Websoft University

www.radiomakalu.com || 021-522512


October 2018


Image result for ग्यास बुलेटमा अझै अन्योल छ अर्बको लगानी फ्रिज


काठमाडौँ, कात्तिक १४ गते । एलपी ग्यास ढुवानी गर्ने नेपाली ग्यास बुलेट भारतबाट ल्याउने प्रक्रिया प्रभावकारी नहँुदा व्यवसायी अन्योलमा छन् । बुलेट कहिले आउने हो अझै टुङ्गो छैन । तीन वर्षदेखि भारतमा निर्माण भएका नेपाली ग्यास बुलेट उतै रोकिएका छन् । भारतले एक महिनाअघि ५३ वटा ग्यास बुलेटलाई ढुवानी अनुमति दिई सञ्चालन गर्न दिने सहमति गरे पनि अझै प्रक्रिया शुरू भएको छैन ।
हाल तयार भइसकेका ५३ वटा बुलेट सञ्चालन गर्न दिने सहमति असोज १२ गते उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधान सहितको काठमाडौँमा बसेको संयुक्त कार्यदलको बैठकमा भएको थियो तर सहमति भएको एक महिना पुग्दा पनि आपूर्ति मन्त्रालय कहिलेसम्म आउँछ भन्ने कुरामा अनुत्तरित छ ।
मन्त्रालयका प्रवक्ता नवराज ढकालले भन्नुभयो, ग्यास ढुवानी गर्ने सर्टिफिकेट लिने प्रक्रिया अघि बढ्छ, प्रक्रिया अघि बढेको छ, भारतको कानुन संशोधन हुनुपर्छ भन्ने कुरा पनि छ, भारतको टर्मिनलसम्म गएर ग्यास भर्न दिने सहमति भएको हो, हामी फलो गरिरहेका छौँ । उहाँका अनुसार नेपाल आयल निगम पनि सो काममा लागिरहेको छ ।
तत्कालीन सरकारले राजस्वमा भारी छुट दिएपछि नेपाली व्यवसायीले भारतबाट ७७५ वटा ग्यास बुलेट खरिद गरेका थिए । भारतको एक्स्प्लोसिभ डिपार्टमेन्टले विस्फोटक पदार्थ बोक्ने एक्स्प्लोसिभ इजाजत अनुमतिपत्र नदिएपछि तीन वर्षदेखि नेपाली बुलेट रोकिएका थिए । ७७५ वटा बुलेट खरिद गरिएकामा तत्कालका लागि जम्मा ५३ वटालाई मात्र अनुमति दिने सहमति भएको थियो ।
व्यवसायीले भने ग्यास बुलेट ल्याउन नसक्दा आफूहरूको लगानी फ्रिज भइरहेको गुनासो गरेका छन् । सरकारले बेलैमा पहल नगर्दा वर्षौंसम्म बुलेट आउन नसकेको एलपी ग्यास सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष गोकुल भण्डारी भन्नुहुन्छ, सहमति भइसकेपछि पनि आपूर्ति मन्त्रलायले प्रभावकारी पहल गरेको हामीले पाएका छैनौँ, हामी चाहन्छौ सहमति पश्चात छिटो काम होस् तर हुन सकेको छैन ।
अध्यक्ष भण्डारीका अनुसार भारतमा १० वर्ष पुराना ग्यास बुलेटले ग्यास ढुवानी गर्न नपाइने नयाँ कानुन आएको छ ।
भण्डारी भन्नुहुन्छ, हाम्रा ग्यास बुलेट दुई वर्षभन्दा बढी भइसके कहिले आउने हो कतिवर्ष काम गर्न पाउने हो ? सङ्घका अनुसार भारतको बरौनीदेखि काठमाडौँसम्मको ग्यास ढुवानी गर्दा प्रतिसिलिन्डर ८७ रुपियाँ दिइन्छ । एउटा ग्याँस बुलेटबाट १२ सय ५० वटा सिलिन्डिर भरिन्छ ।
बुलेट रोकिँदा छ अर्ब रुपियाँको लगानी फ्रिज भइरहेको भण्डारीले बताउनुभयो । भारतीय एक्स्प्लोसिभ विभागले एक्स्प्लोसिभ प्रमाणपत्र उपलब्ध नगराउँदा बुलेट रोकिएका छन् । नेपालमा ग्यास ढुवानीका लागि २०७२ असोजदेखि नेपाली नम्बर प्लेटको ग्यास बुलेट किन्ने प्रक्रिया शुरू भएको थियो ।
नेपाली ग्यास बुलेट ल्याउन केपी ओली नेतृत्वको तत्कालीन सरकारले राजस्वमा दुई तिहाई छुट दिएपछि व्यवसायीले बुलेटमा लगानी गरेका थिए । नेपालमा मासिक ४० हजार मेट्रिक टन एलपी ग्यास खपत हुन्छ ।
- लक्ष्मण दर्नाल , गोरखापत्र दैनिकबाट 


Image result for माथिल्लो तामाकोशीको शेयर बाँडफाँड

जिरी, कात्तिक १४ गते । आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दाका लागि साधारण शेयर (आइपीओ) बिक्री गरेको चार महीनापछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आज शेयर बाँडफाँड गर्ने भएको छ । गत साउन १६ गतेदेखि बिक्री खुला गरेको कम्पनीले चार महीनापछि शेयर बाँडफाँड गर्न लागेको हो ।

आयोजना प्रभावित क्षेत्रका आधारमा क, ख र ग गरी तीन वर्ग छुट्याएर सोही आधारमा शेयर आवेदनका लागि निष्काशन गरिएकामा दुई लाख ७६ हजार आवेदकले आवेदन दिएका थिए । आयोजना प्रभावित क्षेत्रका आधारमा बाँडफाँड हुने शेयरमा क वर्गको क्षेत्रका आवेदनकर्ताले कम्तिमा १०२ कित्ता, ख वर्गकाले ४८ कित्ता र ग वर्गकाले न्यूनतम ३४ कित्ता पाउने सम्भावना रहेको आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिनुभयो । आवेदकको बाँकी रकम अबको पाँच दिनभित्र आवेदन भरेको खातामार्फत नै फिर्ता हुने उहाँले बताउनुभयो ।

आयोजनाले गत साउन १४ गतेदेखि भदौ १६ गतेसम्म दोलखावासीका लागि शेयर निश्काशन गरेको थियो । पहिलो चरणको समयावधिमा पनि शेयर आवेदनकर्ताको भीड नघटेपछि थप पाँच दिन शेयर आवेदन भर्ने व्यवस्था मिलाइएको थियो । शेयर आवेदन दिएकामध्ये १० जनाले दुई स्थानबाट आवेदन दिएको पाइएको र उनीहरूको आवेदन रद्द हुने प्रवक्ता न्यौपानेले बताउनुभयो । कम्पनीले आयोजना प्रभावित दोलखावासीका लागि एक करोड पाँच लाख ९० हजार कित्ता शेयर निष्काशन गरेको थियो । सर्वसाधारणलाई बिक्री गरिने दुई करोड ६४ लाख ७५ हजार कित्तामध्ये एक करोड पाँच लाख ९० हजार कित्ता स्थानीयलाई बिक्री गरिएको थियो । (रासस)


Image result for अकुत सम्पत्ति मुद्दामा डा. श्रेष्ठ भ्रष्टाचारी ठहर


काठमाडौँ, कात्तिक १४ गते । विशेष अदालतले भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालीन अध्यक्ष डा. भक्तमान श्रेष्ठलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्यद्वय रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले श्रेष्ठलाई अकुत सम्पत्ति मुद्दामा दोषी ठहर गरेको हो । इजलासले श्रेष्ठलाई एक वर्ष कैद र एक करोड १८ लाख ६६ हजार ५७६ रुपियाँ जरिवाना हुने ठहर गरेको छ । आदेश अनुसार श्रेष्ठको जरिवाना बमोजिमको बिगो समेत जफत हुनेछ ।
विशेष अदालतका रजिस्ट्रार भीमकुमार श्रेष्ठले भक्तमानको मुद्दा आंशिक ठहर भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अख्तियारले गरेको मागदाबीमध्ये एक करोड १८ लाख ६६ हजार ५७६ रुपियाँ स्रोत नखुलेको इजलासले ठहर गरेको छ । उहाँलाई एक वर्ष कैद सजायको फैसला भएको छ ।’
डा. श्रेष्ठले विशेषको फैसलामा चित्त नबुझेमा सर्वोच्च अदालतमा पुनरावेदन गर्न पाउनु हुनेछ । फैसला बुझेको मितिले ३५ दिनभित्र सर्वोच्चमा पुनरावेदन गरिसक्नु पर्नेछ । अदालतले अकुत सम्पत्ति लुकाउन सहयोग गरेको आरोप लगाइ प्रतिवादी बनाइनु भएकी डा. श्रेष्ठकी श्रीमती शिलु श्रेष्ठलाई भने सफाइ दिएको छ ।
पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७२ फागुन २ गते श्रेष्ठविरुद्ध विशेषमा मुद्दा दायर गरेको थियो ।
गैरकानुनी रुपबाट सम्पत्ति आर्जन गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) बमोजिमको कसुर गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो । अख्तियारले एक करोड ६७ लाख ५७ हजार ११३ रुपियाँ गैरकानुनी रुपमा श्रेष्ठले आर्जन गरेको आरोप लगाएको थियो । अख्तियारले बिगोदावी बमोजिमको जरिवाना पनि माग गरेको थियो तर अदालतले दाबी मध्ये एक करोड १८ लाख ६६ हजार रुपियाँको मात्र स्रोत खुल्न नसकेको भन्दै दाबीको आंशिक ठहर गरेको थियो । क्यान्सर अस्पतालका विशेषज्ञ डा. श्रेष्ठ २०५४ सालमा सेवा प्रवेश गरी सोही अस्पतालमा १८ वर्ष बिताउनु भएको थियो । २०६४ सालमा उहाँ अस्पतालको प्रमुखमा नियुक्त हुनु भएको थियो ।
आइओएम कर्मचारीलाई २९ लाख जरिवाना
यस्तै विशेष अदालतले चिकित्सा शास्त्र अध्ययन संस्थानकी मुख्य कार्यालय सहायक उर्मिलाकुमारी लामालाई पनि राजस्व हिनामिनामा दोषी ठहर गरेको छ । न्यायाधीशहरू द्वारिकामान जोशी, चण्डिराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलासले लामा दोषी ठहर गरेको हो ।
विदेशी विद्यार्थीले जम्मा गरेको रकम व्यक्तिगत खातामा जम्मा गरी राजस्व हिनामिना गरेको आरोपमा लामाविरुद्ध अख्तियारले २०७२ भदौ २१ गते मुद्दा दायर गरेको थियो ।
अख्तियारले १४ लाख ७० हजार ७७१ रुपियाँ राजस्व व्यक्तिगत खातामा लामाले जम्मा गरेको आरोप लगाएको थियो ।
अदालतले लामासँग बिगो बमोजिमको जरिवानासहित २९ लाख ४१ हजार ५८३ रुपियाँ भराउन आदेश दिएको छ । इजलासले लामालाई दुई वर्ष ६ महिना कैदको सजाय समेत सुनाएको छ ।
- नारायण काफ्ले , गोरखापत्र दैनिकबाट 



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको अस्पतालले जनाएको छ।

अस्पतालले १० बजे विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्यमा सुधार आएको जानकारी दिएको हो।

'आज बिहान गरिएको रगत परिक्षण र एक्स रे रिपोर्टहरु सकारात्मक रहेको र स्वास्थ्य सुधारोन्मुख रहेको छ' अस्पतालका निर्देशक डा उत्तम कृष्ण श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उनको उपचारमा संलग्न डा. अरुण सायमीले प्रधानमन्त्री ओलीले बिहान सजिलैसँग ब्रेकफास्ट खाएको र दाह्री काटेको समेत जानकारी दिए।

उनको उपचारमा डा सायमीको संयोजकत्वमा डा‍. दिव्या सिंह र डा. सन्तकुमार दास संलग्न छन्। प्रधानमन्त्री ओलीलाई बिहान ४:३० बजे त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो।

दसैंमा टीका लगाउने क्रममा धेरै जनासँग सम्पर्कमा आएका कारण प्रधानमन्त्री ओलीलाई रुघाखोकी सरेको 
चिकित्सकहरुले अनुमान गरेका छन्।


- स्वास्थ्य खबर पत्रिकाबाट 



काठमाडौँ, कात्तिक १३ गते । धितोपत्र बजार निरन्तर ओरालो लागेपछि सामूहिक लगानीका लागि स्थापना भएका म्युचअल फण्ड (सामूहिक कोष)को अवस्था पनि खराब देखिएको छ । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका १३ वटा त्यस्ता फण्डमध्ये तीन वटाको मात्रै अवस्था राम्रो रहेको छ भने बाँकी रहेका १० को भने अवस्था आधारभूत मूल्यभन्दा तल रहेको पाइएको छ ।

शेयर बजारमा धेरैभन्दा धेरैको प्रवेश होओस् र सामूहिक लगानीका लागि सहज होस् भनेर स्थापित म्युचुअल फण्ड कार्यान्वयनमा ल्याइएको हो । स्टकका अनुसार सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमको प्रतिइकाइ मूल्य रु ११ रहेको छ । यस्तै एनएमबी सुलभ इन्भेसटमेन्ट फण्ड एकको प्रतिएकाइ मूल्य ११ रुपैयाँ २५ पैसा रहेको छ ।

त्यस्तै लक्ष्मी भ्यालु फण्डको प्रतिएकाइ मूल्य १० रुपैया २५ पैसा रहेको छ । त्यसबाहेक अरु सबै सामूहिक लगानी कोषको अवस्था आधारभूत मूल्यभन्दा तल रहेको छ । त्यस्ता कोषको प्रतिएकाइ मूल्य रु १० रहने गरेको छ तर शेयर बजार निरन्तर ओरालो लाग्दा त्यस्तो कोषमा समेत प्रभाव परेको छ ।

सिटिजन म्युचअल फण्ड एकको प्रतिएकाइ मूल्य नौ रुपैयाँ ५२ पैसा रहेको छ । बजार घटेपछि सो फण्डको अवस्था समेत खराब रहेको छ । सो कोषको बजार पूँजीकरण रु ७८ करोड ६४ लाख रहेको छ ।

स्टकका अनुसार ग्लोबल आइएमइ समुन्नत स्कीम एक पनि आधारभूत मूल्यभन्दा तल रहेको छ । रु ९० करोड ६० लाख बजार पूँजीकरण रहेको सो म्युचअल फण्डको बजार मूल्य प्रतिएकाइ नौ रुपैयाँ छ पैसा रहेको छ ।

बजार घट्दै जाँदा लक्ष्मी इक्विटी फण्डको अवस्था पनि अरुको भन्दा फरक छैन । सो योजनाको बजार मूल्य प्रतिएकाइ आठ रुपैयाँ ५६ पैसा रहेको छ । रु एक अर्ब ७० करोड बराबरको बजार पूँजीकरण रहेको सो कोष केही समय पहिले आर्कषक मानिन्थ्यो ।

यस्तै लक्ष्मी बैंककै अर्को योजनाको रुपमा रहेको लक्ष्मी भ्याल्यू फण्ड भने नाफामा रहेको छ । प्रतिएकाइ १० रुपैयाँ १५ पैसा रहेको सो कोषको बजार पूँजीकरण रु पाँच अर्ब ७५ करोड रहेको छ ।

बजार पूँजीकरणमा दोस्रो स्थानमा रहेको नबिल बैंकको नबिल इक्विटी फण्डको अवस्था भने खराब रहेको छ । प्रतिएकाइ मूल्य आठ रुपैयाँ ६४ पैसा रहेको सो कोषको बजार पूँजीकरण रु एक अर्ब ८० करोड रहेको छ ।

सोही बैंकको अर्को योजनाको रुपमा रहेको नबिल प्रगति फण्डसमेत आधारभूत मूल्यभन्दा तल रहेको छ । सो कोषको प्रतिएकाइ मूल्य आठ रुपैयाँ ६८ पैसा रहेको छ । सो योजनाको बजार पूँजीकरण रु ६५ करोड १० लाख रहेको छ । त्यस्तै नबिल बैंकको नबिल समृद्धि फण्ड एक पनि आधारभूत मूल्यभन्दा कम रहेको छ । बजार पूँजीकरण रु ७२ करोड रहेको सो एकाइको बजार मूल्य नौ रुपैयाँ ६० पैसा रहेको छ ।

एनआइसी एशिया बैंकको प्रवद्र्धनमा रहेको एनआइसी एशिया ग्रोथ फण्डको प्रतिएकाइ मूल्य नौ रुपैयाँ २६ पैसा रहेको छ । सो योजनाको बजार पूँजीकरण रु ७७ करोड ३३ लाख ९५ हजार २०० रहेको छ ।

एनएमबी बैंकको प्रवद्र्धनमा रहेको एनएमबी हाइब्रिड फण्ड पनि शेयर बजार घटेसँगै आरोलो लागेको छ । प्रतिएकाइ मूल्य नौ रुपैयाँ ४२ रहेको सो योजनाको बजार पूँजीकरण रु नौ अर्ब ४२ करोड रहेको छ । लगानीकर्ताको मुख्य आर्कषणको रुपमा रहेको सो योजनामा समेत पछिल्लो समय आधारभूत मूल्यभन्दा तल आइपुगेको छ । सोही बैंकको प्रवद्र्धनमा रहेको एनएमी सुलभ इन्भेस्टमेन्ट फण्ड एकको अवस्था भने सकारात्मक रहेको छ ।

प्रतिएकाइ रु तीन रुपैयाँ २५ पैसा नाफामा रहेको सो योजनाको बजार पूँजीकरण रु ९९ करोड ३७ लाख ५० हजार रहेको छ । सानिमा बैंकको प्रवद्र्धनमा रहेको सानिमा इक्विटी फण्ड पनि आधारभूत मूल्यभन्दा तल रहेको छ । प्रतिएकाइ मूल्य नौ रुपैयाँ २३ पैसा रहेको सो योजनाको बजार पूँजीकरण रु एक अर्ब १९ करोड ९९ लाख रहेको छ ।

सिद्धार्थ बैंकले प्रवद्र्धन गरेको दुई वटा योजनामध्ये एकको प्रतिएकाइ रु एक नाफामा छ भने अर्कोको घाटामा रहेको छ । सिद्धार्थ इक्विटी ओरियन्टेड स्किममा रु एक नाफा देखिन्छ । सो योजनाको बजार पूँजीकरण रु एक अर्ब १० करोड रहेको छ । यस्तै सिदार्थ इक्विटी फण्डको अवस्था कमजोर रहेको छ । प्रतिएकाइ नौ रुपैयाँ २३ पैसामा कारोवार भएको सो योजनाको बजार पूँजीकरण भने रु एक अर्ब ३८ करोड ४५ लाख रहेको छ ।



काठमाडौँ, कात्तिक १३ गते । शिशु जन्मेको छ महीना पुग्यो ? अथवा पाँच वर्षमुनिको छ ? छ भने भोलि पायक पर्ने ‘बुथ’मा लिएर जाने तयारी गर्नुहोला ।

मतदान गर्न होइन नि बुथमा ! आफ्ना शिशुलाई स्वस्थ बनाउन एकैपटक चार सेवा भिटामिन ए, जुकाको औषधि (अल्वेन्डाजोल), पाखुराको नाप र बालभिटा प्राप्त गर्न । यसका लागि देशभर ३६ हजार बुथमा ६० हजार स्वयम्सेविका÷स्वास्थ्यकर्मी जनशक्ति तयारी अवस्थामा रहेका छन् ।

कात्तिक १४ र १५ गरी दुईदिन भिटामिन ए खुवाउने कार्यक्रम सञ्चालन हुँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, संयुक्त राष्ट्र सङ्घीय बालकोष (युनिसेफ)लगायत बालबालिकाका क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय दातृ निकायको उच्च प्राथमिकता प्राप्त कार्यक्रमभित्र सो कार्यक्रम पनि रहेको छ । मन्त्रालयले एक वर्षमा वैशाख ६ र ७ तथा कात्तिक २ र ३ गते सो कार्यक्रम अभियानका रुपमा सञ्चालन गर्ने गर्दछ । यस वर्ष महान् पर्व बडादशैँ परेकाले मन्त्रालयले कात्तिक १४ र १५ गते सो अभियान सञ्चालन गर्न लागिएको हो । पहिलोचोटि यस पटक ती कार्यक्रमको नेतृत्व पालिका (गाउँपालिका÷नगरपालिका)ले गर्दैछन् । “देशभरका ७५३ पालिकामार्फत् ती चारवटै सेवा प्रदान गर्न सबै तयारी पूरा भयो”, बालस्वास्थ्य शाखाअन्तर्गतका पोषण शाखा प्रमुख केदार पराजुली भन्नुहुन्छ ।

उहाँका अनुसार भिटामिन ए क्याप्सुल छ महीनादेखि पाँच वर्षमुनिका करीब २७ लाख तथा एक वर्षदेखि पाँच वर्षमुनिका २३ लाख ५६ हजार ८५३ बालबालिकालाई अल्वेन्डाजोल एक ट्याबलेट खुवाइनेछ । अल्वेन्डाजोल चकलेट स्वादमा रहेको छ ।

“भिटामिन ए ले बालबालिकालाई रतन्धो हुनबाट जोगाउँछ, रोगसित लड्ने क्षमतामा वृद्धि हुँदा उनीहरुलाई झाडापखाला, श्वास प्रश्वासलगायतका सङ्क्रमणबाट जोगाउँछ”, बाल स्वास्थ्य महाशाखाका प्रमुख डा झलक गौतम बताउनुहुन्छ । भिटामिन ए खुवाउने कार्यक्रम शुरु भएको लामो समय बितिसके पनि अझै चार प्रतिशत बालबालिकामा भिटामिन ए अभावको समस्या रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । यसैगरी बालबालिकाका लागि अति आवश्यक सुक्ष्म पोषक तत्वका रुपमा बालभिटा खुवाइदैछ । सन् २००८ देखि छ महीनादेखि दुई वर्षमुनिका बालबालिकालाई बालभिटा खुवाउन शुरुआत गरिएको थियो ।

बालभिटाभित्र विभिन्न १५ किसिमका पोषकतत्व मिश्रण गरिएको हुन्छ जुन बिहान खानामा मिसाएर खुवाउन पर्छ । करीब छ लाख ६० हजार बालबालिकालाई सो बालभिटा वितरण गरिनेछ । विज्ञका अनुसार २३ महीनाभित्र १८० प्याकेट बालभिटा खुवाउनु पर्छ । यस पटक बालभिटाको कार्यक्रम ४१ जिल्लामा सञ्चालनमा रहेको मन्त्रालयले जनाएको छ ।

पाखुराको नाप किन ?
मन्त्रालयले छ महीनादेखि पाँच वर्षमुनिका बालबालिकाको पाखुराको नाप लिन अनिवार्य गरेको छ । “पाखुराको नापले बालालिकाको पोषणको स्थितिलाई देखाउँछ । नापले रातो, पहेँलो र हरियो अवस्था देखिन्छ । रातोले कडा कुपोषित, पहेँलोेले मध्यम र हरियोले कुपोषित अवस्था देखाउँछ”, पोषणशाखा प्रमुख पराजुली भन्नुहुन्छ । कुपोषित देखिएका बालबालिकाका अभिभावकलाई पोषण खानाको महत्व, स्थानीय तहमा अन्न तथा फलफूलमा पाइने पोषणका बारेमा जानकारी एवं लिटोका लागि पीठोसमेत वितरण गरिने कार्यक्रम रहेको छ ।

बाल स्वास्थ्य महाशाखा प्रमुख डा गौतमका अनुसार यस पटक ती कार्यक्रमका लागि ३६ हजार बुथ रहने छन् । ती बुथमा ६० हजार स्वास्थ्यका जनशक्ति परिचालन हुने छन् । पहिलो दिनमा स्वयम्सेविका÷स्वास्थ्यकर्मीले बुथमा आएका बालबालिकालाई ती सेवा प्रदान गर्नेछन् । पहिलो दिनमा छुटेका बालबालिकालाई स्वयम्सेविकाले दोस्रो दिन घर घरमा गई ती सेवा प्रदान गर्ने छन् । महिला स्वयम्सेवी तथा । - रासस





काठमाडौँ, कात्तिक १३ गते । भूकम्पले क्षतिग्रस्त ऐतिहासिक सम्पदा धरहराको नवनिर्माण सुरु भएको छ । तीन वर्षअघि पहिलोपटक प्रधानमन्त्री हुँदा ‘म बनाउँछु मेरो धरहरा’ भन्ने नाराका साथ धरहरा बनाउने अठोट गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण कार्यको औपचारिक सुरुवात भने केही दिनपछि हुनेछ । तीन वर्षअघि २०७२ बैशाख १२ गते आएको भूकम्पमा धरहरा पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहराको नवनिर्माण सुरु भइसकेको जानकारी दिनुभयो । धरहरा निर्माणको क्रममा अहिले स्थलगत सरसफाइ तथा ‘साइट क्लियरेन्स’ को काम भइरहेको जानकारी उहाँले दिनुभयो । धरहराको नवनिर्माण रमण र जेडआईईसीले संयुक्त रूपमा गरिरहेको छ ।



प्राधिकरणका सम्पदा संरक्षण महाशाखाका प्रमुख राजुमान मानन्धरले बहुप्रतीक्षित धरहरा नवनिर्माण प्रक्रियालाई तीव्रता प्रदान गर्दै त्यसको औपचारिक शिलान्यासको तयारी भइरहेको जानकारी दिनुभयो ।
तिहारअघि नै शिलान्यास गर्ने तयारी भइरहेको बताउँदै उहाँले त्यसका लागि प्रधानमन्त्री ओलीको समयका लागि प्राधिकरणले प्रक्रिया सुरु गरिसकेको जानकारी दिनुभयो ।
प्राधिकरणका अनुसार कुल ४२ रोपनी क्षेत्रफलमा फैलिने धरहरा अबको दुई वर्षभित्र निर्माण भइसक्ने छ । नयाँ डिजाइनअनुसार धरहराको लागत तीन अर्ब ४८ करोड रुपियाँ हुनेछ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव समेत रहनुभएका मानन्धरले भन्नुभयो, “धरहरा रहेको काठमाडौँ वडा नं. २२ का स्थानीयबासीको अवरोधका कारण केही समय धरहरा नवनिर्माण ढिलाइ भएकोमा अहिले स्थानीयबासीसँग सहमति भइ निर्माण कार्य अगाडि बढिसकेको छ ।”
सुन्धारालाई पुनः सञ्चालनमा ल्याउनुपर्ने, वडाबासीलाई सहज र सुलभ रुपमा नवनिर्मित धरहरा परिसरमा प्रवेश हुनुपर्ने, सांस्कृतिक धरोहरको रुपमा ‘टक्सार’ भित्र रहेका सांस्कृतिक र पुरातात्विक महत्वका सामग्रीहरुलाई सङ्ग्रहालयको रुपमा व्यवस्थित गर्नुपर्ने, अहिले बन्द गरिएको टक्सारको बाटो खुलाउनुपर्ने लगायतको विषयमा वडाबासीसँग सहमति भइसकेपछि निर्माण कार्य अगाडि बढेको उहाँले बताउनुभयो ।
सुन्धारा परिसरमा रहेका टक्सार पनि हस्ताणतरण गरिने बताउँदै उहाँले इतिहासलाई जीवन्त राख्ने उद्देश्यसहित अहिले टक्सार कार्यालयमा रहेका पुराना मेसिन, मुद्रा लगायतका ऐतिहासिक वस्तुहरुको सङग्रहालय समेत निर्माण गरिने प्राधिकरणले जनाएको छ । टक्सारलाई बबरमहलमा स्थान्तरण गरिने प्राधिकरणले जनाएको छ ।
सहमतिबारे वडाबासीलाई लिखित जानकारी गराइसकिएको छ । टक्सारभित्र मानन्धर समुदायको कुलदेवता रहेको स्थानीयको विश्वास छ । धरहराको निर्माण भइसकेपछि यसको सञ्चालन तथा व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकालाई हस्तान्तरण गरिनेछ ।
निर्माणाधिन धरहरा परिसरभित्र जमिनमूनि टेलिफोन, विद्युत, खानेपानीको पाइप तथा तारहरू रहेकाले निर्माण कार्यलाई अति सावधानीका साथ अगाडि बढाउनुपर्ने अवस्था रहेको बताउँदै उहाँले ती तार र पाइपलाई सार्ने बन्दोबस्त भइरहेको जानकारी दिनुभयो । पाइप र तारकै कारण अहिले विस्तारै काम भइरहेको उहाँले बताउनुभयो । धरहरा परिसरभित्र जमिनमूनि टेलिफोनका २२ हजार तार विछ्याइएको छ ।

सुन्धारालाई पुनः सञ्चालनमा आउने
सहसचिव मानन्धरका अनुसार धरहरा निर्माणको क्रममा केही वर्षदेखि बन्द रहेको सुन्धारालाई सञ्चालनमा ल्याइने छ । सुन्धारामा पानीको बहावलाई सञ्चालनमा ल्याउनुका साथै अहिले बन्द रहेको सुन्धाराको पानीको निकासलाई समेत सुचारु गरिनेछ । सुन्धाराको पानीलाई ताहागली–भोटेबहाल हुँदै टुँडिखेलमा खसाल्ने योजना रहेको छ । अहिलेको सुन्धारामा केही पनि परिवर्तन नगरिने तथा पुरातात्विक महत्वलाई ध्यान दिंदै त्यसको मर्मत सम्भार मात्र गरिने उहाँले बताउनुभयो ।
धरहाराको ठूटो संरक्षण
इतिहासलाई जोगाउने उद्देश्यसहित धरहराको नवनिर्माणसँगै भूकम्पबाट क्षतिग्रस्त अहिलेको धरहराको ठूटोलाई संरक्षण गरिने जानकारी सहसचिव मानन्धरले दिनुभयो । धरहराको अहिलेको टुक्रालाई शिशाले छोपेर जस्ताको त्यस्तै राखिने उहाँले बताउनुभयो । नयाँ धरहारा हेर्नले पुरानो धरहराको समेत अवलोकन गर्ने छन् ।

हुलाक कार्यालय पनि सारिने
धरहरा निर्माणका लागि गोश्वरा हुलाकको भवन भत्काइने छ । हुलाक भवन भत्काउनका लागि आवश्यक प्रक्रिया पूरा भइसकेको बताउँदै प्राधिकरणका सहसचिव मानन्धरले हुलाक कार्यालयलाई तत्कालका लागि बबरमहलस्थित अस्थायी घरमा सारिने जानकारी दिनुभयो ।
अबको दुई महिनाभित्र बबरमहलमा हुलाक कार्यालयका लागि अस्थायी भवन निर्माण हुनेछ । त्यसपछि डिल्लीबजारमा निर्माणाधिन आफ्नै भवनमा स्थान्तरण गरिनेछ । सरकारले हुलाक कार्यालय निर्माणका लागि डिल्लीबजार चारखालमा १५ रोपनी जग्गा उपलब्ध गराइसकेको छ ।

धरहरा निर्माण कोषमा नौ करोड
प्राधिकरणका अनुसार अहिले धरहरा निर्माण कोषमा नौ करोड रुपियाँ जम्मा भएको छ । प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालमा ‘म बनाउँछु मेरो धरहरा’ अभियानको घोषणासँगै खडा गरिएको कोषमा आफ्नो एक महिनाको तलब राखेर खाता खोल्नुभएको थियो ।
नयाँ धरहरा निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तथा ‘डिजाइन’ को काम सम्पन्न भइसकेको जानकारी दिंदै महाशाखा प्रमुख मानन्धरले नवनिर्मित धरहरा जमीनमूनि दुई र जमिनमाथि २२ तल्ला गरी जम्मा २४ तल्लाको हुने बताउनुभयो । धरहराको डिजाइन केज कन्सुलेट प्रालि र एमआरबी एण्ड एशोसिएट्सले तयार पारेको हो ।
धरहरामा चढ्ने र ओर्लिने गरी दुईतर्फी लिफ्ट हुने प्राधिकरणले जनाएको छ । नयाँ बन्ने धरहरा अपाङ्गमैत्री समेत हुनेछ । धरहराको १८औंं तलामा १७ जना क्षमताको मिनी थिएटर बनाइने छ जहाँ धरहराको विगतदेखि वर्तमानसम्मको भिडियो डिस्पले गरिने छ । कुल २४५ फिट अग्लो धरहराको टुप्पोमा शिशाले घेरेको ‘भ्यू डेक’ निर्माण गरिने छ जहाँबाट काठमाडौँ उपत्यकाको दृश्यावलोकन गर्न सकिने छ ।
नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरी देवीको सम्झनामा निर्माण गरिएको धरहरा १९९० सालको भूकम्पमा केही भाग ध्वस्त भएता पनि २०७२ साल बैशाख १२ गतेको भूकम्पमा पूर्ण रूपमा ध्वस्त भएको थियो ।
नब्बे सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । भुइँचालोले दुई तला भत्किएपछि नौ तलामा सीमित भएको थियो । भिमसेन थापाले निर्माण गरेको धरहरा ६१.८८ मिटर अर्थात् २०३ फिट अग्लो थियो भने धरहरामा २१३ वटा सिढीं थिए । - भउचप्रसाद यादव , गोरखापत्र दैनिकबाट 



काठमाडौं , कार्तिक ११ गते  । काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । दशैँअघिसम्म अधिकांश भागमा गर्मी महसुश भए पनि दशैँलगत्तै तापक्रम घटेको छ ।

आइतबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलब शून्य डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तापक्रम घटेकाले उपत्यकामा चिसो महसुस गरिएको छ । यद्यपि दिउँसोको समयमा भने तापक्रम केही बढी छ । महाशाखाले काठमाडौँको अधिकांश तापक्रम आइतबार २५ डिग्रीसम्म पुग्ने प्रक्षेपण गरेको छ ।

केही दिनयता उपत्यकासहित देशभरको तापक्रम स्थिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलब सात र अधिकतम तापक्रम १९ दशमलब ६ डिग्री सेल्सियस छ । वीरेन्द्रनगरको न्यूनतम तापक्रम नौ दशमलब सात र अधिकतम तापक्रम २९ दशमलब शून्य डिग्री मापन गरिएको छ ।

त्यस्तै सिमराको न्यूनतम तापक्रम १४ दशमलब शून्य र अधिकतम तापक्रम ३३ दशमलब पाँच डिग्री सेल्सियस छ । दाङको न्यूनतम तापक्रम भने ११ दशमलब पाँच डिग्री र अधिकतम तापक्रम २९ दशमलब चार डिग्री सेल्सियस मापन गएिको छ । धनकुटाको अधिकतम तापक्रम २६ दशमलव एक र न्युनतम तापक्रम १२ दशमलव आठ डिग्री सेल्सियस रहेको छ । पोखराको अधिकतम तापक्रम २६ दशमलव पाँच र न्युनतम तापक्रम १२ दशमलब दुई डिग्री सेल्सियस छ । केही दिन यताको अवस्थालाई हेर्दा न्यूनतम तापक्रम अझै घट्न सक्ने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आइतबार काठमाडौंको न्यूनतम तापक्रम आठ दशमलब शून्य र अधिकतम तापक्रम २५ दशमलब पाँच डिग्री छ । आइतबार सबैभन्दा कम जुम्लामा न्यूनतम तापक्रम शून्य दशमलब सात डिग्री र सबैभन्दा बढी विराटनगरमा १८ दशमलब शून्य डिग्री र अधिकतम तापक्रम ३२ दशमलब पाँच डिग्री सेल्सियस छ । - अनलाइन खबरबाट 



काठमाडौं , कार्तिक ११ गते । विश्व फुटबलमा सबैभन्दा धेरै हेरिने क्लब फुटबल एल क्लासिको अर्थात रियल मड्रिड भर्सेस बार्सिलोनाको खेल स्पेनिस ला लिगामा नेपाली समयअनुसार आइतबार राति ९ बजे हुँदै छ ।

प्रतिक्षाको बिषय बन्ने एल क्लासिकोमा यसपटक दुई स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सी भने छैनन् । यसअर्थमा २००७ पछिको मेस्सी र रोनाल्डोबिनाको एल क्लासिको भिन्न हुँदै छ ।

२००७ मा मेस्सी घाइते हुँदा एल क्लासिकोमा खेल्न सकेका थिएनन् । रोनाल्डो म्यानचेस्टर युनाइटेडबाट २००९ मा रियल मडि्रड आएपछि एल क्लासिको मेस्सी या रोनाल्डोविहीन भएको थिएन ।

यसपटक मडि्रडबाट क्रिष्टियानो रोनाल्डो युभेन्टस गएपछि एल क्लासिकोमा मेस्सी हाबी रहने अनुमान भइरहेका बेला सिजनकै पहिलो एल क्लासिकोमा मेस्सी पनि नहुने भएका हुन् । मेस्सी हातमा लागेको चोटका कारण आराममा छन् ।

मेस्सीले एल क्लासिकोमा खेलेका ३८ खेलमा २६ गोल गरेका छन् भने १४ गोलमा असिस्ट गरेका थिए । रोनाल्डोले एल क्लासिकोका ३० खेलमा १८ गोल गरेका थिए भने एक असिस्ट गरेका थिए ।

मेस्सी र रोनाल्डोसहितको एल क्लासिकोका ३० खेलमा १ सय १ गोल भएका छन् । जसमा ४९.५ प्रतिशत गोल उनीहरुमा नै केन्दि्रत रहेको थियो ।

२००४ पछि मेस्सीबिनाको एल क्लासिको बार्सिलोनाले जितेको छैन । यसले यसपटक बार्सिलोनाका लागि इतिहास बनाउने मौका पनि छ ।

ला लिगामा ९ खेलमा पाँचमा जित, तीन बराबरी र एक खेल हारेको बार्सिलोना १० खेल खेलेको एथ्लेटिको मडि्रडपछि दोस्रो स्थानमा रहेको छ । रियल मड्रिड ९ खेलमा चारमा जित, दुई बराबरी र तीन हारसहित आठौं स्थानमा रहेको छ ।

केही तथ्य

गएका २१ एल क्लासिकोमा बार्सिलोना गोलविहीन भएको छैन । आइतबारको खेलमा पनि बार्सिलोनाले गोल गरेमा १९५९ देखि १९६९ को बीचमा रियल मडि्रडले लगातार २२ एल क्लासिकोमा गरेको गोलको कीर्तिमानसँग बराबरी हुनेछ ।

यो २००७ डिसेम्बर २३ पछि रोनाल्डो र मेस्सीबिनाको एल क्लासिको हुँदै छ ।

अलिहेसम्म रियल मडि्रडले ९५ एल क्लासिको जितेको छ भने बार्सिलोनाले ९३ एल क्लासिको जितेको छ । ५० खेल बराबरी भएका छन् ।
लुइस स्वारेज २०१४ मा बार्सिलोना आएपछि एल क्लासिकोमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी उनै हुन् । स्वारेजले एल क्लासिकोमा ६ गोल गरेका छन् ।

सम्भावित सुरुवाती ११

रियल मड्रिड – कोर्टुवा, नाचो, भाराने, रामोस, मार्सेलो, मोडरिक, क्यासेमिरो, क्रुस, बेल, बेन्जेमा र एसेन्सियो ।

बार्सिलोना – टेर स्टेगेन, रोबर्टो, पिके, लेङलेट, अल्बा, र्‍याकिटिक, बुस्केट्स, आर्थर, राफिन्हा, स्वारेज र कोटिन्हो ।

के भन्छन् प्रशिक्षक ?

जुलेन लोपेटेगी (रियल मड्रिड) – हामी परिवर्तन नै हुन नसक्ने अवस्थामा छैनौं । अहिले आइरहेका नतिजा फेर्न सक्ने क्षमता खेलाडीमा छ । हामी भर्खर अक्टोवरमा छौं । अगाडि अझ धेरै नै बाँकी छ ।

एर्नेस्टो भालभर्दे (बार्सिलोना) – रियल मड्रिड अहिले घाइते बाघजस्तो छ । जुन झनै खतरनाक हुन्छ । उनीहरुसँग राम्रो गर्ने क्षमता पनि छ । मलाई आश छ उनीहरुले राम्रो खेल्ने छन् । - अनलाइन खबरबाट 

Police reporting victims of crime and rape to immigration services

काठमाडौं , कार्तिक ११ गते  । आफ्नै पत्नी हत्या गरी फरार रहेका युवकलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ ।

पत्नी लक्ष्मी परियारको हत्या गरी फरार रहेका खोटाङ बराहपोखरी गाउँपालिका ६ मौवाबोटेका २२ वर्षका अनिल परियारलाई महानगरीय अपराध महाशाखाको टोलीले पोखरा महानगरपालिका ७ माछापुच्छ्रे टोलबाट पक्राउ गरेको हो ।

गत भदौ १२ गते काठमाडौंको बसुन्धराको स्पीड गेस्ट हाउसको कोठा नम्बर १०१ मा बस्ने परियारले पत्नी १८ वर्षकी लक्ष्मी परियारको हत्या गरेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार उनले पत्नीको हत्यामा आफ्नो संलग्नता पनि स्वीकार गरेका छन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ७ घर भइ हाल बोहराटार बस्ने लक्ष्मीको शव भदौ १५ गते भेटिएको थियो ।



जाडो महिनामा मौसमको आद्र्रता कम हुने हुँदा छाला सुख्खा हुदै जान्छ, त्यसको फलस्वरुप हातखुट्टा फुट्न, ओठ फुट्ने छाला सुख्खा हुने कपाल सुक्खा भएर फुरुङ्ग देखिने हुन्छ।

त्यतिमात्र होइन, जाडो महिना शरीरमा विभिन्न किसिमका एलर्जीहरु पनि देखा पर्छन्। उनीको लुगा लगाउने हुँदा एलर्जी भएर शरीर चिलाउने, पोल्ने हुन्छ । चाडोमा हातखुट्टा सुनिने समस्यापनि धेरै देखिन्छ, त्यसैले पनि हामीहरु धेरै घाममा बस्ने आगो ताप्ने हिटर ताप्ने गर्दा हाम्रो छाला सुख्खा हुँदै जान्छ।

जाडोको घाम रापिलो हुने हुँदा छालामा भएको चिल्लोलाई सोचेर छालालाई सुख्खा बनाउँछ । घामले गर्दा अनुहारमा चायाँ बढ्नुको साथसाथै अनुहारमा चाउरीपन बढ्दै जान्छ । त्यसैले जाडोमा घाममा बस्दा वा घरबाहिर निस्कँदा सन्सक्रिममा बढी एसपिएफ भएको प्रयोग गर्नु पर्दछ।

जाडोमा हामीले धेरै साबुन प्रयोग गर्नाले हाम्रो छाला सुख्खा हुदैँ जान्छ, त्यसैले जाडोमा साबुनको सकेसम्म कम प्रयोग गर्दा राम्रो हुन्छ वा बच्चालाई प्रयोग गर्ने साबुन अथवा ग्लिसिरिन भएको साबुनको प्रयोग गर्न सक्छौँ।

जाडोमा हामीले फेसवासको प्रयोग गर्दा पनि माइल्ड खालको फेसवासको प्रयोग गर्ने र तुरुन्तै मोस्चराइज क्रिमको प्रयोग गर्न सक्छौं, त्यसो गर्दा जाडोमा मोस्चराइज हराउन पाउँदैन।

जाडो याममा हिटर ताप्ने, घाममा धेरै बस्दा शरीरमा पानीको मात्रापनि कम हुने हुँदा प्रशस्त मात्रामा मनतातो पानी पिउनु पर्दछ । किनभने हातखुट्टा धेरै फुट्नुको कारण पनि शरीरमा पानीको मात्रा कम भएकाले हो।

मोस्चराइजजिङ लोसनक्रिम जाडो र गर्मी महिनाको भिन्न हुन्छ । गर्मीमा प्रयोग गर्ने क्रिमले जाडोमा काम नगर्न पनि सक्छ । त्यसैले जाडोमा प्रयोग गर्ने मोस्चराइज लोसनको प्रयोग गर्नुपर्छ। किनभने जाडोमा प्रयोग गर्ने लोसनमा बढी मोस्चराइज वा चिल्लो खालको हुन्छ।

हामीले जाडो महिनाामा धेरै ग्लिसिरिन को प्रयोग गर्ने गर्दछौँ। त्यो राम्रो पनि हो ग्लिसिरिनको प्रयोग गर्दा हामीले ग्लीसिरिन मात्र प्रयोग गर्नुहुदैँन किनभने ग्लिसिरिनमा पानी सोस्ने  शक्ति हुन्छ र ग्लिसिरिनको मात्र प्रयोग गर्नाले शरीरमा भएको चिल्लो पदार्थलाई सोचेर छाला झन् सुख्खा बनाउने गर्दछ, त्यसैले ग्लिसिरिन को प्रयोग गर्दा जहिले पनि एक चम्चा ग्लिसिरिन मा दुईचम्चा पानी वा रोज वटर वा कागती मिसायर प्रयोग गर्दा उपयुक्त हुन्छ।

जाडोमा खुट्टा फुटेर हैरान भइन्छ, त्यो बेलामा खुट्टा फुट्ने समस्या भएकाहरुले खुट्टालाई बनाएको क्रिम लगाउनुपर्छ । त्यसमा धेरै मोसचराइज  केमिकल हालेर बनाइएकोले फुटेको खुट्टा छिटो निको हुन मद्दत गर्छ।

जाडोमा हामीले नुहाउँदा तातो पानीको प्रयोग गर्ने गर्दछौँ तर धेरै तातो पानीको प्रयोग गर्दा शरीर सुख्खा हुन्छ। जाडोमा नुहाँउदा जहिले पनि मनततो पानीले नुहाउने र नुहाउनासाथ अलिअलि पानी पुछेर मोस्चराइज लोसनको प्रयोग गर्नुपर्छ। त्यसो गर्नाले  शरीरको चिल्लो कम हुन पाउदैन।

जाडोमा कपाल रुखो हुने हुँदा हप्ताको एकपटक तेल लगाउनु पर्दछ र छिटो–छिटो कपालमा स्याम्फु प्रयोग गर्नु हुँदैन, धेरै स्याम्फुको प्रयोगले कपाल रुखो हुन्छ।

बच्चाहरुलाई जाडो महिनामा चिलाउने समस्या बढ्न सक्छ। त्यसैले राति सुत्नु अगाडि तेल लगाइ दिनुपर्छ बच्चालाई उनीको लुगाभित्र जहिले पनि सुतीको लुगा लगाइ दिनुपर्छ। त्यसो गर्दा चिलाउने समस्या कम हुन्छ। 

- डा सविना भट्टराई, वरिष्ठ छाला रोग विशेषज्ञ , स्वास्थ्य खबर पत्रिकाबाट

(भट्टारार्इ काठमाडौ‌‌‍‍ मेडिकल कलेजमा कार्यरत छिन्।)

Image result for kp oli



काठमाडौं, कार्तिक ११ गते ।  प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। रुघाखोकीले सताएपछि उनी शनिबार आयोजित नेकपाको चियापान कार्यक्रममा जान सकेनन्।

संक्रमण बढ्ने सम्भावना भएपछि चिकित्सकले उनलाई आराम गर्न सुझाव दिएका छन्।

मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको रोग प्रतिरोधात्मक क्षमतामा कमी आएको र रुघाखोकीका कारण छातीमा संक्रमण बढ्ने खतरा देखेपछि निवासमा नै आराम गर्न चिकित्सकले सुझाएका हुन्।

प्रधानमन्त्रीको स्वास्थ्य जाँच गर्दै आएका डा दीलिप शर्माका अनुसार चिसो बढेसँगै रुघाखोकीले प्रधानमन्त्री ओलीलाई सताएको छ।

‘भिडभाड र बढी भेटघाटमा व्यस्त हुँदा संक्रमण होला भनेर आराम गर्न भनिएको हो,’ उनले भने, ‘एक-दुई दिन आराम गरेपछि उहाँको स्वास्थ्यमा सुधार आउनेछ।’- स्वास्थ्य खबर पत्रिकाबाट 

Image result for kathamadu foharmaila

काठमाडौँ, कात्तिक ११  गते । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २१ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

वाग्मती सफाइ महाभियानको २८५ औँ हप्तामा आज बुद्धनगर पुलमुनिको नदी किनारमा सफाइ गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत २१ संस्थाका ४६० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।

सफाइबाट छ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती समितिकी सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिनुभयो । सफाइमा शहरी विकास मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंह पनि सहभागी हुनुभएको थियो ।

सफाइपछि सचिव सिंहले तिलगङ्गाबाट बुद्धनगर पुलसम्मको नदीको अनुगमन पनि गर्नुभयो । सभ्यताको स्रोत वाग्मती सफाइ गर्ने अभियानलाई मन्त्रालयले उच्च महत्व दिएको उहाँको भनाइ थियो ।

मुहानदेखिकै वाग्मती सफाइ अभियानमा जुटेको वाग्मती सुन्दरता सरोकार मञ्चले २४६ औँ हप्ताको सफाइ कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित हत्यामोचनघाट क्षेत्रमा गरेको छ । सफाइबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी देवी खरेलले जानकारी दिनुभयो ।

रुद्रमती सफाइको २४० औँ हप्तामा रातोपुल–कालोपुल–सेतोपुल क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा २०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । नदी किनारमा रोपिएका बिरुवामा पानी हाली गोडमेल र स्याहार गर्न नजिकका घरधनीलाई अनुरोध गरिएको अभियानकर्मी रोहित गिरीले बताउनुभयो ।

विष्णुमती सफाइको २१२ हप्तामा सहभागी सबै चाडबाड मनाउन उपत्यका बाहिर गएकाले सफाइ गर्न नसकिएको अभियानकर्मी रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । मनोहरा सफाइको ८५ औँ हप्तामा नरेफाँट अघिको नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा जिल्ला समन्वय समिति काठमाडौँकी उपप्रमुख सरिता दाहालसहित ११० भन्दा बढी अभियानकर्मीको सक्रियता रहेको संयोजक चन्द्रप्रसाद दङ्गालले जानकारी दिनुभयो ।

चक्रपथ सफाइको ८१ औँ हप्तामा नयाँ बसपार्क आकाशे पुल वरपरको क्षेत्रमा सफाइ गरियो । त्यस क्षेत्रमा सुर्ती र गुट्खा खाएर खोल सडकमा फाल्नेको सङ्ख्या बढेपछि सातवटा पसलमा बेच्न राखिएको सुर्तीजन्य पदार्थ जफत गरी फालिएको अभियानकर्मी लोकबहादुर टण्डनले सुनाउनुभयो ।

गुट्खा, सुर्तीका खोल र प्लाष्टिकजन्य चिजबिजको बेचबिखनमा प्रतिबन्ध लगाउन अभियानकर्मीले माग गरेका छन् । सफाइबाट आठ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो । सफाइमा ३५० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । बिजीमल अघिको सडकमा मरेको कुकुर फालेर दुर्गन्ध फैलिएकामा क्लिन नेपाल संस्थालाई जिम्मा लगाइएको जनाइएको छ ।

काठमाडौँ महानगरपालिका–३१ स्थित आलोकनगर सफाइको ८१ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । आलोकनगर सफाइ सकी अभियानकर्मीको समूह वाग्मती सफाइ महाभियानको सफाइमा बुद्धनगर पुगेको संयोजक प्रमिला पौडेलले बताउनुभयो ।
चक्रपथ बाफल खण्डको ६३ औँ हप्तामा स्युचाटार पुलबाट सोल्टी दोबाटोसम्म सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा १७५ भन्दा बढी अभियानकर्मीको सक्रियता रहेको सफाइ संयोजक ताराबहादुर कुँवरले जानकारी दिनुभयो । - रासस


Image result for काँक्रो खान गएकी बालिका गोली खाएर फर्किन्

जुम्ला, कात्तिक ११ गते । अदानचुली गाउँपालिका–४ बिगुठी हुम्लाकी १० वर्षीया बालिका रमिला बुमी गत असोज पहिलो साता आफ्नै कोदोबारीमा लगाएको काँक्रो खान गएकी थिइन् । दुर्भाग्यवशः काँक्रो खान गएकी उनी मिनेटभरमै गोली खाएर फर्किन् । थाहा थिएन उनलाई, कोदोबारीमा पुग्दा त्यो घटना घट्छ भन्ने । दिदी सुस्मिता बुमीसँगै कोदोबारीमा काँक्रो लिन जाँदा उनी गोलीको पासोमा परेकी हुन् । कोदोबारीमा छिमेकीले स्याल फसाउनका लागि भनेर थापेको जर्जन पड्कँदा (चलाउँदा बन्दुक पड्केर कुनै पनि प्राणीलाई गोली लाग्ने गरी थापिएको पासो) रमिलाको दाँया घुँडाको मुनि तिघ्रामा लागेर हड्डी र नसा छिनाल्यो ।

“ब्वाङ्ग आवाज आउने बित्तकै ढलेँछु”, त्यो क्षणलाई सम्झँदै उनले भनिन्, “उठ्न  खोज्दा खुट्टा टेक्न सकिएन ।” छाम्दा हड्डी भाँचिएको र मासुसमेत भ्वाङ परेको देखेर बेहोस भएको तीतो अनुभव बुमीले सुनाइन् । त्यो दुर्घटनामा परेकी उनलाई त्यहाँ उपचारको कुनै विकल्प थिएन । तत्काल रु तीन लाख ५० हजारमा हेलिकोप्टर चार्टर गरेर सुर्खेत पुरयाइएको रमिलाका मामा ज्योति गिरीले बताउनुभयो ।

“सुर्खेतमा समेत उपचार हुननसकेपछि जिप बुक गरेर भारतको लखनउ लग्यौँ”, गिरी भन्नुभयो, “गोली लागेको ३६ घण्टा नाघेकाले खुट्टा मरिसकेको रहेछ ।” काट्नुको विकल्प नरहेको र शल्यक्रिया गरेर खुट्टा फाल्नुपरेको उहाँले दुःख प्रकट गर्नुभयो । बुमीको उपचार गर्न हालसम्म रु सात लाख खर्चेको उहाँले जनाउनुभयो ।

लखनउमा खुट्टाको शल्यक्रिया गरेकी बुमीको यतिबेला भने डरेसिङ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भइहेको छ ।  रमिला बुमीलाई छिमेकीको कमजोरीका कारण अपाङ्ग भएर अब सधैं का लागि वैशाखीको सहारामा बाँच्नुपर्ने बाध्यता आइलागेको छ ।

सानो गल्तीले गर्दा आज रमिला सधैँभरिका लागि अपाङ्ग भएकी छन् । त्यही घटनालाई लिएर आमा पवित्रा र बुबा जनक बुमीले जिल्ला प्रहरी कार्यालय जुम्लामा आफ्ना छिमेकी विरुद्ध जाहेरी निवेदन हालेको गिरीले बताउनुभयो । अञ्जानवशः ठूलो भूल भएको भन्दै छिमेकीले क्षमायाचना गरेको र रमिलाको जीवनभर स्वास्थ्य अवस्थामा आउने समस्या तथा अहिलेसम्म भएको सबै उपचार खर्च तिर्न छिमेकी मञ्जुर भएकाले कानूनी प्रक्रियाभन्दा मेलमिलाप गर्ने शर्तमा अघि बढ्ने सङ्केत उनका मामा, आमाबुबाले दिएका छन् ।

हुम्ला अदानचुली गाउँपालिका स्थित जनप्रिय आधारभूत विद्यालय कक्षा ५ मा अध्ययरत रमिला कक्षाका प्रथम विद्यार्थी हुन् । उक्त विद्यालयमा मेधावी छात्राका रूपमा नाम दर्ज गरेकी उनले आफ्नो एक महीनाको पढाइ छुटेकोमा चिन्ता गरिन् । पढेर असल मान्छे बन्ने र आमाबुबाको सहयोगी बन्ने सपना लिएकी रमिलालाई अब भने उल्टै सहयोगी आवश्यक हुने भएको छ ।  - रासस

Photo: Mathias Appel, Public Domain

बाँके, कात्तिक ११ गते । रेडपाण्डाको (हाब्रे)छालासहित प्रहरीले गए राती कोहलपुर नगरपालिका–२ मुगाली बस्तीबाट सोही स्थानका ३१ वर्षीय मानबहादुर शाहीलाई पक्राउ गरेको छ ।
प्रदेश नं ५ प्रहरी अनुसन्धान व्यूरोको टोलीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलका अनुसार दुई थान रेडपाण्डाको छालासहित शाहीलाई उनकै घरबाट नियन्त्रणमा लिइएको हो । बरामद छाला र शाहीलाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय बाँकेमा बुझाइएको छ ।  - रासस 





रसुवा, कात्तिक ११ गते । भूकम्पले विनाश भएको लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रको पदयात्राका लागि यो सिजनमा पर्यटकको आगमनमा वृद्धि हुन थालेको छ ।
विनाशकारी भूकम्पका कारण लाङटाङ पूरै बस्ती उजाड भएको थियो । लाङटाङको पूरै क्षेत्रविस्थापित भएको थियो । स्थानीय पर्यटन व्यवसायीहरू फर्केर आवास तथा होटल निर्माण गरेर व्यवसाय सुरु गरेपछि पर्यटक आउन थालेका हुन् । बाटोघाटो, खाना बास, होटललज निर्माण भएकाले पर्यटक आगमन बढेको स्थानीय गोसाईकुण्ड गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष सुप्पा लामाले जानकारी दिनुभयो ।
लाङटाङ राष्ट्रिय निकुञ्जका सहायक संरक्षक अधिकृत शिव गैरेका अनुसार साउन र भदौमा ६५५ जना पर्यटक आएकामा शरद् ऋतु असोज र कात्तिक पहिलो सातासम्म दैनिक सयभन्दा बढीपर्यटक आएका छन् । पर्यटकको आगमनले स्थानीयस्तरमा चहलपहलसमेत बढ्न थालेको बताइएको छ ।

पर्यटकको आगमनले निकुञ्जको प्रवेश शुल्कवापत पर्यटकबाट मूल्य अभिवृद्धि करसमेत करिब ७० लाख रुपियाँ राजस्व सङ्कलन भइसकेको लाङटाङ राष्ट्रिय निकुन्ज कार्यालयले जनाएको छ । यहाँ आउने पर्यटकमा बेलायत, जर्मनी, फ्रान्स, इजरायल, नेदरल्याण्ड्स, अष्टे«लिया, स्वीट्जरल्याण्ड, जापान, दक्षिण कोरिया, अमेरिकालगायत देशका छन् ।
गतवर्ष यस अवधिमा दुई हजार ९७८ पर्यटक आएका थिए भने यस वर्षको कात्तिकभरमा झण्डै तीन हजार पाचसय पर्यटक आउने अनुमान गरिएको निकुञ्जका प्राविधिक रमेश बस्नेतले बताउनुभयो ।
गत आर्थिक वर्षमा१३ हजार ७८९ विदेशी पर्यटकको आगमन भएको जनाइएको छ । पर्यटकहरू लाङटाङ क्षेत्रको मनमोहक दृश्य, गोसाइँकुण्ड एवं स्थानीय कला, संस्कृति, भेषभूषा अवलोकन गरी फर्कने गरेको स्थानीय व्यवसायी फिन्जो तामाङले बताउनुभयो ।
स्याफ्रुबेंसीबाट एउटा मार्ग खाम्जिङ, शेर्पागाउँ र अर्काे मार्ग खोलाको तीरैतीर जाने बताउँदै घोडातबेलाका पर्यटन व्यवसायी ढिण्डुप तामाङले स्याफ्रुबाट पर्यटक हिँडेपछि एक दिन लामा होटल र अर्काे दिन क्याङ्जिन पुग्ने गरेका छन् ।
समुद्री सतहदेखि तीन हजार नौसय मिटर उचाइको क्याङ्जिनबाट पर्यटकले दोर्जे लाक्पा, चेर्कोरी, क्यान्जि रीलगायत अग्ला स्थानको अवलोकन गर्ने गरेका छन् । क्यान्जिन हिमउपत्यका पुगेका पर्यटकको बसाइ कम्तीमा तीन दिन हुने भएका कारण होटल व्यवसायीले सिजन अनुसार मनग्य आम्दानी गर्ने गरेको बताइएको छ ।
एक विदेशी पर्यटकले एकछाक खानपिनमा कम्तीमा दुई हजार रुपियाँ खर्च गर्छन् । व्यवसायीको सेवाले घरमै बसेर मनग्य आम्दानीको वातावरण सिर्जना भइसकेको लाङटाङ पुनःनिर्माण एवं व्यवस्थापन समितिका अध्यक्ष तेम्बा लामाले बताउनुभयो ।
विसं.२०७२ को विनाशकारी भूकम्पले हिमाली पर्यटकीय स्थान लाङटाङको पूरै क्षेत्र मानवविहीन हुन पुगेको अवस्थामा दाताको सहयोग र स्थानीय बासिन्दाको मेहनतबाट अहिले लाङटाङ क्षेत्रको पुनःनिर्माण भइ सुधारोन्मुख भएको छ । होटल लज निर्माण भएका छन् ।
कादुर संस्थाको सहयोगबाट सय किलोवाट क्षमताको विद्यत् उत्पादन भई वितरण भइसकेको छ । होटेल लजमा आएका विदेशी पाहुनालाई नुहाउन तातोपानीको समेत व्यवस्था छ । उच्च हिमाली पर्यटकीय क्षेत्र लाङटाङको क्यान्जिन सुदृढ भइसकेकाले अब पाँचसयभन्दा बढी पर्यटकले त्यस क्षेत्रमा बास बस्न सहज हुने स्थानीय व्यवसायी नेरूप तामाङले जानकारी दिनुभयो ।
ठूलोस्याफ्रु क्षेत्रमा समेत पर्यटकको चहलपहल ह्वात्तै बढेको ठूलोस्याफ्रुका तेम्बा लामाले बताउनुभयो । धुन्चेतर्फबाट गोसाइँकुण्ड मार्गमा चन्दनबारी र१४ हजार एकसय फिटको उचाइमा अवस्थित गोसाइँकुण्डमा पर्यटक पुग्ने गरेको चन्दनबारीका होटल व्यवसायी सुब्बा लामाले जानकारी दिनुभयो ।
तामाङ सम्पदा मार्गअन्तर्गत गोल्जङ, गत्लाङ, चिलिमेको पुरानो तातोपानी, नागथली, थुमन, टिमुरेको खैदीहुँदै बृद्धिमसम्मको क्षेत्रमा समेत पर्यटक फाट्टफुट्ट रूपमा जाने गरेका छन् । पर्यटकको सेवाबाट केही हदसम्म आयआर्जन भइरहेको चिलिमेका रामबहादुर तमाङले बताउनुभयो ।
- हेमनाथ खतिवडा , गोरखापत्र दैनिकबाट 





काठमाडौँ, कात्तिक ११ गते । एउटा कानुन संसदबाट पारित भएपछि कहिले कार्यान्वयन हुन्छ ? कानुनको प्रस्तावित व्यवस्थाअनुसार कार्यान्वयन सुनिश्चित गरिएको हुन्छ । प्रस्तावित व्यवस्थाअनुसार केही कानुन तत्काल कार्यान्वयनमा आउँछन् । तर नेपालका केही कानुन पारित भएको चार दशक पुग्दा पनि कार्यान्वयनमा आउन सकेका छैनन् ।
कतिपय कानुन सरकारले सूचना प्रकाशन गरी कार्यान्वयनमा ल्याउने व्यवस्था गरेको हुन्छ । तर, केही यस्ता कानुन पनि मौजुदा छन्, ती कानुन कार्यान्वयनका लागि सरकारले सूचना प्रकाशन गरेको छैन । अर्थात् कानुन छ तर प्रचलनमा छैन ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले हालै राष्ट्रियसभाको विधान व्यवस्थापन समितिलाई यस्ता मौजुदा ऐनहरूको सूची पठाएको हो । मौजुदा सूचीअनुसार केही ऐन हालसम्म पनि राजपत्रमा सूचना प्रकाशन नभएका कारण कार्यान्वयनमा नआएको पाइएको छ । समितिले ऐन कार्यान्वयनको अवस्था अध्ययन गरिरहेको छ । न्यायिक कोष ऐन २०४३, नेपाली भाषा प्रकाशन संस्थान ऐन २०२१, लिखितहरूको गोप्यता सम्बन्धी ऐन, २०३९ सूचना प्रकाशन नभएका कारण प्रचलनमा नआएका हुन् । मन्त्रालयले मौजुदा ३३९ ऐनहरूको सूची समितिमा पठाएको हो ।
मन्त्रालयका सहायक प्रवक्ता हुमबहादुर केसीले ऐन पारित भए पनि राजपत्रमा सूचना प्रकाशन गरी प्रचलनमा आउने व्यवस्था कार्यान्वयनमा नभएका कारण केही ऐन निस्क्रिय रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘केही ऐन राजपत्रमा सूचना प्रकाशन नभएका कारण कार्यान्वयनमा नआएको पाइयो । हामीले मौजुदा ३३९ मध्ये तीनवटा यस्ता ऐन फेला पारेका छौँ ।’
निस्क्रिय ऐनमध्ये न्यायिक कोष ऐन २०४३ पनि रहेको छ । २०४३ कात्तिक २४ गते प्रमाणीकरण भएको ऐन नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको मितिदेखि प्रारम्भ हुने उल्लेख गरिएको छ । तर सूचना प्रकाशन नभएपछि कोष स्थापना सम्बन्धी कानुन कार्यान्वयनमा नआएको हो ।
यस्तै, २०२१ मा बनाइएको नेपाली भाषा प्रकाशन संस्थान ऐन २०२१ पनि कार्यान्वयनमा छैन । विसं.२०२१ असोज १७ गते प्रमाणीकरण भए पनि राजपत्रमा सूचना प्रकाशन नभएका कारण प्रचलनमा नआएको हो । पाठ्यपुस्तक, साहित्यिक पुस्तक लगायतको प्रकाशन गर्ने गरी गठन गर्ने भनिएको संस्थान ऐन कार्यान्वयनमा नआएको हो ।
यस्तै, लिखितहरूको गोप्यतासम्बन्धी ऐन, २०३९ पनि कार्यान्वयनमा आएन । यस ऐनमा सार्वजनिक तथा वैयक्तिक लिखितको गोपनीयता र कसुरसम्बन्धी व्यवस्था गरिएको छ । सरकारी कागजातको गोपनीयता कायम नगरेको अवस्थामा भने अहिले कीर्तेमा मुद्दा चलाइँदै आएको छ ।
राष्ट्रियसभाको समितिले मौजुदा रहेका यस्ता ऐन, नियमावली र निर्देशिका समेत अध्ययन गरिरहेको छ । पहिलो चरणमा अहिले कायम रहेका ऐन कार्यान्वयनको अवस्थाबारे अनुसन्धान गरिरहेको छ । ऐनहरूको अवस्था अध्ययनपछि देशव्यापी रुपमा कार्यशालाहरू सञ्चालन गर्ने समेत निर्णय समितिले गरिसकेको छ ।
- नारायण काफ्ले , गोरखापत्र दैनिकबाट 



मौसमले विभिन्न तरिकाबाट तपाईको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको हुन्छ।

जाडोमा आरथाइटिस रोगीहरुलाई हावाको चाप र तापक्रम घट्नाले जोर्नीहरु दुख्ने हुन्छ । त्यसैगरी मौसम परिवर्तनले माइग्रेन भएकालाई पनि सताउने गर्दछ । हिमपातले दमका बिरामीलाई धेरै दुःख दिन्छ।

‘जमा कार्डियोलोजी’मा प्रकाशित जर्नलले अनुसार जाडो महिनामा हृदयाघातलाई महत्वपूर्ण रोगमा हेरिनुपर्ने लिस्टमा राखेको छ।
स्वेडेनको लन्ड युनिभर्सिटीका डिपार्टमेन्ट अफ कार्डियोलोजी डा. डेविड एरलिन्ज भन्छन् हृदयघात घट्दो तापक्रम, चिसो सिरेटो, मन्द वायुमण्डलीय दबाब, कम सूर्योदय अवधि आदिले बढाउने सम्भावना हुन्छ।

अध्ययनमा के भटियो भने हृदयघातको उच्च जोखिम त्यस दिन थियो जुन शुन्य डिग्री(३२ डिग्री फरेनहाइट भन्दा बढी सेल्सियस थियो।

तापक्रम ३ – ४ डिग्री सेल्सियस तापमान हुँदा हृदयघातको सम्भवाना घटेको पाइयो।

जब न्यूनतम तापमान ६८ डिग्री देखि ३२ डिग्री फरेनहाइटमा घट्छ त्यतिबेला हृदयघात हुने सम्भवाना १४ प्रतिशत बढेको देखिएको डा. इरलिन्ज बताउँछन्।

अध्ययनमा के पनि भेटियो भने हावाको तापक्रम ७.४ डिग्री सेल्सियसमा वृद्धि हुनुको अर्थ २.८ प्रतिशत हृदयघातको जोखिममा कमी आउनु हो।

यो नतिजा २ लाख ७४ हजार ०२९ बिरामीहरुमा गरिएको अध्ययनबाट पत्ता लागेको थियो।

यो अध्ययन स्वेडेस रेजिस्ट्रिीको तथ्यांकबाट अध्ययन गरिएको हो।

यो अध्ययनले हृदयघात र मौसमको सम्बन्ध देखाएको छ । जाडो मौसमममा हृदयघातबाटबच्न लाई शारीरिक क्रियाकलाप कम गर्नुका साथै घरभित्र बस्न चिकित्सक सुझाव दिन्छन्। - स्वास्थ्य खबर पत्रिकाबाट 



रुपन्देही , कार्तिक १० गते । रुपन्देहीको सैनामैना नगरपालिका बार्ड नम्बर ३ दरखसी भन्ने टोलमा रहेको उपाध्याय परिवारका १२ जनाको मिर्गौला रोगबाट मृत्यु भइसकेको छ भने तीन सदस्य मिर्गौला फेल भएपछि नियमित डायलाइसिस गरिरहेका छन्। सैनामनाको मुगियाँचोका नजिकै रहेको दरखसीटोलकी ८४ बर्षिय नन्दकला उपाध्यायको परिवारका अधिकांस पुरुषमा मिर्गाैलाको समस्या देखिएको हो।
सोही परिवारका नारायण उपाध्याय अहिले हप्ताको दुई दिन डाइलाइसि सेवा लिन बुटवलको गौतमबुद्ध अस्पतालमा आउँछन् । उनका दाइका छोरा बिष्णु उपाध्याय पनि मिर्गाैला रोगको उपचार गराइरहेका छन्। ३२ बर्षिय बिष्णुको कतारमा काम गर्दागर्दै गत साल मिर्गौलामा समस्या देखिएको हो । उनी त्यही औषधि सेवन गरिरहेको परिवारले जनाएको छ।

नारायणका दाई चिन्तामणी उपाध्ययको २०६५ सालमा मिर्गौलाको समस्याबाट मृत्यु भयो । ०६६ सालमा अर्का दाई खिमानन्द र २०७२ सालमा हरीको मृत्यु भएको थियो । नारायणले पनि २०६४ सालदेखि मिर्गाैला रोगबाट जोगिनका लागि औषधि सेवन गर्दै आएका थिए। विगत तीन वर्षदेखि भने डायलाइसिसमै जानुपर्ने अवस्था अाएको उनी बताउँछन्। उनले भने, ‘यही रोगका कारण हाम्रो परिवारका धेरै जनाको मृत्यु भयो । उपचारका लागि भएको सम्पत्ति पनि सकियो । काम गर्न पनि सकिदैन।’

आफ्ना हजुरबुवा अग्नीधरका अधिकांस सन्तानहरुको यसैै रोगका कारण मृत्यु भएको उनले जानकारी दिए। अग्नीधरका ४ छोरा हुन् । जसमा २ छोराको मिर्गाैला रोगकै कारणले मृत्यु भएको नारायण उपाध्यायले दुखेसो गरे । अग्नीधरका नातीनातीनामा अहिलेसम्म ९ जनाको मृत्यु भयो भने उता अग्निधरकै फुपु दिदिको छोरीको पनि यसै रोगका कारण मृत्यु भएको छ । हाम्रो कुलघरानमा यही रोग लागेर १२ जनाको मृत्यु भइसकेको छ।’

यो रोग अग्नीधरका नातीनातीनामा मात्र होइन, पलातीमा पनि देखिन थालेको छ । रोजगारीको सिलसिलामा कतारमा रहेका अग्नीधरका पलाती विष्णुमा समस्या देखिसकेको छ । चेकजाँचका क्रममा डाक्टरले बंशाणुगत मिर्गौला रोग फैलिएको र ६ पुस्तासम्म देखापर्ने बताएको नारायण बताउँछन्।

पुख्र्यौली घर गुल्मी जिल्लाको अर्खबाङ्गमा पर्ने नारायण उपाध्याय सानैमा बुवासँग यहाँ आएका हुन् । उनका बुवाको मिर्गौलाकै समस्याका कारण मृत्यु भयो।

रुपन्देहीको सैनामैना नगरपालिका बार्ड नम्बर ३ दरखसीबाट बुटवलका मुटु अस्पतालसम्म डायलाइसिस गर्नका लागि हप्ताको दुईपटक आउने गर्दछन् । तर रगत परिक्षण, सुई, औषधीले गर्दा ५ देखि ७ हजारसम्म खर्च हुने गरेको उनी बताउँछन्। मासिक २० देखी २५ हजार खर्च आउने गरेको उनी बताउँछन् । आम्दानीको स्रोत केही नभएका उपाध्यय परिवारले प्रत्येक बर्ष एक–एक कट्टाका दरले जग्गा बेच्दै आएका छन्।

सानो घरमा ८४ बर्षिय आमा र नारायाण दम्पत्ति मात्रै छन् । नारायणले भने, ‘९ कट्टा जग्गा थियो अहिले ३ कट्टा छ । आम्दानीको स्रोत केही छैन । प्रत्येक वर्ष जग्गाको टुक्रा बेच्दै उपचार गर्दे आएको छु।

नारायण आफू बाँचेर परिवारको हेरचाह गर्न चाहन्छन् तर प्रत्यारोपणका लागि आर्थिक अभाव रहेकाले सम्भव नभएको उनले दुखेसो पोखे । उनले भने, ‘मिर्गाैला दान गर्ने व्यक्ति परिवारमै भएपनि प्रत्यारोपणका लागि खर्च जुटाउन सकिएको छैन।’

८४ बृद्धा नन्दकला सन्तानको राम्रोका लागि नियमित पूजाआजा गर्छिन् । तर, आफ्नो दुखेसो भगवानले नसुनेको उनलाई लागिरहेको छ। बृद्धावस्थामा पनि काम गरिरहेकी उनलाई आफू भन्दा पहिले सन्तानलाई यो संसारबाट बिदा गर्नुपर्दा निकै दुःख लागेको छ । उनका आफ्नै ३ छोरा र एक छोरीको यही रोगबाट मृत्यु भइसकेको छ। ‘छोराछोरी हुर्काएर बिवाह गरिदिएँ । अब सुखका दिन आए भन्ने ठानेकी थिएँ । एक–एक गरी रोगले लिएर गयो।’

५ सन्तानलाई जन्म दिएकी नन्दकलासँग अहिले कान्छा छोरा मात्रै छन्, । कान्छा छोरा नारायण पनि तीन वषदेखि डायलाइसिसको भरमा जीवन धानिरहेका छन्। - चन्द्रकान्त खनाल , स्वास्थ्य पत्रकाबाट 



कञ्चनपुर , कार्तिक १० गते।  कञ्चनपुरमा सात जना बिरामीमा डेंगु भएको प्रमाणित भएको छ । शंकास्पद ५२ जना बिरामीको महाकाली अञ्चल अस्पतालमा रगत परीक्षण गर्दा सात जनामा डेंगुको भएको पाइएको हो ।

अस्पतालमा रगत परीक्षण गरिएका तीन जनामा आइजिएम र चार जनामा एनएस एक नामक डेंगुका जीवाणु फेला परेको महाकाली अञ्चल अस्पतालका ल्याव टेक्निसियन महेशदत्त जोशीले बताए। “दुई जना भारतबाट फर्केका र अन्य यही बसोवास गर्ने बासिन्दामा डेंगुका जीवाणु फेला परेको पाइएको छ” , उनले भने।

एडिज एजिप्टी जातको पोथी लामखुट्टेले टोक्दा डेंगु हुने गर्दछ । दिउँसोको समयमा सक्रिय हुने यस जातको पोथी लामखुट्टेले टोकेमा डेंगु हुने गरेको टेक्निसियन जोशीले बताउनुभयो । लाखमुट्टेले घरमा रहेका कुलर, टायर, गमलालगायतको सफा पानीमा लार्भा उत्पादन गर्ने गर्दछ ।

डेंगु भएमा उच्च ज्वरो आउने, बान्ता हुने, शरीरका जोर्नी दुख्ने, प्लेटलेसको कमीले शरीर निलो हुने, राता डाम देखापर्ने गर्दछन् । यी लक्षणहरू देखा परेपछि बिरामीले तत्कालै नजिकको स्वास्थ्यचौकी वा अस्पतालमा उपचारका लागि जानुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

कुलर, टायर, गमलालगायतको सफा पानीमा लामखुट्टेले लार्भा उत्पादन गर्ने भएकाले त्यसलाई नष्ट गर्नका लागि बिषादी छर्कने र पानी सफा गर्नुपर्दछ । विगतमा जनस्वास्थ्य कार्यालयले डेंगुबारे सचेतना फैलाउने र डेंगुका लार्भा देखिएका ठाउँमा बिषादी छर्कने कार्य गर्दै आएको थियो । कार्यालय समायोजनको कार्यसँगै सचेतना फैलाउने कार्य नगरपालिका र गाउँपालिकाको स्वास्थ्य शाखाले गर्नुपर्ने भए पनि नगरिदा डेंगु फैलिने क्रम बढेको बताइएको छ ।

यसैगरी भुसुनाको टोकाइबाट हुने कालाज्वरका एक जना बिरामी पनि कञ्चनपुरमा फेला परेको छ । महाकाली अञ्चल अस्पतालमा उपचार गराउन आएका बिरामीमा कालाज्वर भएको पाइएको हो । - रासस

Related image

कुश्मा, कात्तिक १०  गते । ‘असला माछा’ पाइने खोला भनेर चिनिएको पर्वतको मोदी खोलामा अब भने असला माछा पाउन मुश्किल हुने भएको छ । पोखरा–बागलुङ राजमार्गअन्तर्गत पर्ने अम्बोटमा असला माछा खानकै लागि लाम लाग्नुपर्ने अवस्था हुन्थ्यो । मोदीका असला माछा भनेपछि टाढा टाढाबाट यात्रुहरु ओइरो लाग्थे । घण्टौं कुरेर पर्वतको सम्झना स्वरुप असला माछा लिएर पनि जान्थे कतिपयले । तर, अब मोदी खोलामा असला माछा त्यति सजिलै नपाइने भएको छ ।

मोदी खोलाको तटमा रहेका नयाँपुल, डिमुवा, पातिचौर, अम्बोट, परादी, दोविल्ला, झापे्रबगर जस्ता बजारमा हुने असलाको व्यापार अब सुस्ताउँदै गएको छ । मोदी खोलामा लहरै बनिरहेका जलविद्युत् आयोजनाहरुका कारण असलाको बजार खुम्चिँदै गएको हो । अहिले मोदी खोलामा निर्माण सम्पन्न भएका, निर्माणाधीन र निर्माण शुरु हुने क्रममा रहेका गरी सातवटा जलविद्युत् आयोजना रहेका छन् ।
ऊर्जा नदीको रुपमा ख्याति कमाएको मोदी खोलाको सिरानदेखि पुछारसम्म सातवटा जलविद्युत् आयोजना सञ्चालनमा ल्याइँदैछ । छोटो दूरीमा बग्ने एउटै नदीको पानी उपयोग गरेर निर्माण गर्न लागिएको सात जलविद्युत् आयोजना नेपालकै लागि पनि नमूना हो । मोदीमा दुई आयोजनाको निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् । अरु दुई आजोजना निर्माणाधीन अवस्थामा छन् भने तीन आयोजना निर्माणको चरणमा छन् । मोदी खोला मोदी गाउँपालिका, कुश्मा र फलेवास नगरपालिका हुँदै बगेको छ ।

विसं २०४६ देखि मोदी खोलामा जलविद्युत् आयोजना निर्माणको क्रम शुरु भएको थियो । मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले भन्नुभयो – “अहिले नदीभरी सातवटा हाइड्रो हुँदैछन् । यिनीहरु हाम्रो समृद्धिको बाटो पहिल्याउने कुरामा सहायकसिद्ध हुनेछन् भन्ने अपेक्षा लिएका छौं ।” उहाँका अनुसार विसं २०५३ मा नेपाल विद्युत् प्राधिकरणले १४ मेगावाट क्षमताको मोदी खोला जलविद्युत् आयोजना निर्माण शुरु गरेको थियो भने युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले विसं २०६९ देखि युनाइटेड मोदी–१ आयोजनाबाट १० मेगावाट विद्युत् उत्पादन गर्दै आइरहेको छ ।

हाल मोदी खोलामा मनाङ ट्रेड लिङकको लगानीमा २० मेगावाट क्षमताको तल्लो मोदी र चौधरी ग्रुपको १५ दशमलव १ मेगावाट क्षमताको मध्य मोदी आयोजना निर्माण भइरहेका छन् । तल्लो मोदी आयोजनाको करीब ९५ प्रतिशत भन्दा बढी काम सकिएको छ । मध्य मोदीको भने करीब ५५ प्रतिशत काम सकिएको आयोजना कार्यालयले जनाएको छ । तल्लो मोदीले गत माघमै उत्पादन दिने गरी काम अघि बढाएको भए पनि प्राविधिक कारण केही ढिलाइ हुन पुगेको आयोजना प्रमुख पवनकुमार यादवले बताउनुभयो ।

मोदी खोलामै पछिल्लो समय नेपाल विद्युत् प्राधिकरणले दुई र युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले एउटा जलविद्युत् आयोजना निर्माण गर्न लागिरहेका छन् । प्राधिकरणले अपर मोदी ‘ए’ बाट ४२ मेगावाट र अपर मोदीबाट १८ दशमलव २ मेगावाट विद्युत् निकाल्ने लक्ष्य राखेको छ ।

युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले साढे १० मेगावाटको युनाइटेड मोदी–२ निर्माण थाल्न अघिल्लो वर्ष सर्वसाधारणबाट लगानी जुटाएको थियो । गत वर्ष जिल्लावासीबाट १० करोड तथा सर्वसाधारणबाट १२ करोड रुपैयाँ शेयर जारी गरी सङ्कलन गरिएको थियो । युनाइटेड मोदीले नयाँ आयोजना निर्माणको मिति अन्योलमा परे पनि वातावरणीय प्रभाव मूल्याङ्कनलगायत आयोजनाका लागि आवश्यक काम अघि बढिरहेकाले आयोजना निर्माण हुनेमा कुनै आशङ्का नरहेको जनाएको छ ।

“आयोजना बन्ने कुरामा दुई मत छैन,” युनाइटेड मोदीका सञ्चालक उपेन्द्र गौतमले भन्नुभयो – “लागत केही बढेकाले अब कसरी अघि बढ्ने भन्ने अन्योल मात्र थपिएको हो ।” प्राधिकरणले ४२ मेगावाटको अपर मोदी ‘ए’ र १८ दशमलव २ मेगावाटको अपर मोदी जलविद्युत् आयोजना निर्माणको काम अघि बढाइसकेको छ । दुबै आयोजनाको काम अगाडि बढाइएको जानकारी अपर मोदी आयोजना कार्यालयले दिएको छ ।

पर्वतको मोदी खोलामा निर्माण भएका र निर्माणको क्रममा रहेका सात आयोजनाबाट कुल १३० मेगावाट विद्युत् उत्पादन हुनेछ । हाल सञ्चालनमा रहेका मोदी खोला र युनाइटेड मोदीबाट २४ मेगावाट जलविद्युत् उत्पादन भइरहेको छ । मनाङ ट्रेड लिङ्कले निर्माण गरिरहेको तल्लो मोदी आयोजना २० मेगावाट क्षमताको हो ।

चौधरी ग्रुपले निर्माण गर्न लागेको मध्य मोदीको क्षमता १५ दशमलव १ मेगावाट छ । विसं २०७१ मंसिरबाट निर्माण शुरु गरिएको उक्त आयोजनाको आधाजसो काम सकिएको आयोजना पक्षले जनाएको छ ।

त्यसैगरी, युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले निर्माण गर्ने युनाइटेड मोदी–२ को क्षमता साढे १० मेगावाटको छ । निर्माणाधीन दुबै आयोजनाले आगामी दुई वर्षभित्र उत्पादन दिनेछन् । निर्माण सम्पन्न भएका र निर्माणाधीन सबै आयोजनाहरुको उत्पादन जोड्दा १२९ दशमलव ८ मेगावाट पुग्छ । - रासस

Image result for bidya devi bhandari

काठमाडौँ, कात्तिक १० गते । राष्ट्रपति विद्यादेवी भण्डारी यही सोमबार कतार प्रस्थान गर्नुहुने भएको छ । कतारका अमिर(राष्ट्राध्यक्ष) शेख तामिम विन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति भण्डारी त्यसतर्फ जान लाग्नुभएको हो । भ्रमणका क्रममा यही कात्तिक १३ गते राष्ट्रपति भण्डारी र कतारका अमिरबीच औपचारिक वार्ता हुनेछ । त्यसैगरी राष्ट्रपति भण्डारीको सम्मानमा अमिरले रात्रीभोजको आयोजना गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका अवसरमा राष्ट्रपति भण्डारीसँग कतार फाउन्डेशनका सहसंस्थापक तथा अध्यक्ष शेख मोजा बिन नासेरले शिष्टाचार भेट गर्नुहुनेछ । राष्ट्रपति भण्डारीले व्यापारिक समुदायसँग संयुक्त अन्तरक्रियात्मक बैठकमा ‘व्यापार तथा नेपालमा लगानीको अवसर’का विषयमा सम्बोधन गर्नुहुने कार्यक्रम छ ।

त्यहाँस्थित नेपाली दूतावासमा पुगी नेपाली समुदायसँग भेटघाट गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ । त्यस दिन नेपाली राजदूत रमेशप्रसाद कोइरालाले राष्ट्रपति भण्डारीको सम्मानमा रात्रिभोजको आयोजना गर्नुहुने छ ।

भ्रमणमा राष्ट्रपति भण्डारीसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, उच्चस्तरीय प्रतिनिधिमण्डलका सदस्य र व्यवसायी सहभागी हुनुहुने छ । उहाँ यही कात्तिक १५ गते स्वदेश फर्कने कार्यक्रम छ । - रासस

Related image

भद्रपुर, कात्तिक १० गते । घाँस काट्ने हँसियाको धारिलो टुप्पो आँखामा गाडिएर गम्भीर घाइते भएकी दमक–२ की आठ वर्षीया अंशु गिरीको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा सफल उपचार भएको छ । दशैँ मनाउन पथरी शनिश्चरे–३ स्थित मावलीघर आएका बेला साथीसँग रहरले घाँस काट्न जाँदा चिप्लिएर लड्दा यही कात्तिक ५ गते उनको दाहिने आँखाको तल्लो भागमा धारिलो हँसिया गाडिएको थियो ।

डेढ घण्टाभित्रै अस्पताल ल्याइएकी अंशुको जटिल शल्यक्रिया गरी आँखा सकुशल जोगाएर हँसिया निकालिएको उपचारमा सलग्न डा धिरज गिरीले बताउनुभयो ।

“अलिकति तलमाथि भएको भए आँखा गुम्न सक्थ्यो”, डा गिरीले शुक्रबार पत्रकार सम्मेलनमा भन्नुभयो, “मेरो नेतृत्वको चिकित्सक टोलीले अस्पतालमा भएका अत्याधुनिक उपकरणको प्रयोग गरेर अत्यन्तै कुशलतापूर्वक उनको उपचार गर्न सफल भयौँ।”

अस्पतालले उपचार पूरा भएपछि शुक्रबार नै उनलाई घर पठाएको छ । अंशुको दाहिने आँखाबाट घोपिएको हँसिया देब्रे आँखासमेत भेट्ने गरी फसेको थियो । - रासस



पाइल्स, फिस्टुला र फिसर यी रोगहरुसँग प्रायः मानिसहरु परिचित हुन्छन्। किनकि धेरै मान्छेले आफू स्वयं, परिवारका सदस्य, साथीभाइ वा छर–छिमेकमा कोही न कोही यो रोगबाट आक्रान्त भएको देखेकै हुन्छन्। अझ सहरी परिवेश, अहितकर खानपान र अव्यवस्थित जीवनशैलीले यो रोग बढ्दो छ।

यी तीनवटै रोग मलद्वारसम्बन्धी रोग हुन्। हुन त धेरै मानिस यी सबैलाई पाइल्स भन्दै झुक्किरहेका पनि हुन्छन्। तर यी तीन रोगमा भिन्नता छ। आयुर्वेदमा पाइल्स वा हेमोरहोइडलाई अर्स, फिस्टुला–इन–एनोलाई भंगन्दर र फिसर–इन–एनोलाई परिकर्तिका भनिन्छ।

विभिन्न कारणले यी रोग हुने भए तापनि कब्जियत अर्थात् दिसा कडा हुनु नै यसका मुख्य कारण हुन्। रोग बल्झिने र निको नहुने कारण पनि यही हो। आम मानिसमा यी रोगसम्बन्धी व्यापक भ्रम, डर र जानकारीको कमी देखिन्छ। मानिसहरुले मलद्वारमा केही पनि समस्या हुँदा पाइल्स, क्यान्सर भयो भन्दै अस्पताल धाउँदै गरेका भेटिन्छन्।

मलद्वारभित्र र वरिपरि रक्तसिराहरु हुन्छन्। यी रक्तसिराहरु सुन्निने, मासु पलाएझैं ठूलो हुने समस्यालाई अर्स अर्थात् पाइल्स भनिन्छ। यो भित्री र बाहिरी गरी दुई प्रकारको हुन्छ। मलद्वारभित्र हुने अर्समा दिसा कडा हुँदा घाउ भई दुखाइरहित मलद्वारबाट रगत जाने हुन्छ। ठूलो हुदै जाँदा दिसा बस्दा त्यो मासु बाहिर आउने, सुरुसुरुमा आफैं भित्र जाने, पछिपछि औंलाले धकेल्नुपर्ने वा बाहिर नै बसीराख्ने पनि हुन्छ। बाहिरी अर्स-पाइल्स भने मलद्वार वरिपरिका सिराहरु सुन्निएर हुने गर्दछ।

भगन्दर अर्थात् फिस्टुला–इन–एनो भनेको दुई मुख भएको बाटो जस्तो हो, जसको भित्री मुख मलद्वार भित्र वा पक्वासयमा हुन्छ भने बाहिरी मुख मलद्वारको बाहिरी भागमा हुन्छ। पटकपटक संक्रमण भई बाहिरी मुखबाट पिप, रगत, दिसा आदि आउने हुन्छ। संक्रमण हुँदा अत्यन्त कष्टकर हुने र पिप निस्किसकेपछि केही दिन आराम हुने हुन्छ। तर पछि फेरि संक्रमण भई यो प्रक्रिया लगातार चलिरहने हुन्छ।

परिकर्तिका अर्थात् फिसर–इन–एनो भनेको दिसा कडा भई निस्किँदा मलद्वारको छाला च्यातिनु हो। यसमा अत्यन्त पीडा हुनुका साथै जलन, चिलाउने, दिसामा धर्को जस्तो रगत देखिने हुन्छ। यस्तो धेरै लामो समयसम्म भइरहँदा त्यहाँ मासु पनि पलाउने हुन्छ, जसलाई सेंटिनल टैग भनिन्छ।



नेपालको मौलिक चिकित्सा पद्धतिका रूपमा रहेको आयुर्वेद चिकित्सामा यी रोगहरुको अत्यन्त प्रभावकारी, सरल, सस्तो, भरपर्दो र उपद्रवरहित उपचार उपलब्ध छ। पेट सफा राख्ने, दिसा नरम, खुलस्त र नियमित बनाउने जड़ीबुटीयुक्त औषधिहरु एकदम प्रभावकारी र दुष्प्रभाव (साइडइफेक्ट) रहित छन्।

त्यस्तै स्नेहन, स्वेदन, लेप, विरेचन, वस्ति, घृत, लेप आदिको पनि प्रयोग गरिन्छ। आवश्यक परे शस्त्र कर्मअन्तर्गत क्षारसूत्र विधिको प्रयोग अर्स, भंगन्दर र परिकर्तिकाको सेंटिनल टैगमा गरिन्छ। रोगीलाई पूरै बेहोस गर्नु नपर्ने, घाउ कम हुने, कम दिन अस्पताल भर्ना भई बस्नुपर्ने, कम समयसम्म औषधि खानुपर्ने, फेरि बल्झिने वा रोग पुनः हुने अवस्था अत्यन्त न्यून हुने भएकाले आजकल यो विधि एकदम प्रचलित छ।

स्वस्थ मानिसलाई स्वस्थ राख्ने र रोगीको रोग समन गर्ने यी दुई मुख्य उद्देश्य रहेको आयुर्वेदमा हरेक रोगको उपचारमा कारण परित्याग प्रथम चिकित्सा सूत्र विधान रहेको छ। तसर्थ रोगको मुख्य कारणका रुपमा रहेको कब्जियत हटाउने उपाय गर्नुका साथै मलद्वारको सरसफाइमा विशेष ध्यानदिनु पर्छ।

विशेषगरी माछा, मासु, अण्डा, जाँडरक्सी, चुरोट, मर मसला, गुरु भोजनको अत्यधिक सेवनका कारण कब्जियत हुन सक्छ। त्यसैले कब्जियत गराउने यी खानेकुराका साथै मरिच, अदुवा, खुर्सानी, चिल्लो पिरो, मैदा परिकारहरु जस्तै मम, चाउमिन, बिस्कुट, दही, केरा, पिंडालु, अनार, चिउरा, कालो दाल, सुपारी, पान, बाहिरी खानेकुरा, तैलीय पदार्थ, चिसो पेय पदार्थ, चिया कफी आदिको सेवन नगर्ने वा गर्नै परे एकदम कम मात्रामा गर्नुपर्छ।

त्यस्तै प्रशस्त पानी, झोलपदार्थ, हरियो सागपात, सलाद (काँक्रो, मुला, गाजर आदि), आटाको रोटी, रहर, मुँगको दाल, तररहित दूध, फलफूल आदि सेवन गर्नुपर्छ। कदाचित कब्जियत भइहाले त्रिफला चूर्ण, पंचसकार चूर्ण, त्रिवृत्त चूर्ण, अभयारिस्ट आदि औषधिको प्रयोग अल्प समयसम्म गर्न सकिन्छ। केही समस्या भए चिकित्सकलाई देखाई अरु औषधि–उपचार गराउनुपर्छ। - स्वास्थ्यखबर पत्रिकाबाट 

(लेखक त्रिभुवन विश्वविद्यालय, आयुर्वेद शिक्षण अस्पताल, कीर्तिपुरमा इन्टर्न डाक्टरका रुपमा कार्यरत छन्)



स्तनको टिस्यूजमा असामान्य वृद्धि अथवा परिवर्तनको पहिचान गर्नको लागि विशेष प्रकारको एक्स–रे प्रयोग गरिन्छ, जसलाई मेमोग्राम भनिन्छ । यो स्तन क्यान्सरको पहिचान गर्ने उपयुक्त विधि हो । रेडियोग्राफर टेक्नोलोजिष्टले स्तन दबाएर कम से कम दुई एंगलबाट स्तनको चित्र लिने गर्दछन्। नियमित चिकित्सकीय परीक्षणद्वारा स्तन क्यान्सरको सुरुवाती निदान गर्न मेमोग्राम अति नै आवश्यक हुन्छ।

४० वर्ष पछि अथवा त्यो भन्दा पहिले यदि तपाईंलाई स्तन क्यान्सरको खतरा छ भने तपाईंले हरेक वर्ष मेमोग्राम गराउनु आवश्यक हुन्छ । यदि तपाईंको परिवारमा स्तन क्यान्सरको कुनै व्यक्तिगत अथवा पारिवारिक इतिहास छ भने डाक्टरले ४० वर्षको उमेरभन्दा पहिने नै स्क्रिनिङ्गद्वारा जाँच गर्न सुझाउनेछन्।

यदि तपार्इंको डाक्टरले स्तनको हुनसक्ने क्यान्सर अथवा परिवर्तनको जाँच गर्नको लागि एउटा नियमित जाँचको रुपमा मेमोग्राम गर्नको लागि सुझाउनेछन् भने त्यस्तो प्रकारको जाँचलाई स्क्रिनिङ्ग मेमोग्राम भनिन्छ । यस प्रकारको जाँचमा प्रत्येक स्तनको दुई तरिकाले एक्स–रे गरिन्छ।

यदि तपार्इंको स्तनमा गाँठागुठी अथवा स्तन क्यान्सरको केही अन्य लक्षण छ भने डाक्टरले डाइग्नोस्टिक मेमोग्राम गर्न सुझाउनेछन्।

यदि तपाईंको स्तन प्रत्यारोपण भएको छ भने तपाईंलाई एउटा डाइग्नोस्टिक मेमोग्रामको आवश्यकता पर्दछ । डाइग्नोष्टिक मेमोग्राम स्क्रिनिङ्ग मेमोग्राम भन्दा कयौं गुणा राम्रो हुन्छ।



लेखक राजेशकुमार दास

मेमोग्राम भन्दा पहिले
१. तपाईलाई डिओडोरेन्ट, बाँडी पाउडर, मल्हम अथवा क्रिम आप्mनो स्तनमा प्रयोग गर्न रोक लगाइन्छ । यी पदार्थहरुले गर्दा एक्स–रे चित्र खराब गर्न सक्छन्।

२. यदि तपाईं गर्भवती हुनुहुन्छ अथवा गर्भवती हुने सम्भावना छ भने जाँच गर्नु भन्दा पहिले रेडियोग्राफर टेक्नोलोजिस्टलाई बताइदिनुपर्छ।

मेमोग्रामको क्रममा
१. तपार्इंलाई छाती तिरको (स्तन वरिपरिको) कपडा हटाउन भनिनेछ र अस्पतालद्वारा तपाईंलाई लगाउनको लागि गाउन उपलब्ध गराइनेछ ।
२. तपाईंलाई मेमोग्राम मसिनको नजिक उभिन भनिनेछ।

३. प्रत्येक स्तनको कमसेकम दुई तरिकाले एक्स–रे गरी तस्वीर लिने गर्दछ।

४. रेडियोग्राफर टेक्नोलोजिस्टद्वारा तपार्इंको स्तनलाई तल–माथि अथवा दायाँ–बायाँ गर्नुपर्ने हुन्छ। ताकि एक्स–रेको लागि सही ठाउँ छान्न सकियोस्।

५. तपार्इंको स्तनलाई दुई समतल सतहबीच दबाउने गरिन्छ । जसले गर्दा तपाईलाई केही समयको लागि अप्ठ्यारो महशुस हुन सक्छ तर यसले गर्दा तपाईंलाई कुनै हानी पुग्ने छैन।

६. तपार्इंलाई गहिरो सास लिन भनिनेछ र जवसम्म एक्स–रे लिइन्छ तबसम्म सास रोक्न भनिनेछ।

७. यदि तपाईंले स्तन प्रत्यारोपण गराउनु भएको छ भने अलि बढी एक्स–रेको आवश्यकता पर्दछ र जाँच गर्न बढी समय लाग्नेछ।

८. जाँचको परिणाम एक्स–रेद्वारा लिएको स्तनको तस्वीरद्धारा तपाईको डाक्टर कहाँ पठाइन्छ र रोगको निदान गरिन्छ।

मेमोग्रामद्वारा लिएको तस्वीरले तपार्इंको स्तनमा भएको गाँठागुठी अथवा क्याल्सियमलाई खोज्न मद्दत गर्दछ । अधिकतम गाँठागुठी क्यान्सरको संकेत दिँदैन । यहाँ बीआई–आरएडीएस अथवा ब्रेस्ट इमेजिंग रिपोर्टिङ्ग र डाटाबेस सिस्टम नामक मेमोग्राम एक राष्ट्रिय निदान प्रणाली हो । यस प्रणालीमा सात श्रेणी हुन्छन् जहाँ शुन्यबाट ६ श्रेणीसम्म हुन्छन् । प्रत्येक श्रेणीमा यो बताइन्छ कि के स्तनको अतिरिक्त तस्वीर आवश्यक छ कि छैन अथवा स्तनको कुनै पनि क्षेत्र क्यान्सर मुक्त छ अथवा क्यान्सर युक्त हुने सम्भावना छ।

(दास त्रिवि शिक्षण अस्पताल महाराजगंजमा रेडियोलोजी अध्ययनरत छन् ।) - स्वास्थ्य खबर पत्रिकाबाट 

Image result for एएफसी यु–१९ छनोटमा नेपाल भारतसँग खेल्दै

काठमाडौँ, कात्तिक ९ गते । एएफसी यु–१९ फुटबल च्याम्पियनसिप छनोटमा नेपालले आज आफ्नो दोस्रो खेलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ ।
थाइल्याण्डको चोनबुरी रङ्गशालामा हुने खेल नेपाली समयानुसार दिउँसो २ः४५ बजे शुरु हुने अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले जनाएको छ । प्रतियोगितामा अङ्कबिहीन नेपाललाई अघिल्लो चरण पुग्न आजको खेलमा भारतलाई हराउनुपर्ने दबाब छ ।
नेपाल आफ्नो पहिलो खेल कात्तिक ७ गते थाइल्याण्डसँग ३–० गोल अन्तरले पराजित भएको थियो । भारतले भने पाहिलो खेलमा पाकिस्तानलाई १८–० गोल अन्तरले हराएको थियो ।
कात्तिक ११ गतेसम्म सञ्चालन हुने छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा भारत, पाकिस्तान र थाइल्याण्ड छन् । प्रतियोगितामा एक÷एक खेल जितेको भारत र थाइल्याण्डसँग तीन÷तीन अङ्क छ भने नेपाल र पाकिस्तान अङक्विहीन छन् ।
नेपालले समूहचरणको अन्तिम खेल कात्तिक ११ गते पाकिस्तानसँग भिड्नेछ । पहिलो चरणको छनोटबाट शीर्ष दुई टोलीले दोस्रो चरणमा प्रवेश गर्नेछन् । नेपाली टोली कात्तिक ३ गते त्यसतर्फ गएको हो ।
पहिलो खेलमा पाकिस्तानविरुद्ध फराकिलो जित निकालेको भारत उच्च मनोबलका साथ मैदान उत्रदैछ भने पहिलो खेलमा पराजित नेपाल केही दबाबमा हुनेछ । - रासस




काठमाडौँ, कात्तिक ८ गते । काठमाडौँ उपत्यकामा दशैँको समयमा भएको सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार घटस्थापनादेखि पूर्णिमासम्म उपत्यकाका विभिन्न स्थानमा भएको दुर्घटनामा चालक तथा पैदलयात्रुको मृत्यु भएको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले तीव्र गतिमा जथाभावी सवारी साधन चलाएका कारण धेरै दुर्घटना भएको जानकारी दिनुभयो । “दशैँको समयमा सडक धेरै खाली हुने र तीव्र गतिमा सवारी हाँक्ने प्रवृत्तिले धेरै दुर्घटना हुने गरेको छ,” उहाँले भन्नुभयो ।

दशैँअगाडि महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन ‘ट्राफिक ¥यापिड स्कोइड’ अभियानसमेत सञ्चालनमा ल्याएको थियो । अभियानले दुर्घटना भएको ५ मिनेटभित्रै घटनास्थलमा पुगेर घटनाबारेमा अध्ययन गर्नाका साथै घाइतेलाई तत्काल अस्पतालसम्म लैजान सकिने व्यवस्था गरेको थियो । अभियानका लागि महाशाखाले ५५ वटा मोटरसाइकलमा ट्राफिक प्रहरी र जनपथ प्रहरी परिचालन गरेको थियो । हाल देशभर झण्डै ३२ लाख हाराहारीमा सवारी साधन सञ्चालनमा भएपनि काठमाडौँ उपत्यकामा मात्र आठ लाख सवारी साधन सञ्चालनमा छन् । - रासस







मेलम्ची, कात्तिक ९ गते । सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–५ मुडेमा बन्न लागेको हिल स्टेशनबारे प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले सम्बन्धित पक्षसँग छलफल गर्नुभएको छ ।
मन्त्री नेपालले मुडेबजार पर्यटन, जडीबुटी र कृषिमा धेरै सम्भावना बोकेको क्षेत्र भएकाले बजेटको प्रशस्त व्यवस्था गरिएको र उक्त बजेटको स्थानीयले युवाको अग्रसरतामा सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो । - रासस

Image result for prachanda

काठमाडौँ, कात्तिक ९ गते । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्डिया फाउण्डेशनले आयोजना गर्ने कार्यक्रममा भाग लिन आज भारतको नयाँदिल्ली प्रस्थान गर्नुभएको छ ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रमुख अतिथिका रूपमा पार्टीको अवधारणा प्रस्तुत गर्नुका साथै नेपाल–भारतबीचको सम्बन्धका बारेमा मन्तव्य दिनुहुनेछ । अध्यक्ष प्रचण्डको अन्य कुनै राजनीतिक भेटघाट नरहेको बताइएको छ । फाउण्डेशनले दक्षिण एशियाका साथै अन्तर्राष्ट्रियस्तरमा समेत विचार निर्माण गर्ने सन्दर्भमा भूमिका निर्वाह गर्दै आएको छ । गोवामा हुने भनिएको उक्त सम्मेलन केही दिनअघि मात्र दिल्लीमा हुने टुङ्गो लागेको थियो । कार्यक्रममा भाग लिन आफूलाई दुई महीनाअघि नै निम्ता प्राप्त भएको त्यसतर्फ जान लागेको आज प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष प्रचण्डले जानकारी दिनुभयो ।

उहाँको बिदाइका लागि महासचिव विष्णु पौडेल, नेताहरू अग्नि सापकोटा, दीनानाथ शर्मालगायत विमानस्थल पुग्नुभएको थियो । उहाँ आजै बेलुका स्वदेश फर्कनुहुनेछ । - रासस



मेडिकल क्षेत्रमा भिडियो एक्स-रे को प्रयोग हुनथालेको करिब ६ दशक भइसकेको छ ! नेपालमा पनि यसको प्रयोग प्राय: सबै सानोठूलो अस्पतालमा हुन्छ । एउटा रेडियोलोजिस्टले भिडियो एक्स-रे गर्दा दैनिक जसो कानमा पर्ने प्रश्नमध्ये एउटा हो 'डाक्टर साहब, यो भिडियो एक्स-रे कति पटक गर्ने हो ? अस्ति भर्खर गरेको फेरी गर्दा बचालाई केहि असर पर्ने हो कि ?'

यो जिज्ञासा सवैजसो रेडियोलोजिस्टहरु ले पनि धेरै सुन्नु भएको होला । त्यसले आम जानकारीका लागि यही विषयमा केही कुरा प्रस्तुत गर्न खोजिएको हो।

भिडियो एक्स-रे गर्भावस्थामा कम्तिमा १ पटक (भिडियो एक्स-रे को पहुँच नभएको वा अरु कुनै कठिनाई भएकोमा ) देखि ३ पटकसम्म गरिन्छ। पहिलोपटक पहिलो त्रैमासिक अर्थात् १२ हप्ता सम्म गर्भको दिन / समय तोक्न, मुटुको धड्कन र बच्चा बस्नेघर पाठेघरमा भए नभएको हेर्न । दोस्रोपटक दोस्रो त्रैमासिकमा बच्चाको अवस्था थाहा पाउन ( अंगभंग भएको वा राम्रोसँग बनेको वा नबनेको हेर्ने ) । दोस्रो त्रैमासिकको जाँच एकदमै महत्वपूर्ण र अनिवार्य हो । अरु समयको स्क्यान भए वा नभए पनि दोस्रो त्रैमासिकमा हुन अति आवश्यक छ । तेस्रो त्रैमासिकमा बच्चाको अवस्था, साल र पमनीको अवस्था हेर्न गरिन्छ । यी उल्लेखित कारण वा समय भन्दा अरु कारण र समयमा पनि भिडियो एक्स-रे गरिन्छ र गर्नु परेमा सुत्केरीलाइ हेर्ने गाइनेक्लोजिस्ट र रेडियोलोजिस्टको सल्लाह अनुरुप गर्न सकिन्छ।

सामान्यतया भिडियो एक्स-रेले मानव सरिरलै खासै हानी पुर्यासउने गरेको पाइएको छैन। अहिलेसम्म थाहा भएको मध्ये प्रमुख नकारात्मक प्रभाव कोसिकाहरु तात्तिनु हो तर २.५ डिग्री सेन्टिग्रेड भन्दा माथि भए मात्र हानी हुन्छ, त्यसभन्दा कम भएमा खासै नकारात्मक असर हुँदैन ! प्राय डायग्नोसटिक भिडियो एक्स-रे गर्दा अधिकतम १.५ डिग्री सेन्टिग्रेड(<२.५ ) सम्म तापमान बढ्ने रिसर्चमा उल्लेखित छ । तापमान बढाउने अर्को भिन्न भिडियो एक्स–रे गर्दा लाग्ने समय हो। जति लामो समय त्यत्तिनै तापक्रम बढ्छ। कति समयसम्म गर्दा कतिसम्म तापक्रम बढ्छ भन्ने कुरा मेसिनको थर्मल इन्डेक्स (टीआर्इ) बाट थाहा हुन्छ । यही टीआइबाट कति समयसम्म भिडियो एक्स-रे गर्दा हानी हुँदैन भन्ने थाहा हुन्छ। यो फरक–फरक मेसिनको फरक फरक हुने गर्छ तर विदेशका ठूला अस्पतालहरुमा गरिएको अनुसन्धान अनुसार अहिले प्रयोगमा आइरहेका मेसिनहरुले हानिकारक मात्रामा बढाउँदैनन्।

निस्कर्षमा, भिडियो एक्स-रे प्रयोग भएको यति लामो समयमा मानव शरीरलाई नकारात्मक असर पुर्याउने कुनै ठोस प्रमाण थाहा भएको छैन। युएसजी धेरैपटक गरेर गर्भावस्थाको प्रतिफल राम्रो हुने र कम गरेर नराम्रो हुने भन्ने हुँदैन। आमा र गर्भमा रहेको शिशुको स्वास्थ्यमा भिडियो एक्स-रेबाट पत्ता लाग्ने कुनै प्रकारको समस्या छैन भनेर यकिन गर्न, गर्भको प्रतिफल राम्रो हुनका लागि, शिशुलार्इ हानी नहुने गरी वा सकेसम्म कम हुनेगरी विशेषज्ञ चिकित्सकको सल्लाह बमोजिन भिडियो एक्स-रे को प्रयोग गर्नु पर्दछ।- डा आवेश कोइराला, रेडियोलोजिस्ट ,स्वास्थ्य खबर पत्रिकाबाट 

Image result for nepal prahari logo



काठमाडौँ, कात्तिक ८ गते । गृह मन्त्रालयले नेपाल प्रहरीका १७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरूको सरुवा तथा पदस्थापना गरेको छ ।
महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी मनोज न्यौपानेलाई प्रहरी प्रधान कार्यालय प्रहरी निरीक्षणालय, शेरबहादुर बस्नेतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, दिनेश अमात्यलाई लागूऔषध ब्युरो र शैलेश थापा क्षेत्रीलाई महानगरीय प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।
त्यस्तैं, नारायणसिंह खड्का प्रहरी प्रधान कार्यालय प्रवन्धमा, कमलबहादुर जिटी विशेष ब्युरो, पीताम्वर अधिकारी प्रदेश प्रहरी कार्यालय दाङ, हरिबहादुर पाल प्रदेश प्रहरी कार्यालय जनकपुर र विनोद शर्मा घिमिरे प्रहरी महानिरीक्षकको सचिवालय सरुवा हुनु भएको छ ।
डीआईजी विकास श्रेष्ठ साइवर ब्युरो, ठाकुरप्रसाद ज्ञवाली अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल, पूर्णचन्द्र जोशी राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय, तारिणीप्रसाद लम्साल सुरक्षा सेवा निर्देशनालय, निरजबहादुर शाही अपराध अनुसन्धान ब्युरो, प्रद्युम्नकुमार कार्की राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, हरिभक्त प्रजापति महिला तथा बालबालिका सेवा निर्देशनालय र सूर्यप्रसाद सुवेदी राष्ट्रिय सुरक्षा परिषदमा सरुवा हुनु भएको छ ।
प्रहरी प्रधान कार्यालयले वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीलाई केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारी तोकेको छ । उहाँ प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत हुनुहुन्छ ।
नेपाल प्रहरीबाट सम्पादित जनसरोकारका विषय एवं कामकारवाहीलाई पारदर्शी तथा जवाफदेही बनाई सर्वसाधारणसम्म पुरयाउन सुवेदीलाई प्रवक्ता तोकिएको प्रधान कार्यालयले जानकारी दिएको छ ।
 - गोरखापत्र समाचारदाता , गोरखापत्र दैनिकबाट 

Image result for सिंहदरबारमै बन्ने भयो संसद् भवन


काठमाडौँ, कात्तिक ८ गते । लामो समयको विवादपछि सङ्घीय संसद्को भवन सिंहदरबारस्थित पुतली बगैँचामा नै बन्ने निश्चित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको समेत निर्देशनमा सहरी विकास मन्त्रालयले पुतली बैगौँचामा नै भवन निर्माण गर्नेगरी भवनको डिजाइन निर्माण प्रक्रिया अगाडि बढाएको छ ।
मन्त्रालयले चालु आर्थिक वर्षभित्र बोलपत्र प्रक्रिया समेत अगाडि बढ्ने जनाएको छ । आफ्नो भवन नहुँदा अहिले सङ्घीय संसद्ले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भाडामा लिएर बैठक चलाइरहेको छ । तीन वर्षसम्म भवन निर्माण सक्ने लक्ष्य राखिएको छ ।
पुतली बगैँचाको सट्टा सेनालाई गृह मन्त्रालय पछाडि रहेको खाली जग्गा शोधभर्ना गर्नेगरी भवन निर्माणको प्रक्रिया अगाडि बढाइएको हो । त्यससका लागि सहरी विकास मन्त्रालयका सहसचिवको नेतृत्वमा संसद् तथा सेनाका समेत प्रतिनिधि रहेको समिति गठन गरिएको छ । भवन निर्माणको प्रक्रिया अगाडि बढाउन चालु वर्षको बजेटमा ४४ करोड रुपियाँ विनियोजन गरिएको छ ।
सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले भवन कहाँ बनाउने भन्ने अन्योल टुङ्गिएको बताउनुभयो । राईले भन्नुभयो, ‘भवन कहाँ बनाउने भन्ने अन्योल टुङ्गिएको छ । कहाँ बनाउने भनेर जग्गा खोजी भइरहेको थियो अब पुतली बगैँचामा नै बन्ने निश्चित भएको छ । छोटो समयमा निर्माण सक्नुपर्ने भएकाले कुन ‘मोडालिटी’बाट ठेक्का दिने भन्नेमा परामर्शमा छौँ । चालु वर्षभित्र भवन निर्माणको बोलपत्र प्रक्रिया पूरा हुन्छ ।’
हालसम्मको तयारी अनुसार पुतली बगैँचामा ‘अन्डरग्राउन्ड’सहित पहिलो र दोस्रो तला पार्किङका लागि प्रयोग गर्नेगरी भवन निर्माणको तयारी छ । भवनमा सिंहदरबार परिसर बाहेकबाट पनि प्रवेश गर्न मिल्ने व्यवस्था गरिँदैछ । भवनको कुल लागत भने मन्त्रालयले यकिन भइसकेको छैन ।
विसं. २०५५ सालदेखि नै पुतली बगैँचामा संसद् भवन बनाउने भनिए पनि सेनाले जग्गा छाड्न तयार नभएपछि लामो समय अन्योल कायमै थियो । संसद् र सेनाबीच जग्गाबारे पटक पटक औपचारिक पत्राचार भए पनि निष्कर्ष निस्किएको थिएन । पछिल्लो समय गृह मन्त्रालय पछाडिको जग्गा लिएर संसद्लाई जग्गा छाड्न भने सेना सकारात्मक थियो ।
आफ्नै भवन नहुँदा अहिले संसद्का बैठकहरू बानेश्नरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भाडामा लिएर चलाइँदै आएको छ । सिंहदरबारस्थित संसद्को ग्यालरी हल सानो भएपछि पहिलो संविधानसभामा सम्मेलन केन्द्र भाडामा लिई संविधानसभा बैठक सञ्चालन गरिएको थियो ।
ठूलो आकारमा संविधानसभा बनेपछि उक्त ग्यालरी बैठकमा लबी र आवश्यक आसन कक्ष सानो भएको थियो । २०६५ सालदेखि संसद्ले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडावापत नै झन्डै एक अर्ब रुपियाँ तिरिसकेको छ ।
सचिवालयले अहिले केन्द्रलाई वार्षिक करिब १० करोड रुपियाँ भाडा तिर्दै आएको छ । हाल सम्मेलन केन्द्रको सम्पूर्ण परिसर समेत उपयोग गर्नेगरी वार्षिक १५ करोडको भाडा सम्झौता भएको छ । तर, सम्मेलन केन्द्र व्यवस्थापन समितिले परिसरमा रहेका सबै कार्यालय हटाइसकेको छैन । उक्त परिसर समेत खाली भएपछि सचिवालयले वार्षिक १५ करोड रुपियाँ भाडा तिर्नुपर्नेछ ।
‘मन्त्री निवासमा विदेशी पाहुना’
मन्त्रालयले संसद् भवनसँगै प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई आवास दिनेगरी भवन निर्माणको प्रक्रियालाई पनि अघि बढाएको छ । आवास निर्माणका लागि भैँसेपाटीमा रहेको जग्गा उपयोग गर्ने निर्णय भइसकेको छ । प्रत्येक प्रदेशका प्रमुख र मुख्यमन्त्रीलाई दुई÷दुई रोपनीमा फैलिएको आवास निर्माणको योजना मन्त्रालयले अगाडि सारेको हो ।
‘समन्वय परिषदको बैठक लगायतमा आउदा बस्नेगरी प्रादेशिक गेष्ट हाउसको परिकल्पना गरिएको हो । प्रदेश प्रमुखसँगै मन्त्री निवास पनि भैँसेपाटीमा नै सार्ने योजना छ । प्रतिनिधिसभा सभामुख -उपसभामुख तथा राष्ट्रियसभा अध्यक्ष -उपाध्यक्षको निवास पनि त्यहीँ बनाउने योजना छ’ मन्त्री राईले भन्नुयो । उक्त जग्गा १२३ रोपनी रहेको छ ।
मन्त्रालयको योजना अनुसार हाल कायम रहेको पुल्चोकस्थित मन्त्री निवासमा भने विदेशी विशिष्ट पाहुनाका लागि अतिथि सत्कार तथा आवासका रूपमा प्रयोग गर्नेगरी नयाँ भवन बनाइनेछ । ‘स्टेट गेष्ट हाउस’का रुपमा भवन निर्माणका लागि अध्ययन भइरहेको छ । - नारायण काफ्ले , गोरखापत्र दैनिकबाट 

Image result for झापालाई मदिरा नियन्त्रित जिल्ला घोषणा गर्ने तयारी

सुरुङ्गा, कात्तिक ८ गते । अपराध नियन्त्रणका लागि १२ बुँदे प्रतिबद्धता जाहेर गर्दै झापाका १५ स्थानीय तहले आगामी माघ १ गतेदेखि झापालाई मदिरा नियन्त्रित जिल्ला घोषणा गर्ने तयारी गरेका छन् । जसका लागि जिल्लाका सात नगरपालिका र आठ गाउँपालिकाका जनप्रतिनिधिले बुधबार १२ बुँदे प्रतिबद्धता जाहेर गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिलको कार्यालय झापाले बुधबार यहाँ आयोजना गरेको ‘झापामा अपराधको स्थिति, कारणहरू र निराकरणमा सरोकारवाला निकायको भूमिका’ विषयक कार्यक्रममा सहभागी स्थानीय तहका जनप्रतिनिधिले प्रतिबद्धतामा हस्ताक्षर गर्दै झापालाई मदिरा नियन्त्रित जिल्ला घोषणा गर्ने तयारी गरेका हुन् ।

१२ बुँदे घोषणापत्रमा विद्यमान कानून कार्यान्वयन कडाइका साथ लागू गर्ने, मदिरा बिक्री केन्द्रको सङ्ख्या नियन्त्रण गर्ने तथा मदिरा बिक्री गर्ने समय राति १० बजेसम्मलाई संशोधन गर्न पहल गर्ने भनिएको छ । प्रतिबद्धताअनुसार अब मदिरा साँझ ८ बजेसम्म मात्र बिक्री वितरण गर्न पाइने छ । त्यस्तै तोकिएको उमेरका व्यक्तिलाई मात्र मदिरा बिक्री वितरण गर्ने व्यवस्थालाई कानूनद्वारा नियमन गर्न पहल गर्ने र मदिरा किन्न आउने व्यक्तिको समेत परिचय अनिवार्य गर्ने प्रतिबद्धतामा उल्लेख छ ।

यसैगरी जिल्लास्तरीय तथा नगर, वडास्तरीय मदिरा नियन्त्रण अनुगमन समिति बनाई निरन्तर अनुगमन गर्ने, अस्पताल, मन्दिर, शैक्षिक संस्थाको निश्चित दूरीभित्र मदिरा बिक्री वितरण गर्न रोक लगाउने कानूनी व्यवस्थालाई तत्काल कार्यान्वयनमा ल्याउन सामूहिक प्रतिबद्धता सुनिश्चित गर्ने, सञ्चारमाध्यमहरूले मदिराजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्ने प्रकृतिका सामग्री प्रकाशन प्रसारण गर्ने कार्यलाई विशेष प्राथमिकता दिइएको छ ।

नेपाल–भारत सिमानाको निश्चित ५०० मिटर दूरीभित्र मदिराजन्य पदार्थ बिक्री वितरण गर्न निषेध गर्न सामूहिक प्रतिबद्धता स्थानीय तहका जनप्रतिनिधिले सुनिश्चित गरेका छन् । मदिराजन्य पदार्थ उत्पादन गरी जीविकोपार्जन गर्ने परिवारको पहिचान गरी वैकल्पिक व्यवस्था गर्ने स्थानीय तहबाट विशेष पहल गरिने, नीति, निर्माण गर्ने कार्यान्वयन गर्ने र अनुगमन गर्ने निकायले आपसी समन्वयको आधारमा मदिरा नियन्त्रण कार्यलाई थप व्यवस्थित बनाउन सामूहिक सहकार्य अघि बढाउने प्रतिबद्धतामा उल्लेख छ । त्यस्तै १५ वटै स्थानीय तहले आपसी समन्वय गरी कम्तीमा एक÷एक सुधारगृह तथा पुनःस्थापना केन्द्र स्थापना गर्नेतर्फ आवश्यक पहल गर्ने प्रतिबद्धतामा उल्लेख छ ।

कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा झापा जिल्लाको अपराधको स्थिति र यसका प्रमुख कारणको विषयमा प्रकाश पार्दै जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जिल्लामा प्रत्येक वर्ष मदिरा सेवनका कारण आपराधिक घटना वृद्धि हुँदै गएको बताउनुभएको छ । ढकालद्वारा प्रस्तुत गरिएको कार्यपत्रमा आर्थिक वर्ष ०७४÷७५ मा एक हजार ६८७ मुद्दा दर्ता भएको उल्लेख छ । अघिल्लो आर्थिक वर्ष एक हजार ४०० र आर्थिक वर्ष ०७२÷७३ मा एक हजार १९७ मुद्दा दर्ता भएका छन् । तर, चालु आर्थिक वर्षको तीन महीनामै ३७६ मुद्दा दर्ता भएको ढकालद्वारा प्रस्तुत गरिएको कार्यपत्रमा उल्लेख छ । - गोरखापत्र दैनिकबाट 

Image result for विश्वकप ट्रफी शुक्रबार नेपाल ल्याइँदै

काठमाडौँ, कात्तिक ८ गते । इङ्ग्ल्यान्ड र वेल्समा आगामी वर्ष संयुक्तरूपमा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी० विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल ल्याइँदैछ ।

आइसिसीकी नेपाल प्रतिनिधि एवं क्यानकी पूर्व प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेका अनुसार विश्वकप ट्रफी बङ्गलादेशबाट शुक्रबार नेपाल आइपुग्ने छ । ट्रफी नेपालमा चार दिन राखिनेछ । नेपालमा रहँदा ट्रफीलाई स्वयम्भू, पोखरा र चन्द्रगिरिमा पुरयाइनेछ ।

पोखरा प्रिमियर लिग क्रिकेट ९पिपिएल०का लागि सबै खेलाडी र क्रिकेटसम्बद्ध व्यक्ति पोखरामा रहेकाले ट्रफी पोखरा लैजान लागिएको हो ।

त्यस्तै २८ गते आइतबार ट्रफीलाई काठमाडौँको चन्द्रागिरिमा लगेर प्रर्दशनीमा राखिनेछ । सोही दिन प्रधानमन्त्री र सर्वसाधारणलाई समेत ट्रफी देखाइने कार्यतालिका रहेको घिमिरेले जानकारी दिनुभयो ।

आइसिसीले विश्व भ्रमणको दौरान विश्वकप ट्रफी नेपालमा समेत प्रदर्शन गर्न लागेको हो । नेपालले एक दिवसीय मान्यता पाएको अवसरमा ट्रफीलाई नेपाल ल्याउन लागिएको हो ।

विश्वकपको ट्रफी निशान कम्पनीको सहायताले विश्वभर प्रदर्शन गरिदैछ । क्रिकेटको विश्वकप ट्रफी नेपालमा पहिलोपटक आउने लागेको हो । फुटबलको ट्रफी भने नेपालमा ल्याइसकिएको छ ।

एक सय दिने विश्व भ्रमणमा रहेको विश्वकप ट्रफी दुबईबाट शुरु भई ओमान, अमेरिका, वेष्टइण्डिज, श्रीलङ्का, पाकिस्तान र बङ्गलादेश हुँदै नेपाल ल्याउन लागिएको बताइएको छ ।

ट्रफी नेपालबाट भारत, न्यूजिल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड र जर्मनी हुँदै इङ्ग्ल्यान्ड लगिनेछ । विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिने आइसिसीले जनाएको छ । - रासस





काठमाडौँ, कात्तिक ८ गते । वातावरणको संरक्षण तथा पेट्रोलियम पदार्थमाथिको परनिर्भरतालाई कम गर्ने उद्देश्यसहित उपत्यकामा विद्युतीय बस सञ्चालनका लागि शुभारम्भ गरिए पनि ती बसहरूलाई चार्ज गर्ने ‘चार्जिङ स्टेसन’ निर्माण भने अनिश्चित देखिएको छ ।
नेपाल विद्युत् प्राधिकरणले प्राधिकरणको केन्द्रीय कार्यालय, रत्नपार्क परिसरमा एउटा चार्जिङ स्टेशन निर्माण गरेको छ तर त्यो प्राधिकरणको प्रयोजनका लागि मात्रै हो । त्यस बाहेक उपल्यकामा कुनै पनि ‘चार्जिङ स्टेसन’ छैनन् ।
साझा यातायात र लुम्बिनी विकास कोषद्वारा संयुक्त रुपमा सञ्चालनमा ल्याइएको विद्युतीय बसको प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार शुभारम्भ गर्नुुभएको थियो ।
मुलुकमा विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्नुपर्छ भन्ने कुरा सरकारी नीतिमै परे पनि साधनहरूको ‘चार्जिङ’ व्यवस्थाबारे भने अवधारणामात्रै छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीे ‘चार्जिङ स्टेसन’ निर्माण गर्नुपर्छ भने विषय अहिलेसम्म अवधारणागत रूपमा मात्रै रहेको त्यसका लागि काम अगाडि नबढेको बताउनुभयो ।
विद्युतीय सवारी साधनप्रति आमनागरिकको समेत आकर्षण बढ्दै गएको अहिलेको अवस्थामा ती सवारी साधनका लागि ‘चार्जिङ स्टेसन’ निर्माण गर्ने विषय राज्यले नीतिगत रूपमा नै ल्याउनुपर्नेमा अहिलेसम्म त्यस्तो नीति निर्माण निर्माण हुन नसकेको बताउनुभयो ।
उपत्यकालगायत मुलुकको विभिन्न ठाउँमा ‘चार्जिङ स्टेसन’ निर्माण गर्नुपर्छ भन्ने विषय अवधारणागत रुपमा आए पनि त्यसबारे नीति नियम निर्माण गर्ने, ‘चार्जिङ स्टेसन’ निर्माणका लागि अनुमति प्रदान गर्नेलगायतका काम विद्युत प्राधिकरणको नभई सरकारको रहेको उहाँले स्पष्ट पार्नुभयो ।
कहाँ कहाँ ‘चार्जिङ स्टेसन’ निर्माण गर्ने विषय पनि एकीन भएको छैन । प्राधिकरणको विद्युत् व्यापार विभाग प्रमुख समेत रहनुभएका अधिकारीले यातायात व्यवस्था विभागलगायतका सम्बन्धित निकायले यसबारे विशेष चासो लिनुपर्ने बताउनुभयो ।
‘चार्जिङ स्टेसन’ निर्माणका लागि सरकारको तर्फबाट प्राधिकरणलाई अहिलेसम्म कुनै नीति निर्देशन प्राप्त नभएको जानकारी समेत उहाँले दिनुभयो । राज्य र जनस्तरबाट समेत पेट्रोलियम पदार्थको भरपर्दो विकल्पको रुपमा विद्युतीय सवारी साधनको खरिद तथा प्रयोगका लागि सशक्त रुपमा पहल हुनुपर्ने बताउँदै उहाँले यो योजनालाई राज्यले नीतिगत रुपमा नै अगाडि बढाउनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।
साधारण चार्जर प्राविधिले एउटा सवारी साधन चार्ज गर्न पाँचदेखि सात घण्टासम्म लाग्ने गर्दछ भने ‘चार्जर स्टेसन’ बाट चार्ज गर्न बढीमा आधा घण्टा लाग्न सक्ने छ । एउटा ‘चार्जर स्टेसन’ निर्माण गर्न बढीमा सातलाख रुपियाँ लागत लाग्न सक्ने उहाँले बताउनुभयो ।
जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्बासेले पेट्रोलियम पदार्थको परनिर्भरतालाई कम गरी विजुलीमार्फत ऊर्जाको क्षेत्रमा आत्मनिर्भर बन्ने सरकारको नीति रहेको बताउँदै विद्युतीय सवारी साधनको चार्जका लागि ‘चार्जिङ स्टेसन’ निर्माणलगायतको विषयमा मन्त्रालय सकरात्मक रुपमा अगाडि बढिरहेको जानकारी दिनुभयो ।
उर्जा मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेले विद्युतीय सवारी साधनका लागि ‘चार्जिङ स्टेसन’ को परीक्षणको रुपमा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्याल परिसरमा ‘चार्जिङ स्टेसन’ निर्माण गरिसकिएको बताउँदै राजधानीको थप विभिन्न स्थानमा निर्माण गर्नका लागि गृह कार्य भइरहेको जानकारी दिनुभयो ।
साझा यातायात सहकारी संस्थाका अध्यक्ष कनकमणि दीक्षितले सञ्चालनमा आउने विद्युतीय बसहरू साझाको केन्द्रीय कार्यालयबाट पूर्ण चार्ज भएर हिँड्ने छन् र बुढानीलकण्ठबाट पुनः पूरा चार्ज गरी फर्किने व्यवस्था मिलाइने जानकारी दिनुभयो । राजधानीको अन्य ठाउँमा ‘चार्जिङ स्टेसन’ राख्नको लागि प्रक्रिया अगाडि बढाइएको उहाँले बताउनुभयो ।
त्यसैगरी, उहाँका अनुसार काठमाडौँ–लुम्बिनी सञ्चालन हुने विद्युतीय बसको चार्जका लागि ललितपुर, मुगलिङ, भरतपुर र लुम्बिनीमा ‘चार्जिङ स्टेसन’ राखिने छ ।
भारत, बेलायत, फ्रान्स, नर्वे लगायतका मुलुकले सन् २०३० सम्म विद्युतीय सवारी साधन प्रयोग गर्ने तथा डिजेल र पेट्रोलबाट चल्ने सवारी साधनमा पूर्णरुपमा प्रतिबन्ध लगाउने नीति लिएको छ । - भउचप्रसाद यादव , गोरखापत्र दैनिकबाट 





काठमाडौंँ, कात्तिक ८ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बुधबार बस्ने भनिएको केन्द्रीय सचिवालय बैठक तयारी नपुगेको भन्दै बिहीबार बिहानका लागि सारिएको छ । बैठकमा पार्टीको तल्लो निकायसम्मको एकता प्रक्रियालाई टुङ्गो लगाउनेगरी गृहकार्य अन्तिमचरणमा पुगेको भन्दै नेताहरूकै प्रस्तावमा बैठक सारिएको जानकारी दिइएको छ ।
प्रदेश, जिल्ला तथा अन्य कमिटीहरूको एकता प्रक्रियाका विषयमा छलफल गर्ने तयारी बैठकमा गरिएकाले त्यसको अन्तिम गृहकार्य भइरहेकाले बैठक बिहीबारसम्मका लागि सारिएको एक सदस्यले बताउनुभयो । बैठक बिहीबार ११ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ ।
यसअघिको सचिवालय बैठकले प्रदेश इन्चार्ज, सहइन्चार्ज तथा जिल्ला नेतृत्वका बारेमा निर्णय गरेको भए पनि बाँकी भ्रातृ सङ्गठनको एकता प्रक्रियाका विषयमा टुङ्गो लगाउन सकेको छैन । प्रदेश इन्चार्ज तथा सहइन्चार्जको निर्णयमा वरिष्ठ नेता माधवकुमार नेपालले असहमतिसहितको लिखित प्रस्ताव सचिवालयमा दर्ता गर्नुभएको थियो । तर प्रस्तावका बारेमा निर्णय गर्नु नपर्ने भन्दै सोमबार बसेको सचिवालय बैठकले टुङ्गो लगाएको थियो ।
पार्टी एकता घोषणा भएको पाँच महिना पूरा हुँदासमेत जनवर्गीय तथा अन्य भ्रातृ सङ्गठनको एकता प्रक्रियाले अन्तिमरुप लिन नसक्दा पार्टीका नेता तथा कार्यकर्ता तहबाटै नेतृत्वको आलोचना भइरहेको छ । पार्टीका तल्लो तहको एकता प्रक्रियाको गृहकार्य अन्तिमचरणमा पुगेकोले एकदिनका लागि बैठक सारिएको सचिवालय सदस्य वामदेव गौतमले बताउनुभयो ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार विष्णु सापकोटाकाअनुसार प्रधानमन्त्री केपी शर्मा ओली बुधबार अन्य कार्यक्रममा व्यस्त रहनु भएपछि बैठक बिहीबारका लागि सारिएको हो । पार्टी एकताको अन्य प्रक्रियाको गृहकार्य पनि सँगसँगै भइरहेकाले सम्बद्ध पक्षलाई विचार गर्दै बैठक एक दिनका लागि सारिएको हुनसक्ने उहाँले बताउनुभयो ।
चियापानको तयारी पूरा
पार्टी एकतापछि पहिलो पटक शनिबार हुनलागेको चियापान कार्यक्रमको सबै तयारी करिब पूरा भएको नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले बताउनुभयो । तयारीका बारेमा बुधबार पार्टीका महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य योगेश भट्टराई सहितका केही नेताहरुले चियापान हुने स्थान भृकुटीमण्डपको निरीक्षण समेत गर्नुभएको नेता श्रेष्ठले बताउनुभयो ।
विजयादशमी, दीपावली, नेपाल सम्बत तथा छठको अवसरमा आयोजना हुन लागेको चियापान कार्यक्रमका लागि करिब ५० हजार जनालाई निमन्त्रणा वितरण गरिएको नेता श्रेष्ठले बताउनुभयो । उहाँकाअनुसार १० गते मध्याह्न १२ देखि ५ बजेसम्म चियापानको कार्यक्रम तय भएको छ ।
३ बजेसम्म पार्टी नेता, कार्यकता तथा सर्वसाधारणका लागि र ३ बजेदेखि ५ बजेसम्म नेपालस्थित कूटनीतिक नियोगका प्रमुख, राजनीतिक दलका शीर्ष नेताहरु, संवैधानिक अङ्गका प्रमुखलगायत लाई आमन्त्रण गरिएको श्रेष्ठले बताउनुयभयो ।
तीनसय बढी स्वयम्सेवक परिचालन गरिने चियापान कार्यक्रमको सबै तयारी पूरा भएको नेता श्रेष्ठले बताउनुभयो । चियापानमा करिब ४० हजारको सहभागिता रहने पार्टाीको विश्वास रहेको नेता श्रेष्ठले सुनाउनुभयो । चियापानमा राष्ट्रपति, उपराष्ट्रपतिसहित पूर्व प्रधानमन्त्रीहरुलाई समेत आमन्त्रण गरिएको छ ।- गोरखापत्र समाचारदाता , गोरखापत्र दैनिकबाट 


                       सिट क्षमता २०, सीसीटीभीले गर्नेछ यात्रुको निगरानी



काठमाडौं , कार्तिक ६ गते । साझा यातायात प्रालिले काठमाडाैंमा विद्युत्तीय बस सेवा शुरू गरेको छ ।

ललितपुरको पुल्चोकस्थित हरिहर भवनमा आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान विद्युत्तीय बस सेवा सञ्चालनको उद्घाटन गरेका हुन् ।उपत्यकाको बढ्दो प्रदूषणलाई नियन्त्रण गर्ने उद्देश्यका साथ ५ वटा विद्युत्तीय बस सञ्चालनमा ल्याएको साझा प्रालिले जनाएको छ ।

विद्युत्तीय बसहरु चिनियाँ कम्पनीले निर्माण गरेका हुन् । साझाको व्यवस्थापनमा रहने ती बसहरु खरिदका लागि एडीबीले सहयोग गरेको साझा यातायातका निमित्त कार्यकारी प्रमुख महेन्द्रराज पाण्डेले जानकारी दिए ।

चालकसहित २० सिटको क्षमताका ती बसहरुमा सीसी क्यामेरा लडान गरिएका छन् । - अनलाइन खबरबाट 



काठमाडौं कार्तिक ६ गते । चीनले समुद्रमा विश्वकै लामो पुल बनाएको छ । हङकङ, झुहाई-मकाउ नामको यो पुलको लम्बाइ ५५ किलोमिटर छ । चिनियाँ राष्टपति शी जिनपिङले मंगलबार उदघाटन गरेको यो पुललाई बुधबारबाट सर्वसाधारणका लागि खुला गरिने छ ।

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाट झुझाई पुग्न करिब चार घण्टा यात्रा गर्नुपर्छ, तर अब यो पुलले चार घण्टाको दुरीलाई केबल ४५ मिनेटमा छोट्टाइदिएको छ । यस पुलबाट हरेक दिन करिब ४० हजार गाडी आवत-जावत गर्ने अनुमान छ ।

यो पुल बनाउन १२० अर्ब युआन खर्च भएको छ । यो खर्च हङकङ, मकाउ र झुझाइले बेहोर्ने छन् । यस परियोजनाको कन्सेप्ट सन् २००३ मा आएको थियो, तर सन् २००९ मा निर्माण शुरु गरिएको थियो । यो पुलबाट तीनवटै शहर केबल एक घण्टामा पुग्न सकिन्छ । यसबाट आर्थिक विकासमा पनि मद्दत पुग्ने अनुमान छ ।



चीनको सरकारी अखबार साउथ चाइना मोर्निङ पोस्टका अनुसार यस पुलमा चार लाख टनभन्दा बढी उच्च गुणस्तरको स्टिल प्रयोग गरिएको छ । यसले ८ रेक्टर स्केलको भूकम्पलाई थेग्न सक्छ । इन्जिनियरहरुका अनुसार यो पुलको आयु १२० वर्षभन्दा बढी छ ।

यो पुल बनाउन इन्जिनियरहरुलाई समुद्रभित्र चारवटा मानवनिर्मित द्वीप बनाउनु परेको थियो । यसको माध्यमबाट पुललाई जमिनसँग जोडियो ताकि समुद्रका ठूला छाल र आँधीहरुबाट पनि पुल नडमगाओस् ।



हङकङ-झुहाई-मकाउ पुल प्राधिकरणका सहनिर्देशक यू लीका अनुसार पुल निर्माणमा करिब १४ हजार मजदुरहरुलाई खटाइएको थियो । यसबाहेक सामान ओसारपसार गर्न समुद्रमा ३०० जहाज परिचालन भइरहे ।

समुद्रभित्र पनि पुल

यो पुललाई यस्तो किसिमले बनाइएको छ कि मकाउ-हङकङ र झुझाईको यातायात बिना कुनै रोकावट चलिरहने छ । छ लेनको यो पुलमा चार वटा सुरुङसमेत बनाइएको छ ।

पुल निर्माणको क्रममा यसको एउटा हिस्सा हङकङको व्यस्त एयरपोर्ट भएको मार्गसँग पनि जोडिएको थियो । यसैलाई ध्यानमा राखेर इन्जिनियर र कामदारहरुले पुलको करिब ६ दशमलव ७ किलोमिटर लामो हिस्सामा ३०-४० मिटरभित्र गहिराइमा रहेर काम गरे ।



हङकङ र मकाउ चीनका दुई अलग स्वायत्त क्षेत्र हुन् । चीनले यस पुलमार्फत् हङकङ र मकाउमा आफ्नो नियन्त्रणको राजनीतिक सन्देश दिएको आलोचकहरुले बताउने गरेका छन् ।

हङक र मकाउ दुवै सन् १९९० देखि चीनको नियन्त्रणमा छन् । यी दुवै ‘एक देश, दुई प्रणाली’को सिद्धान्तमा चल्दै आएका छन् जसले उनीहरुलाई ५० वर्षसम्म चीनबाट स्वतन्त्ररुपमा आफ्नो सरकारी तन्त्र चलाउने अनुमति छ । - अनलाइन खबरबाट 



काठमाडौं , कार्तिक ६ गते  । सन् २०१९ मा घुम्नलायक विश्वका उत्कृष्ट शहरहरुको सूचीमा काठमाडौं पाँचौ स्थानमा परेको छ । लोन्ली प्लानेटले निकालेको १० उत्कृष्ट शहरहरुको सूचीमा काठमाडौंले मेक्सिकोसिटी, सेनेगल, वाशिङ्गटन, क्रोयसिया र मोरक्कोलाई समेत पछि पारेको छ ।

पहिलो नम्बरमा डेनमार्कको राजधानी कोपनहेगन छ । दोस्रोमा चीनको शेनचेन, तेस्रोमा सर्भियाको नोभिसाद, चौथोमा फ्लोरिडाको मियामी छन् ।

तीन वर्ष अघिको भूकम्पबाट तहसनहस भएको काठमाडौं पुनर्निर्माणपछि पर्यटकहरुलाई स्वागत गर्न तम्तयार रहेको लोन्ली प्लानेटले जनाएको छ । हिमाल प्रवेश गर्ने ढोकाको रुपमा काठमाडौंलाई ब्याख्या गरिएको छ ।

साथै हर्न निषेध गरिएको, ऐतिहासिक क्षेत्रहरुमा गाडी प्रवेश गर्न बन्देज गरिएको, मध्यकालीन वास्तुकलाले सजिएको र रात्रि जीवन तथा खानाको लागि पनि काठमाडौं घुम्नलायक रहेको भनेर व्याख्या गरिएको छ ।
- अनलाइन खबरबाट 

                                      के हो थाइराइड ? किन लाग्छ यो रोग ?




थाइराइडको समस्या प्रायः वयष्क उमेरका मानिसहरुमा देखिने गर्छ । पछिल्लो समय थाइराइडसम्बन्धी समस्याबाट ग्रसित हुनेमा युवा, वयस्क र वृद्ध वृद्धामात्रै नभएर १८ वर्ष मुनिका बालबालिकासमेत रहने गरेका छन् ।

यो समस्या किन हुन्छ, धेरैलाई थाहा छैन । तथापि, नेपालमा थाइराइड सम्बन्धी समस्याबाट ग्रसित हुनेको संख्या उच्च हुने गरेको छ । अटो इम्युन समस्या तथा खानामा आयोडिनको मात्रा धेरै हुने कारणले पनि नेपालमा धेरैलाई थाइराइडको समस्या हुने गरेको चिकित्सकहरु बताउँछन् ।

पुल्चोकस्थित अल्का अस्पतालमा कार्यरत इन्डाक्राइनोलोजिस्ट डाक्टर प्रियदर्शिनी योञ्जन भन्छिन् ,‘खानामा आयोडिनको मात्रा धेरै भएमा यसले थाइराइड ग्रन्थी भत्काइदिन्छ । जसले गर्दा थाइराइडको समस्या निम्तने गर्छ’ ।

त्यसबाहेक, आयोडिनको कमी हुने ठाउँमा आयोडिनको कमी भएमा, थाइराइडको संक्रमण, विभिन्न किसिमका औषधीको प्रयोगका कारण पनि थाइराइड हुने गर्दछ ।

त्यस्तै, शरीरमा हर्मोनको उत्पादन बढी भई हाइपर थाइराइडिज्मको समस्या भएमा २० देखि ३० वर्ष उमेरका महिलाहरुमा थाइराइडको समस्या देखिन्छ भने हर्मोनको कमी भई हाइपोथाइराइडिज्मको समस्या भएमा ४०–५० वर्ष उमेर पार गरेका महिलाहरुमा पनि यो समस्या देखिने गर्छ ।

त्यसबाहेक, अटो इम्युनको समस्या भएमा पनि थाइराइडको सम्भावना उच्च हुने गर्छ ।

अटो इम्युन डिजिज भएमा शरीरको प्रतिरोधी क्षमताले शरीरको कुनै अंग (थाइरइड ग्रन्थी, मिर्गौला, छाला लगायतका अंगहरु) लाई नचिनेर उक्त अंगलाई भित्रबाटै भत्काईदिने वा उक्त अंगमा हमला गरिदिन्छ । र, थाइराइड लगायतको समस्या निम्तने गर्छ ।

अटो इम्युन समस्या हुनको लागि शरीरको संरचना त्यही तरीकाले बनेको हुनुपर्छ । तर अटो इम्युन समस्यालाई ट्रिगर गर्ने वातावरणीय समस्याहरु हुन्छ । जसमध्यको एउटा आयोडिन पनि भएकाले डाइटकै कारण अटो इम्युन समस्या भने पटक्कै हुँदैन ।

त्यसबाहेक, भाइरल रोगको संक्रमण, औषधीको सेवन, घाँटीमा रेडिएशन थेरापीको प्रयोगका कारण पनि थाइराइड हुने सम्भावना उच्च हुने गर्छ ।

नेपालमा थाइराइडबाट संक्रमित बालबालिकाको यकिन तथ्यांक छैन । तर एकदेखि दुई प्रतिशत बालबालिका तथा अठार वर्ष नाघेका करिब चार प्रतिशत वयष्कहरुमा थाइराइडको समस्या हुने गरेको विभिन्न तथ्यांकले देखाएको छ ।

के हो थाइराइड ?

समयमै उपचारद्वारा नियन्त्रण गर्न सकिने रोग भएका कारण थाइराइड हुँदैमा आत्तिहाल्नु पर्दैन । र, प्रजनन स्वास्थ्यमा पनि यसले खासै असर गर्दैन । तथापी, समयमै रोग पहिचान नभएको खण्डमा थाइराइडका कारण बाँझोपना हुने तथा गर्भ तुहिने भएकाले यसका लक्षण देखा परेमा भने एक पटक अवश्य थाइराइडको परीक्षण गराउनु पर्दछ ।

रगतमा थाइराइडको परीक्षणद्धारा थाइराइड पत्ता लाग्नुका साथै कस्तो किसिमको थाइराइड हो भन्ने समेत पत्ता लगाउन सकिने हुदाँ यो जाँचलाई निकै प्रभावकारी मानिन्छ ।

थाइराइड कुनै रोग नभएर घाँटीमा हुने एक प्रकारको ग्रन्थी हो । यो ग्रन्थीबाट थाइराइड हर्मोन उत्पादन हुन्छ, जसले शरीरलाई ताकत प्रदान गर्छ ।

कुनै कारणवस थाइराइड ग्रन्थीमा समस्या भएमा थाइराइडको समस्या हुने गर्छ । र, थाइराइडको समस्या दुई प्रकारको हुन्छ, हाइपर थाइराइडिज्म (हर्मोन कमीको समस्या) र हाइपो थाइराइडिज्म (हर्मोन बढी हुने समस्या) ।

थाइराइडको लक्षण

हाइपो थाइराइडिज्म भएमा शरीरको मेटाबोलिज्म (खानालाई शक्तिमा परिणत गर्ने ) कम हुने गर्छ । जसले गर्दा दुविधा बढ्ने, मुड ठीक नहुने, स्मरण शक्ति कमजोर हुने, चिडचिडापन हुने, अल्छी लाग्ने गर्दछ ।

थाइराइइडको लक्षण रोग अनुसार फरक हुने भएकोले यसको लक्षण पनि फरक फरक हुने गर्छ । शरीरमा हर्माेनको कमीका कारण हाइपोथाइराइडिज्म समस्या भएमा शरीरमा इनर्जी दिने हर्मोन को कमी हुने गर्छ । जसले गर्दा शरीर कमजोर हुने , थाक्ने गल्ने, काम गर्न जाँगर नचल्ने, छाला फ्रुुस्रो हुने, जीउ सुन्निने, तिव्र गतिमा तौल बढ्ने, गर्मी तथा चिसो छिट्टै महसुस हुने, कब्जियत हुने, अनिद्रा, कपाल झर्ने लगायतको समस्या निम्तने गर्छ ।

तर, यस्ता लक्षण आफैंमा वृहत भएकाले यस्ता लक्षण जोसुकैलाई देखिन सकिन्छ । विशेषगरी, महिलामा यो समस्या बढी हुन्छ ।

जब कि शरीरमा हर्मोनको मात्रा धेरै भएमा यसको लक्षण पनि ठीक उल्टो हुन्छ । जसले गर्दा शरीर दुब्लाउँदै जाने, हातखुट्टा काफ्ने, धेरै पसिना आउने, शरीर तात्ने, दिशा लाग्ने गर्दछ ।

एउटा सामान्य व्यक्तिमा थाइराइडकोे अपर रिफरेन्स रेन्ज ४.२ देखि ५.५ भएमा चिकित्सकहरु यसलाई सामान्य स्तर मान्ने गर्छन् भने बच्चाहरुमा टिएचएसको स्तर १० सम्म भएमा त्यसलाई सामान्य भन्ने गर्दछन् । बालबालिकामा यदी टिएचएसको स्तर १० भन्दा माथि भएमा त्यसलाई असामान्य भन्ने गरिन्छ । र , यस्तो अवस्थामा बालबालिकालाई तुरुन्तै औषधी सेवन गर्न सल्लाह दिइने गरिन्छ ।

थाइराइडका प्रकार

थाइराइड सामान्यतया दुई प्रकारको हुन्छ, हाइपर थाइराइडिज्म र हाइपो थाइराइडिज्म । थाइराइड ग्रन्थीले आवश्यक्ता भन्दा बढी मात्रामा थाइराइड हर्मोनको उत्पादन गरेमा त्यसलाई चिकित्सकीय भाषामा हाइपरथाइराइडिज्म भनिन्छ ।

त्यसैगरी, शरीरमा थाइराइड हर्मोनको कमी भएमा त्यसलाई हाइपोथाइराइडिज्म भनिन्छ ।

हाइपोथाइराईडिज्म र हाइपर थाइराईडिज्मको समस्या व्यक्तिपिच्छे फरक हुन्छ । तथापि, हर्मोनको उत्पादन हुने समस्याको तुलनामा हर्मोनको कमी हुने समस्या धेरै देखिने गर्छ । यो समस्या पुरुषको तुलनामा महिलामा धेरै हुन्छ ।

यो आणुवंशिक रोगसमेत भएकाले परिवारका कुनै व्यक्तिमा यो समस्या देखिएमा परिवारका अन्य सदस्यलाई पनि यो रोग लाग्ने सम्भावना उच्च हुन्छ । अझ यो रोग अटो इम्युन समस्याका कारण भएको हो भने आमाबाट छोराछोरीमा तथा दिदीबहिनीमा हुने सम्भावना उच्च हुन्छ ।

उपचार विधि


थाइराइडको उपचार रोग अनुसार फरक हुने भएकोले कुनै व्यक्तिलाई थाइराइडको समस्या भएमा सबैभन्दा पहिले कारण खोज्न जरुरी छ । त्यस पश्चात्त थाइराइडको समस्या कुन किसिमको हो ? निको हुने हो कि हैन ?

किनकि अटो इम्युनका कारण थाइराइडको समस्या भएमा यो रोग निको हुँदैन । जब कि, भाइरस संक्रमणका कारण थाइरोडाइटिस् भएमा ८० प्रतिशत व्यक्तिमा यो रोग आफंै निको हुने भएकाले रोगको पहिचान गरी उपचार छिटो गर्न जरुरी छ ।

अन्यको हकमा भने चिकित्सकको परामर्श अनुसार थाइरोक्सिन वा थाइरोनम नामक औषधीको सेवनद्वारा यो रोगलाई नियन्त्रण गर्न सकिन्छ ।

थाइरोक्सिन र थाइरोनम आफंैमा एक प्रकारको हर्मोन भएकाले यसको सेवनले शरीरलाई खासै असर गर्दैन । तथापि, हाइपर थाइराइडिज्म (थाइराइडको उत्पादन धेरै भएमा) को समस्या भएमा त्यसलाई नियन्त्रण गर्न केही समस्या हुने भएकाले यसको नियन्त्रणका लागि एन्टी थाइराइड हर्मोन दिइने गरिन्छ । त्यसका बाबजुद यदि कुनै कारणवस उक्त औषधीले काम नगरेको खण्डमा झोल आयोडिन वा रेडियो एक्टिभ आयोडिन समेत खुवाइने गरिन्छ ।

के गलत खानपानले पनि थाइराइड हुन्छ ?

यो रोग जीवनशैलीका कारण लाग्ने रोग नभएका मधुमेह, उच्च रक्तचापमा जस्तो यसमा डाइटको खासै भूमिका हँुदैन । तर, आयोडिनको मात्रा धेरै भयो भने यसले थाइराइडको समस्या निम्त्याउन सक्छ । यहाँ बुझ्न के जरुरी छ भने यो रोग जंकफुड, प्रोसेस्ड फुडकै कारण लाग्ने रोग भने पटक्कै हैन । त्यसैले, यसको प्रत्यक्ष सम्बन्ध पनि खानासित खासै हुँदैन ।

तथापि, पहाडतिर हुने गलगाँडको समस्या आयोडिनको कमीले गर्दा हुने भएकाले यो समस्या भएमा फोसिफेरस तरकारी जस्तै बन्दा, काउली लगायतका खानेकुरा नखान सल्लाह दिइने गरिन्छ । यसको कारण के हो भने यस्ता खानेकुराको सेवनले थाइराइडको फंसनमा असर गर्न सक्दछ ।

त्यो पनि शरीरमा आयोडिनको कमी छ वा गलगाँडको समस्या छ भने मात्र थाइराइडको समस्या ल्याउन सक्ने भएकाले त्यस्तो खानेकुरा नखान सल्लाह दिइने हो । तर बन्दा, काउली खाँदैमा थाइराइड हुन्छ नै भन्ने चाहिँ हुँदैन । - अनलाइन खबरबाट 

(यो सामाग्री थाइराइड तथा मधुमेह रोग विशेषज्ञ डा. प्रियदर्शनी योञ्जनसितको कुराकानीमा आधारित छ । उनी हाल पुल्चोकस्थित काठमाडौ डायविटिज एण्ड थाइराइड सेन्टरमा कार्यरत छिन् )

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget