Websoft University

www.radiomakalu.com || 021-522512


गच्छदारलाई सरकारमा जान गठबन्धन वा मोर्चाले नरोक्ने



काठमाडौ, साउन १३ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा तथा संघीय गठबन्धनले नेपाली काँग्रेस र नेकपा (माओवादी) केन्द्रको सत्ता गठबन्धनको सरकारमा जान मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई नरोक्ने जनाएको छ ।

आज संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालयमा बसेको गठबन्धनको बैठकपछि रातोपाटीसँग कुरा गर्दै तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले गच्छदारलाई सरकारमा जानबाट रोक्ने गठबन्धन वा मोर्चाको कुनै नीति नरहेको बताए ।

उनले भने, ‘कुनै व्यक्ति वा पार्टीको इच्छा होला कि विजयकुमार गच्छदार सरकारमा नजाओस्, तर गठबन्धन वा मोर्चाको यो निर्णय होइन ।’
सरकार काँग्रेस र माआवादीको हो, कसलाई सरकारमा लिने, कसलाई नलिने विषय उनीहरुको हो, आफूहरुले त्यसलाई रोक्न नसकिने उनको भनाई छ ।

साथै गठबन्धनले प्रस्तुत गरेको माग सम्बन्धमा सरकारी गठबन्धन स्पष्ट भएर नआएसम्म सरकारको बारेमा कुनै निर्णय नलिने नेता यादवले बताए ।
आफूहरुको मागको बारेमा ठोस प्रतिवद्धता आए मात्र सरकारलाई सहयोग रहने बताउँदै उनले सविधान संशोधन नभएसम्म सरकारमा जाने बारेमा कुनै निर्णय नहुने पनि बताए ।

फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारलाई सरकारमा जानबाट गठबन्धनका संयोजक उपेन्द्र यादवले रोकेको कुरा सञ्चारमाध्यममा पटक पटक आइरहेका छन् र त्यसको खण्डन कहि कतैबाट भएको छैन ।

पीडितका लागि तत्काल राहतको व्यवस्था गर्न माग

गठबन्धनको बैठकले बाढी पीडितका लागि तत्काल राहतको व्यवस्था गर्न माग गरेको छ ।
साथै बाढी भएको ठाउँमा पीडितलाई उद्धार तथा राहत प्रदान गर्न गठबन्धनले कार्यकर्ता परिचालन गर्ने निर्णय गरेको राष्ट्रिय मधेश समाजवादी पार्टीका प्रवक्ता केशव झाले बताए ।

बाढीका कारण करौडो रुपियाँको धनजनको क्षति भइसक्दा पनि राज्यले वेवास्ता गरेको प्रति गठडबन्धनले कडा आपत्ति जनाएको छ ।
साथै गाउँपालिका तथा नगरपालिका पुनः संरचनाका लागि गठन भएको आयोगले शुरु गरेको कार्य तत्काल रोक्नका लागि गठबन्धनले माग गरेको छ ।
प्रादेशिक संरचना टुगों नलाग्नेसम्म स्थानिय संरचना गर्न नहुने ठहर गठबन्धनले गरेको नेता झाले बताए ।-

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget