Websoft University

www.radiomakalu.com || 021-522512


August 2016


राजविराज(सप्तरी), भदौ १५ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले स्थानीय निकायको निर्वाचन हुन नसक्ने बताउनुभएको छ ।

राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले पूर्व सरकारले मङ्सिरमा स्थानीय निकायको चुनाव घोषणा गरेको तर वर्तमान सरकारले चैतमा स्थानीय निकायको निर्वाचन हुन्छ भनेर अन्योलमा पारेको आरोप लगाउनुभयो ।

उहाँले आउँदो चैतमा समेत स्थानीय निकायको चुनाव नभए २०७४ को मङ्सिरमा तीन ÷तीनवटा चुनाव हुन गाहे हुने भन्दै राजनीतिक अन्योलतालाई अन्त्य गरी तत्काल स्थानीय निकाय चुनावको मिति तोक्न सरकारलाई आग्रह गर्नुभयो ।

नेता थापाले वर्तमान सरकारले भारत भ्रमण गर्नुभन्दा अगाडि संविधान संशोधन गरेर जाने आश्वासन दिनु नेपाली जनतालाई आँखामा छारो हाल्नु वाहेक केहि नभएको आरोप लगाउनुभयो ।

उहाँले संविधान संशोधनलगायत अन्य मुद्दा आन्तरिक मामिला भएकाले यसलाई सबै दल मिलेर टुग्याउनुपर्नेमा जोडदिदैं उहाँले भन्नुभयो, हिन्दू धर्म संरक्षण र सम्वद्र्धनका लागि नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने बताउनुभयो ।
रासस


रोल्पा, भदौ १५ गते । भारतमा एक हप्ता अगाडि आएको बाढीमा ६ नेपालीको मृत्यु भएको छ । भारतको सिमलामा आएको बाढीका कारण एकै घरपरिवारकाले ज्यान गुमाएका हुन् ।

ज्यान गुमाउनेमा रोल्पाको पश्चिम क्षेत्रमा पर्ने तालाबाङ–४ रिजाबाङका लक्षीराम पुनमगर, उहाँकी श्रीमती देउकली पुनमगर, ११ वर्षका छोरा परसु पुनमगर, ६ वर्षका छोरा सुरज पुनमगर, सात वर्षकी छोरी सुनिता पुनमगर र चार वर्षका छोरा कर्णबहादुर पुनमगर रहेको बताइएको छ ।

सो परिवार भारतको हिमाञ्चल प्रदेशको सिमला नजिकै १५ वर्ष पहिलेदेखि आलुखेती गर्दै आएको छिमेकी वीरबहादुर घर्तीले जानकारी दिनुभयो । यता जिल्ला प्रहरी कार्यालय रोल्पाले यसबारेमा आफूहरुलाई केही जानकारी नआएको बताएको छ ।

आर्थिक अभावका कारण धेरै रोल्पाली भारतको हिमाञ्चलमा जीविपार्जनका लागि जाने गर्दछन् । रासस



काठमाडौँ, भदौ १५ गतेे । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको अन्तर्वस्तुसँग जोडेर आएका असन्तुष्टि तथा आन्दोलनमा उठेका जायज मागलाई वार्ता र संवादबाट राजनीतिक सहमतिका आधारमा सम्बोधन गरिने बताउनुभएको छ ।
संविधान दिवस मूलसमारोह समितिद्वारा आज गृहमन्त्रालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो – “संविधान संशोधन मार्फत राष्ट्रलाई अझ एकताबद्ध गर्ने, संविधानको स्वीकार्यतालाई अझ व्यापक र फराकिलो पार्ने र निरन्तर गतिमा अगाडि बढ्ने प्रक्रिया चलिरहेको छ ।”


संविधान दिवस मूल समारोह समितिद्वारा बुधबार गृहमन्त्रालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख ओनसरी घर्तीलगायत । तस्बिर :रासस

ऐतिहासिक शान्ति प्रक्रियासँग जोडिएर संविधानसभाबाट संविधान घोषणा गर्ने जिम्मेवारी पूरा गरेको बताउँदै प्रधानमन्त्री दाहालले भन्नुभयो – “अरु देशको तुलनामा संविधानमा हाम्रो मौलिकता पक्कै पनि झल्किएको छ । त्यसलाई परिमार्जन गर्दै लैजाने सङ्कल्प गरेका छौं ।”

जनताको चाहना र आकाङ्क्षा अनुरुप संविधान संशोधन र परिमार्जन गरेर लैजान सकिन्छ भनेर किटान गरेअनुरुप एक वर्षको अवधिमा दुई पटक संशोधन गरेको घटनाले पुष्टि गरेको बताउँदै उहाँले भन्नुभयो – “नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनता बाहेक अन्य सबै विषय आवश्यकतानुसार परिवर्तन हुन सक्दछन् ।”


“संविधानसभाबाट संविधान घोषणा गर्ने प्रक्रियामा संसारको अनुभवबाट के देखाएको छ भने शतप्रतिशत सहमति र समझदारी हँुदैन, केही सम्झौता, केही समझदारी र केही असन्तुष्टि रहिरहँदो रहेछ” – प्रधानमन्त्री दाहालले भन्नुभयो ।

धेरै लामो सङ्घर्ष र नेपाली जनताको बलिदानपछि मात्रै संविधानसभाबाट संविधान घोषणा हुन सकेको हँुदा संविधान दिवस मनाउन पाउनु सबै नेपालीका लागि गर्वको विषय हो भन्दै उहाँले भन्नुभयो – “नेपाली जनताको सार्वभौमसत्तालाई व्यवहारिक रुपमा स्थापित गर्ने सन्दर्भमा यो घोषणा आफैंमा ऐतिहासिक घोषणा हो ।”

जनताको सहभागिता र बहसको दृष्टिकोणबाट संविधान दिवस परम्परा भन्दा अलि फरक ढङ्गबाट मनाउन आवश्यक रहेको बताउँदै प्रधानमन्त्री दाहालले नेपाली जनताको जीवनमा यो परिवर्तनले उज्यालो ल्याउँदैछ भन्ने सन्देश प्रवाह गर्न आवश्यक विचार व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो – “हामी सबै एक भएर राष्ट्रलाई अघि बढाउने जनचाहनाअनुसार नयाँ वातावरण बनाउने ढङ्गबाट संविधान दिवस मनाइने छ ।”

सो अवसरमा उहाँले संविधानसभाबाट नेपाली जनताको चाहना र भावना अनुरुप संविधान जारी गर्ने ऐतिहासिक कर्म पूरा गर्ने पहिलो र दोस्रो संविधानसभाका सदस्यको योगदानको कदर गर्न कुनै प्रमाणपत्र वा तक्माको व्यवस्था मिलाउने पनि प्रतिबद्धता जनाउनुभयो ।

सो अवसरमा ऊर्जामन्त्री जनार्दन शर्मा, प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहाललगायतले राजनीतिक परिवर्तनको आन्दोलनमा विशिष्ट योगदान पु¥याउने योद्धालाई सम्मान गर्न तथा सातवटै प्रदेशमा आयोजना हुने संविधान दिवस समारोहमा मन्त्रिपरिषद्का सदस्यको सहभागिताको सुनिश्चितताको व्यवस्था गर्न सुझाव दिनुभएको थियो ।

बैठकमा गृहमन्त्रालयका सचिव नारायणगोपाल मलेगोले संविधान दिवससम्बन्धी कार्यक्रमको रुपरेखा प्रस्तुत गर्नुभएको थियो । बैठकमा सभामुख ओनसरी घर्तीमगर, उपप्रधानमन्त्री, मन्त्रिगण, संवैधानिक निकायका प्रमुखलगायत सरकारका उच्च पदस्थ अधिकृतहरु सहभागी हुनुहुन्थ्यो । रासस



काठमाडौँ, भदौ १५ गते । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६० औँ वार्षिकोत्सवको समारोहमा सहभागी हुन नेपालको औपचारिक भ्रमणमा रहनुभएका जापानका विदेश राज्यमन्त्री नोबु किसाइले उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरासँग आज उहाँकै कार्यकक्षमा शिष्टाचार भेट गर्नुभयो ।

त्यस अवसरमा उहाँहरूबीच नेपाल–जापान सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको अर्थ मन्त्रालयका सहसचिव एवम् अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख वैकुण्ठ अर्यालले राससलाई बताउनुभयो । रासस



कञ्चनपुर, भदौ १५ गते । भौतिक पूर्वाधार तथा यातयातमन्त्री रमेश लेखकले संविधान कार्यान्वयनका लागि स्थानीय निकायको चुनाव आवश्यक रहेको बताउनुभएको छ ।

कञ्चनपुरको बेदकोट नगरपालिकामा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले स्थानीय निकाय निर्वाचन सम्बन्धी कार्य सरकारले चाडैं अगाडि बढाउने तयारी गरेकाले यसका लागि तयार रहन कार्यकर्तालाई आह्वान गर्नुभयो ।

मन्त्री लेखकले स्थानीय निकायको चुनाव लामो समयदेखि नहुँदा विकास निर्माणको कार्यसमेत प्रभावित भइरहेकाले सक्दो चाडो चुनाव गराउनु अनिवार्य छ भन्दै अगामी चैतभित्रमा स्थानीय निकायको निर्वाचन गराउने तयारी सरकारले गरेको बताउनुभयो ।

सरकार गठनका लागि भएको कार्यगत एकता चैतसम्ममात्रै नभएर तीनवटै निकायका निर्वाचन गराउनसम्म भएकोमा जोडदिदैं उहाँले बाढीपीडित, सुकुम्वासी र आरक्ष विस्थापित परिवारलाई पुनःस्थापन गराउनका लागि सरकाले पहल गर्ने बिचार व्यक्त गर्नुभयो ।

मन्त्री लेखकले बेदकोट नगरपालिकाको दैजी हुँदै पर्यटकीय क्षेत्र लिपनासम्मको सडक चालु आवभित्रै कालोपत्रे गर्नका लागि कार्य अगाडि बढाउने बताउँदै दैजी बेलडाँडी सडक कालोपत्रेका लागि कार्य भइरहेको जानकारी दिनुभयो ।

महाकाली नदीमाथि नेपाली भू–भागमै चार लेनको पक्की पुल निर्माणका लागि कार्यअगाडि बढिसकेको पनि उहाँले उल्लेख गर्नुभयो । रासस




काठमाडौँ, भदौ १५ गते । व्यवस्थापिका–संसद्को विकास समितिले स्थानीय तहको संरचनालाई वैज्ञानिक र स्पष्ट मापदण्डका आधारमा छिटो निक्र्यौल गरी कार्यान्वयनमा लैजान आग्रह गरेको छ ।

आज सिंहदरबारमा बसेको समितिको बैठकले संविधान कार्यान्वयनको लागि आवश्यक पर्ने स्थानीय तहको संरचनालाई छिटो निक्र्यौल गरी कार्यान्वयनमा लैजान सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको हो ।

साथै, स्थानीय तहको निर्वाचनको लागि आवश्यक पर्ने कानुनको तत्काल मस्यौदा गरी संसदमा पेश गर्न समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देश गरेको छ ।

बैठकले स्थानीय विकासका सन्दर्भमा समितिले हालसम्म दिएका निर्देशनको कार्यान्वयन अवस्था सन्तोषजनक रहेको भन्दै स्थानीय निकायका कामलाई अझ बढी प्रभावकारी ढङ्गबाट कार्यान्वयन गराउनेतर्फ मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

त्यसैगरी बैठकले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमसम्बन्धी नियमावली नहँुदा विकास कार्यक्रमको सञ्चालनमा ढिलाइ भएकाले छिटोभन्दा छिटो नियमावली तयार गर्न पनि मन्त्रालयलाई आग्रह गरेको छ ।

समितिका सभापति रवीन्द्र अधिकारीको सभापतित्वमा बसेको बैठकले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएकोमा हितराज पाण्डेलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको समितिद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । रासस

IPO

काठमाडौं,भदौ १५ गते । पछिल्लो समय सर्वसाधारणका लागि निष्काशन गरिएको सेयरमा अत्यधिक आकर्षण बढेको छ । त्यसको बलियो उदाहारण हो-अहिले खुलिरहेको सूउर्योदय लघुवित्तको साधारण सेयर ।

सूर्योदय लघुवित्तले सय रुपैयाँ अंकित दरका १ करोड २० लाख रुपैयाँ बराबरका १ लाख २० हजार कित्ता साधारण सेयर भदौ १२ गतेदेखि निष्काशन गरेको थियो । उक्त सेयरमामा भदौ १३ गतेसम्ममा १ अर्ब ८५ करोड ७५ लाख रुपैयाँ बराबरको माग गर्दै ५८ हजारले आवेदन दिएका छन् ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोब आइएमइ क्यापिटलका अनुसार सेयर खुलेको पहिलो दिन ३७ करोड २१ लाख, दोस्रो दिन ५७ करोड ८८ लाख र तेस्रो दिन ९० करोड ६५ लाख रुपैयाँ बराबरको माग आवेदन परेको छ ।

मागको तुलनामा अत्यधिक आवेदन परेकाले आज नै कम्पनीको सेयर बन्द हुने निश्चित छ । किनभने कम्पनीले छिटोमा भदौ १५ र ढिलोमा २६ गते बन्द हुने बिक्री प्रवन्धकले जनाएको छ ।-अनलाइनखबरबाट



बनेपा, भदौ १५ गते । स्वास्थ्यमन्त्री गगन थापाले वर्तमान सकारको पहिलो राष्ट्रिय प्राथमिकता निर्वाचन नै भएको बताउनुभएको छ ।

अरनिको यातायात समितिको ४५ औँं साधरणसभामा उहाँले संविधान निर्माणमा सबै राजनीतिक दल एकत्रित भएझै जस्तै संविधान कार्यान्वयनका लागि पनि त्यस्तै भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री थापाले भन्नुभयो –“स्थानीय निर्वाचन, प्रादेशिक निर्वाचन र संसद्को निर्वाचन निर्धारित समयमा नभए हामी सबै पराजित हुन्छौ । ”

उहाँले मधेसमा काँग्रेस, एमाले र माओवादीका नेता नै निर्वाचित भएर आएकाले मधेसको विषयमा भ्रम नछर्न मधेसी नेतालाई आग्रह गर्दै स्वास्थ्यको क्षेत्रमा नागरिकले परिवर्तनको अनुभूति हुने गरी काम गर्ने आश्वासन दिनुभयो ।

कार्यक्रममा सांसदद्धय विदुर सापकोटा, कञ्चनचन्द्र वादेलगायतले यातायात क्षेत्रको समस्या समाधानका विषयमा आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

साधरणसभाले अध्यक्ष र सचिवमा क्रमशः श्याम लामा र राजकुमार बस्नतेलाई निर्विरोध निर्वाचित गरेको छ भने अन्य पदमा पछि निर्वाचन हुने बताइएको छ ।
यसैबीच मन्त्री थापाले बनेपास्थित शिर मेमोरियल अस्पताल र मासुनागा आँखा अस्पताल निरीक्षण गर्नुभएको थियो ।रासस


एकदिवसीय र टेस्ट क्रिकेटको कप्तानी पद गुमाउन पुगेका भारतीय क्रिकेटका ‘मिस्टर कुल’ महेन्द्रसिंह धोनीले बिस्तारै विज्ञापन पनि गुमाउन थालेका छन्।

उनीसँग ११ वर्ष सहयात्रा गर्ने पेप्सी अब धोनीसँग नदेखिने भएको छ। पेप्सीले धोनीसँगको सम्झौता हालै आएर तोडेको छ। केही समयदेखि राम्रो प्रदर्शनबाट चुकिरहेका धोनीको स्थानमा पेप्सीले आफ्नो नयाँ मोडलको रूपमा विराट कोहलीलाई अनुबन्धित गरेको छ।

धोनी भारतीय खेलकुदमा सबैभन्दा बढी पैसा कमाउने खेलाडी हुन्। फोर्बस पत्रिकाले सन् २०१६ मा धोनीको कमाइँ विज्ञापनबाट मात्र १ सय ८० करोड भारतीय रुपियाँ भएको बताएको छ। उनले तलब र अन्य कमाइँबाट थप २७ करोड आम्दानी गर्ने गरेका छन्।

धोनीसँग यसअघि १८ विज्ञापन कम्पनी थियो। तर, बिस्तारै विज्ञापन कम्पनीहरू उनीभन्दा नवनियुक्त कप्तान कोहलीतर्फ आकर्षित हुन थालेका छन्।

कोहली अहिले भारतमा भएका कुनै पनि ब्रान्डका लागि आकर्षक मोडल हुन्। विज्ञापन दाताहरूका अनुसार धोनीले विज्ञापन खेलेको एकदिनको १ करोड ५० हजार रुपियाँ लिन्छन्। जबकी कोहलीले २ करोड लिने गरेका छन्।-एजेन्सी



काठमाडौँ भदौ १५ गते । मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा सहभागी हुन जापान जाने क्रममा टोकियो विमानस्थलबाटै जुलाई १५ तारिखमा नेपाली खेलाडी बेपत्ता भएकाबारे पत्ता लगाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले छानबिन समिति गठन गरेको छ ।



उक्त खेलाडी बेपत्ता प्रकरणबाट अन्तर्राष्ट्रिय जगत्मा नेपालको प्रतिष्ठामा मानमर्दन भएको, खेलाडीको मनोबल गिरेको र आमजनमासमा खेलकुदप्रति नकारात्मक सन्देश प्रवाह हुनुका साथै पूर्व राष्ट्रिय खेलाडी, नेपाल क्रिकेट खेलाडी सङ्घलगायतले छानबिनको माग गरेका थिए ।

राखेपले आफ्ना सदस्य शैलेश कर्माचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए ।

समितिका सदस्यमा राखेपअन्तर्गत सङ्घ संस्था समन्वय शाखाका प्रमुख डेमबहादुर बस्नेत र कानुन शाखाका प्रमुख नारायण अर्याल रहेका छन् । समितिलाई सात बुँदामा केन्द्रित रहेर सत्यतथ्य पत्ता लगाई १५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।

समितिलाई सो कार्यमा कस्को संलग्नता रहेको छ, प्रतियोगतामा सहभागी हुन कुन निकायले खर्च व्यहोरेका हो, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को आधिकारिक प्रतियोगिता हो कि होइन, क्रिकेट पदाधिकारी र कर्मचारीको संलग्नता छ कि छैन, राखेपको पूर्व स्वीकृति नलिई किन प्रतियोगितामा भाग लिएको भन्ने विषयमा छानबिन गर्न भनिएको छ ।

त्यस्तै आइसिसीको निर्देशनअनुसार राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक जगत टमाटामार्फत खेलाडीलाई स्पष्टीकरण पनि सोध्न भनिएको प्रेस सल्लाहकार दाहालले बताए ।

ratopati

PM-Prachand-and-Japanese-St

काठमाडौं,भदौ १५ गते । काठमाडौं-नौबिसे सुरुङ मार्ग निर्माणमा सहयोग गर्न नेपाल सरकारले राखेको प्रस्तावमा जापानका एक मन्त्रीले सकारात्मक जवाफ दिएका छन् ।

काठमाडौं भित्रिने यातायातलाई सहज बनाउन भन्दै सरकारले काठमाडौंको सितापाइलादेखि धादिङको नौबिसे जोड्ने अन्तराष्ट्रियस्तरको सुरुङमार्ग निर्माण प्रक्रिया अघि बढाउन १ अर्ब ६६ करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको थियो । तर, काम भने अघि बढ्न सकेको छैन ।

बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापानका परराष्ट्र राज्यमन्त्री नोबु किसीसँगको भेटमा उक्त सुरुङ मार्ग निर्माणमा सहयोग गर्न आग्रह गरेका थिए । र, त्यसमा राज्यमन्त्री किसीले १८ अर्ब नेपाली रुपैयाँ बराबरको सहयोग दिलाउन प्रक्रिया अघि बढाउने जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।



२ दशमलव ६ किलोमिटर लम्बाइ रहने उक्त सुरुङमार्ग निर्माणमा २० अर्ब रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ । जापान सरकारको ऋण सहयोगमा जापानी सहयोग नियोग (जाइका)ले सुरुङमार्ग निर्माणमा इच्छा व्यक्त गरेको छ ।

एक अर्ब ८३ करोड २० लाख रूपैयाँ अनुदान सहयोग सम्झौता

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सवको अवसर पारेर दुई भिन्न परियोजना कार्यान्वयन गर्न नेपाललाई जापानले एक अर्ब ८३ करोड २० लाख अनुदान सहयोग पनि उपलब्ध गराउने भएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा र नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेका जापानका राज्यमन्त्री किसीको उपस्थितिमा अनुदान सहयोगसम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित आठवटा विमानस्थलमा हवाई सुरक्षा सुधार परियोजना कार्यान्वयन गर्न जापानले एक अर्ब ५१ करोड ८० लाख उपलब्ध गराउने छ । त्यसैगरी विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन गर्न जापानले ३१ करोड ३० लाख अनुदानस्वरुप प्रदान गर्नेछ ।

द्विपक्षीय दौंत्य सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सव समारोहमा भाग लिन किसी नेपाल आएका हुन् ।

जापानका परराष्ट्र राज्यमन्त्री किसीसँग सिंहदरवारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल राजनीतिक परिवर्तनपछि आर्थिक परिवर्तनको दिशामा अघि बढेकाले जापानको निरन्तर सहयोग र सदभाव रहने विश्वास व्यक्त गरेका थिए ।

राज्यमन्त्री किसिले संविधान कार्यान्वयन, शान्ति प्रक्रिया, पुर्निर्माण र सम्वृद्धिका लागि प्रधानमन्त्री प्रचण्डले अघि बढाएको कार्ययोजनाको प्रशंसा गर्दै नेपालको हितप्रति जापानको साथ र सहयोग रहने बताएका थिए ।-अनलाइनखबरबाट


1172651-AbuDhabifire-1472559576

दुबई – संयुक्त अरब इमिरेट्सको राजधानी आबुधावीमा एक २८ तले विशाल भवनमा मङ्गलबार आगलागी हुँदा त्यहाँ कार्यरत सयौँ कामदार भागेर ज्यान बचाउन सफल भएका स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

आगलागीका कारण कसैको मृत्यु भएको खबर भने प्राप्त भएको छैन ।

गगनचुम्बी भवनमा आगलागी भएपछि सयौँ कामदार भागेर ज्यान बचाउन सफल भएका थिए भने दमकल तथा हेलिकोप्टर भवनभित्र बाँकी रहेका कामदारलाई उद्धार गर्ने कार्यमा तत्कालै जुटेका युएइबाट प्रकाशन हुने दैनिक पत्रिका द नेशनलले बताएको छ ।

स्थानीय समयानुसार करिब १०ः३० बजेको समयमा आगलागी सुरु हुँदा भवनको सबै भागमा मजदुरका समूहहरु आफ्नो काममा व्यस्त रहेका त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

भवनको अधिकांश काम सकिएको अवस्थामा यहाँ कार्यरत मजदुरले भवनको अन्तिम चरणको काम गर्दै थिए ।-

रासस/सिन्ह्वा


कोरियाका शिक्षा मन्त्री किम याङ जिनलाई फाँसी दिइएको छ। दक्षिण कोरियाको एकीकरण मन्त्रालयका प्रवक्ता जेङ जोन हीले बुधबार पत्रकार सम्मेलनमा उत्तरले शिक्षा मन्त्रीलाई फाँसी दिएको बताए।

शिक्षा मन्त्री ही उत्तर कोरियाका राष्ट्रपति किम जोङ उन समेत संसदको बैठकमा निदाएको अवस्थामा भेटिएपछि उनीमाथि भ्रष्टाचारको मुद्धामा अनुसन्धान थालिएको थियो। यो घटनाको शिलशिला गत महिना सुरु भएको थियो।

उत्तर कोरियाले भने यस विषयमा कुनै समाचार सार्वजनिक गरेको छैन।-
एजेन्सी



काठमाडौँ भदौ १५ गते । सन्तुलित खानेकुराको अभाव, शारीरिक कसरतको कमी, एकैपटक धेरै हिँडडुल गर्ने प्रवृत्ति, मोटोपना, शरीरमा आवश्यक क्याल्सियमको कमीका कारण मानिसमा जोर्नी खिइने समस्या बढेको पाइएको छ ।

सिभिल अस्पतालका सिनियर कन्सल्ट्यान्ट सर्जन तथा अर्थोपेडिक विभाग प्रमुख प्रा डा दीर्घराज आरसी भन्नुहुन्छ – “जोर्नीमा चोटपटक लागेर, सङ्क्रमण भएर पनि विस्तारै जोर्नी खिइँदै जान्छ भने जन्मजात जोर्नी बिग्रिएर पनि जोर्नी खिइने हुन्छ ।”

उहाँका अनुसार यसलाई ‘प्राइमरी कम्प्लेक्समेन्ट’ भनिन्छ । शरीरको कुनै भित्री कारण सुजन भएर पनि जोर्नी खिइने हुन्छ । यस प्रकारको खियाइलाई ‘इन्फ्लामेन्ट्री आर्थराइटिस’ भनिन्छ ।

वीर अस्पतालका अर्थोपेडिक तथा ट्रमा सर्जरी विभागका प्रमुख प्रा डा श्रीकृष्ण गिरी बाथका कारण, स्टोराइड औषधिको सेवनका कारण पनि जोर्नी खिइने बताउनुहुन्छ । कहिलेकाहीँ जोर्नीमा हुने विभिन्न सङ्क्रमण (टिबी, घाउ) आदिका कारण पनि जोर्नी खिइने उहाँको भनाइ छ ।

डा गिरीले भन्नुभयो – ‘‘उमेर बढ्दै गएपछि विस्तारै जोर्नी कमजोर हँुदै जाने भए पनि जोर्नी खिइने कुनै उमेर हुँदैन । अहिले कम व्यायाम, असन्तुलित खानपानका कारण क्याल्सियमको कमी जस्ता दैनिक आचरणका कारणले पनि जोर्नी खिइने समस्या बढेको छ ।’’

जोर्नी खिइने समस्या पुरुषको तुलनामा महिलामा बढी देखिने गरेको उहाँको अनुभव छ । उहाँ भन्नुहुन्छ – “अधिकांश महिलामा ३०÷४० वर्षपछि नै जोर्नीको समस्या देखापर्ने गरेको पाइन्छ । हर्मोनको कारणले पनि महिलामा बढी समस्या देखिन्छ ।”

डा विप्लव सापकोटा घरको काम गर्दा महिलामा शरीरको जोर्नी बढी चल्ने, काम गर्दा बढी दबाब पर्न जाने भएकाले पुरुषको तुलनामा महिलामा बढी समस्या देखिने भए पनि पुरुषहरु पनि उत्तिकै पीडित हुने गरेको बताउनुहुन्छ ।

डा. सापकोटाका अनुसार जोर्नी खिइएको छ भने शरीरको विभिन्न स्थानमा दुखाइ हुन्छ । पीडित व्यक्ति पलेँटी मारेर बस्न सक्दैनन् । भूइँमा थ्याच्च बस्न पनि नसक्ने, दिसा गर्न बस्दा दुखेको महसुस हुने, घुँडाको जोर्नी खिइएको व्यक्तिलाई उकालो–ओरालो गर्दा निकै गाह्रो हुन्छ ।

जोर्नी खिइने चार चरण हुन्छन् । खियाइ कुन चरणमा पुगेको छ त्यो हाडजोर्नी विशेषज्ञलाई देखाएपछि मात्र थाहा हुन्छ ।

चिकित्सकले पहिलो र दोस्रोचरणको खिइएका बिरामीलाई औषधि दिने, नियमित व्यायाम गराउने र शरीरको तौललाई नियन्त्रण गर्न सल्लाह दिने गरेका छन् ।

दुई चरणको अवस्थामा यस्तै केही औषधि सेवन गर्ने, फलफूल, भिटामिन ‘डी’ र प्रोटिनयुक्त खानेकुरा बढी खानुपर्ने चिकित्सक बताउँछन् । आफ्नो तौल नियन्त्रणमा राख्ने, व्यायाम गर्ने, क्याल्सियमयुक्त खानेकुरा बढी खाने गर्नाले जोर्नी खिइने सम्भावनालाई कम गर्छ ।

तेस्रो र चौथो चरण जोर्नी खियाइको क्रम तेस्रो या चौथो चरणमा पुगेको छ भने उपचारको प्रक्रियामा फरक ढङ्गले अगाडि बढ्नुपर्ने डा आरसीको भनाइ छ ।

यो चरणमा पुग्दा जोर्नी खिइएर काम नगर्ने अवस्थामा पुगिसकेको छ भने जोर्नी नै फेर्नुपर्ने उहाँ बताउनुहुन्छ । अहिले जोर्नी खिइएर काम नगर्ने अवस्थामा जोर्नी फेर्ने सेवा नेपालमा उपलब्ध छ । जोर्नी फेर्न नेपालमा सरकारी अस्पतालमा रु ६० हजारदेखि करिब रु तीन लाखसम्म पर्ने डा गिरी बताउनुहुन्छ । हाल यो सेवा सिभिल र वीर अस्पतालको ट्रमा सेन्टरमा उपलब्ध छ ।-कल्पना पौडेल/रासस




चितवन भदौ १५ गते । चितवनमा गएको एक सातामा स्क्रब टाइफसका १७ जना नयाँ बिरामी भेटिएका छन् । ७० जना बिरामीको रगत परीक्षणमा १७ जना नयाँ रोगी भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

यसअघि भदौ पहिलो सातासम्ममा वैशाखयता १४५ जनामा सङ्क्रमण भएको पाइएको थियो । अहिले १७ जना थपिएसँगै बिरामीको सङ्ख्या १६२ पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मधुसूदन कोइरालाले भदौको यस साताबाट सङ्क्रमण घटेको सङ्केत मिलेको जानकारी दिए ।

चितवनमा वैशाखदेखि अहिलेसम्म स्क्रब टाइफसबाट करिब ४०० जनामा गरिएको परीक्षणमा १६२ जनामा सङ्क्रमण भएको पाइएको कोइरालाले बताए । जिल्लामा दुईजनाको ज्यान गएको छ ।

चितवनमा तीनवटा असपतालमा यसको परीक्षण सुरु भएको छ । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र नारायणी सामुदायिक अस्पतालमा परीक्षण थालिएको जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिए ।

अहिलेसम्म भरतपुर अस्पतालमा ३७ जनाको परीक्षणमा तीन, नारायणी सामुदायिक अस्पतालमा २७ जनाको परीक्षणमा सात र चितवन मेडिकल कलेजमा ३२७ जनाको परीक्षणमा १५२ जनाका सङ्क्रमण भएको पाइएको उनले जानकारी दिए । नेपालमा वैशाखयता अहिलेसम्म यो रोगका कारण पाँचजनाको ज्यान गइसकेको छ । नेपालमै सबैभन्दा बढी चितवनमा यो रोग फैलिएकाले इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा काठमाडौँको टोली आएर अध्ययन गरेको छ ।

मुसामा हुने एक प्रकारको किर्ना ‘माइट’ले टोकेमा यो रोग सर्ने चिकित्सकले बताएका छन् । गत वर्षदेखि नेपालमा आधिकारिक पुष्टि भएको नयाँ रोग स्क्रब टाइफस उपचार सजिलो छ । तर रोगको पहिचानमा ढिलाइ भयो भने मात्रै मानिसको ज्यान जोखिममा हुने भएकाले सचेत हुन चिकित्सकले आग्रह गरेका छन् ।

यो एक प्रकारको ब्याक्टेरिया ९रिकेटसिया० ले लगाउने रोग हो । झाडी वरिपरि, कृषि काम गर्ने, जताततै बस्ने र चौरझारमा बस्नेमा सर्ने सम्भावना बढी भएकाले सो क्षेत्रमा जाँदा होसियारी अपनाउनु अत्यावश्यक हुन्छ ।

ratopati

Deva-Prakash-Tripathi-2

देवप्रकाश त्रिपाठी
सांसारिक झमेलामा उल्झिएको मानिस परमात्मासँग साक्षात्कार हुन असम्भव छ, दुई छाक खानका लागि मात्र चिन्तित मानिसमा अरूको भोक बुझ्ने या अर्काको निम्ति केही गर्ने सामथ्र्य हुँदैन । खाल्डो खन्ने मानिसले गहिराइ बुझ्न सक्ला, तर उचाइको अर्थ बुझ्न कठिन हुन्छ । जसलाई जे गन्तव्य प्राप्त गर्नुपर्ने हो सोहीअनुरूपको कर्म र साधनामा आफूलाई समर्पण गराउन सक्दा मात्रै साध्य प्राप्ति सम्भव हुनसक्छ । राजनीतिको मूल उद्देश्य जनसेवा हो र जनसेवालाई नै राष्ट्रसेवाका रूपमा बुझ्ने गरिन्छ । मनोविज्ञानको सामान्य नियमअनुसार मानिसमा सङ्ग्रह गर्ने प्रवृत्ति जन्मजात गुणका रूपमा रहन्छ र अरूको स्वार्थप्रति आफूलाई संवेदनशील तुल्याउन व्यक्तिले अनेक साधना गर्नुपर्ने हुन्छ । राजनीतिलाई अरूहरूको अर्थात् समाजको स्वार्थका निम्ति गरिने कर्म पनि भन्न सकिन्छ र राजनीतिमा संलग्न मानिसले सधैँ समाज र राष्ट्रको स्वार्थलाई उच्चतम् प्राथमिकतामा राख्न सक्नुपर्छ ।

सामान्य मानिसबाट समाज र देशको हितमा काम हुन मुस्किल पर्ने ठहर भएर नै हुनसक्छ प्लेटोले राज्यसत्ताको उच्चतम् तहमा रहेर काम गर्ने व्यक्ति अर्थात् शासक दार्शनिक गुणको र परिवारविहीन हुनुपर्छ भन्ने निष्कर्ष निकाले । उनले ‘आदर्श राज्य’को परिकल्पना गर्दा शासक दार्शनिक गुण भएका, तर परिवार नभएका या पारिवारिक झमेलामा नपरेका व्यक्ति हुनुपर्ने र प्रशासक तथा सुरक्षाकर्मीहरूको परिवारको जिम्माचाहिँ राज्यले लिनुपर्ने अवधारणा बनाएका हुन् । तर, प्लेटोको सोचअनुरूप ‘आदर्श राज्य’ संसारमा कहीँ कतै स्थापना हुन सकेन, उनको अवधारणा केवल एउटा आदर्शकै रूपमा मात्र पुस्तकहरूमा सीमित हुन पुगेको छ । विश्वका सबैजसो मुलुकमा भएका राजनीतिक अभ्यासले उच्चतम् गुण, चेतना र चरित्रका व्यक्तिको राजनीतिमा केन्द्रीय भूमिका भएको पुष्टि गर्दैन । उच्चस्तरीय गुण–चेतनासम्पन्न व्यक्ति पद प्राप्तिकै लागि भनेर जालझेल, कपट, तिकडम र धोखाधडीजस्ता तुच्छस्तरीय कार्यमा सामेल हुन सक्दैनन् । उच्चपदीय हैसियत प्राप्त गर्ने क्रममा व्यक्तिले जुन स्तरका कथकण्डा अपनाउनुपर्ने हुन्छ त्यसले व्यक्तिमा भएका केही सद्गुणहरू पनि विसर्जन गरिसक्नुपर्ने अवस्थामा पु¥याउँछ ।

प्लेटोले परिकल्पना गरेजस्तो राजनीतिकर्मी संसारका कुनै मुलुकले प्राप्त गर्न सकेनन् भने नेपालले मात्र त्यस्ता सद्गुणी नेता प्राप्त गर्ने या त्यस्ता नेताको कदर गर्ने सम्भावना कसरी होस् † तुलनात्मक रूपमा कम स्वार्थी, कम आत्मकेन्द्रित, दूरदर्शी र देशभक्त नेतृत्वको अपेक्षा हरेक देशले गरेको हुन्छ र नेपालीको अपेक्षा पनि योभन्दा बढी होइन । तर, हामीले तुलनात्मक रूपमै पनि अपेक्षा गरिएअनुरूपको योग्य व्यक्ति प्राप्त गर्न सकिरहेका छैनौँ । आफ्नो स्वार्थलाई राष्ट्रको स्वार्थ ठान्ने, आफ्नो दुःखलाई राष्ट्रको दुःख ठान्ने, आफ्नो आवश्यकतालाई देशको आवश्यकता ठान्ने र आफ्नो सम्मान या अपमानलाई राष्ट्रको सम्मान या अपमान ठान्ने आत्मकेन्द्रित नेताबाट नै हामी नेपालीले काम चलाउनुपरेको छ । नेपालका जिम्मेवार मानिएका नेताहरूमा आत्मकेन्द्रित मानसिकता कुन हदसम्म बलियो देखिन्छ दृष्टान्तहरूबाट बुझ्न सकिन्छ ।

हाल प्रधानमन्त्री पदमा रहेका प्रचण्डका अनुसार गत वर्ष संविधान निर्माण गरी जारी गर्ने क्रममा परामर्शका लागि नेपाल आएका भारतीय विदेशसचिव जयशङ्करले बन्द कोठाभित्र छलफलका क्रममा प्रचण्डलाई बिझाउने–दुखाउने व्यवहार गरे । ‘तपाईंहरूलाई यो हैसियतसम्म पु¥याउन हामी (भारत)ले निर्वाह गरेको भूमिका स्मरण गर्न’ उनले प्रचण्डलाई सुझाव दिएछन् । प्रचण्डको कमलो मन जयशङ्करका कुराले अत्यन्तै दुखाएछ, उनले आफूलाई अपमान गरेको ठानेछन् र जयशङ्करको सुझावलाई राष्ट्रियतामाथि गम्भीर हस्तक्षेपको रूपमा बुझेछन् । त्यसपछि जयशङ्करबाट छुट्टिएर बाहिर प्रकट हुनेबित्तिकै प्रचण्डले नेपालको सम्प्रभुत्तामाथि भारतको हस्तक्षेप भएको निष्कर्ष सुनाउँदै उनले आमनेपाली जनतालाई राष्ट्रियताको रक्षाका निम्ति एकजुट भएर प्रतिवाद गर्न आह्वान गरे । इन्धन उपलब्ध नभए साइकल चढेर राष्ट्रियता जोगाउनुपर्ने विचार पनि प्रचण्डले त्यसबेला सार्वजनिक गरेका हुन् । भारतसँग आफू नझुक्ने भन्दै उनले जनतालाई पनि भारतसँग झुक्नुभन्दा भोकै बस्नु उचित हुने सुझाव दिएका थिए । जयशङ्करले ‘नराम्रोसँग’ चित्त दुखाइदिएका कारण प्रचण्ड गत वर्ष रातारात राष्ट्रवादी बन्न बाध्य हुनुपरेको थियो । यदि जयशङ्करले बन्द कोठाभित्र प्रचण्डलाई ‘प्रसन्न तुल्याइदिएको’ भए हाम्रो राष्ट्रियता सङ्कटमा परेको नहुने रहेछ । आफूलाई अपमान गरेको अनुभूति भएपछि प्रचण्डले सिङ्गै नेपाल र नेपाली जनतालाई अपमान गरेको ठाने । नेपाल र नेपाली जतिसुकै सम्मानित या अपमानित र उपेक्षित भए पनि नेताहरू आफू सम्मानित या अपमानित हुनुलायृ मात्र देशकै सम्मान या अपमानका रूपमा बुझ्छन् भन्ने एउटा दृष्टान्त हो यो ।

०५८ साल साउन महिनाको पहिलो सातामा तात्कालिक प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई सचेत गराउने या अर्को कुनै उद्देश्यले तात्कालिक राजा ज्ञानेन्द्रबाट ‘तपाईंलाई जनताले भ्रष्टाचारी भन्दारहेछन्’ भन्ने वाक्यांश प्रयोग भएछ । राजाको यस्तो वाणी गिरिजाप्रसादका लागि यति अपमानजनक हुन पुग्यो कि उनले प्रधानमन्त्री पदबाट तत्काल राजीनामा मात्र दिएनन्, राजतन्त्र विस्थापित गरी राजासँग बदला लिइछाड्ने अठोट पनि कोइरालाबाट भयो । आफ्नो निजी चित्त दुखाउनुलाई उनले आमजनताको चित्त दुखाएको ठाने र यसले कोइरालालाई गणतन्त्र घोषणा गर्ने अवस्थासम्म पु¥यायो । कम्युनिस्ट र रामराजाप्रसाद सिंहहरूले गणतन्त्रको नारा लगाउँदा घनघोर आपत्ति–विमति जनाउने गिरिजाप्रसादले प्रजातन्त्रको स्थायी सुरक्षाका लागि गणतन्त्र स्वीकार गरेको नभई उनको आफ्नो चित्त दुखेकोले राजासँग बदला लिनका लागि मात्र गणतन्त्र घोषणासम्म पुगेका थिए भन्ने तथ्यहरूले पुष्टि गर्दछ ।

देशको दोस्रो ठूलो राजनीतिक दल नेकपा एमालेका सर्वाधिक बलशाली नेता माधवकुमार नेपाल राजाबाट कुनै विषयमा छलफलका निम्ति आमन्त्रित भएर जाँदा उनी सवार कारलाई नारायणहिटी राजदरबारको भित्री भागसम्म प्रवेश गर्न नदिएपछि उनलाई पनि गणतन्त्र नै ल्याइदिनेस्तरको झोंक चलेछ । माधवकुमार नेपाल स्वाभिमानी नेता भएकोमा शङ्का गरिरहनु नपर्ला, सम्मान र प्रशंसालाई गिरिजाप्रसादले झैँ एकलौटी आफ्नो मात्र हक नठाने पनि उनी सम्मान र प्रशंसापे्रमी नेता अवश्य हुन् । कतिपय नेताका गाडी राजदरबारको भित्री भागसम्म जान दिइएको, तर आफूलाई पश्चिम ढोकाबाट भित्र प्रवेश गर्नेबित्तिकै सुरक्षाकर्मीले गाडीबाट ओर्लिएर पैदलै भित्र जान भनेपछि माधव नेपालको स्वाभिमानमा ठेस लाग्यो, त्यसैले उनी दरबारभित्र प्रवेश गरेनन् बरु गाडी घुमाएर आफ्नै निवासतर्फ मोडिए । फर्कंदा उनले राजास“ग बदला लिने र गणतन्त्र स्थापना गर्नेबारेमा सोचेका हुनसक्छन् ।


कुनै विदेशीले मानसम्मानसहित प्रसन्न तुल्याइँदा राष्ट्रिय स्वाभिमानको ख्यालै नगरी ‘सर्वस्व’ सुम्पन्न तयार हुनु या व्यक्तिगत रूपमा अपमानित होइँदा सिङ्गै मुलुक र मुलुकवासीहरूले सास्ती भोग्नुपर्ने गरी देशलाई सङ्कटको भुमरीमा झोस्नु सर्वथा गलत हो र कुनै नेतालाई यसो गर्ने अधिकार पनि हुँदैन । व्यक्तिगत रूपमा उत्पन्न ‘इगो’का आधारमा राष्ट्रिय धारणा बनाउँदा त्यसले नेताविशेषको तुष्टि मेटे पनि देशले अनिष्ट व्यहोर्नुपर्ने अवस्था पैदा हुनसक्छ ।

कतिपयले प्रधानमन्त्री पद प्राप्तिका लागि निवेदन दिँदा राजाले आफूलाई उक्त पदमा नियुक्त नगरेकाले माधव नेपाल गणतन्त्रका पक्षमा उभिन पुगेका पनि भनेका छन् । यो अनुमानकै विषय मात्र हुनसक्ला, तर त्यसरी राजदरबारको व्यवहारबाट दुःखी भएका माधवकुमार नेपाललाई तात्कालिक राजा ज्ञानेन्द्रले थप मन दुखाइदिएपछि उनी गणतन्त्र स्थापना गरिछाड्ने निष्कर्षमा पुगेकाचाहिँ अवश्य हुन् । दर्शनभेटका लागि अर्को एकपटक शाही निवासमा बोलाइएका माधव नेपाल बैठककक्षमा प्रवेश गर्नेबित्तिकै त्यहीँ रहेका पुत्र पारसतर्फ हेर्दै राजा ज्ञानेन्द्रले भनेछन्, ’All the political leaders are a group of animal. (दलका नेताहरू भनेका जनावरहरूको एउटा समूह हो ।) माधवकुमार नेपालका अनुसार आफैँले सुन्नेगरी दलका नेताहरूलाई जनावरहरूको समूह भनेको उनले सहन सकेनन् र तत्काल प्रतिवाद गरे । करिब बीस मिनेटसम्म राजनीतिक दल र दलका नेता भनेका के हुन् भन्ने प्रवचन दिएपछि उनी शाही निवासबाट बाहिरिए र बाहिरिँदै गर्दा नेता नेपालले गणतन्त्र ल्याइछाड्ने अठोट पनि गरे ।

तर, बीपी कोइरालाको सन्दर्भमा तथ्य भिन्न छ । वि.सं. २०१५ सालको संसदीय निर्वाचनमा विजयी भई बीपी संसद्को दुईतिहाइ बहुमत प्राप्त प्रधानमन्त्री बने । जनताले भारी मतदान गर्नु र दुईतिहाइ स्थान हासिल हुनुमा बीपीको कुनै दोष थिएन, तथापि उनको नेतृत्वको सरकार अपदस्थ गरी बिनाकारण बीपीलाई आठ वर्षसम्म नजरबन्द गरियो । कारावासमुक्त भएपछि पनि बीपीलाई प्रवासमा जान बाध्य तुल्याइयो, अर्को आठ वर्ष प्रवासमा रहेर राष्ट्रिय मेलमिलापको नीतिसहित स्वदेश फर्केका उनलाई फासी दिनुपर्ने माग राजाकै समर्थकहरूबाट भयो । बीपीलाई जनताबीच जान र स्वतन्त्र ढङ्गले घुमफिर गर्नसमेत दिइएन । राजाबाट चरम प्रताडना व्यहोरिरहेका बीपीलाई एकपटक अचानक राजासँग दर्शनभेटका लागि भनेर नारायणहिटी राजदरबारमा बोलाइयो । निर्धारित समयमै दरबारमा पुगेका बीपीलाई राजाका कर्मचारीले ‘कोटको रङ्ग नमिलेको’ भन्दै दरबारको ढोकैबाट फिर्ता पठाइदिएका थिए ।

यसरी राजाबाट पटकपटक अपमान र उपेक्षा व्यहोर्दै आएका बीपी कोइरालाले वि.सं. २०३७ सालमा सम्पन्न जनमतसङ्ग्रहको परिणामलाई लिएर अनपेक्षित धारणा सार्वजनिक गरे । जनमतसङ्ग्रहमा बहुदलीय प्रजातन्त्र पक्ष पराजित भइसकेपछि पञ्चायती शासकहरूद्वारा धाँधली भएकोले परिणाम अस्वीकार गर्न र सङ्घर्षमा जान बीपीमाथि तीव्र दबाब प¥यो । थामिनसक्नु दबाबका बीच बीपीले टुँडिखेलको खुलामञ्चमा उभिएर घोषणा गरिदिए, ‘धाँधलीका बाबजुद म जनमतसङ्ग्रहको परिणामलाई स्वीकार गर्दछु…. र राजासँग मेरो घाँटी जोडिएको छ ।’ राजाबाट बारम्बार अपमानित र प्रताडित बीपी कोइरालाबाट त्यसप्रकारको अभिव्यक्ति हुने अपेक्षा सम्भवतः कसैले पनि गरेका थिएनन् । त्यसरी ‘राजासँग घाँटी जोडिएको’ बताएर बीपीले न राजाको प्रशंसा गरेका हुन् न आफ्नो सिद्धान्त र विचार त्याग्ने सङ्केत नै थियो त्यो । बरु आफूलाई राजाले जे–जसरी दुःख दिएका भए पनि राजसंस्थाको औचित्य सैद्धान्तिक रूपले पुष्टि गर्ने प्रयास बीपीले गरेका हुन् । राजाले आफूलाई दुःख दिनु या अपमान गर्नुसँग बीपीले राष्ट्रिय नीतिलाई जोड्न चाहेनन्, आफूले दुःख पाउनु या अपमानित हुनुसँग राष्ट्रिय हितको सम्बन्ध नरहेको स्पष्ट सङ्केत त्यसबेला बीपीले दिएका हुन् । त्यसैले बीपी कोइरालालाई हाल हामीसँग उपलब्ध नेताहरूको कोटिमा राखेर तुलना गर्नु कदापि न्यायसङ्गत होइन ।

हामीलाई उपलब्ध नेताहरू देशको भन्दा आफ्नो खुसी या दुःखलाई प्राथमिकतामा राख्छन् र सोही आधारमा धारणा बनाउने गर्दछन् । वास्तवमा सच्चा नेताहरू आफूलाई प्राप्त मान, सम्मान, उपेक्षा या अपमानका आधारमा राष्ट्रिय धारणा बनाउँदैनन् । कुनै विदेशीले मानसम्मानसहित प्रसन्न तुल्याइँदा राष्ट्रिय स्वाभिमानको ख्यालै नगरी ‘सर्वस्व’ सुम्पन्न तयार हुनु या व्यक्तिगत रूपमा अपमानित होइँदा सिङ्गै मुलुक र मुलुकवासीहरूले सास्ती भोग्नुपर्ने गरी देशलाई सङ्कटको भुमरीमा झोस्नु सर्वथा गलत हो र कुनै नेतालाई यसो गर्ने अधिकार पनि हुँदैन । व्यक्तिगत रूपमा उत्पन्न ‘इगो’का आधारमा राष्ट्रिय धारणा बनाउँदा त्यसले नेताविशेषको तुष्टि मेटे पनि देशले अनिष्ट व्यहोर्नुपर्ने अवस्था पैदा हुनसक्छ । राजाबाट प्रशंसा या सम्मान प्राप्त गरेको अवस्थामा प्रजातन्त्रलाई दाउमा राख्न तयार हुनु र विदेशीबाट प्राप्त सम्मानकै मात्र आधारमा राष्ट्रिय हित प्रतिकूल सम्झौता गर्न तयार हुनु जति भयानक गल्ती हुन् नेताविशेषलाई अपमान र उपेक्षा गरिएकै मात्र आधारमा नकारात्मक दृष्टिकोण या नीति तर्जुमा गर्नु पनि त्यति नै गम्भीर गल्ती हो । राजनीतिक व्यक्तित्वले राष्ट्र र समाजको दुःख या सुखलाई आफ्नो ठान्नुपर्छ, आफ्नो निजी सुख या दुःखलाई राष्ट्रकै सुख या दुःख ठान्ने व्यक्ति राजनीतिक कर्ममा भए पनि त्यस्तालाई योग्य मान्न सकिँदैन । देशकेन्द्रित सोच भएका व्यक्तिमा मात्र देशको सुख या दुःखलाई आफ्नो ठान्ने संस्कार र प्रवृत्ति हुनसक्छ, आत्मकेन्द्रितहरूमा फ्रान्सेली राजा लुई पन्ध्रौँले भनेजस्तो ‘म नै राज्य हुँ’ भन्ने प्रवृत्ति हुन्छ र हामीले हाल प्राप्त गरेका नेताहरूको गुण पनि लुईकै जस्तो हो भन्न सङ्कोच मान्नुपर्दैन ।

तीज गीत प्रतियोगिता हुने, राष्ट्रिय कलाकारले प्रस्तुति दिने
Press-Meet-Pic


पोखरा,भदौ १५ गते । नव आदर्श सामुदायिक विकास समाज लामाचौर पोखराले हरेक बर्ष आयोजना गर्ने तीज महोत्सवका साथै राष्ट्रिय महिला भलिवल प्रतियोगिता भदौ १७ देखि १९ गतेसम्म आयोजना गरने भएको छ ।

महोत्सवको अवसरमा समाजले आयोजना गर्ने राष्ट्रिय महिला भलिवल प्रतियोगितामा ६ टिम भिड्ने छन् । प्रतियोगितामा न्यू डायमन्ड एकेडेमी, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल आर्मी, नेपाल प्रहरी, मध्य पश्चिमाञ्चल भलिवल संघ र पश्चिमाञ्चलबाट टप्स माविले प्रतिष्पर्धा गर्नका लागि नाम दर्ता गराएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको उपाधि बिजेताले ७५ हजार १०१, उपबिजेतालाई ५० हजार १०१, तेस्रो हुने र चौथो हुने टोलीले क्रमसः २० र १५ हजार पुरस्कार पाउनेछन् । उत्कृष्ट बिधातर्फ जनही २/२ हजार प्रदान गरिनेछ ।

प्रतियोगिताका लागि ४ हजार क्षमताको अस्थायी प्यारापिट निर्माण गरिएको छ । पहिलो चरणको खेललाई १ सय सेमिफाइनलमा १ सय ५० र फाइनलमा २ सय टिकट तोकिएको छ ।

तीज गीत प्रतियोगिता हुने, राष्ट्रिय कलाकारले प्रस्तुति दिने

२० औं संस्करणको यो महोत्सव यहि भदौ १७ गतेदेखी १९ गतेसम्म तीन दिने हुने समाजले बुधबार महोत्सव स्थल लामाचौरमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । महोत्सव लामाचौरको इन्द्रराज्य लक्ष्मी माविको प्राङ्गणमा आयोजना हुनेछ । सांस्कृतिक तथा खेलकुद कार्यक्रमको माध्यमबाट आन्तरीक तथा बाहृय पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको समाजका अध्यक्ष धर्ममान सिंह भण्डारीले जानकारी दिए ।

महोत्सवको अवसरमा तीज गीत प्रतियोगिता, अन्तर आमा समूह र अन्तर मावि लोक नृत्य प्रतियोगिता आयोजना हुनेछन् । समाजले महोत्सवको अवसर पारेर विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरुलाई पनि सम्मान अध्यक्ष भण्डारीले बताए ।

महोत्सवमा चर्चित लोक दोहोरी गायक/गायीकाहरु कोमल ओली, पशुपति शर्मा, घनश्याम रिजाल, जमुना सोनाम, रामजी पौडेल, सीता केसी, निशा पोखरेल, सरस्वती लामिछाने, राजु ढकाल, मञ्जु विक, जीवन दाहाल, दीपक खड्का, तुलसा जिसी, टीका पुनलगायतको प्रस्तुति रहने प्रचार प्रसार संयोजक अर्जुन अधिकारीले जानकारी दिए ।

महोत्सवको सांस्कृतिक कार्यक्रम तथा खेलकुद प्रतियोगितामा १ हजार जना प्रतिस्पर्धी र एक लाख दर्शकले महोत्सवको अलवोकन गर्ने आयोजको अपेक्षा छ । महोत्सव सम्पन्न गर्न २५ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।-सन्देश श्रेष्ठ,अनलाइनखबरबाट



काठमाडौं,भदौ १४ गते । के तपाईको रगत ‘ओ’ समूहमा पर्छ ? पर्छ भने बेलैमा विचार पुर्‍याउनुहोला । हैजाले अरुलाई नभएर ‘तपाईलाई नै लैजा’ पनि भन्न सक्छ ।

किनकी अनुसन्धानकर्ताहरुले हालसालै गरेको एक अध्ययनबाट ‘ओ’ रगत समूह भएका व्यक्तिमा हैजाको संक्रमण चाँडै हुने पत्ता लगेको ।

अनुसन्धानकर्ताहरुका अनुसार अन्य रगत समूहका मानिसको तुलनामा ‘ओ’ रक्तसमूह भएका मानिसको आन्द्रामा रहने कोषिकाको अणुमा हैजाको विषाणुले एक प्रकारको उच्च सांकेतिक तरंग उत्पन्न गराउँछ रउच्चस्तरको तरंगित अणुले पानी तथा शरीरमा भएका अन्य पदार्थलाई बाहिर निकाल्छ, जसलाई अर्को शब्दमा हामी पखाला पनि भन्ने गर्छौ ।

यस प्रकारको हैजामा गम्भीर पखाला लाग्ने गर्छ, जसले शरीरमा पानीको कमी गराई मानिसको मृत्युसमेत हुनसक्छ ।

‘हामीले यहाँ देखाउन खाजेका छाैं कि रक्तसमूहको प्रभावका कारण हैजाका जिवाणुले कसरी आन्द्राको कोषिकामा रहेका अणुहरुलाई सकि्रय बनाइ पखाला गराउँछ’ सेन्ट लइस्स्थित वासिङ्गटन विश्वविद्यालय स्कुल अफ मेडिसिनका उप-प्राध्यापक तथा अध्ययनका सिनियर लेखक जेम्स फ्रिलकेन्स्टिन भने ।

विश्वमा हरेक वर्ष हैजाका कारण १ लाख देखि १ लाख २० हजार मानिसले ज्यान गुमाउनुका साथै वाषिर्क तीन देखि पाँच मिलियन मानिस हैजाबाट संक्रमित हुने गर्दछन् । त्यसमध्ये अधिकांश भारतीय उपमहाद्धीपका रहेका छन्, जहाँ शताव्दीयौंदेखि ‘हैजा’ माहामारीको रुपमा फैलिएको छ ।

हैजाको संक्रमण भिवि्रयो कोलेरा नामक जिवाणुले हुने गर्छ, जसले सीधै सानो आन्द्राको कोषिकामा असर पार्ने गर्छ ।

करिब चार दशक अघि नै इपिडिमियोलोजिस्टहरुले पहिलोपटक ‘ओ’ रक्तसमूह भएका मानिस अन्य समूहको तुलनामा हैजाबाट संक्रमित भइ अस्पताल भर्ना हुने गरेको फेला पारेका थिए । तर त्यस पछाडिको कारणबारे उनीहरुले कहिल्यै ख्याल गरेका थिएनन् ।

तथापी ए, बी, एबी, तथा ओ नेगेटीभ रक्त समूह रातो रक्त कोष (आर्विसी) मा आफ्नो उपस्थितिका लागि प्रख्यात भए तापनि यी समूह आन्द्रामा हुने आन्द्रानलीको कोषिकासहित अन्य कोषिकाको सतहमा समेत पाइने गरेको छ ।

आन्द्राका कोषिका, जसमा विभिन्न रक्त समूह समावेश हुन्छ, त्यसमा हैजाको जिवाणुले कस्तो प्रभाव पार्छ भनेर पत्ता लगाउन गरिएको उक्त अध्ययनमा अनुसन्धानकर्ताहरुले आन्द्राको इपिथेलियल स्टिम सेल अर्थात ‘इन्टेरोइड’ को संकलन गरी त्यसलाई प्रयोगमा ल्याएका थिए, जुन प्रयोगशालामै उत्पादन गर्न र परिपक्व आन्द्राको कोषिकाबीचको फरक छुट्याउन उपयोगी मानिन्छ ।

उक्त अध्ययनलाई थप प्रष्ट पार्न अध्ययनको एउटा भागस्वरुप अनुसन्धानकर्ताहरुले ‘ए’ समुहका मानिसबाट दुई तथा ‘ओ’ समूहका मानिसबाट दुई गरी हैजाका जिवाणु भएका जम्मा चार वटा समूहका ‘इन्टेरोइड’ (आन्द्रा) को परीक्षण गरेको थिए । उनीहरुले परीक्षणका क्रममा उक्त कोषिकामा हैजाका विषाणुको मात्रा कति छ भनेर मापन गरेका थिए ।

अनुसन्धानकर्ताहरुले उक्त परिक्षणमार्फत ‘ओ’ समुहको रगतमा सांकेतिक अणुको मात्रा ‘ए’ समुहको तुलनामा दोब्बर हुने भएकाले यस्ता ब्यक्ति हैजाको सम्पर्कमा आउनासाथ कडा पखालाबाट संक्रमित हुन सक्ने सुझाव दिएको थियो ।

यो खोज ‘द अमेरिकन जर्नल अफ ट्रोपिकल मेडिसिन तथा हाइजिन’ नामक अनलाइनमा प्रकाशित छ ।-एजेन्सीको सहयोगमा

balkrishna-khad

चितवन, भदौ १५ गते । रक्षामन्त्री बालकृष्ण खाँडले नेपाली सेनाको आवश्यकताअनुसार पुनःसंरचना हुने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले नेपाली सेनाले नेपाल एकीकरणदेखि राष्ट्रिय अखण्डता, स्वतन्त्रता र एकताका लागि पु¥याएको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

फरक प्रसङ्गमा मन्त्री खाँडले संविधान संशोधन गरी मधेसवादी दलको मागलाई सम्बोधन गरिने बताउनुभयो । त्यसका लागि सरकारले गृहकार्य सुरु गरिसकेको उहाँको भनाइ थियो । मन्त्री खाँडले भन्नुभयो, “संविधान संशोधनका लागि साझा धारणा बनाउने काम सुरु भएको छ ।” मधेसवादी दलले राखेका मागको सम्बोधनपछि मात्र उनीहरु सरकारमा आउने वा नआउने टुङ्गो लाग्ने पनि मन्त्री खाँडले बताउनुभयो ।

संविधान कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको भन्दै उहाँले स्थानीय निकायको निर्वाचन समयमा नै हुने बताउनुभयो । संविधान निर्माणमा जुटेका तीन ठूला दल संविधान कार्यान्वयनमा पनि एक हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । राज्य पुनःसंरचना गर्दा स्थानीय निकायको केन्द्रमा पुग्न बास बस्नुपर्ने अवस्था आउन नहुने र सानो भएर खर्च नधान्ने पनि हुन नहुने उहाँले बताउनुभयो ।

नेपाली काँग्रेसका नेता खाँडले पार्टी विधानसम्मतरुपमा चल्ने कुरामा आफूले सहयोग गर्ने पनि बताउनुभयो । रासस


Pashupati-Shamsher
पर्सा, भदौं १५ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा) का अध्यक्ष पशुपतिशम्शेर राणाले गालीगलौज छाडी सहमतिको बाटोमा राप्रपा नेपाल आए अहिले पनि पार्टी एकीकरण गर्न राप्रपा तयार रहेको बताउनुभएको छ । राप्रपा पर्साले वीरगन्जमा अयोजना गरेको ‘नारायणी अञ्चलस्तरीय कार्यकर्ता उत्प्रेरणा तथा चेतना’ कार्यक्रममा अध्यक्ष राणाले राप्रपा नेपालका नेता तथा कार्यकर्ताले गर्दै आएको गालीगलौजलाई बन्द गरी अन्तरिम विधानमा रहेका असन्तुष्टिमाथि छलफल गरी अगाडि बढे पार्टी एकता सम्भव रहेको प्रस्ट पार्नुभयो ।

राप्रपाबाट छुटिृएका सम्पूर्ण हाँगालाई जोडी रुख बनाउनुपर्छ भन्ने मान्यता बोकी हिँडेकाले वार्ता, संवाद र एकताका लागि आफूहरुले सधैँ ढोका खुल्ला राखेको बताउँदै अध्यक्ष राणाले समानताका आधारमा पार्टी एकीकरण भए एकता दिगो हुने धारणा व्यक्त गर्नुभयो । सभालाई सम्बोधन गर्दै फरक प्रसङ्गमा बोल्दै अध्यक्ष राणाले तराईको विकास नभएसम्म मुलुकको विकास सम्भव नहुने भएकाले तराईमा पूर्वाधार विकासप्रति सरकार गम्भीर हुन आवश्यक रहेको विचार व्यक्त गर्नुभयो । उहाँले काठमाडाँैकेन्द्रित विकासले पूरै देशमा विभेद गरेको बताउँदै अध्यक्ष राणाले अब विकास मधेस र पहाडको दुर्गम क्षेत्रमा हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

चैतमा हुने संसदीय तथा स्थानीय निकायको निर्वाचनका लागि पार्टीका कार्यकर्तालाई तयार रहन निर्देशन गर्दै अध्यक्ष राणाले स्थानीय निकायको निर्वाचनले पार्टीको हैसियतलाई मात्र नभई नेता तथा कार्यकर्ताको हैसियत समेतलाई बढाउने भएकाले जीउज्यानले निर्वाचनको तयारीमा लाग्न आग्रह गर्नुभयो । उहाँले चैत अगावै देशभरिबाट दुई लाख सक्रिय सदस्य बनाउन पार्टीले अठोट लिएकाले त्यसलाई पूरा गर्न मेचीदेखी महाकालीसम्मका कार्यकर्तालाई आग्रह गर्नुभयो ।

कार्यक्रममा पार्टीका वरिष्ठ नेता डा प्रकासचन्द्र लोहनीले जनसङ्ख्याका आधारमा समानुपातिक प्रतिनिधित्व हुनुपर्ने धारणा राख्नुभयो । उहाँले मधेसमा बस्ने मधेसी वा पहाडमा बस्ने आदिवासी हुन् सबैको जनसङ्ख्याका आधारमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था हुनैपर्ने धारणा राख्नुभयो । उहाँले अब पार्टीगत स्वार्थबाट माथि उठी राष्ट्रिय हितका आधारमा महत्वपूर्ण निर्णय गर्ने बेला आएको बताउँदै सबैको अधिकारलाई संविधानमा समावेश गरी समतामूलक समाज निर्माण गर्नतर्फ अग्रसर हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा पार्टीका महामन्त्री एवम् भूमिसुधार मन्त्री विक्रम पाण्डेले सुकुम्वासीको समस्या समाधानप्रति सरकार गम्भीर रहेको बताउनुभयो । भूमिहीन रहेका नेपालीलाई बासको व्यवस्था गर्न सरकार लागिपरेको र यसका लागि सरकारले चाँडै महत्वपूर्ण निर्णय गर्ने जानकारी दिनुभयो ।

कार्यक्रममा पार्टीका महामन्त्री तथा आपूर्तिमन्त्री दीपक बोहराले कालोबजारियालाई निषेध गर्दै महँगी नियन्त्रण गर्न सरकार प्रयासरत रहेको जानकारी दिनुभयो । उहाँले १३० रुपैयाँ प्रतिलिटर बिक्री भएको पेट्रोललाई सरकारले ९२ रुपैयाँमा बिक्री वितरण गरेजस्तै बढ्दै गएको महँगीलाई नियन्त्रणमा लिन चाँडै कालोबजारीमाथि लगाम लगाइने दाबी गर्नुभयो । रासस

Kamal-Thapa-Raprapa-Nepal

इटहरी, भदौ १५ गते । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्ता परिवर्तन भइरहे मुलुकको विकास सम्भव नभएको बताउनुभएको छ । राप्रपा नेपाल केन्द्रीय प्रशिक्षण विभागले प्रदेश नं १ को धरानमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले देश विकास र जनताको जीवनस्तर उकास्न स्थायी सरकार आवश्यक पर्ने बताउनुभयो ।

प्रजातन्त्र आएको २७ वर्षको अवधिमा २४ वटा सरकार परिवर्तन भएको दृष्टान्त प्रस्तुत गर्दै अध्यक्ष थापाले प्रश्न गर्नुभयो, “सरकार परिवर्तन भइरहने हो भने कसरी नेपाली जनताले न्याय पाउलान् रु” उहाँले पार्टी कार्यकर्तालाई स्थानीय निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभयो । सो अवसरमा महामन्त्री धवलशमशेर राणा, पार्टी सहनेता तथा पूर्वमन्त्री रामकुमार सुब्बा, सहमहामन्त्री सुशीलकुमार श्रेष्ठ, शत्रुघन यादवलगायतले मन्तव्य राख्नुभएको थियो । तीन दिनसम्म चल्ने सो प्रशिक्षणमा प्रदेश नं १ का पार्टी अगुवा नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ । रासस


भक्तपुर, भदौ १४ गते । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले मधेसवादी मोर्चाको जायज मागका बारेमा संविधान संशोधन भइसकेकाले अब संविधान संशोधन गर्न आवश्यक नरहेको बताउनुभएको छ ।

रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले जायज माग बाहेक केही नेताहरुको स्वार्थ पूरा गर्न संविधान संशोधनका लागि एमाले कदापि तयार नहुने बताउनुभयो ।

मधेसी मोर्चाले राखेको संविधान संशोधनको माग मधेसी जनताको माग नभएको जिकिर गर्दै उहाँले अब फेरि संविधान संशोधन गर्नु गलत रहेको बताउनुभयो ।
संविधान संशोधनका लागि नेपाली भूमिमा नभएर अन्य मुलुकमा छलफल हुनुले समेत मधेसी जनताको माग नभई केही नेताकै माग भएको उहाँको तर्क थियो ।

विगतमै तीनै निर्वाचनको मिति तय भए पनि वर्तमान सरकारमा रहेको गठबन्धन विभिन्न बहानाबाजी गरी निर्वाचन नगर्ने खेलमा लागेको उहाँको आरोप थियो ।

निर्वाचन पर धकेल्दै संविधान कार्यान्यवन समेत नगर्ने षड्यन्त्र भइरहेको आशङ्का उहाँले प्रकट गर्नुभयो । ओली नेतृत्वको सरकारले गरेका काम र निर्णयलाई वर्तमान सरकारले उल्टाउँदा राजनीतिक दलबीचको दूरी बढ्ने र राजनीतिक द्वन्द्व चर्कने उहाँले बताउनुभयो ।
राजनीतिक दलहरु बाह्य हस्तक्षेप रोक्न एक हुनुपर्ने उहाँको भनाइ थियो । रासस

काठमाडौँ, भदौ १४ गते । व्यवस्थापिका–संसद्को आजको विशेष समयमा विभिन्न दलका सांसदहरूले काठमाडौँ–नागढुङ्गा सडक विस्तारको क्रम लम्बिएको, सबै भूकम्पपीडितले अझै राहत नपाएको, स्थानीय निकायको पुनःसंरचनाका विषयमा सहमति जुटाउने प्रयास नभएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेकपा ९एमाले० का युवराज ज्ञवालीले काठमाडौँ–नागढुङ्गा सडकको अव्यवस्थापनका कारण यात्रु घन्टाँै जाममा पर्ने गरेको र पर्यटकसामु नेपालीले लाज मान्नुपर्ने अवस्था आएको दुःःखेसो गर्नुभयो ।

नेपाली काँग्रेसका चन्द्र भण्डारीले तराई र पहाडमा समयमा सिँचाइको प्रबन्ध गर्न सरकारसँग माग गर्नुभयो ।

नेकपा ९माओवादी केन्द्र० का हरिबोल गजुरेलले सुकुम्वासी प्रमाणीकरणको काममा ढिलाइ भएकोतर्फ ध्यानाकर्षण गराउनुभयो ।

मधेसी जनाधिकार फोरम ९लोकतान्त्रिक० का योगेन्द्र चौधरीले मन्त्रिपरिषद्मा थारु, महिला र सबै जातिको समावेशिता नभएको गुनासो गर्नुभयो ।

यसैगरी, सांसदहरु परशुराम तामाङ, नरसिंह चौधरी, अइन्द्रसुन्दर नेम्वाङ, गोपाल दहित, प्रेम सुवाल, कमलप्रसाद पङ्गेनी, आनन्दप्रसाद पौडेल, भेषकुमारी राउत, रामअयोधीप्रसाद बालाराईले मन्तव्य राख्नुभएको थियो । रासस



पर्वत,भदौ १४ गते । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र पर्वतले २६ जना ग्राहकको बिजुलीको लाइन काटेको छ । प्राधिकरणले वर्षौंदेखि विद्युत महसुल नबुझाउने ग्राहकको लाइन काटेको हो ।

सदरमुकाम कुश्मासहित फलेवास, पातिचौर, लुङखु लगायतका क्षेत्रमा महसुल नबुझाउने उपभोक्ताहरुको लाइन काटिएको नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रका आय प्रमुख शम्भु सापकोटाले जानकारी दिए ।

उनका अनुसार महसुल नबुझाउने उपभोक्ताहरुको लाइन काट्न अहिले जिल्लाभर नै कर्मचारी परिचालन गरिएको छ ।

प्राधिकरणको पर्वत वितरण केन्द्रका अनुसार ३० लाखभन्दा बढी विद्युत बक्यौता उठ्न बाँकी छ । त्यसमध्ये ७ लाख ३६ हजार ३ सय ५ रुपैयाँ बक्यौता रकम उठिसकेको छ ।

विद्युत महसुल नबुझाउनेहरुमा सर्वसाधारण, विभिन्न उद्योग, सरकारी कार्यालय र अस्पतालहरु छन् ।-केदार शर्मा,अनलाइनखबबाट



काठमाडौं,भदौ १४ गते । नेपाली कांग्रेसका नेता एवम् सांसद रामकृष्ण यादवले अस्थायी शिक्षकका मागहरू सम्बोधन हुनुपर्ने बताएका छन् ।

मंगलबार रिपोटर्स क्लब नेपालले अस्थायी शिक्षकको समस्या र समाधानको उपायहरुबारे आयोजना गरेको साक्षात्कारमा बोल्दै सांसद यादवले अस्थायी शिक्षकका मागहरूको बारेमा नेपाली कांग्रेसभित्र पनि गम्भिर छलफल गर्ने बताएका छन् ।

उनले अघि थपे, ‘राज्यमा अनेक परिवर्तन भएपनि अस्थायी शिक्षकको स्थिति ज्यूकातिउँ छन्, यसलाई सुधार गर्नुपर्छ, हाम्रो पार्टीले पहल गर्छ ।’

कार्यक्रममा अखिल नेपाल शिक्षक संघका अध्यक्ष लालबहादुर बिसीले अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नुपर्ने बताए ।

नेपाल राष्ट्रिय शिक्षक संघका अध्यक्ष बाबुराम थापाले सरकारसँग गरेका सम्झौताहरु यथाशिघ्र कार्यान्वयन गर्नुपर्ने बताए ।

अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिका अध्यक्ष निरेन्द्र कुँवरले कम्तिमा पनि ६ वर्ष अस्थायी सेवा गरेका अस्थायी शिक्षक भएको कारणले सम्पूर्ण अस्थायी, लियन, परियोजना र सट्टा शिक्षकवीच प्रतियोगिता गरी स्थायी गरिनुपर्ने माग गरे ।

कुँवरले अघि भने, ‘यो प्रतियोगिताबाट स्थायी हुन नसकेका शिक्षकहरुलाई २०६१ सालको प्रतिवेदन अनुसार उपदान र औषधि उपचार खर्च बराबरको रकम दिइयोस् ।’-अनलाइनखबर



काठमाडौँ,भदौ १४ गते । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले खेलाडीलाई ‘खेलाडी’ नै भएर बाँच्ने आधार तयार गर्नु आफ्नो लक्ष्य भएको बताएका छन् ।


युवा तथा खेलकुद मन्त्रालयमा आज ‘४२औँ चेस ओलम्पियाड’ र ‘१६औँ पारा ओलम्पिक’मा भाग लिन जाने खेलाडीलाई बिदाइ गर्दै उनले भने, – “अब नेपाली खेलकुदलाई नीति विधिमार्फत सुधार गर्नेछौँ, ताकि तपाइँमा पनि हामी खेलाडी हौँ भन्ने गर्वको भावना आओस् ।”

यही भदौ १६ देखि २९ गतेसम्म अजरबैजानको बाकुमा हुने ‘चेस ओलम्पियाड’मा भाग लिने १० खेलाडीसहितको टोली बुधबार त्यसतर्फ प्रस्थान गर्दैछ जसमा पाँच पाँच पुरुष तथा महिला छन् । पुरुषमा भूपेन्द्र निरौला, सजिन महर्जन, केशव श्रेष्ठ, क्षितिज भण्डारी र विलमलाल श्रेष्ठ तथा महिलामा सिन्दिरा जोशी, शान्ता थापा, मोनालिसा खम्बू, सुजना लोहनी र अस्मिता अधिकारी छन् ।

त्यस्तै ब्राजिलमा भदौ २२ देखि आगामी असोज २ गतेसम्म हुने ‘पारा ओलम्पिक’मा भाग लिने दुई खेलाडी सहितको टोली पनि बुधबार नै त्यसतर्फ जाँदैछ जसमा पौडीमा लक्ष्मी कुँवर र एथ्लेटिक्समा विक्रमबहादुर रानाले प्रतिस्पर्धा गर्नेछन् । छविलाल चौधरीले रानाको ‘रनर गाइड’का रुपमा काम गर्नेछन् ।

पदाधिकारीको जम्बो टोली

‘पारा ओलम्पिक’मा नेपालका जम्मा दुई खेलाडीले भाग लिँदैछन् तर त्यहाँ १६ जनाको जम्बो टोली जाँदैछ । त्यस्तै ‘चेस ओलम्पियाड’मा १० खेलाडी र दुई कप्तानले सहभागिता जनाउनु हुनेछ तर त्यहाँ पनि १९ सदस्यीय टोलीले सहभागिता जनाउँदैछ ।

रासस



काठमाडौँ, भदौ १४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच मधेसकेन्द्रित दललाई सहमतिमा ल्याएर संविधान संशोधन गर्ने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा स्थानीय निकायको पुनःसंरचनाका विषयमा देखिएको विवाद, संविधान संशोधन तथा मधेसकेन्द्रित दललाई सहमतिमा ल्याउने विषयमा कुराकानी भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

यसैबीच वरिष्ठ नेता पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले प्रधानमन्त्रीसँग संविधान संशोधन र मधेसकेन्द्रित दलको माग सम्बोधन लगायत विषयमा कुराकानी भएको जानकारी दिनुभयो । रासस


काठमाडौँ, भदौ १४ गते । प्रेस काउन्सिल नेपालले पत्रपत्रिका वर्गीकरण मापदण्ड परिमार्जन गर्ने भएको छ ।



वर्गीकरणलाई अझ व्यावहारिक, वस्तुनिष्ट, वैज्ञानिक र पारदर्शी बनाउन काउन्सिलअन्तर्गतको ‘वितरण सम्परीक्षण समिति’ ले सो मापदण्डको मस्यौदा परिमार्जनका लागि छलफल अगाडि बढाएको हो ।

सम्बन्धित क्षेत्रका विज्ञ र सङ्घसंस्थाको सुझावका आधारमा मस्यौदालाई पूर्णता दिइ कार्यान्वयनमा ल्याइने काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले राससलाई जानकारी दिनुभयो ।
सम्बन्धित क्षेत्रबाटै परिमार्जन गर्नुपर्ने गुनासो आएकाले पनि परिमार्जन गर्ने तयारी गरिएको उहाँले बताउनुभयो ।

“पत्रपत्रिका वितरण सम्परीक्षण मापदण्ड–२०६६” मा भएका कतिपय त्रुटिका कारण वर्गीकरणमा विभेद गरिएको भन्दै काउन्सिलमा गुनासो आएका कारण पनि परिमार्जन गर्न छलफल अगाडि बढाइएको हो ।

काउन्सिलका मुख्य अधिकृत झवीन्द्र भुसालले कतिपय पत्रपत्रिका बजारमा देखिँदैन, तर काउन्सिलको वर्गीकरणको सुविधा लिइरहेका छन्, त्यसलाई कडाइ गर्नका लागि पनि मापदण्ड परिमार्जन गर्न लागिएको बतउनुभयो ।

काउन्सिलले राष्ट्रिय क्षेत्रीय र स्थानीय गरी तीन श्रेणीमा पत्रपत्रिका विभाजन गर्दै आएको र त्यही आधारमा सूचना विभागले लोककल्याणकारी विज्ञापन उपलब्ध गराउँदै आएको छ ।

अहिले वर्गीकरणका लागि एक सय पूर्णाङ्कमध्ये वितरित सङ्ख्यामा २५ अङ्क, निरन्तरतामा पाँच, आचारसंहितामा १५, विषयवस्तुमा २५, क्षेत्रगत समाचारका लागि १५, भाषाका लागि १० र साजसज्जा तथा छपाइमा पाँच अङ्क छुट्याएकमा मापदण्ड परिमार्जनका क्रममा उल्लेखित अङ्कलाई समेत घटबढ गरिने भएको छ ।

परिमार्जित मापदण्ड आव २०७२÷७३ मा प्रकाशित पत्रपत्रिकाको वर्गीकरणमा लागू गर्न काउन्सिलको सोच छ । आव २०७१÷०७२ को वर्गीकरण नतिजा भने अबको दुई हप्ताभित्रमा सार्वजनिक गरिनेछ ।
आव २०७१÷७२ मा वर्गीकरणका लागि ९१० पत्रपत्रिकाले निवेदन दिएका छन् । सूचना विभागका अनुसार अहिले मुलुकभर करिब सात हजार १९ पत्रपत्रिका प्रकाशित छन् ।

विगतका वर्षमा अङ्क नपुग भएका, अवज्ञाकारीको सूचीमा परेका, पृष्ठ नपुगेका, कम्प्युटर प्रिन्ट, हुबहु, संस्थागत प्रकाशन र फोटोकपी गर्ने पत्रपत्रिकालाई वर्गीकरणमा पारिएको छैन । आव२०६९÷७० मा ८०९ पत्रपत्रिकाले वर्गीकरणको निम्ति निवेदन दिए पनि ३९७ मात्र वर्गीकरणमा परेका थिए । त्यसैगरी २०७०÷७१ मा ८४० पत्रपत्रिकाले वर्गीकरणका लागि निवेदन दिए पनि ४५५ मात्र वर्गीकरणमा परेका थिए ।

काउन्सिलका अनुसार गुणस्तरीय पत्रिका प्रकाशन गर्नेभन्दा पनि वर्गीकरण र सूचना विभागले दिने विज्ञापनलाई लक्षित गरेर मात्र प्रकाशन गर्ने र वर्गीकरणका लागि झुटा विवरण पेस गर्ने गरिएको पाइएको छ ।
काउन्सिलले पत्रपत्रिकाको वर्गीकरणसम्बन्धी कार्य २०४० सालदेखि गर्दै आए पनि कानुनीरूपमा प्रेस काउन्सिल ऐन, २०४८ आएपछि स्वायत्त संस्थाका रूपमा वितरण सम्परीक्षण समिति गठन भएको थियो । सो समितिमार्फत वर्गीकरणसम्बन्धी काम हुँदै आएको छ ।

कानुनले पत्रपत्रिकाको वर्गीकरण गर्ने जिम्मेवारी वितरण सम्परीक्षण समितिलाई तोके पनि वर्गीकरण गर्ने विधिका बारेमा कानुनमा स्पष्ट व्यवस्था नभएकाले २०५५सालमा काउन्सिलद्वारा वर्गीकरण मापदण्ड कार्यान्वयनमा ल्याइएकामा यसलाई २०५७, २०५९, २०६४ र २०६६ मा परिमार्जन गरिएको थियो ।

काउन्सिलले छापा माध्यमसँगै रेडियो, टेलिभिजन र अनलाइनसहितका विद्युतीय सञ्चारमाध्यमलाई समेत वर्गीकरण गर्न छलफल अघि बढाएको छ । पत्रपत्रिकाको वर्गीकरण काउन्सिलले गरिरहेको हुँदा अर्को निकाय खडा गर्नेभन्दा पनि अनुभवको आधारमा विद्युतीय सञ्चारमाध्यमको वर्गीकरण गर्ने अधिकार पनि काउन्सिललाई नै दिनुपर्ने अध्यक्ष कार्कीको भनाइ छ । रासस


NADA-Auto-Show-2016
काठमाडौं,भदौ १४ गते । नेपाल अटोमोबाइल्स् डिलर्स एशोसियशन (नाडा)को आयोजनामा मंगलबारदेखि राजधानीमा ‘नाडा अटो-शो’ सुरु भएको छ ।

उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले काठमाडौंको भृकुटीमण्डपमा मेलाको उदघाटन गरे ।

अटो मेला भदौ १९ गतेसम्म चल्ने छ । नाडा अटो शो संयोजक शम्भुप्रसाद दाहालका अनुसार ३६ वटा ब्राण्डका सवारी साधन राखिएको छ ।

नाडा अटो शोमा १६ वटा ब्राण्डका चार पांग्रे , १५ वटा ब्राण्डका दुई पांग्रे र ५ वटा ब्राण्डका कमर्सियल सवारी साधन प्रदर्शनीमा राखिएको छ ।

उनकाअनुसार सवारी साधनको प्रदर्शनीमा बैंक तथा वित्तीय संस्था, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस् र लुब्रिकेण्टस्का पनि स्टल छन् ।

अटो शोमा खरिदकर्ताहरुलाई विभिन्न छुट र उपहार दिइने कम्पनीहरुले बताएका छन् ।



प्रदर्शनी ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ । मेलमा झण्डै २ सय करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको नाडाका अध्यक्ष अञ्जन श्रेष्ठले बताए । प्रदर्शनीमा वित्तिय संस्था, नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस, लुबि्रकेन्टस, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एशोसेरिजहरु छन् । जसमा नेपालमै उत्पादित सामाग्रीहरू समेत रहेका छन् ।

अवलोकनकर्ताहरूको सुविधाका लागि २ पाङग्रे, ४ पाङग्रे, कमर्सियल गाडीहरू तथा वित्तिय संस्थाहरूको छुट्टा-छुट्टै ठाउँहरू निर्धारण गरिएको छ ।











तस्वीर: विकास श्रेष्ठ र कविन अधिकारी/अनलाइनखबर

भीम रावलले दूतावासको विज्ञप्ति पढ्नासाथ निधि आक्रामक

Bimalendra Nidhi & Bhim Rawal

काठमाडौं,भदौ १४ गते । प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनसहित मुख्य तीन विषयमा छलफल गर्न बालुवाटारमा बोलाएको तीन दलको बैठकमा केहीबेर तनाब सिर्जना भएको छ ।

बैठकमा संविधान संशोधनलाई लिएर उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि र नेकपा एमाले उपाध्यक्ष भीम रावलबीच विवाद भएको थियो । दुई नेताबीच विवाद झण्डै हात हालाहालको अवस्थामा पुगेपछि अन्य नेता अघि सरेर मिलाउनुपर्ने अवस्था सिर्जना भएको एक नेताले बताए ।

बैठक चलिरहेका बेला संविधान संशोधनको विषयमा छलफल हुँदा रावलले उपप्रधानमन्त्री निधिको भारत भ्रमणका सन्दर्भमा दिल्लीस्थित नेपाली दूतावासले जारी गरेको प्रेस विज्ञप्ति पढेर सुनाए ।

उनले विज्ञप्ति पढ्दै नेपालको संविधान संशोधन गर्ने विषय भारतमा गएर छलफल गरेको भन्दै गम्भिर आपत्ति जनाए । दूतावासले जारी गरेको विज्ञप्तिमै संविधान संशोधनबारे भारतीय प्रधानमन्त्री र नेताहरुसँग कुराकानी भएको उल्लेख हुनु गम्भिर विषय हो भन्दै रावलले आपत्ति जनाएका थिए । रावलको कुरा नसकिँदै निधि रावलमाथि खनिए ।

संविधान जारी गर्ने बेलामा धेरै विदेशीका सुझाव लिइएको भन्दै निधिले ‘तपाईँलाई पनि विदेशीले सुझाव दिएका छन् र विदेशीलाई तपाईँले पनि जानकारी गराउनुभएको छ’ भने । उनले रावललाई विदेशीले फन्डिङ गरेको समेत लान्छाना लगाएपछि वातावरण तनावपूर्ण बन्यो ।

तीन दलको शीर्ष बैठकमा सहभागी एक नेताका अनुसार रावलले निधिलाई विदेशीले फन्डिङ गरेको प्रमाण देखाउन चुनौति दिए । निधिले पनि आफूसँग प्रमाण रहेको दाबी गरे । रावलले प्रमाण देखाउनुस् भन्दै आक्रोश व्यक्त गर्दा झण्डै हात हालाहालको अवस्था आउन खोजेको थियो ।

यो विषयलाई प्रधानमन्त्री प्रचण्ड सहितका अन्य नेताहरुले नतन्काउन आग्रह गर्दै हस्तक्षेप गरेका थिए । एमाले नेताहरुले भारतमा गएर संविधान संशोधनको सहमति लिने निधिले बैठकमा देखाएको प्रस्तुतिप्रति आपत्ति जनाएका छन् ।

भीम रावलसँग शीर्ष बैठकमा यसअघि पनि विभिन्न दलका नेताहरुको झगडा पर्ने गरेको छ । केही दिनअघि प्रधानमन्त्रीले नै बोलाएको बैठकमा मधेसी मोर्चाका नेता रामनरेश रायले भीम रावल नआएसम्म नबोल्ने भन्दै शौचालयबाट फर्किने बेलासम्म पर्खिएका थिए ।-अनलाइनखबरबाट



अमेरिकी राष्ट्रपति बाराक ओबामा र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यसै सप्ताहन्तमा चीनमा भेटवार्ता हुनसक्ने सम्भावना रहेको बताइएको छ।



दुई नेताहरू जी-२० को सम्मेलनमा सहभागिताका लागि चीन आउँदै छन्। यसै सप्ताहन्तमा हुने सो सम्मेलनमा उनीहरूबीच भेटवार्ता हुनसक्ने रुसी समाचार समिति, इतार तासलाई उद्धृतगर्दै चिनियाँ समाचार समिति, सिन्ह्वाले जनाएको छ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाका राष्ट्रिय सुरक्षा सहायक सल्लाहकार बेन रोडेन्सले सोमबार जनाएअनुसार उनीहरूबीच भेटघाट हुनसक्ने र केही मुद्दामा छलफल पनि हुनसक्ने छ।

जी–२० को सम्मेलन यही सेप्टेम्बर ४ देखि ५ सम्म चीनमा आयोजना गरिएको छ। यस सङ्गठनमा विश्वका आर्थिक एवम् औद्योगिक देशको सहभागिता छ।

सो सम्मेलनमा विश्वका प्रमुख अर्थतन्त्रहरुका राज्य वा सरकार प्रमुखहरुको सहभागिता रहने बताइएको छ । रासस


स्ट्राइकर सर्जियो अगुइरो चोटका कारण अर्जेन्टिनाको टिमबाट बाहिरिएका छन्। इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको वेष्ट ह्यामसँगको खेलमा अग्युरोको पिडौंलामा चोट लागेको थियो। यही चोटका कारण अग्युरो विश्वकप छनोट अन्तर्गत अर्जेन्टिनाको आउँदो खेलमा खेल्न नसक्ने भएका हुन्। २८ वर्षका अग्युरो कहिले टिममा फर्किन सक्छन् भन्ने नखुलेको अर्जेन्टिनाको फुटबल एसोसिएसनले जनाएको छ । अर्जेन्टिनाले विश्वकप छनौटमा आउँदो शुक्रबार उरुग्वे तथा भदौ २२ गते भेनेजुएलासँग खेल्ने छ ।

pak-1_1472488062

जम्मु – पाकिस्तानले हवाई सीमा उल्लंघन गरेको भारतले आरोप लगाएको छ । भारतीय सीमा सुरक्षा बलको अनुसार सोमबार जम्मुको आरएसपुरा र अरनिया सेक्टरमा पाकिस्तानी युद्ध विमान देखिएको हो ।

यद्यपि, भारतीय हवाई क्षेत्रमा प्रवेश गरेको ४ मिनेटमा नै उक्त विमान पुनः पाकिस्तानतर्फ फर्किएको थियो ।

यो घटना सोमबार दिउँसो १ बजेर १० मिनेटमा भएको थियो । भारतीय मिडियाका अनुसार पाकिस्तानको उक्त विमान निकै तल उडिरहेको थियो । विमान खरानी रंगको थियो र भारतीय हवाई क्षेत्रमा प्रवेश गरेको केही क्षणमा नै फिर्ता भएको थियो ।

सीमा सुरक्षा बलले यसको रिपोर्ट हेडक्वार्टरमा पनि पठाइसकेको छ । यता, भारतीय एयरफोर्सले पनि उक्त घटनाको विस्तृत विवरण सीमा सुरक्षा बलसँग मागेको छ ।

ratopati


yoga
भारतीय शोधकर्ताहरुले गरेको पछिल्लो अध्ययनले क्यान्सर जस्ता असाध्य रोगहरुको रोकथामका लागि योगा गर्नु निकै लाभदायक हुने तथ्य पत्ता लगाएको छ ।

अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेजको मेडिकल रिचर्स विभागका शोधकर्ताहरुले यस्तो तथ्य पत्ता लगाएका हुन् ।

शोधकर्ताहरुका अनुसार लगातार योगा गर्नाले शरीरमा यस्तो रसायनको निर्माण हुन्छ जसले क्यान्सर बनाउने कोशिकाहरुमा दबाब सिर्जना गर्दछ ।

यस क्रममा शोधकर्ताहरुले डेढ सय जना क्यान्सर रोगीमा अध्ययन गरेका थिए । उनीहरुलाई लगातार तीन महिनासम्म प्राणायाम, सुदर्शन क्रिया तथा ध्यान गराइएको थियो ।

तीन महिनापछि उनीहरुको रगत परीक्षण गरियो, जसबाट निकै महत्वपूर्ण नतिजा फेला पर्यो । रक्त परीक्षणका क्रममा क्यान्सर रोगीको शरीरमा कार्टिसो लेभल कम पाइयो र विश्व स्वास्थ्य संगठनको सूचकका आधारमा ती सबै क्यान्सर रोगीको जिवन गुणस्तरमा पनि सुधार भएको पाइयो ।

क्यान्सर विशेषज्ञका अनुसार प्रायः क्यान्सरको तेश्रो तथा चौथो स्तरमा विरामीलाई असह्य पीडा हुन्छ । यस्तोमा विरामीलाई मफिर्न औषधि दिइन्छ, ता की उनीहरुको दुखाई कम होस् । योगा गर्ने क्यान्सर रोगीमा दुखाई सहने क्षमतामा उल्लेखनीय बढोत्तरी भएको पाइएको शोधकर्ताको भनाइ छ ।-अनलाइनखबरबाट


Cesc-Febrigas
काठमाडौं,भदौ १४ गते । इंग्लिस क्लव चेल्सीले उसका स्पेनिस मिडफिल्डर सेस फेब्रिगासलाई आफ्ना मिडफिल्डर मार्सेलो ब्रोजोभिकसँग साट्न प्रस्ताव गरेको इटालीयन क्लव इन्टर मिलानले जनाएको छ ।

आर्सनलका पूर्व स्टार फेब्रिगासले चेल्सीका नयाँ प्रशिक्षक एन्टोनियो कोन्टेको मन जित्न सकिरहेका छैनन् र कोन्टे उनको बिकल्प खोजिरहेका छन् । यसैको परिणाम मान्न सकिन्छ कि यो सिजन फेब्रिगासले मात्र १२ मिनेट चेल्सीका लागि खेलेका छन् ।

इटनलीयज खेलपत्रिका गाजेट्टा डेल्लोका अनुसार चेल्सीले ब्रोजोभिक भित्र्याउनका लागि फेब्रिगासलाई एक हतियारको रुपमा प्रयोग गर्न सक्छ ।

क्रोएशियाली सुपरस्टार ब्रोजोभिकलाई भित्र्याउन इटालीयन च्याम्पियन युभेन्टसले पनि चासो देखाएको छ । पोग्वा युनाइटेड गएपछि युभेन्टसको मिडफिल्ड केहि कमजोर बनेको छ ।

प्रशिक्षक कोन्टेसँगको मतभेद बढेसँगै फेब्रिगास स्टाम्फोर्ड बि्रज छाड्ने तयारी गरिरहेको बुझिएको छ ।

यद्यपी २९ बर्षीय फेब्रिगासले आफ्ना प्रशिक्षकसँगको खटपटको आरोपको भने खण्डन गरेका छन् । एनगोले कान्टे अनुबन्धित भएसँगै फेबि्रगासको उपस्थिति चेल्सीको टोलीमा सीमित भएको छ ।

सन् २०१० मा च्याम्पियन्स लिग जिताएका फ्र्यांक डि बोर पाँच बर्षपछि पुनः इन्टरमिलान फर्किएसँगै उनले टोलीमा क्रान्तिकारी बदलावको प्रयास गरिरहेका छन् ।

यसक्रममा इन्टरले जोआओ मारियोलाई ३८.४ मिलियन पाउण्डमा अनुबन्ध गरिसकेको छ भने ब्राजिली क्लव सान्तोषबाट गावि्रयल बार्बोसालाई पनि ल्याउने प्रयास गरिरहेको छ ।-एजेन्सीको सहयोगमा

puspa kamal dahal prachanda_1

काठमाडौँ, भदौ १४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी असोज ३ गते संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन न्युयोर्क जानुहुने भएको छ ।
पराराष्ट्रमन्त्री मन्त्री डा. प्रकाशशरण महतका अनुसार प्रधानमन्त्रीले महासभालाई सम्बोधन गर्ने कार्यक्रमसमेत छ । भदौ अन्तिममा हुने भारत भ्रमण लगत्तै प्रधानमन्त्री एक हप्ताका लागि न्युयोर्क जान लाग्नुभएको हो ।
प्रधानमन्त्री असोज ११ गते स्वदेश फर्कनुहुने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ । प्रधानमन्त्रीसँगै परराष्ट्र मन्त्री डा. महत, परराष्ट्रका कर्मचारी तथा केही पत्रकार समेत सहभागी हुनुहुनेछ । त्यसअघि प्रधानमन्त्री भदौ ३० गते भारत भ्रमणमा जाने र असोज २ गते स्वदेश फर्कनुहुने कार्यक्रम छ ।

Rani-pokhari-reconstruction

काठमाडौँ, भदौ १४ गते । भूकम्पको कारण भत्किएको धरहरा नवर्निर्माण गर्न अवधारणागत नक्सा तयार भए पनि त्यसमा थप काम भने अगाडि बढेको छैन । सरोकारवाला निकायका फरक–फरक तर्क र जवाफ सुन्दा प्रक्रिया अगाडि बढिहाल्ने अवस्था समेत देखिँदैन । धरहराको अवधारणागत नक्सा तयार गर्ने आर्टिकेक्ट इन्जिनियर मनोहर राजभण्डारीले आफूहरूले तयार पारेको नक्सा पुरातत्व विभागलाई बुझाइसकिए पनि त्यसमा विभागबाट थप कुनै प्रतिक्रिया वा सुझाव नआएको बताउनुभयो ।
पुरातत्व विभागका अधिकारीको भनाइ भने उहाँको भनाइसँग मेल खाँदैन । विभागका प्रवक्ता घनश्याम उपाध्याय भन्नुहुन्छ, सोही कम्पनीलाई धरहराको टोपोग्राफिक डिजाइन फाइनल गर्नका लागि एक महिनाको अवधि दिइएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेमकुमार राई भने धरहरा नवनिर्माणका लागि तयार भएको डिजाइन मन्त्रिपरिषद्मा प्रस्तुत नै हुन नपाएको जानकारी दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, अवधारणागत डिजाइन प्राप्त भएको छ तर मन्त्रिपरिषद्मा प्रस्तुत हुन नपाएका कारण प्रक्रिया अगाडि बढेको छैन । नयाँ मन्त्री भर्खरै आउनु भएकाले केही समयमै मन्त्रिपरिषद्मा धरहराको अवधारण प्रस्तुत गरिने उहाँले बताउनुभयो ।
यसका साथै अब बन्ने धरहराले ओगट्ने गोश्वारा हुलाक कार्यालयलाई चारखाल अड्डामा सार्न पनि जग्गाको कित्ता नम्बर सच्याउनुपर्ने अवस्था आएको छ । मन्त्रालयले त्यसको प्रक्रिया सुरु भएको जानकारी दिएको छ । त्यस्तै टक्सार विभाग भने सार्ने प्रक्रिया सुरु भइसकेको सचिव राईले जानकारी दिनुभयो ।
अब बन्ने आधुनिक धरहराको लागि गोश्वारा हुलाक कार्यालय, टक्सार विभाग र ऐतिहासिक सुन्धारालाई समेत समेटेर करिब ४२ रोपनी जग्गा ओगट्ने गरी डिजाइन तयार भएको छ । अनुमानित तीन अर्ब रुपियाँको लागतमा धरहराको नवनिर्माण गरिने र त्यसका लागि मै बनाउँछु मेरो धरहरा नारा दिएर नेपाली जनतासँग सहयोग आह्वान समेत भएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एकमहिनाको तलब धरहरा निर्माण कोषमा जम्मा गराई सुरु भएको धरहरा निर्माणमा जनसहभागिता अभियान समेत अहिले सुुुसुप्त अवस्थामा छ । नेपाली नागरिकबाट उठ्ने रकम धरहरा निर्माणका लागि नपुग भएमा बाँकी रकम सरकार र नेपाल टेलिकमले ब्यहोर्ने सहमति भएको छ ।

रानीपोखरी निर्माणमा रोक
रानीपोखरी पुनःनिर्माणको काम मापदण्डविपरीत रहेको जनाउँदै पुरातत्व विभागले काठमाडौँ महागरपालिकालाई काम रोक्न निर्देशन दिएको छ । हालसम्मको निर्माण कार्य मापदण्डविपरीत देखिएकाले उक्त संरचना तत्काल भत्काउन पनि निर्देशन दिइएको पुरातत्व विभागमा महानिर्देशक भेषनारायण दाहालले जानकारी दिनुभयो ।
ऐतिहासिक महत्वको बालगोपालेश्वर मन्दिर भत्कनुपूर्व जस्तो अवस्थामा थियो सोही अवस्थामा हुनुपर्ने विभागको दाबी छ । हाल निर्माण गरिएको जति पनि भाग छ ती सबैमा सिमेन्ट, गिट्टी, बालुवा रडलगायतका वस्तु प्रयोग भएकाले विभागले सोमबारदेखि निर्माण कार्यमा रोक लगाएको हो ।
पुनःनिर्माणको जिम्मा लिएको वल्र्डवाइड कँडेल केएन केजी जेभीका निर्देशक अर्जुन कँडेलले भत्किएको मन्दिरमा कङ्क्रिट प्रयोग भएकाले आफूहरूले अहिले पनि सोहीअनुरूपको सामान प्रयोग गरेको भन्दै नियमविपरीत कुनै काम नभएको दाबी गर्नुहुन्छ ।
कँडेल भन्नुहुन्छ, “पुरानो मन्दिरको बाहिरी भागमा पिल्लर राखेकाले अहिले पनि सोहीअनुरूप काम गरेका हौँ, भत्केको र अहिलेको निर्माण भएसम्मको सबै तस्बिर हामीसँग छ, के–कस्ता सामान प्रयोग भएका छन् हेर्न सकिन्छ ।” गत वैशाख दोस्रोसाता सुरु गरिएको पुनःनिर्माणअन्तर्गत मन्दिरमा पिल्लर राख्ने क्रमसँगै पोखरीको बाहिर भागमा पर्खाल लगाउने काम पनि भइरहेको छ ।
रानीपोखरी निर्माणका लागि छ करोड २९ लाख रुपियाँमा ठेक्का पाएकामा हालसम्म एक करोड ५० लाख रुपियाँ खर्च भइसकेको सो कम्पनीले जनाएको छ । विसं २०७२ वैशाखमा गएको भूकम्पका कारण पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो भने मन्दिर वरपरका पर्खालमा पनि आंशिक क्षति पुगेपछि पुरातत्व विभागले काठमाडौँ महानगरपालिकालाई बनाउने जिम्मा दिएको थियो ।
यो मन्दिर भाइटीकाको दिनमात्र खुल्छ । यस वर्ष पनि सर्वसाधारणले मन्दिरमा बसेर टीका लगाउन पाउँछन्, जहाँ दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जाने गर्छन् । आउँदो तिहारलाई लक्षित गरेर निर्माणको काम भइरहेको कँडेलले भनाइ छ ।
पोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न रानीपोखरीको पुनःनिर्माणअन्तर्गत केही स्थानमा विद्युत् जडान गरी झिलीमिली बनाइने, पोखरीे संरक्षणका लागि चारैतिर बार बारिने, बगैँचा बनाइने, हरियाली र रङ्गीन पानीको फोहोरा राखिने महानगरपालिकाको योजना छ ।
त्यसैगरी, पोखरीको वरिपरि घुम्न दुईवटा बाटोसँगै छेउछेउमा कफी पसल राखिने, चारसय वर्ष पुरानो ऐतिहासिक महत्व बोकेको रानीपोखरी प्रताप मल्लले कान्छा छोरा चक्रवर्तिन्द्र मल्लको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन निर्माण गराएको इतिहासमा उल्लेख छ । दुई वर्ष लगाएर विसं १७२७ मा बनाइएको पोखरीको दक्षिण कुनामा हात्तीमाथि चढेका प्रताप मल्ल र उनका छोराहरूसहितको सेतो मूर्ति छ ।


zika
सिंगापुर – ब्राजिललगायत दक्षिण अमेरिकी मूलकमा फैलिएको जिका भाइरस सिंगापुरमा पनि देखिएको छ । सिंगापुरको स्वास्थ्य मन्त्रालयले पछिल्लो समय ४१ जनामा यो भाइरसको संक्रमण देखिएको बताएको हो । अन्य देशहरुमा जिका प्रभावित क्षेत्रमा पुगेर आएका व्यक्तिमा यो भाइरसको संक्रमण पाउने गरिएपनि सिंगापुरमा स्थानीय स्तरमा नै उक्त भाइरसको संक्रमण फैलिएको बताइएको छ । यसको संक्रमणमा पर्ने धेरै विदेशी कामदारहरु रहेका छन् । उनीहरु सिंगापुरकै एक क्षेत्रमा काम गरिरहेका थिए । उनीहरु कोही पनि जिका प्रभावित देशहरुमा नपुगेको मन्त्रालयले जनाएको छ । संक्रमित ४१ मध्ये ३४ जना उपचारपछि निको भइसकेको र ७ जना अझै अस्पतालमा रहेका छन् । जन्म दोष भएका बालबालिका जन्मनुमा जिका भाइरस जिम्मेवार भएको बताइएको छ । जसमा यस भाइरसबाट संक्रमित आमाबाट जन्मने बालबालिकाको टाउको सानो हुनेगर्दछ । यो भाइरस विशेष गरेर लामखुट्टेबाट सर्ने गर्छ तर, यौनसम्पर्कबाट पनि यो भाइरस सर्ने पाइएपछि गत फेब्रुअरीमा विश्व स्वास्थ्य संगठनले आप्तकालिन अवस्थाको घोषणा गरेको थियो । सिंगापुर गत मेमा पहिलो जिकाको संक्रमण देखिएको थियो । ब्राजिल पुगेर आएका एक व्यक्तिमा उक्त संक्रमण भेटिएको थियो । यो रोग लागेर हत्तपत्त मानिसको निधन भने हुँदैन । यसको लक्षणमा हल्का ज्वरो आउने, आँखा पाक्ने, टाउको, जोर्नी आदि दुख्ने हुन्छ । यसबाट कोहीलाई प्यारालाइसिस पनि हुनसक्छ । यसको हालसम्म कुनै भ्याक्सिन वा औषधि नभएपनि बिरामीले आराम गर्नका साथै र प्रशस्त पानी पिउनुपर्छ । - ratopati

gopal-budathoki1
गोपाल बुढाथोकी
नयाँ प्रधानमन्त्रीका रुपमा प्रचण्ड आए, भूराजनीतिको कुरा गर्छन्, भारत भ्रमणको कुरा गर्छन्, कूटनीतिक सन्तुलनको कुरा गर्छन् तर चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे चुईंक्क बोल्दैनन् । नयाँ परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत आए, उनले पनि भूराजनीतिक सन्तुलन मिलाउने गफ दिए तर चीनसंगको सम्बन्ध विकासबारे केही बोलेनन् । चिनियाँ राष्ट्रपति आउने विषयमा बोलेनन् ।
अघिल्लो केपी ओली सरकार चीनतिर ढल्किनाले भूराजनीति मिलेन, कूटनीतिक सन्तुलन मिलेन भनेर प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनेको हो । प्रचण्डको सरकार बनेपछि भारततिर पनि नढल्किने, चीनतिर पनि नढल्किने सरकार बन्ने जनअपेक्षा थियो । कूटनीतिक सन्तुलन मिलाउँछु भन्ने प्रचण्डले भारत र चीन दुवैलाई नेपालसंग मिलाएर देशहितको काम गर्छन् भन्ने आश थियो तर भर चाहिं थिएन । प्रधानमन्त्री बन्नासाथ उनले भारत र चीन दुवैतिर विशेषदूतका रुपमा उपप्रधानमन्त्री विमलेन्द्र निधि र कृष्णबहादुर महरालाई पठाएर निकै गतिलो सन्देश दिए । तर, प्रचण्डले भारतलाई त चिठी पो पठाएछन् ।


एउटा दूतको हातमा प्रधानमन्त्रीको चिठी हुने, अर्काे दूतको हात चाहिं रित्तो हुने ! मिल्यो त कूटनीतिक सन्तुलन ? एउटा मित्रलाई लिखित सन्देश पठाउने, अर्काेलाई चाहिं नपठाउने ! मिल्यो त भूराजनीति ? पटक्कै मिलेन ।

एउटा देशका प्रधानमन्त्रीले अर्काे देशको प्रधानमन्त्रीलाई चिठी पठाउनु नराम्रो कुरा होइन । सम्बन्ध विकासका लागि प्रचण्डले मित्रराष्ट्रका प्रधानमन्त्रीका नाममा चिठी पठाउनु स्वाभाविक विषय थियो । तर, विषय अस्वाभाविक तब भयो जब गैंडाले आफ्नो विष्टा लुकाए जसरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाइएको पत्र लुकाइयो । जे चिज लुकाइन्छ त्यसमा सबैको चासो हुनु स्वाभाविक हो । प्रचण्डले त्यसमा नराम्रो कुरा पक्कै लेखेका छैनन् होला । प्रधानमन्त्रीले आफ्नो देशलाई हानी हुने गरेर छिमेकी देशलाई चिठी लेखे होलान् भनेर कसरी मान्नु ?
तर, सिक्काको अर्काे पाटाले स्थिति गडबड छ भन्ने संकेत गर्छ । विमलेन्द्र निधि जुन हैसियतमा भारत गएका थिए, कृष्णबहादुर महरा ठ्याक्कै त्यही हैसियतमा चीन गएका थिए । भारत र चीनसंग समान सम्बन्ध राख्ने भनेर निधि र महरालाई दुई देश पठाइएको थियो । एउटा दूतको हातमा प्रधानमन्त्रीको चिठी हुने, अर्काे दूतको हात चाहिं रित्तो हुने ! मिल्यो त कूटनीतिक सन्तुलन ? एउटा मित्रलाई लिखित सन्देश पठाउने, अर्काेलाई चाहिं नपठाउने ! मिल्यो त भूराजनीति ? पटक्कै मिलेन । अनि, भारतीय प्रधानमन्त्रीलाई चिठी पठाइएको मिडियामा गाईंगुई भयो, त्यसपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले ठोकुवासाथ प्रचण्डले मोदीलाई चिठी पठाएको छ भन्यो । अनि, त्यो चिठी सार्वजनिक गर्न पनि माग गर्‍यो । अर्थात्, लुकाइएको चिठीको पोल खुल्यो । चिठी पठाएको कुरा सोझो या घुमाउरो बाटोबाट प्रचण्डले स्वीकार गरिसकेका छन् ।
अहिले माओवादी केन्द्रका नेताहरु भन्दैछन्– आवश्यक पर्‍यो भने त्यो चिठी सार्वजनिक गरिनेछ । आवश्यक छ कि छैन होला सार्वजनिक गर्न ? लुकाउनुपर्ने खालको चिठी पठाएका हुन् र प्रचण्डले ? देशको प्रधानमन्त्रीले लुकाउनुपर्ने खालको चिठी छिमेकी देशका प्रधानमन्त्रीलाई पठाउन मिल्छ कि मिल्दैन ? मिल्छ भने कुरा बेग्लै भो, मिल्दैन भने त सार्वजनिक गर्नुपर्छ माओवादी कमरेडहरु ! लोकतान्त्रिक खुला राज्यव्यवस्थामा ‘आवश्यक पर्‍यो भने सार्वजनिक गरौंला’ भन्न मिल्दैन । आवश्यक परिसक्यो, किनभने प्रमुख प्रतिपक्षी दलले सार्वजनिक गर्न माग गरिसक्यो, संसदको वैठकमा सांसदहरुले माग गरिसके । अझै पनि सार्वजनिक गर्न आवश्यक छ कि छैन भनेर प्रश्न गर्न मिल्छ र कमरेडहरु ?
नेपालमा नेताहरुलाई फलाना देशको दलाल, ढिस्काना देशको एजेण्ट भन्ने घृणित आरोप लगाउने प्रवृत्ति पुरानै हो । यो प्रवृत्तिले कसैको भलो गर्दैन, मुख्य गरी देशको भलो गर्दैन । भूराजनीतिक सन्तुलन मिलाउने, कूटनीतिक सन्तुलन मिलाउने नाममा प्रधानमन्त्री प्रचण्ड दक्षिण ढल्कँदै जाने लक्षण देखिएको छ । पद जोगाउनका लागि उनले केके गर्छन् बेग्लै कुरा हो, तर, पदमोहको सिकार देशलाई बनाउन हँुदैन । अनि, प्रधानमन्त्रीको पदमा बस्नेका अनेक बाध्यता हुन्छन्, त्यो पनि बुझिदिनुपर्छ । अर्थात्, अतिवादी कोणबाट विचार राख्न हुँदैन । भारत र चीनसंग सन्तुलित सम्बन्ध बनाउने प्रचण्डको विचार जुन छ, त्यो जायज हो । यो जायज विचारलाई समर्थन गर्नैपर्छ तर उनी विचार अनुसार व्यवहार गरिरहेका छन् कि छैनन् भन्ने पनि खबरदारी गरिरहन पर्छ ।
प्रधानमन्त्री प्रचण्ड भारत जाँदैछन्, नेपाल र भारतका दुवै राष्ट्रपति एकअर्काको देशको भ्रमणमा जाने भएका छन् । चिनियाँ राष्ट्रपति नेपाल आउने भएका छन् । यी भ्रमण असाध्यै महत्वका छन्, यी भ्रमणले नेपाल कता ढल्कन्छ भन्ने प्रश्न उठाईंदैछ । नेपाल कतै ढल्किने होइन, आफै दह्रो खुट्टा टेकेर उभिने हो । दह्रो खुट्टा टेकेर उभिने बाटोमा प्रचण्डले प्रयास गरिरहेको पनि यदाकदा झल्कन्छ । फास्ट ट्रयाक नेपाली लगानीमा बनाउने पूर्व निर्णयमा अड्छु भनेका छन् प्रचण्डले । उनलाई यो मामिलामा साथ दिनुपर्छ र उनी कतै ढल्किन नसकुन्, नेपालको हितको पक्षमा मात्र उभिन सकुन् भनेर खबरदारी गरेर मात्र पुग्दैन, उनलाई सहयोग पनि गर्नुपर्छ । उनलाई सबैभन्दा धेरै सहयोग गर्न सक्ने शक्ति भनेको प्रमुख प्रतिपक्षी दल नै हो ।
प्रधानमन्त्री प्रचण्डज्यू, प्रमुख प्रतिपक्षी एमालेसंग सहयोग माग्न किन ढिलाई ? कतै तपाईं देशभित्रको शक्तिभन्दा बाहिरको शक्तिको शक्तिसंग सहयोगको याचना गरिरहनुभएको त छैन ? बेलैमा होस गरौं है कमरेड !

.ratopati



ऊर्जा मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ सटिक र स्पष्ट राजनीतिक भिजन भएका नेता हुन् । ऊर्जा मन्त्री भएलगत्तै नेपाल विद्युत प्राधिकरणको वक्यौता नतिर्नेको लाइन काट्न लगाएर चर्चामा आएका उनको ऊर्जा क्षेत्रमा रहेको दृष्टिकोण र मन्त्रालयको भावि योजनाका बारेमा कुराकानी गरेका छन् नरेश ज्ञवालीले । केही दिनभित्रै शर्माले मन्त्रालयका तर्फबाट भावि योजना तथा कार्यक्रम सार्वजनिक गर्दैछन्, त्यसैको पूर्वसन्ध्यामा उनीसँग यस क्षेत्रका नीतिगत विषयहरुमा रहेर गरिएको कुराकानी ।

जलविद्युतको १०६ वर्षे इतिहासमा अहिलेसम्म कुनै पनि ठूला आयोजना सफल हुन नसक्नु र समस्याग्रस्त देखिनुको मूल कारण के हो ?
पहिलो समस्या भनेकै नेपालको एकीकृत जलस्रोत नीति नहुनु हो । दोस्रो– जलस्रोत मन्त्रालय हुनुको सट्टा सिंचाइ मन्त्रालय र ऊर्जा मन्त्रालय हुनु हो । वास्तवमा हुनुपर्ने जलस्रोत मन्त्रालय थियो । समग्र जलस्रोतको उपभोग र उपयोग कसरी गर्नेभन्दा पनि कसरी मन्त्रालय थपेर मन्त्री हुने भन्ने सोच नेपाली नेताहरुमा हावी हुन गयो । मुख्य त्रुटि नै यहीँबाट भएको हो । अर्को पक्ष भनेको नेपाल सरकारलाई नेपालको ऊर्जा क्षेत्रको क्षमता कति हो भन्ने आधिकारिक जानकारी समेत छैन । त्यसमा कहिले लगानी बोर्डले यति हो भन्छ भने कहिले योजना आयोगले यति हो भन्छ । सिङ्गो सरकारका तर्फबाट गर्नुपर्ने कामहरुमा ध्यान दिइएन । यो मेरो कसैलाई आरोप होइन, तर यसको जिम्मेवारी राजनीतिज्ञ र तात्कालीन सरकारको जिम्मेवारी लिने पार्टीहरुले लिने कुरा हो ।


नीति बन्न नसक्नुको मूल जरो राजनीतिक अस्थिरता पनि किन भन्ने ? पञ्चायत त स्थिर थियो नि । ३० वर्षसम्म निरन्तरतामा थियो । तर पनि नीति बन्न सकेन । यसको कारक मलाई हामीमा रहेको सोच हो भन्ने लाग्छ । हामीभन्दा पूर्व राजनीतिज्ञ तत्कालीन कुराहरुमा अल्झिए र त्यही अनुरुप नीति बनाए ।

मूल समस्या राजनीतिज्ञ र कर्मचारीतन्त्रमा यस विषयलाई लिएर दीर्घकालीन सोच नहुनु नै हो ?
अहिले नै त्यसको वर्गीकरण गर्न म चाहन्न । त्यसको जिम्मेवार को हो स्वतः स्पष्ट कुरा हो । मुख्य समस्या काम चलाउ खालको नीति बनाउने, काम चलाउ खालको कार्ययोजना बनाउने पनि हो । कुनै पनि नीति, योजना बनाउँदा आगामी सय वर्ष नभए कम्तीमा ५० वर्षसम्म हामीले हेर्नुपर्ने हुन्छ, बल्ल त्यसको अर्थ हुन्छ ।

राज्यले दीर्घकालीन नीति बनाउन नसक्नुमा अस्थिर सरकारलाई कत्तिको कारक देख्नु हुन्छ ?
नीति बन्न नसक्नुको मूल जरो राजनीतिक अस्थिरता पनि किन भन्ने ? पञ्चायत त स्थिर थियो नि । ३० वर्षसम्म निरन्तरतामा थियो । तर पनि नीति बन्न सकेन । यसको कारक मलाई हामीमा रहेको सोच हो भन्ने लाग्छ । हामीभन्दा पूर्व राजनीतिज्ञ तत्कालीन कुराहरुमा अल्झिए र त्यही अनुरुप नीति बनाए ।
राष्ट्रका पक्षमा नीति र परियोजना बन्न नसक्नुमा ०४९ सालदेखि नेपालमा लागू गरिएको नवउदारवादी आर्थिक नीति अथवा भनौँ खुला बजार अर्थतन्त्रको नीतिलाई कत्तिको कारक देख्नु हुन्छ ? किनभने त्यसयता राज्य आफ्नो जिम्मेवारीबाट खुम्चिँदै गयो र निजी क्षेत्र फैलिँदै गयो जसको उद्देश्य नाफाबाहेक केही थिएन ।
उदारीकरणले विश्व बजारमा र ठूला ठूला देशहरुमा सिर्जना गरेको आर्थिक मन्दी पनि हामीले देखेका छौँ । ती भनेका प्रयोगहरु हुन् । ती कति सफल भए कति असफल । तर नेपालमा त्यसलाई आफ्नो आवश्यकता, यहाँको सामाजिक, आर्थिक र वस्तुगत परिस्थितिअन्तर्गत योजना बनाएर लागू गर्नेभन्दा पनि देखासिखी गर्ने काम मात्र गरियो । तपाईं आर्थिक क्षेत्रको कुरा गर्नुस् अथवा शिक्षा क्षेत्रको त्यही भइरहेको छ । बुझेर त्यसका असल कुरा लागू गर्नेभन्दा पनि हुबहु लागू गरियो ।

तपाई जुन पृष्ठभूमिबाट आउनुभएको छ, त्यो सिद्धान्तले नवउदारवादलाई गलत नीतिका रुपमा व्याख्या गर्छ । आज राज्य हरेक क्षेत्रमा साघुँरिदै जाँदा तपाईं ऊर्जा मन्त्री हुनुभएको छ, आगामी नीतिहरु कसरी बनाउने सोच्नु भएको छ ?
हामी जति–जति बेला छोटो–छोटो समयका लागि सरकारमा गयौँ, केही परिवर्तन गर्ने प्रयास गरेका हौँ । त्यही बेला हामीले ल्याएको नीति भनेको ‘पीपीपी’ मोडेल हो । सरकार भनेको जनताको केन्द्रीकृत अभिव्यक्तिमा बनेको मात्र हो । त्यसकारण सरकारले मात्र पुग्दैन भनेर हामीले यो नीति अवलम्बन गरेका हौँ । यसलाई थप समृद्ध गर्दै हामीले यसलाई ‘फोर पी’ भनेका छौँ । हामीले सरकार मात्र नभएर निजी क्षेत्र, जनतालाई सँगै बढाउन चाहेका छौँ । जनतासँग साधन स्रोत छैन, त्यसैले निजी क्षेत्रलाई पनि समेट्नुपर्ने हुन्छ । समाजवादी अर्थतन्त्रले अगाडि बढाएका कुरालाई सही ढङ्गले अभ्यास नगर्दा केही समस्या देखिएका होलान् तर त्यो वैज्ञानिक छ भन्ने कुरा विश्वमा प्रमाणित भइसकेको छ । सँगसँगै अन्तर्राष्ट्रिय लगानीको पनि त्यतिकै आवश्यकता पर्छ । त्यसलाई रोक्नेभन्दा पनि राष्ट्रिय हितमा प्रयोग गर्नुपर्छ, जसले यहाँको आर्थिक कृयाकलाप वृद्धि गरोस् । नेपाली जनताको हितमा ती लगानी परिचालित हुनुप¥यो ।

पछिल्लो समय निजी क्षेत्रका स्वदेशी लगानीकर्ताले आयोजना बनाउने नाममा लाइसेन्स लिने तर लाइसेन्स बेच्ने जसलाई ‘झोलामा खोला’ राख्ने परिपाटी भनिन्छ, यसलाई सरकारले कसरी नियन्त्रण गर्नेछ ?
निजी क्षेत्रका भनेका पनि हाम्रै नेपाली दाजुभाइ हुन् । तिनलाई काम दिनु र काम लगाउनुपर्छ । नीति बनाउँदा नै हामीले प्रष्ट पार्न नसकेको हुनाले ‘झोलामा खोला’को परिपाटीको विकास भएको हो । हामीले नीतिमा प्रष्ट नपार्दा नै उनीहरुले लाइसेन्स लिने र त्यसलाई बिक्री गर्न दशौँ वर्ष कुर्ने तथा अर्को दलाल पुँजीपतिलाई आउने छुट दियौँ । मेरो भनाइ के हो भने विदेशी पुँजी ल्याउने हो तर राज्यको हित र स्वार्थ नै सर्वोपरी हुनुपर्छ । मैले लगानीकर्ताहरुलाई हाइड्रोमा लगानी गर्न आह्वान गर्न खोज्दैछु । हाम्रा यी यी सर्त हुन् भनेर आह्वान गर्ने हो । हामीसँग पुँजी नभएपछि हामीले लगानीकर्तालाई आह्वान गर्नैपर्ने हुन्छ तर यसमा हाम्रो विकास र लगानीकर्ताको नाफा पनि जोडिएको हुन्छ । अर्को कुरा हामीले आफ्नै पुँजी परिचान गर्नेतर्फ पनि ध्यान दिनुपर्ने हुन्छ । जस्तै हिजो अस्ति मात्र मैले एउटा छलफल चलाएँको थिएँ । त्यसबाट के बुझिन्छ भने हामीले सजिलै झण्डै एक खर्ब रुपियाँ ठूला आयोजनामा लगानी गर्न सक्छौँ ।


हाम्रा संयन्त्रहरुमा समस्या छन् । हाम्रा संयन्त्र मजबुत छैनन् । काम पन्छाउन खोज्ने, कुनै कुरालाई रोक्न खोज्ने प्रवृत्ति छ । कतिपयमा त्रास पनि छ । कतिपयले राम्रो काम गर्दा दण्डित हुने भने कतिपयले खराब काम गर्दा पनि पुरस्कृत हुने अवस्था छ । त्यसले एउटा आतङ्क छ ।

आजसम्मका सरकारले के गरेर बसेका रहेछन् भन्ने यहाँको ठम्याइ छ ?
सरकारले आफ्नो निरन्तर दैनिक काम गरेर बस्यो । तर ऊर्जा क्षेत्रकै कुरा गर्ने हो भने टोपबहादुर रायमाझी मन्त्री छँदा उहाँले ल्याउनु भएको ऊर्जासङ्कट कार्ययाजना हामीले बनाएको हो । ऊर्जा सङ्कट कार्ययाजना बनेको छ तर एक्सन प्लान बनेन । त्यसैले त्यो कार्यान्वयनको चरणमा छैन । अब एक्सन प्लान बनाएर अगाडि बढ्नुपर्छ । सरकारले नीति नबनाएको होइन, बनायो तर नीति बनाएर मात्र भएन । त्यो नीतिलाई कार्यान्वयन गर्ने एक्सन प्लानको अभाव भयो । नीति बनाइदियो तर त्यो कहाँ गयो केही थाहा छैन । अनुगमन, निरीक्षण, मूल्यांकन केही पनि छैन । राजनीतिक अस्थिरता एउटा कुरा हो तर राजनीतिक अस्थिरतालाई कसरी हेर्ने । सरकार बन्ने हट्नेले पनि धेरै प्रभाव पार्दैन ।

हाम्रा संयन्त्रहरुमा समस्या छन् । हाम्रा संयन्त्र मजबुत छैनन् । काम पन्छाउन खोज्ने, कुनै कुरालाई रोक्न खोज्ने प्रवृत्ति छ । कतिपयमा त्रास पनि छ । कतिपयले राम्रो काम गर्दा दण्डित हुने भने कतिपयले खराब काम गर्दा पनि पुरस्कृत हुने अवस्था छ । त्यसले एउटा आतङ्क छ । त्यसैकारण हामीले सरकारको सिस्टममा पुनरसंरचना गर्नुपर्छ भनेका थियौँ । पुनरसंरचना भनेको कुनै जिल्लाको सिमाना मिलाउने कुरा होइन । त्यो त समग्र सरकारको सेट एन्ड सिक्वेन्स, सरकारले काम गर्ने विधि, प्रक्रिया, नीति र सिद्धान्तलाई नयाँ स्तरमा अपग्रेड गर्ने कुरा हो । सोच्ने शैलीमा नयाँपन ल्याउने कुरा हो । पराम्परागत ढङ्गले सोचेर हुन्छ त ? हामी हिजोकै ब्युरोक्रेसीको निरन्तरतामा छौँ । हिजो जुन सेटमा बनेको थियो आज पनि त्यही सेटमा छ । त्यसले पुरानै सेटमा सोचि रहेको छ । त्यसले आजको नयाँ आवश्यकताको सेटमा सोच्न पनुरसंरचना गर्नुपर्ने हुन्छ । त्यसैले मैले भन्ने गरेको छु, राष्ट्रियता हाम्रो व्यवहारमा र काममा व्यक्त हुनु पर्दछ ।


त्यो समस्या भारतीय कम्पनीहरुको होइन । ती कम्पनीले नदी होल्ड गरे भने समस्या नेपालीको हो । हाम्रो नीतिको समस्या हो, नेपाली नेतृत्वको समस्या हो । भारतलाई दोष लगाएर हामी उम्कन्छौँ भन्ने म ठान्दिनँ ।

नेपालमा झण्डै १६ हजार मेघावाटका अर्थात् झण्डै एक तिहाइ आयोजना भारतीय कम्पनीका हातमा रहेको देखिन्छ । यहीँनेर बारम्बार के कुरा उठ्ने गर्छ भने उनीहरुले लाइसेन्स लिन्छन् तर काम अगाडि बढाउँदैनन् र खोलालाई होल्ड गरेर बस्छन् । यस विषयमा तपाईंले कसरी सोचि रहनु भएको छ ।
त्यो समस्या भारतीय कम्पनीहरुको होइन । ती कम्पनीले नदी होल्ड गरे भने समस्या नेपालीको हो । हाम्रो नीतिको समस्या हो, नेपाली नेतृत्वको समस्या हो । भारतलाई दोष लगाएर हामी उम्कन्छौँ भन्ने म ठान्दिनँ । हामीले हाम्रो नीति, कार्यविधि, सम्झौतालाई स्पष्ट नपार्ने अनि अरुलाई दोष लगाएर उम्कन मिल्दैन । म दोष लगाउने पक्षमा छैन । पहिले आफ्नो समस्या, कमजोरीहरु स्वीकार गर्नुपर्छ । नेपाली नेताहरुले त्यस्तो किन गरे त ? जबरजस्ती गराएको हो र ? त्यस्तो सम्झौता किन गरेको त ? ब्युरोक्रेसीले किन प्रश्न नउठाएको त ?

अहिले सञ्चालनमा रहेका अधिकांश आयोजना निर्यातमा आधारित छन्, जसको उद्देश्य विद्युत बेचेर नेपाल–भारतबीचको ६० प्रतिशत व्यापार घाटा कम गर्दै सम्पन्नतातर्फ जान सक्छौँ भन्ने छ । तर विज्ञहरुको भनाइलाई आधार मान्ने हो भने यो नीति नै गलत रहेको भन्ने बुझिन्छ । तापाईंले के अनुभव गर्नुभएको छ ?
विद्युत बिक्री गर्ने कुरा प्राथमिकताको कुरा होइन । विद्युत बिक्री गर्ने भन्ने कुरा एउटा बुँदा मात्र हो मूल प्राथमिकता भनेको खपत गर्ने हो । नेपालमा हामीले जति विद्युत खपत गर्न सक्छौँ, त्यति नेपालको आर्थिक समृद्धि र विकास हुन्छ । बढी हुँदा बिक्री पनि गर्न पनि सकिन्छ तर हामीले उपभोग गर्ने कुरा पहिलो हो । पछि–पछि यसलाई भारत चीनसँग जोड्दै अगाडि बढ्नुपर्ने हुन्छ । पहिला विद्युत भारतलाई बेच्नुपर्छ अथवा अन्य कुनै देशलाई बेच्नुपर्छ भन्ने कुरा सोचमा रहेको गरिबीको प्रतीक हो । नेपालमा आजैका दिनमा १० हजार मेघावाट खपत हुन्छ भन्ने मेरो दाबी छ । कतिपयले नेपालमा विद्युत धेरै हुन लाग्यो भन्छन् र पीपीए गर्न रोकेर बसेका छन् । मैले विद्युत खपत हुने ठाउँ देखाइदिन्छु भनेको छु । हामीले दशवटा ठूला उद्योगलाई एक–एक हजार मेघावाट विद्युत दिने प्रतिबद्धता गरौँ त ।

तपाईंका एक्सन प्लान के हुन् त ?
मैले धेरै कुरा गरेर हुँदैन । पहिलो– जलस्रोत नीतिको अभावलाई पूरा गर्न जलस्रोत नीति बनाउने कामको थालनी गर्छु । दोस्रो– ऊर्जा सङ्कटलाई समाधान गर्ने प्रयत्न गर्छु । तेस्रो– रणनीतिक रुपले दीर्घकालीन हुने एउटा योजना बनाउने, हिजोका योजनाहरुको अपग्रेड गर्ने । चौथो– काठमाडौंको बढ्दो सहरीकरणले विद्युत ल्याउन समस्या परिरहेको छ । यस्तो अवस्थाको निराकरणका लागि ट्रान्समिसनको योजना, सम्भावनाको उजागर गरेर जनतासामु ल्याउँछु ।


राम्रा सभावना भएका आयोजनाहरु जनताको लगानीमा गर्न सकिने छ तर नेपालमा हामी के गर्छौं भने कर्णाली आयोजना कुनै प्राइभेट कम्पनीलाई दिन्छौँ र बूढीगण्डकी हामी बनाउन लाग्छौँ । मैले प्रवृत्तिको कुरा गरेको हो ।

‘अन्डर ग्राउन्ड इलेक्ट्रिक सिस्टम’का बारे केही गर्न सकिन्छ कि ?
त्यसमा पनि म योजना बनाउँदैछु । अहिले योजना निर्माणको चरणमा भएको हुनाले लगत्तै म तपाईंहरुलाई भन्ने छु ।

तपाईंले विद्युत प्राधिकरणको ३१औँ वार्षिक उत्सवमा अपर कर्णालीमा राष्ट्रघात भयो भन्नुभयो तपाईंले के भन्न खोज्नु भएको ?
मैले हाम्रो अवस्था के छ भनेर उजागर मात्र गरेको हो । हामीसँग राम्रा सभावना भएका आयोजनाहरु जनताको लगानीमा गर्न सकिने छ तर नेपालमा हामी के गर्छौं भने कर्णाली आयोजना कुनै प्राइभेट कम्पनीलाई दिन्छौँ र बूढीगण्डकी हामी बनाउन लाग्छौँ । मैले प्रवृत्तिको कुरा गरेको हो । नेपालको प्रवृत्ति यस्तो छ हामी कसरी अगाडि बढौँला भन्ने प्रश्न मात्र गरेको ।

पञ्चेश्वर र चमेलिया जलविद्युत आयोजनमा भइरहेको ढिलाइमा सरकारले कस्तो कदम उठाउनेछ ?
पञ्चेश्वरलाई छिटो अगाडि बढाउन काममा अलिक गति पैदा भइरहेको छ । दुई देशको संयुक्त कार्यक्रम पनि बनिसकेको अवस्थामा नेपालको तर्फबाट हामीले गर्नुपर्ने काममा कमी हुन नदिनु नै हाम्रा लागि फाइदाजनक हुन्छ । नेपलाका तर्फबाट गर्नुपर्ने काममा हामी लागिपर्छौं । यो दुई देशको संयुक्त आयोजना भएको हुनाले त्यसलाई फ्यासिलेट गरेर छिटो अगाडि बढाउने नै हुन्छ । चमेलियामा मैले तत्कालै काम थाल्न भनिसकेको छु ।

ऊर्जाको क्षेत्रमा सक्रिय रहेका स्वदेशी विदेशी एजेन्टहरुले पुरै आयोजना प्रभावित पार्ने, नीतिलाई प्रभावित पार्ने र आफ्नो पक्षमा लबिङ गर्न आर्थिक चलखेल गर्ने र मुनाफालाई पहिलो ध्येय बनाउने जस्तो ट्रेन्ड अहिलेसम्म देखिएको छ, त्यसलाई ब्रेक गर्न तपाईं के गर्नु हुन्छ ?
विदेशी कम्पनीले कसलाई एजेन्ट दिन्छन् भन्ने उनको कुरा हो । त्यो उनको पेशागत कुरा भयो । उनीहरुको पेशागत कुरामा मेरो भन्नु केही पनि छैन । कम्पनीलाई आवश्यक पर्दा एजेन्ट राख्छ होला । त्यो कम्पनीको नियमको कुरा हो, हाम्रो कुरा होइन । हामीले विदेशी कम्पनीहरु आउँछन् भने लगानी गर्ने वातावरण बनाइदिने हो । उसले लगानी गर्दा नेपाललाई के फाइदा हुने भन्ने सुनिश्चित गर्ने हो । लगानी गर्नेले फाइदा लिने कुरा पनि छँदैछ । हामीलाई लगानी भित्र्याउनु छ उनीहरु फाइदा नपाएसम्म आउँदैनन् । आयोजना दिँदा हामीले हाम्रो सर्तमा दिने हो । एजेन्टले प्रभावित पार्ने भन्ने हुँदेन ।

.ratopati.


पाकिस्तानका अनुभवी क्रिकेट खेलाडी मोहम्मद हफिजको बलिङ शंकाको घेरामा परेको छ। त्यसैले अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आईसिसी) ले आगामी महिना संयुक्त अरब इमिरेट्स (युएई) मा वेष्ट इन्डिजविरूद्ध हुने शृंखलाअगाडि नै उनको बलिङको परिक्षण गर्न पाकिस्तानलाई सल्लाह दिएको छ।

पाकिस्तान क्रिकेट संघ (पिसिबी) श्रोतका अनुसार संघका एक वरिष्ठ अधिकारीले पनि हफिजलाई यसको जानकारी दिइसकेका छन्। हफिजलाई बलिङ परिक्षणका लागि तयार हुन भनिएको छ।र, परिक्षण गर्न ढिलो नगर्न पनि सुझाव दिइएको छ। पाकिस्तानलाई अहिले अलराउन्डरको भूमिकामा उनको आवश्यकता अत्याधिक छ। वेष्ट इन्डिजविरूद्ध टि–२० श्रृंखला अगाडि २३ सेप्टेम्बरसम्म उनले आफ्नो बलिङको परिक्षण गरिसक्नु पर्नेछ।-
एजेन्सी


फ्लोरिडा, भदौ १३ (एजेन्सी)– भारतविरूद्धको दुई टि–२० को शृंखला वेष्ट इन्डिजले १–० ले जितेको छ। आइतबार राती अमेरिकाको फ्लोरिडामा भएको दोस्रो टि–२० बर्षाका कारण रद्ध भएपछि वेष्ट इन्डिजले शृंखलामा कब्जा जमाएको हो।

दोस्रो खेलमा पनि भारतीय कप्तान महेन्द्रसिंह धोनीले टस जितेर वेष्ट इन्डिजलाई ब्याटिङको निम्तो दिएको थियो। स्टुअर्ड बिन्नीको स्थानमा दोस्रो खेलमा कप्तान धोनीले स्पिनर अमित मिश्रालाई खेलाएका थिए। जुन निकै प्रभावशाली रहयो।

पहिलो टि–२० मा ६ विकेटको क्षतिमा विशाल २ सय ४५ रन बनाएको वेष्ट इन्डिजले दोस्रो खेलमा १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १ सय ४३ रन मात्र बनाएको थियो। बर्षाका कारण ४० मिनेट ढिलो सुरु भएको खेलमा अमित मिश्राले २४ रन मात्र खर्चिएर ३ विकेट लिए। अश्विनले २ विकेट लिए।

पहिलो खेलमा बिस्फोटक सतक बनाएका इभन लेविसलाई मोहम्मद सामीले ७ रनमा मिश्राबाट क्याच आउट गराएपछि वेष्ट इन्डिजको इनिङ लडखडाएको थियो। अर्का प्रारम्भिक ब्याट्सम्यान जोन्सन चाल्र्सले २५ बलमा ४३ रन बनाएका थिए। उनी मिश्राको बलको सिकार भए। यसबाहेक पुछारमा कप्तान ब्रेथवाइटले १८ रन बनाए। उनलाई पनि मिश्राले आउट गरेका थिए।

भारतले २ ओभरको खेलमा बिना कुनै नोक्सानी १५ रन बनाएपछि फेरि पानी परेको थियो। त्यसपछि खेल सुरु हुन सकेन। म्याच रेफ्रिले खेल रद्ध भएको घोषणा गरे। यसअघि रोहित शर्मा १० र रहाने ४ रन बनाएर खेल्दैथिए।-एजेन्सी



जर्मनीका वैज्ञानिकहरुले एउटा यस्तो ब्याक्टेरिया पत्ता लगाएका छन् जुन मानिसको नाकभित्र बस्दछ । उक्त ब्याक्टेरियाले विशेष प्रकारको एन्टिबायोटिक यौगिक उत्पादन गर्दछ ।

रोचक कुरा त के भने ब्याक्टेरियाले पैदा गर्ने उक्त एन्टिबायोटिक सुपरबग एमआरएसए समेत कैयन् खतरनाक जिवाणुहरुलाई नष्ट गर्ने क्षमता राख्दछ ।

शोधकर्ताका अनुसार नाकभित्रको ब्याक्टेरियाको उक्त खोज निकै अहम सावित हुनसक्छ । ब्याक्टेरियाले उत्पादन गर्ने एन्टिबायोटिक यौगिक त्यस्ता ब्याक्टेरियाजन्य संक्रमणको उपचारमा सहयोगी हुनेछ जसमा औषधि प्रतिरोधी ब्याक्टेरिया विकशित हुन्छ ।

जर्मनकी युनिभर्सिटी अफ ट्युबिननका मुख्य शोधकर्ता एन्डि्रज पेशलका अनुसार विभिन्न खाले भाइरल संक्रमणको मुख्य केन्द्र हुनुका अलावा नाकको भित्री भाग विभिन्न खाले ५० भन्दा धेरै ब्याक्टेरियाको घर पनि हो । सोही कारण उनीहरुले सरीरको उक्त महत्वपूर्ण हिस्साको विशेष अध्ययन गरेका थिए, जसबाट अनपेक्षित तथा उत्साहजनक परिणाम प्राप्त भएको दाबी उनको छ ।

अहिलेसम्म प्रयोगमा रहेका एन्टिबयोटिक औषधिहरुमध्ये अधिकांस माटोमा वा पर्यावरणमा पाइने ब्याक्टेरियाबाट तयार गरिँदै आइएकोमा मानिसको नाकभित्रै एन्टिबायोटिक आफै उत्पादन हुने तथ्य पत्ता लाग्नु चिकित्सा विज्ञानमा क्रान्तिकारी खोज रहेको बताइएको छ ।

मानिसको सरीरभित्र एन्टिबायोटिकको सम्भावित श्रोतको खोजीलाई वैज्ञानिकहरुले महान उपलब्धी भनेका छन् ।-अनलाइनखबरबाट

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget