Websoft University

www.radiomakalu.com || 021-522512


February 2018

फागुन १६ । नेपालका पूर्वउपराष्ट्रपति परमानन्द झाले भारतमा पुगेर नेपाललाई ‘मगन्ते देश’ को संज्ञा दिएका छन् ।

भारतको दरभंगामा आफू पढेको विद्यालयको पूर्वविद्यार्थी सम्मेलनमा सहभागी हुन गएका झाले भारतीय अखबार ‘दैनिक जागरण’सँग कुरा गर्दै नेपाल ‘मगन्ते देश’ रहेको बताएका हुन् । ‘दैनिक जागरण’ले बुृधबारको अंकमा पूर्वउपराष्ट्रपति झासँगको वार्तामा आधारित रहेर समाचार प्रकाशन गरेको छ ।
‘चीन से डरनेकी जरुरत नहीं’ (चीनसँग डराउन जरुरी छैन) शीर्षक समाचारमा सो अखबारले पूर्वउपराष्ट्रपति झासँगको वार्तालाई समावेश गरेको छ ।
पछिल्लो समय चीनसँग नेपालको बढ्दो निकटता र भारतसँग बढेको दुरीबारे सोधिएको सवालमा पूर्वउपराष्ट्रपति झाले दिएको जवाफ उद्धृत गर्दै सो अखबारले लेखेको छ, ‘यो भ्रम सिर्जना गर्ने सोच हो । यसमा कुनै सत्यता छैन ।’

सो अखबारकाअनुसार पूर्वउपराष्ट्रपति झाले भने, ‘कुनै पनि देश आफ्नो विकास चाहन्छ । नेपाल पनि विकास गर्न चाहन्छ । यसमा जुन देशले आफूलाई जति मद्दत गर्छ, उसलाई स्वीकार गर्नबाट कहिल्यै हिच्किचाउँदैन । किनकि नेपाल एक मगन्ते अर्थात् माग्नेवाला राष्ट्र हो । जुन देश जति दिन्छ, उसका प्रति उति नै आकर्षण हुनु स्वाभाविक हो ।’

फागुन १६ । बलिउड अभिनेत्री श्रीदेवी कपुरको राजकीय सम्मानका साथ दाहसंस्कार गरिएको छ ।

बुधबार मुम्बईस्थित विले पार्ले समाज दाहसंस्कारस्थलमा उनको अन्तिम संस्कार गरिएको हो ।
श्रीदेवीको पार्थिव शरीरमा उनका पति बोनी कपुरले दागबत्ती दिए ।
यसक्रममा ७ किलोमिटर लामो शवयात्रामा हजारौं शुभचिन्तक, समर्थकहरुको भीड थियो ।
यसअघि, उनको पार्थिव शरीरलाई बुधबारै मुम्बईको सेलिब्रेसन स्पोट्र्स क्लबमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिएको थियो ।
श्रीदेवीको शनिबार दुबईमा मृत्यु भएको थियो । मंगलबार रातिमात्र उनको पार्थिव शरीर मुम्बई ल्याइएको थियो ।
५४ वर्षीया श्रीदेवीको दुबईस्थित होटलको कोटामा बाथटबमा शव पाइएको थियो । दुबई प्रहरीको ‘फरेन्किस रिपोर्ट’मा श्रीदेवीको मृत्यु ‘दुर्घटनावश डुबेर भएको’ उल्लेख छ ।
तर, सुरुमा भने उनको मृत्यु कार्डिएक अरेस्ट (हृदयाघात)का कारण भएको बताइएको थियो ।
उनी दुबईमा भतिजा मोहित मार्वाको विवाहका लागि परिवारका साथ पुगेकी थिइन् ।
चार वर्षको उमेरबाट चलचित्रको दुनियाँमा अभिनय यात्रा सुरु गरेकी श्रीदेवीले ३०० भन्दा बढी चलचित्रमा सशक्त अभिनय गरेकी छन् ।
आजभन्दा ठीक २१ वर्षअघि फेब्रुअरी २८ मा श्रीदेवीको ‘जुदाई’ फिल्म रिलिज भएको थियो । त्यसपछि उनी करिब १२ वर्ष चलचित्र क्षेत्रबाट अलग भएकी थिइन् । 

काठमाडौं, फागुन १६ । गृहमन्त्री रामबहादुर थापाले पदभारग्रहणपछि बुधबार पहिलोपटक प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्दै नयाँ कार्यशैलीका साथ शान्ति–सुरक्षाका काम–कारबाही अघि बढाउन प्रहरीलाई निर्देशन दिएका छन् ।

सो अवसरमा गृहमन्त्री थापाले मुलुकको आर्थिक विकास र समृद्धिका लागि अपराध अनुसन्धानमा दक्षता र शान्ति–सुरक्षाको सुनिश्चितता हुन आवश्यक रहेको बताए ।
प्रदेश प्रहरी ऐन तथा क्षेत्राधिकारका साथै पदोन्नति, साधन–स्रोतको अभावलगायतका समस्या रहेकाबारे आफू जानकार रहेको बताउँदै उनले ती समस्या समाधानका लागि ठोस योजनासहित मन्त्रालयले काम गर्ने विश्वास दिलाए ।
इतिहासले दिएको नयाँ चुनौतीमाथि सफलता हासिल गर्न सबैको साथ, सहयोग र समन्वय आवश्यकतालाई पनि उनले औंल्याए ।
सोक्रममा गृहमन्त्री थापाले प्रहरी प्रधान कार्यालय कमान्ड सेन्टर, डिजिटल फरेन्सिक ल्याब र पोलिग्राफ सेक्सनको निरीक्षणसमेत गरे ।
उनले कमान्ड सेन्टरमा ‘भिडियो कन्फेरेन्स’बाट प्रदेश प्रहरी प्रमुखहरूलाई शान्ति–सुरक्षा कायम राख्ने सम्बन्धमा आवश्यक निर्देशन दिँदै प्रदेश प्रहरीका समस्याहरू समाधान गरिने वचनबद्धता प्रकट गरे ।
प्रहरी महानिरीक्षक प्रकाश अर्यालले एकात्मकबाट संघीय राज्य प्रणालीमा प्रवेश गर्ने अवसर नेपाल प्रहरीको परिप्रेक्ष्यमा नितान्त नौलो भएको बताउँदै गृह मन्त्रालयबाट नीतिगत स्पष्टतासहितको सहजीकरण भएमा संघीयतातर्फ सहज अवतरण गर्नसकिने विश्वास व्यक्त गरे ।

गृहमन्त्री थापालाई प्रहरी महानिरीक्षक अर्यालले प्रहरी संगठनको विकासक्रम, वर्तमान अवस्था, चुनौती, आवश्यकता र अपेक्षाबारे अवगत गराएका थिए । रासस



सुनसरीलाई नेपालको ४५औँ जिल्लाका रुपमा मंगलबार साक्षर जिल्ला घोषणा गरिएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सुनसरीलाई औपचारिक कार्यक्रममा सुनसरीलाई ४५औँ साक्षर जिल्ला घोषणा गर्नुभयो ।
मुख्यमन्त्री राईले जिल्लालाई साक्षर जिल्ला घोषणा गर्नुहँुदै देशको विकासका लागि शिक्षाको ठूलो महत्व रहेको बताउनुभयोे । राईले अघिल्लो वर्ष नै साक्षर जिल्ला घोषणाको तयारी गरिएको भए पनि आफूले औपचारिक कार्यक्रमबीच सुनसरीलाई साक्षर जिल्ला घोषणा गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।
साक्षर जिल्ला घोषणा कार्यक्रमअन्तर्गत जिल्ला शिक्षा कार्यालय सुनसरीमा निर्माण गरिएको साक्षर स्तम्भ अनावरण गरेर साक्षर जिल्ला भएको मुख्यमन्त्री राईले उद्घोष गर्नुभयो । हाल कायम रहेका ७७ जिल्लामध्ये पछिल्लो पटक घोषणा भएको सुनसरी ४५औँ साक्षर जिल्ला बनेको छ । साक्षर जिल्ला घोषणाका लागि १६ देखि ६० वर्ष उमेर समूहको साक्षरता प्रतिशत ९५ पुगेका कारण जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो ।
सुनसरी जिल्ला साक्षर घोषणा कार्यक्रममा बोल्नुहँुदै प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवनबहादुर घिमिरेले नेपाली जनताको स्वास्थ्य अवस्था राम्रो भए मात्र विकास र समृद्धिको कल्पना साकार हुने बताउनुभयो ।
उहाँले स्वास्थ्य क्षेत्रलाई जनमैत्री बनाउनका लागि आफू लागिपरेको समेत बताउनुभयो । उहाँले निजी तथा सरकारी दुवै स्वास्थ्य संस्थामा समान्य खालको परीक्षण र रक्त चापको जाँच गर्दा निःशुल्क गर्न निर्देशन दिएको समेत जानकारी दिनुभयो ।
मन्त्री घिमिरेले पोलीक्लिनिक र नर्सिङ होमलाई निःशुल्क रुपमा रक्तचाप परीक्षण गर्न र सहुलियतमा सेवा गर्नका लागि निर्देशन दिएको समेत उल्लेख गर्नुभयो ।

साक्षर जिल्ला घोषणाको सान्दर्भिकता

अहिले सुनसरीको साक्षरता प्रतिशत ९५ दशमलब ४० रहेको सरकारी तथ्यांक छ । यता बिना पूर्वाधार घोषणा कार्यक्रम गरेको भन्दै स्थानीयवासीले आपत्ति जनाएका छन् । जनतालाई ठग्ने गरी साक्षर जिल्ला घोषणा गरेको भन्दै स्थानीयवासीले आपत्ति जनाएका हुन् । साक्षर जिल्लाको नाममा आएको बजेट पचाउनका लागि नाटकीय रुपमा साक्षर जिल्ला घोषणा गरेको स्थानीयवासी रामकुमार साहले बताउनुभयो । विगत ५ वर्षयता एकजना व्यक्तिलाई पटक पटक पठाएको भए पनि नामसमेत लेख्न नजानेकोे अवस्थामा घोषणा कार्यक्रम नाटक मात्र भएकोे देवानगन्जका स्थानीयवासी हरिनारायण मेहताले गुनासो गर्नुभयो ।
उक्त क्षेत्रसँगै जिल्लाको ६८ प्रतिशतमा मात्र साक्षरता रहेको तथा ३२ प्रतिशत व्यक्ति निरक्षर रहेको भए पनि कागजमा ९५ प्रतिशत देखाएर नाटकीय घोषणा गरेपछि चौतर्फी विरोध भएको हो ।
मुख्यमन्त्री राईले सुनसरीलाई साक्षर जिल्लाका रुपमा घोषणा गर्नु भएपनि अधिकांश गाउँ र विपन्न बस्तीमा साक्षरता नभएको बेला गरिएको घोषणाले प्रश्न उब्जाएको समाजसेवी वीरेन्द्र मेहताले बताउनुभयो । जिल्लालाई राम्रो बनाउनु र साक्षरता प्रतिशत देखाउनु सकारात्मक पक्ष भए पनि पूर्वाधार विनाको घोषणाले खासै अर्थ नराख्ने भएकाले यसको कार्यान्वयन चुनौतीपूर्ण देखिएको मेहताको भनाइ छ ।
जिल्लालाई साक्षर जिल्ला घोषणा गर्नु मात्रै ठूलो कुरा र उपलब्धि नभएको भन्दै यसको कार्यान्वयनमा सरोकारवाला निकाय गम्भीर बन्नुपर्ने आवाज पनि उठेको छ । विगतमा कागजमै साक्षर कक्षा चलाएका सामुदायिक सिकाइ केन्द्रका सञ्चालकलाई संरक्षण र पृष्ठपोषण गर्ने तथा सरकारी रकम दुरुपयोग भएको कुरालाई थामथुम पार्नका लागि साक्षर जिल्ला घोषणा गरिएकाले यसको कालान्तरमा ठूलो असर पर्ने देखिन्छ ।
सरकार र दातालाई छलछाम गर्न तथा जिल्लामा भएको फटाँई र कागज मिलानको कार्यलाई ढाकछोप गर्न मात्रै घोषणा कार्यक्रम गरिएको स्थानीयवासीको आरोप र गुनासो बाहिर आएको छ । अरूको अगाडि आफूलाई ठूलो देखाउनका लागि घोषणा कार्यक्रम सार्थक देखिए पनि १५ वर्षदेखि ५९ वर्ष उमेर समूहका लाखौँ नागरिक घोषणा कार्यक्रमपछि पनि अक्षर नचिनी निरक्षरको निरक्षर नै रहने चुनौती देखिएको छ ।
सुनसरीका विभिन्न गाउँपालिका र नगरपालिकामा साक्षरै नभएकाको नामसमेत राखेर साक्षरको कागजात तयार पारी जनताको आँखामा छारो हालेर गरिएको घोषणा नाटकीय मात्र भएको सर्वसाधारणको गुनासो छ । घोषणा कार्यक्रम चलिरहँदा जिल्ला सदरमुकाम इनरुवाकै कार्यालयहरुमा औँठा छाप लगाएर स्थानीयवासीले काम चलाइरहेको अवस्था थियो ।
सरकारी कार्यालयमा हस्ताक्षर गर्ने ठाउँमा समेत १५ प्रतिशत उपभोक्ताले औँठा छाप लगाउने गरेको कार्यालयको कागजातबाट देखिएको छ । सामान्यतया लेखपढ गर्न सक्ने, आफ्नो हस्ताक्षर आफँैले गर्न सक्ने, क्यालेन्डर हेर्न, क्याल्कुलेटर चलाउन सक्ने अवस्थालाई साक्षर मानिन्छ । तर सुनसरीका २० प्रतिशतभन्दा बढी नागरिक निरक्षर रहेका छन् । सरकारी तथ्यांक कागजी रुपमा ९५ दशमलब ४० प्रतिशतको दाबी गरेर साक्षर जिल्ला घोषणा गरिएपछि कागजी काम गर्नेलाई भने थप उत्साह मिलेको पाइएको छ ।
काम गरेर नतिजामुखी अवस्था सृजना गरे त्यो राम्रो हुन्छ, तर सुनसरीमा ६ वर्षयता कागजमै साक्षर कक्षा चलेकाले फेरि यस्तै कागज मिलाएर खान पाउने गरी साक्षर जिल्ला घोषणा भएकाले चुनौती थपिएको छ ।



माेरङ / भारतबाट अबैध रुपमा बिक्रीवितरण गर्नेका लागि नेपाल ल्याउदै गरेकाे बाेइलर कुखुरा बुधबार प्रहरी पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यलय रंगेलीले माेरङकाे धनपालथान गाउँ पालिका ४ स्थित कर्सिया चाेक बाट पक्राउ गरेको छ ।
कुखुरा बाेकेर ल्याउन प्रयाेग गरिएको नम्बर प्लेट बिनाकाे भारतीय माेटरसाइकल समेत पक्राउ गरेकाे छ । उक्त कुखुरा कर्सिया स्थित पाथीभरा फ्रेस हाउसले भारतबाट ल्याएर नेपाल बिक्रीवितरण गर्ने गरेकाे व्यवसायीहरु बताउँछन् ।
तराईमा हाेली पर्व नजिकिदै जाँदा भारतबाट अबैध रुपमा बाेइलर कुखुराहरु नेपाल ल्याएर बिक्रीवितरण गर्ने गरेका छन । भारतमा उक्त कुखुराको मुल्य भारतीय रुपैयाँ ७० रुपैयाँ पर्ने गरेको र नेपाल मा २ सय रुपैयाँमा सर्वसाधारण हरुले उक्त कुखुराको किन्ने गरेका छन ।
भारतमा भन्दा नेपालमा बाेइलर कुखुराको मुल्य बढि रहेको हुनाले भारतबाट अबैध रुपमा नेपाल भित्र्याउन लागेका छन । प्रहरीले बरामद गरेको उक्त कुखुरा बुधबार पशु क्वारेन्टाइन प्रहरी ,स्थानीय ,बुद्धिजीवी ,पत्रकारहरुकाे राेहवरमा साे कुखुरा नष्ट गरिएको छ ।
ईलाका प्रहरी कार्यलयले सातादिन अगाडि भारतबाट नेपाल ल्याउदै गरेको ६ लाख रुपैयाँ बराबरको कुखुराको चल्ला पक्राउ गरिएको प्रहरी निरिक्षक संन्जिव बाबू खड्काले बताए ।

पछिल्लो समय हाम्रो समाजमा एउटा कुराले खुबै महत्व पाएको छ । शौचालयदेखि बेड रुमसम्मका सबै कृयाकलापको सेल्फी खिच्ने र सामाजिक सञ्जालमा पोष्ट गर्ने । यो मामलामा सामान्य मानिस मात्र होईन ठुला ठुला ओहदाका मानिसहरु समेत छन । उनीहरुलाई सामाजिक सञ्जालले अहिले निक्कै ठुलो सहयोग पुर्याएको छ । उनीहरुलाई सेल्फी मोहले यति अभ्यस्त बनाएको छ की उनीहरुको सिंगो ध्यान सेल्फीमै अल्झिएको छ ।
करिब २० बर्षपछि भएको स्थानीय निर्बाचनपछि जनताले जनप्रतिनिधिहरुबाट निक्कै ठुलो आशा गरेका थिए । अब त गाँउदेखि देशसम्मको बिकास हुन्छ । त्यसपछि तीनै तहको निर्बाचन पनि भयो र देश संघियतामा पनि गयो । देशमा अहिले ८ वटा सरकारहरु पनि बनिसकेका छन । तरपनि जनताको आशामा कुठाराघात शिवाय केही भएको छैन । जनप्रतिनिधि देखि मुख्यमन्त्री सम्मका दैनिक क्रियाकलाप हेर्ने हो भने सेल्फी खिच्ने,सामान्य घरमा आयोजना गरिएको पुजाको उदघाटन देखि भ्याए सम्मका कार्यक्रम उदघाटन गर्ने शिवाय केही काम देखिन्न । के यही हो त स्थानीय बिकास ? कि यहि हो संघीयता ?
नरेन्द्र बस्नेत
दलका नेताहरुको ध्यान कुर्सी र सत्ता बाहेक केही देखिएनन । देशमा संघियताको अभ्यास भईरहेपनि त्यसले छुन सकेको छैन । के अब यसरी नै देशको बिकास होला त ? संघियतामा देश गईसकेको अबस्थामा प्रदेशको नामांकन अझै बाँकी छ र स्थायी राजधानीको समेत अत्तोपत्तो छैन । ती कुराहरु ओझेलमा पारेर मुख्यमन्त्री देखि नगरका मेयरसम्म सेल्फी र कार्यक्रम उदघाटन मै ब्यस्त देखिन्छन । यस्ता क्रियाकलाप ले खै मुलुक कता लाने हो आँकलन गर्न पनि गाहे अबस्था देखिन्छ ।
दैनिकजसो हुने मेला,महोत्सबदेखि सामान्य कार्यक्रममा समेत मुख्यमन्त्री रिबन काटन दौडिएकै छन । प्रदेशको नाम र अस्थायी राजधानीको टुंगो लगाउने काम थाती राखेर कार्यक्रम उदघाटनमा मात्र दौडिदा सबै समय खर्च भएपछि अरु काम कहिले गर्ने ? यस्को जवाफ कस्ले दिन्छ ? स्थानीय निर्बाचन भएको करिब ६ महिना बितिसकेको छ जनप्रतिनिधिहरुले कुनै काम माखो मार्न सकेका छैनन । उनीहरु सेल्फी र पुजाको उदघाटन गर्नमै ब्यस्त छन । भनेको समयमा जनताको काम हुँदैन । जनप्रतिनिधिहरु सेल्फी र उदघाटनमै ब्यस्त भएपछि सिंहदरबार गाँउमा आएको भन्ने कुरा जनताले खै कसरी बिश्वास गर्ने ?
अब मुख्यमन्त्री,मन्त्री,नगरका मेयर,उपमेयर,वडाअध्यक्षहरुले सेल्फी मोह र उदघाटनका काम छोडेर बिकास निर्माण देखि चाङ लागेका जनताको काम गर्ने बेला आएको छ । अब पनि पुरानै ढर्रामा काम गर्ने हो भने स्थानीयता र संघियता भन्ने कुन चराको नाम हो ? भनेर जनताले सोध्ने बेला भएको छ ।


९ फागुन, इटहरी । विराटनगरको रानीदेखि सुनसरीको धरानसम्मको ६ लेनको सडकको केही खण्डमा काम रोकिए पनि इटहरी-धरान खण्डमा भने काम धमाधम भइरहेको छ ।
पूर्वको एक्लो महानगर विराटनगरदेखि दुई उपमहानगर इटहरी र धरान जोड्ने २ लेनको ४९ किलोमिटर सडकलाई ६ लेनको बनाउन २०७० साल असारदेखि नै काम सुरु गरिएको थियो ।
इटहरी- तरहरा सडक खण्ड बगैंचासहितको अत्याधुनिक हुने
यस सडक खण्डको इटहरीदेखि तरहरासम्मको ५ किलोमिटर सडक अत्याधुनिक बन्दैछ । परियोजनाका इन्जिनियर सुुमोद पोखरेेलका अनुसार इटहरीको मुख्य चोकदेखि तरहरासम्म हालको सडकको बीच भागबाट २५-२५ मिटर दायाँ बायाँसम्म सडक फैलिने छ ।
सडक निर्माणमा विभिन्न कानुनी उल्झन देखिए पनि सडक विभागको पक्षमा फैसला भएको हुँदा सडक निर्माण नरोकिने इन्जिनियर पोखरेलले बताए ।
राजमार्ग निर्माण व्यवस्था ऐन अन्तर्गत २०२१ फागुन १६ मा जोगवनी-धरान सडकलाइ सेन्टर लाइनबाट दायाँ बाँया २५/२५ मिटरको बाटो बनाउने निर्णय भएको अभिलेख छ ।
इन्जिनियर पोखरेलका अनुसार इटहरी-तरहरा सडक ५ किलोमिटर लामो हुनेछ भने चौडा ५० मिटरको हुनेछ । सडकको बीच भागमा ३ मिटरको बगैंचा हुनेछ । बगैंचाको बीचमा सोलार बत्तीको लागि पोल गाडिनेछ । सडकको दाँया बाँया फुुटपाथ र साइकल लेन हुनेछ । यो सडक खण्डमा दोहोरो गाडी कुदाउन मिल्ने सर्भिस लेन रहनेछ ।
यो सडक निर्माणका लागि दशैंपछि १ करोड ८० लाख रुपैयाँमा ठेक्का लागेको छ । आशिष सन्तोषी लुुम्बिनीले तरहरादेखि काम शुरु गरिसकेको छ भने स्वच्छन्द कान्छाराम सैलुङ जेभीले इटहरीदेखि काम शुरु गरेको छ ।
भनेको समयमा रकम भुुक्तानी गर्न सकेमा निर्धारित २ वर्षभित्र निर्माण सक्ने ती कम्पनीहरुले बताएका छन् ।
पैसा निकासा नभएर निर्माणमा सुस्तता
इन्जिनियर पोखरेलका अनुसार सरकारले विराटनगरदेखि सुनसरीको धरानसम्मको ४९ किलोमिटर सडक ६ लेनको बनाउन १० अर्ब ५८ करोड रुपैयाँमा ठेक्का लगाएको थियो । यो सडक निर्माण आर्थिक वर्ष २०७५/२०७६ भित्र गरिसक्नुपर्नेछ । १३ प्याकेजमा काम भइरहे अहिलेसम्म ३५ प्रतिशत मात्र काम सकिएको छ । विराटनगर-इटहरी सम्मको ३० किलोमिटर सडक खण्ड बजेट अभावका कारणले अत्यन्तै सुस्त छ ।
निर्माण कम्पनी तुुन्दीरमण जेभीका सञ्चालक कृष्ण बोहोराले रकम निकासा गरे मात्र थप मजदुर लगाएर काम चाँडो सक्ने बताए । उनले निर्माण सामग्रीको मूल्य दिनदिनै बढिरहेको बजेट अभाव हुँदा दैनिक काममा प्रभाव परिरहेकेा बताए ।
चाँडै सक्न मुख्यमन्त्री शेरधन राईको ताकेता
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भने यो सडक निर्माणको काममा चासो राखेका छन् । सडक निर्माणको गति सुस्त भएको भन्दै मुख्यमन्त्री राईले काम अगाडि बढाउन फागुन ६ गते नै सडक निर्माण आयोजनालाई निर्देशन दिइसकेका छन् ।
पूर्वका मुख्य तीन शहर हुँदै किमाथांका-जोगबनी अन्तरदेशीय सडक सञ्जालमा जोडिने भएकोले विराटनगर-धरान ६ लेन सडक खण्ड प्रदेशकै गौरवको परियोजना भएको मुख्यमन्त्री राईले बताउदै आएका छन् ।



विप्लव माओवादीको युवा संघले बिराटनगरमा राष्ट्रिय सम्मेलनको आयोजना गरेको सम्मेलनमा प्रहरीले हस्तक्षेप गरी पूर्वराज्यमन्त्री पदम राई लगायतलाई गिरफ्तार गरेपछि माओबादीले मंगलबार नेपाल बन्द आयोजना गर्यो । जसको प्रभाव देशब्यापी रुपमै परेका छ । ठाँउठाँउमा बिस्फोट भए भने धेरै ठाँउमा बन्दको त्रास छायो ।
आफ्नो शान्तिपूर्ण कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेको भन्दै त्यसैको विरोधमा मंगलबार विप्लव माओवादीले नेपाल बन्दको आह्वान गरेको थियो । बिप्लव माओवादका नाममा हुने हिंसाबाट देशलाई अब कसरी मुक्त गर्न सकिन्छ ? यसको उपाय खोज्ने जिम्मेवारी पनि अब सोमबार मात्र पार्टी एकिकरण गरेका प्रचण्ड र केपी ओलीकै काँधमा छ । विप्लव माओवादीले गरिरहेको राजनीतिक गतिविधि र संगठनात्मक क्रियाकलापबारे अबको सरकारको नीति के हो ? के उसले राष्ट्रिय सम्मलेन लगायतका क्रियाकलाप गर्दासमेत पक्राउ गर्ने सरकारको नीति हो ?
के अब विप्लव नेतृत्वको माओवादीलाई सरकारले प्रतिबन्ध लगाउने हो ? अब केपी ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको माओवादीबारे ठोस धारणा बनाउन आवश्यक छ । हिंसात्मक लाइन लिएको समूहलाई पनि खुल्ला गतिविधि गर्ने स्वतन्त्रता दिने या प्रतिबन्ध लगाउने भन्नेबारे सरकारले ठोस नीति बनाउनैपर्छ ।विप्लव नेतृत्वको माओवादी राजनीतिक समूह हो कि आपराधिक ? यसको ठोस किटान सरकारले गर्नुपर्ने देखिन्छ । यदि यो राजनीतिक समूह हो भने उसले विराटनगरमा आयोजना गरेको राष्ट्रिय सम्मेलनमा प्रहरीले धरपकट गर्नु लोकतन्त्र विपरीत हुन जान्छ । यदि विप्लव समूह राजनीतिक हैन र आपराधिक नै हो भने उसमाथि पूर्ण प्रतिबन्ध लगाउनुपर्ने हुन्छ । के गर्ने हो, सरकारले चााडै उपयुक्त निर्णय लिनैपर्ने अवस्था आएको छ । गत चुनावमै यसबारे निक्र्यौल गरिसक्नुपर्ने थियो, अहिलेसम्म निकै ढिलो भइसकेको छ । विप्लव समूहबारे कस्तो नीति लिने भन्नेबारे ओली सरकार जहिलेसम्म अलमल गर्छ, त्यतिबेलासम्म देशले अशान्ति र बन्द हडतालका दुख ब्यहोरि रहनुपर्नेछ ।
एमालेसँग पार्टी एकताको निर्णय गरेका प्रचण्डलाई चाहिँ माओवादी केन्द्रका असन्तुष्ट नेता कार्यकर्ताहरु विप्लव समूहतिर जान्छन् कि भन्ने त्रास देखिन्छ । एमाले र माओवादीवीच पार्टी एकताको घोषणा हुनासाथ प्रदेश एकका माओवादी इञ्चार्ज गोपाल किरातीले ‘पुष्पकमल दाहाल एण्ड कम्पनीद्वारा दक्षिणपन्थी काण्ड’ घटाएको भन्दै पार्टी पुनर्गठन गर्ने घोषणा गरिसकेका छन् । माओवादी केन्द्रका अर्का नेता आहुतिले पनि पार्टी एकताको विरोध गर्दै आएका छन् । यस्तो अवस्थामा माओवादी केन्द्रको एउटा चोइटो एकता प्रक्रि याबाट बाहिरिने र यसको फाइदा विप्लव समूहले लिने डरमा प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा देखिन्छ ।यसरी एकातर्फ माओवादी कार्यकर्ता विप्लवतिर सर्दै भए पनि ओली सरकारलाई यसले शान्ति सुरक्षाको प्रश्नमा चुनौती थप्ने छ र देशमा हिंसात्मक गतिविधिहरु बढ्न सक्ने सम्भावना रहन्छ । त्यसैले माओवादी समूहका नेता नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपा अहिलेको सरकारका लागी निक्कै ठुलो चुनौति बनेको छ । यस्को समस्या दिर्घकालीन रुपमै खोजिनुपर्छ ।

नेतालाई सार्वजनिक मुद्दा लगाएर तह लगाउन सकिएला

आइतबार पक्राउ परेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई नेतालाई प्रहरीले सार्वजनिक मुद्दा चलाउने तयारी गरेको छ ।जिल्ला प्रशासन कार्यालयबाट मंगलबार मुद्दा थप गरी केही सार्वजनिक अपराध ऐन अन्तर्गत अनुसन्धान सुरु गरेको मोरङका प्रहरी प्रमुख एसपी अरुण बिसीले जानकारी दिए ।
नेकपाका सचिवालय सदस्य हेमन्तप्रकाश वली र पदम राईलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो । पूर्व राज्यमन्त्री समेत रहेका राई केन्द्रका जनसरकार उपप्रमुख हुन् ।
पार्टीको युवा संगठनको राष्ट्रिय भेलामा सहभागी हुन आएका वली र राईसहितका २ सय ९१ जना नेता कार्यकर्तालाई प्रहरीले मोरङ र सुनसरीका विभिन्न ठाउँबाट पक्राउ गरेको थियो । पक्राउ परेका अरु सोही दिन बेलुका छुटे पनि ओली, राई र कुमार खतिवडालाई भने प्रहरीले छोडेको छैन । खतिवडालाई जबर्जस्ती चन्दा मागेको आरोपमा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ । के अब यसरी नेता कार्यकर्ता पक्राउ गरेर मुद्धा लगाएर मात्र सम्भब होला ? प्रश्नको जवाफ खोज्ने बेला भएको छ ।



इटहरी । नेपाल प्रहरीकाे केन्द्रिय अनुशन्धान ब्युराे ( सिअाइबि ) संग राम्राे चिनाजान र नजिककाे मान्छे भन्दै तरहराका सुन चादी ब्यवसायीबाट अवैध रकम असुलेकाे अाराेपमा इलाका प्रहरी कार्यालय इटहरीले बुधबार तरहरा निवासी नवराज मैनालीलार्इ पक्राउ गरेकाे छ ।
गैरकानुनीरुपमा वैंकीङ कारोवार गर्ने कम्पनी र सुनचाँदी पसलमा छापा मार्दै ब्यवसायीहरूलार्इ नियन्त्रणमा लिइरहेकाे बेला सिअाइबिसंग राम्राे सम्बन्ध छ भन्दै  सुनसरीकाे इटहरी स्थित तरहराकाे किरातेश्वर ज्वेलर्सका सञ्चालक नरबहादुर रार्इसंग रू एक लाख ५० हजार लिने मैनालीलार्इ प्रहरीले रंगेहात नियन्त्रणमा लिएकाे हाे । उनलार्इ इटहरीकाे हलगडास्थित पिपलचाैकबाट प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।
पिडित ब्यवसायी रार्इका अनुसार मैनालीले सिअाइबीले अाफ्नाे पसलमा छापा मार्न लागेकाे र तुरून्त रू १० लाख दिए कुराे मिलाउने भन्दै पटक पटक फाेन गरेर त्रासित बनाएपछि बार्गेनिङ गर्दै जादा  रू १ लाख ५० हजारमा कुराे मिलेकाे बताए । ब्यवसायी राृइले बताए अनुसार  फाेन मार्फत मिलेकाे रकम पसलमा लिन अाउ भन्दा मैनाली अाफैले  इटहरीकाे हलगडास्थित पिपलचाैकमा बाेलाए अनुसार त्यहि पुगेर  दिएकाे रू डेढलाख रकम लिएर हिडदै गर्दा प्रहरीकाे टाेलिले उनलार्इ रङगेहात पक्राउ गरेकाे हाे ।
यतिमात्र नभएर मैनालीले तरहराकाे उँ सार्इ ज्वेलर्सका सञ्चालक जगत लामिछानेलार्इ पनि पटक पटक फाेन मार्फत  धम्किदिदै रकम माग्ने गरेकाे ब्यवसायी लामिछानेले बताएका छन । मैनालीले पत्रकारलार्इ मिलाउने भन्दै ब्यवसायी लामिछानेबाट रू एकलाख ५० हजार सम्म् लिएकाे ब्यवसायी लामिछानेले स्वयम बताएका छन । ६ जना पत्रकारहरुलाई मिलाउने भन्दै जनही २५ हजारका दरले मैनालीले पैसा लिएको ज्वेलर्सका सञ्चालक लामिछानेले बताएका छन ।पत्रकारलार्इ मिलाउनै पर्ने र नमिलाए लेखेकाे लेखेइ गरेर भएनि कार्वाहि गरारै छाडने भनेपछि डरैले घरमै बाेलाएर रू डेढलाख दिएकाे पिडित ब्यवसायी लामिछानेले बताए ।
पूर्वमा गैरकानुनी ढंगबाट रकम असुल्ने सुनचादी ब्यवसायी र अवैध बैंकिङ काराेबार गर्ने कम्पनिबिरूद्ध गाेप्य अप्रेसन सञ्चालन गरिरहेकाे बेला र ब्यवसायीहरू त्रासित समेत बनिरहेकाे समयमा मैनालीले सुन ब्यापारीहरूबाट सिअाइबीकाे मान्छे भन्दै रकम असुलेकाे पाइएकाे इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी सञ्ज्य कुमार राउतले बताए । पक्राउ मैनालीबिरूद्ध याे भन्दा अघि पनि फाैजदारी मुद्धा परिसकेकाे र अब ठगि सम्बन्धि मुद्धा दर्ता गरिने इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी सञ्ज्य कुमार राउतले बताए ।
यता पछिल्लाे समय इटहरीमा सिअाइबि र पत्रकार अातंक मच्चीन थालेकाे छ । ठुलै काण्ड मच्चीए पत्रकारकाे नाम गरेर रकम बार्गेनिङ गर्ने गिराेह सकृिय भएपछि अहिले इटहरीमा पत्रकार अातंक मच्चिएकाे हाे । गैरकानुनीरुपमा वैंकीङ कारोवार गर्ने कम्पनी र सुनचाँदी पसलबिरूद्ध सिअाइबिले गाेप्य अनुशन्धान थालेपछि इटहरीका सुनब्यवसायीहरू अातंकित बनेका छन।
यहि माैकालाइ हातमा लिदै तरहराका नवराज मैनालीले पत्रकारहरूलार्इ मिलाउने भन्दै रू २५ हजारका दरले डेढलाख लिएकाे खुलासा भइसकेकाे छ । यद्यपि उनले डेढलाख रकम लिएपनि कुन कुन पत्रकारलार्इ बाडेकाे खुलाएका छैनन । याे प्रकरणबाट स्पस्ट थहा हुन्छ कि पत्रकारकाे नाम गरेर बिचाैलिया बन्दै मैनाली स्वयमले साे रकम कुम्ल्याए ।
तर दाेष चै सिंगाे पत्रकारीता जगतलार्इ थुपारे । अाज भाेली बजारमा पत्रकारीतालार्य ठेकेदार र बिचाैलियाहरूले भरिपुर्ण प्रयाेग गरिरहेकाेयाे प्रकरणबाट पनि थहा पाउन सकिन्छ । जहा ठुला मुद्धा चल्छन त्यहा रकमकाे चलखेल अवस्य हुने गरेकाे छ । ब्यवसायीहरू कुनै लफडामा नपरी ब्यवहार सल्टाउन चाहन्छन र सल्टाउने क्रममा यस्ता बिचाैलिया बिचमा छिरेर बार्गेनिङ सुरू गर्छन र अन्यकाे नाम भन्दा पत्रकार र पत्रकारीताकाे नाम भजाइदिन्छन र सिंगाे पत्रकारीता जगतलार्इ धमिल्याइदिन्छन ।
गत एक महिना अघि पनि सुनसरिकाे इटहरी स्थित तरहराकि बालिका बलात्कार प्रकरणमा पैसा लिएर घटना गुपचुप बनाइएकाे र त्यसमा पनि पत्रकारहरू संलग्न रहेकाे बिषयले निकै चर्चा पाएकाे थियाे । बलात्कार काण्डमा पत्रकारकाे बिषयले सामाजिक सञ्जालमा निकै चर्चा पाएपनि अहिले सम्म कुनै निकायले पुस्टि गर्न सकेकाे छैन । दाेषीहरू पक्राउ परेपनि घटनाकाे मिलापत्र गराउने जनप्रतिनिधी र बिचाैलिया फरार रहदै अाएकाे प्रहरीले बताएकाे छ ।

भैरहवा, फागुन ९ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरुबाट मुलुकले निकास नपाउने दाबी दोहोर्‍याएका छन् ।

सो पार्टीको बुधबारदेखि लुम्बिनीमा सुरु भएको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले ‘कम्युनिस्टको खोल ओढेका पुराना पार्टीहरु चक्रपथमा जति घुमे पनि कहिँ नपुग्ने’ जिकिर गरे ।

फागुन १२ गतेसम्म चल्ने बैठकले सो पार्टीको भावी रणनीति तथा कार्यक्रम तय गर्ने जनाइएको छ ।


आसन्न फागुन ११ गते विहान १०ः०० वजे देखी
विराटनगर स्थित महेन्द्र मोरङ्ग आदर्श वहुमुखी क्याम्पसमा स्वामी विवेकान्द संस्कृति ज्ञान परिक्षा२०७४ हुने भएको छ । सो कार्यकमका प्रमुख अतिथिका रुपमा नेपालको राष्टिय गानका लेखक प्रदिप कुमार राई अथात व्यनकुल माईला रहने छ भने विशिष्ठ अतिथिका रुपमा जेसिज अन्तराष्टियका पुर्व का.का. उपाध्यक्ष सन्तोष  रिजाल रहने वताईएको छ । विगत देखी वर्तमान सम्म चलि आएको धर्म, संस्कृति र संस्कार लाई नयाँ पिढीमा हस्तान्तरण गर्दै व्यतmी, समाज र राष्टको अस्तित्व र पहिचानलाई  स्थायीत्व पदान गर्ने उदेश्यले सो कार्यकमको आयोजना  गर्न लागेको सो कार्यकमका संयोजक डा. विमल कंठले जानकारी दिनु भयो । सो ज्ञान परिक्षामा मोरङ्गभरिका विभिन्न विद्यालयहरुमा कक्षा ६देखी १२ कक्षा सम्म अध्यनरत करिव ३००० जना विद्यार्थीले ‘सहभागिता  रहने वताइएको छ । सो ज्ञान परिक्षामा प्रथम हुनेलाई रु ३१००० , द्धितिय हुनेलाई रु २१००० , तृतिय हुनेलार्इ रु  ११००० गरी उच्चतम अंक पाप्त गर्ने ११जना जनही रु १००० हजारले पुरिस्कृत हने जनाईएको छ । 


आज विराटनगर स्थित महेन्द्र मोरङ्ग आर्दश वहुमुखी क्याम्पसमा प्रविन नरायण चौधरीको अध्यक्षतामा १५ सदस्य मैथली चलचित्र संघको तदर्थ समिती गठन गरीएको छ । सो तदर्थ समितिको उपाध्यक्षमा सन्तोष सरकार , आभा अनुपमा, सचिव विरेन्द्र कुमार साह , सह सचिव धिरज वर्मा ,कोषाध्यक्ष प्रेम नरायण झा, सह कोषाअध्यक्ष राधा मण्डल, सदस्यहरुमा विकास झा , विरेन्द्र झा, रञ्जन राउत, रोहीत यादव, सुरेस कुमार कामत,राजेस झा, अशोक कु. झा , सम्भु कु. सहनी र  सुमन निरौला रहेको छ । मैथिल र मिथिलाको परीवेसमा आधारति रहेर चलचित्र निमार्ण गरी भाषा र सस्कृतीको संरक्षण गर्नका निमत्त  मैथली चलचित्र संघको तदर्थ समिती गठन गरीएको सचिव विरेन्द्र कुमार साहले जानकारी दिनु भयो ।


आज विराटनगर स्थित नेपाल पत्रकार महाँसघको कार्यलयमा " Development and Service For All People (NEPDES)" नामक एक संस्थाले आयोजना गरेको एक दिने महानगरीय विद्यालय स्तरीय वक्तृत्वकला र चित्रकला प्रतियोगीता सम्पन्न भएको छ । सो प्रतियोगीतामा विराटनगर भरी रहेका विद्यालयहरुले सहभागिता जनाएको छ । सो प्रतियोगीतामा अन्तगत पहिलो चरन अन्तगत भएको कार्यक्रमको सभापतित्व नेपदेसका अध्यक्ष सुभम क्रिस्टल ढकालले गर्नु भयो भने प्रमुख अतिथितिमा महेन्द्र मोरङ्ग आर्दश वहुमुखी क्यामपसका सह प्रध्यापक तथा प्रदेस न.१ प्यावसनका कार्य समितिको सल्लाकार डा. उदव पोखरेल रहनु भएको थियो । त्यसैगरी  अतिथितिहरु रुपमा रहेका विराटनगर फिउजन लायंस क्लवका प्रमुख अमिश रेग्मी, एकटिभ मिडिया उखत। ीतम। का अध्यक्ष श्रीमती आभा अनुपमा ,११ न. वडा सचिव सम्भु साह र सो संस्थाका  सल्लाहकार तुलसी साहले आ आफनो मन्तव्य राख्नु भयो ।
वक्तृत्वकला प्रतियोगीता तर्फ रोसनी यादव पहिलो, अंगुद चौधरी दोस्रो ,कृतिका ढकाल तेस्रो, कृतिका आचर्य चौथौ, पिंकी मेहेता पांचौँ र छैठौँ प्रविन सुवेदी भएको घोषणा वक्तीत्वकला प्रतियोगीताका निर्णायक अर्जुन वरालले गर्नु भयो । चित्रकला प्रतियोगीता तर्फ भने स्वेता नेपाल पहिलो त्रिक्षा तामाङ्ग दोस्रो ,पशुराम गौतम तेस्रो, चंदन यादव चौथौ, रञ्जु साह पांचौँ र छैठौँ सविता दहाल भएको घोषणा चित्रकला प्रतियोगीताका निर्णायक घनिन्द्र मगरले गर्नु भयो । सो प्रतियोगीताका सम्पुर्ण विजेतालाई प्रमाण पत्र तथा पुरस्कार प्रदान गरीको छ भने अतिथितिलाई मायाको चिनोले समान गरीएको छ ।

आज विराटगरमा  स्वस्थ मन्त्रालय र जिल्ला जनस्वास्र्थ कार्यलय मोरङ्गले  संयुतm रुपमा पत्रकार समेल्लन को आयोजना गरी विगतका उपल्वधी र भावि कायोजनाको सम्वन्धमा स्पष्ट पारेको छ । सो सम्मेलनमा परिवार नियोजन , सुरक्षित मातृत्व तथा नवजात शिशु सम्वन्धमा जनस्वास्र्थ अधिकृत लोक राज पाण्डे प्रकास पार्नु भयो । वर्तमान समयमा हुने गरेको ५७ प्रतिसत लाई २०३० मा ९० प्रतिसत पुरायउने लक्ष्य रहेको उहाले ँजानकारी दिनु भयो । त्यसै गरी सन १९९६ मा रहेको ११८ प्रति हजार रहेको शिशु मृत्युदर हाल घटेर ५० प्रति हजारमा पुगेको वताईएको छ ।
यहि फागुन १२,१३,र १४ गते मोरङ्ग जिल्ला भर सातौँ पटको रुपमा हात्तीपाइले रोगको औषधी खुवाउने कार्यक्रम रहेको जिल्ला जनस्वास्र्थ कार्यलय मोरङ्ग प्रमुख चन्द्र देव मेहेताले जानकारी दिनु भयो ।  सो औषधी  खुवाने कार्यक्रम अन्तरगत ४९९ स्वास्र्थकमी , स्वयम सेवक ४४०६ जना र २७८९  केन्द्रवावाट वितरण गर्ने मेहेताले वताउनु भयो । जस्को अनुमानित कुल वजेट १करोड ७७ लाख ३२ हजार रहेको छ । 

श्री सत्यनारायण माध्यमिक विद्यालयमा आइतवार पूर्व विद्यार्थी मिलन केन्द्र, प्रवेशिका समूह २०३४ ले पूर्व विद्यार्थी मिलन तथा शिक्षक सम्मान समारोहको आयोजना गरेको छ । कार्यक्रमको शुरुवात पानसमा बत्ती बाली गरिएको थियो । कार्यक्रममा २०३४ व्याचका शिक्षक शिक्षिकाहरुलाई खादा ओढाई सम्मान गरिएको थियो । २०३४ व्याचका विद्यार्थीका तर्फ बाट ओम प्रकास राठीले स्वागत भाषण गर्नुभएको थियो । श्री सत्यनारायण माध्यमिक विद्यालयका वरिष्ठ प्रशासकिय सहायक रामेश्वर प्रसाद साहले विद्यालयको स्थापनाकाल देखिको हालसम्मको आरोह अवरोहको बारेमा प्रकास पार्नु भएको थियो । २०३४ व्याचका एस.एल. सी.काविद्यार्थीहरुलाई प्रमुख अतिथी मुलचन राठीले खादा, पुस्तक तथा मायाको चिनो प्रदान गरी सम्मान गर्नुभयो । सो कार्यक्रममा रु सात लाखको (पछि अझै थप हुने गरी )अक्षय कोषको स्थापना गरिएको घोषणा अक्षय कोषका अध्यक्ष प्रहलाद प्रसाद साहले गर्नुभयो ।  अक्षय कोषको रकमबाट  सो विद्यालयमा अध्ययनरत गरीव जेहेन्दार विद्यार्थीलाई सत प्रतिशत छात्रवृत्ति प्रदान गरिने कोषका अध्यक्ष प्रहलाद प्रसाद साहले बताउनु भयो । सो कार्यक्रमलाई महेश जाजु,  पिंकि मेहता, गोपाल शर्मा, प्रहलाद प्रसाद साह , मुलचन राठी लगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सभापतित्व श्री सत्यनारायण माध्यमिक विद्यालयका प्रधानध्यापक धर्मानन्द खरेलले गर्नुभयो । श्री सत्यनारायण माध्यमिक विद्यालय वि.सं . २००४ सालमा महाविर स्कुलको नामबाट स्थापना भएको थियो । वि.सं . २००९ सालमा सत्यनारायण मन्दीर पछाडी भवन स्थापना गरी श्री सत्यनारायण विद्यालयको नामबाट स्थापित भयो । २०३४ एस.एल.सी. व्याचमा दुई सेक्सन गरी ६० जना विद्यार्थी रहेका थिए । 

ke pi oliको लागि तस्बिर परिणाम

काठमाडौँ, फागुन ३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई नियुक्त गर्नुभएको छ ।

एमालेका अध्यक्ष ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्नुभएको प्रतिनिधिसभाका बहुमत सदस्यको समर्थनसहितको पत्र बुझाएको केहीबेर पछि राष्ट्रपतिले ओलीलाई नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

गत मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको अन्तिम परिणाम बुधबार निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष बुझाएपछि नयाँ सरकार गठन भएको हो । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार आजै ४ बजे शीतल निवासमा प्रधानमन्त्रीको शपथ हुनेछ ।

यसअघि वाम गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई नियुक्त गर्न दाबीपत्र प्रस्तुत गरेको थियो ।

एमालेका अध्यक्ष ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्नुभएको सो पत्र केहीबेर अघि राष्ट्रपति कार्यालय, शीतल निवासमा बुझाइएको हो ।

गत मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको अन्तिम परिणाम बुधबार निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको हो ।

दुवै दलका अध्यक्षले हस्ताक्षर गरेको सो पत्रमा नेपालका संविधानको धारा ७६ (२) बमोजिम बहुमतका आधारमा प्रधानमन्त्री नियुक्त गर्न उल्लेख गरिएको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा एमालेको १२१ र केन्द्रको ५३ सदस्य छन् ।

उहाँहरुको दाबीपत्र आएपछि प्रधानमन्त्री नियुक्ति र शपथ ग्रहणको कार्यक्रम तय हुने राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले जानकारी दिनुभयो । भेटका अवसरमा अध्यक्षद्वयका साथै एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी हुनुहुन्थ्यो । - रासस

sher bahadur deubaको लागि तस्बिर परिणाम



काठमाडौँ, फागुन ३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री शेरबहादुर देउवाले आज पदबाट राजीनामा दिनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवास पुगी प्रधानमन्त्री देउवाले राजीनामा दिनुभएको र राष्ट्रपति भण्डारीले कार्यकाल पूरा गरेकामा धन्यवाद दिनुभएको राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले जानकारी दिनुभयो ।

निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेश भएपछि नयाँ सरकार गठन प्रक्रिया शुरु भएसँगै प्रधानमन्त्री देउवाले राजीनामा दिनुभएको हो । - रासस

गौशाला / महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिकामा गएराति ट्र्याक्टरले बाटो काट्दै गरेका आमाछोरालाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छिन् ।
जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार गएराति करिब ७ः०० बजे लोहारपट्टी नगरपालिका–१ बगरा बस्ने उर्मिला यादव र उनका छोरा दुई वर्षीय आयुष यादव आफ्नै घर अगाडि बाटो काट्दै गरेका बेला लोहारपट्टी बजारबाट जनकपुर जाँदै गरेको ज १ त ९१७३ नंको ट्र्याक्टरले ठक्कर दिँदा छोरा आयुषको घटनास्थलमै मृत्यु भएको थियो ।
त्यस्तै, सोही दुर्घटनामा परी आमा उर्मिला यादव गम्भीर घाइते भएकी छन् भने उनको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको प्रहरी उपरीक्षक कडायतले बताउनुभयो । दुर्घटनापश्चात् प्रहरीले आमाछोरालाई ठक्कर दिने ट्र्याक्टर र ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

काठमाडौँ ।आज फेब्रुअरी १४ अर्थात ‘भ्यालेन्टाइन डे’ । आजको दिन विश्वभर रातो गुलाफ दिएर मनको भावना आफूले मन पराएको व्यक्ति सामु राख्ने अनि प्रेममा भएकाहरुले सम्बन्ध अझ सुमधुर बनाउने दिन । आज विभिन्न कलेज, क्यासे, रेष्टुरेँष्ट, अस्पताल, सिनेमा घरलगायतका स्थानमा प्रेम जोडीलाई विभिन्न छुटसहितका प्रबन्ध गरिएका छन् । उपहार पसलमा प्रेमका कुरा लेखिएका विभिन्न उपहार, फूल पसलमा रातो गुलाफ किन्नेको भीड देख्न पाइन्छ ।
खासगरी पश्चिमा देशमा विशेष रुपमा मनाइने प्रणय दिवस अर्थात ‘भ्यालेन्टाइन डे’ नेपालका युवालाई पनि आकर्षित गरिरहेको छ । स्नातक तहमा अध्ययनरत सिताष्मा शर्मा अहिले देखाउनकै लागि भए पनि प्रेमी जोडी बढ्ने फेसन चलेको बताउनुहुन्छ । ‘‘एक हप्तासम्म विभिन्न डे हुँदै आज १४ भ्यालेन्टाइन डे रे, एक हप्तादेखि साथी कलेज आएका छैनन्, कहिले कताकताको डेटिङ, यसका राम्रा पक्ष भए पनि हामीले नचाहिने कुरालाई बढी अपनाएका छौँ,’’ उहाँले भन्नुभयो ।
कलेज पढ्ने कसैले ‘अफेयर्स’ छैन भन्दा विश्वास गर्दैनन् उहाँले भन्नुभयो,‘‘देखाउनका लागि गरिने प्रेमले समय र भविष्यमा असर पारिरहेको छ ।’’ बढ्दो सूचनाप्रविधिले संसारका हरेक क्रियाकलाप नजिकै जस्तो गरी थाहा पाउन सकिन्छ । बाहिर जसरी दिवस मनाउँछन्, त्यही सिको गरेर नेपाली युवाले प्रेम दिवस मनाउन थालेको नराम्रो लाग्ने सिताष्मा बताउनुहुन्छ ।
नेपाली समाजले प्रणय दिवस सहजै पचाउन सकिएको अवस्था भने छैन । यसबारे दुई खाले विचार पाइन्छ । केहीले यसलाई विदेशी चाड भएकाले विकृति मात्र ल्याएको धारणा राख्दै आएका छन्, भने केहीले प्रेमलाई अझ सशक्त बनाउने एक–आपसमा सम्बन्ध प्रगाण बनाउन सहयोग पुग्ने विचार राख्दैआएका छन् ।
ज्योति रावल प्रणय दिवसले नेपालका युवामा प्रेमलाई नकारात्मक रुपमा लिने परम्परा विकास भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘‘प्रेम सुन्दर अनुभव हो, अहिले युवाले प्रेमलाई फेसनका रुपमा लिँदा उनीहरुको भविष्यसमेत डामाडोल भएको देखेको छु, प्रेम शब्द जति सुन्दर छ त्यति नै सभ्यरुपमा मनाउन सकेमा राम्रो हुन्थ्यो ।’’
निजी कम्पनीमा काम गर्ने देव पोखरेल भने यो दिवसलाई मायाप्रेम साट्ने सुनौलो दिनको रुपमा लिने गरेको बताउनुहुन्छ “उहाँले समय फेरिएको छ, अहिले प्रेम लुकाएर गर्नुपर्ने अवस्था छैन, आफूले माया गर्ने व्यक्तिसँग प्रेम दिवस मनाउनु नकारात्मक कुरा होइन ।’’
प्रणय दिवसको औपचारिक शुरुआत सन् २६९मा रोमबाट शुरु भएको मानिन्छ । रोमका तत्कालीन सम्राट् क्लोडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लगाएका थिए । सम्राट्को आदेशको उल्लंघन गर्दै त्यहाँका पादरी सेन्ट भ्यालेन्टाइनले प्रेमका पक्षमा बोलेपछि धेरै सैनिकको उनले सार्वजनिक रुपमा विवाह गराएको बताइन्छ ।
आदेश तोडेको आरोपमा उनलाई इ.पू ७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवका रूपमा मनाउने गरिन्छ । नेपालमा अझै पनि खुला रुपमा प्रेमको कुरा गर्नु विपरीत लिंगीसँगै हिँड्नुलाई सकारात्मक रुपमा सहज रुपमा ग्रहण गरिंदैन ।
प्रणय दिवसले नेपालमा धेरै विकृति भित्रिएको भन्दै यसको विरोध गर्ने पनि छन् । जसले आफ्ना छोराछोरी प्रेममा नफसून् भन्ने धारणा राख्नेको कमी छैन । पछिल्लो समय छिट्टै आकर्षण हुने र अलग हुने क्रम पनि बढ्दो छ । ६५ वर्षीया मञ्जु थापा पछिल्लो समय युवाहरुमा प्रेम गर्दै छाड्ने चलन बढेकोप्रति असन्तुष्टि हुनुहुन्छ ।

काठमाडौं, फागुन २ । मादकपदार्थ सेवन गरी डान्स क्लबमा झगडा गरेको आरोपमा महानगरीय प्रहरी वृत्त, जनसेवामा कार्यरत् नायब प्रहरी निरीक्षक (सई) राजुकमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार बिहान १ बजेतिर मादकपदार्थ सेवन गरी सादा पोसाकमा दरबारमागस्थित ‘आई क्लब’मा पसेका श्रेष्ठले क्लब सन्चालक र त्यहाँ रहेका अन्य व्यक्तिसँग झगडा गर्नुका साथै हो–हल्ला गरेका थिए ।
सोक्रममा उनले हतियारसमेत प्रदर्शन गरेको आरोप लागेको छ ।
श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त, दरबारमार्गको प्रहरी टोलीले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको काठमाडौं महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । रासस

काठमाडौं, फागुन २ । पार्टी एकता प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आन्तरिक गृहकार्यलाई निर्णायक बनाएका छन् ।
बुधबार (आज) बस्ने पार्टी एकता संयोजन समितिको बैठकपूर्व दुवै पार्टीको छुट्टाछुट्टै स्थायी कमिटी र केन्द्रीय कार्यालय बैठक चलिरहेको छ ।
ललितपुरको मानभवनस्थित एक निजी घरमा एमाले स्थायी कमिटीको बैठक बसिरहेको सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
पार्टी एकतालाई अन्तिम रुप दिन बुधबारै बिहान माओवादी केन्द्रको वरिष्ठ नेताको अनौपचारिक बैठक बसेको बुझिएको छ ।
आन्तरिक छलफल चलिरहेकाले दिउँसो २ बजेका लागि तय गरिएको एकता संयोजन समितिको बैठक केही समय पछि सरेको छ ।
दुवै पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअघि गरेको सहमतिबमोजिम एकता प्रक्रिया निष्कर्षमा पुग्न लागेको हो । यी दुई दलले पार्टी एकतासँगै नयाँ सरकार गठनको प्रक्रियालाई पनि सँगै अगाडि बढाएका छन् । रासस

उदयपुर / उदयपुरमा पछिलो समय ट्राफिक प्रहरीले  सक्रियता बढाएसंगै मंगलबार चोरीको मोटर साइकल सहित एक युवालाई पक्राउ गरेको छ ।जिल्लाको बेलका नगरपालिकामा नियमित चेकजाँचको क्रममा ट्राफिक प्रहरीले  पक्राउ पर्नेमा जिल्लाको चौदण्डीगढी नगरपालिका–८ सिद्धिपुर का २४ बर्षिय सन्तोष राई रहेका छन् । पक्राउ परेका राईको साथबाट बा.४४ प १९९८ नम्बरको चोरीको पल्सर मोटरसाईकल सहित किर्ते सवारी चालक अनुमति पत्र र किर्ते सवारी दर्ता किताब समेत बरामद गरिएको अस्थायी ट्राफिक प्रहरी कार्यालय रामपुर ठोक्सिलाका इन्चार्ज गोबिन्द पौडेलले बताए ।




मोरङ, २ फागुन / पूर्वपश्चिम लोकमार्गअन्तर्गत मोरङको सुन्दरहरैचा नगरपालिका–७ मा मंगलबार साँझ कारको ठक्करबाट सो नगरपालिका–३ का ७२ वर्षीय विष्णु सुब्बाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाका अनुसार पश्चिमतिर जाँदै गरेको बा १८ च २२४० नंको कारले साइकलयात्री सुब्बालाई साँझ ६ः०० बजे सुन्दरहरैचा–७ विश्वकर्मा मन्दिर नजिकै ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका सुब्बाको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा राति ८ः०० बजे मृत्यु भएको हो । ठक्कर दिने कारसहित चालकलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।



विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त भएका छन् । प्रदेश प्रमुख डा. गोविन्द सुब्बाले बुधबार एमाले संसदीय दलका नेता राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
संविधानको धारा १६८ को उपधारा १ अनुसार प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलका नेता राईलाई मुख्यमन्त्री नियुक्त गरको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । एमालेले राईको नेतृत्वमा सरकार गठन गर्न सोमबार आफ्नो दाबी प्रस्तुत गरेको थियो । ९३ सदस्यीय प्रदेशसभामा एमालेको एकल बहुमत छ । एमालेका ५१ सांसद छन् । मुख्यमन्त्री राईले बिहिबार सपथ लिनेछन् ।
उता प्रदेश २ को मुख्यमन्त्रीमा लालबाबु राउत नियुक्त भएका छन् । प्रदेश प्रमुख रत्नेश्वर लाल कायश्थले बुधबार संघीय समाजवादी फोरम प्रदेशसभा संसदीय दलका नेता राउतलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । कार्यालय परिसरमा आयोजित कार्यक्रममा कायश्थले राउतलाई मुख्यमन्त्री नियुक्त गरेको पत्र नै दिएका छन् ।
राजपाको समर्थनमा राउतले मंगलबार मात्र मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गरेका थिए । १०७ सदस्यीय प्रदेशसभामा फोरमका २९ र राजपाका २५ गरी ५४ सांसद छन, जुन बहुमत हो । मुख्यमन्त्री नियुक्त भएपछि संक्षित प्रतिक्रिया दिँदै राउतले विकासका लागि सबैसँग सहकार्य गर्ने बताए । साथै सबैको सहयोगमा प्रदेश २ लाई नमुना प्रदेश बनाउन प्रयास गर्ने प्रतिवद्धता जनाए । मुख्यमन्त्रीको सपथ बिहिबार हुनेछ । सपथ ग्रहण समारोहमा फोरम र राजपा शीर्ष नेताहरु समेत सहभागी हुने तय भएको छ ।

प्रेम । हेर्दा यो अढाइ अक्षर देखिन्छ तर यसको कमाल शाश्वत छ । आमाको प्रेम । बाबुको प्रेम । प्रेमिकाको प्रेम । पतिको प्रेम । पत्नीको प्रेम । स्वजनको प्रेम । साथी सँगीको प्रेम । इष्टमित्र र कुल कुटुम्बको प्रेम । देश प्रेम । विश्व प्रेम । संसारिक प्रेम । भौतिक प्रेम । अभौतिक प्रेम । यत्र तत्र सर्वत्र प्रेम ।  पूर्व र पश्चिम दुवैतिर प्रेमका बारेमा वृहत् चर्चा परिचर्चा पाइन्छ । पूर्वका आख्यान र गाथाहरूमा चित्रित प्रेममध्ये हिमालय पुत्री पार्वती र शंकरको प्रेम । राधा र कृष्णको प्रेम । मुना र मदनको प्रेम । कुञ्जिनी र गोरेको प्रेम । पश्चिममा कथा र इतिहासमा पढिएको वैरनेस र इलोइजाको प्रेम । रोमियो र जुलियटको प्रेम । शहाजहाँ र मुमताजको प्रेम । हिरो रोजाको प्रेम । यी लौकिक र अलौकिक इतिहासका अमर प्रेम कहानीहरू हुन् । यस्ता अझ धेरै उपकथाहरू हुन सक्छन् प्रेमका ती सबै यो सानो आलेखमा अटाउन सम्भव छैन ।
तपाईं हामीले पनि जीवनमा एकचोटी न एकचोटी प्रेम गरेका छौं । जानेर गरेका छौं । या नजानेर गरेका छौं । भनेर या नभनेर गरेका छौं । उमेर पुगेर गरेका छौं या उमेर नपुगी गरेका छौं । जेजसरी गरे पनि हामीले प्रेम गरेका छौं । प्रेमको तुष नभएको मानव हृदय यो धरतीमा सायदै होला । प्रेम गरेर प्राप्ति हुनेहरू आराम र सानन्दको जिन्दगी बिताइरहेका हुन सक्छन् तर प्रेम गरेर पनि तृषित भएकाहरू जीवनको नौका पारि तर्दासम्म प्रेम नपाएर तड्पीतड्पी रही रहेका हुन सक्छन् । संसारका अजर, अमर र बेष्ट साहित्य, गीत र कथाको अन्तर्यमा प्रेम नै अनुगुञ्जन भैरहेको हुन्छ ।
भनिन्छ –‘प्रेम कमाउन इमान्दार हुनैपर्छ तर इमान्दार हुँदा सम्पत्ति कमाइन्छ भन्ने छैन । प्रेम दिने विषय मात्र हो यसले लिन जान्दैन तर सम्पत्ति कमाउन लेनदेन गर्नैपर्छ । प्रेम दिने मान्छे कहिल्यै प्रेमको गरिब हुँदैन, सम्पत्ति कमाउने मान्छे धनको गरिब पनि हुनसक्छ ।’ संसारमा प्रेम त्यस्तो अमर र अजीवको विषय हो जसको आजसम्म लाखौं लेखक र गीतकारहरूले कविता, आख्यान, गीत र नाटक बनाएर रचे । लेखे । कथे । सुनाए । अभिनय गरे । तर प्रेमको पाइन सकिएन । प्रेम मैजारो हुने विषय पनि होइन । प्रेम अनन्त छ । प्रेम अमर छ । प्रेम अज्ञात पनि छ ।
अर्को सन्दर्भमा भनिएको छ –‘प्रेम गर्नेहरू र नगर्नेहरू जीवनमा पछुताएका छन् । गर्नेहरूको पछुतो गर्न थालेपछि या अनुभूत गर्न थालेपछि किन यतिका दिन प्रेम गरिएन भनेर पछुताएका छन् भने नगर्नेहरू प्रेमको आश्वादन लिन नपाएर पछुताएका छन् ।  हिन्दीमा सपाट पारामा भनिए जस्तो ‘बम्बैका लड्डु जो खाया ओभी पछ्ताया जो नही खाया ओभी पछ्ताया ।’
नेपालीहरूले हरेक माघमा एकचित्तले पढ्ने श्री स्वस्थानीको कथाजस्तो प्रेम यति व्यापक नेपाली संस्कृतिमा छ कि यसको जसरी पनि मीमांशा गरे हुन्छ । त्यसका हरेक कथाका परिच्छेद र फाँकीमा प्रेमको महिमा गाइएको छ । महादेवले सतीदेवीको लाश बोकेर विश्व चहार्नु, गौरीले शंकर पति पाऊँ भनी घोर तपस्यामा लीन हुनु, राधाको कृष्ण प्राप्तिका लागि अकण्टक तपस्या हुनु, मुनाको मदनप्रति समर्पणका लागि नैरन्तर प्रयास हुनु । यी त भए प्रेमका केही सादृश्य उदाहरण जसमा केही कथामा संयोगान्त घटना छन् । केही कथामा वियोगान्त घटना छन् ।
आजसम्म प्रेमका बारेमा सबैकुरा थाहा भए पनि एउटा कुरा अज्ञेय छ त्यो हो –प्रेम सुखान्तमा रमणीय हुन्छ कि दुखान्तमा वर्णनीय हुन्छ ? तर जे हुन्छ प्रेम हटकमा हुन्छ र हुर्कन्छ । छेकबारमा रमाउँछ । गजबार भाँचेर प्रेमले आफ्नो मुना फैलाउँछ । नाइँ नाइँ र हुन्छ हुन्छमा प्रेम आफ्नो नागबेली यात्रा अविराम बढाउन चाहन्छ । चुँडाल्दै नेल र फुकाउँदै हत्कडी प्रेम स्वच्छन्द र निर्बन्ध यात्रा क्षितिजभरिको आकासमा कावा खाएर उडाउन चाहन्छ । प्रेम कसैलाई निस्वार्थ आफ्नो सर्वश्व दिन पनि सक्छ । निस्वार्थता कै परिणतिभित्र कसैको सर्वस्व लिन पनि सक्छ ।
संसारका महान् सिर्जनाहरू भनौं ‘ग्लुमी सन्डे’ का गीतहरू वियोगान्त प्रेमकै उदाहरण हुन् । नारायण गोपालको ‘पर्खी बसेँ आऊला भनी अब उठ्ने पालो’, पाकिस्तानी गायक अताउल्लाह खानका अच्छा शिला दिया तुम्ने मुझे प्यारका, यार ने ही लुट्लिया घर यारका’ बोलको गीतको अन्तर्यमा पनि भलीभाँती प्रेम छिपेको छ । सदावहार र सुगम संगीत भनिने संसारका सबैसबै भाषाका कालजयी गीतका गेडामा प्रेमका काफल फलेका छन् । अन्तर्यमा प्रेमकै कटुँस पुटुक्क भएका छन् ।
देवकोटा नेपालीका सर्वाधिक चर्चित प्रेमिल लेखक हुन् । मुना मदन खण्डकाव्यको विक्री र त्यसको सामाजिक स्वीकार्यतालाई हेर्ने हो भने अहिलेसम्म नेपालीमा लेखिएका पुस्तकहरूमा मुनामदनको रेकर्ड अर्को कुनै दोस्रो पुस्तकले तोडेको छैन । तोड्नेवाला पनि छैन । कृष्ण धरावासीको ‘राधा’ ले त मदन पुरस्कारै पायो । त्यसैगरी धेरै अघि लीलाध्वज थापाको ‘मन’ उपन्यासले पाएको थियो । नेपालीका नामी र दामी लेखक सरुभक्त प्रेम प्राप्ति नभएरै भक्तप्रसाद श्रेष्ठबाट सरुभक्त भए । अझ खोजी पस्ने हो भने कतिपय स्वनामधन्य लेखकहरू प्रेमपीडित भएर आजीवन अविवाहित भएर रहेका होलान् ।
प्रेमगुरु रजनीश भन्छन् –प्रेममा डुब्न गहिरो प्रेम हुनुपर्छ ।’ गहिरो प्रेम हुन नातागोता, इष्टमित्र, धनदौलत, जातबिरादरी, उँचनिच र सबै प्रकारका भेद्भाव त्याग गर्नुपर्छ । अर्को सन्दर्भमा फेरि प्रेम र सेक्सका बारेमा रजनीश भन्छन् –‘सेक्सको सुरुआत प्रेम भयो भने त्यो अनर्थ हुन्छ तर प्रेमको गन्तव्य सेक्स पनि हुनु हुँदैन ।’ हेर्दा कन्ट्राडिक्सन जस्तो लागे पनि यो कहावतमा पवित्र प्रेमको अन्तिम वकालत गरिएको छ ।
सेक्सका बारेमा एकजना गुमनाम लेखकको कहावत छ –‘संसारको सबैभन्दा सुन्दर फूल सेक्स हो तर त्यो धरापमा छ । अप्ठ्यारोमा छ ।’ यसमा चाहिँ प्रेम नभनीकन सेक्सको सटिक व्याख्यान छ । को ठिक ? को बेठिक ? उत्तर महान् पाठकको दिमागमै भलिभाँती छ । हुनुपर्छ ।  ‘आफूले जीवनभर सेक्सको अनुभव नगरेको तर अघिल्लो जीवनको सेक्स अनुभवबाटै प्रेम र सेक्सका बारेमा बताउन सकेको’ ओसो रजनीशको दावी छ । आफूलाई लभ गुरु नभने पनि सन्त भ्यालेन्टाइन नै संसारले पुजेका प्रथम र आजसम्मका अन्तिम प्रेमका पुजारी हुन् । चौंधौं शताब्दीमा उनले देखाएको प्रेमको उदारता र अमेरिकी सैनिकलाई विवाह गरिदिने परिपाटीले नै प्रेमका लागि इतिहास रचेको हो । उदाहरणीय भएको हो । मानिस संसारको सबैभन्दा बुद्धिमान प्राणी । उसका मस्तिष्क र मन दुवै क्षणपलमा चलायमान छन् । सफ्टवेयर र हार्डवेयरजस्तै । मस्तिष्कले सेक्स सोच्छ त्यो मानिसको हार्डवेयर हो भने मनले प्रेम गर्छ त्यो मानिसको सफ्टवेयर हो ।
प्रेमको परिभाषा अनन्त छ । स्वप्रेम र परप्रेम । विश्व आज यति दुःखी भएको पनि पर प्रेममा भुलेर हो । स्वप्रेममा मानिस दुःखी भैरहनु पर्दैन । मात्र सन्तुष्ट भए पुग्छ । तर पर प्रेमका मामलामा मानिस अनन्त कालखण्डदेखि दुःखी भएको छ । ढंग नपु¥याउँदाखेरी प्रेम गरेर विवाह गर्ने अनि विवाह गरेर प्रेम गर्ने दुवैथरी मानिसहरू दुःखी भएका छन् । तिनीहरू बढी दुःखी बन्छन् जो दिनभन्दा लिन चाहन्छन् । लिनु भनेको लेन हो । दिनु भनेको देन हो । हामी जनसामान्यहरू पनि दिँदाभन्दा लिँदा खुसी हुन्छौं । प्रेमको व्याकरणमा त्यो ठिक उल्टो हुन्छ । निःस्वार्थ भावले जसले जीवनभरि दिन्छ प्रेमका मामलामा त्यही नै सुखी हुन्छ । जसले लिन खोज्छ त्यो दुःखी हुन्छ । प्रेममा न लेन हुन्छ न देन हुन्छ । केवल समर्पण हुन्छ ।
बुझ्झकीहरू प्रेममा कुनै लेनदेख या मोलतोल गर्दैनन् । शठहरू नै प्रेमलाई बजारीकरण गर्दै आना, तोला र मासामा प्रेम जोख्छन् । तौलन्छन् । बेच्छन् । खरिद्छन् । अनि दुःखी हुन्छन् । हृदयले गर्ने हार्दिक प्रेमको किस्सा जति सुनाए पनि पुरानो हुँदैन । परिवेश र आवरणहरू मात्र नयाँपुराना हुने हुन् । पुरानिने त परिवेश हो । मूल कन्टेन्ट प्रेमको हिजो पनि नयाँ थियो । आज पनि नयाँ नै छ । भोलि पनि नयाँ नै हुनेछ ।
बुझ्झकीहरू प्रेममा कुनै लेनदेख या मोलतोल गर्दैनन् । शठहरू नै प्रेमलाई बजारीकरण गर्दै आना, तोला र मासामा प्रेम जोख्छन् । तौलन्छन् । बेच्छन् । खरिद्छन् । अनि दुःखी हुन्छन् । हृदयले गर्ने हार्दिक प्रेमको किस्सा जति सुनाए पनि पुरानो हुँदैन । परिवेश र आवरणहरू मात्र नयाँपुराना हुने हुन् । पुरानिने त परिवेश हो । मूल कन्टेन्ट प्रेमको हिजो पनि नयाँ थियो । आज पनि नयाँ नै छ । भोलि पनि नयाँ नै हुनेछ ।
प्रेम गर्ने, प्रेमको आसामा बसेका र प्रेम प्रतीक्षामा जीवन गुजारीरहेका सबै सबैमा मेरो नमन छ । निवेदन छ । अनुकूल अवस्थालाई मात्र विचरण गरेर प्रेमको सिक्का प्रेम बजारमा साट्न नखोजौं । जहाँ जोखिम हुँदैन त्यहाँ प्रेमको मजा हुँदैन । जहाँ मजा रहँदैन त्यहाँ प्रेमको जोखिम पनि हुँदैन । सबैसबै सिकन्जा र गजबारहरू तोडेर प्रेम गरौं अनि प्रेमको रियल अनुभव हुन्छ । जय प्रेम । जय प्रेम दिवस । जय होस् सन्त भ्यालेन्टाइन्स पादरी महोदयको जसले प्रेमलाई यो धरतीमा अमर राख्न आफ्नो सहादत दिए । अमर प्रेमी र प्रेमिकाहरू रहुन्जेल सन्त भ्यालेन्टाइन्स अजर रहिरहने छन् ।

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget