Websoft University

www.radiomakalu.com || 021-522512


भारतले वेष्ट इन्डिजसँग टि–२० शृंखला हार्यो


फ्लोरिडा, भदौ १३ (एजेन्सी)– भारतविरूद्धको दुई टि–२० को शृंखला वेष्ट इन्डिजले १–० ले जितेको छ। आइतबार राती अमेरिकाको फ्लोरिडामा भएको दोस्रो टि–२० बर्षाका कारण रद्ध भएपछि वेष्ट इन्डिजले शृंखलामा कब्जा जमाएको हो।

दोस्रो खेलमा पनि भारतीय कप्तान महेन्द्रसिंह धोनीले टस जितेर वेष्ट इन्डिजलाई ब्याटिङको निम्तो दिएको थियो। स्टुअर्ड बिन्नीको स्थानमा दोस्रो खेलमा कप्तान धोनीले स्पिनर अमित मिश्रालाई खेलाएका थिए। जुन निकै प्रभावशाली रहयो।

पहिलो टि–२० मा ६ विकेटको क्षतिमा विशाल २ सय ४५ रन बनाएको वेष्ट इन्डिजले दोस्रो खेलमा १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १ सय ४३ रन मात्र बनाएको थियो। बर्षाका कारण ४० मिनेट ढिलो सुरु भएको खेलमा अमित मिश्राले २४ रन मात्र खर्चिएर ३ विकेट लिए। अश्विनले २ विकेट लिए।

पहिलो खेलमा बिस्फोटक सतक बनाएका इभन लेविसलाई मोहम्मद सामीले ७ रनमा मिश्राबाट क्याच आउट गराएपछि वेष्ट इन्डिजको इनिङ लडखडाएको थियो। अर्का प्रारम्भिक ब्याट्सम्यान जोन्सन चाल्र्सले २५ बलमा ४३ रन बनाएका थिए। उनी मिश्राको बलको सिकार भए। यसबाहेक पुछारमा कप्तान ब्रेथवाइटले १८ रन बनाए। उनलाई पनि मिश्राले आउट गरेका थिए।

भारतले २ ओभरको खेलमा बिना कुनै नोक्सानी १५ रन बनाएपछि फेरि पानी परेको थियो। त्यसपछि खेल सुरु हुन सकेन। म्याच रेफ्रिले खेल रद्ध भएको घोषणा गरे। यसअघि रोहित शर्मा १० र रहाने ४ रन बनाएर खेल्दैथिए।-एजेन्सी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget