Websoft University

www.radiomakalu.com || 021-522512


मुख्यमन्त्री देखि मेयर सम्मको काम कार्यक्रम उदघाटन र सेल्फी खिच्ने मात्र हो ?

पछिल्लो समय हाम्रो समाजमा एउटा कुराले खुबै महत्व पाएको छ । शौचालयदेखि बेड रुमसम्मका सबै कृयाकलापको सेल्फी खिच्ने र सामाजिक सञ्जालमा पोष्ट गर्ने । यो मामलामा सामान्य मानिस मात्र होईन ठुला ठुला ओहदाका मानिसहरु समेत छन । उनीहरुलाई सामाजिक सञ्जालले अहिले निक्कै ठुलो सहयोग पुर्याएको छ । उनीहरुलाई सेल्फी मोहले यति अभ्यस्त बनाएको छ की उनीहरुको सिंगो ध्यान सेल्फीमै अल्झिएको छ ।
करिब २० बर्षपछि भएको स्थानीय निर्बाचनपछि जनताले जनप्रतिनिधिहरुबाट निक्कै ठुलो आशा गरेका थिए । अब त गाँउदेखि देशसम्मको बिकास हुन्छ । त्यसपछि तीनै तहको निर्बाचन पनि भयो र देश संघियतामा पनि गयो । देशमा अहिले ८ वटा सरकारहरु पनि बनिसकेका छन । तरपनि जनताको आशामा कुठाराघात शिवाय केही भएको छैन । जनप्रतिनिधि देखि मुख्यमन्त्री सम्मका दैनिक क्रियाकलाप हेर्ने हो भने सेल्फी खिच्ने,सामान्य घरमा आयोजना गरिएको पुजाको उदघाटन देखि भ्याए सम्मका कार्यक्रम उदघाटन गर्ने शिवाय केही काम देखिन्न । के यही हो त स्थानीय बिकास ? कि यहि हो संघीयता ?
नरेन्द्र बस्नेत
दलका नेताहरुको ध्यान कुर्सी र सत्ता बाहेक केही देखिएनन । देशमा संघियताको अभ्यास भईरहेपनि त्यसले छुन सकेको छैन । के अब यसरी नै देशको बिकास होला त ? संघियतामा देश गईसकेको अबस्थामा प्रदेशको नामांकन अझै बाँकी छ र स्थायी राजधानीको समेत अत्तोपत्तो छैन । ती कुराहरु ओझेलमा पारेर मुख्यमन्त्री देखि नगरका मेयरसम्म सेल्फी र कार्यक्रम उदघाटन मै ब्यस्त देखिन्छन । यस्ता क्रियाकलाप ले खै मुलुक कता लाने हो आँकलन गर्न पनि गाहे अबस्था देखिन्छ ।
दैनिकजसो हुने मेला,महोत्सबदेखि सामान्य कार्यक्रममा समेत मुख्यमन्त्री रिबन काटन दौडिएकै छन । प्रदेशको नाम र अस्थायी राजधानीको टुंगो लगाउने काम थाती राखेर कार्यक्रम उदघाटनमा मात्र दौडिदा सबै समय खर्च भएपछि अरु काम कहिले गर्ने ? यस्को जवाफ कस्ले दिन्छ ? स्थानीय निर्बाचन भएको करिब ६ महिना बितिसकेको छ जनप्रतिनिधिहरुले कुनै काम माखो मार्न सकेका छैनन । उनीहरु सेल्फी र पुजाको उदघाटन गर्नमै ब्यस्त छन । भनेको समयमा जनताको काम हुँदैन । जनप्रतिनिधिहरु सेल्फी र उदघाटनमै ब्यस्त भएपछि सिंहदरबार गाँउमा आएको भन्ने कुरा जनताले खै कसरी बिश्वास गर्ने ?
अब मुख्यमन्त्री,मन्त्री,नगरका मेयर,उपमेयर,वडाअध्यक्षहरुले सेल्फी मोह र उदघाटनका काम छोडेर बिकास निर्माण देखि चाङ लागेका जनताको काम गर्ने बेला आएको छ । अब पनि पुरानै ढर्रामा काम गर्ने हो भने स्थानीयता र संघियता भन्ने कुन चराको नाम हो ? भनेर जनताले सोध्ने बेला भएको छ ।

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget