Websoft University

www.radiomakalu.com || 021-522512


नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण सफल


काठमाडौं , मङ्सिर २३ गते । नेपालमै पहिलो पटक कलेजोको सफल प्रत्यारोपण भएको छ । लामो समयको तयारीपछि भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा एक बिरामीमा कलेजोको सफल प्रत्यारोपण भएको हो ।
स्वास्थ्य मन्त्री गगन थापाले पहिलो पटक कलेजोको सफल प्रत्यारोपण भएको पुष्टि गर्दै भने, ‘नेपालको स्वास्थ्य क्षेत्रमा यो एउटा ठूलो सफलता हो । यसले अब कलेजो प्रत्यारोपणका लागि विदेशिनु पर्ने अवस्थाको अन्त्य गरेको छ ।’ कलेजो प्रत्यारोपणका विषयमा भने अस्पतालले अझै विस्तृत जानकारी बाहिर ल्याएको छैन ।
अस्पतालले बिहिबार पत्रकार सम्मेलन गरी जानकारी बाहिर ल्याउन जनाएको छ ।
मानव अंग प्रत्यारोपण केन्द्रमा बुधबार करिब ८ घण्टा लामो शल्यक्रिया भएको हो । बलराम नागा नाम गरेका बिरामीलाई उनकी दिदीले कलेजो दिएकी थिइन् । केन्द्रका कर्मचारीका अनुसार दक्षिण कोरियाका १४ सहित नेपाली चिकित्सकको टोलीले बुधबार दिउँसो १२ बजेदेखि बेलुकी ८ बजेसम्म ८ घन्टा लगाएर प्रत्यारोपण गरिएको हो । शल्यक्रियामा कोरियाली चिकित्सक डेभिन कोनको नेतृत्व गरेका थिए । बिरामीको निशुल्क शल्यक्रिया गरिएको केन्द्रले जनाएको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget