्यतासम्बन्धी विषयमा भने भाषा आयोगको सिफारिसअनुसार हुने बेहोरासहित संशोधनको तयारी गरेको जानकारी मन्त्री निधिले दिनुभयो ।
यस्तै नागरिकताको सम्बन्धमा नेपाली पुरुषसँग विवाह गर्ने महिलाको हकमा सम्बन्धित देशको नागरिकता त्यागेमा नेपालको प्रचलित कानुन अनुसार वैवाहिक अङ्गीकृत नागरिकता दिने गरी सरकारले प्रस्ताव गरेको हो ।


पाल्पा, मङ्सिर १३ गते । सुन्तलाको उचित मूल्य नपाएपछि यहाँका किसान चिन्तित बनेका छन् । बजार मूल्य राम्रो नभएपछि उनीहरुले बोटबाट सुन्तला टिपेका छैनन् ।

साना सुन्तलाका दानाको थोक मूल्य प्रतिकिलो रु १० र ठूला सुन्तलाका दानाको थोक मूल्य प्रतिकिलो रु ३५ मा कारोबार हुने भएपछि जिल्लाको पश्चिमी भेगका किसानले सुन्तला नटिपेका हुन् । तर उपभोक्ताले भने रु ८० देखि रु ९० मा प्रतिकिलो सुन्तला किनेर खान बाध्य छन् ।

प्रतिकिलो रु ३५ मा नै सुन्तला ढुवानी गर्नुपर्ने भएपछि बिचौलियाले बढी नाफा खाने तर आफूहरुलाई उत्पादन मूल्यसमेत उठाउन समस्या भएको ती किसान बताउँछन् ।

तानसेनदेखि पश्चिमका गाविसबाट झन्डै रु पाँच करोडभन्दा बढीको सुन्तला रुपन्देही जिल्लामा समेत निर्यात हँुदै आएकामा यसवर्ष ढुवानी मूल्य बढेको भन्दै मुनाफा नदिँदा सुन्तला नै नटिपेको मुझुङ गाविस–४ का राजु कार्कीले बताउनुभयो ।

मुझुङ गाविसबाट गत वर्ष रु ३३ लाख, छहरा गाविसबाट मात्र रु एक करोडभन्दा बढीको सुन्तला रुपन्देही जिल्लामा निर्यात भएको थियो । सुन्तलाबाट रु एक लाखभन्दा बढी आम्दानी गर्ने किसान बढेपछि यो गाउँका अधिकांशले वैदेशिक रोजगारबाट फर्केर सुन्तलाखेती थालेको कार्कीको भनाइ छ । गाउँबाट प्रत्येक वर्ष ७० देखि ८० टनसम्म सुन्तला बिक्री वितरण गर्दै आएका किसान अहिले सुन्तलाको मूल्य नपाउँदा समस्यामा परेका हुन् ।

तीनसय बोटका सुन्तलाले कार्कीको बगैँचा पहेँलपुर बनाएको छ । यसपालि सुन्तला धेरै फलेर हाँगा नै नुगेका छन् । पाँच सात वर्षमा नै सुन्तलाबाट प्रत्येक वर्ष डेढ दुई लाख आम्दानी हुन थालेकाले वृद्ध आमाबुबासँग घरमा बसेर सुन्तला, तरकारीखेती गर्दै आएको उहाँले आउनुभयो ।

अर्का कृषक रामबहादुर कार्की भएका ३५ वटा बोटका सुन्तलाबाट आम्दानी कम हुने हो कि भनेर चिन्तित हुनुहुन्छ । यस्तै छहरा, पालुङमैनादी, सोमादी, भुवनपोखरी, कुसुमखोला, खस्यौली, भैरवस्थानलगायतका किसानले राम्रो मूल्य नपाएपछि अझै सुन्तला टिपेका छैनन ।

छहरा गाविस–५ अम्लाबासका पारशमणि पोखरेलका अनुसार सुन्तलाको मूल्य अझै राम्रो हुने आशामा किसानले सुन्तला नटिपेका हुन् । पाकेको सुन्तला बढी समयसम्म बोटमा राख्दा अर्को वर्ष कम फल्ने चिन्तासमेत उनीहरुमा छ । रासस


pashupati-shamser-rana

काठमाडौं,मंसिर १३ गते । सरकारले ल्याउन लागेको संविधान संशोधन प्रस्तावमा आफ्नो पार्टीको पूर्ण समर्थन रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणाले बताएका छन् । मधेसको मुद्दा सम्बोधन गर्न संविधान संशोधन अनिवार्य भएको उनले बताए ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा राप्रपाका राष्ट्रिय अध्यक्ष राणाले संविधान संशोधन प्रस्ताव चाँडै दर्ता हुने विश्वास व्यक्त गरे ।

आफ्नो पार्टीले हिन्दूराष्ट्रबारे जनमत संग्रह गर्नुपर्छ भन्ने माग गरेपनि संशोधनमा यो नपर्ने उनले बताए । ‘अहिले हामी संसदमा थोरै संख्यामा छौं, पास नहुने संशोधन हामी हाल्दैनौं,’ उनले थपे, ‘हिन्दुत्वको लागि हामी जनमतसंग्रहको लागि संघर्ष गरिरहेका छौं, जनमत बनिरहेको छ ।’

राष्ट्रिय अध्यक्ष राणाले राप्रपा नेपालसँगको एकतापछि आफ्नो पार्टीको संख्या वृद्धि भएकाले सरकारमा प्रतिनिधित्व केही फराकिलो हुने दाबी गरे ।

राणाले राप्रपा र राप्रपा नेपालबीचको एकतासँगै राप्रपा अब मुलुकको सशक्त शक्ति हुने समेत दाबी गरे । उनले आउने चुनावसम्म राप्रपाले आफ्नो बर्चस्व कायम गर्ने जिकिर गरे ।-अनलाइनखबर



काठमाडौँ, मङ्सिर १३ गते । न्यूनचापीय क्षेत्रको प्रभावले नेपालको मौसममा पनि खराबी देखिएको छ ।
सतहदेखि १.५ किलोमिटर माथिसम्म न्यूनचापीय क्षेत्र विकास भएकाले खासगरी देशका पूर्वी र मध्य भेगमा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्व र मध्यका पहाडी भागमा सामान्य बदली तथा पूर्व र सुदूरपश्चिमका तराई भेगमा सामान्य कुइरो लागेको मौसमविद् शान्ति कँडेलले राससलाई जानकारी दिनुभयो ।
मौसममा बदली भएकाले आज उपत्यकासहित देशभर केही चिसो महसुस गरिएको छ ।
मौसमविद् कँडेलका अनुसार आकासमा बादल लागेपछि न्यूनतम तापक्रम बढे पनि अधिकतम तापक्रम घटेकाले केही चिसो बढेको छ । पूर्वी पहाडका केही स्थानमा साँझपख छिटफुट वर्षात् हुने सम्भावना छ ।
‘पोष्ट’ मौसम सिजनको अन्त्य र चाँडो मौसम ‘विन्टर’ सिजनको सुरुवाती चरण भएकाले पनि चिसो बढेको उहाँले उल्लेख गर्नुभयो । नेपालमा सामान्यतः जाडो मौसम डिसेम्बरदेखि फेब्रुअरीसम्म मानिन्छ । मध्यमाञ्चलसँग जोडिएका छिमेकी जिल्लामा समेत बदली भएको छ । यो प्रणाली अझै एक÷दुई दिन जारी रहने बताइएको छ ।
महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.५ र अधिकतम तापक्रम २२.४ रहेको छ । रासस

Image result for puspa kamal dahal

बनेपा, मङ्सिर १३ गते । प्रधानमन्त्री तथा काठमाडौँ विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेपाली राजनीतिको भूकम्पको केन्द्रविन्दुमा भएको बताउनुभएको छ ।

आज धुलिखेलमा काठमाडौँ विश्वविद्यालयको २२औँ दीक्षान्त समारोहमा उहाँले समृद्धिका लागि स्थिर राजनीतिक सरकार आवश्यक छ भन्नुभयो ।
नेपाली समाजमा अहिले पनि शिक्षित, सभ्य र योग्य व्यक्तिको अभाव भएको औँल्याउँदै प्रधानमन्त्री दाहालले समाजको निम्ति उपयोगी काम गर्न महत्वकाङ्क्षी योजना लिएर अघि बढ्न विद्यार्थीलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो – “तपाईंहरुले हासिल गरेको सीप र क्षमता दुर्गम क्षेत्रमा पीडामा रहेका जनताप्रति समर्पित गर्नुहोस् ।”
प्रधानमन्त्री दाहालले दीक्षितबाट सरकारले ठूलो अपेक्षा गरेको उल्लेख गर्दै विद्यार्थीको जीवनको नयाँ अध्याय सुरु भएको बताउनुभयो ।

भारतको सेन्टर फर पोलिसी रिसर्चका प्रेसिडेन्ट तथा प्रमुख कार्यकारी प्रा डा प्रताप भानु मेहताले मौलिक अधिकार उपयोगको चुनौती देखिन लागेको बताउनुभयो ।
काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा रामकण्ठ मकाजु श्रेष्ठले निश्चित योजना बनाएर आफ्ना विशेषताको उपयोग गर्न विद्यार्थीलाई सुझाव दिँदै हरेक चुनौतीको सामना गर्न आत्मबल बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।
काठमाडौँ विश्वविद्यालयमा स्कुल अफ साइन्सका २४९ जना, स्कुल अफ इन्जिनियरिङका २८२, स्कुल अफ म्यानेजमेन्टका ४६४, स्कुल अफ एजुकेसनका १०३ र स्कुल अफ आर्टस्का १८७ गरी जम्मा कुल एक हजार २८५ जना स्नातक दीक्षित भएका छन् ।

उनीहरूमध्ये अमेरिकाका तीन, भुटानका एक, चीनका दुई, भारतका ११, बङ्गलादेशका तीन, पाकिस्तानका तीन र जर्मनीका दुई गरी सात देशका २५ जना रहेका छन् ।

समारोहमा काठमाडौँ विश्वविद्यालयले चान्सलर स्वर्णपदक स्कुल अफ इन्जिनियरिङका लेखनाथ दाहाल (सिजिपिए ३.९८, मास्टर इन ल्यान्ड एडमिनिस्ट्रेसन) लाई, भाइस चान्सलर स्वर्णपदक स्कुल अफ आर्टस्का गोपाल त्रिताल (सिजिपिए ३.९९३, ब्याचलर अफ डेभलपमेन्ट स्टडिज) लाई, जुद्धबहादुर श्रेष्ठ स्वर्णपदक स्कुल अफ म्यानेजमेन्टका नीरज घिमिरे (सिजिपिए ३.८५, एमबिए) लाई र रणबहादुर शाह स्वर्णपदक स्कुल अफ म्यानेजमेन्टकै रजनी महर्जन (सिजिपिए ३.८०, एमबिए) लाई प्रदान गरिएको थियो ।

हालसम्म यस विश्वविद्यालयबाट स्कुल अफ साइन्सबाट दुई हजार ३४६ जना, स्कुल अफ इन्जिनियरिङबाट दुई हजार ६६४ जना, स्कुल अफ म्यानेजमेन्टबाट चार हजार ५१५, स्कुल अफ एजुकेसनबाट ९०४, स्कुल अफ आर्टस्बाट एक हजार ८६४ र स्कुल अफ मेडिकल साइन्सेजबाट ११ हजार ४७ गरी कुल २३ हजार ३४० जना दीक्षित भएका छन् । रासस



संविधान संशोधन प्रस्ताव दर्ता गर्ने सरकार र सत्तारुढ दलको गृहकार्यमाथि विपक्षी एमालेको निरन्तर विरोध छ । संशोधन प्रस्ताव अगाडि बढाइए ‘रचनात्मक प्रतिपक्षको भूमिका देखाइदिने’ एमाले अध्यक्ष ओलीले चेतावनी नै दिएका छन् । आफ्नो नेतृत्वको सरकार ढालेपछि ओली माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसँग असन्तुष्ट पनि छन् । कहिले एमाले–माओवादी सम्बन्ध सुधार भएजस्तो देखिन्छ भने कहिले यी दुई बामपन्थी दलवीच निकै तनावपूर्ण दुरी रहन्छ । संविधान संशोधनमा विपक्षीको विरोधर माओवादी–एमाले सम्बन्धलगायतका विषयमा एमाले उपाध्यक्ष भीम रावलसँग रातोपाटीले गरेको कुराकानीको अंश :

नेकपा (एमाले) र माओवादी केन्द्र दुवै एउटै कम्युनिस्ट पृष्ठभूमिको पार्टी भएर पनि घरी मित्रतापूर्ण त घरी शत्रुतापूर्ण सम्बन्ध किन हुने गर्छ, जबकि दुवै पार्टीबीच घरीघरी एकताको कुरासमेत चल्ने गर्छ ?

माओवादी केन्द्र अथवा पहिलेको नेकपा (माओवादी) सँग कहिलै पनि हाम्रो शत्रुतापूर्ण सम्बन्ध होइन । यद्यपि माओवादीका विचार, नीति र सिद्धान्तसँग हाम्रा थुप्रै मतभेद र अन्तरविरोधहरु छन् । संविधानसभाको पहिलो निर्वाचनमा बाम दलहरुलाई जनताले दिएको मतको सम्मान गर्दै हामीबीच कार्यगत एकता गर्दै जनताको काममा लागौँ भन्ने भयो । त्यस सन्दर्भमा कुराकानी छलफल गर्दै दस्तावेज पनि तयार पार्यौँ । त्यसैबेला कार्यगत एकतालाई मूर्तरुप दिन माओवादी अध्यक्ष पुष्पकमल दाहालजीकै निवासमा हामीले माधवकुमार नेपाललाई राष्ट्रपति र पुष्पकमल दाहालजीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन हामी सहमत भयौँ । तर माओवादी अध्यक्षले हठात त्यसलाई भङ्ग गर्नुभयो । भोलिपल्टका छापाहरुले के लेखे भने– ‘‘हामी उहाँको निवासबाट निस्के लगत्तै एक जना सेतो कपाल भएका कुनै विदेशी जस्ता देखिने कोही प्रवेश गरे । जसले गर्दा अघिल्लो दिनको सहमति त्यही रात भङ्ग भयो ।”


पछि फेरि माओवादीले त्रुटि भयोे । अब यो गल्ती दोहरिँदैन भनेपछि हामीले दाहालजीलाई प्रधानमन्त्री बनाउन समर्थन गर्यौँ । तर प्रधानमन्त्री भएर जसरी उहाँले सरकार चलाउनु पर्दथ्यो, त्यसरी नचलेपछि सरकारबाट हट्नुपर्ने अवस्था बन्यो । त्यसैगरी संविधान निर्माणको क्रममा उहाँहरुले जातीय राज्यको कुरालाई चर्काउनुभयो । हामीले एउटा माक्र्सवादी सिद्धान्त अपनाउनेले त्यसो गर्न मिल्दैन भन्यौँ । नेपालमा एक सय २५ जाति, समूहबीच र उनको भाषिक, सांस्कृतिक र जातीय विविधता छ । त्यसबीच कसरी एकता कायम गर्ने भन्ने चुनौती र सँगसँगै दुई विशाल देशहहरुको बीचमा आफ्नो स्वाधीनता र स्वतन्त्रतालाई जोगाउने चुनौतीका बीच यो जातीय राज्य हुँदैन भन्यौँ । माक्र्सवादले जातीय राज्यलाई स्वीकार गर्दैन । हामी त– जातिपाति भेदभाव मान्दै मान्दैनौँ भन्ने पार्टी हौँ भन्यौँ । यसैगरी राष्ट्रियताको विषयमा पनि मतभेद भयो ।

संविधान निर्माणको सिलसिलामा हामी तीन प्रमुख दलहरुबीच १६ बुँदे सहमति गर्यौँ । १६ बुँदे सहमति हामी आफैले, आफ्नो विवेकबाट गरेका थियौँ । जसलाई चुनौती दिन भारतबाट प्रतिनिधि मण्डल आयो । छापाहरुको भनाइ अनुसार १६ बुँदे किन गरेको ? संविधान ल्याउँछु किन भनेको ? तथा संविधान नल्याउन दबाब दिएको सुनियो । तर तिनै पार्टीले त्यसलाई अस्विकार गरेर संविधान जारी गर्यौँ । संविधान जारी भएलगत्तै संविधान कार्यान्वयनको चरणमा जाऊँभन्दा नेपाली काङ्ग्रेसले १६ बुँदे सम्झौता भङ्ग गर्यो । सहमति भङ्ग भएपछि देशलाई गन्तव्यमा हामीले पुर्याऊँ भनेर एमाले र माओवादीबीच हामीले १४ बुँदे सहमति गर्यौँ । तर माओवादीले पनि त्यसलाई भङ्ग गर्यो । यी र यस्ता पृष्ठभूमिहरुको जगमा माओवादी र एमालेबीचमा उतारचढाव र अन्तरविरोधहरु देखिने हुन् ।

वर्तमान अन्तरविरोधको कारण सत्ता हो अथवा अरु केही ?

एमाले नेतृत्वको सरकार बनाउने सन्दर्भमा हामीले के सहमति गरेका थियौँ भने हामी आगामी चुनावसम्म मिलेर जानेछौँ । तर माओवादी केन्द्रका अध्यक्षले एक्कासि सरकार बदल्ने कुरा गरेपछि हामी आश्चर्य चकित भयौँ । त्यतिबेला पनि हामीले उहाँलाई तपाईंले हतार गरी हाल्नुभयो । ल ठिक छ हामी तपाईंलाई प्रधानमन्त्री बनाउन तयार छौँ भन्यौँ । तर चीनका राष्ट्रपति सी जिङ पिङको सितम्बर–अक्टुबरमा लगभग तय भएको भ्रमण हुन दिऊँ र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीजीलाई संयुक्त राष्ट्रसंघको साधारणसभामा एकपटक भाग लिने अवसर दिऊँ भन्यौँ । तर उहाँले मान्नु भएन र काङ्ग्रेससँग मिलेर सरकार बनाउनुभयो ।

सरकारमा जाँदासम्म त ठीक छ तर त्यहाँ गएर उहाँले हाम्रो राष्ट्रको स्वाभिमान, गौरव, गरिमा तथा संयुक्त राष्ट्रसङ्घको वडापत्र, पञ्चशीलको सिद्धान्तमाथि नै आघात पुग्ने क्रियाकलाप गर्नुभयो । सरकार परिवर्तनको कुराले निःसन्देह एउटा आशङ्का, कटुता उत्पन्न गरेकै थियो । तर उहाँका ती क्रियाकलापले त्यसमा थप आशङ्का उत्पन्न गरायो । त्यसैमा अहिले उहाँले संविधान संशोधनमा जेजस्तो विषयहरु उठाउनुभएको छ, ती तिनै विषयहरु हुन् । जसले गर्दा पहिलो संविधानसभा असफल भएको थियो । हामीले संविधान जारी गर्ने बेलामा नै यी विषयहरु राष्ट्र हितमा छैनन् र यिनलाई छोडेर संविधान जारी गरौँ भनेर सहमति गरेका थियौँ । आज उहाँ त्यो सहमतिको ठीक विपरीत जान खोज्नुभएको छ ।

हामीलाई के लागेको छ भने देशको स्वाधीनता, स्वतन्त्रता, अखण्डतालाई साँच्चिकै कमजोर पारेर उहाँ राष्ट्रघातको राजनीतिक क्रियाकलापमा त लाग्नु भएको छैन ? त्यसैले हामीले संविधान संशोधनको विरोध गर्नुपरेको हो । उहाँहरुले राष्ट्रियतामाथि नै आघात पुग्ने किसिमका पाइला चालेपछि हामी त जन्मदै देशभक्ति, समानता, न्याय, सामाजिक रुपान्तरणको चेतना लिएर जन्मिएको हुनाले देशको आधारभूत हितलाई तिलाञ्जलि दिएर उहाँहरुले गरेको काम ठीक छ भन्न हामी सक्दैनौँ । भन्नु पनि हुँदैन ।

माक्र्सवादमा जातीय मुक्तिको कुरा गरिएको छैन भन्नुभयो । उत्पीडित जाति, समुदाय, क्षेत्र लिङ्गमाथि भएको उत्पीडन अन्त्य गर्ने तपाईंको पार्टीको नीति के हो त ?

जातीय उत्पीडनलाई अन्त्य गर्ने सवालमा हामी एकदमै तत्पर छौँ । त्यसमा त कुनै शङ्कै छैन ।


कसरी ?
जातीय उत्पीडनलाई हामीले संविधानबाट, कानुनी प्रवाधानबाट, राजनीतिक सहभागिता र कार्यक्रमबाट समाप्त गर्छौं । दलितहरुको सन्दर्भमा के भनियो भने– अब जसले छुवाछूत गर्छ उसलाई दण्डित गरिनेछ । राजनीतिक कार्यक्रममा पनि हामीले छुवाछूत हुँदैन भन्यौँ । हाम्रो पार्टीले त सयौँ ठाउँमा सयौँ पटक सहभोज पनि आयोजना गर्नेगर्छ । पिछडिएका मानिसहरुलाई हामीले ०५२ सालमा सरकारमा छँदाबाट गाउँमा बजेट दिने र दलित छात्रछात्रालाई शिक्षा र छात्रवृत्तिको व्यवस्था गर्ने तथा सुकुम्बासीका लागि उच्च स्तरीय सुकुम्बासी आयोग मार्फत उनीहरुको जीवनलाई उठाउने साथै कानुनी, राजनीतिक र आर्थिक कार्यक्रमहरु ल्याउने गर्यौँ । माक्र्सवादले र हामीले त्यो कुरालाई अस्वीकार गरेको छैन । तर जातीय उत्पीडन र शोषणको अन्त्य जातीय एकतालाई विभाजित गरेर अलग–थलग गरेर गर्न सकिँदैन ।

जस्तै– म क्षत्रीको छोरा । त्यतिबेला प्रमाणपत्र तह पढेर गाउँमा गई मैले नै समाजको अगाडि सबैभन्दा पहिले छुवाछूत र पानी नचल्ने कुरालाई तोडिदिएँ । अब मैले तोडेपछि दलितलाई त सजिलो भयो नि । म क्षत्रीको छोराले यो परम्परा कायम हुनुपर्छ भनेको भए सायद उनीहरुलाई झनै अप्ठ्यरो पर्ने थियो । त्यसकारण हाम्रो भनाइ के हो भने जातीय उत्पीडन, शोषण, सामाजिक विभेदलाई समाप्त गर्न ती जातजाति बीच एकअर्कामा घृणा फैलाउने, विद्वेश फैलाउने र विभाजित गर्ने होइन, उनीहरुमाथि भएको शोषण र अन्यायलाई कानुनी, राजनीतिक, आर्थिक र सामाजिक दृष्टिकोणबाट समाप्त पार्ने हो ।

जुन समुदाय लामो समयदेखि उत्पीडनमा परेको छ त्यसलाई सकारात्मक विभेदको नीति अनुरुप राज्यद्वारा केही विशेष सहुलियत प्रधान गर्दै अगाडि बढ्दा झनै राम्रो हुन्थ्यो होला नि । किनभने तपाईंको जिल्लासहित अन्य जिल्लाहरुमा समेत तपाईंले भनेको प्रक्रियाबाट अझै सकारात्मक सन्देश देखा परिसकेको छैन । आजसम्म चालेका कदम विभेद अन्त्य गर्न अप्रयाप्त छन् भन्ने लाग्दैन ?

तपाईंलाई म तथ्यको जानकारी गराउँ– अछाममा कथित माथिल्लो र तल्लो जातका बीचमा द्वन्द्व र मुठभेड छैन । समाजमा आजभन्दा ४० वर्षअघि रहेको विभेद मैले प्रमाणपत्र पढ्दाखेरी नै दलितसँग पानी खाएर अन्त्य गरेको हो । तपाईंलाई म जानकारी गराउँ । सुदूर पश्चिममा पहिलो पटक छुवाछूत मुक्त गाविस भाग्वेश्वर गाविस मेरो गाविस हो । स्वयं मैले गरेको हो । त्यसैले हामीले के गरिरहेका छौँ भन्ने कुरा महत्वपूर्ण हो । हामीले कुनै पनि जाति, क्षेत्रमाथिको उत्पीडन तीनै जाति, क्षेत्रलाई लडाएर समाप्त हुँदैन ।


मेरो गाउँमा जो दलित भनिएका थिएँ उनीहरु र हामी मिलेर छुवाछूतलाई समाप्त गरिदियौँ । छाउपडीको कुरा पनि आजभन्दा २२ वर्षअघि मेरो श्रीमती आज छाउ भइन भनेर गाउँमा हल्ला गर्दै प्रचार गरेर पाँड (बुइँगल) मा लगेर राखेँ । त्यसबेला हाम्रो गाउँघरमा छाउ भएकीलाई पाँडमा राख्यो भने देउता रिसाउने र श्रीमान, श्रीमतीलाई श्राप लागेर मर्छन् भन्ने भनाइ थियो । अनि चार दिनपछि नुहाएर गाउँका दिदीबहिनी, बाजेबजैहरुलाई बोलाएर श्रीमतीले सानो मन्तव्य दिएर– लौ आज उप्रान्त यो गाउँका कोही पनि छाउपडी गोठमा नबस्नु भन्ने मान्छे मै हुँ ।

समाजमा भेदभाव छैन भन्ने दाबी त महेन्द्रको पालादेखि हुँदै आएकै हो । तपाइँकै दाबी गरे विपरित पनि गाउँमा आज पनि त्यो परम्परा यथावत नै छ । उत्पीडन अन्त्य गर्ने सवालमा कमी कहाँ रह्यो त ?

तपाईंको र मेरो बुझाइमा दुःखद् अन्तरविरोध देखा पर्यो । तपाईं एकातर्फ भन्नुहुन्छ कानुन मात्र बनाएर सम्भव देखिएन । अर्कोतर्फ हामीजस्ता गाउँका अगुवाहरुले समाजमा, जीवनमा व्यवहारमा लागू गर्यौँ भन्दा राणा र महेन्द्र शैली भन्ने । यो एकदमै गलत शब्दाबली हो । त्यस्तो भए त कम्युनिस्टहरुले दलितको पानी खाएको र उनीहरुको चेलीलाई बिहे गरेकामा तपाईंले त्यसलाई पनि महेन्द्रीय शैली भन्ने ? हामी त रुपान्तरण गर्न अगाडि बढेका मान्छे हौँ । हामीले त राजनीतिक परिवर्तनका लागि आफै राजकाज, जेलनेलको मुद्दा खाएर कतिको बलिदानी दिएर आफै आफ्नै जीवनमा कार्यान्वयन गरेर आएका हौँ । फलना यो भाषा बोल्ने र फलना त्यो भाषा बोल्ने । म बाहुन, ऊ क्षत्री, गुरुङ, राई लिम्बु भन्दै जाति समुदायलाई लडाएर समाज परिवर्तन हुँदैन ।

कुनै समुदायको उत्पीडत अन्त्य गर्ने कुराको सम्बन्ध राज्यपुनर्संरचनासँग पनि जोडिएका हुन्छन् । विभिन्न जातीहरुले राज्यमा प्रतिनिधित्वका लागि आफ्नो क्लस्टर बनोस् भनेर आन्दोलन गरिरहेका छन् । यसै सन्दर्भमा, तपाईंमाथि भने अखण्ड सङ्घीयता पक्षधर भन्ने आरोप पनि लाग्ने गरेको छ । ती उत्पीडित समुदायको मुक्तिको जुक्ति तपाईंसँग के छ ?

पहिलो कुरा राज्यको पुनर्संरचना भनेको जातीय अलगाव होइन । जुन मानिसहरु जात र संस्कृतिलाई अलग्याउने भन्छन्, त्यो प्रतिक्रियावादी सिद्धान्त हो । जस्तै काठमाडौंमा नेवार समुदायको बसोवास छ, त्यो समुदायबाहेक अर्को समुदायको पनि त यहाँ बसोबास छ । अब राज्यको पुनर्संरचना गर्ने भयौँ । नेवार–नेवार एकातिर, बाहुन–बाहुन एकातिर बस अथवा गुरुङ–मगर यता बस भन्न मिल्छ ? यो घोर प्रतिक्रियावादी विचार हो । क्लस्टरको कुरा भनेको नै त्यही हो ।
उत्पीडित समुदायलाई अधिकार दिने सवाललाई लिएर एमालेले गलत ढङ्गले व्याख्या गर्दै आइरहेको आरोप छ नी ।

मैले त बुझेको छु, किन गलत व्याख्या गर्छु । क्लस्टरको अध्ययन गरेर मैले आठ वर्षसम्म संविधानसभामा बहस गरेको छु । म यसमा आफूलाई गौरव गर्छु । म नेपालका जाति समुदायको एकताको पक्षमा लडेको कुरामा गौरव गर्छु । क्लस्टरको ठ्याक्कै अर्थ झुण्ड हो । तपाईंले बनाउने प्रदेश हो । राई, लिम्बु, बाहुन, क्षेत्रीको झुण्ड होइन । यो घोर प्रतिक्रियावादी विचार हो । हिटलरले यहुदीहरु विरुद्ध यही गरेका थिए । लोकतन्त्रमा यस्तो हुँदैन । काठमाडौंलाई मात्रै हेर्नुस्, कति जाति समुदाय मिलेर बसेका छन् । तपाईं क्लस्टर छुट्याउन सक्नु हुन्छ ? त्यो कलस्टर छुट्याउन पर्ने किन, जब म र मेरो छिमेकी मिलेर बसेका छौँ भने । क्लस्टर बनाउने भनेको त जोडिएर बसेका दुई छिमेकीको घर फुटाउने भनेको हो । त्यसैले झुण्ड निर्माण गर्नु भनेको नेपाललाई फुटाउने हो भन्ने कुरा म अहिले पनि भन्छु ।

तपाईंले माथि अखण्डताको कुरा ल्याउनुभयो । त्यो कुरा पहिले सुदूरपश्चिमले उठाएको होइन । इतिहासलाई जस्ताको तस्तै बुझ्नुस् । यो विस्मृतिको गर्भमा जाने कुरा होइन । सबैभन्दा पहिले अखण्डताको नारा दिने व्यक्ति माओवादी अध्यक्ष हुनुहुन्छ । उहाँले सबैभन्दा पहिले अखण्ड चितवनको नारा दिनुभएको हो । त्यसपछि एकथरीले काठमाडौंमा, अर्कोथरीले पूर्वमा त्यसपछि अर्कोले पश्चिममा यो कुरा चर्काएको हो । त्यसपछि बल्ल सुदूरपश्चिमका जनताले ए तपाईंहरुलाई आ–आफ्नो अखण्ड राज्य चाहिने अनि हामीलाई आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक दृष्टिकोणबाट छुट्याउने भन्ने कुरा गरेका हुन् । त्यो नारामा मैले समर्थन गरेकै हो । आज पनि गर्छु । मलाई त्यसमा कुनै हिचकिचाहट छैन । किन गर्छु त्यो पनि सुन्नुस्– सुदूरपश्चिमका नौवटा जिल्लाका जनताले हामी मिलेर बसेर प्रगति गर्छौं, हामी अखण्ड हुन्छौँ भन्दा कसलाई किन घोच्छ ? कसलाई किन पोल्छ ? प्रदेश नम्बर दुईमा बसोवास गर्ने अङ्गीकृत नागरिकताधारीले टीकापुरमा हासिया हथौडा उठाऊ, काटमार गर भनेर भाषण दिनुपर्ने किन ?
प्रत्येक ठाउँका जनतालाई विभाजित गरिदिने, एकअर्कालाई फुटाइदिने, देशलाई हिंसात्मक द्वन्द्वतर्फ घचेट दिने र देशभित्र तोडफोड जातीय दङ्गामा पार्ने यो योजना हो । अन्ततः त्यसको परिणाम देशको अस्तित्व सङ्कटमा पर्छ । देशकै अस्थित्व सङ्कटमा पर्ने हुनाले मरो भनाइ यस्ता झुण्ड–झुण्ड बनाउने कुरा नेपालको हितमा छैन । त्यतिबेला पनि भनेको हो, अहिले पनि भन्छु र भनिरहन्छु ।


राज्यकै पुनर्संरचनाको अर्थ राज्यका विभिन्न निकायहरुको जस्तै– सेना, प्रहरी, कर्मचारीतन्त्र हुँदै भूगोलको पनि पुनर्संरचना रहेको तर एमाले त्यो आधारभूत सिद्धान्तको विपक्षमा रहेको भन्ने अरोप लगाइएको छ नी ?

देशको हितमा, राष्ट्रिय एकताको पक्षमा, ९१ प्रतिशत संविधानसभाका सभासदले हस्ताक्षर गरेर जारी गरेको संविधानलाई नदेखेझैँ गरी राज्य पुनर्संरचनामा सेना, प्रहरी, प्रशासन र समग्र हाम्रो राज्यकै शासन प्रणालीमा केही पनि भएन भन्नेहरु यो देख्न चाहँदैनन् अथवा देखेर पनि नदेखेझैँ गर्छन् । किनभने नेपालको संविधान पढ्ने कुनै पनि व्यक्तिले नेपालको शासन प्रणाली र व्यवस्था अभूतपूर्व पुनर्संरचनामा गएको ऐनामा अनुहार देखेभन्दा छर्लङ्ग देख्नसक्छ ।

हामीले यत्रो वर्ष लगाएर संविधान ल्यायौँ र राज्य पुनर्संरचनाको स्पष्ट मार्गचित्र कोर्यौँ । त्यसमा खुरुखुरु अगाडि हिँड्ने हो भने समस्यै हुने थिएन । तर ती कुरालाई कार्यान्वयनतर्फ लैजान छोडेर जसरी उधिनिएको छ– हामीले कहिले काहीँ कुनै लासलाई गाडेर उधिनेपछि त्यसको गन्ध आउछ अथवा प्रदूषण मात्रै फैलिन्छ नि हो त्यसैगरी उधिनेर राजनीतिक प्रदूषण फैलाउने काम भएको छ ।

फरक प्रसंगमा, एमालेलाई संविधान संशोधनमा कुन–कुन कुरामा चित्त नबुझेको हो ?

म यो प्रश्नलाई ठ्याक्कै अर्को किसिमले राख्न चाहन्छु । यो सरकारलाई संविधानका कुन धारा, कुन व्यवस्थाले कुन वर्ग, कुन लिङ्ग, कुन धर्म, संस्कृति, कुन क्षेत्रका जनताको के अधिकार कुण्ठित भयो भन्ठानेर त्यो गाँठो फुकाउँदै उनीहरुलाई के अधिकार दिन खोजेको हो ? भन्ने कुरा यो सरकारले पहिले प्रष्ट पारोस् । प्रधानमन्त्री पहिले संविधानको सर्वस्वीकार्यता नभई हुँदैन भन्नुहुन्थ्यो । पछि कसैले भनिदिएर हो कि संविधानको स्वीकार्यता बढाउने भन्नुहुन्छ । एमाले जस्तो व्यवस्थापिक संसदमा १८२ सदस्य भएको पार्टीलाई बाहिर राखेर ११ जना मात्रै सांसद भएकाहरुलाई समेटेर उहाँले कस्तो स्वीकार्यता बढाउँछु भन्नु भएको हो ?

अर्को कुरा जसले संविधान घोषणाको दिनलाई कालो दिन मानेर त्यही संविधान अन्तर्गत प्रधानमन्त्रीको चुनावमा दुई पटक भोट हालेर, संसदका समितिहरुमा बसेर भत्ता बुझेर हामी यो संविधान मान्दैनौँ भनेको के हो ? यो संविधान नमान्ने भनेको केवल मोहन वैद्य र नेत्रविक्रम चन्दले नेतृत्व गरेको माओवादीले मात्रै मान्दैन । अरु मधेसवादी दलहरुले संविधान मान्दैन भन्नु बेकारको कुरा हो । अहिलेको संविधान संशोधनलाई स्वयं मधेसी दलका नेताहरुले चित्त बुझाउन सकेका छैनन् । राष्ट्रियता र जनताको हितमा त संशोधनका विषय छँदैछैनन् । अनि त्यस्तो अवस्थामा साँच्चिकै लोकतन्त्रमा विश्वास गर्ने यो देशको हित र राजनीतिक स्थायित्व चाहने, द्वन्द्वका घाउहरुलाई कोट्याउनु हुँदैन भन्ने कसैले पनि यसमा समर्थन गर्न सक्दैन । त्यस कारणले नेकपा एमालेले राष्ट्रिय भावना, राष्ट्रिय एकता र अखण्डतालाई शिरोपर गरेर निस्वार्थ ढङ्गले आफ्नो कुरा अगाडि सारेको हो ।

ओलीजी प्रधामन्त्री छँदा सरकार नढलोस् भनेर तपाइँहरु पनि मधेसवादी दलसँग सम्झौता नजिक पुग्नुभएको थियो भन्ने दलका नेताहरुको भनाइलाई के ठान्ने ?

केपी शर्मा ओलीजीले नेतृत्व गरेको सरकारको म उपप्रधानमन्त्री हुँ । मलाई मधेसी मोर्चाका नेताहरुसँग कार्यदलका तर्फबाट संयोजन गर्ने जिम्मा दिइएको थियो । उहाँहरुसँगको वार्ताको बेलामा म आफै उपस्थित छु । समितिमा बसेर राष्ट्रको हितमा, लोकतन्त्रको हितमा के गर्नु पर्ने हो र कुन अधिकार के कारणले कुन हदसम्म कुण्ठित भएका छन् । स्पष्ट गरेर ल्याउनुभयो भने हामी त्यसमा छलफल गर्न तयार छौँ भनेर हामीले भनेको हो ।

संविधान संशोधनकै चर्चामा एमाले चुनावमा जानुपर्छ भन्छ र संविधान संशोधनमा आफ्नो सहमति जनाउँदैन । यो परिवेशमा कसरी चुनावमा हुनसक्ला भन्ने तपाईंलाई लागेको छ ?

निर्वाचन गर्नका लागि संविधान संशोधन गरिराख्नु पर्दैन । ऐन ल्याए पुग्छ । यो सरकारले कुनै पनि तहको निर्वाचन घोषणा गर्यो भने नेकपा एमालेले त्यसमा पूरै सहयोग गर्छ । निर्वाचनमा सहभागित जनाउँछ । हामी सरकारमा छँदा मङ्सिरमा स्थानीय निर्वाचन, चैत वैशाखमा राष्ट्रियलगायतको निर्वाचन गर्ने स्पष्ट कार्यायोजनासहित संविधान कार्यान्वयनको समग्र योजना संसदमा हामीले लिखित रुपमै दर्ता गराएका थियाँै । तर वर्तमान सरकाले निर्वाचनको तयारी र संविधान कार्यान्वयनको कुनै खाका बाहिर ल्याएको छैन । त्यसमा हाम्रो आपत्ति छ । संविधान बमोजिम, कानुन बमोजिम प्रमुख दलहरु मिलेर निर्वाचनको घोषणा गरेर अघि बढ्यौँ भने चुनाव गर्न सकिन्छ । लोकतन्त्र भन्ने मतदान गर्न नदिने । यस्तो विडम्बनापूर्ण स्थितिलाई अन्त्य गर्न हामीलाई विश्वास छ, नेपाली जनता निर्वाचनमा सहभागी हुनेछन् । जो निर्वाचनमा भाग लिँदैन, ती अलोकतन्त्रवादी हुन् ।

संविधान संशोधन नगरी मधेसवादी दलका माग पूरा गर्न नसकिने, संविधान संशोधन गर्न तपाईंहरु नमान्ने, चुनाव नगरे संविधान नै असफल हुने जुन अवस्था देखिएको छ यसलाई फुकाउन के गर्नु पर्ला त ?

एकदमै सजिलो छ । यो प्रक्रिया जेलिएको छैन । जसले सरकारको नेतृत्व गर्नुभएको छ, उहाँको चिन्तन जेलिएको छ । लोकतन्त्रमा बहुदलीय व्यवस्थामा धेरै राजनीतिक दलहरु हुन्छन् । सबैका आफ्ना राजनीतिक एजेन्डा हुन्छन्, आफ्नौ मान्यता र भिन्न भिन्न दृष्टिकोणको कारणले गर्दा कहिले काहीँ उनीहरुबीच अन्तरविरोध पनि हुने गर्छ । तर जतिसुकै अन्तरविरोध र समस्या भए पनि संविधान र कानुनबाट राज्य सञ्चालनका प्रणालीहरु निर्देशित हुन्छन् । तिनको एउटा निश्चित प्रक्रिया हुन्छ । हामीले त्यस्तो निर्धारित संवैधानिक कानुनी र हाम्रो व्यवस्थाबाट निर्देशित प्रक्रियाबाट संविधान ल्याई सकेका छौँ । त्यो संविधानअन्तर्गतका तपाईंले भन्नुभए जस्तै निर्वाचन गर्नका लागि केही ऐनको आवश्यकता छ । त्यस बमोजिम हामी दृढतापूर्वक अगाडि गएर जनतालाई निर्वाचन प्रक्रियमा भाग लिने अवसर दियौँ भने सजिलै अहिलेको राजनीतिक समस्या समाधान हुन्छ ।

एमालेले आन्दोलन गर्ने भनेको छ ? यसका मुद्दा के–के हुन्छन् ?

देशको पहिचान धरापमा पर्ने र देशको पहिचान मेटिनेस्थितिमा त्यहाँभित्र कुनै जाति समूहको पहिचान भेटिने हुन सक्दैन । एमालेले आन्दोलन रहर हो, आन्दोलन गर्न एकदमै हतारिएका छौँ भन्ने दृष्टिकोण होइन, यो सरकारले संविधानलाई मान्दै छिटोभन्दा छिटो निर्वाचन गराएर निर्वाचित सरकारलाई जिम्मेवारी देओस् भनेको हो । संविधान संशोधनको बेमौसी बाजा बजाएर जनतामा झनै भ्रम सिर्जना गर्ने राजनीतिक दलहरु बीचको द्वन्द्व र अन्योललाई झनै बढाइदिने केही साना राजनीतिक दलहरुलाई लिएर प्रमुख विपक्षी दललाई किनारा नलगाइयोस् भनेर हामीले आफ्नो कुरा जोडदार रुपमा राखेका छौँ ।


उहाँले सविधान संशोधनमा जे विषय ल्याउनुभएको छ, ती विषयहरु राष्ट्रिय हितमा छैनन् । तिनै कुरालाई उधिनेर अहिले हाम्रो राष्ट्रिय अखण्डता, एकता, सामाजिक सद्भाव र हाम्रो समृद्धिको बाटो र दिगो शान्तिलाई विथोल्ने प्रकारको काम उहाँले गर्न खोजेको हुनाले त्यसलाई रोक्न हामी व्यवस्थापिका संसदमा आवाज उठाउने र देशभरिका लाखौँ देशभक्त नेपाली जो नेपाली नै भएर बाँच्न चाहन्छन् उनीहरुलाई आन्दोलनमा उतारिदिन्छौँ भनेको हो । अहिले हाम्रो देशव्यापी जनपरिचालन अभियान चलिरहेको छ । यदि सरकारले मानेन र राष्ट्रको हितविपरीत काम गर्यो भने हामीले त्यही जनपरिचालनलाई आन्दोलनमा परिणत गरिदिन्छौँ । सरकार जसरी अहिले उल्टो बाटो हिँडिरहेको छ, त्यसलाई सुल्टो पार्नका लागि जुन स्तरको आन्दानेलन गर्न परे पनि गर्छौं । उहाँहरुले ढिपी र अहंकार गर्नुभयो भने हामी पनि शान्ति र लोकतन्त्रका लागि जनताहरुलाई आह्वान गर्छाँै ।

चुनाव गर्ने ऐन ल्याउन दिन तयार छौँ, तर संविधान संशोधनको कुनै पनि ड्राफ्टमा हामी सहमति जनाउन तयार छैनौँ । बरु आन्दोलन गर्छौं भन्न खोज्नु भएको ?

तपाईंले भनेको पहिलो वाक्य सही छ । यदि सरकार निर्वाचनमा जाने हो भने निर्वाचनका लािग चाहिने सबै काममा एमालेले पूर्णसहयोग गर्छ । संशोधन भन्ने शब्द नै एमाले सुन्न चाहन्न । संशोधन भनेको सैद्धान्तिक रुपमै गलत हो, यो गर्नै हुन्न । जेसुकै संशोधन ल्याए पनि विरोध गर्छ भन्ने पनि होइन । हामीले भनेको कुरा के हो भने संविधान केका लागि हो त ? देशलाई एक ढिक्का गर्न, जनताका अधिकारलाई अझै सुदृढ पार्न, राष्ट्रिय स्वाभिमानलाई अझै बलियो पार्न, हाम्रो भौगोलिक अखण्डतालाई सुदृढ गर्न भने हाम्रो साथ छ । तर संविधानले नै नदिएको विषयमा हामीलाई डोर्याउन खोजिए त्यो हुन सक्दैन । अहिले ल्याउन लागिएको संशोधन प्रस्तावमा सीमा हेरफेरको विषय संविधानले नै गर्न नमिल्ने बनाएको छ । संविधानको धारा २७४ (४) ले (पढ्नु होला) स्पष्ट के भनेको छ भने प्रदेशको सीमाङ्कनको विषय र अनुसूची छमा उल्लेखित विषयमा संशोधन गर्दा कसैले संशोधन प्रस्ताव होलेमा सभामुखले ३० दिनको सूचना प्रकाशित गर्नुपर्छ ।

त्यो सूचना प्रदेशलाई पठाउनुपर्छ । प्रदेश सभाले त्यसलाई निर्णय गर्छ । प्रदेशले हुन्न भनेमा त्यो त्यही सकिन्छ नभए प्रदेशले हुन्छ भन्यो भने सङघीय संसदको दुई तिहाइले मात्र त्यसलाई पास गर्न सक्छ । अब वर्तमान प्रधानमन्त्रीले संविधान नै पढ्नु भा छैन होला भन्न पनि नसकिने तर पढेको जस्तो पनि देखिँदैन । संविधानका अरु धाराहरु पो संशोधन हुन सक्छन् । किनभने त्यहाँ यस्तो बन्देज छैन । तर प्रदेशको सीमाङ्कनमा बन्दैज छ । संविधानका प्रावधानहरुको कदर नगर्ने संसारमा कुनै प्रधानमन्त्री भएको तपाईं कल्पना गर्न सक्नुहुन्छ । तराईलाई पाहाडबाट नछुट्याई नहुने के खण्ड पर्यो । नेपालभित्रबाटै भनेको भए हामीले ठीकै ठान्थ्यौँ तर यो त नेपाल बाहिर त्यो पनि दक्षिणबाट बढी कुरा सुनिने गरेको छ । अनि यस्तो स्थितिमा अहिलेको सरकारबाट संविधान संशोधनको कुरा उठाएपछि यी विषयहरु उचित होइनन् भन्ने कुरा हो ।- रातोपाटी



काठमाडौं,मङ्सिर १३ गते । सत्तारुढ दल नेपाली कांग्रेसले संविधान संशोधनको पक्षमा आफ्नो पार्टी रहेको भन्दै त्यसलाई अघि बढाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यालयमा सोमबार बसेको वर्तमान पदाधिकारी तथा पूर्व पदाधिकारीको संयुक्त बैठकले संशोधन प्रस्ताव अघि बढाउने निर्णय गरेको हो ।


त्यसका लागि कांग्रेसले प्रतिपक्षी दल नेकपा एमाले र मधेसवादी दलहरुसँग पनि गर्ने भएको छ ।
बैठकमा सभापति शेरबहादुर देउवाले संविधान संसोधन प्रस्ताव अघि बढाएर पास गर्ने वातावरण बनाउन आग्रह गरेका थिए ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले चार विषयमा संविधान संसोधन विधेयक संसदमा दर्ता गराउने तयारी भएको बताए ।
उनले अन्य दलसँग पनि थप छलफल गर्नुपर्ने भएकाले विेधयक दर्ता प्रक्रिया केही ढिलो मात्र भएको बताए ।
बैठकमा परासीदेखि बर्दियासम्मको तराईको भूभाग पाँच नम्बर प्रदेशमा कायम गरी पहाडी जिल्ला अनुकुल हुनेगरी छिमेकी प्रदेशमा गाभ्नेबारे छलफल भएको पनि गृहमन्त्री निधिले बताए । उनले वैवाहिक अंगीकृतलाई संविधानमा उल्लेख गरी महिलाको हकमा सम्बन्धित देशको नागरिकता त्यागेको प्रमाण पेश गरेपछि मात्र नेपालको नागरिकता दिने तयारी रहेको बताए ।
बैठक पछि कांग्रेस केन्द्रिय सदस्य डा. रामशरण महतले भने सरकारले संविधान संसोधनको प्रस्ताव ल्याएपछि पार्टीको आधिकारीका धारणा आउने बताए । संविधान संसोधनका लागि सरकार तयार रहेकाले प्रमुख प्रतिपक्षी दल एमाले र मधेसवादी दलहरुसँग पनि छलफल गरेर दर्ता गराउन सुझाव दिएको बताए । नेता महतले पाँच नम्बर प्रदेश टुक्राउन नहुने अधिकांश नेताहरुको धारणा रहेको बताए ।

सरकारले संविधान संशोधनका लागि ४ बुँदे प्रस्ताव तयार पारेको छ । सो प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ ।- रातोपाटी


earth
काठमाडौँ, मङ्सिर १३ गते । सोमबार बिहान ५ बजेर २० मिनेट जाँदा रामेछाप र सोलुखुम्बुलाई केन्द्र बिन्दु बनाएर ५ दशमलब ६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । यो गोरखा भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ ।

परकम्पको धक्का काठमाडाँै पनि महसुस गरिएको थियो । रासस


satbij-pasupari-4
काठमाडौं,  मंसिर १३ गते  । हिन्दु धर्मावलम्बीहरुले आज बालाचतुर्दशी पर्व मनाएका छन् । बाला चतुर्दशीलाई शतबीज छर्ने दिनको रुपमा चिनिन्छ ।

मंसिर कृष्णपक्ष त्रयोदशीको दिन शिवालयहरुमा परिवारका मृतक सदस्यको सदगतिको संकल्पसहित दीपदान र शतबीज छरेर बाला चतुर्दशी पर्व मनाइन्छ ।

यसरी दीपदान गर्नाले पितृले सदगति प्राप्त गर्ने धार्मिक विश्वास रहिआएको छ ।



काठमाडौंको पशुपतिनाथ मन्दिर क्षेत्रमा आइतबार रातभर जाग्राम बसेर भजनकीर्तन गरेकाहरुले सोमबार प्रातःकालमा शतबीज छरे । शतबीज छर्नेहरुको पशुपति क्षेत्रमा घुइँचो थियो ।



शतबीजमा धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनोलगायत सात थरिका बीउ हुन्छन् । त्यसमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती, निबुवा, बिमिरो, अमला आदि फल र विभिन्न किसिमका फूल पनि मिसाएर छर्ने गरिन्छ ।



काठमाडौंको पशुपतिसहित देशभरका शिवालयहरुमा शतबीज छर्नेहरुको आज घुइँचो लागेको थियो ।

पशुपति क्षेत्रको बाला चतुर्दशीलाई तस्वीरमा हेर्नुहोस्











अनलाइनखबर

relationship

सम्बन्धको परिभाषा पूर्णरुपमा बदलिएको छ । पलभरमा सम्बन्धहरु गाँसिन्छन् र टुट्छन् पनि । यस्तो सम्बन्ध बाहिरबाट जति सुन्दर तथा प्रेमपूर्ण लाग्दछ वास्तवमा भित्र निकै खोक्रो हुन्छ । के तपाइँलाई थाहा छ, यसको कारण ?

सोसल मिडिया

पहिले पहिले आफ्नो पार्टनरसँग जे सुकै कुरा गर्नुपथ्र्यो सँगै बसेर एक अर्कासँग भनिन्थ्यो वा फोनमै भएप्नि कुराकानी गरेर भनिन्थ्यो । अहिले यसको ठाउँ च्याटिंग एपहरुले लिएको छ । तपाइँ मेसेज छाड्नुहुन्छ च्याटमा । कहिलेकाहीँ पढ्नुपर्ने मानिसले नदेखेको पनि हुनसक्छ र तपाइँको मेसेज नपाउँदा झगडा सुरु हुनपनि सक्छ । पहिले कहीँ घुमफिर गरेर आइसकेपछि सँगै फोटो हेर्ने चलन हुन्थ्यो । तर आजकल आफु आफै फेसबुकमा अपलोड गर्ने र त्यहीँ एकअर्काको फोटो हेर्न पाउने अवस्था छ ।

प्रेम भन्दा पहिले आशक्ति

आधुनिक सम्बन्धमा प्रेम कम तर आशक्ति बढि हुन्छ । तर यदि सम्बन्ध प्रेममा नभई आशक्तिमा टिकेको हो भने त्यो धेरैदिन रहँदैन ।

भावना व्यक्त गर्न नपाउनु

पहिले मानिसहरु भावना व्यक्त गर्न बोलीको प्रयोग गर्थे । त्यसको स्थान अहिले मेसेजले दिएको छ । यस्तो मृत मेसेजले मनको भावना दोश्रो व्यक्तिसँग ठीक तरिकाले पूराउने कुरै भएन । यसले सम्बन्धमा गहिराइ आउन पाउँदैन ।

लुक्समा ध्यान

मनिसहरु प्रेममा पर्नुअघि आफ्नो लुक्सलाइ खुबै बदलेका हुन्छन् । ता की पार्टनरलाई आकर्षित गर्न सकियोस् । तर आफ्नो आनीबानी तथा व्यक्तित्वमा ध्यान दिँदैनन् । यसले दूरी बढाउने काम गर्दछ ।

नममात्रको सम्बन्ध

अाजकलको प्रेम सम्बन्ध केबल नाममात्रैको हुने गरेको छ । सम्बन्धमा केवल ग्लामर लाइफ र आफ्नो आवश्यकता पूर्ति मात्रै प्रधान कुरा बन्ने गरेको छ । स्वार्थ पूरा भएसँगै सम्बन्ध बदल्न पनि पछि पर्दैनन् मानिसहरु ।

लाजशर्म छैन

आजकल प्रेम तथा सेक्सका विषयमा पहिलेको तुलनामा संकोच तथा लाजशर्म भन्ने कुरा निकै घटेको छ । आफ्नो सन्तुष्टि तथा अभिव्यक्तिलाई सबैले अधिकारको रुपमा लिने गरेका छन् । जसका कारण खुल्ला रुपमा सेक्सको कुरा हुन्छ । दाम्पत्य जिवनमा सेक्सको भूमिका ठूलो हुन्छ । सोही कारण यसमा थोरैमात्र पनि उदासिनता आयो भने दाम्पत्य जिवन नै खतरामा पर्दछ । यसमा ताजगी ल्याउनका लागि अहिले महिलाहरु समेत स्वतन्त्रता चाहन्छन् ता की लाज तथा संकोचलाई पर राखेर सेक्समा के चाहना छ भन्ने कुरा खुलेर भनिन्छ ।-एजेन्सीको सहयोगमा


gopal budhathoki
गोपाल बुढाथोकी

संविधान संशोधनको भयानक खिचातानी भइरहेको छ । संविधान संशोधन भयो भने देश स्थिरतातर्फ जान्छ ? चुनाव हुन्छ ? राजनीतिक झमेला समाधान हुन्छ ? अह“, त्यस्तो होला भन्ने कसैलाई विश्वास छैन । राजनीतिक परिस्थिति हेर्दा पनि त्यस्तो देखिंदैन । समस्या संविधानमा हो त ? अह“, संविधानमा त समस्या ह“ुदैहोइन । त्यसो भए समस्या केमा छ त ? यो प्रश्नको जवाफमा जो कसैले भन्न सक्छ–समस्या दलीय नेतृत्वको नियतमा छ ।

हाम्रोमा राजनीतिक दलका नेताहरुले परिस्थिति आफू अनुकूल भएन भने समस्या जन्माउ“छन् । समस्या जन्माउनमा हाम्रा नेताहरु माहिर छन् । समस्या जन्माउने, त्यो समस्यामा खेल्ने र रमाउने, समस्यालाई फैलाएर आफ्नो दुनो सोझ्याउने प्रवृत्तिलाई नै सर्वसाधारण नेपालीले ‘राजनीति’ भनेर बुझ्दै आएका छन् । समस्या संविधानमा हुन्थ्यो भने २०४७ सालको संविधान लरतरो थिएन । अन्तरिम संविधानले पनि करीब दस वर्ष काम गरेकै हो । यही संविधान पनि विश्वका कुनै संविधान भन्दा कम लोकतान्त्रिक र समावेसी छैन । तैपनि किन राजनीतिक समस्या हु“दैन ? यसको जवाफ हो–नियत । नियत समाधानको होइन, समस्या जन्माउने भएपछि समस्या आइरहन्छ र समाधानका लागि देशले आफ्नो महत्वपूर्ण समय त्यसैमा खर्च गरिरहनुपर्ने हुन्छ ।


भन्नलाई संविधान संशोधन भन्छन् तर उद्देश्य चाहिं सत्ताको खेल छ । सत्ताको खेलमा जति झेल अन्यत्र कहिँ हुँदैन । र, झेली खेल खेल्नमा हाम्रा दलहरु, समकालीन नेताहरु खप्पिस छन् ।

राजनीति सत्ताको लागि गरिन्छ । भन्नलाई त राजनीति सेवाका लागि भन्ने गरिन्छ, सेवा मात्र गर्ने हो भने राजनीतिक दल नखोलेर क्लब या एनजीओ खोले हुन्छ । राजनीतिक दल सत्ताकै लागि गठन गरिन्छ । राजनीतिका आफ्ना मर्यादा र सीमा हुन्छ । राजनीतिको खास नियम हुन्छ । जब राजनीतिमा मर्यादा, सीमा र नियम भंग हुन्छ तब राजनीतिक अस्थिरता सुरु हुन्छ । अहिले त्यस्तै राजनीतिक अस्थिरताको मूल्य देशले चुकाइरहेको छ । संविधान संशोधन नभई चुनाव हुनै सक्दैन भन्नु तर्क होइन कुतर्क हो । राजनीतिमा कुतर्क हावी भएको छ र यस्तो कुतर्कले आगामी दिनमा राजनीतिलाई अझ प्रदूषित बनाउ“दै जाने खतरा छ ।


संशोधनपछि समाधान हुन्छ भन्ने ग्यारेन्टी अहिले संविधान संशोधन गर्न तम्सिएका दलहरुले गर्न सक्छन् ? अह“, सक्दैनन् । किनभने दलहरुको अभीष्ट त्रिशंकु संसदलाई प्रयोग गरेर सत्ताको खेल खेल्नेमा केन्द्रित छ । भन्नलाई संविधान संशोधन भन्छन् तर उद्देश्य चाहिं सत्ताको खेल छ । सत्ताको खेलमा जति झेल अन्यत्र कहिँ हुँदैन । र, झेली खेल खेल्नमा हाम्रा दलहरु, समकालीन नेताहरु खप्पिस छन् । घुमिफिरी रुम्जाटार भनेझैं अहिलेका नेताहरुले कुरा संविधान संशोधनकै भए पनि सत्ताको सिकार गर्ने प्रयास गर्नेछन् भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुझेका छन् । त्यसैले प्रधानमन्त्री निवास बालुवाटारमा संविधान संशोधनको विषयमा छलफल गर्न बसेको वैठकमा आफ्नो कुर्सीको सुरक्षाको प्रत्याभूति मागेछन् । विषय छ संविधान संशोधन तर प्रधानमन्त्री माग्छन् कुर्सीको ग्यारेन्टी ! यसबाट पनि बुझिन्छ दलीय छलफलको भित्री उद्देश्य ‘एनी हाउ कुर्सी पाउ’ हो भन्ने ।

संविधान संशोधन र चुनाव यो सरकारको एजेण्डा हो । संशोधन नगरी चुनाव हुन सक्दैन भन्ने मान्यता स्थापित गर्न खोजिंदैछ । चुनाव अहिले होइन उहिले नै हुनुपर्ने थियो–स्थानीय निकायको । डेढ दशकसम्म स्थानीय निकायको चुनाव गर्न भा“जो हाल्ने दल र नेता यिनै हुन् । अहिले संविधान संशोधनको नाममा भा“जो हाले, पहिले विभिन्न नाममा भा“जो हाले । जसरी होस् स्थानीय चुनाव हुन नदिने । स्थानीय चुनाव भयो भने स्थानीयस्तरमा नेतृत्व विकास हुन्छ, दलीय हाइहुकूम चल्न सक्दैन, जनप्रतिनिधिले शासन गर्छन् । त्यसैले केन्द्रीय शासनमा पह“ुच भएका नेतागणले स्थानीय चुनावलाई मौखिक नारा मात्र बनाएको कसले बुझेको छैन ? अहिले पनि संविधान संशोधनपछि मात्र स्थानीय चुनाव भन्दैछन् । नियत उही हो, नेता यिनै हुन्, देश यही हो, यिनले स्थानीय चुनाव हुन फेरि पनि दिंदैनन् । कुनै न कुनै अत्तो थापेर रोक्न प्रयास गर्नेछन् ।

स्थानीय चुनाव भयो भने देशको निश्चित रुपमा कायापलट हुनेछ । अहिले गाउ“गाउ“सम्म पुगेको विकासको जग विगतका स्थानीय चुनावबाट आएको नेतृत्वले हालेको थियो । सांसदहरु विकासका वाहक, जनताको भाग्य विधाता आफै मात्र हो भने झैं गर्छन्, स्थानीय नेतृत्व आयो भने सांसदहरुको अहिलेको रजगज रह“दैन । त्यसैले यिनले स्थानीय चुनाव हुन दिएनन् भनेर आरोप लगाइयो भने धेरै गलत हु“दैन । मुखमा रामराम बगलीमा छुरा शैलीबाट स्थानीय चुनाव रोक्ने दुष्कर्म सबै दलले गरेका हुन्, अधिकांश नेता र सांसदले गरेका हुन् । त्यसैले स्थानीय चुनाव हुनु र संविधान संशोधन हुनुमा खासै सम्बन्ध छैन ।

अब हुने स्थानीय चुनाव नयाँ संरचनामा हुनेछ । प्राय जिल्लामा स्थानीय संरचनामा सहमति भइसकेको छ । अन्य जिल्लामा पनि दलहरुले चाहे भने सहमति हुनसक्ने स्थिति छ । तर, स्थानीय निकाय पुनर्संरचनामै भा“जो हालेर चुनाव रोक्ने कुटिल खेल भइरहेको छ । पुनसंरचनाको बहानामा भा“डभैलो गराउने र स्थानीय नेतृत्व विकास हुन नदिने खेलोमेलोमा सबैजसो पार्टीका नेता लागेका छन् ।

यति बेलिविस्तार लगाइनुको उद्देश्य के हो भने संविधान संशोधन नभई केही हुनेवाला छैन भनी फैलाइएको हल्ला जाली खेल हो । हुनुपर्ने स्थानीय चुनाव हो तर हुन नदिने नियत हो । यस्तो नियतमा धेरै पार्टीका धेरै नेताहरुको मिलेमतो छ । जतिपटक संविधान संशोधन गरे पनि नियत यस्तै रहे कुनै समाधान आउनेवाला छैन । त्यसैले दलहरुले अनि नेताहरुले संविधान संशोधनसंगै नियत पनि संशोधन गरुन्, तबमात्र समाधान भेटिनेछ ।-रातोपाटी 


Womens-Cricket-Nepal
फाइल तस्वीर

महिला एसिया कपमा श्रीलंकाविरुद्ध नेपाल २३ रनमा अलआउट भएको छ । र, श्रीलंकाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

बैंककमा पहिले ब्याटिङ गरेको नेपालले १६.२ ओभरमा २३ रन जोड्दा सबै विकेट गुमायो । १२ रन जोड्दा पहिलो विकेट गुमाएको नेपालले दोस्रो विकेट १९ रनमा गुमाएको थियो ।

थप ४ रन जोड्दा नेपाली टोली अलआउट भयो । नेपालकी ज्योती पाण्डेले १६ रन बनाइन् । सीता राना मगरले ४ र रुविना क्षेत्रीले एक रन जोडिन् । सात ब्याट्सवुमन शून्यमा आउट भएका छन् ।-अनलाइनखबर

nepali-women-cricket-team

महिला एशिया कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपाल श्रीलंकासँग ८ विकेटले पराजित भएको छ ।

नेपालले लिएको २४ रनको झिनो लक्ष्य पछ्याएको श्रीलंकाले ४.३ ओभरमा २ विकेट गुमाएर इनिङ सुरु भएको २० मिनेटभित्रै पूरा गर्‍यो । श्रीलंकाका लागि हसिनी परेराले अविजित १७ र यशोधा मेण्डिसले ४ रन जोडिन् ।

बलिङमा नेपाली कप्तान रुविना क्षेत्री र करुणा भण्डारीले एक एक विकेट लिए ।

यसअघि बैंककमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १६.२ ओभरमा २३ रन जोड्दा सबै विकेट गुमायो । १२ रन जोड्दा पहिलो विकेट गुमाएको नेपालले दोस्रो विकेट १९ रनमा गुमाएको थियो ।

थप ४ रन जोड्दा नेपाली टोली अलआउट भयो ।

नेपालकी ज्योती पाण्डेले सर्बाधिक १६ रन बनाइन् । सीता राना मगरले ४ र रुविना क्षेत्रीले एक रन जोडिन् । नेपालले दुई अतिरिक्त रन पाएको थियो । नेपालका सात ब्याट्सवुमन शून्यमा आउट भएका थिए ।

नेपालको इनिङ ध्वस्त पार्न श्रीलंकाका लागि इनोका रणभीरा र सुगान्धिका कुमारीले समान तीन तीन विकेट लिएका थिए ।

एशिया कप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले भोलि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।-अनलाइनखबर


Prachanda-Cabinet-1

फाइल फोटो
काठमाडौं, मंसिर १२ गते। सरकारले संसदमा दर्ता गर्ने तयारी गरेको संविधान संशोधन प्रस्ताव आजको बैठकमा पनि दर्ता नहुने भएको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले सहमतिको प्रयास जारी राख्ने निर्णय गरेपछि संविधान संशोधन प्रस्ताव दर्ता हुने मिति लम्बिने भएको हो । प्रधानमन्त्री प्रचण्डले सहमतिको प्रयास जारी रहेको जानकारी दिएका हुन् ।

यसअघि हिजो बसेको सत्तारुढ दलको बैठकले आइतबार मधेसी मोर्चासँग छलफल गरेर संसद बैठकमा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद बैठक भोलि पुनः बस्नेछ ।-अनलाइनखबर

अधिकार सम्पन्न संघीय आयोगलाई जिम्मा दिने प्रधानमन्त्रीको चाहना

prachanda-(4)

काठमाडौं,मंसिर १२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गरेर अहिलेको समस्या समाधान हुन्छ भन्ने भन्नेमा आफू अहिलेसम्म ढुक्क नभएको बताएका छन् ।

पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका अगुवाहरुसँगको भेटमा प्रचण्डले भने- संविधान संसोधन गरेर समस्या समाधान हुन्छ भन्ने सुनिश्चितता नभएकाले म प्रधानमन्त्री आफैं ढुक्क छैन ।

संविधान संशोधनका क्रममा आदिवासी जनजातिको सरोकार पनि समेटियोस् भन्दै बालुवाटार पुगेका जनजाति नेताहरुसँग प्रचण्डले आफूलाई सघाउन आग्रह गरे । उनले राज्य पुनसंरचना आयोग मार्फत सबैका माग सम्बोधन गर्नेतर्फ आफू लागेको बताए ।

सहमतिका आधारमा संविधान संशोधन गर्न आफू प्रयासरत रहे पनि त्यो वातावरण नबनेको उनले बताए । कांग्रेसभित्रै पनि सहमति नभएकाले कम्तिमा मधेसी मोर्चा सहभागी नभए संशोधन प्रस्ताव लैजाने पक्षमा नरहेको संकेत प्रधानमन्त्रीले दिएको भेटमा सहभागी जनजाति नेता आङकाजी शेर्पाले बताए ।

प्रचण्डले भने-हामी गठबन्धन बस्दा या त सहमतिको आधारमा प्रस्ताव तयार पार्ने र पारित गर्ने, यो भन्दा बढि पाउन सकिएन भन्ने समझदारी हुनुपर्छ । नत्र मैले प्रधानमन्त्रीको हैसियतमा मलाई जे ठिक लाग्छ त्यहि संसोधन प्रस्ताव दर्ता गर्छु भनेको छु ।

अहिले ५ नम्बरलाई मिलाएर सबैजना चुनावमा जान सहमत हुन्छ भने एउटा सशक्त राज्य पुनर्संरचना आयोग बनाएर जाउँ भन्ने आफ्नो मनसाय रहेको प्रचण्डले बताए ।

प्रचण्डले त्यसो भन्दा जनजाति नेताहरुले आयोगलाई नामांकन, सीमांकन र प्रदेश संख्या तोक्ने अधिकार दिनुपर्ने बताएका थिए । तर जवाफमा प्रचण्डले भने- सबैलाई मान्य हुने सीमांकनलगायत सबै विषय मिलाउने गरी आयोग बनाउने हेा ।

सो भेटमा ५ नम्बर प्रदेश विभाजनप्रति थारु र मगरात क्षेत्रका जनजाति अगुवाले असन्तुष्टि जनाएका थिए ।-अनलाइनखबर

Hitraj Pandey

काठमाडौं,मंसिर १२ गते । स्थानीय विकास मन्त्रालयले भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका गाविस सचिवलाई तोकिएको स्थानमा बसेर सेवा प्रदान गर्न आज निर्देशन दिएको छ ।

मन्त्री हितराज पाण्डेले गाविसमा नै बसेर सेवा प्रवाह गर्न जिविसमार्फत सचिवहरुलाई विशेष निर्देशन दिएका हुन् ।

भूकम्पपछिको पुनर्निर्माणसँग सम्बन्धित कामको चाप भए पनि गाविस सचिवले जिल्ला सदरमुकाममा सम्पर्क कार्यालय खोलेर सेवा प्रवाह गर्ने गरेको पाइएकाले तोकिएको गाविसमै बसेर काम गर्नुपर्ने मन्त्री पाण्डेको भनाइ थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट समेत गाविस सचिव तोकिएको स्थानमा नबस्ने गरेकामा चासो व्यक्त भएको थियो । साथै देशभरका गाविस सचिवलाई पनि सम्बन्धित गाविसबाटै सेवा दिनसमेत निर्देशन दिएको छ ।-अनलाइनखबर

mechi-mahakali-train-proposed-plan

नेताहरुले अब पूर्वपश्चिम रेलमा सरर… भनेर जनतालाई सपना बाँड्न थालेको धेरै भइसक्यो । तर, रेलमार्ग बन्नु त धेरै परको कुरा विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्न नै ढिलासुस्ती भइरेको छ ।

सन् २००८ बाट नै पूर्वपश्चिम रेलमार्गको अवधारणा बनाएर काम सुरु भएको थियो । तर, रेलमार्ग निर्माणको कार्यले गति लिन सकेको छैन । र, यहि गतिमा काम हुने हो भने अध्ययन सक्न नै अझै २ वर्षभन्दा बढी लाग्ने देखिएको छ ।

९ सय ४५ किलोमिटरको पूर्व-पश्चिम रेलमार्गलाई जम्मा नौ खण्डमा विभाजन गरिएको छ । जसमा चार खण्ड पश्चिम र तीन खण्ड पूर्वमा पर्छ । यसमा थपिने सहायक रेलमार्गहरुलाई जोड्दा १ हजार ३७६ मिलोमिटर हुनेछ । तर, मूल खण्डहरुकै डीपीआर सकिएको छैन भने कतिपय सहायक रेलमार्गहरुबारे पनि अध्ययन गर्ने मात्र भनिएको छ ।

पूर्वी खण्डको अध्ययन तीव्र

३ महिना अघि नै टेण्डर प्रक्रिया टुंग्याएको सरकारले इनरुवादेखि काँकडभिट्टासम्मको खण्डमा डीपीआर तयार गर्ने काम तीव्र बनाएको छ । डिपीआर तयार गर्ने जिम्मा पाएको सोसुम-दोहाकर्ण-सिल्टले जोइन्टभेन्चरले जिपीएस सर्भे गरिरहेको छ ।

यसपछि डिटेल इञ्जिनियरिङ सर्भे हुनेछ । यही कम्पनीले इटहरीबाट बिराटनगरसम्मको अर्को खण्डको पनि डीपीआर बनाउने जिम्मा पाएको छ । अब सो खण्डमा आवश्यक अध्ययन गरेर वातावरणीय प्रभाव मूल्यांकन -ईआए) प्रतिवेदन पनि तयार गरिने रेल्वे विभागमा महानिर्देशक अनन्त आचार्यले अनलाइनखबरलाई जानकारी दिए ।

‘अबको एक वर्षभित्र पूर्वतर्फ मेचीसम्मकै विस्तृत परियोजना प्रतिवेदन तयार हुन्छ,’ महानिर्देशक आचार्यले भने, ‘यो सँगै हामी पश्चिमतर्फको डिपीआरका लागि पनि केही समयपछि काम थाल्दैछौं ।’

३० किलोमिटर निर्माण हुँदै

रेल्वे विभागले बर्दिबासदेखि लालबन्दीसम्मको ३० किलोमिटर रेल्वेमार्ग निर्माणको काम गरिरहेको छ ।

विभिन्न स्थानमा कल्भर्ट तथा पुल बनाउने लगायतका काम भइरहेको छ । रेलमार्गको निर्माणको काम अघि बढाउन यो वर्ष झण्डै डेढ अर्ब बजेट छुट्याएको छ । झण्डै ७० करोड रुपैयाँ मुआब्जा वितरणमा खर्च गरिनेछ भने ७० करोड रुपैयाँ बराबरको रकम रेलमार्ग निर्माणमा उपयोग हुनेछ । कुल बजेटको २ अर्ब मध्ये बाँकी रकम अध्ययनमा लाग्नेछ ।

पश्चिमतर्फ डिपीआरको तयारी

पश्चिममा बुटवलसम्मको डिपीआर तयार भइसकेको छ । अहिले बुटवलदेखि कोहलपुर र कोहलपुरदेखि पश्चिम क्षेत्रको रेल्वे मार्गका लागि डिपीआर तयार गर्न प्रस्ताव आह्वान गरिएको छ र कम्पनी छनोटको अन्तिम तयारी भइरहेको छ ।

महानिर्देशक आचार्यका अनुसार टेण्डर प्रक्रिया टुंगिएपछि १५ महिनाभित्र पश्चितर्फको सबै खण्डको पनि डिपीआर तयार हुनेछ । अबको करिब २ वर्षभित्र पूर्वपश्चिम रेलमार्गको सबै भागको डिपीआर तयार गरेर सकिने उनले बताए ।

मध्यको खण्डको विवाद कायमै छ । पूर्व-पश्चिम रेलमार्गको मध्य खण्डको विस्तृत परियोजना प्रतिवेदन तयार पर्ने काम त सकिएको छ । तर, त्यो काम नलाग्ने देखिएको छ । विचको खण्डले सिमराबाट पर्सा वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज हुँदै नवलपरासी जोड्ने छ ।

तर, आरक्षण र राष्ट्रिय निकुञ्ज परेकाले के गर्ने भन्ने अन्यौल छ । निगजढबाट हेटौंडा ल्याएर भरतपुर हुँदै नवलपरासी जोड्ने विकल्पबारे पनि छलफल चलिरहेको छ । तर, यसबारे औपचारिक निर्णय हुन सकेको छैन ।

रेल्वेलाई सरकारकै असहयोग !
सन् २००८ देखि नै पूर्वपश्चिम रेलमार्गको अवधारणा बनाएर काम सुरु भए पनि निर्माणको कामले भने जनअपेक्षा र सरकारको लक्ष्यअनुसार गति लिन सकेको छैन । रेलवे विभागका महानिर्देशक आचार्यले भने, ‘विभिन्न सरकारी निकायले अवरोध सिर्जना गरिरहेका छन् । अध्ययन सक्न अझै २ वर्ष लाग्ने देखिएको छ ।’

रेल्वे विभागका अधिकारी यसमा सरकारको नीतिगत अस्पष्टता र सरकारी निकायकै असहयोगलाई प्रमुख कारण मान्छन् । प्रमुख रुपमा वन मन्त्रालयले रेलमार्ग विस्तारमा बाधा सिर्जना गरिरहेको विभागको आरोप छ ।-रविन्द्र घिमिरे,अनलाइनखबर

गाविसको नाम बिगार्दै कम्प्युटरमा डाटा इन्ट्री गर्दैmorang-aayog-1
काठमाडौं,मंसिर १२ गते । बुद्धनगरस्थित धोबीखोलाको छेवैमा रहेको स्थानीय तहको सीमांकन सम्बन्धी आयोगमा आइतबार बिहान साढे १० बजेतिर पुग्दा ताप्लेजुङको एउटा टोलीले आयोगका सदस्य डा. श्यामकृष्ण भुर्तेललाई घेरा हालिरहेको थियो ।

डेलिगेसनको नेतृत्व गरेका चित्रगुप्त साँवा ताप्लेजुङको नक्सा देखाउँदै डा. भुर्तेललाई स्थानीय तहको पुनसंरचना चित्तबुझ्दो नभएको गुनासो सुनाइरहेका थिए ।

सेतै कपाल फुलेका, ढाका टोपी र डोरीवाल चश्मा लगाएका डा. भुर्तेल ध्यानपूर्वक ताप्लेजुङेहरुको गुनासो सुनिरहेका थिए ।

ओलाङचुङगोलासँग जोडिएका दुर्गम चार गाविसलाई जिल्ला सदरमुकामतिरकै गाविससँग जोड्ने प्रस्ताव परिमार्जन नगरिए ताप्लेजुङमा विद्रोह हुने एक सहभागीले भुर्तेललाई चेतावनी दिए ।

डा. भुर्तेलले उनीहरुलाई भने- ‘मैले एक्लै भनेर केही हुँदैन, आयोगमा ८ जना छौं । म आजै दिउँसो बस्ने बैठकमा कुरा राख्छु । एकैदिनमा कुरो मिलाउन सक्नुहुन्छ भने जिल्लामा दलहरुवीच सहमति गरेर ल्याउनुहोस् ।’

डा. भुर्तेलले थपे- ‘तपाईहरुको जायज गुनासोमा हामीले पुनर्विचार गर्नुपर्ने हो भने यसको जिम्मा तल जिल्लामै तपाईहरुले लिनुपर्ने हुन्छ ।’

ताप्लेजुङको टोली फर्किएकै थिएन, एक नम्बर प्रदेशको पुनःसंरचनाको नेतृत्व गरिरहेका डा. भुर्तेललाई मोरङको अर्को डेलिगेसन टोलीले भेट्यो ।


बुद्धनगरस्थित बुटवल पावर कम्पनी रहेको भवनको तल्लो तलामा आयोगको कार्यालय छ । त्यहाँ अचेल मालपोत कार्यालयमा भन्दा कम भीडभाड देखिँदैन

मोरङे टोलीको माग थियो- केराबारी गाविसको ९ नम्बर वडालाई बेलबारीमा मिसाइयोस् । र, यसो गर्न सकिँदैन भने भलुवा र देवीझोडा गाउँलाई दुईवटा वडामा विभाजन गरी दुईवटा वडा केन्द्रको व्यवस्था गरियोस् ।

डा. भुर्तेलले यो माग तल जिल्लामै पठाइदिने भन्दै रातोमसीले फाइलमा ‘रिभ्यु’ भनेर लेखे । मोरङ जिल्लाबाट राम कार्की र ललितबहादुर गुरुङको डेलिगेसन टोली केराबारी-९ का स्थानीइ बासिन्दाहरुको हस्ताक्षरसहितको मोटो फाइल बोकेर आयोगमा पुगेको थियो ।

आयोगमा मालपोतमा जस्तै भीड

बुद्धनगरस्थित बुटवल पावर कम्पनी रहेको भवनको तल्लो तलामा आयोगको कार्यालय छ । त्यहाँ अचेल मालपोत कार्यालयमा भन्दा कम भीडभाड देखिँदैन ।

जिल्लाबाट केन्द्रमा पठाइएको पुनसंरचनाको प्रतिवेदनमा चित्त नबुझ्नेहरु दिनहुँ आयोगमा डेलिगेसन आउने गरेका छन् । आयोगका एक कर्मचारीका अनुसार दिनमा दर्जनौं गुनासा र विरोधहरु उनीहरुले सुन्दै आइरहेका छन् ।

आयोगका सदस्य डा. भुर्तेल पेशाले प्राध्यापक हुन् । प्राध्यापक हुँदा उनले यस्ता डेलिगेसन, विरोध र विद्रोहका धम्कीहरु केही पनि सुन्नुपर्दैनथ्यो । तर, आयोगमा जिम्मेवारी सम्हालेपछि उनी जनगुनासोहरु सुन्दैमा हैरान छन् । तथापि उनी नम्रतापूर्वक जनगुनासो सुन्छन् र सकेसम्म स्थानीयबासीको माग सुनुवाइ गर्ने आश्वासन दिन्छन् ।

डा. भुर्तेल भन्छन्- ‘यो गाउँलाई उता हैन यता पारिदिनुपर्‍यो भन्दै जिल्ला जिल्लाबाट आउनुहुन्छ, तर, त्यो गाउँको भुगोल कस्तो छ भन्ने हामीलाई केही पनि थाहै हुँदैन, त्यसैले सुनेको पनि नसुनेजस्तो भान हुन्छ ।’

‘म्यापिङ’ र ‘डाटा इन्ट्री’ को काम धमाधम

यसैवीच विभिन्न जिल्लाले पठाएको पुनसंरचनाको खाकाका आधारमा यतिबेला आयोगले कम्प्युटरमा डाटा इन्ट्री गरिरहेको छ ।



आइतबार आयोगको कार्यालयमा पुग्दा करिब दुई दर्जन कर्मचारीहरु कम्युटरमा डाटा इन्ट्री गर्ने र नक्शांकन गर्ने काममा व्यस्त देखिन्थे । प्रस्तावित गाविस र नगरपालिकाको जनसंख्या इन्ट्री गर्ने काम धमाधम भइरहेको थियो ।

अब के हुन्छ ? कतिसम्म हेरफेर गर्न पाइन्छ ?

जिल्लाबाट प्राविधिक समितिले पठाएको प्रतिवेदनका आधारमा सीमांकन र नक्शांकन गरिसकेपछि त्यसलाई पुन जिल्लामा पठाइने र त्यहाँ केही गल्ती भेटिए जिल्लाले सच्याएर आयोगमा पठाउने कर्मचारीहरुले बताए ।

तर, आयोगबाट पठाइएको नक्शालाई शुद्धाशुद्धी हेर्नेबाहेक अरु फेरबदल नहुने स्रोतले बतायो ।

जिल्लाबाट आएको प्रतिवेदनका आधारमा आयोगले गरेको नक्शांकनमा त्रुटी सच्याउने बाहेक अरु फेरबदल नहुने स्थानीय विकास मन्त्री हितराज पाण्डेले स्पष्ट पारेका छन् ।



अनलाइनखबरसँगको कुराकानीमा मन्त्री पाण्डेले भने- ‘आयोगको प्रतिवेदन फेरि तल पठाइन्छ भन्ने मिडियामा आएपछि मैले आयोगका अध्यक्ष वालानन्द पौडेललाई बोलाएर सोधें । उहाँले के प्रष्ट पार्नुभएको छ भने नक्शांकन र नामहरुमा अशुद्धता एवं त्रुटीहरु नहुन् भनेर त्यसलाई सच्याउनका लागि मात्रै तल पठाउन लागिएको हो, त्यसलाई पुनः फेरबदल गर्ने अधिकारसहित जिल्लामा पठाउन लागिएको चाँहि होइन ।’

गाविसका नाममा गल्ती नै गल्ती

त्यसो त आयोगमा इन्ट्री भइरहेको तथ्यांकमा अनगिन्ती भाषिक त्रुटी देखिने गरेका छन् । ठाउँको नाम नै कर्मचारीले गल्ती लेख्ने गरेका छन् ।

जस्तो कि हामीले मोरङको डाटा हेर्‍यौं । त्यसमा ठाउँका नामहरुमै गल्ती भेटिए । ‘पाटीगाउँ’ हुनुपर्नेमा ‘पाटीगाउन’ लेखिएको थियो । वडा केन्द्र ‘दाहालचोक’ हुनुपर्नेमा ‘दाहा चोक’ लेखिएको थियो ।

त्यसैगरी मोरङको ‘भोगटेनी’ गाविसको नाम आयोगको डाटामा ‘वोगटान’ लेखिएको भेटियो । ‘याङशिला’ गाविसको नाम बिगारेर ‘यान्गासिला’ बनाइएको पाइयो ।

आयोगले यसरी नक्शांकन गरेर अब जिल्लामा पठाउने प्रतिवेदनमा यस्ता त्रुटीहरुमात्रै सच्याइने आयोग स्रोतले स्पष्ट पारेको छ ।

कहिले बन्छ प्रतिवेदन ?

सोलुखुम्बु लगायतका केही जिल्लाले तथ्यांक सच्याइवरि केन्द्रमा पठाइसकेको आयोग स्रोतले बतायो । अधिकांश जिल्लाको हकमा भने आयोगले अझै डाटा इन्ट्री गरिसकेको छैन ।

मन्त्री पाण्डेका अनुसार आयोगले सरकारलाई मंसिरको दोस्रो साताभित्र प्रतिवेदन पठाउँछु भनेको छ । त्यस आधारमा अबको दुई/चार दिनभित्रै स्थानीय तहको पुनसंरचनासम्बन्धी प्रतिवेदन सरकारको हात पर्ने पाण्डेले विश्वास व्यक्त गरे ।-अनलाइनखबर

सधैंजसो हसिलो चेहरामा देखिने माओवादी केन्द्र नेता राजकाजी गुरुङ शुक्रबार कास्कीका डेढ दर्जन सारथीसहित बालुवाटार छिर्दा उनको अनुहारमा चिन्तामिश्रित गम्भीरता र संकल्प देखिन्थ्यो । पूर्वसभासद्समेत रहेका युवा नेता राजकाजीसँगै बालुवाटार छिर्ने सारथीहरुमा सांसद तेजकुमारी पौडेल, बरिष्ठ पत्रकार कोमल बरालदेखि युवा नेता दीपक कोइराला, रामजी बराल, बखानसिंह गुरुङ, गायत्री दुरा, लालमोहन तिवारी, गंगा पोखरेल, पत्रकार एलपी बञ्जरा, रोल्पाली नेता आसमान रोकादेखि सुमन देवकोटा र विश्वप्रकाश लामिछानेसम्म थिए ।

विकासको सपना बोकेर बालुवाटार छिर्नेमा आधा कास्कीका रैथाने र आधा बाहिरबाट कास्कीलाई कर्मथलो बनाएर राजनीति गर्नेहरु थिए । उनीहरुको चेहराले भन्थ्यो, ‘हाम्रो राजनीतिक प्रतिवद्धतालाई अब विकासमा ढाल्नु छ, चार नम्वर प्रदेशकै केन्द्र मानिने पोखरामा मुहार फेर्न नयाँ संकल्प गर्नुछ ।’

बालुवाटार छिर्नेमा प्रधानमन्त्री प्रचण्डसँग अपरिचित नेता थोरै मात्र थिए । प्रचण्डको आफ्नो जन्मभूमि भएकाले पनि होला, आत्मीयताको छुट्टै भाव प्रचण्ड र कास्कीका नेताहरु झल्कन्थ्यो । चतुर नेता राजकाजीले प्रचण्डसँग समय माग्दै कास्कीको विकासबारे आफ्नो धारणा राख्न थाले, त्यसमाथि थपिथपाउ गर्नेमा कोमल बराल, गंगा पोखरेल, दीपक कोइराला, रामजी बरालदेखि सुमन देवकोटासम्म थिए ।

दश मिनेट लामो भनाइको निष्कर्ष सुनाउँदै राजकाजीले प्रचण्डलाई भने, ‘हजुरको कार्यकालमा यति काम भए भने कास्कीको विकास पनि हुन्छ, माओवादीको भूमिका र जिम्मेवारी पनि बढ्छ ।’ मैले पुर्लुक्क उनको अनुहारमा हेरें, ‘सधैंजसो मुस्कुराउने उनको अनुहारमा छुट्टै गम्भीरता र संकल्प झल्कन्थ्यो ।’

prabina-adhikari
प्रविणा अधिकारी
एक घण्टाभन्दा लामो बसाईमा जिल्लाका विकास निर्माण, राजनीतिक परिस्थिति र जनभावनाबारे खुलेर अन्तरक्रिया भयो । अघिल्लो निर्वाचनमा उम्मेदवारका लागि लुछाचुडी गर्ने नेताहरुका सिङ-जुरो फुक्लेको अनुभूति हुन्थ्यो ।

नेता लालमोहन तिवारीले भने, ‘अध्यक्ष कमरेड, सबैले आफ्नै गृहजिल्ला र जन्मभूमिलाई महत्व दिन्छन्, हुन त तपाई राष्ट्रिय नेता हो । तर, अबको चुनावमा कास्कीबाट लडिदिनुपर्यो ।’ बाँकी नेताले पनि तिवारीको बोलीमा लोली मिलाए ।

सबैले एकै स्वरमा भने, ‘तपाईले कास्कीबाट चुनाव लड्नुपर्छ भन्ने हाम्रो मत छ, जनता पनि यही भन्छन् ।’ अलिकति निधार खुम्चाएर प्रचण्डले भने, ‘पहिले पार्टी राम्रो बनाउनुस्, विकास निर्माणका काम गर्नुस्, जनताको मन जित्नुस्, सेवा गर्नुस् । चुनावबारे फेरि सल्लाह गरौंला ।

जिल्लामा प्रायः राजनीतिक विवाद र बिमतिमा अल्झने नेताहरु यसपटक विकासको सपना बोकेर काठमाडौं खाल्डोमा छिरेका थिए । सबैको बडी ल्याङ्ग्वेजले भन्थ्यो, ‘अब हामी विकासका काममा मिल्ने संकल्प गरेका छौं ।’

यसपटक उनीहरुले जिल्लाका गौरवका योजनादेखि सुकुम्बासीका समस्या, खेलकूदको विकासदेखि फेवातालको संरक्षण, चक्रपथदेखि अन्तर्राष्ट्रिय चीडियाखाना निर्माण सम्मका विषयलाई गम्भीरतापूर्वक उठाएका थिए । जिल्लाका नेताहरुको भावभङ्गीले भन्थ्यो, ‘अब विकासका लागि लडौं, विकासकै लागि मिल्ने संकल्प गरौं ।’

माओवादी केन्द्रका नेताहरुले विकासबारे उठाएका जिल्लाका मुद्दा नयाँ थिएनन् । तर, गम्भीर प्रकृतिका पक्कै थिए । प्रधानमन्त्रीसँगको भेटमा उनीहरुले विकासका १२ मुद्दालाई मुख्य रुपमा उठाए । त्यसमा पोखरा उपत्यकामा चक्रपथ निर्माण, पोखराको मझेरीपाटनमा भेटेरेनरी कलेज स्थापना, लुम्लेमा कृषि कलेज निर्माण, पोखराका लागि खानेपानी मुहान मर्मत र संरक्षण परियोजना, पोखरामा ताल संरक्षणका लागि प्राधिकरण गठन, लेखनाथमा अन्तर्राष्ट्रिय चीडियाखाना निर्माण, मादी पारिका गाबिस जोड्ने गरी पहाडी रिङरोड निर्माण, ढिकुरपोखरीमा पोलिटेक्निकल कलेज निर्माण, पोखरामा स्थानीय र प्रादेशिक बसपार्क निर्माण, भरतपोखरीमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, फेवाताल संरक्षण योजना लगायतका मुद्दा प्रमुख थिए ।

जिल्लाको समृद्धिका सपना बोकेर राजधानी हानिएका नेताहरुका माग असीमित त पक्कै थिए । तर, परिपक्व पनि थिए । उनीहरुले समावेश गरेका योजनामा जिल्लाको सबै भूगोल समेट्ने गरी मूख्य सडकहरु, मोटरेबल पुल, सिंचाई, खानेपानी योजना, शिक्षा, कृषि योजना, पर्यटन, भौतिक पूर्वाधार निर्माण, बस्ती संरक्षण तथा नदी नियन्त्रण, जलविद्युतदेखि खेलकूदसम्मका विषयहरु थिए ।

रोचक त यो थियो कि विगतमा रैथाने र आप्रावासीको यदुवंशी लडाईंमा अल्झिने नेताहरु यसपल्ट साझा संकल्पसहित कास्की र पोखराको विकासका लागि चिन्तित् देखिन्थे । यसले माओवादी केन्द्रका नेताहरु जनताको भावनाप्रति संवेदनशील भएको झल्को दिन्थ्यो ।

हामीले व्यवहारिक गल्तीहरुबाट शिक्षा लिएका छौं, एकताको संकल्प गरेका छौं । अब प्रचण्डको चेहरामा कास्कीको विकास र समृद्धिको चमक देख्न चाहन्छौं

भेटका क्रममा युवा नेता दीपक कोइरालाले दमपूर्वक भने, ‘सुकुम्बासीका समस्या गम्भीर छन् । सजिलै बत्ती, पानीको सुविधा पाउँदैनन्, नागरिकताको समस्या झन् जटिल छ’, प्रचण्डतिर फर्कदै थपे, ‘हजुर प्रधानमन्त्री भएको बेला यो समस्याको गाँठो फुकाउनुपर्यो ।’ कोइराला यतिमै रोकिएनन्, भने, ‘पोखरामा हाम्रो पहलमा खेलकूदमा गुणात्मक प्रगति भएको छ ।’

‘पोखरा खेलकुदको राम्रो सम्भावना बोकेको क्षेत्र हो, हामीले सबै ठाउँमा पहल गरेका छौं, भरतपोखरीमा क्रिकेटको अन्तर्राष्ट्रिय रंगशाला चाहियो ।’ सँगै बसेका युवा नेता सुमन देवकोटाले टाउको हल्लाउँदै रंगशालाको कुरामा सही थापे । अर्को कुर्सीमा बसेका आसमान रोकाले पनि कोइरालालाई साथ दिँदै थपे, ‘सुकुम्बासीको पानी, बत्ती, लालपूर्जा र मतदाता नामावलीको समस्या समाधान गर्नुपर्यो ।’

कास्कीका नेता रामजी बराल पनि के कम ? उनले पनि जिल्लाको विकासबारे आफ्नो प्रष्ट धारणा राखे । बरालले भने, ‘प्रधानमन्त्रीज्यूले संसदमा पनि ढिकुरपोखरीमा पोलिटेक्निकल कलेज निर्माण गर्छु भन्नुभयो । भ्रमणमा जाँदा पनि भारत सरकारसँग सहयोगका लागि कुरा गरेको सुनियो । कुरा के हो, हामीलाई प्रष्ट कुरा चाहियो ।’ बरालसँगै बसेका नेता बखानसिंह गुरुङले पनि पोलिटेक्निकल कलेजकै कुरा उठाए ।

गुरुङले भने, ‘काम हुने प्रचार नहुने भयो । काम जति माओवादीले गर्ने, जसजति अरुले लिने किन हुँदैछ ? चक्रपथ, पोलिटेक्निकल कलेज, बिमानस्थल, रंगशाला जस्ता विकासका योजनालाई सरकारले उच्च प्राथमिकता दिनुपर्यो ।’

भेटमा नेता गायत्री दुरा र विश्वप्रकाश लामिछानेको चासो पर्यटनतिर बढी गएको प्रष्टै झल्कन्थ्यो । उनीहरुले फेवाताल संरक्षण र चक्रपथ निर्माणलाई मूख्य रुपमा उठाए । यता सबैका अभिभावक बनेर बालुवाटार छिरेका कोमलनाथ बरालको चिन्ता राजनीतिका गाँठाहरुमै थियो ।

देशको राजनीतिक गतिरोधप्रति उनी चिन्तित् देखिन्थे । समाधानको सुत्र के हो ? उनको अनुहारले कौतुहलताको भाव बोल्थ्यो । विकासका मागबारे कुरा गरिसकेपछि अन्तिममा सबैले एकैस्वरमा प्रचण्डसँग याचना गरे, ‘अबको चुनावमा कमरेड कास्की आइदिनुपर्यो, यो हाम्रो मात्रै नभएर सबै पार्टी र जनताको पनि माग हो ।’

सबै नेताहरुको कुरा सुनेर प्रचण्ड पनि प्रफुल्ल देखिन्थे । प्रायः स-साना झुण्ड बोकेर प्रचण्ड भेट्न आउने मनोवृत्तिबाट नेताहरु माथि उठेका थिए । यसपालि उनीहरु कसैले पनि आफ्नै मित्रको आलोचना र विरोध गरेनन् । सायद यसले प्रचण्डलाई पनि ठूलै राहत मिलेको महशुस हुन्थ्यो ।

प्रचण्डले पनि नेताहरुसँग मन खोलेर कुरा गरे । उनले कास्कीका समस्या र जनताबारे जिज्ञासापूर्वक धेरै कुरा सोधे । राजनीतिका गाँठादेखि सम्भावनाका क्षितिजसम्म नियाल्ने प्रयास गरे, अनि पार्टीको आन्तरिक जीवनदेखि समाधानका सुत्रसम्मको सिलसिलेबार व्याख्या गरे । प्रचण्डको निधारका रेखाहरु हेर्दा लाग्थ्यो, ‘उनी गम्भीर संकल्प र सफलताका सुत्रहरुको खोजीमा छन् ।’

विवादका रेखाहरु मेटेर विकासका लागि एकताको संकल्प गरेका कास्कीका नेताहरुलाई देख्दा लाग्यो, ‘यिनीहरुसँग सबथोक छ, बुद्धि, विवेक, परिपक्वता, क्षमता अनि विविध प्रतिभाहरुको संयोजन पनि । खाँचो एकताकै थियो ।’ एकतावद्ध हुँदा यिनीहरुले जिल्ला मात्रै नभएर प्रदेश नै थर्काउँथे, जनताको भावना जित्थे ।

तर, यदुवंशी लडाईले सबैलाई कमजोर मात्र बनाएन्, पराजयको सबक पनि सिकायो । बालुवाटार प्रवेशले भन्थ्यो, ‘हामीले व्यवहारिक गल्तीहरुबाट शिक्षा लिएका छौं, एकताको संकल्प गरेका छौं । अब प्रचण्डको चेहरामा कास्कीको विकास र समृद्धिको चमक देख्न चाहन्छौं ।’-


electricity
जुम्ला, मंसिर १२ गते। करेन्ट लागेर गम्भीर घाइते भएका विद्युत प्राधिकरण जुम्लाका कर्मचारीको आज बिहान मृत्यु भएको छ ।

चन्दननाथ नगरपालिका–८ छिनागाउँका ३८ वर्षीय दिनेशनाथ योगीको मृत्यु भएको हो । योगी चन्दननाथ नगरपालिका– ७ नजिकै रहेको विद्युत् खम्बाको एसटी लाइनमा काम गरिरहेका बेला करेन्ट लागेर तल खसेका थिए ।

बेहोस अवस्थामा रहेका उनलाई तत्कालै स्थानीयवासीले उद्धार गरी उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा लगेकामा उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका डाक्टर सूर्यमान लिम्बूले जानकारी दिए ।

रासस



महोत्तरी,मंसिर १२ गते । महोत्तरी र धनुषा जिल्लाको संयुक्त कारागार जलेश्वर कारागारमा आज बिहान दुई समूहबीच झडप हुँदा दशभन्दा बढी कैदीबन्दी घाइते भएका छन् ।


झडपमा आठ जना गम्भीर र चार जना सामान्य घाइते रहेको जेलर शोभेन्द्र ठाकुरले जानकारी दिए। गम्भीर घाइते सबैलाई उपचारका लागि जलेश्वरस्थित शान्ति कम्युनिटी अस्पतालमा लगिएको छ ।

आज बिहान ११ बजेतिर कैदीबन्दीका दुई समूहमा दाउरा र फलामको डन्डीले दोहोरो हानाहान भएको चौकीदार श्रीनारायण महतोले बताए।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी निरीक्षक रवीन्द्र खनालको नेतृत्वमा गएको ५० जना प्रहरीको टोलीले कारागारभित्र छिरेर झडप नियन्त्रणमा लिएको थियो ।

रासस

sher-bahadur-deuba-in-tia

पर्सा,मंसिर १२ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा दर्ता हुने संविधान संशोधन प्रस्तावलाई मधेसी मोर्चाले पनि समर्थन गर्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन, पर्सा शाखाद्वारा आज वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले नेकपा (एमाले)ले पनि संविधान संशोधन प्रस्तावको पक्षमा मत हाल्ने विश्वास व्यक्त गरे।

एक प्रश्नको जवाफमा अध्यक्ष देउवाले २ नं प्रदेशलाई आफूहरुले बढी प्राथमिकतामा राखेको बताए ।

उनले नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पनि संविधान संशोधनबारे सकारात्मक कुरा भएकाले आज संसदमा संविधान संशोधन दर्ता हुने विश्वास व्यक्त गरे ।

उनले नेपाली जनताले प्रदेशको हकमा कहीँ तराई कहीँ पहाड चाहिन्छ भन्ने माग गरेकाले त्यो सबै हुनुपर्ने नेपाली कांग्रेस धारणा रहेको प्रष्ट पारे ।

सभापति देउवाले नागरिकताको सवालमा पनि नेपाली कांग्रेस सकारात्मक रहेको बताए ।

रासस

ronaldo

क्रिष्टियानो रोनाल्डोको दुई गोल गरे तर, रियल मड्रिड भाग्यवश मात्र स्पोटिङ गिजोनलाई हराउन सफल भएको छ । यो जितसँगै रियल मड्रिड स्पेनिस ला लिगामा ६ अंकको अग्रता लिएको छ ।

शनिबार राति भएको खेलमा युरोपियन च्याम्पियन रियल मड्रिडले स्पोटिङ गिजोनलाई २–१ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा भएको खेलमा रियलले १८ औं मिनेटमा नै दुई गोलको अग्रता लिएको थियो । पाँचौं मिनेटमा नै रोनाल्डोले पेनाल्टी गोल गरे । उनले नै १८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

तर, स्पेटिङ गिजोनले हार मानेन । ३५ औं मिनेटमा कार्लोस कार्मेनोले गोल गरे । र, पहिलो हाफ २–१ मा सकियो । खेल सकिन १३ मिनेट बाँकी छँदा भ्रमणकारी टोलीले पेनाल्टी पाएको थियो । तर, गोल गर्न सकेन ।

जितपछि रियल मड्रिड १३ खेलबाट ३३ अंकका साथ शीर्ष स्थानमा छ भने दोस्रो स्थानको सेभिल्लाको २७ अंक छ ।-अनलाइनखबर

Sajha_ New_Bus

साझा यातायातले अाजदेखि ३० नयाँ अपाङ्गमैत्री बसमार्फत सेवा थालको छ । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले एक कार्यक्रमका बीच साझाका नयाँ बसको सेवा औपचारिकरूपमा सुरुवात गरेका छन् ।

अाइतबार बिहान १० बजेदेखि काठमाडौं उपत्यकाभित्र तय भएको नयाँ रुटमा साझा बस सञ्चालन गरेको । गत मंसिर १ नै यातायात व्यवस्था विभागबाट साझाले नयाँ रुट अनुमति पाएको थियो ।

साझाले नयाँ रुटसहित पुरानोमा विस्तार गरेर ४ वटा रुटका लागि इजाजत पाएको छ । नयाँ रुटअनुसार अाजदेखिअन्तर्राष्ट्रिय बिमानस्थलमा झरेका यात्रुले आफ्नो लगेज साझा बसमै राखेर नयाँबसपार्कसम्म पुग्न सक्नेछन् ।

यसले विशेष गरेर विदेशबाट फर्किनेहरु बढी लाभान्वित हुनेछन् । साझाले आन्तरिक टर्मिनलबाट अन्तर्राष्ट्रिय टर्मिनल हुँदै नयाँबसपार्कसम्म सेवा थाल्दैछ ।

साझाले काठमाडौं महानगरपालिको सेयर स्वामित्वमा ३० वटा नयाँ बस किनेर ल्याएको हो ।

साझा चल्ने नयाँ रूट कुन-कुन ?


रुट नम्बर १ः लगनखेबाट जाउलाखेल-कुपण्डोल-त्रिपुरश्वर-नेपाल बायुसेवा निगम (एनएसी)-जमल-लैनचौर-लाजिम्पाट-पानीपोखरी-टिचिङ-नारायणगोपालचोक-बसुन्धरा-सामाखुसी-नयाँबसपार्कसम्म बस चलेका छन्। यो रुटबाट गएका बस फेरि सोही रुटबाट फर्किनेछन् । यो रुटमा १० वटा बस सञ्चालनमा अाएका छन् ।

रुट नम्बर २ः एयरपोर्टभित्रबाट तिलगंगा-गौशाला-रातोपुल-जैनभवन-डिल्लीबजार-चारखाल-बागबजार- पुरानो बसपार्क- सहीदगेट- एनएसी-न्युरोडगेट-जमल-लैनचौर- ठमेल- सोह्रखुट्टे-नयाँ बजार-बनस्थली-बालाजुचोक-बाइपास-नयाँबसपार्कसम्म बस चल्न थालेको छ । यो रुटबाट गएका बस पनिसोही रुटबाट फर्किनेछन् । यो रुटमा साझाका १० वटा बस सञ्चालनमा अाएका छन् ।



रुट नम्बर ३ः यो पूर्ण रुपमा नयाँ रुट हो । कोटेश्वरबाट तीनकुने-मिनभवन-नयाँबानेश्वर-बबरमहल-माइतिघर-सिंहदरबार-सहीदगेट-त्रिपुरेश्वर-टेकु-कालीमाटी-सोल्टीमोड-रवीभवन-कलंकी-सीतापाइला- स्वयम्भुसम्म साझाले बस चलाएको छ । यो रुटबाट गएका बस फेरि सोही रुटबाट फर्किनेछन् । यसमा पनि १० वटै बस सञ्चालनमा अाएका छन् ।

रुट नम्बर ४ः यो रुटको बस ग्वार्कोबाट छुट्नेछ । बीएण्डबी हस्पीटल-सातदोबाटो-पाटन औद्योगिक क्षेत्र- लगनखेल-जाउलाखेल-कुपण्डोल-त्रिपुरश्वर-नेपाल बायुसेवा निगम (एनएसी)-जमल-लैनचौर-लाजिम्पाट-पानीपोखरी-टिचिङ-नारायणगोपालचोक-गंगालाल हस्पीटल-न्युरो हस्पीटल-गोल्पुटार-हात्तिगौंडा-चपली हुँदै नारायणथानसम्म्म साझा बस सञ्चालन भएका छन्। यो रुटबाट गएका बस पनि सोही रुटबाट फर्किनेछन् । यो रुटमा ८ वटा बस सञ्चालनमा अाएका छन् ।

साझाले अाजदेखि काठमाडौंमा ३८ वटा बस चलाएको छ । साझाका ८ वटा बसले काठमाडाैंबाट गोरखा, बाग्लुङ, भैरहवा र वीरगञ्जका यात्रुलार्इ पनि सेवा दिइरहेका छन् ।-अनलाइनखबर

nepal-vs-kenya

विश्व क्रिकेट लिग च्यम्पियनसिप अन्तरगत नेपाल र केन्याको खेल फागुन अन्तिम साता हुने भएको छ ।

अन्तर्राष्ट्रिय त्रिकेट काउन्सिल आईसीसीले फागुन २८ र ३० अर्थात मार्च ११ र १३ मा खेलाउने प्रस्ताव गरेको हो । यसको विकल्पमा चैत ५ र ७ गते अर्थात मार्च १८ र २० पनि प्रस्ताव दुबै देशलाई गरिएको छ ।

क्रिकइन्फोले पनि आफ्नो खेल तालिकामा नेपाल र केन्याबीचको खेल मार्च ११ र १३ मा हुने उल्लेख गरेको छ ।

तर, आईसीसीले औपचारिक घोषणा गर्न बाँकी छ । नेपाल क्रिकेट संघ स्रोतका अनुसार खेल फागुन २८ र ३० मा हुने सम्भावना छ । तर, स्थान भने तय भइसकेको छैन । यो नेपाल होम गोम हुनु पर्ने हो । तर, नेपाल क्रिकेट संघ आईसीसीको निलम्बनमा छ ।

यदि नेपालमा खेल गर्ने हो भने नामिबियासँगको खेलमा जस्तै आईसीसी आफैंले व्यवस्थापन गर्नु पर्ने हुन्छ । र, खेल नेपालमा नै आयोजना गराउन पहल भइरहेको बताइएको छ ।

चौथो चरणको खेल सकिँदासम्म नेपाल ६ अंकसहित छैटौं स्थानमा छ । र, शीर्ष चारमा परेर विश्वकप छनौट खेल्ने सम्भावना जिवितै राख्न अबका खेलहरु जित्नै पर्ने दबाव छ ।-अनलाइनखबर

sher-bahadur-deuba

वीरगन्ज, मङ्सिर १२ गते । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज संसद्मा दर्ता हुने संविधान संशोधन प्रस्तावलाई मधेसी मोर्चाले पनि समर्थन गर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन, पर्सा शाखाद्वारा आज वीरगन्जमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दैै सभापति देउवाले नेकपा (एमाले)ले पनि संविधान संशोधन प्रस्तावको पक्षमा मत हाल्ने विश्वास व्यक्त गर्नुभयो ।

एक प्रश्नको जवाफमा अध्यक्ष देउवाले २ नं प्रदेशलाई आफूहरुले बढी प्राथमिकतामा राखेको बतउनु भयो । उहाँले नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पनि संविधान संशोधनबारे सकारात्मक कुरा भएकाले आज संसद्मा संविधान संशोधन दर्ता हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपाली जनताले प्रदेशको हकमा कहीँ तराई कहीँ पहाड चाहिन्छ भन्ने माग गरेकाले त्यो सबै हुनुपर्ने नेपाली काँग्रेसको धारणा रहेको बताउनुभयो ।

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले नागरिकताको सवालमा पनि नेपाली काँग्रेस सकारात्मक रहेको बताउनुभयो । रासस

Image result for rpp nepal

काठमाडौँ, मङ्सिर १२ गते । पार्टी एकतापछि राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको पहिलो बैठक आज बस्दै छ । बैठकले संसदीय दलको नेता र पदाधिकारीको चयन गर्नेछ ।

सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्ने उक्त बैठकले संविधान संशोधनलगायत मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल गरी आवश्यक निर्णय लिने पार्टीका केन्द्रीय सदस्य किरण गिरीले जानकारी दिनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका ३७ जना सांसदले व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्दै आउनुभएको छ । पार्टी एकीकरणपछि राप्रपा संसद्मा चौथो ठूलो शक्तिका रुपमा रहेको छ । रासस

यसरी हुँदैछ प्रहरी संगठनभित्र गुटबन्दीको खेल


काठमाडौं , मंगसिर ११ गते । आगामी फागुनमा पदावधि सकिन लागेका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई समय नपुग्दै हटाउने खेल गृहमन्त्रालयले सुरु गरेको छ । यसको एउटैमात्रै कारण हो– उपेन्द्रसँगै पदावधि सकिन लागेका राजेन्द्र सिंह भण्डारीलाई आइजीपी बनाउने ।
aig-1-1

एआइजीहरु राजेन्द्र सिंह भण्डारी, सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्मा, केदार साउद, रमेशशेखर बज्राचार्य र प्रतापसिंह थापा प्रहरी महानिरीक्षक अर्यालकै ब्याजी प्रहरी अधिकृत हुन् । एउटै ब्याजी भएकका कारण अर्यालको पदावधि सकिएकै दिन फागुनमै यी ६ जनै एआइजीहरुको पनि पदावधि सकिँदैछ ।

उपेन्द्रकान्त अर्याललाई फागनुसम्म पूरै कार्यकाल पदमा बस्न दियो भने माथिका कोही पनि एआइजीहरुले आइजीपी बन्न पाउँने छैनन् । त्यसैले अर्याललाई कार्यकाल समाप्त हुनुभन्दा एकदुई हप्तामात्रै अगाडि भए पनि कुनै न कुनै बाहनामा हटाएर भण्डारीलाई आइजीपी बनाउने खेल सुरु भएको प्रहरी स्रोत बताउँछ ।

यसका लागि अर्याललाई कतिपयले लोकमानसिंह कार्कीसँग जोडेर बदनाम गर्ने वा कुनै न कुनै बाहना बनाएर हटाउने कसरतमा बिचौलियाहरुले भूमिका खेल्न थालेको अर्याद निकट स्रोतको बुझाइ छ । यसका साथै केही आइजीका आफन्तहरुको कर्पोरेट मिडियामा समेत लगानी रहेकाले त्यसमार्फत अर्यालविरुद्ध मिडियाबाजी गरेर उनलाई फागुन अगाडि नै हटाउने वातावरण तयार पार्न थालिएको प्रहरीभित्र चर्चा छ ।


उपेन्द्रसँगै घरजाने सूचीमा रहेका एआइजी मध्ये एआइजी भण्डारी आइजीपी बन्नका लागि प्रहरी नियमावली परिवर्तन गर्ने खेलमा सक्रिय भैरहेको अर्याल पक्षधर प्रहरीहरुको बुझाइ छ

उपेन्द्रकान्त अर्यालसँग प्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री विमलेन्द्र निधी, अर्थमन्त्री कृष्णबहादुर महरादेखि वर्षमान पुनसम्म असन्तुष्ट रहेकाले उनलाई सरकारले कुनै पनि बेला हटाउन सक्ने स्रोतको तर्क छ । तर, अर्यालले आफूलाई त्यसरी हटाइए अदालत जाने धम्की नेताहरुलाई दिइसकेका छन् ।

यही क्रममा प्रहरी नियमावलीमा संशोधन गरेर अर्याललाई घोक्रेठ्याक लगाउउने तयारी कांग्रेस नेताहरुले थालेको स्रोतले बतायो । विगतमा शेरबहादुर देउवा र खुमबहादुर खड्का गृहमन्त्री भएका बेलामा यसैगरी प्रहरी नियमावली संशोधन गर्दै आइजीपी फेर्ने विकृत प्रचलन थियो । अहिले त्यसैलाई निरन्तरता दिन खोजिए पनि सर्वोच्च अदालतले गत वर्ष यसो नगर्न आदेश दिएको अवस्था छ ।

उपेन्द्रसँगै घरजाने सूचीमा रहेका एआइजी मध्ये एआइजी भण्डारी आइजीपी बन्नका लागि प्रहरी नियमावली परिवर्तन गर्ने खेलमा सक्रिय भैरहेको अर्याल पक्षधर प्रहरीहरुको बुझाइ छ । ३० वर्षे सेवाअवधिका कारण आइजीपी अर्यालसँगै फागुनमा अवकाश पाउने लाइनमा रहेका भण्डारी आइजीपी हत्याउने दाउमा छन् ।

आइजीपी अर्याललाई हटाउनुपर्ने अरु कुनै पनि कारण नदेखिएपछि प्रहरी नियमावली नै परिर्वतन गर्न खोजिएको हो । शुरुमा नियमावलीमा रहेको आइजीपीको कार्यकाल घटाएर अर्याललाई फागुन अगावै घर पठाउने र भण्डारी आइजीपी बनेपछि फेरि नियमावली संशोधन गरेर ३० वर्षे सेवा अवधिलाई ३२ वर्षे बनाइदिने डिजाइन गृहमन्त्रालयमा भइरहेको स्रोतले अनलाइनखबरलाई बतायो ।
डीआइजीबाट सिधै आइजीपी बन्ने लाइनमा सिलवाल
त्यसो त आधा दर्जन एआइजीहरु ३० वर्षे सेवाअवधिका कारण अर्यालसँगै घर जानुपर्ने अवस्था आयो भने डीआइजीबाट एकैचोटि आएजीपी बनाउनुपर्ने स्थिति आउने छ । र, त्यो अवस्थामा डीआइजी नवराज सिलवाल प्रहअरी महानिरीक्षकको दाबेदार हुनेछन् ।
dig
आइजीपीको दौडमा रहेका डीआइजीहरु नवराज सिलवाल, प्रकाश अर्याल र जयबहादुर चन्दलगायतले प्रहरी नियमावली संशोधनसम्बन्धी पछिल्लो खेलको विरोध गरिरहेका थिए । अर्याललाई वीचैमा हटाउने खेलको विरोध गर्दै एक डीआइजीले भने– ‘आइजीपी हटाउने खेल हल्लामात्रै हो, यो अहिले नै सम्भव छैन ।
कानुनी हिसाबमा भन्ने हो भने अहिलेका डीआइजीमध्ये उत्कृष्टलाई सरकारले आइजीपी बनाउन सक्छ । तर, प्रतिस्पर्धाको हिसाबले एक नम्बरमा रहेका सीआइबी प्रमुख नवराज सिलवाल, दुइ नम्बरमा रहेका ट्राफिक प्रहरी महाशाखाका प्रकाश अर्याल र लागुऔषध नियन्त्रण ब्युरो जयबहादुर चन्द आइजीपीको दौडमा देखिन्छन् । त्यसो त आइजीपी अर्याल पनि आफनो गुटका डीआइजीलाई आइजीपी बनाउने दाउमा छन् ।
उता ३५ किलो सुनको सुराकी कमिसन आफैंले खाइदिएको आरोप लागेका डीआइजी प्रकाश अर्याल पनि भावी आइजी बन्ने दौडमा लागेको प्रहरी स्रोत बताउँछ । उनैले महानिरीक्षक अर्यालविरुद्ध अख्तियारदेखि संसदको लेखा समितिमा समेत उजुरी गराएको बताइने गरेको छ ।
आइजीपी अर्यालले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई प्रभावमा पारेर डीआइजी प्रकाश अर्यालको मुद्दा पन्छाउन लगाएको आरोपसमेत लाग्ने गरेको छ ।  ३५ किलो सुनको प्रकाशको मुद्दा अहिले राजश्व अनुसन्धान विभागबाट बाट अदालतमा पुगेको छ ।
कुनै एउटा पार्टीको ट्याग लगाएर आइजीपी फेर्ने चर्चा होस् वा सरुवा र बढुवामा पैसाको प्रभाव नै किन नहोस्, प्रहरीका लागि सबैभन्दा घातक यही बनिरहेको छ
तर, डीआइजी प्रकाश अर्यालमाथि पूर्वाग्रहपूर्ण तरिकाले लोकमानसिंह कार्कीले मुद्दा अघि बढाएको केही प्रहरी अधिकारीहरुको तर्क छ । प्रहरीले सुनका कारोबारीहरुको सुराकीमा खटाएका व्यक्तिलाई तर्साएर सुन तस्करसँग मिलेमतो गर्नेहरुलाई नै अख्तियारले संरक्षण गरेको र प्रकाश अर्याललाई फसाइएको तर्क प्रहरी संगठभित्र गरिँदै आएको छ ।
एक डीआइजीले भने ‘भण्डारी लगायत केही व्यक्ति आइजीपी फेर्ने खेलमा लागे पनि ऐन नल्याई त्यो तत्काल सम्भव थिएन, तर आफूलाई बलियो बनाउन आइजीपी अर्याल आफैंले यो सूचना बाहिर ल्याए ।’
उता शान्ति मिसनमा रहेका रहेका एसएसपी रमेश खरेलसमेत विदामा काठमाडौंमै छन । उनीसमेत आइजीपी अर्याललाई हटाउने खेलमा सक्रिय भएको सुनेपछि आइजीपी अर्यालले उनलाई झपारेको स्रोतको दाबी छ ।


लोकमान र उपेन्द्रकान्तको साँठगाँठ ?

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल र लोकमानसिंह कार्कीवीच मिलेमतो रहेको प्रचार यतिबेला जोडदार रुपमा गरिएको छ । तर, यसबारे स्रोतले अनलाइनखबरसँग भन्यो– ‘लोकमानको नाममा अर्यालसँग धेरैले ब्ल्याकमेलिङ गरेर उनलाई तर्साएका मात्रै हुन्, तर अर्याल अन्य प्रहरी अधिकारीहरुभन्दा सापेक्षित रुपमा इमान्दार एवं प्रोफेसनल छन् ।’
lokman-singh-karki

प्रहरी संगठनमा राजनीतिकरण गर्दै आएका नेताहरुले भनेको नमानेकै कारण अर्यालसित केही नेताहरु रिसाएको स्रोतको दाबी छ । कांग्रेसका केही ठूला नेतालाई प्रहरी अधिकारीले नियमित रुपमा खर्च दिएन भने उनीहरु रिसाउने गरेको एक प्रहरुी अधिकारीले अनलाइनखबरलाई बताए ।

उनले भने–बिचरा उपेन्द्रकान्त लोकमानबाटै पीडित थिएन, के को उनका साहयोगी हुनु !’
गुटबन्दीले  यसरी थलिँदैछ प्रहरी संगठन


नेपाल प्रहरी नागरिकसँग सरोकार राख्ने पहिलो सुरक्षा संगठन हो । प्रहरीजति बलियो हुन्छ, नागरिकले उतिनै सुरक्षाको प्रत्याभूत गर्न सक्छन् । तर, नेपाल प्रहरी संगठन आफ्नै कारणले र राजनीतिक दलहरुको हस्तक्षेपका कारणले सिथिल हुँदै गएको छ ।

संगठनभित्र एकले अर्कालाई सिध्याउने खेल हुने गरेको छ । हरेकपटक सरकार परिर्वतन भएसँगै प्रहरी पहिलो तारोमा पर्ने गरेको छ । कुनै एउटा पार्टीको ट्याग लगाएर आइजीपी फेर्ने चर्चा होस् वा सरुवा र बढुवामा पैसाको प्रभाव नै किन नहोस्, प्रहरीका लागि सबैभन्दा घातक यही बनिरहेको छ । विगतमा रमेश खरेलले ‘ब्रिफकेस’को प्रशंग त्यसै औंल्याएका होइनन् ।

आफनै ब्याजका एआइजीहरु घातक 


नेपाल प्रहरीमा अहिले ११ जना एआइजी छन् । तीमध्ये राजेन्द्रसिंह भण्डारी, सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्मा, केदार साउद, रमेशशेखर बज्राचार्य, प्रतापसिंह थापा, वीरेन्द्रबाबु श्रेष्ठ आइजीपी उपेन्द्रकान्त अर्यालका ब्याजीहरु हुन् ।

पछिल्लोपटक अदालतको आदेशपछि बढुवा भएका यादव अधिकारी, परशुराम खत्री, सुशिलवरसिंह थापा र विश्वराजसिंह शाही समेत एआइजी छन् । यिनीहरु पनि आइजीपी अर्यालकै ब्याजी हुन् ।

आइजीपीमा दरबन्दी ७ जनाको मात्रै भए पनि सुशील कोइरालाको सरकारले आफ्नालाई बढुवा गर्न दुई विषेश पद थप गरेर ९ जना एआइजीको दरबन्दी बनाएको थियो ।

त्यसैको विरोधमा अदालत पुगेका थप चार जनाले पनि एआइजीमा बढुवा पाएका हुन् । तीमध्ये एआइजीहरु नारायण वस्ताकोटी र गणेशराज राईले सेवाअवधिका कारण अवकाश पाइसकेका छन् । एउटै ब्याचका साथीहरु भए पनि बढुवा भएका एआइजीहरुले सात महिनापछि मात्रै हेडक्वार्टरमा प्रवेश पाए ।

आइजीपी अर्यालका लागि आफ्नै साथीहरु एआइजी अर्थात आफुभन्दा दास्रो तहमा हुनुले कुनै हर्ष मिलेको छैन । उनका लागि आइजीपी र एआइजी एउटै ब्याजका हुनु नै सबै भन्दा घातक देखिएको छ । अर्यालका लागि मात्रै होइन, प्रहरीभित्र संगठन प्रमुख र दोस्रा तहका एआइजीहरु एउटै ब्याजको हुने परम्पराले हरेक आइजीपीलाई अप्ठेरो पर्ने गरेको छ ।

आइजीपी अर्यालसंगै आइजीपीको प्रतिस्पर्धामा रहेका राजेन्द्रसिंह भण्डारी एआइजी भएपछि पहिलो वर्षमात्रै हेडक्वार्टर गए । त्यसपछि उनले आफ्नो हेडक्वार्टरमा पाइला नटेको दुई वर्ष हुन लागेको छ । पछिल्लो समय सुरक्षा परिषदमा सरुवा भएपछि भण्डारी र आइजीपी अर्यालवीचको सम्बन्ध पानी बाराबारको अवस्थामा पुगेको छ ।

आइजीपी अर्यालकै ब्याचका एक एआइजी भन्छने– ‘कुनै दिन हाम्रो ब्याचमा सबैभन्दा मिल्ने साथीहरु अर्याल र भण्डारी नै थिए । तर, पदकै कारण ३० वर्षको दोस्ती अहिले खरानी भएको छ ।’

प्रहरी संगठनमा सीआइबीका जन्मदातासमेत रहेका भण्डारी र अर्याल नै उनीहरुका ब्याचका सबैभन्दा उत्कृष्ट प्रहरी मानिन्थे । विषेश गरेर अपराध अनुसन्धानमा अब्बल मानिने अर्याल र योजनामा माष्टर माइण्ड मानिने भण्डारीको मिलन भएको भए यो तीन वर्षमा नेपाल प्रहरीले काँचुली फेर्ने अर्का एक आइजीले भने ।’

यी दुईवीच मिलन त परको कुरा, अहिले दुबैजना मिडियावाजी गरेर एकले अर्कालाई सिध्याउने खेलमा लागेका छन् । भण्डारीलाई यसमा आफ्नै नातेदारले चलाएका मिडियाले निकै धेरै साथ दिएको प्रहरी स्रोतको बुझाइ छ ।

एआइजी भण्डारी शेरबहादुर देउवा शक्ति आएपछि निकै खुशी छन् । आफू सुदुरपश्चिमको भएकाले देउवाको आशिर्वाद पाइन्छ भन्ने उनलाई विश्वास छ । त्यसैले अनेक तिकडम लगाएर भए पनि फागुनसम्म आइजीपी हत्याउने खेलमा उनी सक्रिय भैरहेको स्रोत बताउँछ ।

तर, भण्डारीको यो रहर ३ वर्ष अगाडिको अदालतको आदेशका कारण पूरा हुने सम्भावना निकै कम रहेको प्रहरी स्रोतको तर्क छ ।

शक्तिवालालाई च्याप्ने आइजीपी रणनीति


आफू निकटका र राजनीतिक शक्तिमा भएकालाई च्यापेर जाने आइजीपी अर्यालको शैली देखिएको भन्दै संगठनभित्र गुनासो छ । अख्तियार प्रमुख लोकमानसिंह कार्कीसँग निकै घनिष्ट सम्बन्ध बनाएका एआइजी वीरेन्द्रबाबु श्रेष्ठलाई आइजीपी अर्याल टार्नै शक्तैनन् । हुन त यो उनको बाध्यता पनि हुन सक्छ ।

त्यस्तै वामदेव गौतम गृहमन्त्री हुँदादेखि केपी ओली प्रधानमन्त्री हुँदासम्म अर्का एआइजी रमेशशेखर बज्राचार्यलाई आइजीपी अर्यालले साथमा लिएर हिँडे । किनकि एआइजी बज्राचार्य एमालेका नेता निकट अधिकृत मानिन्छन् ।

श्रेष्ठ र बज्राचार्य दुवैले हेडक्वार्टरको सबैभन्दा आर्कषक विभागहरु प्रशासन र मानव स्रोत पालैपालो चलाइरहेका छन् । वरियताको तेस्रो नम्बरमा रहेका अर्का एआइजी सुरेन्द्रबहादुर शाह आफु निकट नेता शक्ति नहुँदा प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पु¥याइएका छन् ।

वरियतामा निकै तल रहेका प्रतापसिंह थापाले शक्तिकै हाडमा एआइजीको बढुवा मात्रै पाएनन्, महानगरीय प्रहरीको नेतृत्वसमेत सम्हालिरहेका छन् । थापा तिनै अधिकृत हुन्, जसलाई एसएसपी रमेश खरेलले ‘बढुवाका लागि ब्रिफकेस बोकेर हिँडेको’ आरोप लगाएका थिए । थापाको शक्तिको स्रोत लोकमानसिंह कार्कीसमेत रहेको प्रहरी संगठनभित्रको बुझाइ छ ।
उनीहरु बाहेक राजनीतिक शक्तिमा रहेका तल्लो तहका अधिकृतहरुलाई पनि आइजीपी अर्यालले आफु नजिककै लाई च्याप्ने गरेको प्रहरी प्रधान कार्यलयमा चर्चा हुने गरेको छ ।

Upendrakanta-Aryal
आइजीपीको गुटबन्दी


आफ्नै ब्याचका साथीहरुलाई समेत मिलाउन नसकेको आरोप आइजीपी अर्यालमाथि लाग्ने गरेको छ । विषेश गरेर उनी आफ्नो साथमा रहेका अधिकृतलाई जुनसुकै हालतमा पनि जोगाउने र आफनो साथमा नरहेकाहरुलाई पाखा लगाउने रणनीतिमा लाग्ने गरेको आरोप लाग्ने गरेको छ ।

सार्वजनिक स्थानमा भाषण गर्ने एसएसपी रमेश खरेललाई कार्वाही नगरेको प्रशंग होस् या ३५ किलो सुन प्रहकरणमा डीआइजी प्रकाश अर्याललाई अख्तियारको मुखबाट जोगाउन खेलेको भूमिका होस्, आइजीपी अर्यालले चलाएको गुटको उदाहरणका रुपमा यसलाई लिने गरिन्छ । तर, यसमा अर्यालले रमेश खरेलजस्ता राम्रा प्रहरी अधिकृतलाई संरक्षण गरेको अर्थमा पनि कतिपयले लिने गरेका छन् ।

प्रहरी ऐन सबैको दोषी


एउटै ब्याचकाहरु आइजीपी र एआइजी हुँदा प्रहरी चेन अफ कमाण्डमा चल्न नसकेको पूर्वआइजीपी रविन्द्रप्रताप शाहको अनुभव छ ।

‘एउटा आइजीपी हुन्छ, त्यसपछिका एआइजीहरु एउटै ब्याचका भएपछि गल्ती गरे कार्वाही गर्न साथी भनेपछि अप्ठ्यारो हुन्छ,’ शाह भन्छन्– त्यसैले हाकिमको रुपमा भन्दा साथीको व्यवहार गरेपछि कसरी चेनअफ कमाण्डमा चल्छ ?’

एआइजीलाई आइजीपीले कार्वाही गर्दा नसिहत मात्रै दिन सक्ने तर साथी भएपछि त्यति कार्वाही गर्न पनि अप्ठेरो हुने शाहको अनुभव छ ।

त्यसो त पछिल्लो समय प्रहरीभित्र गुट मौलाउनुमा प्रहरी ऐन मुख्य कारण भएको पूर्वआइजीपी शाहको तर्क छ । एउटै ब्याचका एआइजीहरु भएपछि तिनलाई कसले रुचाउने र आइजीपीलाई कसले रुचाउने भन्ने हुन्छ, त्यो सबै अन्त्य गर्न आइजीपीको अधिकारदेखि सेवाअवधिसम्म ऐनले स्पष्ट पार्नुपर्ने शाहको तर्क छ ।

-   रमेश धमला , अनलाइन खबरबाट

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget