Websoft University

www.radiomakalu.com || 021-522512


राप्रपा नेपालले पनि प्रचण्डको पक्षमा मतदान गर्छः राणा



काठमाडौं, साउन १३ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले राप्रपा नेपालले पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा बन्ने सरकारको पक्षमा मतदान गर्ने बताएका छन् ।


बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष राणाले समर्थन गरेपनि सरकारमा सहभागी हुने वा नहुनेवारे भने निर्णय हुन बाँकी रहेको बताए । राप्रपा र राप्रपा नेपालबीच एकताको तयारी भइरहेको छ ।

उनले भने,‘सरकारमा जाने वा नजानेवारे अहिले छलफल जारी छ, सम्भवतः दुवै पार्टी छलफल गरेर हामी एउटै निश्कर्षमा पुग्छौं ।’ यसअघि राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि नयाँ सरकारमा आफ्नो पार्टी सहभागि हुने सक्ने बताएका थिए ।

केपी शर्मा ओली नेतृत्वको सरकारले जनतालाई राहत महशुस हुने खालका कुनै ठोस काम नगरेको, मधेशको मुद्दालाई हल नगरेको, संविधान कार्यान्वयन धिमा गतिमा अघि बढेको र पछिल्लो समय संसदबाट आर्थिक विधेयक असफल भएकाले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको स्पष्ट पारे ।

उनले अघि थपे,‘स्भाविक रुपमा अब ओलीजीको विरुद्धमा उभिएकाले अब बन्ने प्रचण्डको नेतृत्वको सरकारलाई समर्थन गर्छौं ।’

पछिल्लो समय नेपालको राजनीतिमा चीनियाँ कार्ड प्रयोग भइरहेको भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने,‘तासको पत्ताजस्तो तुरुप प्रयोग गर्नुहुँदैन, नेपालको परराष्ट्र नीति एउटै छ, हामी दुई छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गर्न चाहन्छौं ।’- रातोपाटीबाट  

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget