Websoft University

www.radiomakalu.com || 021-522512


December 2016


सम्बन्धित छवि
स–साना बालबालिकामा सानो उमेरदेखि नै विभिन्न समस्या देखिन्छ । कतिपय बालबालिकामा बुढी औला चुस्नेदेखि बोत्तलमा झुण्डिने, खानेबेलमा फकाउनुपर्ने, नङ टोक्न, दाँत किट्ने लगायतका समस्या देखिन्छन् । जान्नुहोस् बच्चाका खराब बानी र समाधानका उपाय :
कपबाट दुध खुवाउनु


बोत्तलमा दुध पिउने बानी परेका बच्चालाई कपबाट खुवाउनु निश्चय नै अभिभावकका लागि चुनौती हुन सक्छ । यसबाहेक अत्याधिक दुध पिउँदा बच्चाले खाना नखाने पनि हुन्छ । जसका कारण हरियो सागसब्जीसहित क्याल्सियमयुक्त खानेकुरा, दही, चीज र अन्य पोषिलो खानेकुराबाट बञ्चित हुन्छन् ।

अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स (एएपी) ले १५ महिना पुगेपछि बच्चालाई गिलास, कचौरा वा कपमा पिउने बानी बसाल्नुपर्ने जनाएको छ । तर, विज्ञहरुका अनुसार बालबालिकालाई ६ महिना पुगेदेखि नै कपबाट बानी पार्नुपर्छ, ताकी उनीहरु एक वर्षपुग्दा पूर्ण रुपमा अभ्यस्त हुन्छन् ।

‘एक वर्षसम्म पुग्दा उनीहरुले आफूले चुस्नुपर्ने आवश्यकता पूर्ती गरिसकेका हुनेछन्, तसर्थ कप वा गिलासबाट पिउन सिकाउनुपर्छ,’ कोलोराडोका बाल चिकित्सक डा. जेन स्कट भन्छन् । बच्चाले कपबाट पिउन सफल भएपछि, उसले अभिभावकको सहायताबिना नै नियमित रुपमा दुध, पानी लगायत अन्य तरल पर्दाथ पिउने गर्छ ।
बुढी औला चुस्ने


आफूलाई शान्त पार्न बुढी औला वा अन्य औलाहरु चुस्न बच्चाहरुका लागि सामान्य आदत हो । तर औला चुसाइले उनीहरुको विकास प्रणालीलाई पनि अशर गर्छ । यसले जिब्रोभन्दा ठीक माथिको भागलाई अशर गर्छ ।

औला चुस्दा माथिल्लो दात र गिजा बाहिर उछिट्निे र तल्लो दाँत भित्र पस्ने खतरा हुन्छ । तर पनि समग्रमा औला चुस्दा खासै ठूलो स्वास्थ्य समस्या भने निम्तिदैन । औला चुस्दा दाँत र गिजामा प्रत्यक्ष अशर गर्ने भएकोले दुई वर्षपछि बच्चालाई नियमित रुपमा दन्तचिकित्सक कहाँ लैजानुपर्छ । बच्चाले अत्याधिक औला चुसेमा पन्जा वा औला ढाकिने लामो लुगा लगाएर पनि यो बानी छुटाउन सकिन्छ । अलि ठूलो बच्चालाई सम्झाएर पनि यो बानी छुटाउन सकिन्छ ।
खुवाउने बेलमा झन्झट


बच्चालाई खुवाने बेलामा कतिपय अभिभावकले निकै झन्झट सामना गरेका हुन्छन् । बच्चाले केही खान नमान्दा अभिभावकलाई समस्या पर्ने गर्छ । खुवाउँदा नखाने तर बारम्बार सताउने बच्चाका कारण अधिकांश अभिभावक पीडामा परेका हुन्छन् ।

‘बच्चालाई बारम्बार खुवाउनुपर्ने भएकोले उनीहरुलाई खुवाउन समस्या पर्दा परिवारका सदस्यलाई नै अशर गर्छ,’ अमेरिकी चिकित्सक डिना रोज बताउँछिन् । बच्चाले खान नमानेमा सुरुको गासमा सदा भन्दा नयाँ खानेकुरा खुवाउनुहोस् । अर्थात उसलाई मन पर्ने खानेकुराले लोभ्याउनुपर्छ । बच्चालाई यो मन पराउछौं भनेर सोध्नु भन्दा, यसको गन्ध कस्तो छ ? यसको स्वाद पत्ता लगाउ, यसलाई कति छिटो खान सक्छौ म गन्छु आदि भनेर प्रश्न गर्नुपर्छ ।
नाक कोट्याउने
धेरै बच्चाले नाक कोट्याउँछन् । नाक सुख्खा भयो भने पनि बच्चाले नाक कोट्याउँछन् । चिसो, एलर्जी वा नाक सुक्दा पनि बच्चाले नाक कोट्याउँछन् । नाक कोट्याउँदा बच्चाको नाथ्रो फुट्नेदेखि अन्य समस्या देखिन्छ । नाक कोट्याउँनबाट बचाउन बच्चालाई सदा सफा राख्नुपर्छ । सफा राख्दा पनि बच्चाले बानी दोहोराईरहयो भने सम्झाउनुपर्छ । नाक कोट्याउँदा विभिन्न डर देखाउनुपर्छ । जस्तैः नाक खस्छ भनेर डर देखाउन सकिन्छ ।
दाँत किट्ने
झन्डै १४ देखि २० प्रतिशत बच्चाले दाँत किट्ने गर्छन । विशेष गरी रातको समयमा दाँत किट्ने गर्छन् । तर कहिले काँही दिउसै पनि किट्छन् । दाँत आउने बेलामा वा बच्चालाई चिन्ता वा तनाब भएमा दाँत किट्छन् । स्कुल जाने उमेर नपुगेका बालबालिका स्कुल जान थालेपछि दाँत किट्न छोड्ने सन् २००८ को स्लिप कन्फरेन्समा जनाइएको थियो । ठूलो टन्सिल हुने बालबालिकाले पनि दाँत किट्छन । त्यस्तै सुत्दा असजिलो भयो भने पनि यस्तो समस्या आउँछ ।
अन्य खानेकुरा सकभर कम दिने
कोही कोही बच्चा जतिबेला पनि खान खोज्ने हुन्छन् । दिनभर चकलेट, नुनिलो खानेकुरा र अन्य खानेकुरा खाँदा बच्चाले लिटो र भात खादैनन् । ‘दिनभर फलफुल र अन्य गुलियो खानेकुरा मात्र खान खोज्छन् । तसर्थ बालबालिकालाई उनीहरुले जे माग्छन् त्यहि खानेकुरा दिनुहुदैन् ।
खेलौना नदिने
शान्त बनाउने बहानमा बालाबालिकालाई विभिन्न खेलौना दिनु पनि स्वास्थ्यका लागि हानिकारक हुन्छ । बच्चाले खेलौना मुखमा राख्दा त्यसमा भएका हानिकारक किटाणु सर्ने सम्भावना हुन्छ । बच्चालाई लामो समय खेलौना दिदा संक्रमण र दाँतको समस्या आउन सक्छ ।


काठमाडौं , मङ्सिर २३ गते । नेपालमै पहिलो पटक कलेजोको सफल प्रत्यारोपण भएको छ । लामो समयको तयारीपछि भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा एक बिरामीमा कलेजोको सफल प्रत्यारोपण भएको हो ।
स्वास्थ्य मन्त्री गगन थापाले पहिलो पटक कलेजोको सफल प्रत्यारोपण भएको पुष्टि गर्दै भने, ‘नेपालको स्वास्थ्य क्षेत्रमा यो एउटा ठूलो सफलता हो । यसले अब कलेजो प्रत्यारोपणका लागि विदेशिनु पर्ने अवस्थाको अन्त्य गरेको छ ।’ कलेजो प्रत्यारोपणका विषयमा भने अस्पतालले अझै विस्तृत जानकारी बाहिर ल्याएको छैन ।
अस्पतालले बिहिबार पत्रकार सम्मेलन गरी जानकारी बाहिर ल्याउन जनाएको छ ।
मानव अंग प्रत्यारोपण केन्द्रमा बुधबार करिब ८ घण्टा लामो शल्यक्रिया भएको हो । बलराम नागा नाम गरेका बिरामीलाई उनकी दिदीले कलेजो दिएकी थिइन् । केन्द्रका कर्मचारीका अनुसार दक्षिण कोरियाका १४ सहित नेपाली चिकित्सकको टोलीले बुधबार दिउँसो १२ बजेदेखि बेलुकी ८ बजेसम्म ८ घन्टा लगाएर प्रत्यारोपण गरिएको हो । शल्यक्रियामा कोरियाली चिकित्सक डेभिन कोनको नेतृत्व गरेका थिए । बिरामीको निशुल्क शल्यक्रिया गरिएको केन्द्रले जनाएको छ ।




एजेन्सी , विश्वभर एक चौथाई भन्दा बढी मेडिकल विद्यार्थीमा डिप्रेसनको लक्षण देखिने गरेको पाइएको छ । त्यस्तै हरेक १० मेडिकल विद्यार्थीमध्ये एक जनाले आत्महत्याको सोच बनाएको देखिएको छ ।

जर्नल अफ मेडिकल एशोसियशनको जर्नलमा प्रकाशित अध्ययनमा सो जानकारी दिइएको हो । ४७ देशका १ लाख २९ हजार विद्यार्थीबारे भएका २०० अध्ययनहरुको विश्लेषण समिक्षा गरेर एशोसियशनले सो निस्कर्ष निकालेको हो ।

मेडिकल प्रोफेसनमा डिप्रेसन एउटा गोप्य रहस्य बनेको छ, ब्रिघाम एन्ड वमिनस हस्पिटलका रेसिडेन्ट फिजिसियन तथा अध्ययन समिक्षा टोलीका सह लेखक डा. डुगलास माटा भन्छन् ।

हवार्ड मेडिकल स्कुलमा समेत आबद्ध डा. माटाका अनुसार मेडिकल क्षेत्रका विद्यार्थीको सुसाईड भयावह भएको छ ।

‘म मेडिकलको विद्यार्थी हुँदा म भन्दा केही पाका साथीहरु डिप्रेसनबाट पीडित थिए र उनीहरुले आत्महत्या प्रसास गरेका थिए । एक जनाले त आत्महत्या नै गरे,’ मिसिगन युनिर्भसिटीका डिप्रेसन तथा न्युरोसाईन्स विभागका प्राध्यपक सेनले भने ।

विश्वव्यापी समस्या

मेडिल विद्यार्थीमा भएको विद्यमान डिप्रेसनबारे माटा, सेन र उनका सहकर्मीहरुले विभिन्न अध्ययनको विश्लेषण र समिक्षा गरेका थिए । प्रायः सबै अध्यनहरुमा विद्यार्थीले आफ्नो अनुभव बाँडेका थिए । समूहगत अध्ययनलाई चिकित्सकहरुले विस्तृत विश्लेषण गरेका थिए ।

‘विद्यार्थीको साना समूह बनाएर सयौं मेडिकल विद्यार्थीको व्यक्तिगत अध्ययन भएका थिए । तर सबै अध्ययन त्यति प्रभावकारी थिएनन् । सबै अध्ययनलाई मर्ज गरेर विश्लेषण गर्दा यसबारे वृहत जानाकारी आएको छ । ‘हामीले १ लाख २० हजार विद्यार्थीको अनुभव विश्लेषण गरेका छौ,’ माटाले भने ।

विश्लेषण अनुसार १ लाख २२ हजार ३ सय ५६ मध्ये ३७ हजार ९ सय ३३ अर्थात २६ दशमलब ७ प्रतिशतलाई डिप्रेसनको लक्षण देखिएको थियो । १५ देशका २४ अध्ययन सेट अनुसार ११ प्रतिशत विद्यार्थी आत्महत्या सोच आएको बताएका थिए ।

अमेरिकामा आम नागरिक भन्दा मेडिकल विद्यार्थीमा आत्महत्या सम्भावना दुईदेखि पाँच गुणा बढी भएको समेत अध्ययनमा जनाइएको छ ।

ढल्केबर सबस्टेसन निर्माणमा ढिलाइ भए पनि दुई साताभित्र भारतबाट थप बिजुली आउने, मध्य हिउँदमा पनि लोडसेडिङ नहुनेको लागि तस्बिर परिणाम

काठमाडौं , मङ्सिर २३ गते । ढल्केबरमा २२० केभी क्षमताको सबस्टेसन बन्न ढिलाइ भए पनि भारतबाट थप बिजुली आयातमा समस्या नहुने भएको छ ।
ढल्केबरको सबस्टेसन पूरा हुन केही महिना ढिलो हुने भएपछि नेपाल विद्युत् प्राधिकरणको अनुरोधमा भारतको मुजफ्फरपुरमा १ सय एमबीएको ट्रान्सफर्मर जडान गरेर थप ८० मेगावाट बिजुली आयात हुने भएको हो ।
ढल्केबर–मुजफ्फरपुर, कुसाह–कटैया, परावनीपुर–रक्सौल र टनकपुरबाट थप बिजुली आयातपछि पुस र माघमा पनि लोडसेडिङ नहुने भएको छ । प्राधिकरणका अनुसार जनवरीपछि भारतबाट २२० मेगावाटसम्म थप बिजुली आयात हुने गरी संरचना तयारी भइरहेको छ ।
मुजफ्फरपुरमा १ सय एमबीएको ट्रान्सफर्मरर जडान गरेर १३२ केभीमा चार्ज गरी अन्तरदेशीय प्रसारणलाइनबाट १६० मेगावाट आयात हुने गरी काम अघि बढेको विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए ।
ढल्केबरमा २२० केभी क्षमताको सबस्टेसन निर्माणमा २ महिना ढिलाइ भए पनि फरक नपर्ने उनको भनाइ छ ।
“मुजफ्फरपुरमा १ सय एमबीए क्षमताको ट्रान्सफर्मर जडानको काम भइरहेको छ,” उनले भने, “निर्धारित समयमा काम सकिएर जनवरी १ तारिखदेखि मुजफ्फरपुर–ढल्केबर ४ सय केभी प्रसारणलाइनलाई १३२ केभीमा चार्ज गरेर थप ८० गरी कुल १६० मेगावाट बिजुली आयात हुनेछ । गत वर्ष नै ४ सय केभी क्षमताको प्रसारणलाइनलाई १३२ केभीमा चार्ज गरेर ८० मेगावाटसम्म आयात गरिएको छ ।” सोही लाइनबाट थप १ सय एमबीएको ट्रान्सफर्मर जडान गरेर १६० मेगावाट बिजुली आयात हुने उनले जानकारी दिए । ढल्केबरमा २२० केभी सबस्टेसन निर्माणको काममा ढिलाइ भए पनि अब फरक नपर्ने उनले बताए ।
कटैया–कुसाहा १३२ केभी प्रसारणलाइनको क्षमता बढाउने काम पनि अन्तिम चरणमा पुगेको छ । सो प्रसारणलाइनबाट हाल १३० मेगावाटसम्म बिजुली आयात भइरहेकोमा थप ५० गरी १८० मेगावाट आयात हुनेछ । यो प्रसारणलाइनबाट पनि जनवरीदेखि ५० मेगावाट थप बिजुली आयात हुनेछ ।
परवानीपुर–रक्सौल १३२ केभी नयाँ प्रसारणलाइनको काम पनि अन्तिम चरणमा पुगेको उनले बताए । हाल ३३ केभी प्रसारणलाइनबाट १० मेगावाट बिजुली आयात भइरहेकोमा १३२ केभी निर्माण गरेर थप ५० मेगावाट ल्याउने तयारी छ । यस्तै टनकपुरबाट ३० मेगावाट बिजुली आयात भइरहेको छ । थप ४० मेगावाटसम्म बिजुली आयात गर्ने प्राधिकरणको योजना छ ।
यी संरचना पूरा भएर थप २२० मेगावाटसम्म बिजुली आयात बढेपछि पुस र माघमा पनि लोडसेडिङ नहुने प्राधिकरणले जनाएको छ ।
गत वर्ष ३४७ मेगावाटसम्म बिजुली आयात भएको थियो । योसमेत गरी कुल भारतबाट ५६० मेगावाट बिजुली आउने देखिएको छ । हाल पिक आवरमा भारतबाट २७० मेगावाटसम्म बिजुली आयात भइरहेको छ । त्यस्तै, विद्युत प्राधिकरणले कुलेखानी जलाशययुक्त आयोजनालाई पनि व्यवस्थापन गरेको जनाएको छ । हाल कुलेखानीको जलासशमा पानीको सातह १ हजार ५२३ मिटर छ ।

प्रधानमन्त्रीको निर्देशनमा डा. केसीसँगको सम्झौता तोड्ने प्रयासको लागि तस्बिर परिणाम

काठमाडौ २३ गते । यसै साता १० औं पल्टको सत्याग्रहमा २२ दिनसम्म अनशन बसेका डा. गोविन्द केसीसँगको सम्झौताको मसी सुक्न नपाउँदै प्रधानमन्त्री पुष्पकमल दाहालकै निर्देशनमा पुनः सम्झौता तोड्ने प्रयास भएको समाचारले आजका नागरिक तथा कान्तिपुरमा विशेष स्थान पाएका छन् ।

नागरिकको मुख्य समाचारअनुसार डा. गोविन्द केसी र सरकारबीच भएको चिकित्सा शिक्षा ऐन नबन्दासम्म नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने सम्झौताविपरीत सरकारले झापाको बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया अघि बढाएको छ । डा. केसीसँग सम्झौता भएको तेस्रो दिन मेडिकल काउन्सिलले दाहालको पार्टी नेकपा (माओवादी केन्द्र) निकट सञ्चालक रहेको बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धनको बाटो खुला गरिदिएपछि यो तथ्य बाहिर आएको हो । प्रधानमन्त्री दाहालकै दबाबमा सम्बन्धन दिने प्रक्रिया अघि बढेको पनि नागरिकको समाचारमा लेखिएको छ ।

कान्तिपुरले यस समाचारलाई नेपाल मेडिकल काउन्सिलको पूर्ण परिषद् (फुल हाउस) को बैठकबाट उठाएको छ । उक्त बैठकको एउटा एजेन्डा बी एन्ड सी मेडिकल झापालाई सम्बन्धन दिनेबारे प्रतिवेदन शिक्षा मन्त्रालयमा पेस गर्ने भन्ने थियो । तर, नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले त्यसमा आपत्ति जनाए । अघिल्लो दिनमात्र सरकार र डा. गोविन्द केसीबीच १२ बुँदे सहमति निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका श्रेष्ठले यस निर्णयमा सही नगर्ने बरु ‘नोट अफ डिसेन्ट’ लेख्ने जानकारी गराए । तर, यस कलेजलाई सम्बन्धन दिन प्रधानमन्त्री पुष्पकमल दाहालको दबाब भएको जानकारी दिइयो । श्रेष्ठको विरोधपछि काउन्सिलको पूर्ण परिषद्को बैठकबाट सो एजेन्डा नलगिए काउन्सिल पदाधिकारीको बैठकले सो पत्र शिक्षा मन्त्रालयलाई पठाइएको जानकारी अतुल मिश्रले लेखेको समाचारमा छ ।

नागरिक दैनिकले भने सो समाचारको बीचमा बक्समा डा. गोविन्द केसीको प्रतिक्रियालाई स्थान दिएको छ । डा. केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल र शिक्षामन्त्री धनीराम पौडेललाई नाजायज ढंगले सम्बन्धन दिने प्रक्रियामा लागेको भनेर आरोपसमेत लगाएका छन् ।



काठमाडौं , मङ्सिर २३ गते । नयाँ शक्तिका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईमाथि पोखरा पृथ्वी नारायण क्याम्पसमा जुत्ता प्रहार गरिएको छ ।
राजनीतिशास्त्रमा स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत सञ्जिव भट्टराईले उनीमाथि जुत्ता प्रहार गरेका हुन् ।
क्याम्पसमै भएको कार्यक्रममा उनले बिहीबार बिहान भट्टराईमाथि जुत्ता प्रहार गरेका थिए ।
त्यसपछि उनी भट्टराईमाथि नाराबाजी गर्दै कालोझण्डा प्रदर्शन गरेका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तर हानिएको जुत्ताले भट्टराईलाई भने नलागेको प्रत्यक्षदर्शीले बताएका छन् ।
नियन्त्रणमा लिइएका भट्टराईमाथि अनुसन्धान भइरहेको कास्की प्रहरी प्रवक्ता डीएसपी गजुसिद्धी बज्राचार्यले जानकारी दिए । पक्राउ परेका भट्टराइले भने अाफूले जुत्ता प्रहार नगरेको तर कालो झण्डा देखाएको बताएका छन् ।




काठमाडौं, मङ्सिर २३ गते । अबको केही साता भित्र नेपालको भारतसँग रहेको इन्टरनेट परिर्निभरता हट्ने भएको छ । नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थलीय केबल मार्ग (टेरिस्टेरियल केबल रुट)बाट जोड्न नेपाललाई आईपी सर्भिस उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ। भारत हुँदै प्रयोग गरिएको रुट बाहेक अन्तर्राष्ट्रिय केनेक्टीभिटिको लागि यो अर्को महत्वपूर्ण विकल्प हो।



हाल नेपालमा भारतबाट भैरहवा, रक्सौल र वीरगञ्ज नाकामार्फत अप्टिकल फाइबरमार्फत् इन्टरनेट ल्याइएको छ । अहिले नेपालले भारतका बिएसएनएल, टाटा, एयरटेल, भारत पन्जाव र रिलायन्स कम्पनीबाट इन्टरनेट ल्याइरहेको छ । चीनसँगको इन्टरनेट कनेक्सनबाट भारतसँगको परनिर्भरता हट्नेछ ।

टेलिकमका प्रवक्ता प्रतिभा बैद्यले चीनसँग बुधबार भएको सम्झौताले नेपालमा इन्टरनेटको अर्को वैकल्पिक मार्गको ढोका खुलेको बताउनुभयो । ‘अब चीनबाट इन्टरनेट आएपछि इन्टरनेट सस्तो हुन्छ वा हुँदैन यसै भन्न सकिदैन । इन्टरनेटको मुल्य त बजारले निर्धारण गर्ने विषय हो’ उहाँले भन्नुभयो ।



प्रवक्ता बैद्यले ‘केही प्राविधिक तयारी पुरा हुने चरणमा छन्, सबै प्राविधिका प्रक्रिया सम्पन्न भएपछि चीनबाट इन्टरने ल्याउछौँ । अबको करिब २/३ साता भित्र चीनबाट इन्टरनेट आउछ’ भन्नुभयो । साथै उहाँले भारत र चीनबाट आउने दुबै इन्टरनेट सेवा समानान्तररुपमा सञ्चालन हुने जानकारी दिनुभयो ।

उक्त सम्झौता पत्रमा नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्य र चाइना टेलिकम ग्लोबल लिमिटेड (सीटीजी) का कार्यकारी उपाध्यक्ष ओउ यानले २०७३ मङ्सिर २१ गते हङकङमा आयोजित एक कार्यक्रमका बीच हस्ताक्षर गर्नुभएको टेलिकमले जनाएको छ ।



पोखरा, मङ्सिर २३ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले सरकार सङ्कटमा परेको बताउनुभएको छ ।

नेपाली काँग्रेस कास्कीद्वारा आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उहाँले संशोधन प्रस्तावको विषयले समस्या परेको बताउनुभयो ।

“संशोधनले कमसेकम एउटा पक्ष खुसी बन्नु पथ्र्यो”, उहाँले भन्नुभयो – “संशोधनबाट आन्दोलनरत पक्ष पनि सन्तुष्ट छैनन्, सत्तारुढ दलकै कार्यकर्ता पनि असन्तुष्ट छन् ।”

प्रदेश नं ५ मा देखिएको समस्यालाई सुधार हुनेसम्म सुधार गरी लैजानुपर्नेमा उहाँको जोड थियो ।

नेपाली काँग्रेसले समयसापेक्ष नेपाली जनताको भावनालाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने बताउँदै उहाँले पार्टीले गरेका राम्रा काम पनि प्रचार हुन नसकेको उल्लेख गर्नुभयो ।

पोखरा विमानस्थलको निर्माण प्रक्रिया केही प्राविधिक कारणबाट ढिलो भए पनि काम अघि बढ्ने उहाँले बताउनुभयो ।

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले काँग्रेस सरकारमा रहेको वर्तमान अवस्थामा जनतामुखी कार्यक्रमका साथ अघि बढ्नु आवश्यक भएको विचार व्यक्त गर्नु भयो ।
कार्यक्रममा सांसदद्वय यज्ञबहादुर थापा, शारदा पौडेललगायत पार्टीका नेता तथा कार्यकर्ता सहभागी हुनुहुन्थ्यो । रासस




विराटनगर , मङ्सिर २३ गते । मोरङको विराटनगर–५ स्थित भित्री सडकखण्डको अमाही इकराहीमा आज बिहान ५. ३० बजे ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।


को१त ६४९२ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा त्यसका चालक सुनसरी रामगञ्च बेलगछिया–८ बस्ने ३० वर्षीय उमेश उराउको मृत्यु भएको हो ।

उक्त ट्रैक्टर बिराटनगर - ५ निवासी लक्षमण गेलालको भएको बुझिएको छ ।


दुर्घटनामा परेर गम्भीर घाइते भएका उराउको कोसी अञ्चल अस्पताल विराटनगरमा उपचारका क्रममा बिहान ८ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक धनप्रसाद शिवाकोटीले जानकारी दिनुभयो ।

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget