Websoft University

www.radiomakalu.com || 021-522512


November 2017


१ सय १० केन्द्रको मतपेटिका स्थलमार्गबाट ल्याइँदै


ताप्लेजुङ, मङ्सिर ११ गते । ताप्लेजुङको उत्तरी क्षेत्रमा रहेका दुई दुर्गम मतदान केन्द्रको मतपेटिका सोमबार नेपाली सेनाको हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको छ ।



विहान करिब साढे ७ बजे गएको हेलिकोप्टरले फक्ताङ्लुङ गाउँपालिका–७ मा रहेको ग्याब्ला प्रावि र याङ्मा आधारभुत विद्यालय मतदान केन्द्रको मतपेटिका सदरमुकाम ल्याएको हो ।

ग्याब्लामा ४९ मतदाता रहेका थिए भने २५ मत खसेको थियो । उता, याङ्मामा ५७ मतदाता छन् भने १६ मत खसेको थियो ।

ग्याब्ला, याङ्मा, ओलाङ्चुङगोला र घुन्साको मतपेटिका एकै चरणमा हेलिकोप्टरबाट ल्याउने प्रयास गरिए पनि ओलाङ्चुङगोला र घुन्सामा मौसममा आएको खराबीका कारण हेलिकोप्टर बस्न नसक्दा दुई स्थानको मात्रै मतपेटिका सदरमुकाम ल्याइएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले बताए ।

नेपाली सेनाको हेलिकोप्टर ताप्लेजुङस्थित नेपाली सेनाकै गुल्ममा राखिएकाले मौसममा सुधार हुन साथ ती दुई स्थानको पनि मतपेटिका सदरमुकाम ल्याइने प्रमुख जिल्ला अधिकारी मोहन जिसीको भनाइ छ ।



आइतबार भएको मतदानमा १ सय ३१ मतदाता रहेको घुन्सामा ५९ र २ सय २२ मतदाता रहेको ओलाङ्चुङगोलामा ९४ मत खसेको थियो । चारै स्थानमा जम्मा ४ सय ५९ मतदाता रहेकोमा १ सय ९४ मात्रै मत खसेको थियो ।

हिँडेर आउन कम्तिमा ४ दिन लाग्ने भएकाले खसेको १ सय ९४ मत सदरमुकाम ल्याउन लाखौं खर्चिएर सरकारले हेलिकोप्टर प्रयोग गर्नु परेको हो ।

यता, १ सय १४ केन्द्रमध्ये चार केन्द्रको बाहेक १ सय १० केन्द्रको मतपेटिका भने स्थल मार्गबाट सदरमुकाम आइरहेको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले बताए ।

उनका अनुसार हेलिकोप्टरबाट ल्याइएका दुई केन्द्रसहित ३८ केन्द्रको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय आइपुगेको छ ।- रविन भट्टराई,





नेपालले आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरण अन्तर्गत युएईबिरुद्धको खेलका लागि राष्ट्रिय टोलीको घोषणा गर्दा एकजना लेफ्ट हृयाण्डेड ब्याट्सम्यानले स्थान पाएका छन् ।


नेपाली टोलीमा बाँया हाते ब्याट्सम्यानको खोजी भइरहेका बेला बायाँ हाले ओपनिङ ब्याट्सम्यान दिलिप नाथले टिममा पुनरागमन गरेका छन् । गत वर्ष भएको एसीसी इमर्जिङ नेशन्स कप क्रिकेटमा नेपाली टोलीमा परेका नाथ त्यसयता राष्ट्रिय टिममा स्थान बनाउन संघर्षरत थिए ।

राष्ट्रिय टिममा दिलिप नाथको प्रवेशले लामो समयदेखि नियमित विकेट किपरको अभाव झेलेको नेपालको यो समस्या पनि हल भएको छ । एसीसी इमर्जिङ टिम्स कपमा नाथले दुई खेल खेलेका थिए । उनले बंगलादेशबिरुद्ध ४१ र हङकङबिरुद्ध १२ रन बनाएका थिए ।

यसैगरी भेट्रान स्पिनर शक्ति गौचन टिममा फर्किएका छन् । इन्ज्यूरीका कारण उनले हङकङबिरुद्धको खेलमा आराम लिएका थिए । दिलिप नाथ र शक्ति गौचनको आगमनपछि अघिल्लो पटकको टिममा रहेका नरेश बुढायर र सुशील कँडेल बाहिरिएका छन् ।

आइसीसी प्रतिनिधि अनिमुल इस्लाम, टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले ४ अतिरिक्त खेलाडी सहित १८ जनाको नेपाली टोली घोषणा गरेका हुन् ।

नेपाली टोलीका सदस्यहरुमाः पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उप-कप्तान), शक्ति गाैचन, बसन्त रेग्मी, शरद भेषावकर, बिनोद भण्डारी, सोमपाल कामी, सागर पुन, मोहम्मद आरिफ शेख, करण केसी, सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी, दिलिप नाथ र ललित भण्डारी छन् ।

त्यस्तै चार अतिरिक्त खेलाडीमा कुशल भुर्तेल, अनिल कुमार साह, जितेन्द्रकुमार मुखिया र सिद्धान्त लोहनी छन् । चारमध्ये कुशल र अनिलमात्र युएई भ्रमणमा जानेछन् ।



नेपालले मंसिर २० र २२ गते युएईसँग २ खेल खेल्नेछ । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट बाहिरिइसकेको नेपालका लागि अन्तिम खेल प्रतिष्ठाको लागि मात्र हुनेछ ।

त्यसअघि नेपालले मंसिर १५ गते अमेरिका र १७ गते केन्यासँग दुई अभ्यास खेल खेल्नेछ । नेपाली टोली बुधबार युएई प्रस्थान गर्नेछ ।- अनलाइनखबर


कम्युनिस्टले बहुमत पाए अधिनायकवाद आउँछः देउवा


तेह्रथुम, मङ्सिर ११ गते । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न चुनावमा जनताले कम्युनिस्टहरुलाई बहमुत दिए फेरि नेपालमा चुनाव नै नहुने आरोप लगाएका छन्।
यो चुनाव संसदीय व्यवस्थासहितको लोकतन्त्र कि एकदलीय व्यवस्थाको तानाशाही शासन? भन्ने जनमत संग्रह नै भएको भन्दै प्रधानमन्त्री देउवाले कांग्रेसले हारे लोकतन्त्रले हार्ने र मुलुकमा एकदलीय तानाशाही व्यवस्था आउने दावी गरे।
सोमबार तेह्रथुमको म्याङ्लुङमा आयोजित नेपाली कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले ‘लोकतन्त्रमा नागरिकले स्वतन्त्रतापूर्वक बाँच्न पाउने, लेख्न पाउने, बोल्न पाउने, फरक विचार राखेर आन्दोलन गर्न पाउने अधिकार राख्छन्, तर कम्युनिस्टको साम्यवादी शासनमा नागरिकले स्वतन्त्ररुपमा हिँडडुलसमेत गर्न पाउँदैनन्”, भने।
वाम गठबन्धनले बहुमत पाए अहिलेको संविधान खारेज गरेर साम्यवादी कम्युनिस्ट शासन लागू गर्ने योजनामा रहेका प्रधानमन्त्री देउवाको तर्क छ। “नेपाली काँग्रेसबाहेक बहुदलीय प्रजातन्त्रमा विश्वास गर्ने कुनै पनि प्रजातान्त्रिक पार्टी छैन”, प्रधानमन्त्री देउवाले भने, “नेपाली काँग्रेसले हार्दा प्रजातन्त्र हार्छ, त्यसैले यो चुनाव जित्न आवश्यक छ ।”
प्रधानमन्त्री देउवाले जुझारु, क्रियाशील र जनजाति महिला नेत्री सीता गुरुङलाई जिताएर जिल्लाको विकास र समृद्धिलाई अगाडि बढाउन आग्रह गरे।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनबाट देशमा अनिष्ट आउने दाबी गर्दै कम्युनिस्टहरु सधैँ हिंसाको बाटोतर्फ अग्रसर रहने अरोप लगाए। नेता पौडेलले कम्युनिस्टहरु समस्या उब्जाउन मात्रै जान्ने तर समाधान गर्न नजान्ने भन्दै कांग्रेसले सधैँ समस्याको समाधान गरी विकासलाई अगाडि बढाउन भूमिका निर्वाह गर्दै आएको बताए।
‘‘राजा महेन्द्रले पनि संसदीय व्यवस्था खोस्न खोजेका थिए, वामपन्थीले पनि संसदीय व्यवस्था खोस्न खोजेका छन्, यो व्यवस्था कुनै पनि हालतमा खोसिँदैन”, वरिष्ठ नेता पौडेलले भने।
भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री एवं तेह्रथुमबाट प्रतिनिधिसभाकी उम्मेदवार सीता गुरुङले जिल्लाको विकास र समृद्धि कांग्रेसको नेतृत्वमा मात्रै सम्भव हुने भन्दै आफूले समानुपातिकबाट सांसद हुँदा प्रत्यक्ष निर्वाचितभन्दा बढी काम गरेर देखाएको बताइन्।- रासस

शिक्षा विकासको सय वर्ष

मानिसको जीवनमा सय वर्षको अवधिलाई निकै लामो समयको रूपमा लिने गरिन्छ । शैक्षिक विकासको दृष्टिले हेर्दा यस अवधिलाई प्रगतिको मापन गर्ने आधारका रूपमा लिइन्छ । आजभन्दा ठीक सय वर्षअघि १९७४ मा नेपालमा राणा प्रधानमन्त्री चन्द्रशमशेरको शासनकाल थियो । त्यस वर्ष चन्द्रशमशेरले खड्ग निशाना छाप सार्वजनिक गरेका थिए । विद्यालयको निम्ति आर्थिक सहयोग प्राप्त गर्न वा विद्यालयको नाम राख्न खड्ग निशाना छापको आवश्यकता पर्दथ्यो ।

           प्रा.डा. श्रीरामप्रसाद उपाध्याय            
                                                               नेपालको शैक्षिक इतिहासमा १९७५ लाई महत्वपूर्ण वर्षको रूपमा लिइन्छ । यस वर्ष देशमा पहिलोपटक उच्च शिक्षा प्राप्त गर्ने स्थलको रूपमा त्रिभुवन चन्द्र कलेज अर्थात् त्रिचन्द्र कलेजको स्थापना भएको थियो । साथै त्यसै वर्ष कलकता विश्वविद्यालयले आईए र बीएको पाठ्यक्रममा नेपाली भाषालाई प्रमुख भाषाको रूपमा मान्यता दिएको थियो ।

१९७७ सालमा पाठशाला बन्दोबस्त इन्स्पेक्टरी अफिसको स्थापना गरिएको थियो । त्यस वर्ष नेपाली साहित्यको इतिहासमा एउटा दुःखद घटना भयो । त्यस वर्ष मकैको खेती लेखेबापत सुब्बा कृष्णलाल अधिकारीलाई चन्द्रशमशेरले कठोर कारागार सजाय दिएका थिए । यिनको मृत्यु कारागारमै भएको थियो ।

१९८७ सालमा भीमशमशेरको प्रधानमन्त्रीत्वकालमा नेपालमा सर्वप्रथम टेक्निकल स्कुलको स्थापना भएको थियो । त्यसको ठीक दुई वर्षपछि १९८९ सालमा कृषि स्कुल स्थापना भएको थियो । विद्यालय शिक्षा विकासमा जुद्धशमशेरको पनि महत्वपूर्ण योगदान रहेको थियो । यिनकै प्रधानमन्त्रीत्वकालमा १९९० सालमा एसएलसी परीक्षा बोर्डको स्थापना भएको थियो ।

यसको तीन वर्षपछि १९९३ मा शिक्षा बोर्डको गठन गरियो । शिक्षा बोर्डको स्थापना भएको एक वर्षपछि नै १९९४ मा पास जाँच अड्डाको नयाँ सवाल प्रकाशित गरियो । यसअनुसार मध्यम परीक्षा क मेल र ख मेल गरी दिन पाइने व्यवस्था गरियो । १९९६ सालमा शिक्षासम्बन्धी इस्तिहार जारी गरिएको थियो ।


सय वर्षको शिक्षा विकासको समीक्षा गर्ने हो भने सन्तोष मान्नुपर्ने धेरै विषय छन् भने सुधारका पनि प्रशस्त गुन्जायस छन् ।

२००४ सालमा पद्मशमशेरको शासनकालमा आधार शिक्षण केन्द्र स्थापना गरिएको थियो । देशका विभिन्न भागमा १४ वटा आधार स्कुल स्थापना गरिएको थियो । त्यसको एक वर्षपछि २००५ सालमा विश्वविद्यालय योजना सभा गठन गरियो । २००७ सालमा प्रजातन्त्रको आगमनका साथै शिक्षा मन्त्रालय स्थापना भएको थियो । त्यसको एक वर्षपछि २००८ सालमा पुरातत्व विभागको स्थापना भयो ।

नेपालको शैक्षिक इतिहासमा २०१० सालको आफ्नै विशिष्ट स्थान रहेको थियो । यसै वर्ष शिक्षा समितिको गठन, शिक्षा विधान २०१०, नेपाल राष्ट्रिय शिक्षा योजना आयोग २०१०, डिभिजन इन्स्पेक्टर अफ स्कुलको पहिलो गोष्ठी, शिक्षकको निम्ति पोस्ट बेसिक ट्रेनिङजस्ता शैक्षिक कार्यक्रम सञ्चालन भएका थिए ।

२०१० सालपछिको दुई दशक पनि शिक्षाको इतिहासमा महत्वपूर्ण रहेको थियो । २०११ सालमा नेपालमा शिक्षा नामको पहिलो शैक्षिक प्रतिवेदन सार्वजनिक गरिएको थियो । त्यसपछि २०१२ सालमा शिक्षा सामग्री केन्द्र स्थापना भएको थियो । २०१३ सालमा योजनाबद्ध प्रौढ शिक्षाको सुरुआत भएको थियो । २०१६ सालमा शिक्षा क्षेत्रमा दुइटा महत्वपूर्ण काम भएका थिए । पहिलो काम त्रिभुवन विश्वविद्यालको स्थापना र दोस्रो नेसनल एजुकेसनल काउन्सिलको गठन थियो ।

त्यसैगरी २०१८ सालमा पनि दुइटा महत्वपूर्ण काम भएका थिए । पहिलो काम सर्वांगीण राष्ट्रिय शिक्षा समितिको गठन र प्रतिवेदन प्रस्तुत र दोस्रो काम परीक्षा नियन्त्रण कार्यालयको व्यवस्थापन गर्नु थियो । २०१९ सालमा शिक्षा ऐन र त्यसको एक वर्षपछि झापाको बुधबारेमा निःशुल्क प्राविधिक शिक्षाको थालनी गरिएको थियो । २०२३ सालमा चारवटा महत्वपूर्ण काम भएका थिए । पहिलो काम नेपालमा पहिलोपटक शिक्षा नियमावली सार्वजनिक, दोस्रो अध्यापन अधिकार पत्रको व्यवस्था, तेस्रो संस्कृत शिक्षामा सुधार गर्नको निम्ति परामर्श दातृ समितिको गठन र चौथो साइन्स टिचिङ इनरिचमेन्ट प्रोग्राम अर्थात् स्टेप लागू गर्न यूसआईडीसँग सम्झौता गर्नु थियो ।

२०२४ सालमा शिक्षा सामग्री केन्द्रको उद्घाटन र राष्ट्रिय शिक्षा सल्लाहकार परिषद्को गठन भएको थियो । त्यसको एक वर्षपछि शिक्षा ऐन जारी गरिएको थियो । शिक्षा ऐन जारी भएको तेस्रो वर्ष २०२७ सालमा शिक्षा नियम जारी हुनुका साथै अञ्चल शिक्षा अधिकारी कार्यालय खारेज गरिएको थियो । नेपालको शैक्षिक विकासमा २०२८ सालको पनि आफ्नै विशेषता छ । यस वर्ष शिक्षा क्षेत्रमा तीन वटा महत्वपूर्ण काम भएका थिए । पहिलो राष्ट्रिय शिक्षा पद्धतिको योजना लागू हुनु, दोस्रो शिक्षा ऐन २०२८ को कार्यान्वयन र तेस्रो महिला शिक्षामा समान पहुँच कार्यक्रम लागू हुनु थियो ।

२०३० सालमा विशेष शिक्षा परिषद्को गठन र त्यसको दोस्रो वर्ष निःशुल्क प्राथमिक शिक्षा घोषणा गरिएको थियो । २०३७ सालमा रेडियोबाट शिक्षक तालिम प्रसारण हुनुका साथै निजी क्षेत्रमा विद्यालय तथा क्याम्पस खोल्ने अनुमति दिइयो । त्यसको एक वर्षपछि २०३८ सालमा पाठ्यक्रम कार्यान्वयन योजना लागू गरिएको थियो ।

२०३८ सालपछिको दुई दशक पनि उपलब्धिमूलक मानिन्छ । यस अवधिमा शाही उच्च शिक्षा आयोगको गठन, एसियाली विकास बैंकको सहयोगमा विज्ञान परियोजना लागू, विश्व बैंकको ऋण सहयोग र युनिसेफको प्राविधिक सहयोगमा प्राथमिक शिक्षा परियोजना लागू हुनु थियो ।
२०४३ सालमा दाङको बेलझुन्डीमा संस्कृत विश्वविद्यालयको स्थापना, उच्च माध्यमिक शिक्षा ऐन जारी, उच्च माध्यमिक शिक्षा परिषद् गठन, २०४८ सालमा निजी क्षेत्रको पहिलो विश्वविद्यालय काठमाडौं विश्वविद्यालयको स्थापना, २०४९ मा राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक र उच्च माध्यमिक शिक्षा सञ्चालन जस्ता काम भएका थिए ।

२०४९ पछिका वर्ष पनि उपलब्धिपूर्ण मानिन्छ । यस अवधिमा मदरसा जाँचबुझ कार्य समितिको गठन, उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक, शिक्षासम्बन्धी उच्चस्तरीय कार्य समितिको प्रतिवेदन सार्वजनिक, शिक्षा ऐन सातौं संशोधनमार्फत सामुदायिक र संस्थागत विद्यालय गरी दुई किसिमको विद्यालयको व्यवस्था र कक्षा १ देखि अंग्रेजी शिक्षा अनिवार्य गर्नेजस्ता काम भएका थिए ।

२०६० पछिका एकदशक शैक्षिक विकासमा मन्द गति भए पनि २०७० पछि यस क्षेत्रमा उत्साहजनक प्रगति भयो । २०७० सालमा शिक्षा मन्त्रालयको पुनर्संरचना हुनुका साथै २०५६ सालदेखि रोकिएको शिक्षक सेवा आयोगको लिखित परीक्षा प्रारम्भ भयो ।

२०७० सालपछिका चार वर्षमा एकपछि अर्को गरी निरन्तर रूपमा विद्यालय शिक्षामा सुधार हुँदै गएको पाइन्छ । त्यस्ता सुधारमा एसएलसी परीक्षामा लेटरगे्रडिङ पद्धति प्रयोग गर्ने निर्णय, प्राविधिक शिक्षा धारको विद्यार्थीको नतिजा लेटरगे्रडिङ पद्धतिमा प्रकाशित गर्ने र शिक्षा ऐनको आठौं संशोधनअनुसार राष्ट्रिय परीक्षा बोर्ड गठन हुनु हो ।

शिक्षा ऐनको आठौं संशोधन भए पनि नियमावली सार्वजनिक हुन नसक्नु दुःखदायी हो । एसएलसी परीक्षालाई माध्यमिक शिक्षा परीक्षा (एसईई) नाम दिएको छ । यसअनुसार एसईईमा लेटरगे्रडिङ पद्धति लागू गरिएको छ । २०७४ सालमा खुला विश्वविद्यालय खोलिएपछि हाल विश्वविद्यालयको संख्या १० पुगेको छ ।

आजभन्दा झन्डै सय वर्षअघि स्थापना भएको त्रिचन्द्र कलेजले उच्च शिक्षाको ढोका खोलिएको थियो । यस सय वर्षको शिक्षा विकासको समीक्षा गर्ने हो भने सन्तोष मान्नुपर्ने धेरै विषय छन् भने सुधारका पनि प्रशस्त गुन्जायस छन् । यसको निम्ति हामी सबैले हातेमालो गरी अगाडि बढ्नुपरेको छ ।





धादिङ ,  मङ्सिर ११ गते ।   प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन २०७४ अन्तर्गत धादिङका उत्तरी क्षेत्रहरूबाट हेलिकप्टरमा राखेर मतपेटिका सदरमुकाम ल्याइएको छ।

नेपाली सेनाको हेलिकप्टरबाट उत्तरी धादिङको रुवीभ्याली गाउँपालिकाका अधिकांश मतदान केन्द्रहरूबाट हेलिकप्टरमा मतपेटिएका ल्याइएको हो। सोमबार दिनभर ४ फ्लाइट गरेर सडक सञ्जालले छुन नसकेको रुवीभ्याली गाउँपालिका र गंगाजमुना गाउँपालिकाबाट मतपेटिका सदरमुकाम ल्याइने प्रमुख जिल्ला अधिकारी श्याम प्रसाद भण्डारीले जानकारी दिए।

मुख्य निर्वाचन अधिकृत उमेश कोइरालाका अनुसार रुवीभ्याली गाउँपालिका र गंगाजमुना गाउँपालिका अन्तरगत पर्ने १७ वटा मतदान केन्द्रका ५१ वटा मतपेटिका हेलिकप्टरबाट ल्याइँदै छ। दुईवटा निर्वाचन क्षेत्र रहेको धादिङमा १ नम्बर निर्वाचन क्षेत्रबाट राति ३ बजेसम्म लगाएर मतपेटिका सदरमुकाम ल्याइएको थियो।

२१ गतेबाट मात्रै मतगणना हुने भएकाले मतपेटिकालाई कडा सुरक्षाकाबीच राखिने प्रमुख जिल्ला अधिकारी भण्डारीले जानकारी दिए। ‘राजनीतिक दलका प्रतिनिधि बस्न चाहेको खण्डमा उनीहरूलाई पनि राखिन्छ, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको तीन घेरा सुरक्षाकाबीच मतपेटिकालाई सुरक्षा दिइने छ।’

हेर्नुस् तस्बिरहरू













अन्नपूर्ण बाट , मनिष दुवाडी

आतंकवादलार्इ सघाउने राष्ट्रको सूचीमा राखेकोमा उत्तर कोरिया आक्रोशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई आतंकवादी गतिविधिमा लगानी गर्ने राष्ट्रका रूपमा हालै राखेकोमा उत्तर कोरियाले विरोध गरेको छ ।अमेरिकाले बिनाआधार आफूमाथि यस्तो आरोप लगाएको प्रतिक्रिया दिँदै उत्तर कोरियाले यस आरोपलाई अमेरिकाको उत्तेजना फैलाउने काम गरेको बताएको छ ।
अमेरिकाले यसअघि पनि यस्ता आरोपहरू लगाउने गरेको तर ती प्रमाणित नभएको पनि उत्तर कोरियाले स्पष्ट पारेको छ । यस खालका प्योङयाङविरोधी अभियानले आफ्नो देशको आणविक कार्यक्रमको विस्तारका क्षेत्रमा कुनै पनि असर नपर्ने पनि बताएको छ । यसका साथै उत्तर कोरियाले आफ्नो देशको आतंकवादसँग कुनै पनि सम्बन्ध नरहेको स्पष्टीकरण पनि दिएको छ।
उसले भनेको छ, ‘आतंकवादसँग सम्बन्धै नरहेका हामीलाई आतंकवादी बनाउने प्रयास गरिएको छ । त्यसैले अमेरिकाले हामीलाई आतंकवादलाई सघाउने मुलुकको सूचीमा राख्नु र नराख्नुको कुनै पनि अर्थ छैन ।’ त्यसैगरी अमेरिकी सैन्य बलले दक्षिण कोरियाका लागि ६ वटा लडाकु जहाज दिने भएको समाचारको पनि कडा शब्दमा विरोध गरेको छ ।
आगामी महिना ती जेट विमानहरू अमेरिकाले दक्षिण कोरियालाई दिने भएको हो । अमेरिका र दक्षिण कोरियाबीच संयुक्त रूपमा हुने सैन्य अभ्यासको लागि प्रयोग गर्न ती लडाकु जेट विमान पठाउन लागिएको हो । उत्तर कोरियाले अमेरिकाको यस घटनाको पनि विरोध गरेको छ । उसले भनेको छ, ‘ती विमानहरू अमेरिकाले दक्षिण कोरियालाई दिएको भनेर बताउनु भन्दा पनि सैन्य अभ्यासमा प्रयोग गर्ने र उत्तर कोरियाका विरुद्धको अभ्यासमा प्रयोग हुने हुन् ।’
अमेरिकी लडाकु विमान जापानको ओकिनावा हवाई केन्द्रबाट कडेना हवाई शिविर हुँदै दक्षिण कोरियास्थित दक्षिण कोरिया र अमेरिको संयुक्त सैन्य अभ्यास स्थलसम्म पुर्‍याइने बताइएको छ । पछिल्लो समयमा जापान, दक्षिण कोरिया र अमेरिकासँग पनि उत्तर कोरियाको सम्बन्ध बिग्रिएको छ।
उत्तर कोरियाले जारी राखेको आणविक कार्यक्रमका कारण यस्तो अवस्था आएको हो । जसले गर्दा अमेरिका र उत्तर कोरियाले एक अर्काका विरुद्धमा निकै कडा अभिव्यक्ति दिँदै आएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पको हालै भएको दक्षिण कोरिया, जापान र चीनको भ्रमणका समयमा पनि राष्ट्रपति टम्पले उत्तर कोरियाको निकै आलोचना गरेका थिए ।- एजेन्सी 




चितवन,  मङ्सिर ११ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई अस्थिरताको दुश्चक्रबाट मुक्त बनाउन वामगठबन्धन गरिएको बताउनुभएको छ ।

माडीको वसन्तपुरमा आज आयोजित चुनावी सभामा राजनीतिक अस्थिरताका कारण देशको विकास हुननसकेको बताउँदै उहाँले वाम गठबन्धले नै अस्थिरता अन्त्य गर्ने बताउनुभएको हो ।

सिंगो राष्ट्रको आर्थिक तथा सामाजिक विकासका लागि आफूले निर्वाचनमा भाग लिएको र माडी क्षेत्रबाटै विकासको शुरुवात हुने भन्दै अध्यक्ष प्रचण्डले ठोरी–केरुङ राजमार्ग, जंगली जनाबर र मानवबस्ती बीचको द्वन्द्व अन्त्य गर्ने, माडी क्षेत्रमा चक्रपथ तथा कृषि सडक निर्माण गर्ने, कृषिको आधुनिकिकरण गर्ने, खोलाको तटबन्ध निर्माणलगायतका काम तत्काल शुरु गर्ने प्रितिबद्धतासमेत व्यक्त गर्नुभयो । (रासस)



काठमाडौँ, मङ्सिर ११ गते । पूर्वसभामुख तथा नेपाली काँग्रेसका नेता दमननाथ ढुंगानाले राजनीतिलाई पेशा नबनाउन दलका नेतासँग आग्रह गर्नुभएको छ ।

नेपाली काँग्रेस, बालकोट इकाइ समितिद्वारा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले राजनीति कमाइ गर्ने पेशा नभई सामाजिक सेवा भएकाले राजनीतिबाट कमाउन चाहनेले राजनीतिलाई प्रदूषित हुनबाट जोगाउनुपर्ने बताउनुभयो ।

चुनावीसभामा उपस्थित जनसमुदायलाई सम्बोधन गर्दै उहाँले निर्वाचनमा हारजित जुनसुकै पक्ष विपक्षको भए पनि राजनीतिभित्र भ्रष्टाचार मौलाउँदै गएकाले नैतिक चरित्र बोकेका नेतालाई मतदान गर्न आग्रह गर्नुभएको छ ।

उहाँले निष्ठा, पारदर्शिता र चरित्रवान नेताको समाजमा अभाव देखिएकाले नेताप्रति जनताको विश्वास घट्दै गएको बताउनुभयो ।

नेपाली काँग्रेसको नेतृत्वमा लोकतान्त्रिक गठबन्धन भक्तपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारसमेत बन्नुभएका पूर्वसभामुख ढुंगानाले माओवादी र सरकारबीच मध्यस्तकर्ता भई माओवादीलाई वार्तामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

मंसिर २१ गते मुलुकभर हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सन्दर्भमा यहाँ आयोजित चुनावीसभालाई सम्बोधन गर्दै ढुंगानाले खर्चालु चुनावलाई नरोक्ने हो भने युवा भ्रष्ट हुने र कालान्तरमा समाजमा निष्ठाको राजनीति हराउँदै जाने बताउनुभयो ।

उहाँले राजनीतिमा देखिएको विकृतिलाई हटाउन, संविधान र संघीयता कार्यान्वयन गर्न र छुटेका विषयलाई संविधानमा उल्लेख गरी भ्रष्टाचारमुक्त समतामूलक समाजको निर्माणका लागि आफू नेपाली काँग्रेसको उम्मेदवार भएको बताउनुभयो ।

त्यसैगरी सो समारोहमा भक्तपुरको प्रदेशसभा (सूर्यविनायक) –१ लागि नेपाली काँग्रेसबाट उम्मेदवार बन्नुभएका युवा नेता अंगत खड्काले भक्तपुरमा देखिएको बेरोजगार समस्यालाई समाधान गर्न आफूले एक युवा स्वरोजगार कोष स्थापन गरी विकास निर्माणमा अघि बढ्ने बताउनुभयो ।

भक्तपुरको क्षेत्र नं २मा प्रतिनिधिसभातर्फ लोकतान्त्रिक गठबन्धनबाट पूर्वसभामुख दमननाथ ढुंगाना र वाम गठबन्धनबाट पूर्वमन्त्री महेश बस्नेतको उम्मेदवारी परेको छ भने नेमकिपाबाट अनुराधा थापा मगरको । ढुंगाना पूर्वसभामुख, बस्नेत पूर्वमन्त्री हुन् भने थापा निवर्तमान सांसद हुन् ।

सो क्षेत्रमा मध्यपुर ठिमी नगरपालिका र सूर्यविनायक नगरपालिका पर्छ । उक्त क्षेत्रमा कूल ८३ हजार ९३१ मतदाता रहेका छन् । क्षेत्र नं २ अन्तर्गतको प्रदेश नं १ (सूर्यविनायक) मा लोकतान्त्रिक गठबन्धनबाट अंगत खड्का र वाम गठबन्धनबाट शशिजंग थापा, एवं नेपाल मजदुर किसान पार्टीबाट सरोजराज गोसाइ चुनावी मैदानमा हुनुुहुन्छ । (रासस)



चितवन, मङ्सिर ११ गते । वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेले सम्भव नै नभएका सपना बाँडेर मत आफ्नो पक्षमा पार्ने काम गर्न नहुने बताउनुभएको छ ।

चितवन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका पाण्डेले आज भरतपुर महानगरपालिका–८ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ढाँटछल गर्ने समय सकिएको बताउनुभयो ।

जनता जागरुक भएकाले जे गर्न सकिन्छ नेताले त्यही बोल्नुपर्ने बताउनुभयो । भविश्यमा कुनै काम गर्नु नपर्ने भएकाले सपना बाँड्ने र मत माग्ने चलन बढेको उहाँले बताउनुभयो ।

समग्र चितवनको विकासका लागि लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्नुपर्ने उहाँले बताउनुभयो । जनता र निकुञ्जबीचको द्वन्द्व अन्त्य गर्दै निकुञ्जबाट जनताले अधिकतम् फाइदा लिनका लागि आवश्यक नीति नियम बनाउने कुरामा आफू लागेको उहाँले बताउनुभयो ।

आफ्नो लडाइँ कुनै पनि राजनीतिक लडाइँ नभई विकासको लडाइँ भएको बताउँदै लोकतन्त्रलाई जगेर्ना गर्दै संविधानमा उल्लेख भएका कुरा जनतालाई दिन आफ्नो उम्मेदवारी भएको बताउनुभयो ।  (रासस)




मेसीले गरेको गोल रेफ्रीले नदेख्दा, बार्सिलोना बराबरीमा रोकियो
स्पेनिस ला लिगाको आइतबार रातिको खेलमा शीर्ष स्थानमा रहेको बार्सिलोना दोस्रो स्थानमा रहेको भ्यालेन्सियासँग बराबरीमा रोकिएको छ।

आबे मैदानमा भएको खेलमा लगातार जित निकालिरहेको बार्सिलोना भ्यालेन्सियासँग १-१ को बराबरीमा रोकियो। यसबाट बार्सिलोनाले दोस्रो स्थानमा रहेको भ्यालेन्सियालाई पराजित गरी अंक दूरी बढाउने अवसर गुमायो । खेलको ३० औ मिनेटमा बार्सिलोनाका फर्वाड मेसीले गरेको गोललार्इ रेफ्रीले मान्यता नदिएपछि बार्सिलोनाले बराबरीमा चित्त बुझायो । मेसीले प्रहार गरेको बलले गोललाइन पार गरिसकेपछि भ्यालेन्सियाका गोलकिपरले समातेको भएपनि त्यसलाई रेफ्रीले गोल मान्न अस्वीकार गरेका थिए।



६० औ मिनेटमा रोड्रिगोको गोलबाट खेलमा अग्रता लिएको भ्यालेन्सियाले अग्रता कायम राख्न भने सकेन । बार्सिलोनाका लागि ८२ औ मिनेटमा अल्बाले गोल गरेपछि खेल १-१ को बराबरीमा टुंगियो।

यस बराबरीसँगै १३ खेलबाट शीर्ष स्थानमा रहेको बार्सिलोनाको ३५ अंक पुगेको छ । १३ खेलमा अपराजित रहेको बार्सिलोनाले ११ जित र २ बराबरी खेलेको छ । समान खेलबाट ३१ अंकसहित भ्यालेन्सिया दोस्रो स्थानमा रहेको छ । १३ खेल नै खेलेका यथ्लेटिको मड्रिड र रियल मड्रिड समान २७ अंकसहित क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् ।

१३ खेलमा २ मात्र जित निकाल्न सकेको अलाभेज ६ अंकसहित तालिकाको पुच्छारमा रहेको छ ।- अन्नपूर्ण बाट 

मतपेटिकामुनि प्रेसर  कुकर  बम  भेटिएपछि  मतदान रोकियो

ताप्लेजुङको  एक मतदान केन्द्रमा मतपेटिका राखिएको स्थलमुनि बम गाडेको भेटिएको छ । आठराई गाउँपालिका-३ सरस्वती माविको हाङपाङ निर्वाचन केन्द्रमा मतपेटिकामुनि प्रेसर कुकुर बम भेटिएपछि १ घण्टाका लागि मतदान स्थगित गरिएको जिल्लाका मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिएका छन् ।
बम रहेको स्थलमा हाल नेपाली सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोजल गर्दै गरेको र बम हटाएपछि पुन निर्वाचन सुरु हुने निर्वाचन अधिकृत कार्कीले बताए ।- अन्नपूर्ण बाट , सिताराम गुरागाई


इस्लामाबादमा भिडन्त, १४१ घाइते
इस्लामाबाद : पाकिस्तानको राजधानी इस्लामाबादम प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको भिडन्तमा १४१ जना घाइते भएका छन्।इस्लामाबादको नजिकै फैजाबाद इन्टरचेन्जमा इस्लामिक संगठन तहरिक-ए-लब्बैक (टीएलपी) र सुन्नी तहरीकले विगत २० दिनदेखि प्रदर्शन गर्दै आएका थिए। उनीहरूको धर्ना र प्रदर्शन असफल बनाउन शनिबार बिहानै सुरक्षाकर्मीले कारबाही शुरु गरेको थियो।
पाकिस्तान सुरक्षाबलले धर्ना बसेका प्रदर्शनकारीलाई तितरबितर गर्न बल प्रयोग गरेको थियो। त्यसको प्रतिकारमा प्रदर्शनकारीले ढुंगामुढा प्रहार गर्न शुरु गरेका थिए। फैजाबादमा भएको भिडन्तले राजधानी सहर इस्लामाबादसँगको सम्पर्कविच्छेद भएको थियो।
प्रदर्शनकारीले लुकेर सुरक्षाकर्मीमाथि अझै आक्रमण जारी राखेका छन्। सुरक्षाकर्मीले उनीहरूलाई नियन्त्रणमा लिन प्रयास गरिरहेका छन्। यसैबीच पाकिस्तान सरकारले उक्त भिडन्तको प्रत्यक्ष प्रसारण गर्न अनुरोध गरेको छ। अधिकांश टेलिभिजनले उक्त आदेश पालना गरेका छन्।
शनिवार एकाबिहानै प्रहरी र अर्धसैनिक बलका साढे आठ हजार जवानले धर्नामा बसेका २ हजार प्रदर्शनकारीलाई बल प्रयोग गर्दै लखेट्न शुरु गरेका थिए। त्यसको विरोधमा प्रदर्शनकारीले पनि सडक र बजार बन्द गरेका थिए। उक्त धर्ना ६ नोभेम्बरमा इस्लामिक संगठन टीएलपीले शुरु गरेको थियो। प्रदर्शनकारीले प्रमुख सडकहरू बन्द गरेका छन्। बाटोमा हजारौं मानिस अलपत्र परेका छन्। टीएलपी कार्यकर्ताले संघीय एवं प्रान्तीय कानुनमन्त्री जाहिद हमीद तथा राणा सनाउल्लाहका विरुद्ध प्रदर्शन गरिरहेका छन्।
सुरक्षाकर्मीले केही प्रदर्शनकारीलाई हिरासतमा लिएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन्। ठाउँठाउँमा एम्बुलेन्स तैनाथ गरिएका छन्। घाइतेको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ। उक्त धर्नाको विरोधमा सरकारले कुनै कारबाही नगरेको भन्दै पाकिस्तानको सर्वोच्च अदालत तथा इस इस्लामाबाद उच्च अदालतले आलोचना गर्दै बाटो खुलाउन आदेश दिएका थिए। थिए। - एजेन्सी




झापा, मंसिर १० गते  । नेकपा एमालेका नेता एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री पद खोसेर जनतालाई सुरक्षा दिन नसकेको आरोप लगाएका छन् ।


आइतबार बिर्तामोडमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले निर्वाचनको वेला उम्मेदवार माथिको हमलाले मुलुकमा गृहमन्त्रीको अनुभूति नभएको बताए ।

‘यो संवेदनशिल घडीमा एक व्यक्ति प्रधानमन्त्री र गृहमन्त्री हुनु नै दुर्भाग्य हो’, उनले भने, ‘यो वेला मुलुकमा सुरक्षा व्यवस्था राम्रो हुनुपर्छ ।’

उम्मेदवारको घरमा वम हान्ने, मतदातालाई त्रसित बनाउने काम भइरहेको प्रति चिन्ता व्यक्त गर्दै नेता नेम्वाङले सरकार चुनावलाई मर्यादित बनाउनेभन्दा पनि भ्रमको खेती गर्न व्यस्त भएको सुनाए ।

उनले सुरक्षा व्यवस्था मजबुद बनाउन समेत आग्रह गरे ।

२२ गते नजिकिएकाले कांग्रेसको सातो गएको भन्दै उनले नआत्तिन सुझाव दिए । उनले भने, ‘वाम गठबन्धनले अस्थिरताको समाप्त गर्नेछ ।’

इलाममा प्रदेश र प्रतिनिधिसभामा वामपन्थी उम्मेद्वारको विजय निश्चित भएको उनको भनाइ थियो । नेता नेम्वाङले वामपन्थीको सरकार निर्माण गरेर स्थिर सरकारमार्फत मुलुकको विकास गर्नेे बताएका छन् ।

उनी इलाम क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् ।-अनलाइनखबर



रुकुममा मतदाता तर्साउन बम विस्फोट गराइयो
रुकुम पश्चिम,  मङ्सिर १० गते ।    रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका–७ मा रहेको मनकामना प्राथमिक विद्यालय चुर्तीपाखामा रहेको मतदानस्थल र र सोही स्थानको वडा नं. ८ बयलडाँडामा रहेको बयलीगाउँ प्राथमिक मतदान केन्द्रमा मतदाता तर्साउन बम विस्फोट गराइएको छ ।
बिहानैदेखि सुरु भएको मतदानलाई प्रभावित बनाउन यसो गरिएको हुनसक्ने भएपनि मतदातामा भने यसको कुनैपनि त्रास नपरेको चुर्तीपाखा मतदान स्थालका मतदान अधिकृत मानविर ओलीले बताएका छन् । उता बयलीगाउँ मतदान स्थालका मतदान अधिकृत भिमबहादुर बुढाथोकीले पनि यसको कुनै प्रभाव नपरेको बताएका छन् ।
चुर्तीपाखाँमा तीन वटा र बयलडाडाँमा दुईवटा गरी पाँचबटा बम विस्फोट गराइएकोे स्थानीयले बताएका छन । जिल्ला प्रहरी कार्यलय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद धमलाले भने यस बारेमा प्रहरीलाई कुनै जानकरी नभएको र सबै मतदान स्थालमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको बताएका छन् ।- अन्नपुर्ण 

महिला विश्वकप छनोट : नेपाललाई भाग्यको साथ चाहिने

थाइल्यान्डमा जारी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) महिला टीट्वेन्टी विश्वकपको एसियाली छनोटअन्तर्गत राउन्ड रोविनको आफ्नो पाँचौं तथा अन्तिम खेलमा नेपालले आइतबार छिमेकी प्रतिद्वन्द्वी चीनको सामना गर्दैछ।
आइतबारको खेलमा नेपालले चीनलाई हराउन सके विश्वकपमा छनोट हुने सम्भावनालाई कायमै राख्नेछ। यसका लागि आइतबार नै हुने अर्को खेलमा हङकङ र यूएई पराजित हुनुपर्नेछ। हङकङले थाइल्यान्ड र यूएईले मलेसियाको सामना गर्दैछ।
६ टोली सहभागी यस प्रतियोगितामा राउन्ड रोविन लिगपछि शीर्ष दुईमा रहने टोली विश्वकपको ग्लोबल छनोट प्रतियोगिताका लागि चयन हुने प्रावधान छ। अहिलेसम्मको अंकतालिकामा थाइल्यान्ड चार खेलबाट सात अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको यूएईले चार खेलबाट ६ अंक जोडेको छ। चार खेलबाट पाँच अंक जोडेको हङकङ तेस्रो स्थानमा छ। नेपाल भने चार अंकसहित चौथो स्थानमा छ। यस्तै मलेसियाको दुई अंक छ भने चीनले खाता खोल्न सकेको छैन।
सुरुवाती दुई खेलमा थाइल्यान्ड र हङकङसँग वर्षाले खेल रद्द भएपछि अंक बाँडेको नेपालले तेस्रो खेलमा यूएईसँग अप्रत्याशित हार व्यहोरेको थियो। नेपालले चौथो खेलमा मलेसियालाई हराएर प्रतियोगितामा पहिलो जित हात पार्न सफल भयो। अन्तर्राष्ट्रिय महिला क्रिकेटमा यूएई पहिलो पटक खेलिरहेकाले यही टोलीसँग व्यहोरेको पाँच रनको हारले नेपालको छनोट होड कठिन बनेको थियो।
चीन यसअघि भएका दुवै एसियाली छनोट संस्करणमा शीर्ष दुईमा रहेर ग्लोबल छनोटमा पुगेको थियो। तर यस पटक भने चीनले राम्रो प्रदर्शन गर्न सकेको छैन। उसले पहिलो खेलमै यूएईसँग हार व्यहोरेको थियो। नेदरल्यान्ड्समा आगामी जुनमा आयोजना हुने ग्लोबल छनोटमा विश्वभरका आठवटा टोलीको सहभागिता रहनेछ। नेपाल हालसम्म ग्लोबल छनोटमा छानिन सकेको छैन। अघिल्ला दुवै प्रतियोगितामा एसियाबाट चीन र थाइल्यान्डले सहभागिता जनाएका थिए।



काठमाडौं ,मंसिर १० गते  । बम आक्रमणको त्रास र चिसो मौसमले कतै चुनावमा असर गर्ने त होइन भन्ने धेरैको आशंका थियो । तर, यी सबै आशंकालाई चिर्दै मतदाताहरु उत्साहपूर्वक चुनावमा जुटेका छन् ।

अहिले बिहान ७ बजेदेखि शुरु पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताहरु त्रास र चिसो मौसमको प्रवाह नगरी मतदान केन्द्रमा लाम लागेका छन् । छिटफुट घटना बाहेक देशभर अहिले शान्तिपूर्णरूपमा मतदान भइरहेको छ ।

खोटाङको साकेला १ च्यानडाँडामा बिहान साढे सात बजेतिर मतदान केन्द्रभन्दा करिब ३० मिटर टाढा बम विष्फोट भएको छ । तर कुनै क्षति नभएको त्यहाँबाट पत्रकार टेनिस रोकाले जानकारी दिए ।

यसैगरी, रोल्पाको सुकिदह गाउँपालिका ३ हिलेचौरको विरेन्द्र मावि मतदान स्थलभन्दा करिब पाँच सय मिटर टाढा बम विष्फोट भएको छ । रोल्पाकै कोर्चावाङ, थवाङ लगायतका स्थानमा पनि गएरातिदेखि नै बम विष्फोट भएका छन् । मतदातालाई त्रसित बनाउने उद्देश्यले बम पड्काइए पनि निर्वाचन कुनै असर नगरेको र मतदाताहरु मतदानस्थलमा भेला भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।



निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले चिसो मौसमका बाबजुद पनि मतदाताहरु निकै उत्साहका साथ सबेरै मतदान केन्द्रमा पुगेर लामबद्ध भएको जानकारी दिए ।

प्रदेश नं. १ का ७, प्रदेश नं. ३ का ६, प्रदेश नं. ४ का ६, प्रदेश नं. ५ का २, प्रदेश नं. ६ का ७ र प्रदेश नं. ७ का ४ जिल्लामा यो निर्वाचन भइरहेको छ ।

निर्वाचनमा सुरक्षाको भरपर्दो व्यवस्था गरिएको हुँदा ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन् र आफ्नो अमूल्य मत प्रदान गर्न निर्वाचन आयोगले सबै मतदातासँग हार्दिक अपिल गरेको छ ।



संविधान कार्यान्वयनकै महत्वपूर्ण कडीका रूपमा रहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन पहिलो चरणमा प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा यो निर्वाचन हुँदैछ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनतर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ पहिलो चरणको निर्वाचनमा ७०२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।







अनलाइनखबर



काठमाडौँ, मंसिर ९ गते । नेपाली काँग्रेसले निर्वाचनका समयमा लोकतान्त्रिक विधि, मूल्य मान्यता, संस्कार र संस्कृतिअनुरुप आफ्ना व्यवहार प्रदर्शन गर्न र हिंसाको राजनीतिमा नउत्रन वाम गठबन्धनका नेता र तिनका कार्यकर्तासँग आग्रह गरेको छ ।

लोकतन्त्रमा शान्तिपूर्ण एवं निर्वाधरुपमा आफ्ना चुनावी कार्यक्रम गर्न पाउने अधिकारमाथि गठबन्धनमा आबद्ध नेता तथा कार्यकर्ताले विभिन्न जिल्लामा काँग्रेसका कार्यकर्तामाथि साङ्घातिक आक्रमण गरेको जनाउँदै यस्तो क्रियाकलाप नदोह¥याउन काँग्रेसले माग गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलद्वारा आज यहाँ जारी विज्ञप्तिमा नेकाका कार्यकर्तामाथि साङ्घातिक आक्रमण गर्नेलाई कानूनको दायरामा ल्याउन र घाइतेको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरिएको छ ।

विज्ञप्तिका अनुसार आज बिहान नवलपुर जिल्ला प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा क्षेत्र नं १ का नेकाका उम्मेदवार विष्णु लामिछाने चढ्नुभएको सवारी साधनलाई लक्षित गरी हुप्सकोट गाउँपालिका वडा नं ५ गोजापोखरी नजिक वाम गठबन्धनका कार्यकर्ताले बम प्रहार गरेको जनाइएको छ ।

साथै ओखलढुङ्गा चिसंखुगढी गाउँपालिका वडा नं ३ का नेका चुनाव प्रचारप्रसार समितिका संयोजक राजकुमार ढुंगानालगायत अन्यलाई गएराति वाम गठबन्धनका कार्यकर्ताले सांघातिक आक्रमण गरेका विज्ञप्तिमा उल्लेख छ । (रासस)



चितवन, मंसिर ९ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा विकासको लहर ल्याउनका लागि वाम गठबन्धन गर्नुपरेको बताउनुभएको छ ।

संयुक्त वाम गठबन्धनले आज शिवनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले विकासको लहरमा समाहित हुन सबैसँग आग्रह गर्नुभयो ।

चितवनको अभिमतबाट राष्ट्रको नेतृत्व आफूले गर्न लागेको भन्दै अध्यक्ष दाहालले भन्नुभयो “सही समयमा सही निर्णय गर्नुपर्छ ।”

उहाँले यो देशको सामाजिक न्यायका निम्ति आफ्नो उम्मेदवारी रहेको भन्दै अब आफ्नो एजेण्डा आर्थिक समृद्धिको हुनेछ भन्नुभयो ।

लामो समयसम्म राजनीतिक उपलब्धि प्राप्तिका लागि लागेको चर्चा गर्दै अध्यक्ष दाहालले अब हामी सबै मुलुकको समृद्धिका लागि जुट्नुपर्ने बताउनुभयो ।

उहाँले चितवनको विकास र समृद्धिका लागि आफू गृहजिल्ला आएको पनि बताउनुभयो ।

सो अवसरमा भरतपुर महानगरपालिका–१९ को बखान सहकारी संस्थाका अध्यक्ष मोहनसिंह लामा, प्रकृति आमा समूहकी अध्यक्ष सन्जु तामाङलगायत काँग्रेस त्यागेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए । उहाँहरु अध्यक्ष दाहालले पार्टीमा स्वागत गर्नुभयो । रासस



काठमाडौँ,  मंसिर ९ गते । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित शुरु गर्न लागिएको राष्ट्रिय परिचयपत्र वितरणको कार्यले अब मूर्त रुप लिने भएको छ ।

सरकारी सेवालाई छिटो, छरितो र प्रभावकारी बनाउने अपेक्षासहित सरकारले डेढ दशकअघि नै राष्ट्रिय परिचयपत्रको अवधारणा अघिसारे पनि आर्थिक वर्ष २०६६÷६७ को नीति तथा कार्यक्रममार्फत मात्रै त्यसले पूर्णता पायो ।
यसबीचमा परिचयपत्र छपाइ रोक्न भएका अनेक खेल, विवाद र सरकार स्वयम्को ढिलासुस्ती कारण यसको कार्यान्वयनमा समस्या प¥यो । ढिलै भएपनि यो प्रयासले पूर्णता पाउने अब निश्चित भएको छ ।
राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले परिचयपत्र छाप्नका लागि आवश्यक सबै पूर्वाधार तयार गरी छपाइ मेशिन समेत ल्याई गृहमन्त्रालयभित्र राखेको छ । माघभित्रैबाट परिचयपत्र वितरणको काम शुरु हुने केन्द्रका कार्यकारी निर्देशक एवम् सहसचिव रामकृष्ण सुवेदीले राससलाई जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “अहिले नागरिकता, लाइसेन्स, एटिएम लगायत विभिन्न थरी कार्ड बोेकेर नागरिकले हिँड्न परिरहेको छ । राष्ट्रिय परिचयपत्र बाँडिएपछि एउटै कार्डले सबैको काम गर्न सकिन्छ । ”
केन्द्रले पहिलो चरणमा १ लाख १७ हजार नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ जसमा एक लाख १० हजार पाँचथर जिल्लामा र सात हजार सिंहदरबारभित्र कार्यरत सरकारी कर्मचारीलाई वितरण गर्नेछ ।
कार्डमा प्रत्येक नागरिकलाई नदोहरिने गरी एउटा कोड नम्बर प्रदान गरिनेछ । यस्तै, अब नयाँ जन्मने प्रत्येक व्यक्तिलाई जन्मदर्तासँगै उसको जीवनभरका लागि कार्डको कोड नम्बर दिइनेछ ।
यसअघि निर्वाचन आयोगले संकलन गरेको नागरिकको विवरण प्रयोग गर्ने योजना बनाइएपनि ती विवरण अपूर्ण देखिएका कारण केन्द्रले आफैंले विवरण संकलनको काम शुरु गरेको छ ।
परिचयपत्रमा नागरिकको जैविक विवरणअन्तर्गत हातका दशवटै औँलाको आंैंठा छाप, तस्वीर तथा वैयक्तिक विवरणमा नाम, थर, उमेर, लिंग, जन्ममिति, स्थायी ठेगाना, बुवा र आमाको नामथर, पति÷पत्नीको नामथर र परिचयपत्र नम्बर लगायतका विवरणहरु राखिनेछ ।
कार्डको अघिल्लो भागमा माथि दायाँतर्फ नेपालको राष्ट्रिय झण्डा र बाँयातर्फ सरकारी छाप र व्यक्तिका विवरणहरु छन् । यस्तै, कार्डको पछाडिको भागमा दुर्लभ एक सिङ्गे गैंडाको चित्र अंकित छ ।
कुनैपनि व्यक्तिको गोपनीयतालाई भंग हुन नदिने सुरक्षा व्यवस्था कार्डमा गरिएको केन्द्रले जनाएको छ । कार्डमा हुने व्यक्तिगत विवरण अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षित ढंगले राखिने कार्यकारी निर्देशक सुवेदीले स्पष्ट पार्नुभयो ।
राष्ट्रिय परिचयपत्रमा राहदानी विभाग, मालपोत, यातायात व्यवस्था, पञ्जीकरण कार्यालय, स्थानीय निकाय, बैंक, टेलिकम, सवारी चालक अनुमतिपत्र, लोकसेवा आयोग, पान नम्बर लगायतको विवरण राख्न सकिनेछ ।
गृह मन्त्रालयले परिचयपत्रलाई विस्तार गर्दै जनगणना, विदेशिने नागरिकको संख्या, सामाजिक भत्ता लिनेको विवरण, आवेदन, महशुल र कर भुक्तानीलगायतका विवरण राख्न सकिने गरी योजना अघि बढाएको छ ।
यी विवरण परिचयपत्रको पृष्ठ भागमा मेसिनले मात्रै पढ्न मिल्ने गरी विद्युतीय सुरक्षायुक्त चिप्स राखिनेछ । मोबाइलको सिमजस्तै देखिने चिप्समा ठूलो परिमाणमा तथ्याँक संग्रह गर्न सकिन्छ ।
पूर्व प्रहरी नायव महानिरीक्षक हेमन्त मल्ल कार्ड प्रयोगमा ल्याउन ढिलाइ भइसकेको बताउँदै कार्डको प्रयोगले शान्ति सुरक्षा कायम राख्न, अपराध नियन्त्रण गर्न र कागजातको किर्ते रोक्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुहुन्छ ।
उहाँले भन्नुभयो, “कुनै व्यक्तिले अपराध ग¥यो भने उसको परिवारदेखि विगतका उसका गतिविधिसम्म सबै बुझ्न कार्डले मद्दत गर्छ जसबाट अपराधीलाई पक्राउ गर्नेदेखि उसलाई निगरानी राख्नेसम्मका काम सहजै गर्न सकिन्छ ।”
अदालतको फैसला कार्यान्वयन गर्न, अनधिकृत सम्पत्ति फेला पार्न, आपराधिक गतिविधि रोक्न, सरकारी निकायबाट भएको दण्ड जरीवाना अशुलउपर गर्नसमेत कार्ड उपयोगी हुने उहाँको भनाइ छ । उहाँले बृहत् तथ्याँक समेट्नसक्ने गरी कार्डको निर्माण गरिनुपर्ने सुझाव दिनुभयो ।

कार्डमार्फत सरकारले नागरिकलाई उपलब्ध गराएका सेवा सुविधा पाए÷नपाएको तथा नागरिकले राज्यलाई तिर्नुपर्ने कर तिरे÷नतिरेको जस्ता विवरणसमेत लिन सकिन्छ ।
पहिलो चरणको कार्ड वितरणपछि केन्द्रले दोस्रो चरणमा १५ जिल्ला, तेस्रो चरणमा २५ जिल्ला र चौथो चरणमा मुलुकभर गरी पाँच वर्षभित्र १६ वर्ष पुगेका सबै नेपालीलाई कार्ड वितरण गर्ने लक्ष्य राखेको छ ।
पहिलो चरणका लागि एशियाली विकास बैंकको रु ४५ करोड अनुदान सहयोगमा कार्ड छापी निःशुल्क परिचयपत्र वितरण गरिनेछ । बोलपत्र आह्वानपछि फ्रान्सको ‘सफरान आइडेन्टिटी एण्ड सेक्युरिटी कम्पनी’ ले कार्ड छाप्ने जिम्मा पाएको छ ।
एशिया महाद्वीपका २०, युरोपका ३८, अफ्रिकाका पाँच, अमेरिकाका आठ राष्ट्रमा यस्तो कार्ड वितरण गरिसकिएको छ ।
कानून बन्नै बाँकी
कार्ड छपाइको प्रक्रिया शुरु भएपनि अहिलेसम्म राष्ट्रिय परिचयपत्र व्यवस्थापन गर्ने कानून बनेको छैन । यसका लागि आवश्यक ऐनको मस्यौदा अन्तिम चरणमा पुगेको गृहको भनाइ छ ।
सुवेदीले भन्नुभयो, “पहिले मापदण्ड बनाएर काम शुरु गर्ने कि भन्ने सोचेका थियौं तर दीर्घकालीन रुपमा ऐन नै ठिक हुन्छ भन्ने निष्कर्षमा पुग्यौं । पहिलो चरणमा मन्त्रिपरिषद्को निर्णयका आधारमा परीक्षणको रुपमा कार्ड वितरण गरिनेछ । ”
नेपालको संविधानको धारा ५१ च (७) मा ‘एकीकृत राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली विकास गरिने उल्लेख छ । रासस

GOPAL MAN SHRESTHA

वालिङ, स्याङ्जा, मंसिर ९ गते । उपप्रधान एंव शिक्षामन्त्री गोपालमान श्रेष्ठले आर्थिक विकास र निकासका लागि नेपाली काँग्रेसको जित आवश्यक रहेको बताउनुभएको छ । स्याङ्जाको चापाकोट नगरपालिकामा शुक्रबार आयोजित चुनावी आमसभामा उहाँले भन्नुभयो —“विकासको गतिलाई अगाडि बढाउनका लागि काँग्रेसको जितबाट मात्रै सम्भव छ ।”

नेपाली काँग्रेसबाट स्याङ्जा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यको उम्मेदवारसमेत रहनुभएका श्रेष्ठले “मलाई विगतदेखि स्याङ्जाली जनताले माया गरिरहनुभएको छ, आशा छ यसपटक पनि अत्याधिक बहुमतका साथ विजयी बनाउनुहुनेछ” भन्दै यसपटक पनि काँग्रेसकै पक्षमा जनमत आउने र अधुरा कार्यलाई पूर्णता दिइने बताउनुभयो ।

काँग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले सबै जातजातिको पहिचान, सबै नेपालीको सम्मानका लागि काँगे्रसले जित्नै पर्ने धारणा व्यक्त गर्नुभयो ।


उत्तर कोरिया र क्युबाले सहकार्य गर्ने

हवाना : अमेरिकासँग राम्रो सम्बन्ध नभएका दुई देश उत्तर कोरिया र क्युबाले द्विपक्षीय सम्बन्धका साथै पछिल्लो समय विकसित अन्तर्राष्ट्रिय विविध परिस्थितिबारे आवश्यक छलफल गरेर सहकार्य गर्ने भएका छन् ।
औपचारिक भ्रमणमा रहेका उत्तर कोरियाली विदेशमन्त्री सोमबार क्युबाको राजधानी हवाना पुगेपछि भएको भेटवार्तामा दुई देशबीच यस्तो सहमति बनेको बताइएको छ । भेटवार्तापछि बिहीबार प्रकाशित संयुक्त विज्ञप्तिमा सहकार्यको प्रतिबद्धता व्यक्त गरिएको छ ।
उनको क्युबा भ्रमण यस्तो समयमा भएको छ, जतिबेला उत्तर कोरिया र क्युबासँग अमेरिकाको सम्बन्ध बिग्रिएको मात्र छैन, अमेरिकाले उत्तर कोरियाविरुद्ध थप प्रतिबन्ध लगाएको छ । क्युबाको भ्रमणमा रहेका उत्तर कोरियाली विदेशमन्त्री रि योङ हो र क्युबाली विदेशमन्त्रीको भेटवार्तापछि जारी संयुक्त विज्ञप्तिमा यी दुई देशले आपसमा मिलेर अघि बढ्ने सहमति जनाएका बताइएको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले उत्तर कोरियाविरुद्ध आर्थिक नाकाबन्दी लगाएको छ । यतिमात्र नभएर उत्तर कोरियाविरुद्ध अमेरिकाले सेना परिचालन गर्नसक्ने बताउँदै आएको छ । क्युबासँग पनि पछिल्लो समय अमेरिकाको सम्बन्ध बिग्रिएको छ । क्युबासँगको सम्बन्धका कारण अमेरिकाले गत महिना क्युबास्थित अमेरिकी दूतावासबाट आफ्ना आधा कर्मचारी फिर्ता बोलाएको थियो।
यस्तो स्थितिमा दुवै देशले एक भएर अघि बढ्ने सहमति गरेका हुन् । उनीहरूले कुनै पनि समस्याको समाधान गर्न दुई देशले समन्वय गरेर आपसी सहयोगका साथ अघि बढ्ने बताएका हुन् । सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै क्युबा र उत्तर कोरियाले भने असल कूटनीतिक सम्बन्ध कायम गर्दै आएको पनि सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
उत्तर कोरियाले पछिल्लो समय निरन्तर गरिरहेको आणविक मिसाइल परीक्षणको विरोध गरिरहेको अमेरिकाविरुद्ध उत्तर कोरिया अत्यन्त कडा रूपमा प्रस्तुत हुने गरेको छ । क्युबासँग अमेरिकाको करिब पाँच दशकदेखि सम्बन्ध बिग्रिएको थियो । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको प्रयासले क्युबासँग फेरि कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । तर ट्रम्प राष्ट्रपति भएपछि उनले क्युबासँग सुधारिएको सम्बन्धलाई निरन्तरता दिएनन् ।- एजेन्सी


टी-२० विश्वकप महिला छनोट प्रतियोगिता: नेपालको पहिलो जित
 थाइल्याण्डको बैंककमा जारी आइसिसी महिला विश्व टी-२० एसिया छनोट प्रतियोगितामा नेपालले पहिलो जित हात पारेको छ। शुक्रबार भएको खेलमा नेपालले मलेसियालाई ३३ रनले पराजित गरेको हो।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १ सय ८ रन बनाएको थियो। नेपालले पुरा २० ओभर खेल्दै ६ विकेटको क्षतिमा मध्यम स्कोर तयार गरेको थियो। १सय ९ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ७ विकेटको क्षतिमा ७५ रन मात्र बनाउन सक्यो। नेपालकी करुणा भण्डारीले ३ विकेट लिइन्। सोनु खड्का, सीता रानामगर, नेरी थापा र ऋतु कनौजियाले १–१ विकेट लिए।
नेपालका लागि ज्योति पाण्डे र सीता रानामगरको प्रारम्भिक जोडीले ६६ रनको साझेदारी गरेको थियो। विकेटकिपर ब्याट्सवुमन ज्योति २१ रन बनाएर क्याच आउट भइन्।
छनोट प्रतियोगितामा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ। ६ टिम भने छनोट भइसकेका छन्। जसमा बंगलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी, स्कटल्यान्ड, नेदरल्यान्ड्स र युगान्डा छन्।
अब नेपालले अन्तिम खेलमा आइतबार चीनसँग प्रतिस्पर्धा गर्नेछ।



काठमाडौँ, मंसिर ८ गते । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन मौन अवधिको पूर्ण पालना गर्न सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, मतदाता र सञ्चारमाध्यमलाई पुनः आह्वान गर्नुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो– “मौन अवधि भनेको मतदाताको विवेक प्रयोग गर्ने र सोच्ने समय भएकाले उहाँहरुलाई स्वतन्त्ररुपमा छोड्दिन म आग्रह गर्छु ।”

प्रमुख निर्वाचन आयुक्त डा यादवले मतदन केन्द्र निर्माणमा सहयोग पु¥याउन सरोकारवाला सबै पक्षलाई सुझाव दिँदै हिमाली क्षेत्रका कतिपय जिल्लामा भौगोलिक विकटता र मौसम प्रतिकूलताका बाबजुत पनि मतदानमा खटिएका कर्मचारीबाट निर्वाचन सफल तुल्याउन निकै ठूलो योगदान भइरहेको छ भन्नुभयो ।

शान्तिपूर्णरुपमा धैर्यताका साथ मतदान गर्न र अरुलाई पनि उत्प्रेरित गर्न आग्रह गर्दै उहाँले स्थानीय तहको निर्वाचन जस्तै उत्साहजनक सहभागिता जनाई उदाहरण प्रस्तुत गर्न सुझाव दिनुभयो ।

सुरक्षामा खटिएका जनशक्तिलाई चनाखो भएर आममतदाता, राजनीतिक दलका नेता तथा उम्मेदवारलाई सुरक्षा प्रदान गर्न पनि उहाँले निर्देशन दिनुभयो ।रासस


Kp-Oli

सुर्खेत, मंसिर ८ गते । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न चुनावपछि देश नयाँ युगतर्फ अघि बढ्ने बताउनुभएको छ । सुर्खेतको वीरेन्द्रनगरमा बिहीबार आयोजित वाम गठबन्धनको चुनावी आमसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले चुनावपछि स्थिर सरकार बन्ने भएकाले देशमा नयाँ युगको सुरुआत हुने जानकारी दिनुभयो ।

चुनावलगत्तै वामपन्थीको स्थायी सरकार बन्ने उहाँको दाबी थियो । वामपन्थीको सरकार देश र जनताका लागि आवश्यक रहेको भन्दै अध्यक्ष ओलीले जनतालाई अधिकार सम्पन्न बनाउन स्थिर सरकार आवश्यक भएको औँल्याउनुभयो । “वामपन्थीको सरकार बन्नलाई कसैले रोक्न सक्दैन”– उहाँले भन्नुभयोे, “चुनाव पछि पाँच वर्षका लागि स्थिर सरकार बन्छ ।”

अध्यक्ष ओलीले एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण चुनाव अगाडि नै गर्ने योजना भए पनि समय अभावका कारण चुनावपछि बहुमतको सरकार निर्माणसँगै हुने बताउनुभयो ।

देशमा अप्ठ्यारो अवस्थामा भाग्ने नेता लोकतन्त्रका पक्षधर हुन नसक्ने चर्चा गर्दै उहाँले अब राष्ट्रियतालाई मजबुत बनाउन र नेपालीको शिर झुक्न नदिनेमा जोड दिनुभयो
माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले अहिलेसम्म अस्थिर सरकार भएका कारण देशमा असमानता भएको हो भन्दै चुनावपछि बन्ने स्थिर सरकारबाट नै देशमा समानतामुखी समाजवाद र समृद्धि हरेक जनताले महसुस गर्ने बताउनुभयो ।
प्रतिनिधिसभाअन्तर्गत निर्वाचन क्षेत्र नं १ का वाम गठबन्धनका उम्मेदवार ध्रुवकुमार शाही, क्षेत्र नं २ का प्रदेशसभा (क) का उम्मेदवार यामलाल कँडेललगायतले वाम गठबन्धनलाई जिताउन सबै मतदातासँग आग्रह गर्नुभयो ।


Election-Commission-Nepal-768x411
काठमाडौंँ, मङ्सिर ८ गते ।  पहिलो चरणमा मङ्सिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारले प्रसारप्रसार गर्ने अवधि बिहीबारबाट समाप्त भएको छ ।  आयोगका प्रवक्ता नवराज ढकालले राजनीतिक दल तथा उम्मेदवारले आफ्नो घोषणापत्रअनुसार मतदातासँग मत माग्ने अवधि सकिएकाले अब मतदाताले मौन अवधिमा कुन राजनीतिक दल र उम्मेदवारलाई मत दिने भनेर निर्णय गर्ने समय सुरु भएको बताउनुभयो ।
प्रवक्ता ढकालले निर्वाचनको मौन अवधि सुरु भएकाले अब उम्मेदवार आफैँ वा अरू कसैले पनि कुनै पनि माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन र आचारसंहिताविपरीत कसैले निर्वाचन प्रसारप्रसार गरेमा वा मतदातालाई प्रभाव पार्ने कार्य भएमा निर्वाचन ऐनअनुसार आवश्यक कारबाही हुने बताउनुभयो ।
यसैगरी उपदफा ६ मा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले आयोगको मर्यादामा प्रतिकूल असर पुग्ने गरी प्रचारप्रसार गर्न नहुने उल्लेख छ ।  यस्तो कार्य गरेको पाइएमा मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले ठाउँका ठाउँ २५ रुपियाँसम्म जरिवाना गर्न सकिने व्यवस्था रहेको जानकारी आयोगले दिएको छ ।
चारवटा चिह्नमा मत
मङ्सिर १० र २१ गते हुने निर्वाचनमा मतदाताले तीन थरीका मतपत्रमा चारवटा निर्वाचन चिह्नमा मत सङ्केत गर्नुपर्नेछ ।  मतदानको दिन निर्वाचन केन्द्रमा पुगेपछि मतदाताले सुरुमा प्रतिनिधिसभा सदस्यका लागि हरियो रङमा निर्वाचन चिह्नहरू रहेको मतपत्र र त्यसपछि कालो रङका निर्वाचन चिह्न रहेका मतपत्रमा प्रदेशसभा सदस्यका लागि आफूलाई मन परेका उम्मेदवारको चिह्नमा मत सङ्केत गर्नुपर्नेछ ।
यसपछि समानुपातिक निर्वाचन प्रणालीतर्फ एउटा पानामा माथिल्लो भागमा रहेको मतपत्र–१ मा रातो रङमा रहेका दलका निर्वाचन चिह्नमा प्रतिनिधिसभा सदस्य र सोही पानाको तल्लो भागमा रहेको मतपत्र–२ मा रातो रङमा रहेका दलका निर्वाचन चिह्नमा प्रदेशसभा सदस्यका लागि मतदाताले मत सङ्केत गर्नुपर्छ ।
त्यसरी मत सङ्केत गर्दा मतदाताले समानुपातिकतर्फको मतपत्रको माथिल्लो भागमा रहेका दलका निर्वाचन चिह्नहरूमध्ये आफूलाई मन परेको एक दलको निर्वाचन चिह्नमा प्रतिनिधिसभा सदस्यका लागि र तल्लो भागमा रहेका दलका निर्वाचन चिह्नमध्ये आफूलाई मन परेको एक दलको निर्वाचन चिह्नमा प्रदेशसभा सदस्यका लागि गरी दुईवटा निर्वाचन चिह्नमा स्वस्तिक छाप लगाई मत सङ्केत गर्नुपर्नेछ ।


sher-bahadur-deuba_1
काठमाडौँ, मङ्सिर ८ गते ।  नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णालीलगायत विकट र दुर्गम क्षेत्रको विकासलाई अब कसैले रोक्न नसक्ने बताउनुभएको छ ।  बिहीबार कालीकोट, रोल्पा, रुकुम लगायतका जिल्लामा सुरक्षा अवस्था बुझ्न र स्थानीय बासिन्दासित भेटघाट गर्न पुग्नुभएका प्रधानमन्त्री देउवाले विकट क्षेत्रले अब रोग, भोक र शोकमा होइन; पूर्वाधार खडा भइसकेकाले आर्थिक विकास र समृद्धिमा अगाडि बढ्नुपर्ने बेला आएको बताउनुभएको छ ।
प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार प्रधानमन्त्री देउवाले कालीकोटका नरहरिनाथ गाउँपालिकाको कोटवाडा, रुकुमको तक्सेरा लगायतका कार्यक्रममा संविधान निर्माण भइसकेकाले मुलुकको सम्पूर्ण ध्यान आर्थिक विकास नै भएको स्पष्ट गर्नुभयो ।
प्रधानमन्त्री देउवाले सुदूरपश्चिम र मध्यपश्चिमसँगको सुसम्बन्धबाट विकट जिल्लाको विकास गर्न सकिने बताउनुभयोे ।  उहाँले यस क्षेत्रमा रहेको भूसम्पदा, जलस्रोत, रमणीय भूभागका कारण पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास गर्न सकिने बताउनुभयो ।  उहाँले प्राकृतिक स्रोत र साधनको प्रयोगबाट समुन्नत प्रदेश बनाउने योजना पनि सुनाउनुभयो ।
प्रधानमन्त्री देउवाले सडक सञ्जालको विस्तार, जडीबुटी प्रशोधन, जलविद्युत्को विकास र सिँचाइ सुविधा अझ विस्तार गरी स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न सकिने विश्वास दिलाउनुभयो ।
यसैबीच रोल्पा समाचारदाता लोकेन्द्र चन्दका अनुसार लोकतन्त्रको संस्थागत विकास नै अबको देशको प्रमुख कार्यसूची भएको स्पष्ट गर्नुभएको छ ।  रोल्पाको लिवाङमा आयोजित लोकतान्त्रिक गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्नुुहुँदै काँग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले द्वन्द्वका बेला सबैभन्दा धेरै मानिसले ज्यान गुमाउनु परेको स्मरण गर्दै काँग्रेसले नै शान्तिप्रक्रियाको नेतृत्व गरी मुलुकलाई नयाँ युगमा प्रवेश
गराएको बताउनुभयो ।
“नेपाली जनताले अब डर र त्रासमा बाँच्नुपर्ने दिन गए, लोकतन्त्र जनताको शासन हो” भन्नुहुँदै प्रधानमन्त्री देउवाले जनतालाई भ्रममा पार्ने खेल कसैले पनि गर्न नहुने बताउनुभयो ।
प्रधानमन्त्रीले देउवाले सरकार निर्वाचन गराउन रातदिन खटिरहे पनि कतिपय नेता भ्रम छर्न व्यस्त रहेकोप्रति आपत्ति प्रकट गर्नुभयो ।  आरोप लगाउनेले मङ्सिर १० र २१ गते भोट खसाएपछि पनि ‘शेरबहादुर देउवा’ले चुनाव सार्दैछ भन्न बेर लगाउँदैनन् भन्दै उहाँले व्यङ्ग्य गर्नुभयो, “केही व्यक्तिहरू सपनामा पनि चुनाव सारेको देख्छन् होला कि ?”
यसैगरी प्रधानमन्त्री देउवाले नेपालमा वाम गठबन्धनको सरकार भएमा कर्णालीको विकास नहुने दाबी गर्नुभएको छ ।  काँग्रेस कालीकोटले नरहरिनाथ गाउँपालिकाको कोटवाडामा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कर्णाली हरेक क्षेत्रमा पछि परे पनि काँग्रेसबाहेक अरू कसैको ध्यान नपुगेको बताउनुभयो ।  प्रधानमन्त्री देउवाले कर्णालीको भूसम्पदा तथा पर्यटन क्षेत्रको अथाह सम्भावना रहेकाले अबको विकास झन् सुदृढ गर्दै अघि बढ्ने ठोकुवासमेत गर्नुभएको छ ।



इलाम, मंसिर ८ गते । पूर्वसभामुख तथा इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभाका उम्मेदवार सुवासचन्द्र नेम्वाङले ठूलो संघर्षपश्चात् प्राप्त भएको संविधानका प्रावधानलाई ठोस कार्यान्वयनमा ल्याएर मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

यही मंसिर २१ हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचन अभियानका क्रममा घरदैलोमा रहनुभएका नेकपा९एमाले० नेता नेम्वाङले आज बिहान इलाममा राससँग कुरा गर्दै मुलुकलाई समृद्धि र स्थायित्वतर्फ लैजानुपर्ने बताउनुभएको हो ।

मुलुकलाई समृद्धिको बाटोमा लैजाने राम्रो परिपाटी बसाउन गठबन्धन बनाएको उल्लेख गर्दै उहाँले वामपन्थी, प्रगतिशील र देशभक्तको गठबन्धनले देशमा ठूलो परिवर्तन ल्याउने दाबी पनि गर्नुभयो ।

नेपाली काँग्रेसले लोकतान्त्रिक गठबन्धन तथा फोरम र राजपाको पनि गठबन्धन भएको उल्लेख गर्दै नेता नेम्वाङले तीन गठबन्धनमध्ये जुन गठबन्धनले जनताको बढी मत पाउँछ उसैले पाँच वर्ष सरकार सञ्चालन गर्छ र अरु प्रतिपक्षमा रहन्छन् भन्नुभयो ।

उहाँले भन्नुभयो, “अब देशमा स्थिरता र समृद्धि हुन्छ, यसैका लागि हामी आ–आफ्नो ठाउँबाट लागौँ, तराई, मधेस, पहाड र हिमालसम्म एक भएर सबै जाती, भाषा तथा धर्मका जनता सुमधुर सम्बन्ध कायम गरेर सुन्दर नेपाल निर्माणमा जुटौँ ।”

नेता नेम्वाङले राज्यपुनःसंरचनाअनुसार साविकको क्षेत्र नं २ मा थपिएका क्षेत्रमा आफ्ना कार्यक्रमलाई केन्द्रित गर्नुभएको छ । भोलिसम्म पुराना गाविस तथा अहिलेका गाउँपालिकाका सबै वडामा पुग्ने उद्देश्य राखेको नेता नेम्वाङ्ले जानकारी दिनुभयो ।

जनता विवेकवान र प्रष्ट भएको आफूले पाएको बताउँदै उहाँले भन्नुभयो, “जनयुद्ध समापन भयो, संविधान पनि बन्यो, अब संविधानको कार्यान्वयन गर्दै समृद्धि चाहियो भन्ने जनताको माग छ ।”

विगत १० वर्षमा आफ्नो क्षेत्रमा ठूलो प्रगति भएको दाबी गर्दै नेता नेम्वाङले थप योजना विस्तार र स्तरोन्नति गर्ने स्पष्ट योजना लिएर आफू जनताको घरदैलोमा पुगेको बताउनुभयो । रासस


hj
रुकुम,  मंसिर ७ गते ।  प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि नेपाली काँग्रेसले बहुमत ल्याउनुपर्ने बताउनुभएको छ ।
नेपाली काँग्रेस रुकुम पश्चिमले आयोजना गरेको चुनावीसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले भन्नुभयो —“नेपालमा डनको शासन अन्त्य गर्नका लागि पनि नेपाली काँग्रेसले बहुमत ल्याउनुपर्छ ।”

सभापति देउवाले अहिले लोकतन्त्रलाई नै धरापमा पार्नका लागि कम्युनिष्टले विभिन्न खालका गतिविधि सञ्चालन गरिरहकाले यसतर्फ सचेत हुन सबै मतदातालाई आग्रह गर्दै कम्युनिष्टको एकदलीय शासन लागू भएमा मान्छेले मान्छेसँग डराउनुपर्ने, त्रासमा बस्नुपर्ने, आफ्नो मागसमेत राख्न नपाउने अवस्था आउने भएकाले काँग्रेसलाई मतदान गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।

आफ्नो पार्टीले अहिलेसम्म नेपाली जनतालाई कुनै पनि दुःख नदिएकाले संसारबाट फ्याँकिएको कम्युनिष्टलाई नेपालबाट पनि समाप्त पार्नुपर्ने बताउँदै उहाँले भन्नुभयो — “लोकतन्त्र नै संकटमा परेका बेला लोकतन्त्रलाई बचाउनका लागि काँग्रेसलाई विजयी गराउनुपर्छ ।”

प्रधानमन्त्री देउवाले “तपाईहरु एकदलीय कम्युनिष्ट शासन रोज्ने कि लोकतान्त्रिक समाज रोज्ने ? लोकतान्त्रिक समाज रोज्नेले काँग्रेसलाई मतदान गर्नुहोस्,” भन्दै एकदलीय सर्वसत्तावाद र कम्युनिष्ट निरंकुशता लाद्ने योजनाअनुसार वाम गठबन्धन भएको बताउनुभयो ।

“नेपाली काँग्रेसले देशमा प्रजातन्त्र स्थापनाका लागि योगदान गरेको पार्टी हो,” उहाँले भन्नुभयो, “राणा शासन र पञ्चायतका विरुद्ध संघर्ष गरेको पार्टी काँग्रेसको एकमात्र उद्देश्य प्रजातन्त्रको रक्षा हो ।”

निर्वाचन सुरक्षाका लागि सरकारले सबै व्यवस्था मिलाएकाले ढुक्क भएर मतदान गर्नसमेत प्रधानमन्त्री देउवाले सबैलाई आग्रह गर्नुभयो ।

prachanda-1508752

काठमाडौँ,  मंसिर ७ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका सबै छोराछोरी नै आफ्ना लागि छोराछोरीसरह भएको बताउनुभएको छ ।
आज आफ्नै निवास लाजिम्पाटमा आयोजना गरिएको स्व प्रकाश दाहालको श्रद्धाञ्जलिसभामा वितरण गरिएको लिखित मन्तव्यमा देशका सबै युवा–युवती हाम्रा छोरा प्रकाश जस्तै रहेको र तिनको समुन्नत भविष्यका लागि हामीले अझ धेरै मेहनत गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेको बताउनुभयो ।

मन्तव्यमा भनिएको छ, “प्रकाशको मृत्युपछि नेविसंघ, अनेरास्ववियू र अखिल (क्रान्तिकारी) सँगै युवा संगठनले पनि म र मेरो परिवारलाई संयुक्त सान्त्वना दिए र ‘हामी सबै तपाईंका छोराछोरी हौँ’ भनेर हाम्रो आत्मबल बढाए । प्रकाश अब छैनन् । तर, देशका हरेक युवा–युवतीमा हामीले प्रकाशलाई देखेका छाँै ।”

आफ्नो पारिवारिक शोकमा आम रुपमा प्राप्त भएको ऐक्यवद्धता हाम्रा लागि धेरै महत्वपूर्ण रहेको भन्दै उहाँले पीडामा साथ दिनुले खुशीमा साथ दिनुभन्दा धेरै महत्व राख्ने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो ‘ तपाईहरुको साथले हामीलाई एकमात्र पुत्रको वियोगको पीडा सहन र पीडासँग लड्न धेरै शक्ति मिलेको छ ।’
शोकको यो घडीमा आफूले देशबाट मात्रै होइन विश्वभरिबाटै समवेदना र सान्त्वना पाएको, नेपालका सबै राजनीतिक दल र तिनको नेतृत्वले हामीलाई दिएको समवेदना र ढाडसप्रति ऋणी रहेको अध्यक्ष दाहालको भनाइ छ ।
अध्यक्ष दाहालको लिखित मन्तव्यमा भनिएको छ ‘ छिमेकी देश चीन र भारतबाट म र मेरो परिवारले निकै छिटो प्रेमपूर्ण समवेदना पायो । युरोप, अमेरिका, अष्ट्रेलिया, अफ्रिका र एसियाका विभिन्न देश अनि संसारभरिका थुप्रै कम्युनिष्ट पार्टीले यो शोकमा हाम्रो परिवारप्रति ऐक्यवद्धता र सहानुभूति देखाए । पेशागत, व्यावसायिक र सामाजिक संघसंस्थाले यो शोकमा हामीलाई सान्त्वना दिए । मंसिर ३ गते नर्भिक अस्पतालदेखि पेरिसडाँडा र आर्यघाटसम्म स्वतःस्फूर्त रुपमा उर्लिएको जनसागरलाई मैले प्रकाशले छोटो उमेरमा कमाएको प्रतिष्ठाको प्रमाण मानेको छु । ’
यही मंसिर ३ गते राति आकस्मिक हृदयघातबाट अध्यक्ष दाहालका ३६ वर्षका छोरा प्रकाशको असामयिक निधन भएको थियो ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, उद्योगी, व्यवसायी, पत्रकार, यहाँस्थित कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो । उपस्थित सहभागीले अध्यक्ष दाहाल र उहाँको परिवारलाई समवेदना व्यक्त गरेका थिए ।



04-1451902084-kp-sharma-oli
दैलेख, मंसिर ७ गते ।  नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा भएको पेट्रोलियम पदार्थको खानी उत्खनन् गरेर नेपाल धनी बन्न सक्ने बताउनुभएको छ ।
नेपाल पानीमा मात्रै धनी नभएको उल्लेख गर्दै उहाँले आफू प्रधानमन्त्री भएको बेला तत्कालीन उद्योगमन्त्री सोमप्रसाद पाण्डेयसहित चिनियाँ टोली दैलेख पठाई अध्ययन तथा अवलोकन गरेपश्चात पेट्रोलियम पदार्थको प्रचुर सम्भावना रहेको पाइएको जनाउनुभयो ।
यहाँ आयोजित चुनावी सभामा उहाँले वाम गठबन्धनको सरकार बनेपछि पहिलो काम पेट्रोलियम पदार्थको उत्खनन् हुने बताउनुभयो ।
अध्यक्ष ओलीले चुनावलगत्तै एमाले–माओवादी केन्द्रबीच पार्टी एकता गरिने दोहो¥याउँदै उहाँले सार्वभौमसत्ता र नागरिक हकको प्रयोग तथा राज्यबाट नागरिकले पाउने सुविधालाई आशन्न निर्वाचनले नयाँ ढाँचामा परिवर्तन गरी राष्ट्रिय स्वाभिमानको बाटोमा अगाडि बढाउनेछ भन्नुभयो ।
माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले असमानता, विदेशी राष्ट्रको हस्तक्षेप हटाउँदै मुलुकलाई समृद्ध बनाउन आवश्यक रहेको बताउनुभयो । “गरिबी हटाउन वाम गठबन्धन आवश्यक छ, नेपालमै युवालाई काम गर्ने वातावरण सिर्जना गरेर विदेश गएका युवालाई स्वदेशमै रोजगारी दिनुपर्ने बेला आएको छ ।”

df_2

पोखरा, मंसिर ७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधान एवं ऊर्जा मन्त्री कमल थापाले मुलुकको आर्थिक समृद्धि र विकास लोकतान्त्रिक गठबन्धनको साझा अवधारणा भएको बताउनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले आज पोखराको चिप्लेढुंगास्थित मानवअधिकार चोकमा आयोजना गरेको चुनावीसभामा उहाँले “प्रजातान्त्रिक मूल्यमान्यता, संविधान र आर्थिक विकासका मूल मुद्दामा नेपाली काँग्रेस र राप्रपा एक ठाउँमा रहेकाले सहकार्य र चुनावी तालमेल भएको हो,” भन्नुभयो ।

अध्यक्ष थापाले यो सहकार्य र गठबन्धन कुनै पार्टीविरुद्ध नभई प्रजातन्त्रको रक्षा, राष्ट्रिय एकता र अखण्डतालाई अक्षुण्ण राख्नका लागि भएको हो भन्दैे तालमेल भएका ठाउँमा दुवै पार्टीका मतदाताले एकअर्कालाई सघाउनुपर्नेमा जोड दिनुभयो ।

नेकपा (एमाले) र (माओवादी केन्द्र)को गठबन्धनप्रति राप्रपाको कुनै आपत्ति नरहेको उल्लेख गर्दै उहाँले गठबन्धनको उन्मादमा शीर्ष नेताले निर्वाचनपछि दुई तिहाइ आउने र राष्ट्रपतीय प्रणाली, अधिनायकवाद र देशमा कम्युनिष्ट शासन व्यवस्था स्थापना गर्नेजस्ता अभिव्यक्तिले नेपाली जनता शशांकित भएको छ भन्नुभयो ।

अध्यक्ष थापाले निर्वाचनमा मतदाता पार्टीगत स्वार्थभन्दा माथि उठेर स्वाभिमान र राष्ट्रवादी पक्षधर पार्टीका उम्मेदवारलाई जिताउनुपर्नेमा पनि जोड दिनुभयो ।

पार्टीका जिल्ला अध्यक्ष जयलाल पुनको अध्यक्षतामा भएको सो कार्यक्रममा केन्द्रीय उपाध्यक्ष दील विकास राजभण्डारी, सहमहामन्त्री हेमजंग गुरुङ, पूर्वमन्त्री तोरणबहादुर गुरुङ, गीता गुरुङ र जगत सुवेदीलगायतका वक्ताले मन्तव्य व्यक्त गर्नुभयो ।

यसअघि पोखराको नयाँबजारबाट निस्केको ¥याली महेन्द्रपुल हुँदै मानवअधिकार चोकमा पुगेर चुनावीसभामा परिणत भएको थियो ।




कालीकोट, मंसिर ७ गते ।  । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा वाम गठबन्धनको सरकार भएमा कर्णालीको विकास नहुने बताएका छन् ।

नेपाली कांग्रेस कालीकोटले नरहरिनाथ गाउँपालिकाको कोटवाडामा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् ।


प्रधानमन्त्री देउवाले कर्णाली हरेक क्षेत्रमा पछि परे पनि कांग्रेसबाहेक अरु कसैको ध्यान नपुगेको बताउँदै सुदूरपश्चिम र मध्यपश्चिमसँगको सु–सम्बन्धले प्रगति हुनेसमेत बताए ।

प्रधानमन्त्री देउवाले कर्णालीको भू–सम्पदा तथा पर्यटन क्षेत्रको अथाह सम्भावना रहेकाले अबको विकास झन सुदृढ गर्दै अघि बढ्ने ठोकुवासमेत गए ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले कांग्रेसले विगत २००७ सालदेखि हालसम्म नेपालको प्रगति चाहेको बताउँदै भावी दिनमा नेपाल र नेपाली जनताका लागि नेपाली कांग्रेस लागिपरेको बताए ।

साथै, प्रधानमन्त्री देउवाले नेपालमा वाम गठबन्धनभन्दा लोकतान्त्रिक गठबन्धनप्रति विश्वास कायम गरेर नेपालमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएमा लोकतन्त्रको रक्षा हुनेसमेत बताए ।

कडा सुरक्षाका बीचमा भएको चुनावी सभामा १० मिनेट मात्र समय लिएर बोलेका प्रधानमन्त्री देउवाको  बिहीबार नै जुम्ला जाने कार्यक्रम रहेको बताइएको छ ।-रासस


उपाधिका लागि आर्मी र मनाङ भिड्दै

दमक: झापाको शिवसताक्षीमा जारी दोस्रो संस्करणको सताक्षी गोल्डकपको उपाधिका लागि बिहीबार मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हँुदैछ । झिलझिलेको मैदानमा दुवै टोली उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछन् ।
मंगलबार भएको अन्तिम सेमिफाइनल खेलमा जित निकाल्दै मनाङले आर्मीसँगको उपाधि भेट पक्का गरेको हो । आयोजक सताक्षीधाम स्पोर्टिङ क्लबलाई २-१ गोलले पराजित गर्दै मनाङले फाइनल यात्रा तय गरेको हो । त्यस्तै झापा-११ लाई ३-० ले पराजित गर्दै आर्मीले फाइनलमा स्थान बनाएको हो । बुधबार भएको म्याच प्री-कन्फ्रेन्समा दुवै टोलीका कप्तानले एक अर्का टोलीको प्रशंसा गरे । मनाङका कप्तान अनिल गुरुङले आर्मी धेरै राम्रो टोली भएको बताए ।
आर्मी उत्कृष्ट टिम हो, पछिल्लो समय आर्मी निकै राम्रो फर्ममा देखिएको छ र टेक्निकल खेल पस्कँदै आएको छ', उनले भने । यस्तै आर्मीका कप्तान भरत खवासले मनाङमा राष्ट्रिय स्तरका खेलाडी रहेकाले जितका बारेमा अनुमान लगाउन नसकिने बताए । ‘दुवै टोलीमा सशक्त खेलाडी छन् । खेलको अन्तिम ह्विसल नबजेसम्म जित कसको हुन्छ थाहा हुन्न', खवासले भने ।
प्रतियोगिताका विजेताले नगद पाँच लाखसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले नगद दुई लाख ५० हजार प्राप्त गर्नेछ ।

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget