Websoft University

www.radiomakalu.com || 021-522512


June 2017

   मतगणना गर्दा राजनीति दलका प्रतिनिधिलाई मतपत्र छुन प्रतिबन्ध !

मुसीकोट, असार ८ गते ।  स्थानीय तहको पहिलो चरणको मतगणनाका क्रममा केही स्थानमा राजनैतिक दलहरु बिच विवादभएपछि निर्वाचन आयोगले आगामी दोस्रो चरणको निर्वाचनको मतगणनामा राजनैतिक दलका प्रतिनिधिहरुले मतपत्र छुन नपाउने व्यवस्था गरेको छ ।
गणकहरुले टाढैबाट देखाएर सदर–बदरको टुंगो लगाईने निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले बताउनुभयो ।
निर्वाचन अनुगमन भ्रमणका क्रममा बिहिबार दिउसो रुकुम सदरमुकाम खलंगा पुग्नुभएका आयुक्त पौडेलले जिल्लाका सरोकारवाला निकायका प्रतिनिधिहरुसंग भेटघाट एवं छलफल गर्दै कुनै पनि राजनैतिक दल अथवा दलको प्रतिनिधि र अन्य जो कोहीले पनि निर्वाचन आचारसंहिता उल्लघन गरेमा त्यो कानुनतः अपराध ठहर्ने बताउनुभयो । कोहि पनि त्यस्तो अपराधमा संलग्न नहुन पनि उहाँले सचेत गराउनुभयो ।
यसै क्रममा मध्यपश्मिाञ्चल क्षेत्रीय प्रशासक महेन्द्रप्रसाद गुरागाईले पनि निर्वाचनलाई भयरहित, शान्तिपुर्ण र सौहार्दपुर्ण वातावरणमा सम्पन्न गराउन निर्वाचन क्षेत्रको सम्पूर्ण सुरक्षा व्यवस्था सुदृढ रहेको बताउनुभयो ।
गुरागाईले भौगोलिक कठिनाई भएका क्षेत्रहरुमा मतदान पुर्व, मतदानताका र मतदान पश्चात आवश्यक पर्ने सुरक्षा लगाएत अन्य व्यवस्थापकीय कार्यका लागी आफुहरु तयार रहेको जानकारी गराउनुभयो ।
यसै अवसरमा रुकुमका प्रमुख जिल्ला अधिकारी बंशिकुमार आचार्यले जिल्लाको पुर्वी भागका तीन गाउँपालिकामा आगामी असार १४ गते हुन लागेको स्थानीय निर्वाचनको सम्पूर्ण तयारी सम्पन्न भएको जानकारी समेत गराउनुभएको थियो ।
रुकुमका मुख्य निर्वाचन अधिकृत डण्डपानी शर्माले पनि निर्वाचनका सम्पूर्ण कार्यक्रम सहज ढंगले सम्पन्न गराउन तोकिएका सबै कर्माचारी कार्यक्षेत्रतर्फ गइसकेको बताउनुभएको थियो ।
हरिकप्टोर मार्फत जिल्ला पुग्नुभएका निर्वाचन आयुक्त पौडेल र क्षेत्रीय प्रशासक गुरागाईको साथमा निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्मा र निर्वाचन आयोगकै तर्फबाट यज्ञप्रसाद ढुंगेल पनि जिल्ला पुग्नुभएको थियो ।-अन्नपूर्ण बाट , महेश केसी 

दूत मार्ग समयमै पूरा गर्न कार्यविधि पारित

                  दूत मार्ग समयमै पूरा गर्न कार्यविधि पारित
काठमाडौँ, असार ८ गते ।  मन्त्रिपरिषद्को आजको बैठकले काठमाडौँ–तराई/मधेस जोड्ने दूत मार्ग (फाष्ट ट्र्याक) छिटो बनाउने सम्बन्धी कार्यविधि पारित गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सो कार्यविधि पारित गरेको अर्थमन्त्री एवं प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो। सो मार्ग सरकार आफैले बनाउने अघिल्लो सरकारको निर्णयबमोजिम नेपाली सेनालाई जिम्मा दिइएको थियो।
यस्तै बैठकले एसियाली विकास बैङ्कले सहरी विकासका लागि दिने १५० मिलियन अमेरिकी डलरको सहुलियत ऋण ग्रहण गर्नका लागि वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेको छ।
बैठकले स्वास्थ्य मन्त्रालयका सचिवमा डा किरण रेग्मीलाई बढुवा गर्ने निर्णय गरेको छ । रासस



तीन पटकका विम्बल्डन टेनिस विजेता बोरिस बेकरलाई लण्डनको एक अदालतले बैंकक्रप्ट घोषित गरेको छ ।


४९ वर्षीय जर्मन खेलाडी बोरिसले निजी बैंकको एक र्फमलाई ठूलो रकम बुझाउनु पर्ने थियो र अदालतले उनले रकम तिर्न सक्ने पर्याप्त प्रमाण नभएको बताएको छ ।

सुनुवाई लण्डनमा भएको थियो । तर, बोरिस त्यहाँ थिएनन् ।

उनी अहिले कोच छन् र बीबीसी तथा अन्य मिडियामा विश्लेषण गर्छन् ।

अदालतका रजिस्ट्रार क्रिस्टिन डेरेटले भने कि उनले बडो दुःखका कारण फैसला गर्दैछन् कि बोरिसले पैसा तिर्न सक्दैनन् । उनले भने, मलाई याद छ, उनी सेन्टर कोर्टमा खेल्थे । र, यसले शायद मेरो उमेर पनि पत्ता लाग्छ ।’

दुई वर्षअघि लिएको ऋणलाई लिएर बोरिसलाई टाट पल्टिएको घोषणा गर्न माग गर्दै निवेदन परेको थियो ।

बोरिसले भने एक महिनाभित्र आफू रकम तिर्ने तयारी गरिरहेका बेला फैसला आएको बताएका छन् । उनका वकिलले सुनुवाई २८ दिनसम्म रोक्न माग पनि गरेका थिए । तर, उनको आग्रहलाई अस्वीकार गर्दै बैंकक्रप्ट घोषित गरिएको छ ।

बोरिसले १९८५, १९८६ र १९८९ मा विम्बल्डन जिथेका थिए । अष्ट्रेलियन ओपेन र अमेरिकन ओपन समेत जितेका उनी खेल जीवनपछि मिडियासँग जोडिन पुगे । २०१३ देखि २०१६ सम्म पूर्वनम्बर वान नोभाक जोकोभिचको कोच पनि रहेका थिए ।- अनलाइनखबर




अहिलको खानपान शैलीले सबैभन्दा बढी कलेजोमा असर गरेको छ । हावर्ड मेडिकल स्कुलको अध्ययनले यहि तथ्य सार्वजनिक गरेको छ । हामीलाई थाहै छ, शरीरमा पैदा हुने विकारयुक्त तत्व सफा गर्ने काम कलेजोले गर्छ । त्यही कारण कलेजोमा यस्ता तत्व जम्मा हुन्छ, जसलाई सफा गर्नु एकदमै जरुरी हुन्छ ।

कलेजोले रगत शुद्धिकरण गर्नका साथै रगतको लागि आवश्यक प्रोटिन बनाउँछ । यदि कलेजो स्वस्थ्य भएन भने हर्मोनको सन्तुलन विग्रन्छ र रोग पैदा हुन्छ ।


कसरी गर्ने कलेजोको सफाई ?

विशेषज्ञका अनुसार केहि यस्ता खानेकुरा हुन्छन्, जसले कलेजो सफा गर्न मद्दत गर्छ । नियमित उक्त खानेकुरालाई आफ्नो डाइटमा सामेल गर्ने हो भने, कलेजो क्रमस सफा हुँदै जान्छ ।

लसुन

लसुनमा सेलेनियम हुन्छ, जसले कलेजोमा रहेको हानिकारक टक्सिन सफा गर्न सघाउँछ ।

दालचिनी

यसमा ग्लूकोज र फक्टोज हुन्छ, जो कलेजोलाई स्वस्थ्य राख्न आवश्यक हुन्छ ।

चुकन्दर

यसमा बिटा क्यारोटिन हुन्छ, जसले कलेजोलाई स्वस्थ्य राख्छ ।

कागति

कागतिमा साइटि्रक एसिड हुन्छ । कलेजोलाई स्वस्थ्य राख्नका लागि यो पनि निकै उपयोगी हुन्छ ।

आलुबखडा

आलु बखडामा रहेको एन्टिअक्सिडेन्ट पि|m रेडकल्सले कलेजोलाई रक्षा गर्छ ।

ओखर

ओखरमा ओमेगा ३ फ्याटी एसिड हुन्छ, जसले कलेजोमा जम्मा भएको टक्सिनलाई सफा गर्छ ।

अदुवा

अदुवामा एन्टि इन्फ्लेमेटरी र एन्टिमाइक्रोवियल गुण हुन्छ, जसले कलेजोलाई सुन्निन दिदैन ।

बेसार

बेसारमा करक्यूमिन हुन्छ, जसले कलेजोको प्रणालीलाई सहि राख्न मद्दत गर्छ ।

स्याउ

स्याउमा पेक्टिन र फ्लेवोनाइड्स हुन्छ, जसले कलेजोमा रहेको टक्सिन हटाउँछ ।

बन्दागोभी

बन्दामा रहेको सल्फरले कलेजोको फोहोर हटाउन सहयोग गर्छ ।- अनलाइनखबरबाट




विराटनगर, असार ८ गते   । दोस्रो चरण अन्तर्गत यही असार १४ गते हुने स्थानीय तह चुनावका लागि प्रदेश नं. १ मा सुरक्षा प्रयोजनाका लागि ३३ हजार नेपाल प्रहरी परिचालन गरिने भएको छ ।


सुरक्षाका लागि १८ हजार नेपाल प्रहरी र १५ हजार म्यादी प्रहरी निर्वाचन सुरक्षामा खटिने छन ।

पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरिक्षक रमेश भट्टराईका अनुसार स्थानीय तहको चुनावको सुरक्षाका लागि नेपाल प्रहरीको संख्याको अनुपातमा म्यादी प्रहरीको संख्या बढी हुने छ ।

पूर्वाञ्चलमा १३ हजार प्रहरी रहेकोमा चुनावको समयमा अन्य क्षेत्रबाट थप प्रहरी प्रदेश नं. १ का जिल्लामा परिचालन गरिने छ ।

जिल्ला सुरक्षा समितिले भनेको खण्डमा यो संख्या भने बढ्न सक्ने उनको भनाइ छ ।

‘विगतका वर्षको नजिरलाई लिएर अहिले हामी सुरक्षाका लागि आवश्य प्रहरीको परिचालनको प्रारम्भिक चरणमा छौ’ उनले भने,’ आवश्य परेको खण्डमा प्रहरी संख्यामा बृद्धी हुने छ ।’

दोस्रो संविधानसभाको चुनावमा पूर्वाअञ्चलमा चुनाव सुरक्षाका लागि १० हजार ६३ जना नेपाल प्रहरी र करिव १२ हजारको संख्यामा म्यादी प्रहरी परिचालित गरिएको थियो ।

कुल १३ हजार प्रहरी रहेकोमा २५ प्रतिशत प्रहरी कार्यालय सुरक्षामा राखिने छ ।

केन्द्रीय सुरक्षा रणनीति अनुसार निर्वाचनको मतदान केन्द्रको पहिलो घेरा नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन गरिने छ ।

त्यसैगरी दोस्रो र अन्तिम घेरामा क्रमश सशस्त्र प्रहरी र नेपाली सेनाले पहरा दिने छ ।

पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार चुनावलाई लक्षित गरी अहिले सवै प्रहरी युनिटहरुमा निर्वाचन सेल निर्माण गरी सकिएको छ ।

पूर्व क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी नायव महानिरिक्षक रमेश भट्टराईले पहिलो चरणमा प्रहरीले चुनावलाई लक्षित गरी क्षेत्रीय, अञ्चलसंगै जिल्लातहका प्रहरी युनिटमा निर्वाचन सेल गठन गरिएको छ ।

क्षेत्रीय प्रहरी कार्यालयमा प्रहरी उपरिक्षक विध्यानन्द माझीको संयोजकत्वमा एव सवै पुर्वका अञ्चल तथा जिल्ला प्रहरी कार्यालयमा सिनियर अफिसरको नेतृत्वमा निर्वाचन सेल गठन गरिएको छ ।

पूर्वाअञ्चलमा १ हजार ३ सय ४९ स्थानीय तह

एक नम्वर प्रदेश अनुसार नयाँ संरचनामा कुल १ हजार ३४९ स्थानीय तह रहेको छ ।

एक महानगरपालिका दुई उपमहानरपालिका ६० नगरपालिका,१०८ गाउँपालिका र १ हजार ४७८ वडा रहेका छन् ।

प्रहरीले पनि स्थानीय तहलाई आधार मानेर जिल्लामा वर्गिकरण गरिएको अति संवेदनशील, संवेदनशील र सामान्य क्षेत्रमा निर्वाचन सुरक्षा व्यवस्थाको तयारी गरेको छ ।

प्रहरी नायव महानिरक्षक भट्टराईका अनुसार गएको दोस्रो संविधानसभाको निर्वाचनमा सामान्य भनिएका क्षेत्रको मतदान केन्द्रको सुरक्षाका लागि म्यादी प्रहरीसहित ६ जना, संवेदनशील स्थानको सुरक्षा व्यवस्थाका लागि म्यादीसहित ८ जना र अति संवेदनशील क्षेत्रको मतदान केन्द्रमा म्यादीसहित १० जना परिचालन गरिएको थियो ।

स्थानीय तहको चुनावमा दोस्रो संविधानसभाको चुनावका लागि तीन तहको मतदान केन्द्रको सुरक्षाका लागि परिचालन गरिएका प्रहरीको साविकको संख्यामा २५ प्रतिशत प्रहरी संखया थप गरिने तयारी भएको छ ।

दोस्रोे संविधानसभाको निर्वाचनमा पूर्वाअञ्लमा ५६ निर्वाचन क्षेत्र रहेको थियो ।

नयाँ संरचना अनुसार निर्वाचन क्षेत्र समेत बढने छन् । क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार दोस्रो संविधानसभाको चुनावका क्रममा पूर्वाअञ्चमा २५३ मतदान केन्द्र अति संवेदनशील,९६१ संवेदनशील र ९६१ सामान्यका रुपमा वर्गिकरण गरिएको थियो ।

दोस्रो संविधानसभाको चुनावमा ४ हजार ३३९ मतदान केन्द्र र २ हजार २१५ मतदानस्थल तोकिएको थियो ।

पूर्वाअञ्लमा ६६ लाख ६९ हजार ४८३ जनसंख्या रहेको थियो ।- अनलाइनखबरबाट





तेह्रथुम, असार ८ गते   । तेह्रथुम आठराई गाउँपालिकाका उम्मेदवारहरु अहिले चुनाव प्रचारमा ब्यस्त छन् । उम्मेदवारहरु मतदाताका घरघरमा पुग्ने गरेका छन् । तर, मतदाताहरु भने घरमा भेटिदैनन । उनीहरु खेतबारीमा ब्यस्त छन् ।


विहानदेखि बेलुकासम्म गाउँका घरघर पुग्दा अधिकांस घरमा बालबालिका मात्र भेटिन र मतदाताहरु खेलबारीमै ब्यस्त हुने गरेको आठराई गाउँपालिकाका एमालेका उम्मेदवार विष्णुविक्रम सुब्बा (मानबहादुर सुब्बा) ले बताए ।

असारमा १४ गतेका लागि उम्मेदवारलाई चुनाब लागेको छ भने मतदातालाई चुनावको भन्दा पनि असारको रोपाईको चटारो छ । मतदाताहरु खेतबारीमा ब्यस्त हुने गरेकोले उम्मेदवार पनि खेतमै पुगेर मत माग्न थालेका छन् ।

खेतिपातिको समयमा चुनाव आयो भन्दैमा उम्मेदवार कुरेर घरमै बस्न नसकिने आठराईका प्रेम पौडेलले बताए ।

असारको कारण मतदाता कार्यक्रममा आउन छाडेपछि अहिले सो क्षेत्रमा विभिन्न पार्टीबाट उम्मेदवार उठेकाले सार्वजनिक स्थानमा कार्यक्रम गर्न समेत छोडेका छन् ।

‘सबै उम्मेदवार हातमा छाता बोकेर खेतखेत चहार्दै हुन्छन्’ स्थानीय रुद्र लिम्बुले भने-‘खेतमै उम्मेदवार र कार्यकता आउँदा एकछिन कुरा सुन्नेर पठाउने गरेका छौँ, खेतबारी र उम्मेदवार दुबैलाई समय दिनै पर्‍यो ।’

स्थानीय संगीता विकले हुलकाहुल कार्यकर्ता लिएर दलहरु आउने गरेको भन्दै अहिले समय नभएपनि चुनावको दिन भने समय निकालेर भोट हाल्न जाने बताइन ।

दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा ६० हजार ७ सय २१ जना मतदाता रहेका छन् ।-

रविन भट्टराई, अनलाइनखबर


विराटनगर असार ७ | रोशन पोखरे
विराटनगरमा  रहेको बेवसफट आइटि नेपाल प्रा लि ले  आफ्ना ग्राहकहरुको सेवालाई ध्यानमा राखेर थप एसएमएस सेवा संचालनमा ल्याएको छ । यस सेवाबाट ग्राहकहरुले कुनैपनि व्यावसायिक फर्म , वितिय सस्था तथा शौक्षिक सस्थाहरुले आफनो आवश्यकता र चाहना अनुसारको सेवा विराटनगरबाट नै सो सुविधा मिल्ने सुविधा विराटनगरमा ल्याएको बेवसफट आइटि नेपाल प्रा लि का सञ्चालक भवेश  मण्डलले जानकारी दिनुभयो । नेपाल सरकार तथा नेपाल टेलिकम बाट इजाजत प्राप्त गरेर अनलाइन एस एम एस सम्बन्धि सम्भावित सेवाग्राहीको माग बमोजिम विभिन्न सेवा ल्याएको उहाँले जानकारी दिनुभयो । 

प्रविधिको  क्षेत्रमा नविनतम प्रयोगलाई अबलम्बन गर्ने र ग्राहकहरुलाई अधिकतम सुविधा दिने उदेश्य लिएर सो सेवालाई विराटनगरमा ल्याइएको छ । ग्राहकहरुले कुनैपनि सफटवेयरको मदत विना यो सेवा अनलाइन एस एम एस सेवा लिन सिधै कम्प्युटर वा मोवाइलको साधारण बाउजरहरुबाट एस एम एस प्राप्त तथा पठाउन सकिने भएकोले सेवाग्राहीको अधिक माग पुर्वी क्षेत्रमा रहको थियो । 




यो सेवा सञ्चालन गर्न सेवाग्राहीले न्युनतम शुल्क तिरेर छुटटै युजर नेम र पासवर्ड प्राप्त गर्नुपर्ने छ । जहाँ इन्टरनेट त्यस वेव सफट आइटी नेपालको एस एम एस सेवा भन्ने मुल उद्देश्य रहेको छ ।   एस एम एस भोटिङ, तथा अनलाइन व्लक एस एम एस सेवाहरुको अहिले अत्याधिक माग भेैरहेको छ । यस अधि पनि विभिन्न पत्रपत्रिका तथा रेडियो हरुले सो सेवा लिएको थियो । थप सेवा को लागी वेवसफट आइटी नेपालको बेवसाइट www.websoftitnepal.com भिजिट गरि एस एम एस लग इन मेनुमा गएर सेवा लिन र सेवा सञ्चालन गर्न सकिने छ ।

यस सस्थाले वेव डेभोल्पमेन्ट सम्वन्धि डोमिन रजिष्टेशन , वेव होस्टिङ , अनलाइन रेडियो, सफटवेयर र मोवाइल एप्स निमार्ण सम्वन्धि कार्य गदै आइरहेको छ । 



दुई पूर्वआइजीपी र दुई डीआइजी डिल्लीबजार सदरखोरमा
 काठमाडौ सुडानको डार्फर मिसनमा सुरक्षाकर्मीका लागि एपीसी लगायत बन्दोवस्तीका सामग्रीमा घोटाला भएको ठहरसहित जेल सजाय सुनाइएका दुई जना पूर्व आइजीपी र दुई जना डिआइजीले बुधवार सर्वोच्च अदालतमा समर्पण गरेका छन् । पूर्व आइजीपी हेमबहादुर गुरुङ,ओमविक्रम राणा,डिआइजी कुमार श्रेष्ठ र दीपक सिंह थाङदेनले समर्पण गरेका हुन ।
उनीहरुलाई बुधवार नै डिल्लीबजारस्थित सदरखोर चलान गरिएको छ । सर्वोच्चका सहायक प्रवक्ता बिश्वराज पौडेलले सर्वोच्चमा अभियुक्त स्वयंम हाजिर भएकाले कैदमा २० प्रतिशत छुट हुने बताउनुभयो ।
निवर्तमान प्रधानन्यायाधीश सुशिला कार्कीसहितको इजलासले सुडानको डार्फर मिसनमा भएको भ्रष्टाचार प्रकरणमा तीनजना पूर्व आइजिपीसहित नौजनालाई जेलसजायको फैसला सुनाएको थियो ।
सुडानको डार्फरमा सुरक्षाकर्मीका लागि आर्मोड पर्सनल केरियर (एपिसी) लगायत वन्दोबस्तीका सामाग्रीमा घोटाला भएको ठहरसहित निवर्तमान प्रधानन्यायाधीश कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले विशेष अदालतको पूर्व फैसलामा आँशिक उल्टी गर्दै उक्त निर्णय सुनाएको थियो । सुरक्षाकर्मीका लागि गुणस्तरहिन सामाग्रीका लागि २८ करोड, ८१ लाख, ६१ हजार, ६ सय २९ रुपैयाँ ३० पैसा भुक्तानी दिलाएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनजना पूर्व आइजिपी र ठेकेदारसहित ३६ विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
विशेषले भ्रष्टाचार प्रकरणमा पूर्व आइजिपी हेमबहादुर गुरुङ, ओमविक्रम राणा र रमेशचन्द ठकुरीलगायतको बिषयमा गरेको फैसला चित्त नबुझेपछि अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको थियो । अन्य अभियुक्तबाट पनि विशेषको निर्णय खारेज गर्न पुनरावेदन परेको थियो । सर्वोच्चले पूर्व आइजिपी राणाले रकम लिएखाएको भनेर देखिने अबस्था नरहे पनि मालसामान खरिद गर्दा बढी रकम भुक्तानी गर्दै गुणस्तरहिन, म्याद नाघेको खरिद गर्ने कार्यमा बदनित देखिएको भन्दै दुई बर्ष कैद तथा ५० हजार रुपैयाँ जरिबाना गरेको छ ।
अर्का प्रतिबादी पुर्व आइजिपि हेमबहादुर गुरुङ र रमेशचन्द ठकुरीले खराव र गुणस्तरहिन सामाग्री भएको जान्दाजान्दै रकम भुक्तानी नरोकेको आधारमा एक बर्ष कैद र ४० हजार जरिबानाको फैसला भएको छ । भ्रष्टाचारमा संलग्नताको अभियोगमा लण्डनस्थित ठेकेदार कम्पनी ‘रिस्क एस्र्योड’ का निर्देसक माइकल राइडरलाई कुल विगो अनुरुप जरिबाना गरी त्यस्को आधा रकम थप १४ करोड २० लाख आठ हजार रुपैयाँ भराउने निर्णय गरेको छ ।- अन्नपूर्ण बाट




रियाद, असार ७ गते । साउदी राजा सालमनले आफ्ना छोरा मोहमद बिन सालमनलाई साउदी अरेबियाको युवराजाधिराज घोषणा गर्नुभएको छ ।

उहाँले यसअघि उहाँका भतिज मोहमद बिन नायफलाई युवराजाधिराज नियुक्त गर्नुभएको थियो । राजा सालमनले उहाँलाई बर्खास्त गरी आफ्ना छोरा मोहमद बिनलाई युवराजाधिराज बनाएको बताइएको छ ।

साउदी प्रेस एजेन्सीले बुधबार साउदी अरेबियाली राजदरबारबाट प्रकाशन गरेको सूचनालाई उद्धृतगर्दै दिएको समाचारमा सो विषय उल्लेख गरिएको छ ।

युवराजाधिराजका साथै उहाँलाई साउदी अरेबियाको रक्षामन्त्रीमा पनि नियुक्त गरिएको सो सूचनामा जनाइएको छ । रासस÷एएफपी

ठूला खेलमा महिला खेलाडीलाई पुरस्कारमा विभेद

दक्षिण कोरियामा आयोजना हुने विभिन्न तीन अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुन जाने नेपाली टोली मंगलबार बिदाइ भएपछि । तस्बिर : अन्नपूर्ण
लन्डन : एक अध्ययनले विश्वका ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा महिला खेलाडीलाई दिइने पुरस्कार राशिमा भेदभाव हुने गरेको देखाएको छ । ‘वुमन्स स्पोर्टस् विक’ले गरेको एक सर्वेले पुरुष खेलाडीको तुलनामा महिला खेलाडीलाई दिईने पुरस्कार राशि निकै कम हुने गरेको देखाएको हो ।
सर्वेअनुसार चर्चित र ठूला खेलमध्ये फुटबल, क्रिकेट र गल्फमा महिला खेलाडीले पाउने पुरस्कार राशि निकै कम देखिएको छ । पछिल्लो तीन वर्षको उपाधिलाई अध्यन गर्दा पुरुषको तुलनामा फुटबल, क्रिकेट र गल्फ खेलमा महिला खेलाडीलाई दिइने रकम निकै कम छ । ८३ प्रतिशत खेलमा भने पुरुष र महिला खेलाडीले पाउने पुरस्कार राशि समान देखिएको वुमन्स स्पोर्टस् विकले जनाएको छ । उक्त अध्ययनअनुसार विशेषगरी स्की, डाइभिङ, डार्ट, स्नुकर, साइक्लिङजस्ता प्रतियोगितामा महिलाले पनि समान पुरस्कार पाउने गरेका छन् ।
यसैगरी समाचार एजेन्सी बीबीसीले सन् २०१४ मा ६८ खेलमा आधारित भएर महिला र पुरुष खेलाडीले पाउने पुरस्कार रकमका बारेमा गरेको सर्वेक्षणले पनि महिलाको तुलनामा पुरुष खेलाडीले पाउने पुरस्कार ३० प्रतिशले बढी भएको देखाएको थियो । हालै ४४ वटा खेलमा आधारित भएर गरिएको अर्को अध्ययनमा पनि पुरुष र महिला खेलाडीले पाउने पुरस्कार रमकमध्ये ३५ प्रतिशत खेलमा मात्र समान भएको जनाइएको छ ।
आईसीसी महिला विश्वकप क्रिकेट र विश्वकप फुटबलमा भने पुरुष र महिला खेलाडीले पाउने पुरस्कार विभेद पाइएको छ । क्रिकेटमा पुरुष टोलीले पाउनेभन्दा महिलाले पाउने पुरस्कार रकम ज्यादै कमी छ । आईसीसी महिला कमिटीले सन् २०३२ सम्म महिलाले पनि पुरुषसरह पुरस्कार पाउने उल्लेख गरेको छ । यसैगरी कुलिन खेलको रूपमा परिचित गल्फमा महिला खेलाडीले पाउने रकम आकर्षक भए पनि पुरुष खेलाडीको अनुपातमा भने कम छ ।
महिला युरोयिन गल्फ टुरकी प्रमुख कार्यकारी इभान पेटर कोडाबाक्स महिला खेलाडीले पाउने पुरस्कार रकममा विस्तारै सुधार आउँदै गएको बताउँछिन् । ‘हामी पुरस्कार रकम वृद्धि हुँदै गएकोमा खुसीमात्र बन्न सक्छौं । तर, यो पुरस्कार पुरुषसरह भने पक्कै छैन । पछिल्लो तीन वर्षमा महिला गल्फरले पाउने पुरस्कार रकम बढ्दै भने गएको छ’, इभान भन्छिन् ।
युरोपियन महिला गल्फर एनिका सोरेन्सताम भन्छिन्, ‘विश्वभर खेलकुदलाई व्यापारको आँखाबाट हेरिन्छ । तर, व्यापारका लागि महिला खेलाडीले पनि पुरुष सरहको भूमिका निर्वाह गरेको विषय भने छायामा पर्ने गरेको छ ।' गल्फमा महिला खेलाडीले पनि पुरुषसरह मेहनत गरेको कुरालाई आयोजकले ध्यान दिनुपर्ने र पुरस्कार रकम पुरुषसरह समान गरिनुपर्ने एनिकाको सुझाव छ । टेनिस खेलमा भने सन् १९७३ को यूएस ओपनदेखि पुरुष र महिला खेलाडीलाई समान पुरस्कार प्रदान गरिँदै आइएको छ ।

प्रधानमन्त्री र राजपा नेताहरुबीचको बैठक सम्पन्न

काठमाडौं, असार ७ गते  । प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्यहरुबीच भएको वार्ता सकिएको छ । स्थानीय निर्वाचन र संविधान संशोधनबारे उहाँहरुबीच आज विहान प्रधानमन्त्री कार्यालय सिंहदवारमा छलफल भएको थियो । छलफल सकारात्मक भएपनि कुनै ठोस निर्णय भने नभएको स्रोतले बताएको छ ।
प्रधानमन्त्री देउवाले आफु संविधान संशोधन जसरी पनि गराउने प्रतिवद्धता राजपा अध्यक्ष मण्डलसंग जनाउनुभएको थियो । प्रधानमन्त्रीको भनाई उदृत गर्दे स्रोतले भन्योः म जसरी पनि संविधान संशोधन गर्छु, तपाईहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता गरेर सहयोग गर्नुप¥यो । राजपा शीर्ष नेताहरुले भने आफ्ना मागको सम्बोधन नभएसम्म निर्वाचनमा जान नसकिने र आन्दोलन पनि जारी रहने बताएका थिए । राजपाबाट अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर र अनिल झा वार्तामा सहभागि हुनुहुन्थ्यो । वार्ता सिंहदरवारमा भएको थियो ।
राजपालाई सहमतिमा ल्याउन सरकारले पटक पटक निर्वाचनको मिति सारेपनि राजपा निर्वाचनमा सहभागि नभएपछि सरकारले दुई नम्बर प्रदेशको स्थानीय चुनाव असोज २ गतेका लागि तोकेको छ ।
राजपा नेताहरुसंग संविधान संशोधनका विषयमा प्रधानमन्त्रीले छलफल गरिरहनुभएको बताइएको छ । प्रधानमन्त्री देउवा राजपालाई जसरी पनि सहमतिमा ल्याएर निर्वाचन गराउने पक्षमा हुनुहुन्छ ।-अन्नपूर्ण बाट , खगेन्द्र भण्डारी


sher-bahadur-deuba
काठमाडौँ, असार ७ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले विद्यालयस्तरदेखि नै योग शिक्षा र अभ्यास गराउनुपर्नेमा जोड दिनुभएको छ । विश्व योग दिवसका अवसरमा आज आयोजित योग अभ्यास कार्यक्रममा प्रधानमन्त्री देउवाले योगले मानिसको मानसिक र शारीरिक स्वास्थ्य प्राप्ति हुने तथा मन र दिमागको सन्तुलन हुने भएकाले यसलाई विद्यालय तहदेखि अभ्यास गराउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “योग यस्तो प्राचीन विधि हो, जसले मानिसलाई कुलतबाट मुक्ति दिन्छ, आनन्द दिन्छ । बालबालिकाले सुरु गरे भने उनीहरुको शिक्षालाई पनि सहयोग पुग्छ ।”

कार्यक्रममा प्रधानमन्त्री देउवाले आचार्य बालकृष्णले लेख्नुभएको ‘दैनन्दिन योगाभ्यास’ र नेपालका लागि भारतीय दूतावासले प्रकाशन गरेको ‘योग सन्देश’ पुस्तकको विमोचन गर्नुभयो । कार्यक्रममा सहभागीले शान्ति, आनन्द र स्वस्थ्यका लागि नियमित योग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा पतञ्जलि योग समिति, नेपालका प्रमुख योगगुरु लवदेव मिश्रले योग अभ्यास गराउनुभएको थियो । छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा संयुक्त राष्ट्र सङ्घले मान्यता दिएपछि हरेक बर्ष जुन २१ लाई विश्वभर विश्व योग दिवस मनाउन थालिएको हो । रासस


Jhalanath Khanal Chairman CPN UML
इलाम, असार ७ गते  । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले आगामी माघ महिना सम्ममा तीनवटै तहको निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको छ । इलाम सदरमुकाममा आज बिहान रासससँग कुराकानी गर्दै नेता खनालले स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचन जसरी भएपनि तोकिएकै समयमा सम्पन्न गर्न सरकारलाई आग्रह गर्नुभएको छ । चुनावपछि मुलुक आर्थिक समृद्धितर्फ फड्को मार्ने र त्यसको नेतृत्व एमालेले नै गर्ने बताउनुभयो ।

“निर्वाचनपछि मुलुक आर्थिक समृद्धि र विकासतर्फ उन्मुख हुन्छ”, नेता खनालले भन्नुभयो, “आर्थिक समृद्धिका लागि एमालेको नेतृत्व आवश्यक छ ।” पहिलो चरणको निर्वाचनको नतिजाले एमालेकै जितको सुनिश्चितता गरेको बताउँदै उहाँले समग्र देशको विकासका लागि एमालेलाई मतदाताले भोट दिनेमा आफू विश्वस्त रहेको विचार व्यक्त गर्नुभयो ।

जिल्लाको विकास निर्माणमा आफूले स्थानीयतहदेखि केन्द्रसम्म पहल र प्रयास गरेको विचार व्यक्त गर्दै उहाँले लोकतन्त्रको सुदृढीकरणका लागि आर्थिक समृद्धि आवश्यक रहेको उल्लेख गर्नुभयो ।

हत्या, हिंसा र आन्दोलनको युग समाप्त भएर अब मुलुक नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै अब आर्थिक समृद्धितर्फ अघि बढ्न इलामबाटै अभियान सुरुवात गर्नुपर्ने बताउनुभयो ।
पर्यटनको अनेकौँ सम्भावना बोकेको पूर्वको यस जिल्लालाई देशकै नमुना बनाउन नेकपा (एमाले)ले पहल थालेको समेत उहाँको भनाइ थियो । रासस


एसीपीएलका खेल मंगलवारबाट सुरु हुँदै
काठमाडौं: एसियन क्लब प्रिमियर लिग (एसीपीएल) टीट्वेन्टी क्रिकेट प्रतियोगिताको सोमबार उद्घाटन गरिएको छ । एसियाका विभिन्न टोलीलाई समेटेर पहिलोपटक आयोजित प्रतियोगिताको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा उद्घाटन गरिएको हो । प्रतियोगिताका खेलहरू भने मंगलबारबाट मात्रै सुरु हुने भएका छन् ।
आयोजक अल्टिमेट स्पोटर्स म्यानेजमेन्टले प्राविधिक कारणले सोमबारका लागि तय गरिएको नेपाल स्टोर्म र दुबई वारियर्सबीचको खेल हुन नसकेको जनाएको छ । आयोजकले नेपाल स्टोर्म र दुबई वारियर्सबीचको खेल प्रतियोगिताको रिजर्भ डेमा खेलाइने जनाएको छ । ‘आजको दिन हाम्रा लागि निकै महत्ववपूर्ण थियो । उद्घाटन समारोहमा आउनुहुने पाहुनाको स्वागत गर्नु थियो', एसीपीएलका अध्यक्ष आरएस डन्डिवालले भने, ‘त्यसैले उद्घाटन समारोहका कारण उद्घाटन खेलका लागि पर्याप्त समय भएन । आज हुन नसकेको खेल हामी रिजर्भ डेमा खेलाउने छौं ।'
सोमबार प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्ने भनिएको भारतीय टेलिभिजन च्यानल सोनी सिक्सको प्रसारण सामग्री नआइपुगेकाले पनि खेल रोकिएको हो । आयोजक अल्टिमेट स्पोटर्स म्यानेजमेन्टले सोमबार केही सांस्कृतिक कार्यक्रमका साथ प्रतियोगिता उद्घाटन गरेको थियो । साथै प्रतियोगितामा सहभागी नेपाल स्टोर्म र दुबई वारियर्ससहित इन्डियन स्टार्स, श्रीलंकन लायन्स, बंगलादेश टाइगर्स, अफगानिस्तान बुल्स सबै टोलीका कप्तानलाई समेत सार्वजनिक गरिएको थियो ।
प्रतियोगिताअन्तर्गत मंगलबार दुई खेल हुनेछन् । पहिलो खेलमा बंगलादेश टाइगर्स र अफगानिस्तान बुल्स तथा दोस्रो खेलमा इन्डियन स्टार्स र श्रीलंकन लायन्स भिड्नेछन् । प्रतियोगिताका खेलहरू सोनी सिक्ससहित नेपालमा एपी वान एचडी च्यानलले पनि प्रत्यक्ष प्रसारण गर्दैछ ।
थर्ड अम्पायर र चियर लिडर
टीयू क्रिकेट मैदानमा आयोजना हुने क्रिकेट प्रतियोगितामा पहिलोपटक थर्ड अम्पायरको प्रयोग हुने भएको छ । अल्टिमेट स्पोटर्स म्यानेजमेन्टले एसीपीएलअन्तर्गतको खेलहरूमा थर्ड अम्पायर प्रयोग गर्ने जनाएको हो । त्यसका लागि मैदानमा ठूलो स्क्रिनसमेत राखिएको छ । प्रतियोगिताको दौरान खेलाडीहरूलाई चियर लिडरले समेत हौसला प्रदान गर्नेछन् । घरेलु क्रिकेटमा नेपाली समर्थकले पहिलोपटक थर्ड अम्पायर र चियर लिडरको अनुभव गर्नेछन् ।- अन्नपूर्ण बाट

उम्मेदवारका साझा एजेन्डा : ‘विराटनगर प्रदेश राजधानी'

विराटनगर, असार ६ गते ।  दोस्रो चरणको स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा विराटनगर महानगरपालिकाका लागि मेयरका उम्मेदवारहरूले ‘प्रदेश राजधानी' को साझा एजेन्डा अघि सारेका छन् ।सबै दलका उम्मेदवारको साझा एजेन्डा नै प्रदेश राजधानी बनेको छ । उनीहरूले विराटनगरलाई प्रदेश नम्बर १ को राजधानी बनाएरै छाड्ने प्रतिबद्धता जनाउँदै मतदातालाई आश्वासन दिइरहेका छन् । मतदातासँगको भेटघाट, चुवाव प्रचार, घरदैलो तथा सभामा उनीहरूले जुनसुकै हालतमा औद्योगिक नगरी विराटनगरलाई प्रदेश राजधानी बनाएरै छाड्ने प्रतिबद्धता जनाउने गरेका छन् ।
विराटनगरमा मेयरको उम्मेदवारी दर्ता गराएर कांग्रेस एक्लै अगाडि बढिरहेको छ । एमाले र नेपाल लोकतान्त्रिक फोरम एवं माओवादी केन्द्र र संघीय समाजवादी फोरमका साझा उम्मेदवार छन् । कांग्रेसले मेयरमा विराटनगर नगर सभापति भीम पराजुली र उपमेयरमा इन्दिरा कार्की (इन्दु) लाई उठाएको छ । एमाले र लोकतान्त्रिक फोरमले तालमेल गरेर एमाले मोरङ अध्यक्ष विनोद ढकाललाई मेयर र लोकतान्त्रिककी सूची चौधरीलाई उपमेयरमा उठाएका छन् । माओवादी केन्द्र र समाजवादी फोरमले फोरमका पूर्वजिल्ला अध्यक्ष उमेश यादवलाई मेयर र माओवादी नेत्रृ नमिता न्यौपानेलाई उपमेयरमा उठाएका छन् । विराटनगरको मेयरमा पराजुली, ढकाल र यादवबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।
‘म एउटा यज्ञमा होमिएका कारण तपार्इंहरूले साथ दिनुहुन्छ भन्ने विश्वास छ', विराटनगर महानगरपालिकाका लागि मेयरका एमाले र लोकतान्त्रिक फोरमका साझा उम्मेदवार विनोद ढकालले पुष्पलाल चोकमा सोमबार बिहान यही बाक्य पटकपटक दोहोर्‍याउँदै भन्नुभयो, ‘तपाईंहरूको मतको कदर गर्दै म विराटनगरलाई प्रदेश नम्बर १ को राजधानी बनाएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्छु ।' ढकालले निर्वाचनको माहोल सुरु भएर आफू मेयरको उम्मेदवार बन्ने निश्चित भएदेखि नै मतदातासमक्ष विराटनगर प्रदेश नम्बर १ को राजधानी बनाउने मुख्य एजेन्डा प्रस्तुत गरिरहनुभएको छ ।
‘१ नम्बर प्रदेशको सीमांकन हेरफेर हुन हुँदैन र राजधानी विराटनगर नै बनाइनुपर्छ भन्ने कुरा मेरो मुख्य मुद्दा हो', उहाँले भन्नुभयो, ‘१ नम्बर अखण्ड प्रदेश हुनुपर्छ भन्ने कुरा पनि सँगै लिएर हिँडिरहेका छौं ।' चुनाव प्रचारका लागि पुगेका सबै स्थानमा ढकालले विराटनगरबाट प्रदेश राजधानी उम्कने कुरामा दोधारमा नपर्न मतदातालाई आग्रह पनि गरिरहनुभएको छ । ‘विराटनगरलाई कसरी समुन्नत र समृद्ध बनाउन सकिन्छ भन्ने भिजन हामीसँग छ', उहाँले भन्नुभयो, ‘प्रदेश राजधानी बनेपछि अन्य विकास निर्माणले पनि गति लिन्छ ।'
लगभग डेढ महिनादेखि चुनाव प्रचारमा सक्रिय रहनुभएका उहाँ विराटनगरलाई राजधानी बनाएर आधुनिक र स्मार्ट सिटी बनाउने योजना एमालेसँग रहेको भन्दै मतदाता फकाइरहनु भएको छ । ढकालले विकासलाई तीव्रताका साथ अगाडि बढाएर विराटनगरलाई विशेष आर्थिक तथा औद्योगिक क्षेत्र घोषणासँगै शैक्षिक र मेडिकल हव बनाउने योजना रहेको पनि सुनाउनु भयो ।
मतदातासँगको भेटघाट, चुवाव प्रचार, घरदैलो तथा सभामा उम्मेदवारहरूले जुनसुकै हालतमा औद्योगिक नगरी विराटनगरलाई प्रदेश राजधानी बनाएरै छाड्ने प्रतिबद्धता जनाउने गरेका छन् ।
कांग्रेसबाट मेयरका उम्मेदवार बन्नुभएका भीम पराजुलीले विराटनगरलाई महानगर बनाउन कांग्रेसको ठूलो योगदान रहेको उल्लेख गर्दै विराटनगरलाई जसरी भए पनि प्रदेश राजधानी बनाएरै छाड्ने बताउनुभयो । चुनाव प्रचारका लागि पुगेका सबै ठाउँमा पराजुलीले आफूले साथ पाए मात्र विराटनगरलाई राजधानी बनाउने यहाँका जनताको आशा पूरा हुने बताइरहनुभएको छ । स्थानीयदेखि केन्द्रीय राजनीतिमा समेत प्रभाव पार्न सक्ने बताउँदै उहाँले भन्नुभयो, ‘कांग्रेसले चुनाव जिते मात्र विराटनगर महानगरपालिकालाई राजधानी बनाउने मुद्दा स्थापित गर्न सजिलो हुन्छ ।'
‘चुनाव जिताउने नजिताउने तपाईंहरूको हातमा छ', मतदातासँग उहाँ भन्नुहुन्छ, ‘संविधान कार्यान्वयनदेखि लिएर विराटनगरको विकास द्रूत गतिमा अघि बढाउने जिम्मा कांग्रेसले लिन्छ ।' विराटनगरलाई प्रदेश राजधानी बनाउनेबाहेक उहाँले सडक, बिजुली, खानेपानी, एक परिवार एक रोजगार, ग्रामीण महिलालाई रोजगारी र शैक्षिक उन्नयनको पाटोलाई पनि चुनावी मुद्दा बनाउने गर्नुभएको छ । धरासायी बन्दै गएको औद्योगिक क्षेत्रलाई माथि उकास्न पनि आफ्नो योगदान रहने पराजुलीले बताउनुभयो ।
माओवादी केन्द्र र संघीय समाजवादी फोरमबाट मेयरका साझा उम्मेदवार उमेश यादवले विराटनगरलाई जुनसुकै हालतमा प्रदेश राजधानी बनाएरै छाडिने बताउनुभयो । ‘राजधानी बनाउन कस्तो त्याग र बलिदान गर्नुपर्ने हो त्यो सबै गर्न हामी तयार छौं', विराटनगरको चाँदनीचोकमा सोमबार बिहान आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘प्रदेश राजधानी विराटनगरबाट उम्कन दिइने छैन । त्यसमा सम्पूर्ण विराटनगरवासीको साथ चाहियो ।' आफ्नो जितसँग विराटनगरको विकास र प्रदेश राजधानी जोडिएको उहाँले बताउनुभयो ।
विराटनगरलाई संघीय राजधानी बनाउनुपर्छ भनेर जनता आन्दोलनमा होमिँदा आफ्नो पार्टीले साथ दिएको बताउँदै उहाँले भन्नुभयो, ‘महानगरपालिका बनाउने विषयमा पनि समाजवादी फोरमले सँघै आन्दोलन गर्नु परेको थियो । प्रदेश राजधानीसँगै विराटनगरको समग्र विकास गर्ने हाम्रो पार्टीको मुख्य योजना छ ।' यादवले यसअघि जितेका नेताहरूले विराटनगरलाई बेवास्ता गर्ने गरेको, मतदाताले दिएको मतको संरक्षण र सम्मान गर्न नसकेको, यसअघि जितेर गएका नेताहरूले विवादस्पद छवि देखाएको आरोप पनि लगाउनुभयो ।
राप्रपाबाट मेयरको उम्मेदवार बन्नुभएका प्रल्हाद साहले पनि विराटनगरलाई प्रदेश राजधानीसँगै स्वच्छ, सुन्दर, समृद्ध र शक्तिशाली नगर बनाउने आफ्नो मुख्य एजेन्डा रहेको बताउनुभयो । विराटनगरमा विभिन्न ठूला तथा साना दलबाट तथा स्वतन्त्र गरेर १४ जनाले मेयरमा उम्मेदवारी दिएका छन् । उपमेयरमा ११ जनाको उम्मेदवारी छ ।-अन्नपूर्ण बाट , किशोर बुढाथोकी

Shekhar-koirala-

पाँचथर, असार ६ गते । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले अब हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो हुने दाबी गर्नुभएको छ । पाँचथरको फिदिममा आज बिहान रासससित कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । पहिलो चरणको स्थानीय तहको निर्वाचनको जस्तो केन्द्रबाटै निर्देशन दिएर तालमेल नगरेको र उम्मेदवार छनोट पनि क्षमता, योग्यता र पार्टीलाई योगदान दिएका व्यक्तिलाई दिएको हुँदा अब पहिलो पार्टी बन्ने उहाँको भनाइ थियो ।

यस्तै, उहाँले नेकपा (एमाले)का अध्यक्षले अहिले पनि आफू राष्ट्रवादी भन्दै जनतालाई भूलभूलैयामा राखेको बताउनुभयो ।

सत्ता बाहिर हुँदा हिमाल पहाडमा छुट्टै राष्ट्रवाद र मधेसमा उग्र राष्ट्रवादको अफवाह फैलाएर मुलुकलाई बर्बाद गर्न नहुने उहाँको भनाइ थियो । रासस


Bimalendra nidhi
चितवन, असार ६ गते । नेपाली काँग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधिले राष्ट्रिय जनता पार्टीको समझदारीमा नै २ नम्बर प्रदेशको निर्वाचन सारिएको बताउनुभएको छ । आज बिहान यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले राजपाले २ र ५ नम्बर प्रदेशको निर्वाचन सार्न माग गरेको भएपनि कानुनी समस्याका कारण २ नम्बर प्रदेशको मात्रै स्थानीय तहको निर्वाचन असोजमा सारिएको बताउनुभयो ।

दोस्रो र तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा काँग्रेस पहिलो शक्ति हुने दाबी गर्दै नेता निधिले असार १४ गतेको निर्वाचन प्रारम्भ भइसकेकाले कसैको तागतले रोक्न नसक्ने समेत बताउनुभयो । एक फरक प्रसङ्गमा बोल्दै नेता निधिले भरतपुर महानगरपालिका–१९ को पुनः मतदान गर्न सर्वोच्चले रोक्न नहुने बताउनुभयो । निर्वाचन आयोगले पुनः मतदान गर्ने भनिसकेकाले अब सर्वोच्च अदालत संवैधानिक आयोगको निर्णयविरुद्ध जान नसक्ने उहाँले बताउनुभयो ।

सर्वोच्चको निर्णय आइसकेपछि कुनै पनि समयमा वडा नम्बर १९ को मतदान हुने भन्दै उहाँले निर्वाचनमा जुट्न सबैलाई आग्रह समेत गर्नुभयो । रासस

Nepal-China_20111114090600

काठमाडौँ, असार ६ गते ।  नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको ११ औँ बैठक मङ्गलबार यहाँ हुँदैछ ।  चार वर्षको अन्तरालमा हुन लागेको उक्त बैठकमा नेपाल–चीन सम्बन्धका सबै पक्षका साथै पारस्परिक हित र चासोका विषयमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले जानकारी दिनुभयो ।
बैठकमा भाग लिन चीनको परराष्ट्र मन्त्रालयका सचिव कुङ सेन यु पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार अपराह्न यहाँ आउपुग्नुभयो ।
बैठकमा चीन सरकारको सहयोगमा नेपालमा जारी विकास­–निर्माणका आयोजना, चिनियाँ सहयोग तथा लगानी वृद्धिलगायत आपसी सहकार्य र सहायताबारे छलफल हुनेछ ।  सचिवस्तरीय उक्त संयन्त्रको बैठकमा नेपाल र चीनबीच विगतमा भएका सहमति कार्यान्वयनका साथै चीनले अघि सारेको बृहत् परियोजना ओबोरमा नेपालले हस्ताक्षर गरिसकेका सन्दर्भमा त्यसबाट नेपालले प्राप्त गर्ने सहायताबारे पनि छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग चिनियाँ प्रतिनिधिमण्डलले बुधबार अपराह्न बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।  साथै चिनियाँ टोलीले भूकम्पबाट क्षतिग्रस्त वसन्तपुर दरबार क्षेत्रमा जारी पुनःनिर्माणबारे जानकारी लिनुका साथै चिनियाँ सहयोगमा निर्मित निजामती अस्पताल स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।



काठमाडौँ, असार ५ गते । निर्वाचन आयोगले सामाजिक सद्भाव राखी शान्तिपूर्ण तरिकाबाट राजनीतिक गतिविधि सञ्चालन गर्न सबै राजनीतिक दल, उम्मेदवार र मतदातालाई अपिल गरेको छ ।

दोस्रो चरणको निर्वाचनको प्रचारप्रसारका क्रममा बाजुरालगायत जिल्लामा राजनीतिक दलका उम्मेदवार र कार्यकर्ताबीच झपड भई दुःखद् घटना भएपछि आयोगले निर्वाचनसँग सम्बन्धित गतिविधि सञ्चालन गर्दा संयमता अपनाउन अनुरोध गरेको हो । आयोगले यही असार १४ गते हुने निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न असर पार्नेखालका कुनै पनि किसिमका घटना हुन नदिनका लागि प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन पनि सरकारसँग आग्रह गरेको छ ।


आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता गर्ने क्रममा बाजुरा, छेडेदह – ५ डोगडीका हंसबहादुर राउतको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । राजनीतिक दलका कार्यकर्ताबीच झडप हुँदा गम्भीर घाइते भएकामा उपचारार्थ बाजुराको मार्तडीतर्फ लैजाने क्रममा उनको निधन भएको थियो ।

आयोगको आजको बैठकले राउतप्रति श्रद्धाञ्जलि अर्पणका साथ शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । यसैगरी उम्मेदवारी दर्ताकै क्रममा आइतबार कपिलवस्तु, बाडगङ्गा ¬– ४ भित्री हुलाकी सडकखण्डमा बम विस्फोटमा परी १० व्यक्ति घाइते भएको घटनाप्रति आयोगले दुःख व्यक्त गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । रासस

kankai dam
भद्रपुर,असार ५ गते । दूरगामी महत्व राख्ने कन्काई उच्च बाँधको पहिलो चरणको अध्ययन सुरु भएको छ ।
ऊर्जा मन्त्रालायअन्तर्गत विद्युत् विकास विभागले भर्खरै परामर्शदाता टोली गठन गरेपछि यो अध्ययन सुरु भएको र सो टोलीले लगातार कन्काई उच्च बाँधका विषयमा अध्ययन गर्ने विद्युत् विकास विभागका वरिष्ठ डिभिजनल इन्जिनियर सरोज आचार्यले जानकारी दिनुभयो ।

सिचाइँ र विद्युत् उत्पादन दुवैको राम्रो सम्भावना रहेको झापाको मध्यभागबाट बहने कन्काई नदीको जलाधार क्षेत्रको यो बाँध निर्माण भएपछि झापामा बर्सेनि बर्सातको समयमा आउने बाढी र त्यसबाट हुने जनधनको क्षतिलाई पनि नियन्त्रण गर्न सकिन्छ । कन्काई उच्च बाँध निर्माणको कुरा झन्डै ४० वर्षदेखि उठ्दै आएको र पटकपटक सम्भाव्यता अध्ययन र सर्भेक्षण पनि गरिएको छ । पछिल्लो समयमा नेपाल विद्युत् प्राधिकरणले सन् २००३ मा सर्भेक्षण गरी कन्काई उच्च बाँधको निर्माणबाट झापा जिल्लामा थप ६७ हजार ४५० हेक्टर जग्गामा सिँचाइ सुविधाका साथै करिब ६० मेगावाट विद्युत् उत्पादन गर्न सकिने जनाएको छ तर १४ वर्ष बितिसक्यो यो प्रस्ताव अहिले पनि कागजमै सीमित छ ।

हाल सोही स्थानमा कन्काई सिँचाइ योजना सञ्चालनमा छ र यसले कन्काई नदीको पश्चिममा आठ हजार हेक्टर जमिनमा मात्र सिँचाइ सुविधा पुगेको छ तर नदी आसपासका जग्गाजमिन आकाशे पानीमा निर्भर छन् र करोडौँ क्युसेक पानी त्यतिकै खेर गइरहेको अवस्थामा सिँचाइ सुविधा र विस्तारसँगै विद्युत् उत्पादनले पूर्व क्षेत्रमा रोजगारी सिर्जना, उद्योग र व्यापार क्षेत्रमा पनि ठूलो योगदान पु¥याउने स्थानीयवासीको विश्वास छ ।

सिचाइँ विकास डिभिजन कार्यालयका अनुसार कन्काई उच्च बाँध निर्माण भएमा अन्न उत्पादनमा आत्मनिर्भर बन्न सघाउँछ, त्यसैले यो योजना जतिसक्दो चाँडो कार्यान्वयन गर्नुपर्दछ । करिब १७८ वर्गमिटर प्रतिसेकेन्ड पानी सिँचाइमा प्रयोग गर्न सकिने यो योजनाबाट मेची नदीदेखि पश्चिममा रतुवा खोलासम्मका लाखौँ कृषक लाभान्वित हुने सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख ईश्वरीप्रसाद तिवारीले जानकारी दिनुभयो ।

पूर्वपश्चिम राजमार्गदेखि चार दशमलव पाँच किमी उत्तर कन्काई नदीमा निर्माण गरिने ८५ मिटर अग्लो बाँधबाट ९२ करोड ५० लाख वर्गमिटर पानी भण्डारण गर्न सकिनेछ । सर्भेक्षणका क्रममा परियोजना निर्माणमा करिब रु २४ अर्ब लाग्ने अनुमान गरिएको छ तर यस परियोजनाको सहयोगमा हुने अन्न र विद्युत् उत्पादनले दुई वर्षमै सोधभर्ना गर्न सकिने वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सेनाको भनाइ छ ।

यस वर्ष झापामा खाद्यान्न, तरकारी, फलफूल र नगदेबालीबाट कुल रु ४४ अर्ब तीन करोड ७२ लाख बराबरको दाद्यान्न उत्पादन भएको छ र यहाँ खेतीयोग्य ९० हजार हेक्टर जग्गामध्ये ३९ प्रतिशतमा मात्र सिँचाइ सुविधा पुगेको छ । उच्च बाँधको निर्माणबाट वर्षैभरि नियमित पानीको स्रोत उपलब्ध हुनेछ र यसबाट हालको कृषि उत्पादनमा क्रान्ति नै आउन सक्ने डिभिजन प्रमुख तिवारीको भनाइ छ ।

चालिस वर्षपहिले देखि चर्चामा रहेको यो बाँधका बिषयमा सम्बद्ध दलका नेतालाई जानकारी गराइएको उहाँले जानकारी दिनुभयो । रासस

janardan

बुटवल, असार ५ गते । गृहमन्त्री जनार्दन शर्माले यही असार १४ गते हुनगइरहेको स्थानीय तहको निर्वाचनमा जनताले स्वतन्त्र रुपले आफ्नो मताधिकार प्रयोग गर्न पाउन् भनेर सुरक्षा व्यवस्था मजबुत बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

आज बुटवलमा आयोजित आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो– “केन्द्रीय सुरक्षा समितिले तय गरेका सुरक्षा योजनाअनुरुप सबै जिल्लामा जनताले ढुक्कसँग मतदान गर्न पाउने गरी सुरक्षा कार्ययोजना तय गरेर लागू गरिन्छ ।”

गृहमन्त्री शर्माले यही असार १४ गतेको निर्वाचनका लागि आइतबार भएको उम्मेदवारी मनोनयन दर्ताका क्रममा बाजुरा, सङ्खुवासभा र कपिलवस्तुमा केही अप्रिय घटना भएको जानकारी प्राप्त भएको उल्लेख गर्दै ती घटनामा आवश्यक अनुसन्धान गरी दोषीलाई कारबाही र आगामी दिनमा त्यस्ता घटना दोहोरिन नदिने गरी लाग्नसमेत सम्बन्धीत निकायलाई निर्देशन दिइएको जानकारी दिनुभयो ।

“कपिलवस्तु घटनाको यथार्थ छानबिन गरी दोषीलाई छिट्टै कानुनको दायरामा ल्याइनेछ,” उहाँले भन्नुभयो – “मधेस केन्द्रीत दलका असन्तुष्टिलाई सम्बोधन गर्न र दीर्घकालीन द्वन्द्व अन्त्य गरी जनतालाई सुरक्षित रुपले मतदान गर्न पाउने वातावरण सिर्जनाका लागि दुई नं प्रदेशको निर्वाचन सारिएको हो ।”

निर्वाचन हुने जिल्लाको सुरक्षा अवस्था र सुरक्षा रणनीतिका बारेमा गृह मन्त्रालयले आज बुटवलमा आयोजना गरेको सुरक्षा गोष्ठीको प्रमुख अतिथिको रुपमा सहभागी हुन गृहमन्त्री शर्माले यहाँ आईपुग्नु भएको हो । सुरक्षा कार्ययोजनासहित जनतालाई सहज र सुरक्षित रुपमा मताधिकार प्रयोग गर्न पाउने अवस्थाको ग्यारेन्टी गर्ने प्रतिबद्धतासहित गोष्ठी सम्पन्न भएको समेत उहाँले जानकारी दिनुभयो ।

असार १४ गतेको निर्वाचनमा जनतालाई शान्तिपूर्ण, भयरहित र स्वतन्त्रतापूर्वक मतदान गर्न, निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउन आवश्यक वातावरण सिर्जना गर्न तथा निर्वाचनमा शान्ति सुव्यवस्था अमनचयन बहाल राख्न आवश्यक सम्पूर्ण उपाय अवलम्वन गर्ने गोष्ठीको निष्कर्ष रहेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी विष्णु ज्ञवालीले जानकारी दिनुभयो ।

गोष्ठीमा यस क्षेत्रका रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रशासनिक निकायका प्रमुखहरु तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतका निकायका जिल्लास्थित प्रमुखहरुको सहभागिता रहेको थियो ।

यस्तै गोष्ठीमा गृहमन्त्रीसहित, निर्वाचन आयुक्त सुधीरकुमार शाह, गृहसचिव लोकदर्शन रेग्मी, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो । रासस

बैतडीमा १ हजार ७०६ जनाको उम्मेद्वारी दर्ता

बैतडी,असार ५ गते ।   असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि बैतडीमा १ हजार ७ सय ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
४ नगरपालिका र ६ गाउँपालिका रहेको बैतडीमा ४ सय ४० पदका लागि हजार ७ सय ६ जनाले मनोनयन दर्ता गराएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
४ गाउँपालिकामा सञ्चारको सुविधा नभएका कारण प्रहरीको सञ्चारसेटबाटै उम्मेद्वारी दर्ताको सूचना प्राप्त भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लाभरीका १० ओटा स्थानीय तहमध्ये प्रमुख पदका लागि ५६ जनाको उम्मेद्वारी परेको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले जानकारी दिनुभयो । प्रमुख पदमा सबै पार्टी र स्वतन्त्र गरेर पुरुषको मात्रै उम्मेद्वारी परेको उहाँले बताउनुभयो । यस्तै उपप्रमुख पदका लागि ४५ महिला र २ पुरुष गरी ४७ जनाको उम्मेद्वारी दर्ता भएको छ ।
जिल्लामा रहेका ८४ वडाका लागि वडा अध्यक्ष पदमा ६ जना महिला र ३५४ पुरुष गरी ३६० जनाको उम्मेद्वारी दर्ता भएको छ । दुई वडा जना वडा सदस्यमा जिल्लाभरीका १० ओटा स्थानीय तहमा ६३४ जनाको उम्मेद्वारी दर्ता भएको छ । यस्तै ८४ वडा महिला सदस्यका लागि ३०४ जना र ८४ दलित महिला वडा सदस्यका लागि ३०५ जनाको उम्मेद्वारी दर्ता भएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार दशरथचन्द नगरपालिकामा सबै पदका लागि २२३ जनाले उम्मेद्वारी दर्ता गराएका छन् भने पाटन नगरपालिकामा २०९ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।
मेलौली नगरपालिकामा १८१, पुरचौडी नगरपालिकामा १७८, डिलाशैनी गाउँपालिकामा १५७, पञ्चेश्वर गाउँपालिकामा ११४, शिवनाथ गाउँपालिकामा १२० जनाको उम्मेद्वारी दर्ता भएको छ ।
सिगास गाउँपालिकामा १५० जना, सुर्नया गाउँपालिकामा १७५ जना र दोगडाकेदार गाउँपालिकामा १६९ जनाको उम्मेद्वारी दर्ता भएको छ ।-अन्नपूर्ण बाट भगीरथ अवस्थी ,





महाभारत युद्धमा कौरवको पराजय र पाण्डवको जय हुन्छ भन्ने दुर्योधनलाई राम्ररी थाहा थियो । युधिष्ठिरलाई युद्धबन्दी बनाएर पाण्डवसँग मोलमोलाइ गर्ने र चाँडै युद्ध समाप्त गरेर छलकपटद्वारा परिस्थितिलाई आफ्नो पक्षमा पार्न चाहन्थे उनी । द्रोणाचार्य सेनापति भएपछि कर्ण, दुःशासन र दुर्योधनले युधिष्ठिरलाई नमार्ने योजना बनाएका थिए । द्रोणाचार्य पनि युधिष्ठिर कुशल रहून् भन्ने चाहन्थे । द्रोर्णचार्यको सोच निष्पाप थियो, तर दुर्योधनको योजना कपटपूर्ण । तसर्थ, हरेक व्यक्तिको नियतमा देवता र असुर लुकेको हुन्छ । जनअधिकारका नाममा नेपालमा आज पनि असुरहरूले नै लुटिरहेका छन्, यो कटु यथार्थ हो ।


युवराज गौतम
नेपालबाट समथर भूखण्डलाई अलग्गै गराएर साउथ सुडान, इरिट्रिया वा इस्टटिमोर जस्तो बनाउने परियोजनाअनुसार तराईमा यत्र, तत्र, सर्वत्र आगो सल्काउन खोजिएको छ । टीकापुरमा तुत्सी र हुतुको शैलीमा जघन्य अपराध गर्ने-गराउनेहरूसमेत मिलेर समग्र तराईलाई शिथिल बनाउने प्रयत्न गरिरहेका छन् । पृथकतावाद भनिने विखण्डनकारी गतिविधिमा संलग्न राष्ट्रद्रोहीहरूलाई राजनीतिको जलप लगाइदिएर सिंहदरबारका शासकहरूले नै पुल्पुल्याएका हुन् । तसर्थ, मोहाजिर क्वामी मुभमेन्ट, अलकायदा, हमास, अल फताह, बास्क र बलुचिस्तानका लागि प्रयोग गरिएका मन्त्रहरू तराईमा पनि व्यापक रूपमा प्रचार गरिँदैछ । षड्यन्त्रहरू त्यति अदृश्य छैनन् । सर्वसाधारण पनि घटनाको विश्लेषण गर्न सक्छन् ।

सन् १८६१ को अप्रिल १२ मा टेक्सास राज्यसम्बन्धी मुद्दामा अमेरिकी सर्वोच्च अदालतले 'पृथकतावाद अधिकार होइन' भन्ने फैसला गरेको पाइन्छ । राजनीतिशास्त्र एवं अन्तर्राष्ट्रिय कानुनका विद्यार्थीहरू सो फैसलालाई 'माइलस्टोन' मान्छन् । साल्मोन चेज, स्यामुअल नेल्सन र स्टिफन जे फिल्डजस्ता न्यायाधीशहरूले मेक्सिकोबाट सन् १९३६ मा छुट्टिएर संयुक्त राज्य अमेरिकामा विलय भएको टेक्सासलाई इतिहासको प्रहसन बन्न दिएनन् । इतिहासले यो घटनालाई पृथकतावादविरुद्धको निर्मम प्रहार भनेको छ ।

राष्ट्र कमजोर हुने क्रम रोकिएन भने त्यो राष्ट्र असफल बन्छ र अन्त्यमा गल्र्याम्म ढल्छ । मानिस पनि कमजोर र रोगी छु भन्ने बिर्सेर स्वास्थ्यमा हेलचक्रक्रयाइँ गर्न थाल्यो भने असामयिक मृत्युको समाचार बन्छ । तसर्थ, राष्ट्रका वैधानिक संस्थाहरूले आफ्नो मर्यादा राख्न, संसारसँग संवाद गर्न र बाह्य शक्तिको अनावश्यक दबाब र प्रभावबाट राज्यसत्तालाई मुक्त राख्न सकेनन् भने त्यो राष्ट्रको अवश्य पतन हुन्छ । राष्ट्रलाई सुदृढ बनाउन सरकारले निष्पक्ष रूपमा काम गर्नुपर्छ, तर यहाँ न विधिको शासन छ न गिदीको । अर्थात् बहुमतको निरंकुशता (टाइरेनी अफ मल्टिच्युड) मात्र देखिन्छ।

विकास, प्रजातन्त्र र कूटनीति (डेभलपमेन्ट, डेमोक्रेसी र डिप्लोमेसी) जस्ता सुन्दर शब्दको आवरणमा कमजोर राष्ट्रमा शक्तिशालीहरूले कतिसम्म खेलबाड गर्छन् भन्ने कुरा संसारले बुझ्न थालेको छ । किनभने कैयन् राष्ट्र मतदान प्रक्रियाबाटै सिक्किम झैं समाप्त भएका छन् । सुडान झैं दुई टुक्रा बनेका छन् । चेतनाहीन, स्वार्थी, अभिमानी र आत्मकेन्द्रित व्यक्तिहरू सत्य कुरा हतपत स्विकार गर्दैनन्, तर राष्ट्र कमजोर बन्दैछ भन्ने यथार्थ बुझ्नेहरू भन्छन्- 'राजनीतिक पद्धति होइन, सम्पूर्ण शक्ति लगाएर राष्ट्र बचाउनुपर्छ ।' त्यतिबेला प्रजातन्त्र र मानव अधिकार होइन, राष्ट्र सर्वोच्च हुन्छ ।

कुनै व्यक्ति, पद्धति, नेता वा हजारौं जनता मरे पनि राष्ट्र सक्षम छ भने त्यो अस्तित्वहीन बन्दैन । भारत-पाकिस्तान टुक्र्याउन गोराहरूले चक्रव्युह रचना गरेका थिए । पाकिस्तानलाई दुई टुक्रा बनाउँदा झन्डै ३० लाख मानिस मरे । राष्ट्र विभाजनको पीडा कस्तो हुन्छ, ढाका र चटगाउँतिरका बंगालीलाई सोधे हुन्छ । धेरै राष्ट्र मृत्युको मुखबाट फर्केका उदाहरण छन् । तर त्यसबेला लाखौं जनताको बलि दिनुपर्ने हुन्छ ।
राजा महेन्द्रले २०१७ सालमा दलहरूमाथि प्रतिबन्ध लगाउँदा भारतीय प्रधानमन्त्री पं. जवाहरलाल नेहरूले भारतको संसद्मा बोल्दै 'प्रजातन्त्रलाई धक्का' भनेर सतही टिप्पणी गरेका थिए । रक्सौलमा भएको नेपाली कांग्रेसको सम्मेलनले सो घटनालाई 'राजाको एकतन्त्री शासन' भनेको थियो ।

चीनले कागज कारखाना, सिमेन्ट उद्योग, बाँसबारी छालाजुत्ता कारखानालगायतको सहयोग गरेर 'आँखाको भाका आँखैले राम्ररी बुझी सम्झनू, सुटुक्क दिउँला यो मन कसैलाई तिमी नभन्नू' भन्ने अनौठो सन्देश दिएको थियो । पाकिस्तानले २०१९ सालमा नेपालसँग वाणिज्य सन्धि गरेर त्यस्तै सन्देश दियो । ब्रिटेन र अमेरिकालगायतका ५३ राष्ट्र नजिकिए नेपालसँग । राजा महेन्द्रले चीन र मंगोलियाको लामो यात्रा (१८ दिन) गरे । भ्रमण दलमा गएका डा. तुलसी गिरीले त्यही बेला नेपालबाट तिब्बत छुने कोदारी राजमार्गसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए । सो सम्झौतापछि भारतमा हल्लीखल्ली भयो । भारतीय प्रधानमन्त्री नेहरूले चीनले नेपालमा बाटो बनाउने कुराप्रति भारत 'सन्तुष्ट छैन' भन्ने टिप्पणी गरे । (सन् १९६१ नोभेम्बर २७ हिन्दु अंग्रेजी पत्रिका) राजा महेन्द्रले नेपालमा साम्यवाद ल्याउन खोजेको आरोप पनि लगाइयो । महेन्द्रले घतलाग्दो उत्तर दिए, 'बाटो बन्दैमा साम्यवाद ट्याक्सी चढेर आउँदैन ।'

नेपाल र भारतबीच कूटनीतिक सम्बन्ध चिसो हुनुको प्रमुख कारण भारतको हेपाहा प्रवृत्ति नै हो भनेर राजनीतिक इतिहासका ज्ञाता गृष्मबहादुर देवकोटाले 'नेपालको राजनीतिक दर्पण' ग्रन्थमा उल्लेख गरेका छन् । अंग्रेजको शासन समाप्त भएपछि भारतका पहिलो प्रधानमन्त्री नेहरू र गृहमन्त्री बल्लभभाइ पटेलले भारतका ५६५ राजा-रजौटालाई गाभे झैं नेपाललाई पनि विलय गराउन चाहेको बुझिन्छ । त्यो सपना पूरा नभएपछि नेपालको तराई टुक्र्याएर भारतमा गाभ्ने परियोजना ल्याइएको कुरा 'रअ' का पूर्व अधिकृत एके यादवको 'मिसन रअ' पुस्तकमा स्पष्ट लेखिएको छ । त्यसैले नेपाललाई टुक्र्याउन तराईमा अर्को 'साउथ सुडान' स्थापना गर्न खोजिँदैछ । आज नेपाली राजनीतिमा देखिएको परिदृश्य त्यसकै संकेत हो ।

सन् १९६० को प्रारम्भदेखि नै नेपालमाथि भारतको दादागिरी नरोकिएपछि चीनका उपप्रधान तथा परराष्ट्रमन्त्री मार्सल चेन यीले सन् १९६२ मा चेतावनी दिए, 'नेपालमा कसैले हस्तक्षेप गर्छ भने चीन मौन बस्ने छैन ।' भारतीयहरू निकै डराए । त्यसपछि भारतले सन् १९६३ मा लालबहादुर शास्त्री, करण सिंह र भगवान् सहायलाई नेपाल पठायो । उनीहरूले राजा महेन्द्रसँग विनम्रतापूर्वक संवाद गरेको बताउँदै एकजना भारतीय लेखकले भनेका छन्, 'महेन्द्रले उठाएका प्रश्नको जवाफ दिन ती तीनजनालाई हम्मेहम्मे परेको थियो । किनभने राजाको तर्क जायज थियो ।' झुक्ने होइन, नेपालसँग भारत नै नजिक बन्नुपर्ने बाध्यता बनाए महेन्द्रले । सन् १९६४ मा भारतका बहुचर्चित विद्वान् राष्ट्रपति सर्वपल्ली राधाकृष्णन् नेपाल आए । विभिन्न विश्व प्रसिद्ध विश्वविद्यालयका प्राध्यापक रहिसकेका राधाकृष्णन्ले भारत फर्केपछि राजा महेन्द्रको स्पष्ट दृष्टिकोण, कूटनीति, ज्ञान र व्यवहारको प्रशंसा गरेका छन् ।

नेपाली राष्ट्रियता सन् १८१६ को सुगौली सन्धिपछि आज सर्वाधिक शिथिल र प्रश्नचिह्नमय बनेको छ । फिजीमा झैं विदेशीको बहुमत गराउने प्रयत्न भइरहेको छ । मैथिली, थारू, भोजपुरी, अवधी, बज्जिका आदि रैथाने भाषालाई उपेक्षा गरेर हिन्दीलाई उच्च सम्मान दिनुपर्ने तर्क गरिँदैछ । राष्ट्रको हितमा काम गर्नेलाई अपमान गर्ने र विदेशी शक्तिका आज्ञाकारीहरूलाई मान, सम्मान, पुरस्कार र विभूषण दिने गरिएको छ । २०६२÷६३ सालपछि बनेका दसवटै सरकारलाई 'नेपाल सरकार' भनिए पनि धेरैजसो प्रधानमन्त्री दिल्लीका राज्यपालजति पनि शक्तिशाली देखिएनन् ।

यसकारण राष्ट्र कति स्खलित भएको छ भन्ने बुझ्न धेरै छलफल गर्नै पर्दैन । राजाको अधिकार दूतावासहरूमा बुझाएर दिल्लीमा गरिएको बाह्रबुँदे सम्झौता वास्तवमा कायलनामा वा कबुलियतनामा जस्तो आत्मसमर्पणको दस्ताबेज थियो । माओवादी र सात पार्टी मिलेर दिल्लीमा नेपालको आत्मनिर्णयको अधिकार बुझाइएपछि भारतीय गुप्तचर संस्था रअ तथा त्यहाँको राजनीतिक नेतृत्वले नेपालको राजनीतिलाई आफ्नो जमिनदारी ठान्ने थालेको देखिन्छ । तसर्थ अहिलेका घटनाक्रमहरूलाई विश्लेषण गर्दा बाह्रबुँदे सम्झौता राष्ट्रघाती नै थियो भन्ने स्पष्ट हुन्छ । दलहरू यो कुरा स्वीकार गर्न अझै पनि तयार देखिँदैनन् ।

तराईका विभिन्न शक्तिलाई आफ्नो सुविधाअनुसार सञ्चालन गरेर भारतले मात्र खेलाइरहेको छैन । तराईमा खुलेका विभिन्न गैरसरकारी संस्थाहरू र प्रजातन्त्र, मानव अधिकार एवं विभिन्न नाममा भइरहेको करोडौं डलरको खर्चले तराईलाई आक्रान्त बनाउन सक्छ भन्ने डरलाग्दो संकेत देखिएको छ । जताततै आगो सल्काएर राष्ट्रिय सुरक्षामाथि नै गम्भीर प्रहार गर्ने काम भइरहेको छ । काठमाडौंमा बसेका जिम्मेवार व्यक्तिहरूले यी सबै कुरालाई अत्यन्त सतही ढंगले विश्लेषण गरिरहेका छन् । जनताले सुकिलो पोसाकमा देखेका कैयन् रामहरू कुनै पनि बेला हराम हुन सक्छन् भन्ने आकलन गर्न सकिरहेका छैनन् ।

तराईमा दावानल फैलाएर फाइदा लिन भारत र पश्चिमा शक्तिहरूले धेरै प्रयास गरेको पाइन्छ । स्वतन्त्र तिब्बत आन्दोलन जस्तै तराईलाई अर्को स्टेसन बनाएर भारतलाई पनि खण्डखण्ड बनाउने खेलको अभ्यास सुरु भइसकेको छ । तराईमा सुडान स्थापना गर्न खोज्नेहरूले के बिर्सनु हुँदैन भने भारतीय भूखण्डमा पनि युरो र डलर ओछ्याएर कंगो, सियरालिओन र सोमालिया स्थापना गर्न पश्चिमाहरू तयार देखिन्छन् । उखानै छ, 'मलाई खाने बाघले तँलाई बाँकी राख्दैन ।'

हाम्रा पुर्खाले घातप्रतिघात, पीडा, कष्ट, संघर्ष र बलिदानको अग्निकुण्डमा हजारपल्ट आँसु पिउँदै राष्ट्र बचाएका थिए । आज अयोग्य, अक्षम, स्वार्थी, परावलम्वी, लोभी र दासहरू मिलेर गणतन्त्र बचाउन भन्दै राष्ट्रलाई मृत्युतिर धकेलिरहेका छन् । राष्ट्रिय एकता कमजोर बनाइरहेका छन् । सत्ताको लागि राष्ट्रिय अस्तित्वसँग खेलबाड गरिरहेका छन् ।

राष्ट्रको एकता, अखण्डता, स्वतन्त्रता र सार्वभौमसत्ता धरापमा परेको अवस्थामा राष्ट्र हार्ने हो कि भन्ने गम्भीर चिन्ता सर्वत्र बढ्न थालेको छ । तर घर पोलेर खरानीको व्यापार गर्न खोज्ने नेताहरू भन्दैछन्, 'हाम्रो पार्टीले जित्छ ।' राष्ट्र नै नरहे कसले के जित्छ ?


manbahadur-gc
पोखरा, असार ५ गते  । पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले महानगरमा व्यवस्थित पशु पक्षीको बधस्थल निर्माणमा पहल गर्ने बताउनुभएको छ । पोखराको प्रदर्शनी केन्द्रमा आयोजित तेस्रो राष्ट्रिय पोर्क महोत्सव समापन समारोहमा आइतबार उहाँले नगर क्षेत्रभित्रका सम्पूर्ण पशुपालन गर्ने कृषक, मासुको बिक्री वितरण गर्ने सङ्घ संस्थासँग सामूहिक छलफल गरी छिट्टै बधशाला निर्माण गरी सञ्चालनमा ल्याउने बताउनुभयो ।

युवा वर्गलाई पशुपक्षीपालन व्यवसायमा आकर्षित गरी स्वरोजगारको सिर्जनासहित मासुजन्य पदार्थबाट महानगरलाई आत्मनिर्भर बनाएर बर्सेनि बाहिरीने अर्बौं रुपैया रोक्न पहल गरिने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

क्षेत्रीय पशुसेवा निर्देशनालय पोखराका क्षेत्रीय निर्देशक डाक्टर किशनचन्द ठकुरीले पोखरामा आयोजना गरेको तेस्रो राष्ट्रिय पोर्क महोत्सवले बङ्गुरको मासुको प्रवद्र्धन गर्न ठूलो टेवा पुगेको बताउनुभयो ।

कास्की जिल्ला बङ्गुर व्यवसायी समन्वय समितिका संयोजक कृष्णबहादुर गुरुङले पोर्क महोत्सवले बङ्गुर व्यवसायी किसानलाई प्रोत्साहित गरेको बताउँदै आगामी वर्षमा पोर्क महोत्सवलाई स्थानीय स्तरमा पु¥याउन पहल गरिने जानकारी दिनुभयो ।

बङ्गुर व्यवसाय सङ्घ नेपालका केन्द्रीय अध्यक्ष उमेशकुमार राईले बङ्गुरको मासुको प्रवद्र्धनका लागि तेस्रो पोर्क महोत्सव कोसेढुङ्गा सावित भएको बताउनुभयो ।

तीन दिनसम्म सञ्चालित महोत्सवमा विशेष गरी रेस्टुराँमा पाइने पोर्क बार वे क्यू, पोर्क फ्राइ, पोर्क चिल्ली, सामगेपसाल, बँदेलको झिर, सेकुवा, पोर्क मः मः र चाउमिनप्रति दर्शकलाई आकर्षित गरेको आयोजक बङ्गुर बृडर कृषक सहकारी संस्था कास्कीका अध्यक्ष योगबहादुर आचार्यले जानकारी दिनुभयो । रासस


election_1
काठमाडौँ, असार ५ गते ।   दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि आइतबार १, ५ र ७ नम्बर प्रदेशमा उम्मेदवारी दर्ता उत्साहजनक रूपमा सम्पन्न भएको छ ।
हाम्रा बैतडी समाचारदाताका अनुसार असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि बैतडीमा उम्मेदवारी दर्ता उत्साहजनक देखिएको छ ।  जिल्लाका चारवटा गाउँपालिकामा डिभाइसले काम नगर्दा त्यहाँको जानकारी सोमबार मात्रै आउने जिल्ला निर्वाचन कार्यालय बैतडीले जानकारी दिएको छ  ।
आइतबार बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिए पनि साँझसम्म पनि उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन कार्यालय बैतडीले बताएको छ ।  मनोनयन गर्न जाँदा दलका उम्मेदवारहरूले समर्थक, प्रस्तावकको हस्ताक्षर छुटाएको, मतदाता परिचयपत्र नम्बर राख्नुपर्ने ठाउँमा क्रम सङ्ख्या राखेकाले ढिलो भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
नेकपा (एमाले)ले दशरथचन्द नगरपालिकामा सबैभन्दा पहिले मनोनयन दर्ता गरेको छ ।  त्यसपछि राप्रपा, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र र अन्य साना दलले साँझसम्म मनोनयन दर्ता गराएका छन् ।  “ जिल्ला सदरमुकाम रहेको दशरथ चन्द नगरपालिकाको मनोनयन दर्ता राती ८ बजे सकिएकाले दुर्गमको जानकारी  सोमबारसम्म आउला”, जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख राजेन्द्र फुयाँलले भन्नुभयो ।
त्यसैगरी धनगढी समाचारदाताका अनुसार स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा भाग लिन कैलालीमा राजनीतिक दलहरूले शान्तिपूर्ण वातावरणमा हर्षोल्लासपूर्वक उम्मेदवारी दर्ता गराएका छन् ।  नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, नयाँ शक्ति नेपाल, नेपाल लोकतान्त्रिक फोरम लगायतका दलले नाचगान, बाजागाजासहित उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रदेश नम्बर ७ को एकमात्र धनगढी उपमहानगरपालिकामा दलहरूले दलबलसहित शक्ति प्रदर्शन गर्दै उम्मेदवारी दर्ता गराए ।  नाचगान गर्दै दलबलसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका प्रमुख÷उपप्रमुखसहित १९ वटै वडाका उम्मेदवारले सौहार्दपूर्ण वातावरणमा उम्मेदवारी दर्ता गराए ।
यसैगरी गाईघाट समाचारदाताका अनुसार उदयपुरका राजनीतिक दलहरूले ठूलो उत्साहका साथ आइतबार उम्मेदवारी दर्ता गराएका छन् ।  गाउँगाउँबाट बाजागाजासहित आएका राजनीतिक दलहरूले उदयपुरका आठवटै स्थानीय तहमा उम्मेदवारी दर्ता गराएका हुन् ।
कपिलवस्तु समाचारदाताका अनुसार स्थानीय तह निर्वाचन बिथोल्ने घोषणासहित आन्दोलनमा उत्रिएको राष्ट्रिय जनता पार्टी (राजपा)ले अन्ततः मनोनयन पत्र दर्ता गरेको छ ।  विभिन्न १० वटा स्थानीय तहमा राजपाका नेता, कार्यकर्ताहरूले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
सबै निर्वाचन अधिकृतको कार्यालयमा उनीहरूले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।  कपिलवस्तु नगरपालिकाबाट राजपाका नेता वृजेश गुप्ताका काका तथा तमलोपा कपिलवस्तु अध्यक्ष रामदास गुप्ताले मेयरमा, अर्का नेता वासुदेव कसौधनले उपमेयरमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।  
यसैगरी मायादेवी गाउँपालिका, शुद्धोधन गाउँपालिका, यशोधरा गाउँपालिकामा पनि राजपाका नेता कार्यकर्ताले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् ।  शिवराज नगरपालिका, महाराजगन्ज नगरपालिकामा पनि मेयरबाहेक वडा अध्यक्ष तथा सदस्यहरूमा राजपाका कार्यकर्ताले स्वतन्त्रमा उम्मेदवारी दिएका छन् ।      
नवलपरासी समाचारदाताका अनुसार नवलपरासीका तीन नगरपालिका र चार गाउँपालिकामा बाजागाजासहित उल्लासपूर्ण ढङ्गले आइतबार उम्मेदवारको मनोनयन दर्ता सम्पन्न भएको छ ।
नवलपरासीलाई दुईवटा प्रदेशमा विभाजित गरिएको छ भने आठ स्थानीय तहमा गत वैशाख ३१ गते नै निर्वाचन भइसकेको छ ।  राष्ट्रिय जनता पार्टीबाहेक सबै दलले उम्मेदवारी दर्ता गराएका निर्वाचन कार्यालयले जनाएको छ
दमक समाचारदाताका अनुसार झापामा प्रमुख राजनीतिक दलहरूले शक्ति प्रदर्शनसहित उम्मेदवारी मनोनयन गरेका छन् ।  झापाका सबै स्थानीय तहमा शान्तिपूर्ण र निर्बाध रूपमा उम्मेदवारी मनोनयन सम्पन्न भएको निर्वाचन कार्यालय झापाले जनाएको छ ।  बिहानैदेखि झापामा सुरक्षाव्यवस्था कडा पारिएको थियो ।
नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाले नगर कार्यपालिका र गाउँपालिकामा जनप्रदर्शन तथा ¥याली गरेर सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयसम्म पुगेका थिए ।
भोजपुर समाचारदाताका अनुसार भोजपुरमा उत्साहजनक रूपमा उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको  छ ।  भोजपुरका दुई नगर र सात गाउँपालिकामा मनोनयन दर्ता सम्पन्न भएको हो ।  भोजपुरमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)ले नौवटै स्थानीय तहमा उम्मेदवारी दिएका छन् भने सङ्घीय समाजवादी फोरम नेपालले गठबन्धनसहित आठवटा तहमा उम्मेदवारी दर्ता गराएको छ ।
बुटवल समाचारदाताका अनुसार रूपन्देहीका १६ वटै स्थानीय निकायमा शान्तिपूर्ण रूपमा उम्मेदवार मनोनयन भएको छ ।  रूपन्देही जिल्लामा एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० गाउँपालिका छन् ।  नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लगायतका राजनीतिक दलले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन ।
बाँके समाचारदाताका अनुसार बाँकेमा आठवटै स्थानीय तहमा उत्साहपूर्वक आइतबार उम्मेदवारी दर्ता भएको छ ।  मधेसी, मुस्लिम र थारू समुदायको बस्ती रहेका क्षेत्रमा आमनागरिक झनै उत्साहित देखिएका छन् ।  नेपालगन्ज उपमहानगरपालिकामा बिहानैदेखि भएको उम्मेदवारी दर्ता बेलुकासम्म चलेको थियो ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दलहरू पालैपालो उम्मेदवारी दर्ताका लागि पुगेका थिए ।  
टङ्कीसिनवारी समाचारदाताका अनुसार राजपाको चुनाव बिथोल्ने कार्यक्रम भए पनि  विराटनगरमा उत्साहका साथ दलहरूले दोस्रो चरणको निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् ।  
स्थानीय तहका उम्मेदवारहरूले  विराटनगर महानगरमा बिहानैदेखि मनोनयन दर्ता गराएका थिए ।  

Baluwatar

काठमाडौँ, असार ५ गते । प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्नुभएको छ । गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि पनि बूढानीलकण्ठस्थित आफ्नै निजी निवासमा बस्दै आउनुभएका उहाँ आज बिहान बालुवाटार सर्नुभएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रधानमन्त्री देउवालाई सरकारी निवास सर्न ज्योतिषीले आज बिहान ५ः२२ बजेको उत्तम साइत जुराइ दिएपछि सोहीअनुसार नै उहाँ बिहानै पूजापाठ गरी सर्नुभएको हो । जेठ २४ गते प्रधानमन्त्री पदको शपथ पनि उहाँले ज्योतिषीले जुराइ दिएको साइतको समयमा नै लिनुभएको थियो ।

बिहान सरकारी निवासमा प्रधानमन्त्री देउवालाई कर्मचारीले स्वागत गर्नुका साथै भवनको साँचो हस्तान्तरण गरेका थिए भने सो अवसरमा उहाँको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।

प्रधानमन्त्री देउवाको शपथ समारोहकै दिनदेखि तत्कालीन प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निजी निवास सर्नुभएपछि बालुवाटारको सरकारी निवास खाली थियो । यस अवधिमा सहरी विकास तथा भवन निर्माण विभागले उक्त सरकारी निवासको मर्मत सम्भार एवम् रङरोगन गरेको थियो । रासस



सन्धिखर्क, असार ४ गते । दोस्रो चरणमा स्थानीय तहको निर्वाचनका लागि अर्घाखाँचीका चार स्थानीय तहमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल हुने भएको छ ।

सन्धिखर्क र शितगङ्गा नगरपालिकामा प्रमुख काँग्रेस र उपप्रमुख माओवादी केन्द्रलाई दिने सहमति भएको छ । भूमिकास्थान नगरपालिका र मालारानी गाउँपालिकामा प्रमुखमा माओवादी र उपप्रमुखमा काँग्रेसलाई सघाउने सहमति भएअनुसार उम्मेदवारी दर्ता हुँदैछ ।

अर्घाखाँचीमा जनसङ्ख्याको हिसाबले सन्धिखर्क ठूलो नगरपालिका हो । यो नगरपालिकामा काँग्रेसबाट प्रमुखमा कमलप्रसाद भुसाल र उपप्रमुखमा माओवादीबाट ठाकुर विकलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

एमालेले प्रमुखमा कृष्णप्रसाद श्रेष्ठ र उपप्रमुखमा ईश्वरा पोख्रेललाई उम्मेदवार बनाएको छ । नयाँ शक्तिले प्रमुखमा यमुना भुसाल र उपप्रमुखमा टोपबहादुर बराल, राष्ट्रिय जनमोर्चाले प्रमुखमा कल्पना पोख्रेल र उपप्रमुखमा पशुपति ढकाललाइ उम्मेदवार बनाएको छ ।

शितगङ्गा नगरपालिकामा काँग्रेसबाट प्रमुखमा सूर्य अधिकारी, उपप्रमुखमा माओवादी केन्द्रबाट टीका रेश्मीलाई उठाउने सहमति भएको छ । एमालेबाट प्रमुखमा वसन्त श्रेष्ठ र उपप्रमुखमा गीता भाटले उम्मेदवारी दर्ता गर्दैछन् ।

भूमिकास्थान नगरपालिकामा प्रमुखमा माओवादीबाट रेशम थापा र उपप्रमुखमा काँग्रेसबाट खडानन्द बेल्वासेले उम्मेदवारी दर्ता गर्दैछन् । एमालेबाट प्रमुखमा पीताम्बर भुसाल र उपप्रमुखमा सुनिता बेल्वासे उठ्ने एमालेले निर्णय गरेको छ । राष्ट्रिय जनमोर्चाबाट प्रमुखमा कविराम खनाल र उपप्रमुखमा शकुन्तला थापा उम्मेदवार बनेका छन् । नयाँ शक्तिबाट प्रेम बन्जाडे प्रमुखको उम्मेदवार बनेका छन् ।

मालारानी गाउँपालिकामा प्रमुखमा माओवादीबाट पद्म क्षेत्री र उपप्रमुखमा एमालेबाट शान्ता खनालले उम्मेदवारी दर्ता गर्दैछन् । एमालेबाट प्रमुख बालकृष्ण आचार्य र उपप्रमुखमा प्रमिला क्षेत्री उम्मेदवार बन्ने निर्णय भएको छ ।

पाणिनी गाउँपालिकामा काँग्रेसबाट अच्युत गौतम र उपप्रमुखमा अम्विका पोख्रेल, एमालेबाट प्रमुखमा जीवनारायण कोइराला र उपप्रमुखमा लक्ष्मी गौतम उठ्ने निर्णय भएको छ । माओवादीबाट प्रमुख जाकिर हुसैन र उपप्रमुखमा विमला घिमिरे उठ्दै छन् ।

छत्रदेव गाउँपालिकामा काँग्रेसबाट प्रमुखमा लेखनाथ पोख्रेल, उपप्रमुखमा तुलसादेवी श्रेष्ठ, एमालेबाट प्रमुखमा ऋषि अधिकारी र उपप्रमुख मनिषा पन्थी, माओवादीबाट प्रमुखमा प्रकाश ज्ञवाली र उपप्रमुखमा शारदा रायमाझी उठ्दै छन् । रासस



उच्च रक्तचापलाई ‘साइलेन्स किलर’ भनिन्छ, जसले थाहै नपाई शरीरका अंग र प्रणालीलाई सिथिल बनाउँदै लान्छ । उच्च रक्तचाप नियन्त्रण गरिएन भने यसले मुटु र मृगौलामा नराम्रो क्षति पुर्‍याउन सक्छ ।


त्यही कारण नियमित रक्तचाप बढ्न थालेपछि चिकित्सकहरुले औषधि सेवन गर्ने सल्लाह दिन्छन् । उच्च रक्तचापको औषधी सेवन गर्ने समाजमा कति छन्, कति ।

उच्च रक्तचाप नियन्त्रण गर्ने एउटा विधी हो, औषधि सेवन । तर, यो एकमात्र विकल्प होइन । औषधि सेवन नगरी पनि रक्तचापलाई काबुमा राख्न सकिन्छ, जसको लागि जीवनशैली परिवर्तन गर्नैपर्छ ।

अतः यहाँ केहि टिप्स दिइएको छ, कसरी औषधी सेवन नगरी उच्च रक्तचाप नियन्त्रण गर्ने ।

१. दैनिक ७ घण्टा सुत्नुहोस्

उच्च रक्तचापमा अनिन्द्रा ठूलो कारण बन्ने गरेको छ । एक अध्ययनबाट थाहा भएको छ कि, जो व्यक्ति ५ घण्टाभन्दा कम सुत्छन्, उनीहरुमा उच्च रक्तचापको समस्या देखिएको छ । अनिन्द्र वा पुग्दो निन्द्रा लिइएन भने तनाव पैदा हुन्छ, रक्तचाप बढ्छ । त्यसैले उच्च रक्तचापबाट छुटकारा पाउने एउटा विधी हो, मस्त सुन्ने । दिनको ७ घण्टा ।

२. नुन कम खानुहोस्

नुनले शरीरमा पानीमा धेरै पानी बनाउँछ । शरीरमा जब पानीको मात्रा बढी हुन्छ, यो उच्च रक्तचाप बढाउने काम गर्छ । जो व्यक्ति उच्च रक्तचापले ग्रसित छन् र नुन बढी सेवन गरिरहेका छन् भने उसमा हृदय रोगको संभावना बढी हुन्छ । यस्ता व्यक्तिले मासुजन्य परिकार पनि नियन्त्रित मात्रामा सेवन गर्नुपर्छ, किनभने त्यसमा नुन बढी हुन्छ ।

३. हरेक हप्ता १५० मिनेट व्यायाम

त्यसो त वर्कआउटले धेरैजसो रोग निर्मूल गर्छ । अझ उच्च रक्तचापमा यो बढी नै जरुरी छ । उच्च रक्तचापबाट टाढा रहनका लागि हरेक हप्ता कम्तिमा १५० मिनेट वर्कआउटमा खर्च गर्नुपर्छ । नियमित एरोबिकले तपाईको रक्तचाप सामन्य बनाउन सहयोग गर्छ ।

४. नियमित १० मिनेट ध्यान

तनावले मानव शरीरमा एड्रेलिन नामको एक हर्मोन निकाल्छ, जसले मुटुको धड्ेकन र रक्तचाप बढाउँछ । त्यसैले तनाव पनि रक्तचाप बढाउने कारण हो । तनावबाट छुटकारा पाउनु भनेको रक्तचापबाट मुक्त हुनुपनि हो । ध्यानले तनाव हट्छ । अध्ययनमा पाइएको छ कि, केवल १० मिनेट ध्यान गर्दा रक्तचापको समस्या हट्छ ।

५. सब्जी र फल खानुहोस्

अध्ययनहरुमा के पाइएको छ भने, तपाईको थालमा जति धेरै सब्जी र फल हुन्छ उत्तिनै बढी रक्तचाप हुने समस्या कम हुन्छ । उच्च रक्तचापका रोगीले फलफूल सेवन गर्नु एकदमै लाभदायक मानिन्छ । यसले तपाईको रक्तचाप सामन्य राख्न मद्दत गर्छ । यसले शरीरमा पोटासियम र भिटामिन जस्तो तत्व कमी हुन दिदैन ।

६. तौल नियन्त्रण गरौ

रक्तचाप नियन्त्रणमा राख्नका लागि तपाईले आफ्नो तौललाई पनि नियन्त्रणमा राख्नुपर्छ । जति जति तपाईको तौल बढ्छ, उत्तिनै मुटुलाई रगत पम्प गर्न गाह्रो हुन्छ । यसको सोझो नतिजा रक्तचापको रुपमा देखापर्छ । आफ्नो उचाई अनुसार सहि तौल हुनुपर्छ ।- अनलाइनखबरबाट 




चितवन,  असार ४ गते । पहिरो खसेर गए राति १ बजेदेखि अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्डको पहिरो पन्छाइएपछि आज बिहान ११ः ५० बजेदेखि सडक पुनःसञ्चालनमा आएको छ ।


नारायणगढ-मुग्लिन सडक आयोजनाका इ शिव खनालका अनुसार मुग्लिनबाट २.५ किमी नारायणगढतर्फ कालीखोलामा भित्तो काटिएको ठाउँमा पहिरो खसेको थियो । राति ९ बजे पनि सोही ठाउँमा पहिरो खसेकामा पन्छाएर सडक पुनःसञ्चालन गरिएको थियो ।

सुरुमा सानो पहिरो भए पनि राति ठूलो पहिरो खसेकाले पन्छाउन समय लागेको हो ।

पहिरो पन्छाउनका लागि एक एक्साभेटर, दुई लोडर र तीन टिपर परिचालन गरिएको थियो । पहिरो पन्छाइएसँगै रातिदेखि सवारी जाममा बसेका गाडी आआफ्नो गन्तव्यतर्फ लागेका छन् । अहिले सडकखण्ड विस्तारको काम भइरहेको छ ।

भित्तो काटेर सडक फराकिलो बनाइएकाले समय समयमा पहिरो खसेर दुःख दिने गरेको छ । हाल ठूलो पानी नपरे पनि दुई चार दिनयता परेको पानीका कारण पहिरो खसेको हुन सक्ने अनुमान छ ।-अनलाइनखबरबाट

चुनाव सारेकोमा मेधेसी जनता दुःखी

रंगीविरंगी चुनावी झण्डाले रंगिएको महोत्तरीको गौरीबास

 बर्दिबास, असार ४ गते ।  जेष्ठ-असारको प्रचण्ड घामसंगैको अत्याधिक गर्मीले मधेसको तापमान ४२ डिग्रीमा पुगेको मापन गरिदै थियो । प्रचण्ड गर्मीको तापले यहाँका बासिन्दाको जनजीवन तातेको थियो । असार १४ मा हुने भनिएको स्थानीय तहको दोस्रो चरणको निर्वाचनले तराईका जिल्लाहरुमा चुनावी सरगर्मी ह्वातै बढेको थियो । बीस बर्षपछि हुन लागेको स्थानीय चुनावले मतदाताहरु देशले निकास र जनताले विकास पाउनेमा ढुक्क थिए । मधेसमा चुनावको उल्लास छाउँदै थियो । निर्वाचन कार्यालयले टोलटोलमा मतदाता शिक्षा दिइरेहका थिए । तर एकाएक चुनाव सारेपछि मतदाता रुष्ट भएका छन् ।
घरको दैलोमा अग्लो बासको भाँटा गाडेर आफु समर्थित दलका चुनावी झण्डा फहराइरहेका महोत्तरीको गौरीबासका ६५ बर्षीय कृष्णप्रसाद चौलागाईले भन्नुभया ,‘ अब साँच्चिकै असार १४ मा चुनाव हुन्छ । बैसाख ३१ मा भएन अब हुन्छ ।’ प्रमुख राजनीतिक दलले कडा कसरतकाबीच करीब करीब आफ्ना उम्मेदवारहरुको छनौट गरिसकेका थिए । अन्तिम तयारी गरेर निर्वाचन कार्यालयबाट मनोनय दर्तापत्र ल्याएर दलका उमेदवारहरु फारम पनि भइसकेका थिए । कृष्णप्रसाद चौलागाईको घर नजिकै बर्दिबास नगरपालिकोको निर्वाचन कार्यालयबाट चुनावी तयारीको गतिविधी थाहा पाएर दंग थिए । तर बिहीबार प्रदेश नम्बर २ को चुनाव सारेर असोज २ मा गर्ने निर्णय सरकारले ग¥यो, तब चुनावको मुडमा रहेका चौलागाई मात्र होइन प्रमुख राजनिति दलका उमेदवार, कार्यकर्ता र मतदाताहरु आक्रोसित भएका छन् ।

चुनावी गतिविधी रोकेर अब फेरी असारमा चुनाव नहुने भन्दै चुनाव प्रचार प्रसारमा हिँडेका कार्यकर्ताहरु घर फर्किए । आन्दोलनमा रहेका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता कार्यकर्ता र यसका समर्थित मतदाताहरु अब संविधान संसोधनको हुन्छ की अपेक्षा गरे । देउवा सरकारले संविधान संशोधन गर्छ भनेर विश्वस्त हुन सकेका छैनन् । राजपाका केन्द्रीय नेताहरुले ‘मधेसभरि चुनाब स्थगित गर्न हामीले माग गरेका थियौं । मधेस भनेको प्रदेश नं. २ मात्र होइन । अब हाम्रो सम्पूर्ण शक्ति झापा, मोरङ, सुनसरी र पाँच नम्बर प्रदेशको चुनाब बिथोल्न केन्द्रित हुन्छ,’ भन्दै अरु प्रदेशमा असार १४ मै हुन लागेको निर्वाचन बिथोलन केन्द्रित भएका छन् । चुनाव सरे पनि मधेश अशान्त नै छ । राजपाको बन्दहडतालले यहाँको जनजीवन ठप्प नै भयो ।
‘नेताहरु चुनाव सार्छन । यसको पीरमार्का तल्लो स्तरका कार्यकर्ताहरुले भोग्नु परेको छ,’ नेपाली कांग्रेसका क्रियाशील महोत्तरीका नेता बिनोद बरालले भन्नुभयो । राजपा नेपाल पिपरा गाउँपालिकाका संयोजक रमणकुमार ठाकुरले चुनावको मिति सारेर समस्याको समाधान नहुने भन्दै कडा टिप्पणी गर्नुभयो । ‘सरकारले संविधान संसोधन गर्दैन् । चुनाव सारेको सारै गर्छ । यो समस्याको समाधान होइन्,’ उहाँले भन्नुभयो,‘सरकार न चुनाव गराउन चाहन्छ, न त संविधान संशोधन गर्न तयार छ, बरु मधेसी जनतालाई झुक्याइ रहेका छन् ।’

प्रदेश नं.२ मा स्थानीय तहको निर्वाचन तेश्रो चरणमा धकेलिएपछि मधेसका मतदाता अन्यौलमा परेका छन् । प्रदेश नम्बर २ मा महोत्तरी, धनुषा, सर्लाही, रोत्तहट सहितका ८ जिल्लाका १२७ स्थानीय तहमा २६ लाख ६४ हजार ७९२ मतदाता छन् । चुनाव सारेको सारै गरेर नेताहरुले स्थानीय तहको चुनावको माहौललाई गन्जागोल बनाएकोमा धनुषाको मिथिला नगरपालिकाका गमबहादुर विश्वकर्माले असन्तुष्टि व्यक्त गर्नुभयो । पूर्व—पश्चिम राजमार्ग भन्दा उत्तर तिरेको भागमा महोत्तरी, धनुषा, सर्लाही लगायतका जिल्लामा चुनावी गतिविधीले उमेदवार, नेता कार्यकर्ता र मतदातालाई छपक छोइसकेका थिए । टोल टोलमा रंगिचंगी चुनावी झण्डाले चुनावको माहौल तताई सकेको थियो । बर्दिबास नगरपालिका स्तरीय निर्वाचन कार्यालयका निर्वाचन प्रमुख पशुपतिबाबु पुरीका अनुसार, यहाँका उमेदवारहरुले असर १ गते बिहान सम्ममा निर्वाचन कार्यालयबाट १ हजारको हाराहारीमा मनोनयन पत्र लगिसकेका थिए ।

‘राजनीतक दल र जनताहरु सबै निर्वाचन हुनेमा ढुक्क थिए । सबै चुनावको लागि तयारीमा थिए,’ एकिकृत नेकपा मओवादी केन्द्रका बर्दिबास नगरपालिका १ का उमेदवार चुडामणी पोखरेलले भन्नुभयो,‘२—४ दिनपछि धक्लेर चुनाव गराएको भए राम्रो हुन्थ्यो । प्रदेश नम्बर २ फरक खालका भएकाले फेरी पनि चुनाव नहुनेमा आशंका छ ।’ सरकारले मधेसको समस्या समाधान नगरेको र मधेस केन्द्रित दल राजपाको आन्दोलनको कारण मिति सर्दा जनतामा व्यापक असन्तुष्टि बढेको छ ।

यसअघि तेस्रोपल्ट सारेर प्रदेश नम्बर १, २, ५ र ७ मा असार १४ मा चुनाव मिति निर्धारण गरिएको थियो । संविधान संशोधन र स्थानीय तहको संख्यामा असन्तुष्टि जनाउँदै आएको राष्ट्रिय जनता पार्टी (राजपा) को विरोधले सरकारले प्रदेश नम्बर २ को चुनाव तेस्रो चरणमा असोज २ गते गर्ने घोषणा गरेको छ । १, ५ र ७ मा भने असार १४ मै गर्ने भनेको छ । दोश्रो चरणमा चार वटा प्रदेस मध्ये प्रदेश नं. २ को निर्वाचन आगामी असोज २ गतेको लागि सार्ने पुनः सरकारले निर्णय गरेपनि राजपाले असहमति जनाउँदै आन्दोलन जारी राखेको छ । राजपाले आफुहरुको माग चुनाव भन्दा पहिला संविधान संशोधन गर्नु पर्ने र प्रदेश नं. २ को मात्रै नभएर अन्य प्रदेशको निर्वाचन हाललाई स्थगन गर्नु पर्ने माग राखेको छ ।

चुनाव हुने वा नहुनेमा ठोस कुरा नहँुदा सरकार र आन्दोलनरत्त पक्षप्रति जनताको वितृष्णा बढ्दै गएको छ । आन्दोलन र चुनावप्रति पनि मधेशका जनता दुई कित्तामा उभिएका छन् । एकाथरी जनताले पटक पटक चुनाव सारेकोमा आपति प्रकट गरिरहेका छन् भने अर्कोथरीले चुनाव सार्नु वा नसार्नुमा भन्दा संविधान संशोधनलाई प्राथमिकता दिनु पर्ने पक्षमा छन् । तर, मधेसको अधिकांश जनता भने चुनावकै पक्षमा छन् । भोट खसाल्न र जनप्रतिनिधि छनोट गर्न आतुर रहेका जनतामा झनै निराशा बढेको छ ।
ठुला तीन दल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नयाँ शाक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम लगायतको दल समर्थित मधेसका जनता चुनावकै पक्षमा छन् । अहिले पनि प्रदेश नं. २ को जिल्लाहरुमा ठुला तीन दलको राम्रो पक्कड रहेको छ । तर मधेको मुद्दामा भावनात्मक हिसाबले अन्य दल समर्थित जनता नत विरोधमा उत्रेका छन् नत समर्थनमा ।

‘पटक पटक चुनाव सर्दा अन्योलता छायो । कहिले चुनाव आउँला, भोट खसाउला र जनप्रतिनिधी छनोट गरि अफ्नो गाउँको विकासलाई अगाडी बढाउँला भनेर चुनाव कुरेर हामी बसेका छौं । पटक पटक चुनाव सारेपछि जनतामा सरकारप्रतिको विश्वास घट्दै गएको छ,’ धनुषा बटेश्वर गाउँपालिकाका कृष्णकुमार महतोले भन्नुभयो,‘मधेसको समस्यालाई समयमै सुल्झाएर ठोस रुपमा मिति तय गरि चुनाव गर्नु आवश्यक छ ।’

प्रदेस नम्बर २ को मात्रै चुनाव सर्नु दुर्भाग्य भएको नेकपा एमाले बर्दिबास नगरको मेयर पदका उमेदवार सुरेश बहादुर राउतले चिन्ता व्यक्त गर्नुभयो । ‘ उमेदवार तय गरेर मनोनय पत्र पनि ल्याएइसकेका थियौं । चुनावै सरिदियो,’उहाँले भन्नुभयो,‘चुनाव सरेको सारै गरेकाले उमेदवारहरुमा आर्थिक भार बढेको छ । हामी अहिले पनि असर १४ मै चुनाव हुनुपर्छ भन्ने पक्षमा छौं ।’- अन्नपूर्ण बाट , राजकरण महतो

भारत-पाकिस्तानको खेलमा दुई हजार करोड सट्टेबाजी

नयाँदिल्ली : चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच आइतबार हुन लागेको च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा दुई हजार करोड भारु सट्टा लाग्ने अनुमान गरिएको छ । आइतबार इङ्ल्यान्डको ओभलमा हुने हाइप्रोफाइल खेलमा सारा विश्वको ध्यान केन्द्रित हुने भएकाले दुई हजार करोडभन्दा बढी सट्टेबाजी हुने खुलासा अल इन्डिया गेमिङ फेडरेसन (एआईजीएफ)ले गरेको छ ।
एआईजीएफका अनुसार आइतबार हुने खेलमा बुकिजको मन पर्ने टोली भारत हो । फाइनल खेलमा कसैले भारतमाथि एक सयको दाउ लगायो र भारतले खेल जित्यो भने उसले एक सय ४७ रुपैयाँ प्राप्त गर्नेछ । यही बाजीमा पाकिस्तानले जितेमा एक सयको तीन सय भारु प्राप्त गर्छ । एआईजीएफका प्रमुख कार्यकारी अधिकृत रोनाल्ड ल्यान्ड्र्सका अनुसार एआईजीएफले गरेको अध्ययनमा भारतले यस वर्ष जितेका सबै खेलमा दुई लाख करोड सट्टा लागेको छ । उनले १० वर्षपछि दुई चिरपरिचित राष्ट्र महत्वपूर्ण प्रतियोगिताको फाइनलमा पुग्दा सट्टा बजार निकै बढोत्तरी हुने बताए ।
सबैभन्दा धेरै सट्टा खेलको नतिजा (हार-जित) मा लाग्ने गर्छ । यसबाहेक अन्य अलगअलग हिस्सामा पनि सट्टाबाजी हुने गर्छ । जस्तो सुरुको १० ओभरमा दुवै टोलीले कति-कति रन बनाउँछन् अथवा कुन ओभरमा कति रन बनाउँदा विकेट पतन हुन्छ भन्नेमा पनि सट्टेबाजी हुने गर्छ । यसका साथै कुन ब्याट्सम्यानले ५० या एक सय रन बनाउँछन्, कसले धेरै विकेट लिन्छ भनेर सट्टाबाजी हुन्छ । रोनाल्डका अनुसार भारतलगायत धेरै मुलुकमा सट्टाबाजी गैरकानुनी भए पनि बेलायती वेबसाइटमा इन्टरनेसनल क्रेडिट कार्ड र ई-वालेटबाट सट्टा लगाउने गर्छन् ।- एजेन्सी

प्रदेश १, ५ र ७ मा आज उम्मेदवारी

              उम्मेदवारी दर्ता बिहान ८ देखि दिउँसो ४ बजेसम्म


काठमाडौं,  असार ४ गते ।  दोस्रो चरणअन्तर्गत प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा उम्मेदवारको मनोनयन दर्ता आइतबार हुँदै छ । निर्वाचन आयोगले सम्पूर्ण तयारी भएको भन्दै ती प्रदेशमा बिहान ८ देखि दिउँसो ४ बजेसम्म मनोनयनको समय निर्धारण गरिएको जनाएको छ । आयोगले सम्पूर्ण तयारी पूरा गरिसकेपछि सरकारले २ नम्बर प्रदेशमा तेस्रो चरणमा असोज २ गते मतदान गर्ने निर्णय गरेकाले आयोगले उक्त प्रदेशको निर्वाचन कार्यक्रम स्थगित गरेको छ । यद्यपि, ५ नम्बर प्रदेशका केही जिल्लामा मधेसकेन्द्रित दलको प्रभाव रहेका कारण मनोनयन दर्तालाई चुनौतीका रूपमा लिइएको छ ।
पहिलो चरणअन्तर्गत प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २ सय ८३ वटा स्थानीय तहमा वैशाख ३१ गते निर्वाचन सम्पन्न भएको थियो । भरतपुर महानगरपालिकाबाहेक अन्य सबै तहको मत परिणाम पनि सार्वजनिक भइसकेको छ । सरकारले जेठ ३१, असार ९ हुँदै असार १४ गतेलाई दोस्रो चरण निर्वाचनको मिति तय गरेअनुसार आइतबार मनोनयनको कार्यक्रम राखिएको हो ।
आयोगका अनुसार १४ गते प्रदेश १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा निर्वाचन हुन लागेको हो । दोस्रो चरणमा १ महानगरपालिका, ७ उपमहानगरपालिका, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा निर्वाचन हुँदै छ । निर्वाचनमा ६४ लाख ३२ हजार ७ सय ६५ मतदाता छन् भने १५ हजार ३८ प्रतिनिधि निर्वाचित हुनेछन् । निर्वाचन आयोगका अनुसार ४ हजार ५ सय ८१ मतदानस्थलमा ८ हजार ३ सय ६४ मतदान केन्द्र निर्धारण गरिएका छन् । सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी खटिने आयोगले जनाएको छ ।
प्रदेश नम्बर १, ५ र ७ को निर्वाचन तोकिएकै मिति असार १४ गते हुनेमा ढुक्क रहन आग्रह गर्दै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले उम्मेदवारी मनोनयन कार्यक्रममा उत्साहपूर्वक सहभागी हुन राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारसँग अपिल गर्नुभएको छ । ५ नम्बर प्रदेशमा मधेसकेन्द्रित दलबाट सम्भावित अवरोधबारे सोधिएको प्रश्नको जवाफमा प्रमुख आयुक्त यादवले भन्नुभयो, ‘कोही-कसैबाट उम्मेदवारी मनोनयनदेखि मतगणनासम्मका कार्यमा अवरोध सिर्जना गर्ने, भड्काउने, बाधा-व्यवधान खडा गर्ने क्रियाकलाप भएमा निर्वाचनमा खटिएका सुरक्षाकर्मीले त्यस्ता कार्यलाई तदारुकतासाथ निरुत्साहित गरी शान्ति-सुरक्षा कायम गर्ने कुरामा आयोग विश्वस्त रहेको छ ।'
आफ्नो अधिकारको कुरा गर्दा मतदाताको मतदान गर्न पाउने, उम्मेदवार भएर मतदाताबाट परीक्षण हुन पाउने र निर्वाचित जनप्रतिनिधिबाट सेवा लिन पाउने जनताको अधिकारको सबैबाट सम्मान हुने विश्वास लिएको यादवले बताउनुभयो । उम्मेदवारी दर्तास्थलमा प्राकृतिक प्रतिकूलतालाई ध्यानमा राखेर आवश्यक सुरक्षित व्यवस्था मिलाउन र उम्मेदवारी दर्ता सहज, सरल एवं सुरक्षित ढंगले गर्न आवश्यक सुरक्षा र भौतिक व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्देशन दिइसकिएको यादवले जानकारी दिनुभयो ।
‘निर्वाचनमा आवश्यक पर्ने सबै सुरक्षा व्यवस्था नेपाल सरकारले मिलाउने प्रतिबद्धता व्यक्त गरेको छ,' प्रमुख आयुक्त यादवले आइतबार पत्रकार सम्मेलनमा भन्नुभयो, ‘निर्वाचन आयोगका पदाधिकारी, कर्मचारी, निर्वाचनमा खटिने कर्मचारी, मतदानमा प्रयोग हुने सामग्रीको सुरक्षा, ढुवानी व्यवस्थापन, मतदानस्थलको सुरक्षा तथा मतदाता, राजनीतिक दलको कार्यालय, उम्मेदवार सबैको भरपर्दो सुरक्षा व्यवस्था हुनेछ भन्नेमा आयोग विश्वस्त छ । सरकारले पहिलो चरण निर्वाचनको अनुभवलाई समेत ध्यानमा राखेर दोस्रो चरण निर्वाचनको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी र निर्वाचनमैत्री बनाउन कुनै कसुर बाँकी नराख्ने अपेक्षासमेत आयोगले गरेको छ ।
नेपालको संविधान तथा स्थानीय तह निर्वाचन ऐन २०७३ ले व्यवस्था गरेअनुसार स्थानीय तह निर्वाचनमा महिलाको प्रतिनिधित्वलाई सबैभन्दा बढी प्राथमिकतामा राखिएको छ । दलका तर्फबाट उम्मेदवारी दिँदा नगरपालिकाको प्रमुख÷उपप्रमुख तथा गाउँपालिका अध्यक्ष÷उपाध्यक्षमध्ये एक पदमा महिला उम्मेदवार बनाउनैपर्ने तथा ५ वडातहमा ४० प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।
महिला, दलित, अल्पसंख्यक समुदायको मनोनयन दस्तुरमा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । आचारसंहिता फागुन १८ गतेदेखि लागू गरिसकेको भन्दै यादवले प्रचारप्रसारको कार्य सुरु भएपछि उच्चस्तरीय अनुगमन टोलीले अनुगमन गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो । पहिलो चरण निर्वाचनमा मतदाता शिक्षा अभावका कारण धेरै मत बदर भएपछि दोस्रो चरणमा मतदाता शिक्षा प्रभावकारी बनाइएको यादवले दाबी गर्नुभयो । प्रदेश नम्बर १, ५ र ७ मा गरी प्रतिमतदान केन्द्र कम्तीमा एक जना मतदाता शिक्षा कार्यकर्ताको दरले करिब ८ हजार ३ सय ५० कर्मचारीलाई मतदाता शिक्षाका सामग्रीसहित परिचालन गरिएको आयोगले जनाएको छ ।
दोस्रो चरण निर्वाचनमा काठमाडौंमा रहेका कूटनीतिक नियोगका सदस्यलाई प्रदेश नम्बर १ मा विराटनगर र धनकुटा, प्रदेश नम्बर ५ मा भैरहवा र पाल्पा तथा प्रदेश नम्बर ७ मा धनगढी र डडेलधुरामा अवलोकन भ्रमण गराउने तयारी भइरहेको आयोगले जनाएको छ ।-अन्नपूर्ण बाट , नरेन्द्र साउद

वीरगन्जमा राजपाको बन्द अवज्ञा

शुक्रबार खुलेका वीरगन्जका पसलहरु ।
वीरगन्ज,  असार २ गते । मंगलवारदेखि आह्वान गरिएको चार दिने हडताल फिर्ता नभएको राष्ट्रिय जनता पार्टीले बताए पनि वीरगन्जमा शुक्रबार भने पसल तथा बजारहरु खु्लेका छन् । मंगलवारदेखि तीन दिनसम्म पसल बन्द गरेका वीरगन्जका व्यपारीहरुले शुक्रबार भने बन्दको अवज्ञा गर्दै पसल खोलेका हुन् ।
यस्तै वीरगन्जमा शुक्रबार सार्वजनिक यातायातका सवारी साधनहरु पनि निर्वाध रुपमा सञ्चालनमा आएका छन् । बजार खुलेको र सार्वजनिक यातायातका सवारी साधनहरु सन्चालनमा आएपछि वीरगन्जमा मान्छेहरुको चहल पहल पनि बढेको छ ।
'तीन दिन त पसल बन्द गरेकै हो, अब कति दिन गर्ने ?', वीरगन्ज आदर्शनगरका एक पसलेले भने, 'अब धेरै दिन पसल गर्न सक्दैनौ किन कि बन्द हडतालले कसैलाइ पनि फाइदा छैन, मधेसी दलहरु आफै आफैमा लड्न थालेका छन्, अनि आन्दोलनको नाममा बन्द हडताल गरेर हामी व्यपारीलाइ मात्रै दुख दिइरहेका छन् ।'
बन्दको चौथो तथा अन्तिम दिन शुक्रबार बिहान पानी परेका कारण वीरगन्जका सडकमा आन्दोलनकारी देखा परेनन् । तर पानी पर्न रोकिएपछि घण्टाघर, नगवा, मालपोत चोक, पावरहाउस लगायतका केही स्थानमा राजपाका कार्यकर्ताले टायर बाले । त्यसपछि सडकमा आन्दोलनकारीहरु नदेखिएपछि वीरगन्जका व्यपारीहरुले मध्यान्हदेखि पसल खोलेका हुन् ।
राजपाका महासचिव शिव पटेलले बन्द फिर्ता नभएको बताउँदै पानी परेकोले कार्यकर्ता सडकमा नदेखिनु स्वभाविक भएको बताउनु भयो । आन्दोलनकै क्रममा शुक्रबार दिउँसो वीरगन्जमा लाठी जुलुस प्रदर्शन गर्ने कार्यक्रम रहेको पनि पटेलले जानकारी दिनु भयो ।
राजपालाई मनाउनकै लागि भनेर सरकारले प्रदेश नम्बर २ को निर्वाचन असोज २ गते सारे पनि राजपाले त्यसमा आफूहरुको सहमति नभएको भन्दै आन्दोलन जारी नै रहेको बताएको छ ।- अन्नपूर्ण बाट ,  तस्बिर : क्रान्ति शाह


लन्डन आगलागीको छानबिन गर्न मेको आदेश
बेलायती प्रधानमन्त्री टेरेसा मेले राजधानी लन्डनको पश्चिममा पर्ने नर्थ केन्सिङटनस्थित ग्रेनफेल टावरमा लागेको आगलागीको छानबिन गर्न आदेश दिनुभएको छ ।
प्रधानमन्त्री मेले मंगलबार मध्यरातको आगलागीमा १७ जनाको मृत्यु भएको २४ तले ग्रेनफेल टावरको भ्रमणपछि छानबिनको आदेश दिनुभएको हो । आगलागीमा घाइते ३० जनाको अस्पतालमा उपचार भैरहेको छ । तीमध्ये १७ जना सिकिस्त छन् । आगलागीपछि कैयौं टावरका कैयौं बासिन्दा हराइरहेको बताइएको छ । प्रहरीले आगलागीका मृतकको संख्या अझै बढ्नसक्ने जनाएको छ ।
आवासीय टावरमा लागेको आगो निभाउन २४ घन्टाभन्दा बढी समय लागेको थियो । तर आगलागीको कारण भने अहिलेसम्म थाहा पाइएको छैन ।
अग्नी नियन्त्रकहरूले पूरै जलेको ग्रेनफेल टावरमा कुनै जीवित फेला पर्ने सम्भावना नभएको बताएका छन् । आफन्त आफ्ना बेपत्ता नातेदार र परिवारबारे जानकारी पाउन व्यग्र छन् । प्रधानमन्त्री मेले भन्नुभयो, ‘सर्वसाधारणले आगो यति छिटो कसरी फैलियो यसको जबाफ पाउने हक छ र छानबिनले यसको उत्तर दिनेछ ।’
आगलागीस्थलको छोटो भ्रमण गरेपछि भन्नुभयो, ‘आगो तीव्र गतिमा फैलेको र टावरका सबै तलामा सल्केको जानकारी पाएँ, त्यो अविश्वसनीय र डरलाग्दो थियो ।’ विपक्षी दलका नेता जेरेमी कोर्बिनले पनि आगलागी भएको ग्रेनफेल टावरको भ्रमण गर्नु भएको थियो ।
ग्रेनफेल टावर र आगलागीसम्बन्धी तथ्य
ग्रेनफेल टावर पश्चिमी लन्डनको ल्याटिमर सडकमा पर्छ । यो टावर १ हजार भवनसहितको लंकास्टर वेस्ट एस्टेट हाउसिङ कम्प्लेक्सकै एउटा हिस्सा हो। यो टावर सन् १९७४ मा निर्माण भएको थियो । गत वर्ष मेमा यसको मर्मत सम्भार गरिएको थियो । टावर मर्मत गर्न ८६ लाख बेलायती पाउन्ड खर्च भएको थियो । २४ तले टावरमा १ सय २७ आवासीय फ्ल्याट थिए ।
मर्मतसम्भार अघि र पछि पनि ग्रेनफेल एक्सन ग्रुपले टावरमा आगलागीको जोखिम रहेको दाबी गरेको थियो भने टावरका बासिन्दाले पनि एम्बुलेन्स, दमकलजस्ता इमरजेन्सी सवारीसाधन टावरमा आउन कठिन भएको गुनासो गरेका थिए । सन् २०१३ फेब्रुअरीमा टावरनिवासीहरूले भवनमा आगो निभाउने उपकरणको एक वर्षदेखि मर्मत नभएको गुुनासो गरेका थिए । गत वर्ष लन्डन फायर ब्रिगेडले टावरमा आगलागी नियन्त्रण गर्ने समुचित उपाय नभएको भन्दै जोखिमका कारण असुरक्षित रेटिङ गरेको थियो ।
मध्यरातमा आगो लाग्दा टावरका अधिकांश निवासी सुतिरहेका थिए । प्रत्यक्षदर्शीहरूले बताए अनुसार टावरमा फसेकाहरू गुहार मागिरहेका थिए । कतिपयले सहायताका लागि टावरको छतमा टर्च र मोबाइल फोनको बत्ती बालेका थिए ।
टावरको चौथो तलाबाट आगलागी सुरु भएको थियो । टावरबाट सुरक्षित निस्केका निवासीहरूको बयानअनुसार फायर अलार्मले काम गरेन र उनीहरूलाई सुतिरहेका बेला छिमेकीहरूले उठाएर टावरमा आगो लागेको बताएका थिए । कतिपयले आफ्ना छोराछोरीलाई झ्यालबाहिर निकालेका थिए । कैयौंले छोराछोरीलाई कपडामा बेरेर तल फ्याँकेको बताइएको छ ।
घटनास्थलमा पुगेका बिबिसीका एन्डी मुरका अनुसार आगलागीका कारण टावरमाथिबाट भग्नावशेष खसिरहेको थियो, विस्फोट भइरहेको थियो र सिसा फुटेको आवाज आइरहेको थियो ।
स्थानीय चर्च, फुटबल क्लब र अन्य संस्थाहरूले पीडितलाई खान, बस्न र कपडालगायत अन्य आवश्यक सामग्री उपलब्ध गराइरहेका छन् । पीडितको सहयोगका लागि क्राउड फन्डिङबाट १ लाख ७० हजार बेलायती पाउन्ड संकलन गरिएको छ ।

लन्डनमा जन्मेकी बेलायती गायिका अडेल र उनका पति पनि बुधबार बेलुकी घटनास्थला पुगेर पीडितहरूलाई सान्त्वना दिएका थिए । अर्की बेलायती गायिका रिटा ओराले पनि टावरबाहिर आर्थिक सहयोग संकलनमा सघाएकी थिइन् ।- बिबिसी /लन्डन




इंग्ल्याण्डमा जारी च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधिका लागि चीर परिचित प्रतिद्धन्दी पाकिस्तानसँगको भेट पक्का भएसँगै भारतीय क्रिकेट कप्तान बिराट कोहलीले प्रतियोगितामा पाकिस्तानको प्रदर्शन शानदार रहेको प्रतिक्रिया दिएका छन् ।


भारत बिहीबारको दोस्रो सेमिफाइनलमा बंगलादेशलाई ९ विकेटले हराउँदै फाइनलमा पुगेको हो ।

प्रतियोगिताको आफ्नो पहिलो खेलमा भारतसँग सजिलै पराजित भएको पाकिस्तानले सेमिफाइनलमा घरेलु टोली इंग्ल्याण्डलाई पराजित गरेको थियो ।

‘उनीहरुले आफूलाई राम्रो ढंगले बदलेका छन् ।’ बिहीबारको खेलपछिको पत्रकार सम्मेलनमा भारतीय कप्तान कोहलीले भने ।

पहिलो खेलमा भारतसँग पराजित भएपनि त्यसपछिका दुई खेलमा शीर्ष बरियाताको दक्षिण अफि्रका र त्यसपछि श्रीलंकालाई हराएको थियो । सेमिफाइनलमा घरेलु टोलीलाई स्तब्ध पार्दै आइतबार हुने फाइनलमा स्थान बनायो ।

‘उनीहरुले तुलनात्मक रुपमा आफूभन्दा बलिया टोलीलाई पराजित गरे । उनीहरुले एक टिम गेम खेले ।’

भारत र पाकिस्तानबीचको फाइनल विश्वमै सबैभन्दा धेरै हेरिने खेलमध्ये एक पर्छ । र यी दुई टोली एकदिवशीय प्रतियोगिताको फाइनलमा पहिहलो पटक खेल्दैछन् ।

‘फाइनलमा तपाईं जोसुकै सँग खेल्नुस्, त्यो जहिले पनि चुनौतिपूर्ण हुन्छ किनभने जव एक पटक तपाई यो ठूलो खेल भन्ने सोच्नुहुन्छ, तपाईको मानसिकता बदलिन्छ ।’ कोहलीले भने ।

बंगलादेशले दिएको २६५ रनको लक्ष्य पछ्याउने क्रममा भारतका रोहित शर्माले अविजित १२३ रनको पारी खेले भने बिराटले ९६ रन बनाए । शिखर धवनले ४६ रन बनाएर आउट भएका थिए ।- अनलाइनखबर


राजपा फकाउँदै गच्छदार, कांग्रेस माओवादी तालमेल अनिश्चित




बिराटनगर, असार २ गते । । केही साता अगाडिसम्म एउटै आन्दोलनका सहयात्री राजपा कार्यकर्ताले कालो झण्डा देखाइरहँदासंघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव बिराटनगरमा मुकाम बनाएरै बसिरहेका थिए । पछिल्लो समय मोरङलाई बढी महत्व दिइरहेका यादवले बिराटनगर महानगरपालिकामा तालमेलको रणनीति बनाएको चर्चा चले पनि मेयर र उपमेयर दुवैमा उम्मेदवार घोषणा गरेर उनी बिहीबार काठमाडौं फर्किएका छन् ।


यादवले बिराटनगरमा चुनावी तालमेलका लागि एमालेसँग समेत सहयोगको हात बढाएको चर्चा तत्काल पत्याउन गाह्रो भए पनि असम्भव नहुन सक्छ । संयोग नै मान्नुपर्छ कि एमालेले अहिलेसम्म मेयरमा विनोद ढकालको प्रचार अभियान अघि बढाए पनि उपमेयर उम्मेदवार घोषणा गरेको छैन ।

राष्ट्रिय जनता पार्टी चुनाव बहिस्कारमा लागेका बेला मोरङमा राम्रो जनाधार भएका उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र बिजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक कुनै ठूलो दलसँग तालमेल गरेर भए पनि महानगरमा जित्ने रणनीतिमा केन्द्रित छन् ।

फरक के देखिन्छ भने सधैं मधेस आन्दोलन बाहिर रहेका गच्छदार राजपाप्रति नरम रणनीति अपनाएर उनीहरुको पक्षका मत तान्ने योजनामा देखिन्छन् । ठीक विपरीत उपेन्द्र यादव भने राजपाप्रति आक्रामक अभियानमा छन् । राजपा कार्यकर्ताले यादवलाई कालो झण्डा देखाउनेदेखि पुत्ला दहनसम्मका बिरोध कार्यक्रम गरिसकेका छन् ।

मधेसका ‘हेबी वेट’ नेता यादवले राजपाको आन्दोलन प्रतिगामीलाई सघाउने उद्देश्यले भइरहेको भन्दै २ नम्बर प्रदेशमा चुनाव रोकिएकोमा आपत्ति जनाइसकेका छन् । उनले सत्तापक्ष र राजपा मिलेर मधेस भनेको २ नम्बर प्रदेशका ८ जिल्लामात्र हुन् भन्ने सिद्ध गर्न खोजेको आरोप पनि लगाएका छन् । यसले गर्दा यादव र राजपाको दूरी बढ्ने देखिन्छ ।

चुनाव सारिएको र राजपा आन्दोलनलाई हेर्ने सन्दर्भमा यादवको दृष्टिकोण एमालेसँग मिलेको आरोप बहिस्बार पक्षधरहरुले लगाएका छन् । राजेन्द्र महतोले त उपेन्द्र यादवलाई केपी ओलीसँग तुलना गर्न थालिसकेका छन् ।

ठीक विपरीत विजय गच्छदार राजपाप्रति नरम भाषण गर्दै हिँडेका छन् । गच्छदार राजपासँग नजिक हुनुको अर्थ राजपा चुनावमा नगएको खण्डमा पनि राजपाको भोट आफनो पक्षमा पर्ने आशा हो । गच्छदारले दुई दिनअघि मात्रै बिराटनगर विमानस्थलमा स्थानीय सञ्चारकर्मीसँग मिति सारेर भए पनि स्थानीय तहको निर्वाचनमा राजपालाई ल्याउन आवश्य रहेको बताएका थिए ।

५ नम्बर प्रदेशका जिल्लामा राजपाको आन्दोलनमा फोरम लोकतान्त्रिकका स्थानीय नेताले समर्थन गर्नुलाई पनि राजपासँगको सम्वन्धलाई उसले जोगाउँदै समर्थकको भोट आफ्नो पक्षमा पार्ने रणनीतिका रुपमा हेरिएको छ ।

बिराटनगर महानगरपालिकाको सन्दर्भमा कुरा गर्नुपर्दा यहाँको निर्वाचनमा मधेसवादी दलहरु महत्वपूर्ण शक्ति हुन् । विराटनगरको दक्षिण क्षेत्रमा उनीहरुको राम्रो प्रभाव छ । संघीय समाजवादी फोरम पनि बिराटनगरमा बलियो शक्तिका रुपमा देखिन्छ ।

बिराटनगरमा विजय गच्छदारको पार्टी फोरम लोकतान्त्रिकको पनि राम्रो प्रभाव छ । दुवैको राम्रो अवस्था रहेपनि अन्य दलसँग तालमेल नगरी महानगरपालिकामा जित्ने अवस्थामा उनीहरु छैनन् । सबै मधेसवादी दल मिलेर चुनाव लडे भने ठूला पार्टीलाई बिराटनगरमा कडा चुनौती दिनेछन् । तर, यो सम्भावना कमै देखिएको छ ।

एक्लै जित्ने स्थिति नभएपछि मधेसवादी दलहरु नै ठूला पार्टीसँग तालमेलको रणनीतिमा लागेका देखिन्छन् । विशेष गरी एमालेले उपमेयर उम्मेदवार नउठाएको सन्दर्भमा उपेन्द्र यादव र बिजय गच्छदार दुवैले एमालेसँग तालमेलको चाहना राखेको बुझ्न सकिन्छ । यद्यपि एमालेले तालमेल बारे केही भनेको छैन । उपमेयर टुंगो लगाउने जिम्मा एमालेले प्रदेश संयोजक भीम आचार्यलाई दिएको छ ।

विराटनगरमा कांग्रेस र एमाले मुख्य प्रतिस्पर्धी हुन् । पछिल्लो समय फोरमका पूर्वसभासद मोतिलाल दुगड एमाले प्रवेश गरेपछि यहाँको व्यापारिक समुदाय विशेष गरी मारवाडी समुदायमा एमालेका उम्मेदवार बिनोद ढकालको प्रभाव बढेको छ । एमालेकै सांसद राज्यलक्ष्मी गोल्छा ढकालको चुनावी अभियानमा लाग्दैछिन् । विनोद ढकाल उसै पनि व्यापारीसँग नजिक मानिन्छन् ।

बिराटनगरमा कांग्रेस र माओवादीबीच चुनावी तालमेलको चर्चा एकाएक चले पनि कांग्रेस जिल्ला सभापति डिगबहादुर लिम्बुले तालमेल नभएको बताए । यद्यपि केन्द्रबाट तालमेलका लागि दबाब दिइएको स्रोतको दाबी छ ।

बिराटनगरको गणित

बिराटनर उपमहानगरपालिकामा जातीय जनसंख्याका आधारमा विश्लेषण गर्दा बिराटनगरमा पहाडे क्षेत्री बाहुनहरु करिब ५० हजारको हाराहारीमा छन् । अहिलेसम्म बिराटनगरको मेयर पहाडे बाहुनले नै जित्दै आएको अवस्था छ ।

यी सबै तथ्यांकका आधारमा बिराटनगरको राजनीतिमा अझै पनि पहाडे बाहुन क्षेत्रीय समुदायकै क्लष्टर निकै बलियो मानिँदै आएको छ । पहाडे क्षेत्री बाहुनको संख्या बिराटनगरमा करिब ५० हजार छ भने बाहुन एक्लैको संख्या ३९ हजार भन्दा बढी छ । बिराटनगरमा पहाडे जनजातिहरु, लिम्बु, गुरुङ, तामाङ, राई लगायतको बसोबास निकै थोरै छ । उनीहरु सबैको संख्या जोड्दा लगभग ७ र ८ हजारको हाराहारीमा पुग्छ ।

पछिल्लो जनगणनाको तथ्यांकलाई आधार मान्दा बिराटनगरमा मुस्लिम समुदाय १७ हजार छन् । यो समुदायले आगामी चुनावमा निकै ठूलो भूमिका खेल्न सक्छ । त्यस्तै ९ हजार हाराहारीमा रहेका यादवहरुको संख्यामा मधेसी समुदायका तेली, धानुक, केवट, मल्लाह लगायतको संख्या थप्दा करिब ३१ हजारभन्दा बढी हुन आउँछन् । यो संख्या बिराटनगरका रहेका पहाडे बाहुनहरुको संख्याको लगभग करिब रहेको मान्न सकिन्छ ।-    अनलाइनखबरबाट,  धुव्र भट्टराई,


MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget