Websoft University

www.radiomakalu.com || 021-522512


Articles by "खेलकुद"



काठमाडौं, फागुन १४ गते । सर्जी नाब्रीले दुई गोल गरेपछि जर्मन क्लब वायर्नले च्याम्पियन लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेग खेलमा इंग्लिस क्लब चेल्सीमाथि शानदार जित हात पारेको छ ।

वायर्नले चेल्सीलाई उसैको मैदानमा ३-० ले पराजित गर्दै दोस्रो लेगका लागि सजिलो बनाएको छ ।

लण्डन क्लब चेल्सीको घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा ३ गोल भयो । ५१औं मिनेटमा सर्जीले गोल गर्दै वायर्नलाई अग्रता दिलाए । त्यसको ३ मिनेटपछि सर्जीले नै गोल गर्दा वार्यनले अग्रता दोब्बर बनायो । यस्तै रोवर्टो लेवान्डोस्कीले ७६औं मिनेटमा गोल गर्दै जित पक्का गरेका थिए ।

८३औं मिनेटमा मार्कोस अलोन्सो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सीले दश खेलाडीमा रहेर खेल सकाएको थियो । - अनलाइन खबरबाट 

2020-02-12-8575
काठमाडौं, माघ २९ गते । अमेरिका अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा अहिलेसम्मकै सबैभन्दा झिनो योगफलमा समेटिएको छ । नेपाली बलिङ्ग आक्रमण अगाडि अमेरिकाका दश जना ब्याट्सम्यानले दोहोरा योगफल समेत छुन पाएनन । नेपाली बलर सन्दीप लामिछानेले छ र सुशन भारीले चार विकेट लिदा अमेरिका ३५ रनमै समेटिन पुग्दा कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाला विश्व कीर्तिमानको साक्षी बन्न पुगेको छ ।
यसअघि अन्तर्राष्ट्रिय एकदिवसीयमा सबैभन्दा कम योगफलमा समेटिएको कीर्तिमान जिम्बाबवेको नाममा रहेको थियो । जिम्बाबवे करीब १६ वर्ष अगाडि घरेलु मैदानमै ३५ रनमा समेटिन पुगेको थियो । उक्त योगफल कुनै राष्ट्रले अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा तयार गरेको अहिलेसम्मकै कम योगफल रहेको थियो । अमेरिकाले बुधबार नेपाल विरुद्धको आफ्नो दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा उक्त योगफलको बराबरी गर्दै नयाँ कीर्तिमान बनाएको छ । जिम्बाबवे सन् २००४ को अप्रिल २५ का दिन हरारेमा श्रीलङ्का विरुद्ध ३५ रनमा समेटिएको थियो ।
श्रीलङ्काली बलर चामिण्डा भासले उक्त खेलमा चार विकेट लिनुभएको थियो । फरवेज महरुफले तीन र दिलहरा फर्नान्डोले दुई विकेट लिनुभएको थियो । श्रीलङ्काले भने एक विकेटको क्षतिमा ९ ओभर दुई बलमा ४० रन बनाएर लक्ष्य पुरा गरेको थियो ।
नेपालको आठ विकेटको जित
नेपालले अमेरिकामाथि आठ विकेटको जित हात पारेको छ । अमेरिकाले प्रस्तुत गरेको ३६ रनको लक्ष्य नेपालले मात्र पाँच ओभर दुई बलमा दुई विकेटको क्षतिमा पुरा गरेको हो । नेपालका लागि दिपेन्द्र ऐरीले १५ तथा पारस खडका २० रन बनाएर अविजित रहनुभयो । यसअघि कप्तान ज्ञानेन्द्र मल्ल १ र सुभाष खकुरेल खाता खोल्न नपाउँदै पेभेलियन फर्किदा नेपाली टोली दबाबमा आएको थियो । अमेरिकाका लागि दुबै सफलता केनिजिले दिलाउनुभयो ।
यसअघि अमेरिका १२ ओभरमा मात्र ३५ रनको झिनो योगफलमा समेटिन पुग्यो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्ता पाएको पाहुना टोली अमेरिकाको पारीलाई ३५ रनमा खुम्च्याउन सन्दीप लामिछाने र सुशन भारीले उत्कृष्ट बलिङ्ग गर्नुभयो । सन्दीप एक्लैले छ विकेट लिनुभयो । बाँकीको चार विकेट सुशन भारीले बाँड्नुभयो । अमेरिकी पारीको दश जना ब्याट्सम्यान दोहोरा योगफल समेत छुन सकेनन । ओपनर जेभियर मार्शलले बनाउनुभएको १६ रन सर्वाधिक ब्यक्तिगत् योगफल रहन गयो । उसको पारीको चार जना ब्याट्सम्यानले खाता समेत खोल्न सकेनन ।
सन्दीपले छ ओभरको स्पैलमा मात्र १६ रन खर्चेर छ विकेट लिनुभयो । सुशनले भने तीन ओभरमा एक मैडन राख्दै मात्र पाँच रन खर्चेर चार विकेट लिनुभयो ।- इश्वरचन्द्र झा, गोरखापत्र दैनिकबाट 

Image result for anfa nepal

काठमाडौँ, वैशाख १८ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले एन्फा एकेडेमीका लागि ८१ जना उमेर समूहका खेलाडी छनोट गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज बिहान सम्पन्न छनोटबाट एन्फाले मेडिकल परीक्षणका लागि ८१ जना यू–१३ उमेर समूहका खेलाडी छनोट गरेको हो । मुलुकभरबाट छानिएर आएका खेलाडीबीच वैशाख १२ देखि अन्तिम चरणको छनोट गर्दै एन्फाले ८१ खेलाडी छानेको सूची तयार पारेको हो ।

एन्फाले छनोट भएका ८१ खेलाडीको मेडिकल परीक्षण गर्नेछ । मेडिकलपछि एन्फाले एकेडेमीका लागि ५० जना खेलाडी छनोट गर्नेछ । छनोट भएका खेलाडीलाई एन्फाले बुटवल र धरानको एकेडेमी राखेर पढाइका साथै फुटबल प्रशिक्षण दिने एन्फा प्रवक्ता किरण राईले जानकारी दिनुभयो ।

यस्तै यसै छनोटबाट आएका यू–१६ खेलाडीले एशियाली फुटबल महासङ्घ (एएफसी) यू–१६ छनोटमा नेपालको प्रतिनिधित्व गर्ने एन्फाले जनाएको छ ।

छनोट हुने खेलाडीमा विक्रम गौतम, विजय राज शाही, विश्वास ओझा, दीपक थापामगर, विपिन थापा, अनिल खड्का, अजय लामा, मनोज खुलाल, सुमन भेटवाल, रोनिक रानामगर, सुजल घलेलगायत ८१ जना रहेका छन् । - रासस



काठमाडौं ,  कार्तिक १५ गते  । रियल मड्रिडले प्रशिक्षक परिर्वतन गरेपछिको आफ्नो पहिलो खेलमा शानदार जित हात पारेको छ ।

रियलले स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम ३२ अन्तर्गत पहिलो लेगमा मेलिल्लालाई ४–० गोलअन्तरले पराजित गरेको हो । यसअघि प्रशिक्षक जुलेन लुपेटेगुईले रियल मड्रिड सम्हाल्दा ला लिगा फुटबलमा अन्तिम ५ खेलमा ४ खेलमा हार र १ खेलमा मात्रै बराबरी खेलेको थियो । प्रशिक्षक लुपेटेगुईलाई रियलले यसै साता मात्रै बर्खास्त गरेको थियो ।

बुधबार राति भएको पहिलो लेगमा रियलले मेलिल्लालाई ४–० गोलअन्तरले पराजित गर्ने क्रममा करिम बेन्जिमा, मार्को एसेन्सियो, अल्भोरो ओड्रिओजोला र क्रिस्टो गोन्जालेजले गोल गरे ।

खेलको २८ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । एसेन्सियोले खेलको ४५ औं मिनेटमा गोल गर्दै रियल मड्रिडलाई दोब्बर अग्रता दिलाएका थिए ।

पहिलो हाफमा २–० गोलले अग्रता बनाएको रियलले दोस्रो हाफमा थप २ गोल गर्न सफल भयो । रियलका लागि खेलको ७९ औं मिनेटमा ओड्रिओजोलाले गोल गर्दै तेब्बर अग्रता दिलाएका थिए । त्यस्तै, खेलको अतिरिक्त समयमा गोन्जालेजले गोल गरेपछि रियलले खेल ४–० गोलअन्तरले जितेको हो । - अनलाइन खबरबाट 



काठमाडौं , कार्तिक ११ गते । विश्व फुटबलमा सबैभन्दा धेरै हेरिने क्लब फुटबल एल क्लासिको अर्थात रियल मड्रिड भर्सेस बार्सिलोनाको खेल स्पेनिस ला लिगामा नेपाली समयअनुसार आइतबार राति ९ बजे हुँदै छ ।

प्रतिक्षाको बिषय बन्ने एल क्लासिकोमा यसपटक दुई स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सी भने छैनन् । यसअर्थमा २००७ पछिको मेस्सी र रोनाल्डोबिनाको एल क्लासिको भिन्न हुँदै छ ।

२००७ मा मेस्सी घाइते हुँदा एल क्लासिकोमा खेल्न सकेका थिएनन् । रोनाल्डो म्यानचेस्टर युनाइटेडबाट २००९ मा रियल मडि्रड आएपछि एल क्लासिको मेस्सी या रोनाल्डोविहीन भएको थिएन ।

यसपटक मडि्रडबाट क्रिष्टियानो रोनाल्डो युभेन्टस गएपछि एल क्लासिकोमा मेस्सी हाबी रहने अनुमान भइरहेका बेला सिजनकै पहिलो एल क्लासिकोमा मेस्सी पनि नहुने भएका हुन् । मेस्सी हातमा लागेको चोटका कारण आराममा छन् ।

मेस्सीले एल क्लासिकोमा खेलेका ३८ खेलमा २६ गोल गरेका छन् भने १४ गोलमा असिस्ट गरेका थिए । रोनाल्डोले एल क्लासिकोका ३० खेलमा १८ गोल गरेका थिए भने एक असिस्ट गरेका थिए ।

मेस्सी र रोनाल्डोसहितको एल क्लासिकोका ३० खेलमा १ सय १ गोल भएका छन् । जसमा ४९.५ प्रतिशत गोल उनीहरुमा नै केन्दि्रत रहेको थियो ।

२००४ पछि मेस्सीबिनाको एल क्लासिको बार्सिलोनाले जितेको छैन । यसले यसपटक बार्सिलोनाका लागि इतिहास बनाउने मौका पनि छ ।

ला लिगामा ९ खेलमा पाँचमा जित, तीन बराबरी र एक खेल हारेको बार्सिलोना १० खेल खेलेको एथ्लेटिको मडि्रडपछि दोस्रो स्थानमा रहेको छ । रियल मड्रिड ९ खेलमा चारमा जित, दुई बराबरी र तीन हारसहित आठौं स्थानमा रहेको छ ।

केही तथ्य

गएका २१ एल क्लासिकोमा बार्सिलोना गोलविहीन भएको छैन । आइतबारको खेलमा पनि बार्सिलोनाले गोल गरेमा १९५९ देखि १९६९ को बीचमा रियल मडि्रडले लगातार २२ एल क्लासिकोमा गरेको गोलको कीर्तिमानसँग बराबरी हुनेछ ।

यो २००७ डिसेम्बर २३ पछि रोनाल्डो र मेस्सीबिनाको एल क्लासिको हुँदै छ ।

अलिहेसम्म रियल मडि्रडले ९५ एल क्लासिको जितेको छ भने बार्सिलोनाले ९३ एल क्लासिको जितेको छ । ५० खेल बराबरी भएका छन् ।
लुइस स्वारेज २०१४ मा बार्सिलोना आएपछि एल क्लासिकोमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी उनै हुन् । स्वारेजले एल क्लासिकोमा ६ गोल गरेका छन् ।

सम्भावित सुरुवाती ११

रियल मड्रिड – कोर्टुवा, नाचो, भाराने, रामोस, मार्सेलो, मोडरिक, क्यासेमिरो, क्रुस, बेल, बेन्जेमा र एसेन्सियो ।

बार्सिलोना – टेर स्टेगेन, रोबर्टो, पिके, लेङलेट, अल्बा, र्‍याकिटिक, बुस्केट्स, आर्थर, राफिन्हा, स्वारेज र कोटिन्हो ।

के भन्छन् प्रशिक्षक ?

जुलेन लोपेटेगी (रियल मड्रिड) – हामी परिवर्तन नै हुन नसक्ने अवस्थामा छैनौं । अहिले आइरहेका नतिजा फेर्न सक्ने क्षमता खेलाडीमा छ । हामी भर्खर अक्टोवरमा छौं । अगाडि अझ धेरै नै बाँकी छ ।

एर्नेस्टो भालभर्दे (बार्सिलोना) – रियल मड्रिड अहिले घाइते बाघजस्तो छ । जुन झनै खतरनाक हुन्छ । उनीहरुसँग राम्रो गर्ने क्षमता पनि छ । मलाई आश छ उनीहरुले राम्रो खेल्ने छन् । - अनलाइन खबरबाट 

Image result for एएफसी यु–१९ छनोटमा नेपाल भारतसँग खेल्दै

काठमाडौँ, कात्तिक ९ गते । एएफसी यु–१९ फुटबल च्याम्पियनसिप छनोटमा नेपालले आज आफ्नो दोस्रो खेलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ ।
थाइल्याण्डको चोनबुरी रङ्गशालामा हुने खेल नेपाली समयानुसार दिउँसो २ः४५ बजे शुरु हुने अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले जनाएको छ । प्रतियोगितामा अङ्कबिहीन नेपाललाई अघिल्लो चरण पुग्न आजको खेलमा भारतलाई हराउनुपर्ने दबाब छ ।
नेपाल आफ्नो पहिलो खेल कात्तिक ७ गते थाइल्याण्डसँग ३–० गोल अन्तरले पराजित भएको थियो । भारतले भने पाहिलो खेलमा पाकिस्तानलाई १८–० गोल अन्तरले हराएको थियो ।
कात्तिक ११ गतेसम्म सञ्चालन हुने छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा भारत, पाकिस्तान र थाइल्याण्ड छन् । प्रतियोगितामा एक÷एक खेल जितेको भारत र थाइल्याण्डसँग तीन÷तीन अङ्क छ भने नेपाल र पाकिस्तान अङक्विहीन छन् ।
नेपालले समूहचरणको अन्तिम खेल कात्तिक ११ गते पाकिस्तानसँग भिड्नेछ । पहिलो चरणको छनोटबाट शीर्ष दुई टोलीले दोस्रो चरणमा प्रवेश गर्नेछन् । नेपाली टोली कात्तिक ३ गते त्यसतर्फ गएको हो ।
पहिलो खेलमा पाकिस्तानविरुद्ध फराकिलो जित निकालेको भारत उच्च मनोबलका साथ मैदान उत्रदैछ भने पहिलो खेलमा पराजित नेपाल केही दबाबमा हुनेछ । - रासस

Image result for विश्वकप ट्रफी शुक्रबार नेपाल ल्याइँदै

काठमाडौँ, कात्तिक ८ गते । इङ्ग्ल्यान्ड र वेल्समा आगामी वर्ष संयुक्तरूपमा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी० विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल ल्याइँदैछ ।

आइसिसीकी नेपाल प्रतिनिधि एवं क्यानकी पूर्व प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेका अनुसार विश्वकप ट्रफी बङ्गलादेशबाट शुक्रबार नेपाल आइपुग्ने छ । ट्रफी नेपालमा चार दिन राखिनेछ । नेपालमा रहँदा ट्रफीलाई स्वयम्भू, पोखरा र चन्द्रगिरिमा पुरयाइनेछ ।

पोखरा प्रिमियर लिग क्रिकेट ९पिपिएल०का लागि सबै खेलाडी र क्रिकेटसम्बद्ध व्यक्ति पोखरामा रहेकाले ट्रफी पोखरा लैजान लागिएको हो ।

त्यस्तै २८ गते आइतबार ट्रफीलाई काठमाडौँको चन्द्रागिरिमा लगेर प्रर्दशनीमा राखिनेछ । सोही दिन प्रधानमन्त्री र सर्वसाधारणलाई समेत ट्रफी देखाइने कार्यतालिका रहेको घिमिरेले जानकारी दिनुभयो ।

आइसिसीले विश्व भ्रमणको दौरान विश्वकप ट्रफी नेपालमा समेत प्रदर्शन गर्न लागेको हो । नेपालले एक दिवसीय मान्यता पाएको अवसरमा ट्रफीलाई नेपाल ल्याउन लागिएको हो ।

विश्वकपको ट्रफी निशान कम्पनीको सहायताले विश्वभर प्रदर्शन गरिदैछ । क्रिकेटको विश्वकप ट्रफी नेपालमा पहिलोपटक आउने लागेको हो । फुटबलको ट्रफी भने नेपालमा ल्याइसकिएको छ ।

एक सय दिने विश्व भ्रमणमा रहेको विश्वकप ट्रफी दुबईबाट शुरु भई ओमान, अमेरिका, वेष्टइण्डिज, श्रीलङ्का, पाकिस्तान र बङ्गलादेश हुँदै नेपाल ल्याउन लागिएको बताइएको छ ।

ट्रफी नेपालबाट भारत, न्यूजिल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड र जर्मनी हुँदै इङ्ग्ल्यान्ड लगिनेछ । विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिने आइसिसीले जनाएको छ । - रासस

Image result for sandeep lamichhane

काठमाडौँ, कात्तिक ६ गते । अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता प्राप्त गर्दै आएका नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियन लिग खेल्ने भएका छन् ।

अघिल्लो महीना मलेसियामा सम्पन्न आइसिसी विश्वकप टी–२० एशिया क्षेत्र छनोट ‘बी’को खेल सकिएलगत्तै मलेसियाबाट अष्ट्रेलिया गएका सन्दीप अष्ट्रेलियाको उच्च डिभिजनको क्रिकेट लिगमा आबद्ध भएका हुन् ।

सन्दीपले अष्ट्रेलियाको मेलबर्न स्टार्स क्लबबाट ‘बिग बास’ लिग खेल्ने भएका हुन् । क्रिकेटसम्बन्धी बेवसाइट क्रिक इन्फो डटकमका अनुसार सन्दीपले मेलबर्न स्टार्स क्लबसँग सम्झौता गरेका छन् ।

हालै अफगानिस्तान प्रिमियर लिग खेलेका सन्दीप आगामी पुस ४ गतेदेखि शुरु हुने बिग बास लिगमा अनुबन्धित भएका हुन् । यसअघि सन्दीपले माइकल क्लार्कको क्लब वेष्ट्रन डिस्ट्रिक क्लबबाट २०१६–१७ मा प्रिमियर ग्रेड क्रिकेट लिग खेलेका थिए । सन्दीपले क्लार्कको एकेडेमीमा समेत प्रशिक्षण गरेका थिए ।

यसै साता पोखरामा आयोजना हुने पोखरा प्रिमियर लिगमा विराटनगरको मार्की खेलाडी बनेका सन्दीपले इन्डियन प्रिमियर लिगमा (आइपिएल) दिल्ली डेयरडेभिल्सबाट यसै सिजनमा खेलेका थिए ।

अष्ट्रेलियन लिगमा आबद्ध भएपछि सन्दीपले यो नेपाल र नेपालीका लागि गौरबको कुरा भएको प्रतिक्रिया दिएको उक्त वेबसाइटले जनाएको छ । लामिछाने बङ्गलादेश र युएइको लिगमा समेत आबद्ध भइसकेका छन् । - रासस



काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सन् २०२३ को एक दिवसीय विश्वकपको नयाँ रोडम्याप जारी गरेको छ ।
सिंगापुरमा बसेको आईसीसीको बोर्ड बैठकले विश्वकपका लागि नयाँ फम्र्याट तयार पारेको हो ।

विश्वकपका लागि तयार पारिएको विभिन्न छनोटअन्तर्गत ३ वटा लिगहरु हुनेछन् । जसमा आईसीसी सुपर लिग, आईसिसी लिग-२ र च्यालेन्ज कप रहेका छन् ।

आईसीसी सुपर लिगमा १२ टेष्ट राष्ट्र र नेदरल्याण्ड गरी १३ टिम सहभागी हुनेछन् । आईसिसी सुपर लिगको शीर्ष ८ टोलीले विश्वकपमा स्थान बनाउने छन् । सुपर लिगका बाँकी पाँच टिमले सन् २०२२ को विश्वकप छनोट खेल्ने अवसर पाउने छन् । यो सुपर लिग २०२० देखि २०२२ सम्म हुनेछ ।

त्यस्तै, विश्वकप छनोटको लागि अर्को लिग हो, आईसीसी लिग-२ । आईसीसी लिग-२ मा ७ राष्ट्रले खेल्ने छन् । यस लिगमा नेपालसहित, युएई, स्कटल्याण्ड र आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ बाट छनोट भएर आएका ४ टोलीले खेल्नेछन् । यो २०१९ देखि २०२१ सम्म हुनेछ ।

एपीएफ र न्यू डायमण्ड फाइनलमा भिड्नेको लागि तस्बिर परिणाम

पोखरा, भदौ २७ गते । गत वर्षको विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लब र उपविजेता न्यू डायमण्ड एकेडेमी यस वर्षको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि आज भिड्ने भएका छन ।

तीज पर्वको उपलक्ष्यमा नवआदर्श विकास समाजद्वारा लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माविको खेलमैदानमा आयोजित उक्त प्रतियोगिताको सेमिफाइनलमा एपीएफले विभागीय टोली त्रिभुवन आर्मीलाई तथा न्यू डायमण्डले चितवन टाइगर्सलाई सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । न्यू डायमण्डले चितवन टाइगर्सलाई २५–१७, २५–२३ र २५–१८ को सोझो सेटमा तथा एपीएफले आर्मीलाई २५–२२, २५–२० र २५–२१ को सेटमा हराएको हो ।

प्रतियोगिताको विजेताले रु एक लाख तथा उपविजेताले रु ६५ हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने प्रचार–प्रसार संयोजक धर्ममानसिंह भण्डारीले जानकारी दिनुभयो । प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ । - रासस



काठमाडौँ, भदौ २७ गते । बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गत आज दुवै सेमिफाइलनका खेल हुँदैछन् । आज दिउँसो पहिलो सेमफाइनलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ भने अर्को सेमिफाइलनमा भारत र पाकिस्तान भिड्ने छन् ।

दुवै सेमिफाइनल खेल ढाकास्थित बङ्गबन्धु रङ्गशालामा हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । समूह ‘ए’को विजेता नेपालले समूह बीको उपविजेता भाल्दिभ्ससँग खेल्न लागेको हो भने समूह ‘ए’ को उपविजेता पाकिस्तानले समूह ‘बी’को विजेता भारतसँग खेल्नेछ ।

समूह चरणमा भुटानविरुद्ध ४–० गोल र बलियो बङ्गलादेशविरुद्ध २–० गोल अन्तरले विजयी भएको नेपाली टोली माल्दिम्भविरुद्ध जित हात पार्दै इतिहास रच्ने दाउमा छ । नेपाली राष्ट्रिय टोलीका कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपाली टोली पछिल्लो समय लयमा रहेकाले फाइनल पुग्ने बताउनुभयो । नेपालले माल्दिभ्सलाई हराउन सके इतिहास रच्नेछ । यसअघि नेपाल चार पटक सेमिफाइलनसम्म पुगिसकेको छ । -  रासस

‘भौतिक संरचनाको कारण साग प्रभावित नहुने’को लागि तस्बिर परिणाम

पोखरा, भदौ २० गते । राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले भौतिक संरचनाका कारण नेपालमा हुने १३ औँं दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) प्रभावित नहुने बताउनुभएको छ ।

खेलकूद पत्रकार मञ्च कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले सागलाई भव्यताका साथ सम्पन्न गर्न सरकारले पूर्वाधार निर्माणलगायतमा आवश्यक रकम विनियोजन गर्नुपर्ने बताउनुभयो । पूर्वाधार र राज्यको राम्रो सहयोग नभएको अवस्थामासमेत पाराग्लाइडिङका खेलाडीले एशियाली खेलकूद प्रतियोगतामा पदक हासिल गर्न सफल भएको उहाँको भनाइ छ ।

आगामी नोभेम्बरमा पोखरामा हुने अन्तर्राष्ट्रिय पाराग्लाइडिङ च्याम्पियन प्रतियोगिताअन्तर्गत सराङकोटमा आवश्यक पूर्वाधार तयार गर्न रु ३० लाख विनियोजन गरिएको सदस्य–सचिव विष्टले जानकारी दिनुभयो ।

उहाँले देशको गरिमासँग प्रत्यक्ष जोडिएको खेलकूदलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभयो । आगामी सागमा पोखरामा छ वटा खेल सञ्चालन गर्ने भनिए पनि पाराग्लाइडिङसहित सातवटा खेल सञ्चालनको सम्भावना रहेको सदस्य–सचिव विष्टको भनाइ छ ।

सागको तयारीस्वरुप हालसम्म पूर्वाधार निर्माणमा रु दुई अर्बभन्दा बढी लगानी भइसकेको र उक्त प्रतियोगितालाई लक्षित गरी पोखरामा रु एक अर्ब २९ करोडको लगानीमा सुविधा सम्पन्न रङ्गशाला निर्माणको प्रक्रिया अघि बढेको उहाँले उल्लेख गर्नुभयो । - रासस

एसिया कप छनोट : सिंगापुरविरूद्ध नेपाल ४ विकेटले विजयी

काठमाडौं , भदौ १७ गते। मलेसियामा जारी एसीसी एसिया कप छनोट प्रतियोगिताको चौथो खेलमा नेपालले सिंगापुरमाथि ४ विकेटको जित निकालेको छ। सिंगापुरले दिएको १५२ रनको लक्ष्य नेपालले २८.१ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । जितका लागि ४ रन आवश्यक हुँदा नेपालले दीपेन्द्रसिंह ऐरी र सागर पुनको विकेट गुमाएको थियो ।

यो सँगै एसिया कप छनोटमा नेपालले दोस्रो जित दर्ता गरेको छ। कम्तिमा अंक तालिकाको दोस्रो स्थानमा रहँदै एसिया कपमा छनोट हुने आशा जीवितै राखेको छ । टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ४२ ओभरमा अल आउट हुँदै १५१ रन बनाएको थियो । नेपालको जितका लागि अनील शाहले सर्वाधिक ४३ रन बनाए । दीपेन्द्रसिंह ऐरी ३३ र ज्ञानेन्द्र मल्लले ३० रनको योगदान गरे ।

त्यसैगरी सुवास खकुरेल र सागर पुनले समान १४ रन, कप्तान पारस खड्काले ११ र आरिफ शेखले नटआउट ४ रन बनाए ।

टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरको सुरुवाती ब्याटिङ धर्मराएको थियो । ४.२ ओभरमा १८ रन हुँदा तीन विकेट गुमाएको सिंगापुरका लागि चेतन सूर्यवंशी र अनिष परामले चौथो विकेटका लागि ८० रनको साझेदारी गरेपछि बलियो स्थितिमा पुगेको थियो । चौथो विकेटपछि लगातार विकेट लिएर सिंगापुरलार्इ नेपाली बलरले उच्च स्कोर बनाउन दिएनन् ।

सिंगापुरका लागि चेतन सूर्यवंशीले सर्वाधिक ६० रन बनाए । अनिष परामले ३१ र कार्तिकेयन सुब्रामनियनले २० रन बनाए । सिंगापुरविरुद्ध नेपालका लागि लतित राजवंशी र सन्दीप लामिछानेले ३–३ विकेट लिए । सोमपाल कामीले २ र वसन्त रेग्मीले १ विकेट लिए ।

अब नेपालले प्रतियोगिताको अन्तिम खेल मंगलबार हङकङविरुद्ध खेल्नेछ । नेपाललाई एसिया कपमा छनोटका लागि हङकङमाथि जित हात पारेर मात्रै पुग्दैन । अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्ने देखिन्छ।

पहिलो खेलमा ओमानसँग ७ विकेट र दोस्रो खेलमा युएईसँग ७८ रनले पराजित भएको नेपालले तेस्रो खेलमा आयोजक मलेसियामाथि १९ रनको जित निकालेको थियो ।

bhalibalको लागि तस्बिर परिणाम

काठमाडौँ, भदौ १२ गते । इण्डोनेशियामा जारी १८ आँै एशियाली खेलकूद अन्तर्गत आज भएको पुरुष भलिबल खेलमा नेपालले विजय हासिल गरेको छ ।

इण्डोनेशियाको जकार्तास्थित गोर बुलुनगन रङ्गशालामा भएको खेलमा नेपालले मङ्गोलियालाई ३–१ सेटमा पराजित गर्दै विजयी भएको हो । नेपालको एशियाड भलिबलमा यो पहिलो जित हो ।

यसअघिको समूह चरणको खेलमा नेपाल चाइनिज ताइपेई र दक्षिण कोरियासँग पराजित भएको थियो । नेपालले खेलको पहिलो सेट २८–२६ ले गुमायो । त्यसपछिको खेलमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले लगातार तीन सेट आफ्नो पक्षमा पा¥यो । नेपालले दोस्रो सेट २५–१६ ले जित्यो भने तेस्रो सेट ३०–२८ तथा चौथो सेटमा २५–१९ ले आफनो पक्षमा पार्दै प्रतियोगितामा सहज जित हात पा¥यो ।
नेपालले १३ औँ देखि १८औँ वरियताको लागि खेलेको हो । यो वरियताका लागि नेपालसँगै मङ्गोलिया, काजकस्तान र किर्गिस्तान रहेका छन् । नेपालले अब श्रीलङ्का र भियतनाममध्ये एक टोलीसँग खेल्नेछ । रासस

asia cup

काठमाडौँ, भदौ १२ गते । एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गतको उद्घाटन खेलमा नेपालले ओमनको सामना गर्ने भएको छ ।

मलेसियामा भोलिदेखि सुरु हुने उक्त छनोट खेलमा नेपालले विजय लक्ष्यसाथ ओमनसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल नेपाली समय अनुसार बिहान ७ः४५ बजे बायुमास ओभल क्रिकेट मैदानमा हुनेछ ।एक दिवसीय खेलमा नेपाल र ओमन अहिलेसम्म पाँच पटक आमनेसामने भैसकेका छन् । नतिजा नेपालले पक्षमा तीन र ओमनले दुई खेलमा विजय हासिल गरेको छ ।

सन् २००२ को एसिसी ट्रफीमा नेपालले ओमनलाई १०५ रनले पराजित गरेको थियो । सन् २०१० को एसिसी ट्रफी एलिट कपमा नेपालले ओमनलाई ६ विकेटले तथा सन् २०१३ को डिभिजन तीनमा नेपालले लिग चरणको खेलमा ओमनलाई २८ रनले पराजित गरेको थियो । गत फेब्रुअरीमा नामिबियामा भएको डिभिजन दुईमा ओमनले नेपाललाई पराजित गरेको थियो । सन् २०१४ को एसिसी प्रिमियर लिगमा ओमनले नेपाललाई दुई विकेटले पराजित गरेको थियो ।

एशिया कप छनोट खेलमा नेपालसहित आयोजक मलेसिया, संयुक्त अरब इमिरेटस् (युएइ), हङकङ, सिङ्गापुर र ओमान गरी छ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । नेपालले भदौ १३ मा युएइसँग, १४ मा मलेसियासँग, १६ मा सिंगापुरसँग तथा हङकङसँग १९ गते खेल्नेछ । प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा खेल्नुका साथै विजेता टोलीले एशिया कपमा सहभागिता जनाउने छ ।

एशिया कप भने यही भदौ २८ देखि असोज १२ गतेसम्म युएइमा हुनेछ । एशिया कपमा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तानजस्ता टेष्ट राष्ट्रको सहभागिता रहनेछ । उक्त प्रतियोगता तयारीका लागि नेपाली टोलीले श्रीलङ्कामा एक साताको विशेष प्रशिक्षण र तीन अभ्यास खेल खेलेको थियो । नेपालले श्रीलङ्कामा रहँदा त्यहाँका श्रीलङ्कन आर्मी, कोल्ट्स र ब्लुमफिल्ड क्लबलाई पराजित गरेको थियो ।

नेपाली टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, अनिलकुमार साह, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितसिंह भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल रहेका छन् । वैकल्पिक खेलाडीमा प्रदीप ऐरी, किशोर महतो, सुनील धमला र सुसन भारी छन् । भोलि नै हुने अर्को खेलमा आयोजक मलेसिया र हङ्कङ भिड्दैछन् । रासस

iccको लागि तस्बिर परिणाम

काठमाडौँ, साउन २९ गते । पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय प्रतियोगिता खेले लगत्तै नेपाली खेलाडी बरियतामा समावेश भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी०ले सोमबार सार्वजनिक गरेको बरियतामा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने, सोमपाल कामी र ज्ञानेन्द्र मल्ल परेका छन् । सन्दीप २१७ औँ स्थानमा छन् भने सोमपाल २२९ औँ तथा ज्ञानेन्द्र २३६ औँ बरियतामा छन् ।

ज्ञानेन्द्र र सोमपालले नेदरल्यान्ड्सविरुद्धको सिरिजमा अर्धशतक प्रहार गरेका थिए । सन्दीपले नेदरल्यान्ड्सविरुद्ध चार विकेट लिएका थिए । साउन दोस्रो साता नेदरल्यान्ड्ससँग पहिलो अन्तर्राष्ट्रि एकदिवसीय प्रतियोगिता खेलेपछि नेपाली खेलाडी आइसिसिको बरियतामा समावेश भएका हुन् । यसअघि यही साउन २३ गते आइसिसिले सार्वजनिक गरेको टी–२० बरियतामा कप्तान पारस खड्का, शरद भेषवाकर, बसन्त रेग्मी र सोमपाल कामी शीर्ष १०० भित्र परेका थिए । पारश ९०औं स्थान, शरद ९८औँ स्थानमा, वसन्त ७१औँ स्थानमा तथा सोमपाल ९२औँ स्थानमा परेका थिए । रासस



काठमाडौँ, साउन २८ गते । भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फुटबल अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेलमा बङ्गलादेशको सामना गर्दैछ ।

खेल साँझ पौन ७ बजे थिम्पुमा हुनेछ । यसअघि शनिबारको पहिलो खेलमा नेपालले पाकिस्तानमाथि ४–० को फराकिलो जीत हासिल गरेको थियो । नेपालको तुलनमा बङ्गलादेश निकै बलियो टोली हो । पहिलो संस्करणको विजेता बङ्गलादेशले जारी प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानमाथि गोलको वर्षा नै गरेको थियो । साउन २४ मा भएको खेलमा बङ्गलादेशले पाकिस्तानलाई १४ गोल गरेको थियो ।

अघिल्लो संस्करणको हारको बदला लिन पनि आज नेपालले पाकिस्तानसँगको खेल दोहो¥याउँदै जित्नुपर्ने छ । यसअघि बङ्गलादेशमा भएको पहिलो संस्करणमा नेपाल बङ्गलादेशसँग ६–० गोल अन्तरले पराजित भएको थियो । अफगानिस्तान र माल्दिभ्सबाहेक सार्कका छ मुलुकले प्रतियोगितामा सहभागिता जनाएका छन् ।

प्रीति राईको कप्तानीको नेपाली टोलीमा गोलकिपर सावित्री किसान, पुजा थापा, करिना धिमाल, डिफेन्डर खुस्मा राई, पुष्पा गुरुङ, सुरक्षा सिंह, सरिष्मा थामामगर, सलोनी रानामगर, सरिता न्यौपाने, सविना चौधरी र मनमाया परियार छन् । मिडफिल्डरमा सुष्मा तामाङ, रिया बानु, मनिषा विष्ट, सविता रानामगर, पुनम घिमिरे, अस्मिता चौधरी, सरस्वती हमाल र फरवार्डमा रजनी थोकर, निकिता थोकर, चन्द्रा भण्डारी र अनुष्का शेर्पा छन् । मुख्य प्रशिक्षकमा गंगा गुरुङ, प्रशिक्षकमा श्याम मानन्धर र गोलकिपर प्रशिक्षक विनोद महर्जन टोलीमा छन् । - रासस

20229871 1608617449210063 8399751939130109932 o

सानै उमेर देखि फुटबल मैदान नजिक भएर हो कि भाग्यको खेल हो च्यान्टे अर्थात् हरिश कार्की फुटबल तर्फ़ आकर्षित थिए |टाउन प्लानिंग पेप्सी कोला घर भएका हरिशलाई नेपाली फुटबल जगतमा धेरैले ‘च्यान्टे’ को उपनामले चिनछन् | होचो कद ,सानो ज्यु डाल भएका हरिश सानै देखि फुटबल खेल्थे , २०६९ सालमा प्लानिंग ब्य्ज़ युनाईटेडबाट 'सी' डीबीजन खेलेका उनले फुटबल खेल्ने भन्दा पनि खेलाउने कुरामा उनि रमाए |



प्लानिंग मैदानमा हुने धेरै जसो खेलमा रमाउने उनि खेललाई नियालेर हेर्ने गर्दथे |कहिले कहिँ स्थानीय खेलमा रेफ्रीको भूमिका निर्बाह गर्ने मान्छे नहुदा साथी भाईको कर कापमा लागेर रेफ्री बनेर खेल खेलाउने हरिश अहिले आएर नेपालकै सबै भन्दा कान्छा उमेरका राष्ट्रिय रेफ्री भएका छन् | राष्ट्रिय रेफ्रीको उपाधि - राष्ट्रिय रेफ्री ब्याज उनले पाएका छन् |





राष्ट्रिय रेफ्रीको उपाधि पाउन्जेल सम्म निकैनै मिहिनत गर्नु परेको हरिशको भनाइ छ |१८ बर्षको उमेरमा एन्फाको रेफ्री कोर्ष उतिर्ण गरेका च्यान्टे राष्ट्रिय रेफ्री प्रज्वल छेत्रीलाई आफ्नो आइडल मान्दछन्|आफुले गरेको मिहिनेत र अन्य रेफ्री दाई -दिदिको मायाले गर्दा आफु यहाँ सम्म पुगेको कुरा उनि दिल खोलेर भन्दछन् |प्राय जसो सबै फिफा रेफ्रीहरु संग एसीसटेन्ट बनेर काम गरिसकेका च्यान्टेले ठुला प्रतियोगिताहरु पनि सम्हालिसकेका छन् |

हालै सम्पन्न यु-१८ 'ए' डीबीजन लिग र बडी धनराशी भएको रेड बुल फूट्सल लिगमा समेत हरिशले आफ्नो छाप छोडिसकेका छन् |प्राय जस्तो उद्घाटन र फाइनल खेलमा आफ्नो स्थान बनाउन सफल उनले धेरै जसो महत्वपुर्ण खेलमा रेफ्रीको भूमिका निर्वाह गरेर दर्शकको मन जित्न सफल रहेको उनी बताउछन् |



आफुले पाएको उपलब्धिबाट रमाएका हरिश अझै पनि मिहिनत गर्दै जाने र सकेसम्म नेपाली फुटबल लाई केहि योगदान दिने सोचमा छन् |प्लानिंगमा रेफ्री बन्न इच्छुक साना साना भाई बहिनिलाई खेलको नियम सिकाउनुको साथै रेफ्रीको भूमिकाको बारेमा बोल्ने हरिश भविस्यमा एकेडेमी खोल्ने सोचमा छन् ||

उनको अबको लक्ष्य भनेको चाडै भन्दा चाडै फिफा रेफ्री बन्नु रहेको छ | 

खेलकूदका भौतिक पूर्वाधार निर्माणको काममा तीव्रताको लागि तस्बिर परिणाम

नेपालगञ्ज, साउन १५ गते । नेपालगञ्ज रंगशालामा खेलकूदका भौतिक पूर्वाधार निर्माणको काम अहिले धमाधम भइरहेको छ ।

नेपालगञ्जमा हुने आठौं राष्ट्रिय खेलकूद प्रतियोगितालाई दृष्टिगत गरी भौतिक पूर्वाधार निर्माणको कार्यलाई तीव्रता दिइएको हो । अहिले नेपालगञ्ज रंगशालास्थित कबर्ड हलको स्तरोन्नतिको काम भइरहेको छ ।

रंगशाला क्षेत्रको बाहिर रहेको कबर्ड हलको छाना बनाइएको छ भने फ्लोरिङ गर्ने काम शुरु गरिएको मध्यपश्चिम क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष भीम ओलीले बताउनुभयो ।

झण्डै रु १८ करोडको लागतमा रंगशालामा पौडी पोखरी र २४ करोडको लागतमा प्यारापिटसहितको अत्याधुनिक रंगशाला निर्माण भइरहेको छ । अध्यक्ष ओलीका अनुसार पूर्वाधार निर्माणअन्तर्गत रंगशालामा रु सात करोडको लागतमा ट्र्याक एण्ड फिल निर्माणको काम पनि धमाधम भइरहेको छ । रंगशाला क्षेत्रभित्रै भारोत्तोलन एकेडमी, सुटिङ रेन्ज निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ ।

सुटिङका लागि आवश्यक एअर पेस्तोल र एअर गन खरिदको प्रक्रियासमेत अगाडि बढिसकेको क्षेत्रीय खेलकूद विकास समितिका उपाध्यक्ष नरेन्द्र थापाले बताउनुभयो ।

बाँके जिल्लाको कोहलपुर क्रिकेट मैदान वरिपरि पर्खाल, दाङको बेलझुण्डीमा रु २५ करोडको लागतमा रंगशाला र बर्दियाको गुलेरिया र ठाकुरद्धारामा खेलमैदान र कबर्ड हल मर्मत र निर्माणको काम भइरहेको बताइएको छ ।

नेपालगञ्जमा हुने आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि बर्दिया राष्ट्रिय निकुञ्जको पहिचान झल्किने गरी हात्तीको छावालाई मष्कटको रुपमा पारित गरिएको छ ।

केही दिनअघि खेलकूद मन्त्री एवं प्रतियोगिता मूल आयोजक समितिका अध्यक्ष जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको समितिको बैठकले अहिलेसम्म पूर्वाधार निर्माणको कामको समीक्षा समेत गरेको थियो ।

प्रतियोगिता समयमै आयोजना गर्न संघीय, प्रदेश नं ५ र त्यसअन्तर्गतका स्थानीय सरकारसँग क्षेत्रीय खेलकूद विकास समितिले र सहयोग, सहकार्य र अपनत्व ग्रहण गर्न पटकपटक आग्रह गर्दै आएको छ ।

आगामी मंसिर २१ गतेदेखि नेपालगञ्जमा हुने आठौ  राष्ट्रिय खेलकूद प्रतियोगितामा ३५ खेलमा करीब पाँच हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ । रासस

विश्वकप: सर्वाधिक ६ गोल गरेका ह्यारी केनलाई गोल्डेन बुट

काठमाडौँ , असार ३२ गते । रसियामा भएको विश्वकप फुटबल प्रतियोगिता भर सर्वाधिक ६ गोल गरेका इङ्ल्यान्डका स्ट्राइकर ह्यारी केनले गोल्डेन बुट जितेका छन् ।

विश्वकपमा महत्वपूर्ण मानिने यो उपाधि जित्ने उनी इङ्ल्यान्डका दोस्रो खेलाडी भएका छन् । यसअघि सन् १९८६ मा भएको विश्वकप फुटबल प्रतियोगितामा ग्यारी लिङ्करले गोल्डेन बुट जितेका थिए ।

गोल्डेन बुटका लागि केनका मुख्य प्रतिस्पर्धी बेल्जियमका रोमेलु लुकाकुले इङ्ल्यान्डविरूद्धको खेलमा गोल नगरेपछि उनले जित्ने पक्का जस्तै थियो ।

विश्वकप तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा केन र लुकाकु दुवै गोल चुके । ह्यारी केनको ६ गोलमै विश्वकप यात्रा समाप्त हुँदा लुकाकुको ४ गोलमै विश्वकप यात्रा टुंगियो ।

समान ४-४ गोलनै भएका रुसका डेनिस चेरिसेभ र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो यसअघि नै विश्वकपबाट बाहिरिइसकेका थिए । यो विश्वकपमा फ्रान्सका एन्टोनी ग्रीजम्यान र केलिएन एमबाप्पेले पनि समान ४/४ गोल गरे ।

फ्रान्स र क्रोएसियाबीच फाइनलमा समेत केनको जति गोलसंख्या कसैले पुर्याउन सकेनन् । फ्रान्सका ग्रिजम्यान र एमबाप्पेले गोल्डेन बुट जित्न कम्तिमा ३ या त्यो भन्दा माथि गोल गर्नुपर्ने थियो । तर उनीहरूले फाइनलमा १/१ गोल मात्रै गरे ।

को हुन् ह्यारी केन ?

ह्यारी केनको जन्म सन् १९९३ मा लण्डनको वेल्थम्स्टमा भएको हो । सानैबाट फुटबलमा रुचि राख्ने केनले इंगल्याण्डका पूर्वफुटबलर डेभिड बेकह्यामले अध्ययन गरेकै विद्यालयमा पढेका थिए ।

उनी सानैदेखि निकै चलाख थिए । फुटबलको टोलीमा नेतृत्वको कला पनि उनीमा भरपूर रहेको विद्यालयका शिक्षकहरुले बताएका थिए । केनलाई फुटबलको करियर थाल्दा केही समस्या पर्यो । उनले बालककालमा रिड्गवे रोभर्सको लागि खेल्थे, जहाँ डेभिड बेकह्यामले पनि खेलेका थिए । उनलाई आर्सनल र टोटनह्यामले परीक्षणको क्रममा असफल भएको भन्दै लिन अस्वीकार गरेका थिए ।

धेरै तौलको भएकाले उनलाई ती क्लबहरुले लिन मानेका थिएनन् । पछि वार्टफोर्डमा टोटनह्यामविरुद्ध राम्रो प्रदर्शन गरेपछि उनी टोटनह्यामकै नजरमा परे । उनलार्इ टोटनह्यामकै प्रशिक्षकले आफ्नो टोलीमा राख्ने निर्णय गरेका थिए ।

यो पटकको विश्वकपमा केनलाई अत्यधिक मार्किङ गरिएको थियो । यो विश्वकपमा निकै घातक मार्किङ गरिएका स्ट्राइकरमा केन सबैभन्दा अगाडि थिए । तर पनि उनले ६ गोल गर्दै गोल्डेन बुट जिते ।

ह्यारी केनको दुई घर छन् । प्रेमिका कटेइ गुडल्याण्डसहित उनी एसेक्समा बस्छन्न् । यो घर निकै शानदार छ । यो घरमा उनीहरुकी एक छोरी पनि छन् । केनको दोस्रो घर टोटनह्यामको मैदाननजिकै छ ।

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget