Websoft University

www.radiomakalu.com || 021-522512


September 2018



मौसमी रुघाखोकी ज्वरोले विभिन्न उमेर समूहका व्यक्तिहरु बिरामी हुने गर्दछन्। यो रोगको प्रकोप नेपालका विभिन्न भूभागमा समय समयमा देखिने गरेको छ। वर्षा यामको शुरु तथा अन्त्य, जाडो यामको शुरु तथा अन्त्यमा साधारणतया रुघाखोकी ज्वरो, इन्फ्लुएञ्जाका विरामी वढी देखिने गर्दछन्।

लक्षण
– ज्वरो आउने (१००.४ डीग्री फरेनहाइट भन्दा वढी)
– टाउको दुख्ने
– घाँटी दुख्ने
– रुघाखोकी लाग्ने
– श्वास फेर्न गाह्रो हुने
– बच्चाहरुलाई झाडा पखाला समेत हुन सक्छ
बच्ने उपाय
– खोक्दा हाच्छिउँ गर्दा सफा कपडा वा रुमाल वा पाखुराले नाक, मुख छोप्ने गरौं।
– साबुन पानीले मिची मिची हात धुने गरौं।
– पोषिलो र झोल पदार्थ प्रशस्त मात्रामा पिउने गरौं।
– ज्वरो आएको व्यक्तिले नगुम्सिएको, हावा ओहोर दोहोर हुने कोठामा आराम गरौं।
– आनावस्यक रुपमा मानिसहरुको भीडभाड भएको ठाउँमा नजाऔं।
– ज्वरो रुघाखोकी लागेको विरामीको घरेलु उपचारबाट स्वास्थ्यमा सुधार नभएमा आवश्यक उपचारको लागि नजिकको स्वास्थ्य संस्थामा लैजाऔं।
– शंकाष्पद रोगी व्यक्तिवाट सकभर टाढै वसौं।
– आँखा, नाक तथा मुखमा अनावस्यक रुपमा हात नलैजाऔं।
– सकभर अरु व्यक्तिहरुसंग हात नमिलाउने, नमस्कार गर्ने।
– अरुले प्रयोग गरेका रुमाल, कपडा प्रयोग नगरौं।
– नाक, मुख छोप्दा प्रयोग भएका रुमाल राम्ररी धोएर वा सफा गरेर मात्र पुनः प्रयोग गर्ने।
- स्वास्थ्य खबर पत्रिकाबाट



जीवनशैलीको परिवर्तनसँगै मुटुरोग मानव मृत्युको पहिलो कारण बन्दै गएको छ। सहरीकरणसँगै बढेको अस्वस्थ जीवनशैलीका कारण पुरुष र महिला दुवैमा हृदयाघातको दर बढ्दो क्रममा छ। विगतमा यो रोग विशेषगरी ४० वर्षभन्दा बढी उमेरका मानिसमा देखिन्थ्यो भने अहिले ४० भन्दा कम उमेरका युवाहरूमा देखिने क्रम बढिरहेको छ।

मुटुले रगत पम्प गरेर शरीरभरि फैलाउने गर्छ। तर मुटुलाई काम गर्नका लागि पनि रगतको आवश्यक पर्छ। मुटुले आफ्नै रगत नली (कोरोनरी धमनी) को सहायताले मुटुमा रगत फैलाउँछ।

मुटुका नलीमा बोसोजन्य पदार्थ कोलेस्टेरोल जम्दै जाँदा नली खुम्चिँदै जाने हुन्छ। यसले गर्दा मुटुको नली साँघुरो हुँदै बन्द हुन्छ। जसका कारण मुटुमा रगत र अक्सिजन पुग्दैन र हृदयाघात हुन्छ। हृदयाघात भनेको पनि कुनै कारणवश मुटुले पाउनुपर्ने रगत र अक्सिजन नपाएर मुटुले काम गर्न नसक्ने स्थिति हो।

सन् १९९० तिर मुटुको रोगबाट लगभग १५ प्रतिशत मानिसको मृत्यु हुन्थ्यो तर, अहिले यो संख्या बढेर ३० प्रतिशतभन्दा माथि पुगेको छ। युरोपमा भन्दा दक्षिण एसियाली देशका मानिसमा मुटु रोगको समस्या बढी देखिएको छ। नेपाल जस्ता विकासोन्मुख राष्ट्रमा झन् धेरै समस्या छ।

हृदयाघातको समस्या पुरुषको तुलनामा महिलालाई कम हुन्छ। तर, महिनावारी सुकेपछि भने पुरुष र महिलामा हृदयाघातको जोखिम बराबर हुन्छ। पछिल्लो समय युवायुवतीमा धूमपान, मद्यपान, मोटोपन, शारीरिक व्यायामको कमी लगायत अस्वस्थ जीवनशैली बढ्दै गएका कारण हृदयाघातको जोखिम बढ्दै गएको देखिन्छ।

हृदयाघातको कारण
बढ्दो उमेर
अस्वस्थ जीवनशैली
खानपानमा आएको परिवर्तन
धूमपान, मद्यपान
मधुमेह
उच्च रक्तचाप
मोटोपना
कम शारीरिक अभ्यास
शरीरमा कोलेस्टोरल बढ्नु
वंशाणुगत
वातावरणीय प्रदूषण

हृदयाघातका मुख्य लक्षण
हृदयाघात हुने बेला छाती गह्रौं भएजसरी दुख्छ। त्यसपछि क्रमशः अरू ठाउँमा पनि सर्न सक्छ। छातीको बीचभागमा, घाँटी, दायाँबायाँ हात, कुमको पछाडि, र पेटमा पनि सरेर दुख्न सक्छ। हृदयाघात हुुने समयमा एकदम पसिना आउँछ र स्याँस्याँ बढ्दै जाने हुन्छ। यदि सबै नसा बन्दा भएका छन् भने लक्षण नै नदेखिई बेहोस हुने सम्भावना पनि बढी हुन्छ।

सबै मानिसमा सबै लक्षण नदेखिन सक्छन्। कसैकसैलाई डर लागे जस्तो, आत्तिए जस्तो, चिटचिट पसिना आए जस्तो, चक्कर लागे जस्तो पनि हुन्छ।

कुनै बिरामीलाई हृदयाघात हुँदा कुनै लक्षण देखा नपर्न पनि सक्छ। यसलाई साइलेन्स हृदयाघात भन्छौं। यस्तो बेला केही समस्या हुँदैन तर अस्पताल आइसकेपछि इसिजीमा मुटुमा खराबी देखिन सक्छ। यस्ता बिराम विशेषगरी मधुमेहका रोगी, उमेर छिप्पिइसकेका र महिलाहरूमा बढी देखिन्छ।

रोकथामका उपाय
बढ्दो उमेरलाई त हामीले रोक्न सक्दैनौं। तर, समय–समयमा चेक गरेर जोखिमको पहिचान भने गर्न सक्छौं। वंशाणुगत कारणले पनि हृदयाघातको सम्भावना हुन्छ। त्यसकारण अभिभावक तथा परिवारका कुनै सदस्यलाई हृदयाघात छ भने चनाखो भइरहनुपर्छ। समय–समयमा आवश्यक चेक जाँच गर्नुपर्छ।

धूमपान र मद्यपान सेवन गर्नेलाई हृदयाघातको हुने सम्भावना अरूलाई भन्दा तीन गुणा बढी हुन्छ। यसका साथै मधुमेह, उच्च रक्तचापलाई नियन्त्रण गर्ने, पोषिलो खानेकुरा खाने कुरामा पनि ध्यान दिन आवश्यक छ।

हृदयाघातबाट जोगिन शारीरक व्यायाम गर्ने गर्नुपर्छ। प्रत्येक दिन ३० मिनेट हिँड्नाले मुटुरोग लाग्नबाट धेरै हदसम्म जोगिन सकिन्छ। रगतमा कोलेस्टेरोलको मात्रा चेक गर्ने र नराम्रो कोलेस्टेरोल बढी छ भने घटाउनुपर्छ। मोटोपन घट्यो भने हृदयाघातबाट धेरै हदसम्म जोगिन सकिन्छ। मानसिक तनावका कारणले गर्दा पनि हृदयाघात हुने सम्भावना बढी हुन्छ।

हृदयाघात भइकेपछि तत्काल अस्पताल जानुपर्छ। जति छिटो उपचार गर्न सक्यो बिरामीमा पर्ने असर त्यति नै रोकथाम गर्न सकिन्छ। हृदयाघात भएको ६० देखि ९० मिनेटभित्र उपचार भइसक्नुपर्छ। यो अवधिलाई गोल्डेन आवरका रूपमा लिइन्छ।

-मुटु शल्यचिकित्सक डा आचार्य मेडिसिटी अस्पतालमा कार्यरत छन् , स्वास्थ्य खबर पत्रिकाबाट


                        डा केसीसँगको सम्झौता कार्यान्वयनमा बिलम्ब


sanghiy sansadको लागि तस्बिर परिणाम

काठमाडौं , असोज ११ गते।  संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को वर्षे अधिवेशन बिहीबार राति १२ बजेबाट अन्त्य हुँदैछ। यससँगै डा गोविन्द केसीसँग सरकारले गरेको सम्झौता अनुसार यही अधिवेशनबाट विधेयक पास हुने सम्भावना न्युन देखिएको छ।

डा केसीसँगको सहमतीपछि तयार भएको विधेयक संसदमा पेश गर्न भन्दा समितिले छलफलमै सिमित गरेपछि उक्त विधेयक यो अधिवेशनमा पारित नहुने देखिएको छ । आज अधिवेशन अन्त्य हुने भएकाले पेश हुने सम्भावना भएपनि पारित हुन भने सम्भव छैन । समितिको प्रतिवेदनमाथि छलफल हुनुपर्ने अनि मात्र प्रतिनिधि सभावाट पारित हुँदै माथिल्लो सदन राष्ट्रिय सभामा पेश गर्नुपर्ने भएकाले यो अधिवेशनमा सम्भव नदेखिएको हो । संसदमा मुलुकी संहिताको संशोधन विधेयक समेत विचाराधिन रहेको छ । केही नेपाल ऐन विधेयकमा मार्फत दर्ता भएको मुलुकी संहिता संशोधन हाल प्रतिनिधि सभामा रहेको छ । उक्त विधेयक आजको वैठकले पारित नगरेमा अर्को अधिवेशनमा जाने छ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद् अन्त्य र आह्वान गर्ने व्यवस्था छ । यही संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति कार्यालयले संसद् सचिवालयलाई अधिवेशन अन्त्यको पत्रमार्फत् जानकारी गराएको छ।

संसद् सचिवालयमा राष्ट्रपति कार्यालयबाट अधिवेशन अन्त्यको पत्र प्राप्त भएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए । तर अर्को अधिवेशन बारे सरकारले निर्णय गर्ने भएकाले कुनै निश्चित नरहेको उनले बताए।

बिहीबारको बैठकमा सभामुख कृष्णबहादुर महराले अधिवेशनका क्रममा भएका गतिविधिबारे जानकारी गराएर अधिवेशन अन्त्यको घोषणा गर्ने कार्यतालिका छ।

गत वैशाख २३ बाट शुरु भएको वर्षे अधिवेशनमा प्रतिनिधिसभाको बैठक आजसहित ७९ औंपटक र राष्ट्रियसभाको ६१ औंपटक बसेर अन्त्य हुन लागेको संसद् सचिवालयले जनाएको छ। संवैधानिक व्यवस्थाअनुसार अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भबीचको अवधि ६ महिनाभन्दा बढी हुनु हुँदैन । तर एक चौथाइ सदस्यले बैठक आह्वानका लागि लिखित आग्रह गरेमा बोलाउनुपर्ने प्रावधान छ ।
- स्वास्थ्य खबर पत्रिकाबाट



काठमाडौं , असोज ११ गते। ६३ वर्ष पुगिन्, गायिका तारा थापा। हेर्दा लाग्दैन- उनलाई बुढ्यौलीले छोइसक्यो। किनकि अनुहारमा उस्तै ताजगी र उर्जा देख्न सकिन्छ। हँसिलो मुहार अनि स्वरमा उत्तिकै निखारपन।

करिब ४ वर्षअघि एकदिन आफ्ना स्तनमा गिर्खा आएको महसुस गरिन् उनले। त्यो गिर्खा स्तनको मुन्टोमा पलाएको थियो। छाम्दा गिर्खा भित्र पुरियो, मासुभित्र। उनी निकै अत्तालिइन्।

‘विश्व संगीत दिवस आइरहेको थियो। त्यसको सांगीतिक यात्रामा निकै नै व्यस्त रहन पुगेँ। त्यसकारण आफ्नो स्वास्थ्यलाई समय दिन सकिनँ।

स्वास्थ्य जाँच गराउनुपर्छ भन्नेमा त उनी सचेत नै थिइन्। तर व्यस्तताले एक महिना यत्तिकै बित्यो। अर्को महिना जब अस्पताल पुगिन्, क्यान्सर दोस्रो स्टेजमा पुगिसकेको थियो।

सुरुमा त विश्वास गर्न निकै गाह्रो भयो उनलाई। तर यथार्थ त्यही थियो। ‘क्यान्सर कत्ति छिटो फैलिने रहेछ, म छक्क परेँ,' उनी भन्छिन्, 'अब स्तन काटेर फाल्नुबाहेक अरु विकल्प छैन भन्ने लाग्यो।’

उनी सायद अलि छिटो चेकजाँचमा गएको भए स्तन काटेर फाल्नु पर्दैन थियो। ‘अप्रेसन गर्नुपर्छ भनेर सुरुमा निकै डराएँ तर त्योभन्दा बढी त केमो दिएपछि कपाल झर्दा डर लागेको थियो,' उनी सम्झिन्छिन्,‘भुइँ छोइहाल्ने जस्तो लामो कपाल त्यसरी झरेको पाउँदा मन नदुख्ने त कुरै भएन। कत्तिले त मलाई मेरो लामो कपाल देखेरै 'उ: त्यो तारा थापा हो' भनेर चिन्थे।

कपाल झरेको तनाव यतिसम्म भएछ कि बरु मर्छु केमो गराउँदिन भन्ने सोचसमेत आएछ उनमा। सुरुमा केमो गरेपछि १० दिन उनलाई निकै गाह्रो भयो। 'खानामा रुचि भएन, जे पनि गन्हाउने हुन्थ्यो,' भन्छिन्, 'केमोमा प्रयोग हुने रसायन हानिकारक हुन्छ भनेर डर लाग्थ्यो।'

स्तन क्यान्सरको शल्यक्रियापछि एउटा घटना उनी प्राय:सम्झिइरहन्छिन्।

भक्तपुर अस्पतालको बेडमा 'रेस्ट' गरिरहेकी थिइन् उनी। हङकङमा हुने सांगीतिक यात्रामा जान भिसा लागिसकेको थियो।

जब उनलाई क्यान्सर लागेको समाचार मिडियामा आयो, आयोजकले तारन्तार फोन गर्न थाले। 'सबै टिकट बिक्री भइसकेकाले तपाईं नगए कार्यक्रम नै रद्द हुन्छ भनेर रुन थाले,' उनले सुनाइन्।

आफूलाई क्यान्सर नै लागिहाल्छ भनेर उनले सोच्न पनि सकेकी थिइनन्। आफूले त्यसरी 'साइन' गरिसकेको 'प्रोजेक्ट'लाई कसरी धोका दिनु? उनको मन अमिलो भएर आयो।

डाक्टरलाई आफ्नो कुरा सुनाइन्। डाक्टरले उनलाई कार्यक्रममा जान हौस्याए। भरखरै शल्यक्रिया गरिएकाले उभिएर नगाउन र स्ट्यान्डमा माइक राखेर कुर्सीमा बस्न सुझाव दिए।

शल्यक्रिया गरेको १८ दिन मात्र भएको थियो। उनले कार्यक्रममा करिब ७ वटा गीत लगातार गाइन् उभिएरै। ‘कलाकार मान्छे, मैले त डाक्टरको सल्लाह नै भुलेँछु,' उनी हाँस्दै भन्छिन्, ‘मेरो नाम त गिनिज बुकमा लेखिनुपर्छ होला, अप्रेसन सकेर 'बेड रेस्ट'मै रहँदा सांगीतिक प्रस्तुति दिएकोमा।’

काठमाडौंमै हुर्केकी उनले यतै लेखपढ गरिन्।उनलाई अहिले लाग्छ- राजधानी जस्तो ठाउँमा त क्यान्सरको जोखिम बारे सोच्न सकेका छैनौं भने विकट गाउँका महिलाहरुको हालत कस्तो होला?

रोग लुकाएर बस्दा ढिलो भएमा आफूलाई नै गाह्रो हुने उनको अनुभव छ। 'आफूलाई डरलाग्दो रोग लाग्यो भनेर डराउनुहुँदैन।आफूलाई विश्वासगर्न छाड्नुहुन्न,' उनी सुझाउँछिन्, 'ठिक हुन्छ भनेर मनमा सोच्नुपर्छ। लक्षण देखापरे हेलचेक्र्याइँ नगरौं।'

अहिलेत उनी स्वस्थ छिन्। ६–६ महिनामा चेकअपको लागि अस्पताल जानुपर्छ। ‘घरपरिवार, चिकित्सक तथा शुभेच्छकबाट धेरै माया तथा प्रार्थना पाएँ, त्यसैले पनि छिटो निको भएँ होला,’उनी अब ढुक्क छिन्।

पछिल्लो पटक २०७० सालमा गीति एल्बम निकालेकी उनलाई पुरानो गीतहरुको म्युजिक भिडियो बनाउने इच्छा छ। ‘फूल झरेपनि काँडा झर्दैन’, ‘सबैले दिने उस्तै हुन्छ माया’, ‘सयथरी बाजा एउटै ताल’,‘कलिलो तामालाई सोध आमालाई’ जस्ता चर्चित गीतकी गायिका हुन् उनी। - बुनु थारु , स्वास्थ्य खबर पत्रिकाबाट




काठमाडौँ, असोज ११ गते । चाडपर्वको मुखमा सरकारले चिनीमा कोटा प्रणाली लागू गरेपछि त्यसको मूल्यवृद्धि र कालोबजारी हुने सम्भावना बढेको छ । मन्त्रिपरिषद्को बैठकले २०७५ सालमा एक लाख मेट्रिक टन चिनी मात्र आयात गर्ने कोटा तोकेपछि त्यसको स्वागत उद्योगपतिहरूले गरे पनि उपभोक्ता विश्वस्त हुन सकेका छैनन् ।
उखु किसानलाई रकम भुक्तानी गर्ने नाममा उद्योगीहरूको आग्रहमा चिनी आयातमा कोटा लगाएपछि उपभोक्ता मारमा परेको उपभोक्तावादीको दाबी छ । नेपाली चिनी उद्योगीले आफूले उत्पादन गरेको चिनीको मूल्यले विदेशबाट आउने चिनीसँग प्रतिस्पर्धा गर्न नसकेको दाबी गरेर सरकारलाई दबाब दिएपछि सरकार उक्त निर्णयमा पुगेको हो ।
यो वर्ष एक लाख मेट्रिक टनको कोटा पूरा भइसकेको छ । चाडवाड सुरु भएको छ । चाडवाडको समयमा चिनीको अभाव देखाएर कालोबजारी गर्ने अवस्था सिर्जना हुने उपभोक्तावादीको गुनासो छ । नेपालमा वार्षिक दुई लाख ८० हजार मेट्रिक टन चिनीको माग छ तर नेपालमा एक लाख २० हजार मेट्रिक टन चिनी मात्र उत्पादन हुन्छ । जति अपुग छ त्यति मात्र बाहिरबाट मगाउने सरकारले नीति लिएको छ ।
तर सङ्घका अध्यक्ष शशिकान्त अग्रवाल भन्नुहुन्छ, दुई वर्षलाई नेपालमा जति पनि चिनी पुग्छ । उद्योगीसँग पर्याप्त चिनी छ । अब अझै चिनी उत्पादन गर्ने सिजन आउँदैछ । अपुग चिनी अनुदान तथा सहुलियतमा पाकिस्तान तथा ब्राजिल लगायतका देशबाट आउने उहाँले दाबी गर्नुभयो ।
भारतबाट नेपालसम्म चिनी ल्याउँदा सबै खर्च कटाएर त्यसको मूल्य करिब प्रतिकेजी ६५ रुपियाँ हुने गरेको देखिन्छ । जब कि नेपालमा उत्पादन हुने चिनीको कारखाना मूल्य मात्र प्रतिकेजी ५७ देखि ६० रुपियाँ हुनेछ । तल उपभोक्तासम्म हाइपुग्दा त्यही चिनीको मूल्य ७०–७५ रुपियाँ हुने उपभोक्तावादीको दाबी छ । अध्यक्ष अग्रवालले पनि कारखानाको मूल्य ५७ रुपियाँ प्रतिकेजी रहेको बताउनुभयो । उपभोक्ता महासङ्घका अध्यक्ष प्रेमलाल महर्जनले सरकारले विकल्प नसोची निर्णय गरेको र त्यसले चाडपर्वमा कालोबजारी हुने निश्चित रहेको बताउनुभयो । कोटा अनुसार एक लाख मेट्रिक टनले पनि नेपाली उपभोक्तालाई चिनी अपुग भए सरकारे के गर्ने त्यसको बारेमा अझै केही सोचेको छैन ।
पाकिस्तानबाट सस्तो मूल्यमा भित्रिएको चिनीका कारण उत्पादन गरेको चिनी बिक्री गर्न नसकेर उखु किसानलाई समयमा भुक्तानी दिन नसकेको दाबी उद्योगी अग्रवालको रहेको छ । उहाँले भन्नुभयो, उद्योगीहरूले बजारमा पाकिस्तानी चिनीसँग प्रतिस्पर्धा गर्न नसकेर हामीले भ्याटबाहेक स्वदेशी उद्योगबाट उत्पादित चिनीको मूल्य ५४ र भ्याटसहित प्रतिकिलो ६१ देखि ६२ रुपियाँ तोकेर बिक्री गर्ने गरेको छौँ ।
बजारमा अहिले चिनीको मूल्यमा एक रूपता रहेको छैन । कोटेश्वरमा रहेको भाटभेटेनीमा विदेशबाट आएको चिनीको खुद्रा मूल्य ५९ रुपियाँ रहेको छ भने त्यहीँको खुद्र पसलमा बजारमा अहिले पाकिस्तानी चिनी खुद्रामा ७५ रुपियाँ र थोकमा ६७ रुपियाँमा बिक्री भइरहेको छ ।
असोज ४ गते नेपाली चिनी व्यपारीले सरकारसमक्ष चिनीको थोक मूल्य ६८ रुपियाँ तोकेको छ । तीन तहमा जाँदाजाँदै त्यही चिनीको मूल्य ७१ रुपियाँ पर्न जान्छ तर पाँच दिन बित्दै अहिले त्यही चिनी ८५ रुपियाँमा बिक्री वितरण भइरहेको महासङ्घका अध्यक्ष महर्जनको दाबी छ । चिनी कारखानामा उत्पादन भएको एक केजी चिनीमा ३३–३५ रुपियाँ लगानी परेको दाबी गर्दै उहाँले उपभोक्ताको हातसम्म पुग्दा त्यो चिनीको मूल्य ५० रुपियाँभन्दा बढी नपर्ने दाबी गर्नुभयो । तर सङ्घका अध्यक्ष अग्रवाल भन्छन्, सरकारले नै एक केजी चिनी उत्पादन गर्दा ६३ रुपियाँ लागत लाग्ने गरेको भनेको छ । तर हाम्रो हिसाबमा ६५ रुपियाँ पर्ने
गरेको छ । उखुको मूल्य नघटाएसम्म चिनीको मूल्य कम नहुने अग्रवालले बताउनुभयो । उहाँले भन्नुभयो, अहिले पनि हामीले एक केजीमा ६–७ रुपियाँ घाटा व्यहोरेर चिनी बिक्री वितरण गरिरहेका छौँ । पहिला १२ रुपियाँ घाटा थियो जब सरकारले आयातमा रोक लगायते अनि घाटा कम भएको छ । -  सुरेशकुमार यादव , गोरखापत्र दैनिकबाट

rajendra mahatoको लागि तस्बिर परिणाम

काठमाडौँ, असोज ११ गते । राष्ट्रिय जनता पार्टीका तर्फबाट निर्वाचित सांसद राजेन्द्र महतोले सरकारले बलात्कार, हत्या एवं हिंसामा संलग्नलाई कानूनी कारवाहीको दायरामा ल्याउन नसकेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधिसभाको वर्षे अधिवेशनको बैठकमा समापन मन्तव्य दिँदै उहाँले ‘टीकापुर घटना अधिकार प्राप्तिको घटना भए पनि’ निर्वाचित सांसद रेशम चौधरीलाई अहिलेसम्म प्रमाणपत्र नइिदएकामा रोष प्रकट गर्नुभयो । उहाँले चाडपर्वको मुखमा महँगी बढाएको तथा सामग्रीको अभाव र कालाबजारी नियन्त्रण गर्न नसकेको आरोप पनि लगाउनुभयो ।

निजगढ विमानस्थल निर्माण गरिँदा वातावरणमा प्रभाव नपर्ने गरी काम अघि बढाउन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । सबै भाषाभाषीलाई सम्मान गर्नुपर्छ भन्ने मान्यतालाई स्थापित गर्न आफूले संसद्मा हिन्दीमा बोल्ने गरेको नेता महतोको भनाइ थियो ।

सङ्घीय समाजवादी फोरम नेपालका रामसहाय यादवले मधेश, आदिवासी र जनजातिको आन्दोलनले सङ्घीय शासन प्रणाली स्थापना भए पनि परिवर्तन संस्थागत हुन नसकेको बताउँदै मौलिक हकसम्बन्धी ऐन कार्यान्वयनका लागि सरकार इमान्दार भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

आजै अधिवेशन अन्त्य भए पनि यसपछि बस्ने अधिवेशनमा संविधान संशोधनको प्रस्ताव ल्याउन उहाँले माग गर्नुभयो । सङ्घीयताको श्रेय मधेश आन्दोलनलाई जाने बताउँदै उहाँले यसको संरक्षणमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । भौगोलिक अखण्डतालाई खलल पु¥याउन गरिने कुनै पनि गतिविधिमा आफ्नो दलको समर्थन नरहने उहाँले स्पष्ट पार्नुभयो । - रासस



 काठमाडौँ, असोज ११ गते । चाँडपर्व नजिकिँदै गर्दा तपाई किनमेलको हतारमा त हुनुहुन्न, हतार गरिरहनु भएको छ भने होसियार हुनुहोस् अपराध गर्नेहरू सक्रिय हुन थालेका छन् । विशेष गरी चाँडपर्वको समयमा किनमेलका लागि ‘नगद’ जम्मा गरिराख्नु पर्ने बाध्यतासँगै चोरी, डकैती, लुटपाट र पकेटमारी बढी हुने गरेको जानकारी प्रहरीले दिएको छ ।
महानगरीय प्रहरी अपराध महाशाखा चोरी नियन्त्रण ‘पिलर’ प्रमुख एवम् प्रहरी नायव उपरीक्षक सन्तोष खड्का काठमाडौँ उपत्यकामा अन्य समयको भन्दा चाँडपर्वका बेला बढी यस्ता अपराध हुने गरेको बताउनुहुन्छ ।
‘यतिबेला प्रायः सबैले पकेट र घरमा सरसामान खरिद गर्न नगद जम्मा गरेको हुन्छ, बैङ्कको लकरमा राखेको गरगहना समेत झिकेर प्रयोग गर्ने गर्छन्’ उहाँले भन्नुभयो–‘यही मौकामा अपराधीहरू योजनावद्ध ढङ्गले चोरी र लुटपाट गर्छन् ।’
चोरी, लुटपाट, डकैती र पकेटमारीका अपराध हुनुको मुख्य कमीकमजोरी स्वयम् पीडित ब्यक्तिभित्र नै हुने गरेको भनाइ प्रहरीको छ । घर कोठाको झ्यालढोका बन्द गर्नेदेखि यातायातको साधन प्रयोग गर्दा समेत ध्यान दिइएको हुँदैन ।
प्रमुख खड्का भन्नुहुन्छ,‘यस्तो बेला सबैमा हतार बढी हुन्छ, घर कोठा बन्द गरेर निस्कदा पनि छरछिमेकलाई खवर गर्ने, बाक्लो भीडभाड भएका बजारमा हिँड्दा नगद तथा गहनाको सुरक्षा र यातायातका साधन चढ्दा तथा ओर्लदा आफ्नो सामानको आफै सुरक्षा गर्ने जस्ता सामान्य सचेतना अपनाइँदैन ।’
अपराध महाशाखाका अनुसार, यो पछिल्लो समयमा दिउँसो साढे तीनदेखि साढे चारबजेको समयमा चोरी बढेको छ । यो वेला घरकोठामा भएका आफन्त छोराछोरी लिन स्कुल जाने र झ्यालढोका राम्रोसँग नथुन्ने भएकाले उक्त समयमा चोरी बढेको भनाइ प्रहरीको छ ।
यही असोज महिनाको २ गतेदेखि ५ गतेसम्म भक्तपुरको चुनदेवी, काठमाडौंँको नरेफाँट (दुई घरमा ) स्वयम्भु, कुमारीगाल, बसुन्धरा र कपन लगायतका क्षेत्रमा भएका अधिकांश चोरी घट्ना सोही समयमा भएका छन् ।
सामान्य सतर्कता अपनाएको खण्डमा चोरी र पकेटमारी नियन्त्रणमा आउने अपराधका घटना हुन, अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र उप्रेती भन्नुहुन्छ,‘लुटपाट तथा डकैतीलाई पनि नियन्त्रण गर्न सकिन्छ ।’
चाँडवाँडको बेला अपराध गर्नेलाई पनि चाँडवाँडले छुन्छ । उहाँले भन्नुभयो,“मिठो खानै प¥यो राम्रो लाउनै प¥यो । अनि चोर्न हिँड्छन् । जहाँ सहज भयो त्यही घर कोठाबाट चोरेर गाँउ फरार हुन्छन्, चोर पत्ता लगाउनै गाह्रो हुन्छ ।”
महाशाखाले दिएको एक तथ्याङ्क अनुसार, यही साउनको १ गतेदेखि बुधबारसम्म काठमाडौँमा ४६ वटा चोरी र डकैतीका घटना भएका छन् । ती घटनामध्ये २३ वटा घटनाको सफल अनुसन्धान गरिएको छ भने ४१ जना अभियुक्त पक्राउ परेका छन् ।
सोही अपराधका संलग्न १४ जना अभियुक्तहरु फरार छन् । सार्वजनिक यातायात तथा सडक फुटपाथमा पकेटमारी गरेको अभियोगमा १३ जना भन्दा बढीलाई नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट २३ वटा मोवाइल लगायत विभिन्न सामान बरामद गरिएको महाशाखाले जनाएको छ ।
महानगरीय प्रहरी कार्यालयले दशंै, तिहार र छठ नजिकिने क्रमसँगै हुन सक्ने सम्भावित अपराधका घटनाबाट सुरक्षित र सचेत हुन आग्रह गरेको छ । चाँडवाँडलाई लक्षित गरी उपत्यकाको शान्तिसुरक्षाका लागि विशेष सुरक्षा योजना सञ्चालन गर्ने तयारी गरिएको जनाइएको छ। - देवबहादुर कुँवर , गोरखापत्र दैनिकबाट

me

न्यूयोर्क, असोज ११ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा बेलायती प्रधानमन्त्री थेरेसा मेसँग भेटवार्ता गर्नुभयो । संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन प्रधानमन्त्रीद्वय ओली तथा मे यहाँ हुनुहुन्छ । उक्त अवसरमा नेपाल तथा बेलायतबीच शताब्दीयौँदेखिको मित्रता तथा द्वीपक्षीय सम्बन्ध स्मरण गरिएको संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगका कार्यवाहक राजदूत निर्मलराज काफ्लेले बताउनुभयो । उहाँले व्यापार, लगानी तथा पर्यटनसहितका बहुक्षेत्रमा सहयोग बलियो बनाउने विषयमा पनि छलफल भएको जानकारी दिनुभयो ।

भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधामन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुनकुमार कार्की तथा संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगका कार्यवाहक राजदूत काफ्ले, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी उपस्थित हुनुहुन्थ्यो । - रासस

trumpको लागि तस्बिर परिणाम

वासिङ्टन, भदौं २९ गते । संयुक्तराज्य अमेरिकाले बिहीबार दक्षिण कोरियालाई बिक्री गर्न लागेको दुई अर्ब ६० करोड डलरमा नयाँ लडाकू विमान र क्षेप्यास्त्र बिक्रीलाई स्वीकृति प्रदान गरेको छ ।

प्रतिसुरक्षा सहयोग एजेन्सीले एक वक्तव्यमा दक्षिण कोरियालाई छ वटा पोसीडान नामक लडाकू बिमान दुई अर्ब १० करोड डलरमा बिक्री गर्न लागिएको छ । साथै, करिब ५० करोड १० लाख मूल्यमा ६४ वटा प्याट्रिओट क्षेप्यास्त्र र त्यससँग सम्बन्धित अन्य उपकरण बिक्री गर्न स्वीकृति दिइएको छ ।

अमेरिकी कङ्ग्रेसले उक्त सौदाबाजीमा विमती जनाउन वा रद्द गर्न सक्दछ तर सिओल र वासिङ्टनबीचको प्रगाढ सम्बन्धका कारण यस सम्झौतामा कुनै परिवर्तन हुने सम्भावना छैन ।

पी–८ए सिरिजको बोइङले निर्माण गरेका यी लडाकू जहाजहरु खासगरी जासुसी र हवाई प्रत्याक्रमणमा प्रयोग हुनेछन् ।

उत्तर कोरिया र अमेरिकाबीच वार्ताको सिलसिला जारी रहेकै अवस्थामा हुन लागेको यो सौदाबाजीले उत्तर कोरियामाथि दबाब सिर्जना गर्ने अनुमान गरिएको छ । - रासस/एएफपी

 chandmaको लागि तस्बिर परिणाम
लस एन्जलस, भदौं २९ गते । स्पेसएक्सले बीग फाल्कन रकेट (बीएफआर) को प्रयोग गरी चन्द्रमाको परिधिमा पर्यटक लैजाने नयाँ योजना बिहीबार सार्वजनिक गरेको छ । अन्तरिक्षमा पर्यटकलाई लैजाने गरी बीएफआरमा व्यापक सुधार सहित डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले बीएफआरको प्रयोगमार्फत चन्द्रमाको परिधिमा उड्नका लागि विश्वकै पहिलो यात्रुसँग सम्झौता गरिसकेको बताएको छ । अन्तरिक्षमा यात्रा गर्ने सपना बोकेका व्यक्तिका लागि यो एउटा प्रस्थानविन्दु हो ।
स्पेसएक्सले यसबारेमा थप विवरण सार्वजनिक गरेको छैन ।
टेस्ला विद्युतीय कार निर्माता कम्पनीका प्रमुख कार्यकारी इलोन मस्कले चन्द्रमाको परिधिमा यात्रु लैजाने घोषणा गरेको यो पहिलोपटक भने होइन । क्यालिफोर्नियाको यो कम्पनीले यसअघि पनि अन्तरिक्षमा पर्यटक लैजाने घोषणा गरेको थियो ।
सन् २०१७ को फेब्रुअरीमा स्पेसएक्सले सन् २०१८ को अन्त्यसम्ममा दुई जना पर्यटकलाई अन्तरिक्षमा पठाउने घोषणा गरेको थियो ।
स्पेसएक्सले हाल अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा आवश्यक सामग्री लैजाने काम गरिरहेको छ । स्पेसएक्सले यसअघि फाल्कन हेभी रकेट प्रक्षेपण गरिसकेको छ । तर, हालैका महिनामा यात्रुलाई अन्तरिक्षमा लैजाने कुरा स्थगित भएको थियो ।
अन्तरिक्षमा जान चाहने दुई व्यक्तिको नाम र उनीहरुले भुक्तानी गर्नुपर्ने रकमका बारेमा कम्पनीले कहिल्यै सार्वजनिक गरेको थिएन ।
स्पेसएक्स समक्ष एएफपीले विस्तृत विवरण उपलब्ध गराउन अनुरोध गरेपनि कम्पनीले सोमबार मात्र विस्तृत जानकारी दिइने जनाएको छ ।
मानवले सन् १९७२ मा एपोलो रकेट मार्फत चन्द्रमामा पहिलो पाइला टेकेका थिए ।
चन्द्रमामा अहिलेसम्म केबल २४ जनाले पाइला टेकेका छन् ।
स्पेसएक्स अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) को मुख्य व्यापारिक साझेदार कम्पनी हो र यसले अन्तरिक्ष स्टेसनका लागि आवश्यक सामान ओसारपसारको काम गर्ने लक्ष्य राखेको छ ।
बोइङ कम्पनीले पनि रकेट निर्माणको काम गरिरहेको छ, र यसको रकेट सन् २०१९ भित्र प्रक्षेपण गर्ने योजना छ ।
स्पेसएक्सले हाल अन्तरिक स्टेसनका लागि सामान लैजान नासासँग एक अर्ब ६० करोड डलरको सम्झौता गरेको छ । स्पेसएक्सले नयाँ डिजाइन गरेको बीएफआरमा ३१ वटा इन्जिन रहेका र यसले १५० टन भारी बोक्न सक्दछ ।

लस एन्जलस, भदौं २९ गते । स्पेसएक्सले बीग फाल्कन रकेट (बीएफआर) को प्रयोग गरी चन्द्रमाको परिधिमा पर्यटक लैजाने नयाँ योजना बिहीबार सार्वजनिक गरेको छ । अन्तरिक्षमा पर्यटकलाई लैजाने गरी बीएफआरमा व्यापक सुधार सहित डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले बीएफआरको प्रयोगमार्फत चन्द्रमाको परिधिमा उड्नका लागि विश्वकै पहिलो यात्रुसँग सम्झौता गरिसकेको बताएको छ । अन्तरिक्षमा यात्रा गर्ने सपना बोकेका व्यक्तिका लागि यो एउटा प्रस्थानविन्दु हो ।
स्पेसएक्सले यसबारेमा थप विवरण सार्वजनिक गरेको छैन ।
टेस्ला विद्युतीय कार निर्माता कम्पनीका प्रमुख कार्यकारी इलोन मस्कले चन्द्रमाको परिधिमा यात्रु लैजाने घोषणा गरेको यो पहिलोपटक भने होइन । क्यालिफोर्नियाको यो कम्पनीले यसअघि पनि अन्तरिक्षमा पर्यटक लैजाने घोषणा गरेको थियो ।
सन् २०१७ को फेब्रुअरीमा स्पेसएक्सले सन् २०१८ को अन्त्यसम्ममा दुई जना पर्यटकलाई अन्तरिक्षमा पठाउने घोषणा गरेको थियो ।
स्पेसएक्सले हाल अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा आवश्यक सामग्री लैजाने काम गरिरहेको छ । स्पेसएक्सले यसअघि फाल्कन हेभी रकेट प्रक्षेपण गरिसकेको छ । तर, हालैका महिनामा यात्रुलाई अन्तरिक्षमा लैजाने कुरा स्थगित भएको थियो ।
अन्तरिक्षमा जान चाहने दुई व्यक्तिको नाम र उनीहरुले भुक्तानी गर्नुपर्ने रकमका बारेमा कम्पनीले कहिल्यै सार्वजनिक गरेको थिएन ।
स्पेसएक्स समक्ष एएफपीले विस्तृत विवरण उपलब्ध गराउन अनुरोध गरेपनि कम्पनीले सोमबार मात्र विस्तृत जानकारी दिइने जनाएको छ ।
मानवले सन् १९७२ मा एपोलो रकेट मार्फत चन्द्रमामा पहिलो पाइला टेकेका थिए ।
चन्द्रमामा अहिलेसम्म केबल २४ जनाले पाइला टेकेका छन् ।
स्पेसएक्स अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) को मुख्य व्यापारिक साझेदार कम्पनी हो र यसले अन्तरिक्ष स्टेसनका लागि आवश्यक सामान ओसारपसारको काम गर्ने लक्ष्य राखेको छ ।
बोइङ कम्पनीले पनि रकेट निर्माणको काम गरिरहेको छ, र यसको रकेट सन् २०१९ भित्र प्रक्षेपण गर्ने योजना छ ।
स्पेसएक्सले हाल अन्तरिक स्टेसनका लागि सामान लैजान नासासँग एक अर्ब ६० करोड डलरको सम्झौता गरेको छ । स्पेसएक्सले नयाँ डिजाइन गरेको बीएफआरमा ३१ वटा इन्जिन रहेका र यसले १५० टन भारी बोक्न सक्दछ । (रासस/एएफपी)


लस एन्जलस, भदौं २९ गते । स्पेसएक्सले बीग फाल्कन रकेट (बीएफआर) को प्रयोग गरी चन्द्रमाको परिधिमा पर्यटक लैजाने नयाँ योजना बिहीबार सार्वजनिक गरेको छ । अन्तरिक्षमा पर्यटकलाई लैजाने गरी बीएफआरमा व्यापक सुधार सहित डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले बीएफआरको प्रयोगमार्फत चन्द्रमाको परिधिमा उड्नका लागि विश्वकै पहिलो यात्रुसँग सम्झौता गरिसकेको बताएको छ । अन्तरिक्षमा यात्रा गर्ने सपना बोकेका व्यक्तिका लागि यो एउटा प्रस्थानविन्दु हो ।

स्पेसएक्सले यसबारेमा थप विवरण सार्वजनिक गरेको छैन ।

टेस्ला विद्युतीय कार निर्माता कम्पनीका प्रमुख कार्यकारी इलोन मस्कले चन्द्रमाको परिधिमा यात्रु लैजाने घोषणा गरेको यो पहिलोपटक भने होइन । क्यालिफोर्नियाको यो कम्पनीले यसअघि पनि अन्तरिक्षमा पर्यटक लैजाने घोषणा गरेको थियो ।

सन् २०१७ को फेब्रुअरीमा स्पेसएक्सले सन् २०१८ को अन्त्यसम्ममा दुई जना पर्यटकलाई अन्तरिक्षमा पठाउने घोषणा गरेको थियो ।

स्पेसएक्सले हाल अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा आवश्यक सामग्री लैजाने काम गरिरहेको छ । स्पेसएक्सले यसअघि फाल्कन हेभी रकेट प्रक्षेपण गरिसकेको छ । तर, हालैका महिनामा यात्रुलाई अन्तरिक्षमा लैजाने कुरा स्थगित भएको थियो ।

अन्तरिक्षमा जान चाहने दुई व्यक्तिको नाम र उनीहरुले भुक्तानी गर्नुपर्ने रकमका बारेमा कम्पनीले कहिल्यै सार्वजनिक गरेको थिएन ।

स्पेसएक्स समक्ष एएफपीले विस्तृत विवरण उपलब्ध गराउन अनुरोध गरेपनि कम्पनीले सोमबार मात्र विस्तृत जानकारी दिइने जनाएको छ ।

मानवले सन् १९७२ मा एपोलो रकेट मार्फत चन्द्रमामा पहिलो पाइला टेकेका थिए ।

चन्द्रमामा अहिलेसम्म केबल २४ जनाले पाइला टेकेका छन् ।

स्पेसएक्स अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) को मुख्य व्यापारिक साझेदार कम्पनी हो र यसले अन्तरिक्ष स्टेसनका लागि आवश्यक सामान ओसारपसारको काम गर्ने लक्ष्य राखेको छ ।

बोइङ कम्पनीले पनि रकेट निर्माणको काम गरिरहेको छ, र यसको रकेट सन् २०१९ भित्र प्रक्षेपण गर्ने योजना छ ।

स्पेसएक्सले हाल अन्तरिक स्टेसनका लागि सामान लैजान नासासँग एक अर्ब ६० करोड डलरको सम्झौता गरेको छ । स्पेसएक्सले नयाँ डिजाइन गरेको बीएफआरमा ३१ वटा इन्जिन रहेका र यसले १५० टन भारी बोक्न सक्दछ । - रासस/एएफपी



काठमाडौँ, भदौं २९ गते ।' काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित ऋषेश्वर मन्दिरमा सप्तऋषिको दर्शनका लागि आएका भक्तजनले सामाजिक चेतनाका गीत प्रस्तुत गरेका छन् ।

प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन लाग्ने उक्त मेला भर्न काठमाडौँ उपत्यका तथा त्यस वरपर क्षेत्रबाट आएका महिला भक्तजनले ऋषेश्वरको दर्शन तथा पूजा आराधनापछि उनीहरुका अधिकारसम्बन्धी गीत गाएका छन् ।

मन्दिर परिसरमा पञ्चमीको पूजाका लागि विशेष भीड लागेको छ । कामपा–१२ ले मेलालाई व्यवस्थित बनाउन ऋषेश्वर मेला व्यवस्थापन समिति गठन गरी त्यस क्षेत्रमा सरसफाइ तथा भक्तजनको सुरक्षा र भैपरी आउने समस्याको व्यवस्थापन गरेका छन् । वडा अध्यक्ष विकास डङ्गोलले मेला व्यवस्थानपनका लागि १२ वडाले महानगरसँग रु पाँच लाख माग गरेकामा रु तीन लाख उपलब्ध गराएको जानकारी दिनुभयो ।

भक्तजनको सहजताका लागि गएराति १२ बजेदेखि नै मन्दिर खुला गरिएको समितिले जनाएको छ । त्यस क्षेत्रको सडक खण्डमा सवारी साधन आवागमनमा निषेध गरिएको छ भने मेला भर्न आउने भक्तजनले सडकमा नाचगान गरिरहेका छन् । सामाजिक सशक्तीकरण तथा महिला अधिकारसम्बन्धी अधिकांश गीत लयवद्ध रुपमा घन्किएका छन् ।

मन्दिरमा दर्शन गर्न आउने मानिसलाई प्रारम्भिक स्वास्थ्य परीक्षणका लागि निःशुल्क शिविर सञ्चालन गरिएको छ । स्थानीयवासीका साथै विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले दर्शनका लागि लामबद्ध भक्तजनलाई व्यवस्थित गर्न सहयोग गरेका छन् ।

मेला व्यवस्थापन समितिका संयोजक कृष्णबहादुर बज्राचार्यले शान्त वातावरणमा दर्शनार्थीले मन्दिरमा पूजा गरेको बताउँदै लामबद्ध भएका भक्तजनलाई साँझसम्म पनि दर्शन गर्न पाउने व्यवस्था गरिएको बताउनुभयो । विपत् व्यवस्थापन तथा नागरिक सुरक्षा समिति र सामुदायिक शहरी स्वास्थ्य क्लिनिकको सहयोगमा दर्शनका लागि आएका महिलालाई गम्भीर समस्या भए अस्पताल लैजानका एम्बुलेन्स तैनाथ अवस्थामा राखिएको छ ।

मन्दिर परिसरभित्र तथा बाहिर पूजा गरी दान दक्षिणा लिनका लागि पण्डितको व्यवस्था मिलाइएको छ । मन्दिरमा दर्शन गर्न आएकी दीपा केसीले हिन्दू नारीको उक्त पर्वको विशेष सांस्कृतिक महत्व रहेको बताउँदै मेलामा स्वयंसेवकको क्रियाशीलता तथा व्यवस्थापनका कारण छिट्टो छरितो लाइन सरेको अनुभव व्यक्त गर्नुभयो । मेला व्यवस्थापनका लागि करीब ३०० स्वयंसेवक खटाइएको समितिले जनाएको छ ।

नारीहरू रजस्वला हुँदा जानेर वा नजानेर गरिएका जति पनि पापबाट मुक्ति पाउनका लागि ऋषिपञ्चमी व्रत गर्ने गरेको हिन्दू धर्मावलम्बीको विश्वास छ । कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ ऋषिको महिलाले आजको दिन पूजा गर्ने गर्दछन् ।

व्रतालु महिलाले नदी, ताल, तलाउ, पोखरीमा दतिवनले दाँत माझेर, चोखो माटो, तिल र गोबर लगाई स्नान गर्ने र चोखो बस्त्र पहिरेर पूजा गरी ब्राह्मणलाई दानदक्षिणा दिने गर्दछन् । उनीहरुले आजको दिन हलोबाट उत्पन्न भएका अन्न नखाई सागपात, कन्दमूल वा फलको सेवन गर्ने गर्दछन् ।
- रासस

fake

गोरखा, भदौं २९ गते । जिल्लामा नक्कली नोटको बिगबिगी बढेको छ । नक्कली नोट भेटिएपछि सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले जिल्लास्थित बैंक तथा बित्तीय संस्थालाई निर्देशन दिएको छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बैंक तथा बित्तीय संस्थाका प्रमुख एवं प्रतिनिधिलाई कार्यकक्षमा बोलाइ अनिवार्यरुपमा नक्कली नोटको पहिचान गर्नसक्ने खालका मेशिनको प्रयोग गर्न निर्देशन दिनुभयो । यहाँको प्राइम बैैंक र सिद्धी गणेश बचत तथा ऋण सहकारी संस्थामा गत साता एक हजारका तीन नक्कली नोट फेला परेपछि प्रजिअ भट्टराईले सतर्कता अपनाउन निर्देशन दिनुभएको हो ।

“गोरखा र लमजुङमा भेटिएको नक्कली नोेटको नम्बर एउटै भएको जानकारीमा आएको छ,” प्रजिअ भट्टराईले भन्नुभयो । सूचना लुकाएर राख्दा आपराधिक गतिविधि बढ्न सक्ने भएकाले समयमै खबर गर्न उहाँले बैंकलाई निर्देशन दिनुभएको छ । - रासस



काठमाडौँ, भदौं २९ गते । सरकारले नागढुङ्गादेखि काभ्रेपलान्चोकको धुलीखेलसम्म निर्माण हुने मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयारीका लागि प्रारम्भिक रुपमा ६ कम्पनी छनोट गरेको छ ।

ती कम्पनीलाई प्राविधिक प्रस्तावसहित ३० दिनभित्र सम्पर्कमा आउन आग्रह गरिएको छ । प्राविधिक प्रस्तावको आधारमा उपयुक्त कम्पनी छनोट गरिनेछ । नागढुङ्गादेखि धुलिखेलसम्म कूल ४५ किलोमिटर लामो मेट्रो रेल निर्माणका लागि लगानी बोर्डले संयोजन गरिरहेको छ । बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले सम्भाव्यता अध्ययनका लागि परामर्शदाता कम्पनी छनोट भएको जानकारी दिनुभयो । छनोट हुने कम्पनीमा चीन, भारत, कोरिया, टर्की र जापानका रहेका छन् ।

विगतमा आशयपत्र पेश गरेर संक्षिप्त सूचीमा परेका चाइना मेसिनरी इञ्जिनीयरिङ कर्पोरेशन, चाइना रेल्वे सिउवान सर्वे एण्ड डिजाइन ग्रुप कम्पनी लिमिटेड, निप्पोन कोइ कम्पनी लिमिटेड, जापान, राइट्स इण्डिया लिमिटेड, युसिन इञ्जिनीयरिङ कर्पोरेशन सिउल र युकसेल प्रोजे युसलराशी टर्कीलाई छनोट गरिएको हो । प्रवक्ता वाग्लेकाअनुसार बिहीबार ती ६ परामर्शदाता कम्पनी छनोट गरिएको हो । ती कम्पनीले सूचना प्रकाशित भएको ३० दिनभित्र बोलपत्रका लागि आवेदन दिन आग्रह गरिएको छ । बोर्डकाअनुसार ती ६ कम्पनीबाटै एउटा कम्पनी छनोट गरी डिपीआर तयारीको काम शुरु गर्न आग्रह गरिनेछ ।

शहरी क्षेत्रका सुगम एवं सरल यातायातका लागि संसारभर नै मेट्रो रेल निर्माणको प्रक्रिया धेरै अगाडि बढेको छ । नेपालमा मात्रै पहिलो पटक बोर्डले त्यस्तो प्रक्रिया शुरु गरेको हो । छिमेकी देश चीन र भारतमा मेट्रो रेल निर्माणको काम धेरै पहिलेदेखि शुरु भएको हो । पाकिस्तानमा समेत मेट्रो रेल निर्माणको काम अगाडि बढिसकेको छ ।

धुलिखेलदेखि नागढुङगासम्म मेट्रो रेल सञ्चालन तथा व्यवस्थापनका लागि डिपीआर तयारीका लागि परामर्शदातालाई ३० दिनभित्र बोलपत्र पेश गर्न भनिएको प्रवक्ता वाग्लेले बताउनुभयो । शहरी क्षेत्रमा बढ्दै गएको जनसङ्ख्यालाई सहज रुपमा यातायात सेवा उपलब्ध गराउनका लागि उपयुक्त विकल्पका रुपमा मेट्रो रेललाई लिइन्छ । काठमाडौँ महानगरपालिकालगायतका स्थानीय निकायले मोनो रेल निर्माणको प्रक्रिया अगाडि बढाएका छन् ।

बिहीबार मात्रै चक्रपथमा मोनोरेल सञ्चालन गर्नका लागि काठमाडौँ र ललितपुर महानगरपालिकालाई चीनको चाइना रेल्वे २५औँ ब्यूरो गु्रप कम्पनी लिमिटेड (सिआरसिसी)ले प्रारम्भिक सम्भाव्यता अध्ययनको प्रतिवेदन बुझाएको छ । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य र ललितपुरका प्रमुख चिरीबाबु महर्जनलाई कम्पनीका अन्तर्राष्ट्रिय प्रबन्धक झावो सिवाबोले उक्त प्रतिवेदन बुझाउनुभएको थियो ।

गत जेठ ११ गते ६ महिनाभित्र प्रारम्भिक प्रतिवेदन तयार पार्ने गरी चीनको सिआरसीसीले काठमाडौँ र ललितपुर महानगरपालिकासँग चक्रपथमा मोनोरेलको सम्भाव्यता अध्ययन गर्न सहमति गरेको थियो । चक्रपथमा मोनोरेल निर्माणका लागि करीब रु एक खर्ब १६ अर्ब लागत लाग्ने प्रारम्भिक अध्ययनसहितको प्रतिवेदन उल्लेख गरिएको छ । प्रतिवेदनमा कम्पनीले सबै हिसाबले चक्रपथमा मोनोरेल निर्माण गर्न सकिने उल्लेख गर्दै मोनोरेलका लागि प्राविधिक, भौगोलिक, आर्थिक, वातावरणीय सबैको सम्भाव्यताको समेत अध्ययन गरेको बताइएको छ ।

सिआरसिसीले पनि पहिलो चरणमा कोटेश्वरदेखि कलङ्कीसम्म, दोस्रो चरणमा कलङ्कीदेखि चक्रपथसम्म र तेस्रो चरणमा चक्रपथदेखि कोटेश्वरसम्म निर्माण गर्न सकिने बताएको छ । सिआरसिसीले काम शुरु गरेको तीन वर्षभित्रमा सम्पन्न गर्ने जानकारी दिएको छ । कूल २७ दशमलव पाँच किलोमिटरको चक्रपथमा सो कम्पनीले करीब २१ स्थानबाट यात्रु चढाउने र ओराल्ने स्टेशन बनाउने प्रतिवेदनमा उल्लेख छ ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा २०७४ कात्तिक २७ गते बसेको बोर्डको बैठकले नागढुङ्गादेखि धुलिखेलसम्म ४५ किलोमिटर लामो मेट्रोरेल निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन गरी प्रतिवेदन बनाउने निर्णय गरेको थियो । डिपीआर तयार भइसकेपछि लगानी बोर्डकै अगुवाइमा निर्माण, सञ्चालन र हस्तान्तरण अवधारणामा मेट्रो रेल निर्माणका लागि अन्तर्राष्ट्रिय कम्पनीको खोजी गरिने छ ।

रेल विभागका पूर्वसिनियर डिभिजनल इञ्जिनीयर प्रकाशभक्त उपाध्यायकाअनुसार प्रतिकिलोमिटर रु सात अर्ब लागतमा मेट्रो रेल निर्माण गर्न सकिन्छ । सन् २०१० मा प्रतिकिलोेमिटर रु पाँच अर्ब ३० करोडका दरमा मेट्रो निर्माण गर्न सकिने भए पनि हालको मूल्यका आधारमा रु सात अर्ब जति लाग्नसक्ने उपाध्यायको भनाइ छ ।

सोही आधारमा पनि ४५ किलोमिटर लामो मेट्रो रेल निर्माणका लागि रु तीन खर्ब १५ जति लागत लाग्नेछ । काठमाडौँ उपत्यकामा मेट्रो रेल निर्माणका लागि कोरियाली, जापानी तथा केही चिनियाँ कम्पनीले इच्छा देखाएका थिए । ती कम्पनीले चार वर्ष पहिले नै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा आशय पत्र बुझाएका थिए । सरकारले ठूला परियोजनाको संयोजन गर्ने जिम्मा बोर्डलाई दिएपछि उसैले हेर्दै आएको छ । - रासस

ban jangalको लागि तस्बिर परिणाम

काठमाडौँ, भदौं २९ गते ।' सरकारले वातावरणीय रुपमा कम क्षति गरेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा निर्माण गर्न लागिएको सो विमानस्थलको प्रक्रिया अगाडि बढेपछि वातावरण विनाश हुने भन्दै हल्ला चलाइएपछि सरकारले वातावरणीय रुपमा कम क्षति हुने गरी मात्रै आयोजना शुरु गर्नेे जनाएको हो । सो विमानस्थलको कूल क्षेत्रफल आठ हजार हेक्टर भएपनि विमानस्थलका लागि दुई हजार हेक्टर मात्रै प्रयोग गरिनेछ ।

विमानस्थलको पेरीफेरीमा अत्याधुनिक शहरसहितका संरचना निर्माण गर्न उक्त परिमाणको जमिन आवश्यक पर्दछ । सरकारले अन्तर्राष्ट्रिय स्तरमै इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल जस्तै निजगढलाई ‘हब’ बनाउन खोजेको छ । छिमेकका २२ मुलुकको ट्रान्जिट बनाउने गरी तयारी गरिएको छ । वातावरणीय प्रभाव मूल्यांकन सकिएको, निर्माण ढाँचाका विषयमा समेत करिब करिब सहमति हुने अवस्थामा पुगेपछि वातावरण संरक्षणको नाममा अनावश्यक चलखेल सुरु भएको छ ।
विसं २०५१ मा त्यस्तै हल्ला चलाएर अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण हुन नदिइए जस्तै यतिखेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका सम्बन्धमा पनि वातावरण विनाश हुने र त्यसले ठूलो भयावह सिर्जना गर्ने तर्क गर्न थालिएको छ । सात लाख बढी रुख काटिने र त्यसले वातावरणीय रुपमा ठूलो जोखिम निम्त्याउने तर्क शतप्रतिशत गलत रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले बताउनुभयो ।

मन्त्री अधिकारीले भन्नुभयो, “विमानस्थलका लागि तत्काल दुई हजार हेक्टर जमिन आवश्यक पर्दछ । एक लाख ९५ हजार रुख मात्रै काटिन्छ । कमभन्दा कम वातावरणको क्षति गरेर विमानस्थल निर्माण गर्ने योजना छ । वातावरण विनाश हुन्छ भनेर गरिएको हल्लामा कुनै तुक छैन ।” मन्त्रालयले विमानस्थल बनाउन चाहिने दुई हजार ५५६ हेक्टर जग्गा खाली गर्न रुख काट्नु पर्ने अनुमानसहित वन तथा वातावरण मन्त्रालयमा रुख कटान आदेशका लागि मन्त्रिपरिषद्मा पठाउन पत्राचार गरेको छ ।

मन्त्रालयले विमानस्थल निर्माणका लागि कम्पनी छनोटको प्रक्रिया अगाडि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्राचारसमेत गरेको छ । कोरियन कम्पनी एलएमडब्लुले तयार पारेको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार ‘एयरपोर्ट सीटी’ सहितको पूर्वाधार बनाउनको लागि ८० वर्गकिलोमिटर अर्थात् आठ हजार हेक्टर जग्गा आवश्यक पर्नेछ । तत्काल विमानस्थलको पेरीफेरीमा शहर बनाउने योजना नभएको मन्त्रालयको भनाइ छ ।

सरकारले सो आयोजनाको लागि चार किल्ला तोकेर आठ हजार हेक्टर जग्गा क्षेत्रफल निर्धारण गरेको छ । राजपत्रमा सो सम्बन्धी सूचनासमेत प्रकाशित भइसकेको र जग्गामा विमानस्थलको क्षेत्राधिकार स्थापित भइसकेको छ । वन तथा वातावरण मन्त्रालयले स्थलगत रुपमा नै अध्ययन गरिसकेको छ । नीति नियम भित्रै रहेर काम गर्ने योजना बनाइएको जानकारी दिँदै मन्त्री अधिकारीले विमानस्थल नै बन्ने प्रक्रिया अगाडि बढेपछि गरिएका प्रचारले गलत सन्देश प्रवाह गरेको बताउनुभयो ।

गत जेठमा वन तथा वातावरण मन्त्रालयले स्वीकृत गरेको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनले विमानस्थल क्षेत्रमा २४ लाख रुख विरुवा रहेको जनाएको छ । ती सबै रुख बिरुवा काटिने, हात्तीलगायत जङ्गली जनावरको जैैविक मार्ग बिग्रने भन्दै पछिल्लो दिनमा हल्ला चलाइएको छ । मन्त्री अधिकारी विमानस्थलको आसपास वृक्षारोपण गरी हरियाली बनाइने, वातावरण संरक्षणका लागि गर्नुपर्ने सबै काम गरिने भएकाले गलत हल्लाको पछि नलाग्न आग्रह गर्नुहुन्छ । विमानस्थलको संरचना बन्ने क्षेत्रफल भनेको दुई हजार ५५३ हेक्टर मात्रै हो । जहाजको उडान तथा अवतरणका लागि मात्रै उक्त क्षेत्रफलको जग्गा खाली गराइन्छ ।

विमानस्थलको संरचनाका लागि आवश्यक पर्ने जग्गा बाहेक अन्य क्षेत्रको कुनै पनि रुख बिरुवा काटिने छैन । वातावरणीय अध्ययन प्रतिवेदनअनुसार ठूला एक लाख ९५ हजार रुख काट्नुपर्नेछ । साना बुट्यान र झाडीको संख्या भने पाँच लाख ७५ हजारसम्म पुग्न सक्छ । हाल विमानस्थलको लागि भनेर चर्चिएको क्षेत्र मध्ये एक तिहाई भूभागमा मात्रै विमानस्थल निर्माण गरिनेछ । त्यसबाहेक उक्त क्षेत्रको कुनै पनि रुख काटिदैन ।

विमानस्थलको संरचनाभन्दा बाहिर रहने क्षेत्रमा हरियाली कायम गरिनेछ । मन्त्री अधिकारीले वातावरण विनाश गर्न लागियो, अनावश्यक रुख पनि काटिने भयो भनेर गरिएको आशंकामा कुनै सत्यता नभएको बताउनुभयो । विमानस्थल निर्माण हुने स्थानमा कसरी कमभन्दा कम वातावरणको क्षति गर्ने बारेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारी र वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतबीच नियमित छलफल भइरहेको र निष्कर्षमा पुग्ने तयारी छ ।

वन विभागले आयोजना स्थलमा काटिने रुखको एकिन संख्या, ति रुख कटानको लागत, बिक्रीबाट हुने आम्दानीलगायतका विषयमा स्थलगत निरिक्षण एवं अध्ययन गरिरहेको छ । विभागले तयार पारेको प्रतिवेदन मन्त्रालयमा उपलब्ध गराउने र सोही आधारमा प्रस्ताव तयार पारेर मन्त्रिपरिषद्मा पेश गरिनेछ । सो विमानस्थलमा कूल तीन हजार ६०० मिटर लामो र ४५ मिटर फराकिलो धावनमार्ग निर्माण गर्ने सरकारको योजना छ । सो विमानस्थलले वार्षिक रुपमा छ करोड यात्रुको चाप धान्ने गरी तयारी गरिएको छ ।

सरकारले रुख काट्ने र विमानस्थल आसपासको सडक निर्माणको जिम्मा यसअघि नै नेपाली सेनालाई दिइसकेको छ । सरकारले सो परियोजना सार्वजनिक निजी साझेदारी ढाँचामा निर्माण गर्ने निर्णय गरेको छ । अर्थ मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको केही समय पहिले बसेको संयुक्त बैठकले आयोजनाको ढाँचा र प्रक्रिया निर्धारण गरी काम शुरु गर्ने निर्णय गरेको थियो । सरकारले सार्वजनिक सूचना मार्फत उपयुक्त कम्पनीलाई विमानस्थल निर्माणका लागि आह्वान गर्ने छ ।

आयोजना प्रभावित क्षेत्रको ११० बिघा जग्गाको कित्ताकाट, मूल्याङ्कन र मुआब्जा दर निर्धारण भइसकेको छ । अझै केही स्थानीयवासीको जग्गाको मूल्याङ्कन भने बाँकी छ । जग्गा प्राप्तिमा देखिएको समस्या समाधानका लागि सरकारले एक उच्चस्तरीय समिति गठन गरेको छ । आयोजना २०५१ देखि चर्चामा आएको हो । कोरियन कम्पनीले स्थलगत अध्ययन गरेर प्रतिवेदन बुझाएको लामै भए पनि काम भने शुरु हुन सकेको थिएन । पछिल्लो पटक वर्तमान सरकारले आयोजनालाई गति दिएपछि आलोचना शुरु भएको छ ।

मन्त्री अधिकारी रचनात्मक आलोचनालाई सम्मान गर्ने बताउनुहुन्छ । विमानस्थल निर्माणको प्रक्रिया शुरु भएपछि सतहमा आएका हल्ला भने काम नलाग्ने उहाँ बताउनुहुन्छ । राष्ट्रिय योजना आयोगमा यही भदौ २६ गते बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा उक्त विमानस्थलको भौतिक प्रगति ३९ दशमलव ४ प्रतिशत र वित्तिय प्रगति १७ दशमलव ६ प्रतिशत रहेको उल्लेख गरिएको थियो । - रासस


pradip nepal



नेपालमा पुँजीवाद आएको पक्का हो तर यो पुँजीवाद चिचिलो आँप जस्तो छ । स्वाद पटक्कै नभएको आँप । अहिले यो खानै नहुने गरी तीतो र टर्रो छ । भोलि यो केटाकेटीलाई बिरामी बनाउने चर्को अमिलो हुनेछ । पर्सी मात्र यो खान लायक हुन्छ । सङ्घीयता त त्योभन्दा परको कुरा हो । नेपालमा छलाङ भन्ने शब्द धेरैका लागि प्रिय छ । सङ्घीयता हाम्रो देशको त्यही छलाङ हो । त्यसैले यो अहिले चिचिलो आँपजस्तो छ – तीतो र टर्रो । न ल्याउनेले बुझे, न अधिकार पाएकाले बुझे ।
तर आमाको स्याहार पायो भने सात महिनामा जन्मिएको बच्चा पनि बाँच्छ । हो, आमालाई अलिक दुःख हुन्छ । नौ महिना पूरा भएर जन्मिएको परिपक्व बच्चालाई भन्दा कता हो कता बढी स्याहार गरेर त्यसलाई नौ महिनाको परिपक्व बालक बनाउनुपर्ने हुन्छ ।
अहिले सरकार आमा हो र सङ्घीयता त्यही अपरिपक्व बालक हो । यो बालकलाई बचाउने कि मार्ने भन्ने जिम्मा राजनीतिक दल र सरकारको मात्र होइन, आम जनताको पनि हो । यसलाई उडाएर, निचोरेर मार्न पनि सकिन्छ । सबै मिलेर स्याहार गरेर बचाउन पनि सकिन्छ । निर्णय मूलरूपमा जनताले गर्ने हो । नेता वा राजनीतिक दलले होइन ।
बौद्ध जोरपाटीको हिले सडकको खुबै चर्चा भयो । सबैले केन्द्रीय सरकारलाई सरापे । महानगरको बाटोमा ढुङ्गामाटो पुर्ने काम केन्द्रीय सरकारको होइन, महानगरपालिकाको पनि होइन । त्यो जिम्मेवारी वडा सरकारको हो । केन्द्र वा महानगरले ढुङ्गामाटोको बजेट दिएनन् भने उनीहरूसँग रिसाउने, उनीहरूको विरोध गर्ने हो । तर वडा सरकारलाई आफ्नो अधिकार र कर्तव्यको ज्ञान गराउने काममा निश्चय नै केन्द्र र महानगरको कमजोरी हो । सात महिनामा जन्मिएको बच्चालाई स्याहार्ने भन्दा मार्ने खालको काम भयो यो । यसका लागि माथिका निकायहरू आलोच्य छन् । तर काम त तलबाटै गरिनुपर्छ । यो उनीहरूको अधिकार हो ।
अहिले सरकार एक्लो छ । त्यसमाथि दलाल पुँजीवादको चौतर्फी आक्रमण भइरहेको छ । सरकार राष्ट्रिय पुँजीवादीको हुन सकिरहेको छैन अहिले । त्यसैले आक्रमणको प्रतिकार स्वयं सरकारले गर्नुपरिरहेको छ । ‘प्रचण्ड र केपी ओलीको बीचमा ठाकठुक, अर्थमन्त्री र गृहमन्त्रीको पद धरापमा, प्रधानमन्त्रीले काठमाडांैका मेयरलाई हकारे, मेयरको पद धरापमा’ जस्ता समाचार शीर्षकहरू अहिले छ्याप्छ्याप्ती भएका छन् र यी सबै झुटा हुन् । प्रचण्ड र केपीको झगडा कसले सुनेको थियो ? थाहा छैन । अर्थमन्त्री र गृहमन्त्रीले प्रधानमन्त्रीले गाली गरेको विरोधमा सत्याग्रह गरेका छैनन् । काठमाडांैका मेयरलाई गाली गर्ने अधिकार प्रधानमन्त्रीलाई संविधानको कुन दफाले दिएको छ ? जानेर होस् अथवा नजानेरै होस् – सङ्घीय सरकारका पदाधिकारीले गाली गर्ने अधिकार खारेज भइसकेको समय हो । अहिले जनता बलिया भएका छन्, नेता कमजोर भएका छन् । अहिले जनता ‘यी यी कारणले गर्दा हामी यो बढेको कर तिर्दैनौ’ भन्ने ठाउँमा पुगेका छन् भने सङ्घीय सरकार ‘हामीले यी यी काम गर्नुपर्ने भएकाले हे आदरणीय नागरिक तपार्इंहरूले यो कर तिर्ने दायित्व पूरा गर्नुपर्छ’ भनेर निहोरा गर्ने ठाउँमा छ । सङ्घीयता सिंहदरबारको शासन होइन, त्यो समुदायको अर्थात् स्थानीय सरकारको शासन हो । तर नेपालमा यो कुरो न सङ्घीय सरकारले बुझेको छ, न स्थानीय सरकारले नै बुझेका छन् । अहिलेको नेपालका सङ्घीय नेताले त यो कुरो नमरुन्जेल बुझ्दैनन् तर जनताले यो कुरो बुझ्नुपर्छ ।
समाजवादको कुरो कसैले नगरौं । यो हावा कुरा हो । सात महिनामा जालोसहित जन्मिएको बच्चालाई नौ महिनाको परिपक्व बालक नबनाउन्जेल, समाजवाद गफ बाहेक अरू केही हुँदैन । हामी अहिलेसम्म समाजवादतिर जाने बाटो पनि खनिरहेका छैनौं । अहिले त नेपालमा सिण्डिकेटको राज छ । धम्कीको राज छ । हिंसाको राज छ । घृणाको राज छ । यी सबै पुँजीवादका अवयव हुन् । सबैभन्दा पहिले सरकार संविधानको धरातलमा उभिन सक्नुप¥यो । संविधानमा समाजवादउन्मुख विषयहरू छन् । अहिले कलिलो पुँजीवाद छ । के बेलायतका अस्पतालमा डाक्टरले बिरामीलाई गाली गर्न पाउँछन् ? पाउँदैनन् । के उनीहरूले बिरामीको बेवास्ता गरेर सेवा बन्द गरेर हड्ताल गर्न पाउँछन् ? पाउँदैनन् । तर यहाँ त व्यक्ति होइन, एसोसिएशनले नै सेवा बन्दको घोषणा गरेर सरकारलाई निहुराउने फोहोर काम गरेको छ । यस्तो कुरो समाजवादउन्मुख मुलुक त के, बलियो पुँजीवादी मुलुकका एसोसिएशनहरूले समेत कल्पना गर्न सक्दैनन् ।
नेपालका समाचारहरूमा युरोपका प्रधानमन्त्री र राष्ट्रपतिहरूको तुलना नेपालका राष्ट्रपति, प्रधानमन्त्रीसँग गर्न थालेका छन् । तुलना राम्रो । तर त्यो तुलनामा नेपालका पदाधिकारीप्रति जुन घृणा पोखिएको हुन्छ त्यो भत्र्सनायोग्य छ । जालोसहित जन्मिएको च्याँसे बालकजस्तो नेपाल र परिपक्व पुँजीवाद, जसको गर्भमा समाजवादको भ्रूण पलाइसकेको छ त्यस्ता राज्यका पदाधिकारीहरू तुलना गरेर छि ! भन्ने अधिकार कसैसँग हुँदैन । बच्चा स्याहार्ने हो, कमजोरी हटाउने हो । त्यसैले राष्ट्रपति विद्यादेवी भण्डारीको उदाहरण प्रशंसा गर्न लायक छ । यो उदाहरण, सङ्घीय सरकारले सिकोस् पहिले । राष्ट्रपतिको जस्तै काम ऊर्जामन्त्रीबाट भएछ । यो हो सात महिने च्याँसे बालक स्याहारेको सही उदाहरण । राष्ट्रपतिबाट सिकुन् प्रधानमन्त्री र मन्त्रीहरूले । यो मेरो शुभकामना मात्र हो । शुभकामना दिने बाहेकको अधिकार अहिले मसँग छैन ।
परिपक्व पँुजीवादका दुई उदाहरण यहाँ पस्किन मन लागेको छ मलाई, जसको गर्भमा समाजवाद सल्बलाईरहेको छ भन्ने लाग्छ मलाई । उदाहरण हो फिनल्याण्डको । शिक्षामन्त्री थिएँ म त्यतिबेला । फिनिस शिक्षामन्त्रीसँग भेटघाटको समय तोकिएको थियो । हामीलाई लिन आउने साथीले सोधे मलाई– तपाईंलाई साइकल चलाउन आउँछ ? मैले आउँछ भनिनँ । त्यसो भए हिँड्नुपर्छ । म पनि हिँडेरै जाउँला । ’
म र फिनिस शिक्षामन्त्री सँगैजस्तो भेटघाट गर्ने ठाउँमा पुग्यौं । उनी सरररर साइकलमा आएकी थिइन् । म छक्क परिनँ । किनभने मैले यस्तै अनुमान गरेको थिएँ । मेरो दोस्रो भेटघाट शिक्षक सङ्गठनको महासचिवसँग थियो । युवा महिला थिइन् तिनी । कुराकानीको सन्दर्भमा मैले शिक्षक हड्तालको कुरा सोधें । किनभने हड्तालले मेरो टाउको खाएको समय थियो त्यो । तिनी छक्क परिन् र हाम्रो सहयोगीतिर हेर्न थालिन् । उनले भने, ‘मिस्टर मिनिस्टर, फिनल्याण्डमा शिक्षक हड्ताल भन्ने कुरो अब कल्पनाजस्तो भइसकेको छ । यिनी जन्मिनुभन्दा अगाडि नै हड्ताल शब्द समाप्त भइसकेको थियो । विद्यार्थी जीवनसँग खेलवाड गर्ने अधिकार कसैलाई दिन सकिंदैन । ’
‘अनि शिक्षकको अधिकार ?’
‘त्यो व्यवस्थापनसँग छलफलको कुरा हो । ’
यस्तो व्यवस्थाको कल्पना गर्न सक्नुहुन्छ तपाईं नेपालमा ? सक्नुहुन्न ।
सङ्घीयता चाहियो चाहियो भन्ने बहुसङ्ख्यक नेताहरू अहिले मानसिक सङ्कटमा छन् । उनीहरूलाई पनि यतिबेला सङ्घीयता मन पर्न छाडेको छ । उनीहरूले बुझेको सङ्घीयता थियो महेन्द्रपथीय सङ्घीयता । सिंहदरबार, पाँच प्रदेश, चौध अञ्चल, पचहत्तर जिल्ला, नगर र गाउँ पञ्चायत । तर तिनले हेर्दाहेर्दै यो सङ्घीयताले अर्कै बाटो लियो । उता आत्मनिर्णयसहितको प्रदेश सरकारको काल्पनिक सरकार पनि यो बन्न सकेन । यसले आम नागरिकसँग जोडिएका सम्पूर्ण मुद्दा पर्घेल्ने अधिकार सिधै स्थानीय सरकारलाई दियो । यसो गरेर त्यसले राम्रो काम ग¥यो ।
अहिले नै नेपाल फिनल्याण्ड अथवा स्वीटजरल्याण्डको चेतनामा पुग्छ भन्ने मलाई पनि लाग्दैन । तर सङ्घीयताबाट फर्किने त कल्पना पनि नगरे हुन्छ । त्यसैले हामीले, हाम्रा पार्टीहरूले मूलतः स्थानीय सरकारलाई अधिकार र कर्तव्यका बारेमा गहन प्रशिक्षण दिएर मुलुकको रक्षा, संवर्धन र विकासको बाटोमा अघि बढाउनुको कुनै विकल्प छैन । - प्रदीप नेपाल, गोरखापत्र दैनिकबाट

अमेरिकामा आँधीबेहरी तीन राज्यमा सङ्कटकाल घोषणाको लागि तस्बिर परिणाम


बोस्टन(संयुक्त राज्य अमेरिका) भदौ २८ गते । अमेरिकाको दक्षिण पूर्वी क्षेत्रमा बिहीबार साँझ वा शुक्रबार बिहानसम्ममा फ्लोरेन्स नामक विशाल आँधीबेहरी आउने अनुमान गरिएको छ ।
करिब दुई दशकपछि यस क्षेत्रमा आउँदै गरेको यो शक्तिशाली आँधीबेहरी हो । यो आँधीलाई क्याटागोरी –४ र सोभन्दा पनि माथि पुग्नसक्ने सम्भावना आंैल्याइएको छ । १५७ माइल अर्थात् २१५ किमी प्रतिघन्टाको गतिले आउने यो तुफानले बिजुलीका खम्बा लडाउने छ, तार छिन्नभिन्न बनाउने भएकोले करिब एक महिनासम्म यसको पुनस्र्थापना गर्न असम्भव प्रायः छ ।
फ्लोरेन्स नामक सो आँधीले अमेरिकाका तीन राज्य नर्थ क्यारोलिना, साउथ क्यारोलिना र भर्जिनियामा व्यापक असर पर्ने अनुमान गरिएको छ । यसबाट अकल्पनीय रूपमा धेरै धन जनको विनाश हुने अनुमान गरिएको छ । त्यसैले यी तीनै राज्यका विशेषतः सामुद्रिक तटीय क्षेत्रमा बसोबास गर्ने करिब १७ लाख मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यी तीनै राज्यमा आपतकालीन स्थितिको घोषणा गर्नुभएको छ । - कृष्णराज खनाल, गोरखापत्र दैनिकबाट



‘डाक्टर सा’ब, मैले के खान हुन्छ के खान हुँदैन सबै भनिदिनुस् न।’
बिरामीसँगको भेटमा एउटा चिकित्सकले अत्यधिक सुन्ने वाक्यांश यस्तै हुन्छन्।

पछिल्लो समय छाला सम्बन्धी बिमारीमा मानिसको सचेतना बढेसँगै खाना र रोगको सम्बन्ध जान्न पनि उतिकै उत्सुक छन्। कुनैकुनै रोगमा यो चाहिँ खाना नखानुस् भनेर सजिलोसँग भन्न सकिए पनि धेरैजसो अवस्थामा यो नखानुस् या खानुस् भन्न चिकित्सकलाई पनि सजिलो छैन।

दृश्य १
करिब २५ अलिक दुब्लो एक व्यक्ति ओपिडीमा आउछन् छालाको एलर्जीको समस्याले। गाउँघरमा छालाको एलर्जीमा मासु खान हुन्न भनेको भरमा उनले मासु लगायत आलु, दाल, भेन्टाहरू नखाएको करिब तीन वर्ष भएछ। पहिलो नजरमा नै भन्न सकिन्छ कि उनी छालाको एलर्जीले भन्दा पनि पौष्टिक आहारको कमीले पीडित छन्।

दृश्य २
करिब पाँच वर्षको बच्चालाई जिउमा केही डाबर आएको छ। चार–पाँच दिनदेखि आफन्तको सल्लाहमा कुनै घरेलु औषधिलाई उमालेर त्यसको झोल ख्वाइन्छ। परिणाम बच्चालाई जिउभरि झन् धेरै एलर्जी आउँछ र अस्पतालमा भर्ना हुनुपर्दछ।
यी त केवल प्रतिनिधि उदाहरण मात्र हुन्। यस्ता घटना हाम्रो दैनिक चिकित्सकीय अभ्यासमा धेरै देखिन्छ।

प्रस्तुत लेखमा छालाको विभिन्न रोगहरूमा हामीले खाने खानासँगको सम्बन्ध देखाउने कोसिस गरिएको छ।

छालाको एलर्जी (अर्टिकेरिया)
सिउडोएलर्जिन फ्री डाइट – सिउडोएलर्जिनको प्रयोग खानाको स्वच्छता कायम राख्नका लागि अथवा खानालाई रंगीन बनाउन प्रयोग हुन्छ। जो तयारी अथवा लामो समयसम्म भण्डारण गर्नुपर्ने खानामा हुन्छ। त्यस्ता खानाहरूको कमभन्दा कम प्रयोगले एलर्जीका बिरामीलाई फाइदा भएको अध्धयनले देखाएको छ। अर्थात्, घरमा आफैले पकाएको स्वच्छ र ताजा खानाको नियमित प्रयोग।

अरोमेटिक कम्पाउन्ड्स – यस्ता रसायनयुक्त खानेकुरा दूध, अन्डा, चीज, मक्खन, पाउरोटी, पास्ता, मह, गोलभेँडा, पालुंगो, मकै जस्ता खाने कुरामा पाइन्छ। तर यी खानेकुरा सबै छोड्नुस् भन्ने लेखकको आसय होइन।

डन्डीफोर
गुलियो खाद्य पदार्थ – विभिन्न अध्ययनले देखएका ग्लुकोज तथा इन्सुलिनको मात्रा तुरुन्त बढाउने खानेकुराको सेवनले डन्डीफोर निकाल्न वा बढाउन मद्दत गर्दछ। जस्तैः ग्लुकोज, आलु, सेतो चामल, सेतो पाउरोटी, फ्रेन्च फ्राई, दुनोट, केरा, अंगुरले डन्डीफोर बढाउने देखिएको छ। त्यसकारण डन्डीफोरको समस्या आएकाहरूले यी खानेकुरा खाँदा सावधानी अपनाउन जरुरी हुन्छ।
दूध – दूधको अधिक सेवनले डनडीफोर बढाउने अध्ययनहरूले देखाएका छन्।

सोरायासिस – यसलाई नेपालीमा कत्लेरोग पनि भनिन्छ। छालाका विभिन्न दीर्घरोग मध्ये यो पनि एक हो। रोगको अवस्थालाई कम गर्न सकिए पनि यो रोग पूर्ण रूपमा नफर्किने गरी निको गर्न सकिँदैन। अध्ययन अनुसार यो रोगमा खानामा विशेष ध्यान दिनुपर्ने हुन्छ। खानामा चिल्लो पदार्थ एकदम कम हुनुपर्छ। धूमपान तथा मध्यपानले यो रोग बढाउँछ। खानामा विशेषगरी पौष्टिक आहार बढाउने भिटामिन डी तथा अन्य एन्टी–अक्सिडेन्टहरू जस्तैः भिटामिन ए, सी, ई तथा सेलेनियमको मात्रा बढाउनुपर्छ। फोलिक एसिड नामक भिटामिन सोरायासिसका बिरामीमा उपयोगी देखिएको छ। साथै मेथोट्रेकसेट नामक औषधि प्रयोग गर्दा फोलिक एसिडको नियमित प्रयोग गरिन्छ।

छालाका क्यान्सरहरू – एन्टी–अक्सिडेन्ट भिटामिनहरू जस्तैः भिटामिन ए, सी, ई तथा सेलेनियमको कमी, भिटामिन डीको कमी, खानामा अधिक चिल्लो पदार्थहरूसँग छालाको क्यान्सरको सम्बन्ध देखिएको छ।
एटोपिक डर्माटाइटिस – नवजात शिशुलाई ६ महिनासम्म केवल आमाको दूध मात्र खुवाउने हो भने एटोपिक डर्माटाइटिस लगायत छालाको विभिन्न रोगबाट बचाउन सकिन्छ।

दुध र अन्डा – हुन त दूध र अन्डाले एटोपिक डर्माटाइटिसको समस्यालाई बल्झाउने कुरा जनमानसमा व्याप्त। केही हदसम्म यो साँचो पनि हो। तर जबसम्म दूध र अन्डाको एलर्जी बिरामीलाई छ भनेर प्रमाणित हुँदैन तबसम्म यी परिकार नछोड्ने सल्लाह दिइन्छ। किनभने पौष्टिक आहारको अभावमा बिरामीलाई अरू समस्या देखिने सम्भावना हुन्छ। एलर्जी छ कि छैन भनेर प्रमाणित गर्नका लागि विभिन्न माध्यम जस्तैः दूध र अन्डाको सेवन गर्दा एलर्जी बढ्ने, स्किन प्रिक टेस्ट तथा रगतमा आइजिईको मात्रा हेर्न सकिन्छ।

प्रोबायोटिक्स तथा प्रिबायोटिक्स – प्रोबायोटिक्सहरू जिउँदा किटाणुहरू हुन्, जसको सेवनले शरीरमा फाइदा हुन्छ। प्रिबायोटिक्सहरू त्यस्ता खाद्यपदार्थ हुन्, जसले आन्द्रामा फाइदाजनक किटाणुको मात्रा बढाउँछ। यिनीहरूको सेवनले आन्द्रामा भएका किटाणुहरूको संवेदनशीलतालाई परिवर्तन गर्नुका साथै आन्द्राका सुजनलाई कम गरी एटोपिक डर्माटाइटिसमा सहयोग गर्छ। - डा कमलराज धिताल ,स्वास्थ्य खबर पत्रिकाबाट 
(चर्म यौनरोग विशेषज्ञ डा धिताल अरोगिन हेल्थ एन्ड रिसर्च सेन्टर विशालनगरमा कार्यरत छन्।)



महिनावारी भएका किशोरी वा महिलालाई निकै नै गाह्रो हुन्छ । प्रायःले यस्तो बेला प्याड प्रयोग गर्ने गर्छन् । अब भने विकल्पको रूपमा ‘मेन्सट‍्रुवल कप’ आएको छ । यो प्याडभन्दा निकै नै सजिलो र स्वास्थ्यका हिसाबले राम्रो मानिन्छ।

यो कप सुरुमा लाउँदा तपाईंलाई अलि अप्ठेरो र हल्का दुखे जस्तो होला तर पछि सजिलो र आरामदायी महसुस गराउँछ । यस कपलाई ४ देखि १० घन्टा लगाइसकेपछि फेरि राम्ररी धोएर प्रयोग गर्न सकिन्छ । यसलाई दिनमा तीन–चारचोटि धुनुपर्छ ।

सुरुमा प्रयोग गर्नुभन्दा पहिले राम्ररी तीन मिनेटजति उमाल्नुपर्छ र सफा ठाउँमा सुरक्षित राख्नुपर्छ । यो कप प्याडभन्दा किफायती, आरामदायी, हाइजिनिक अनि वातावरणमैत्री रहेको छ । उमेर अनुसार कपको साइज पनि फरक हुन्छ ।

सुरुमा एकदमै धेरै रगत बग्दा यसलाई चार घन्टा लगाउन सकिन्छ भने कम आएको खण्डमा यसलाई १२ घन्टासम्म पनि प्रयोग गर्न सकिन्छ ।

यो विभिन्न साइज तथा रङमा उपलब्ध छ । स्ट्रिङसहित र स्ट्रिङरहित गरी यो दुई प्रकारको हुन्छ, जसमा चार वटा स–साना प्वालहरू हुन्छन् । यसलाई योनीभित्र पसाउँदा दोबारेर राख्नुपर्छ ।



भेजिनल प्यासेजमा यी प्वाल राखिन्छ, जसले खुला बनाइदिन्छ र प्यासेजमा गएर अड्केर बस्छ । यो गर्भाशयभन्दा माथि जाँदैन भने भेजिनल प्यासेजभन्दा तल आउन पाउँदैन । यसलाई निकाल्दा अलिकति दबाएर भ्याकुम निस्कन दिनुपर्छ अनि सहजै निकाल्न सजिलो हुन्छ ।

कपमा रगत जम्मा हुने भएकाले कपडामा लाग्ने सम्भावना हुँदैन । महिनावारी अवधि सिद्धिएपछि सफा पानीले मज्जाले पखालेर दुई–तीन मिनेटसम्म उमालेर प्याक गरेर राख्नुपर्छ ।

यसले किशोरी तथा महिलालाई दैनिक जीवनमा निकै सहज बनाइदिन्छ । प्याड लुगा लगाउँदा बाहिर पनि देखिन सक्ने सम्भावना हुन्छ तर कप योनीभित्र रहने हुँदा कसैले ख्याल गर्दैनन् ।

स्यानिटरी प्याड हामी धेरैले एकचोटि प्रयोग गर्दा धेरैबेरसम्म राखेर फेर्ने पत्तो पाइराखेका हुँदैनन्, जसले गर्दा संक्रमण हुन सक्छ । तर यो उच्चस्तरीय मेडिकल उपकरणले बनेको हुँदा संक्रमणको खतरा हुँदैन ।

महिनैपिच्छे प्याड किन्नुपर्दा एक त झन्झट हुन्छ त्यसमथि करिब दुई सय रुपैंयाको त महिनामा प्याड किन्नमै जान्छ । यसरी वार्षिक रूपमा धेरै पैसा खर्च भइराखेको हुन्छ । यो एक पटक किनेपछि १२ वर्षसम्म प्रयोग गर्न सकिन्छ । करिब दुई हजार रुपैयाँमै किन्न सकिने भएकाले आर्थिका भार पनि कम हुन्छ । मेरी स्टोप्स नेपालले अहिले ‘बाई–बाई प्याड’ भन्ने अभियान नै चलाएको छ । यो प्याड मेरी स्टोप्स सेन्टर तथा विभिन्न मार्टहरूमा पनि किन्न पाइन्छ । - स्वास्थ्य खबर पत्रिकाबाट



व्रत धेरैले लिइरहन्छन्। पर्व मनाउने वा धर्म सस्कृतिलाई निरन्तरता दिनुका सथै आफ्नो स्वास्थ्यको समेत ख्याल राख्न जरुरी छ। निरन्तर लामो समयको लागि हामी भोकै बस्दैछौं भने हाम्रो आमाशयमा उत्पन्न हुने खाना पचाउन मद्दत गर्ने एसिड जम्मा हुन गई पेट पोल्ने समस्या हुन सक्दछ।

हाम्रो शरिरमा चिनीको मात्रामा घटवढ छ वा मधुमेह छ भने भोकै बस्दा विभिन्नसमस्याहरु देखा पर्न सक्दछन्। हाम्रो शरीरबाट निरन्तर पानीको मात्रा वाहिरी रहने हुँदा पानी पनि नखाइ व्रत बस्दा पानीको मात्रा कम भई डिहाइड्रेसन हुन सक्दछ । तीजको बेलामा नाँचगानतर्फ ध्यान दिँदा शरिरवाट सदा भन्दा वढि पानीको मात्र बहिरने हुँदा डिहाइड्रेसन हुने सम्भावना अझै वढी हुन सक्दछ।

शरिरको रक्तचाप घट्न गई अचानक ढल्न सक्ने तथा अन्य समस्याहरु पनि आउन पनि सक्दछ । विभिन्न अनुसन्धानका अनुसार यस्तो अवस्थामा हाम्रो शारिरमा हुने कोलेस्ट्रोलको मात्रा बढ्न गई मुटु रोगहरु लाग्न सक्ने जोखिम बढ्छ । टाउको दुख्न्ने, रिंगटा लाग्ने, कमजोर महशुस हुने हुन्छ । किनभने दैनिक रुपमा खानाहरुबाट पाइने शक्ति नपाउँदा हात खुट्टाहरु दुख्न्ने तथा कमजोर हुन सक्ने आदि जस्ता समस्या हरु देखिन सक्दछन्।

तत्काल देखिने असरहरु देखि लिएर दिर्घकालिन असरहरु पनि हुन सक्दछन् त्यसैले ब्रत वस्ने समयमा आफ्नो शारिरिक अवस्थालाई पनि ध्यान दिनु जरुरी छ।

ब्रतको बसेको अवस्थामा छिनछिनमा पानी पिउने , शारिरिक रुपमा धेरै सक्रिय नहुने, आराम गर्ने, सितल वातावरणमा बस्ने, निरन्तर खाइरहनुपर्ने औषधिहरु छन भने समयमै खाने, शरिरको शक्ति वढी खर्च हुने कामहरु नगर्ने तथा व्रत सकिने बितिक्कै खाइने खानामा पनि विचार पुर्याउनु पर्ने हुन्छ ।


- सगुन पौडेल, स्वास्थ्य खबर पत्रिकाबाट

एपीएफ र न्यू डायमण्ड फाइनलमा भिड्नेको लागि तस्बिर परिणाम

पोखरा, भदौ २७ गते । गत वर्षको विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लब र उपविजेता न्यू डायमण्ड एकेडेमी यस वर्षको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि आज भिड्ने भएका छन ।

तीज पर्वको उपलक्ष्यमा नवआदर्श विकास समाजद्वारा लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माविको खेलमैदानमा आयोजित उक्त प्रतियोगिताको सेमिफाइनलमा एपीएफले विभागीय टोली त्रिभुवन आर्मीलाई तथा न्यू डायमण्डले चितवन टाइगर्सलाई सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । न्यू डायमण्डले चितवन टाइगर्सलाई २५–१७, २५–२३ र २५–१८ को सोझो सेटमा तथा एपीएफले आर्मीलाई २५–२२, २५–२० र २५–२१ को सेटमा हराएको हो ।

प्रतियोगिताको विजेताले रु एक लाख तथा उपविजेताले रु ६५ हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने प्रचार–प्रसार संयोजक धर्ममानसिंह भण्डारीले जानकारी दिनुभयो । प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ । - रासस



काठमाडौँ, भदौ २७ गते । बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गत आज दुवै सेमिफाइलनका खेल हुँदैछन् । आज दिउँसो पहिलो सेमफाइनलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ भने अर्को सेमिफाइलनमा भारत र पाकिस्तान भिड्ने छन् ।

दुवै सेमिफाइनल खेल ढाकास्थित बङ्गबन्धु रङ्गशालामा हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । समूह ‘ए’को विजेता नेपालले समूह बीको उपविजेता भाल्दिभ्ससँग खेल्न लागेको हो भने समूह ‘ए’ को उपविजेता पाकिस्तानले समूह ‘बी’को विजेता भारतसँग खेल्नेछ ।

समूह चरणमा भुटानविरुद्ध ४–० गोल र बलियो बङ्गलादेशविरुद्ध २–० गोल अन्तरले विजयी भएको नेपाली टोली माल्दिम्भविरुद्ध जित हात पार्दै इतिहास रच्ने दाउमा छ । नेपाली राष्ट्रिय टोलीका कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपाली टोली पछिल्लो समय लयमा रहेकाले फाइनल पुग्ने बताउनुभयो । नेपालले माल्दिभ्सलाई हराउन सके इतिहास रच्नेछ । यसअघि नेपाल चार पटक सेमिफाइलनसम्म पुगिसकेको छ । -  रासस



काठमाडौँ, भदौ २७ गते । नेपाल प्रहरीले भन्सार छलेर नेपाल ल्याउँदै गरेको रु ११ करोड ९५ लाख ५२ हजार बराबरको सामग्री बरामद गरेको छ । प्रहरीले वैशाखदेखि साउनसम्मको अवधिमा विभिन्न भन्सार नाकाबाट भन्सार छलेर नेपाल ल्याउँदै गरेको उक्त सामग्री बरामद गरेको हो । प्रहरीले विभिन्न शीर्षकमा रु ३८ करोड ९७ लाख ११ हजार राजश्व सङ्कलन गरेको छ । गत वर्ष वैशाखदेखि साउनसम्मको अवधिमा रु ३१ करोड ८९ लाख सात हजार राजश्व सङ्कलन भएको प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिनुभयो ।

सो अवधिमा ६ लाख ११ हजार ३०६ सवारीसाधनका धनी र चालकलाई कारबाही गरिएको छ । गत वर्षको चार महिनामा पाँच लाख २६ हजार ६६४ सवारीसाधनका धनी तथा चालकलाई कारबाही गरिएको थियो । प्रहरीले चार महिनामा एक हजार ९१९ किलो गाँजा बरामद गरेको छ । गत वर्ष सो अवधिमा ७०६ किलो गाँजा बरामद गरेको थियो । यस्तै चरेश ३४० किलो, हिरोइन दुई किलो र अफिम ११ किलो बरामद गरेको छ ।

प्रहरीले विभिन्न प्रकारका अवैध हातहतियार १०३ थान र गोली १६९ थान बरामद गरेको छ । गत वर्षको चार महिनामा हातहतियार ७५ थान र गोली ८६ थान बरामद गरिएको थियो । प्रहरी प्रवक्ता क्षेत्री गत वर्षको तुलनामा यस वर्ष आपराधिक गतिविधि बढेको बताउनुहुन्छ । “प्रहरीको सक्रियता त बढेकै छ, तर सँगसँगै आपराधिक क्रियाकलाप गर्नेको सङ्ख्यासमेत बढेको पाइयो”, उहाँले भन्नुभयो ।

चार महिनाको अवधिमा दुई हजार १८१ प्रहरीको बढुवा, २४ हजार ६१३ प्रहरीको सरुवा, एक हजार ३५३ प्रहरी पुरस्कृत तथा ४९५ प्रहरीलाई सजाय दिइएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मन्त्रालयबाट जारी गर्नुभएको गृह प्रशासन सुधार योजनामा समावेश ८२ बुँदे प्राथमिकता तथा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनलाई मजबुद तथा विश्वसनीय बनाउनका लागि जारी गर्नुभएको १० बुँदे प्राथमिकतालाई आधार मानेर काम गरेका कारण प्रहरीले ठूलो सफलता प्राप्त गरेको प्रवक्ता क्षेत्री बताउनुहुन्छ । चार महिनाकै अवधिमा आपराधिक क्रियाकलापमा संलग्न नेपाल कम्युनिष्ट पार्टी ९विप्लव० तथा सिके राउत समूहका १५८ जनालाई पक्राउ गरिएको छ । - रासस

 https://www.welcomenepal.com/uploads/Teej-3.jpg
काठमाडौँ, भदौ २७ गते । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज उमा महेश्वरको पूजाराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने तथा नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु पाउने मान्यता छ ।

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई शब्द मिलेर हरितालिका शब्द बनेको छ जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।
“निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम छन्, सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुन्छ”, उहाँले भन्नुभयो । “सर्वतः आत्मानं गोपायेत्” अर्थात् सबैतिरबाट आत्माको रक्षा गर अनि मात्र व्रत गर भन्ने धर्मशास्त्रीय वाक्यलाई पनि विचार गरेर व्रत गर्नु उत्तम हुने अध्यक्ष गौतमको भनाइ छ ।
व्रत बस्नेले आफ्नो क्षमतानुसार पानी, कन्दमूल (सखरखण्ड, पिँडालु आदि), फलफूल, दूध, हवनीय वस्तु, श्रोत्रीय ब्राह्मणले खान हुने चिज, गुरुको वचनानुसारका खानेकुरा र औषधि गरी आठ कुरा खान हुने शास्त्रीय मान्यता छ । श्रीमान्को दीर्घायुको कामनाका लागि मात्र तीजको व्रत बसिने भनेर गलत प्रचार भइरहेको पनि गौतमले बताउनुभयो ।

‘भौतिक संरचनाको कारण साग प्रभावित नहुने’को लागि तस्बिर परिणाम

पोखरा, भदौ २० गते । राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले भौतिक संरचनाका कारण नेपालमा हुने १३ औँं दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) प्रभावित नहुने बताउनुभएको छ ।

खेलकूद पत्रकार मञ्च कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले सागलाई भव्यताका साथ सम्पन्न गर्न सरकारले पूर्वाधार निर्माणलगायतमा आवश्यक रकम विनियोजन गर्नुपर्ने बताउनुभयो । पूर्वाधार र राज्यको राम्रो सहयोग नभएको अवस्थामासमेत पाराग्लाइडिङका खेलाडीले एशियाली खेलकूद प्रतियोगतामा पदक हासिल गर्न सफल भएको उहाँको भनाइ छ ।

आगामी नोभेम्बरमा पोखरामा हुने अन्तर्राष्ट्रिय पाराग्लाइडिङ च्याम्पियन प्रतियोगिताअन्तर्गत सराङकोटमा आवश्यक पूर्वाधार तयार गर्न रु ३० लाख विनियोजन गरिएको सदस्य–सचिव विष्टले जानकारी दिनुभयो ।

उहाँले देशको गरिमासँग प्रत्यक्ष जोडिएको खेलकूदलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभयो । आगामी सागमा पोखरामा छ वटा खेल सञ्चालन गर्ने भनिए पनि पाराग्लाइडिङसहित सातवटा खेल सञ्चालनको सम्भावना रहेको सदस्य–सचिव विष्टको भनाइ छ ।

सागको तयारीस्वरुप हालसम्म पूर्वाधार निर्माणमा रु दुई अर्बभन्दा बढी लगानी भइसकेको र उक्त प्रतियोगितालाई लक्षित गरी पोखरामा रु एक अर्ब २९ करोडको लगानीमा सुविधा सम्पन्न रङ्गशाला निर्माणको प्रक्रिया अघि बढेको उहाँले उल्लेख गर्नुभयो । - रासस


नेपालकै अग्लो मनाङको झोलुङ्गे पुलको लागि तस्बिर परिणाम



मनाङ, भदौ २० गते । मनाङको नाशोङ गाउँपालिका–२ नाचे गाउँ र वडा नं ५ को थोंचे गाउँ जोड्न ड्रोनाखोलामा निर्माण गरिएको ताम्राङ पुल नेपालकै अग्लो भएको प्राविधिकले दाबी गरेका छन् । खोलाको पानीको सतहदेखि ४१२ मिटर उचाइमा रहेको यस पुलको लम्बाई १३५ मिटर रहेको छ ।

केही दिनअघि नाशोङ गाउँपालिकाका इञ्जिनीयर सुभास पाण्डेयलगायतका टोलीले नाप जाँच गरेपछि पुलको वास्तविक उचाइ पत्ता लागेको हो । चार वर्षअघि नै पुल निर्माण गरिए पनि यसको वास्तविक उचाइ सार्वजनिक भएको थिएन ।

विसं २०७२ मा निर्माण भएको यस पुल विश्वकै पाँचौं नम्बरमा पर्छ । हालसम्म विश्वको तथ्याङ्क हेर्दा सबैभन्दा अग्लो पुल चीनमा छ । चीनको डुङ्ग्रे ब्रिज ५६५ मिटर अग्लो छ । त्यस्तै, चीनकै सिदु पुल ४९६, पुल्ली पुल ४८५, एचीपुल ४३४ मिटर अग्लो छ ।

चीनका ती चारवटा पुलपछि ड्रोनाखोलामा निर्माण भएको पुल नै अग्लो भएको दाबी स्थानीयवासीको छ । हालसम्म नेपालको अग्लो झोलुङ्गे पुल भनेर चिनिएको पर्वत कुश्माको पुलको उचाइ जम्मा १६६ मिटर छ । ‘हामीले प्राविधिक हिसाबले नै नापजाँच गरेका हौँ । पुलको वास्तविक उचाइ ४१२ मिटर छ, इञ्जिनीयर पाण्डेयले भन्नुभयो, “अब यसको प्रचार देशभरि गर्नुपर्छ । यसले पनि मनाङको पर्यटन बढाउन सहयोग गर्छ ।”

‘‘हामीलाई हाम्रो सम्पत्ति नै थाहा भएन । नत्र पहिले नै प्रचार गरिसक्थ्यौं,’’ नाशोङ गाउँपालिका–२ का वडाध्यक्ष भीमबहादुर गुरुङले भन्नुभयो, “विकट जिल्ला र अशिक्षाका कारणले पनि पछि परिरहेका छौं ।” गाउँलेलाई हिँडडुल गर्न चार वर्षअघि यस पुल बनाइएको हो । मनास्लु पदमार्गमा पर्ने झोलुङ्गे पुल लार्के पास र भोटमा नुन लिन जाने पुरानो बाटो पनि हो ।

खोलामा पुल नहुदा धेरै सास्ती ब्यहोरेको गाउँपालिका अध्यक्ष चन्द्र घलेले बताउनुभयो । पुललाई सम्पदाको रुपमा स्थापित गरिदिन आग्रह गर्दै उहाँले तिलिचो तालजस्तै यस पुललाई पनि विश्वमा चिनाउन सकिने भएकाले यसको प्रचारप्रसार गरिदिन सरकारसँग आग्रह गर्नुभयो । - रासस



काठमाडौँ, भदौ २० गते । नेपाल आयल निगमले एल.पी ग्यासको घाटा कम गर्न व्यावसायिक प्रयोजनका लागि प्रयोग गरिने ग्यासको मूल्य बढाउने तयारी गरेको छ । दुई रङको सिलिण्डिर लागू गरी रातो रङको घरायसी प्रयोजनका लागि वितरण गर्ने र नीलो रङको व्यावसायिक प्रयोजनका लािग प्रयोग गर्न दिने तयारी भएको निगमले जनाएको छ ।
मङ्गलबार पत्रकार सम्मेलन गरी निगमले व्यावसायिक प्रयोजनका लागि प्रयोग गरिने ग्यासको मूल्य घरायसी प्रयोजनको ग्यासभन्दा महँगो बनाएर घाटा कम गर्नुपर्ने बताएको हो । निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले भन्नुभयो, ‘नीलो रङको सिलिण्डर व्यवसायका लागि खपत गर्ने र त्यसको मूल्य पनि वृद्धि गर्ने र घरायसी प्रयोजनका लागि मूल्य यथावत राख्ने तयारी छ । त्यसका लागि हामीले पहिला खपतको प्रतिशत पत्ता लगाउँदैछौँ, ग्यास व्यवसायीसँग तथ्याङ्क मागिएको छ, तथ्याङ्क आएपछि हामी अघि बढ्छौँ । ’




निगमका अनुसार खाना पकाउने एल.पी. ग्यासमा प्रतिसिलिण्डर ३३२ रुपियाँ घाटा छ । महिनाका ८० करोड रुपियाँ एल.पी. ग्यासबाट घाटा भइरहेको भट्टराईले दावी गर्नुभयो । एक महिना अघि निगमलाई एल.पी. ग्यासमा प्रतिसिलिण्डर २८० रुपियाँ घाटा थियो भने हाल बढेर ३३२ रुपियाँ पुगेको उहाँले बताउनुभयो । एल.पी. ग्यासबाट बाह्रै महिना घाटा व्यहोरिरहेको निगमले दीर्घकालीन समाधान गर्न सुझाएको छ । भट्टराई भन्नुहुन्छ– ‘‘एल.पी. ग्यासको दीर्घकालीन समाधान जरुरी छ, सधैँभरि घाटा व्यहोरिरहन सम्भव पनि छैन, समयअनुसार मूल्य समायोजन गर्नुपर्ने बाध्यता छ । ’
भारतीय आयल कर्पोरेसनबाट भदौ १५ गते प्राप्त नयाँ मूल्य सूचीअनुसार निगमललाई पेट्रोल र डिजेलबाट पनि घाटा भएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपियाँ ११ पैसा र डिजेलमा २ रुपियाँ ८४ पैसा घाटा भइरहेको छ । सो घाटा महिनामा झण्डै ९५ करोड रुपियाँ हुन आउँछ । घाटा व्यवस्थापन नै निगमको मुख्य चुनौती रहेको निगमका प्रवक्ता वीरेन्द्र गोइतको भनाइ छ ।
वीरगञ्ज र भारतको रक्सौल क्षेत्रमा पेट्रोल प्रतिलिटर २६ रुपियाँ ७७ पैसा र डिजेल प्रतिलिटर २८ रुपियाँ ८० पैसा नेपाली बजारमा सस्तो भएकाले आपूर्ति व्यवस्थापनमा चुनौती रहेको निगमले जनाएको छ । अमेरिकी डलर नेपाली मुद्राको लगातारको अवमूल्ययनले गर्दा निगमलाई नकारात्मक प्रभाव परी दिन प्रतिदिन लागत खर्च बढिरहेको निगमले जनाएको छ । २० दिन अघि अमेरिकी डलर सटही दर करिब ११० रुपियाँ थियो भने हाल ११४ रुपियाँ पुगेको छ । निगमका अनुसार कच्चा तेलको प्रतिब्यारेल मूल्य अमेरिकी डलर एकमात्र बढ्दा महिनामा करिब १७ करोड रुपियाँ अतिरिक्त भार पर्दछ । - गोरखापत्र दैनिकबाट  



काठमाडौं ,   भदौ १९ गते।  सरकार र आन्दोलनरत डाक्टरहरुबीच सहमति हुने लगभग निश्चित भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चलेको ३ घण्टा भन्दा लामो छलफलपछि सहमतिको मस्यौदा तयार भएको हो।

दुवै पक्षबीच सहमति अनुसार तयार पारिएको मस्यौदा कानुन मन्त्रालयमा देखाएपछि हस्ताक्षर हुने भएको छ।
यी ५ बुँदामा सहमति हुँदै छ :

१ं. दफा २३० मा रहेको अनुभवको आधारमा पनि उपचार गर्न पाउने व्यवस्था खारेज गर्ने।
२. उपचारका विषयमा कसैले उजुरी गर्न चाहेमा ६ महिनाभित्र उजुरी हाल्नुपर्ने।
३. डिउटीमा रहेका डाक्टर तथा स्वास्थ्यकर्मीमाथि आक्रमण र हातपात गर्नेलाई पक्राउ गरी धरौटीमा नछाड्ने अर्थात जेल विथआउट बेलको व्यवस्था लागू गर्ने।
४. स्वास्थ्य संस्था तोडफोड गर्नेलाई पनि जेल विथआउट बेलको व्यवस्था लागू हुने।
५. हेलचक्राइ, लापरबाही भएको विषयमा सम्बिन्धत काउन्सिलले छानविन गरेर प्रतिबेदन बुझाएपछि मात्र आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने।  - डी बि खड्का , स्वास्थ्य खबर पत्रिकाबाट
 




सम्बन्धित छवि



तनहुँ, भदौ १९ गते । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यक्तिलाई होइन संगठनका कामलाई प्राथमिकता दिएर पार्टीलाई बलियो र सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ ।







रिपोटर्स क्लब नेपालले आज दमौलीमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले पार्टी सभापतिको लागि आफ्नो कसैसँग तालमेल भएको छैन भन्नुभयो । “ म व्यक्तिलाई होइन पार्टी र संगठनका कामलाई प्राथमिकता दिन्छु, संगठन बलियो भए मात्र पार्टीमा सबैको हित हुन्छ,” वरिष्ठ नेता पौडेलले भन्नुभयो । उहाँले लोकतन्त्र संस्थागत गर्न जनताका आधारभूत आवश्यकता पुरा गरेर विकासका कामलाई प्राथमिकतामा राखी काम गनुपर्नेमा जोड दिँदै उहाँले विकासका योजनालाई केन्द्रीकरण होइन सङ्घीयता सृदृढ बनाउनेतर्फ केन्द्रीत गर्नुपर्छ भन्नुभयो । मुलुकी संहिता २०७४ कुनै पार्टी विशेषले नभइ सबै पार्टीले बनाएको प्रसङ्ग उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले प्रेस स्वतन्त्रता र स्वास्थ्य क्षेत्रमा देखिएका असन्तुष्टिका स्वरलाई संशोधन गरी सुधार गर्दै लानुपर्ने धारणा राख्नुभयो । - रासस

g

काठमाडौँ, भदौ १९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले क्षेत्रीय सङ्गठनको प्रभावकारी गतिविधिबाट एकार्का राष्ट्रबीच भावनात्मक सम्बन्धको विकास, समस्या समाधानमा एकताको जागृति र सामूहिक काममा सहकार्यको भावना कायम भएको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिँदै काठमाडौँमा चौथो बिम्स्टेक शिखर सम्मेलन समापनपछि म्यानमा र श्रीलङ्काका राष्ट्रपति तथा भारतका प्रधानमन्त्रीसँग द्विपक्षीय हितका विषयमा औपचारिक ढङ्गले छलफल भएको जानकारी दिनुभयो ।

सम्मेलनमा जारी १८ बुँदे घोषणापत्र कार्यान्वयनमा बिम्स्टेक राष्ट्रका सरकार प्रमुख तथा राष्ट्र प्रमुखसँग बेग्लाबेग्लै औपचारिक छलफल हँुदा एक देशविरुद्ध हुने आतङ्कवादी क्रियाकलाप हुन नदिने, पञ्चशीलको सिद्धान्तमा अडिग रहने र अहस्तक्षेपकारी सिद्धान्तलाई परिपालन गर्ने महत्वपूर्ण विषयमा छलफल भएको बताउनुभयो ।

रक्सौल–वीरगञ्ज–काठमाडौँ रेलमार्ग अध्ययन गर्न भएको समझदारी, नेपाल–भारत मैत्री पशुपतिनाथ धर्मशाला उद्घाटन, अन्तर्राष्ट्रियस्तरमा प्रतिष्ठा र सामथ्र्य स्थापना र नेपालको क्षेत्रीय कूटनीतिमा थप प्रभावकारिता बढेको उहाँले प्रतिनिधिसभालाई बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सम्मेलनले बिजुली बिक्री गर्ने बाटो खोलेको बताउँदै भन्नुभयो, “सहयोगका १४ क्षेत्र पुनःसंरचना गर्ने, बौद्ध परिपथ स्थापना गर्ने, सांस्कृतिक आदानप्रदानलाई थप विस्तार गर्ने सहमति हुनुले सम्मेलन सफल भएको बताउँछ ।” प्रधानमन्त्री ओलीले सीमित स्रोत र साधनका बीच अधिकतम रुपमा परिचालन भई छोटो समयमा सफलता हासिल गर्न सहयोग गर्ने नेपाली जनता, सुरक्षा निकाय र बौद्धिक वर्गको महत्वपूर्ण भूमिका रहेको पनि बताउनुभयो ।

बिम्स्टेक सार्कको विकल्प होइन - प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय, प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई विस्थापित गर्न स्थापना नभएको स्पष्ट गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको वक्तव्यपछि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले बिम्स्टेक सम्मेलनमा कुनै देशकोे नेतृत्वमा सैन्य अभ्यास गर्ने सहमति नभएको पनि बताउनुभयो ।

एक प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले बाढीपीडितलाई उद्धार, राहत र क्षतिपूर्ति तथा असुरक्षित स्थानमा बसोबास गर्नेलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सरकारले गृहकार्य गरिरहेको जानकारी दिनुभयो ।
बैठकमा सांसद दिव्यमणि राजभण्डारी, प्रेम सुवाल, डा मीनेन्द्रप्रसाद रिजाल, रामबहादुर विष्ट, अवधेशकुमार सिंह, भरतकुमार शाह, राजेन्द्रकुमार केसी, मीन विश्वकर्मा, दिलेन्द्रप्रसाद बडू, सञ्जयकुमार गौतम, सरिता गिरी, मीना सुब्बा र महेन्द्रराय यादवले प्रधानमन्त्री ओलीलाई सम्मेलनका विषयमा जिज्ञासा राख्नुभएको थियो । (रासस)


nepal chikitsak sanghको लागि तस्बिर परिणाम
  
काठमाडौँ, भदौ १९ गते । नेपाल चिकित्सक सङ्घले अस्पताल बन्द गर्ने निर्णय तत्काललाई स्थगित गरेको छ । स्वास्थ्य मन्त्रालयमा सोमबार भएको द्विपक्षीय वार्तामा नेपाल चिकित्सक सङ्घ र मन्त्रालयबीच ठोस सहमति नभए पनि अस्पताल बन्द गर्ने निर्णय स्थगित गरेको हो । मन्त्रालयका पदाधिकारीहरूले आउँदो सोमबारसम्ममा चिकित्सकका मागअनुसार संशोधन दर्ता गर्ने वचन दिनुभएको सङ्घका महासचिव डा. लोचन कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “सोमबारसम्म संशोधन प्रक्रिया अघि नबढे मङ्गलबारदेखि पुनः अस्पताल बन्द गरेर आन्दोलन चर्काउँछाँै । ” स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका निमित्त सचिव डा. सुशील प्याकुरेलले आन्दोलनले स्वास्थ्य मन्त्रालयमा समेत नकारात्मक प्रभाव पर्ने भएकाले नेपाल चिकित्सक सङ्घलाई आन्दोलन स्थगित गर्न अनुरोध गरिएको जानकारी दिनुभयो ।
उहाँले स्वास्थ्य मन्त्रालयले कानुन मन्त्रालय, प्रधानमन्त्री, स्वास्थ्यमन्त्री लगायतसँग छलफल गरी संसद्मा संशोधन प्रस्ताव दर्ता गर्ने जानकारी दिनुभयो । डाक्टरको हडतालमा बिरामीको मृत्यु भए वा अन्य समस्या उत्पन्न भए स्वास्थ्य मन्त्रालय जिम्मेवार हुने भएकाले तत्काललाई अस्पताल बन्द जस्तो कार्य गर्नबाट रोकिएको जानकारी उहाँले दिनुभयो ।
सङ्घका वरिष्ठ उपाध्यक्ष डा. ढुण्डीराज पौडेलले सहमतिका लागि प्रयास गरिने बताउनुभयो । उहाँले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव विदेश भ्रमणमा रहनुभएकाले सहमति हुन नसकेको बताउनुभयो ।
मुलुकी ऐन संहितामा चिकित्सकलाई अपराधीकरण गरिएको आरोपसहित त्यसलाई संशोधन गर्नुपर्ने माग चिकित्सकहरूको छ ।
स्वास्थ्य मन्त्रालय र चिकित्सक सङ्घबीच भएको वार्तामा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. सुरेन्द्र यादव, स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा. सुशील प्याकुरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी, नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्मा, सङ्घका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष पौडेल, महासचिव डा. लोचन कार्की लगायतको सहभागिता थियो ।

बिम्स्टेकको औसत उपलब्धि

काठमाडौं सम्मेलनले बिम्स्टेकलाई पुनर्जीवन त दियो, तर सदस्य राष्ट्रहरूले गतिशील बनाउने सम्भावना भने न्यून छ

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) लाई गतिशील र प्रभावकारी क्षेत्रीय आर्थिक संगठनको रूप विकास गर्ने प्रमुख उद्देश्यका साथ बिहीबार प्रारम्भ भएको चौथो शिखर सम्मेलनले अठारबुँदे काठमाडौं घोषणापत्र जारी गर्दै औसत उपलब्धि हासिल गरी शुक्रबार समापन भएको छ। बिम्स्टेक क्षेत्रलाई हिमालय र हिन्द महासागरको मिलन र सहकार्यको बिम्बात्मक रूपमा व्याख्या गर्दै सातै देशका राष्ट्र तथा सरकार प्रमुखहरूले पारस्परिक हितमा आधारित उदाहरणीय मञ्चका रूपमा विकास गर्ने अर्थपूर्ण संकल्प गरेका छन्। स्थापनाकालदेखि नै क्षेत्रीय शक्तिराष्ट्रको न्यून प्राथमिकतामा रहेको कारणले २१ वर्षमा बल्ल चौथो शिखर सम्मेलन भएको पृष्ठभूमिमा विश्लेषण गर्दा काठमाडौं सम्मेलनबाट बिम्स्टेकले पुनर्जीवन पाउने झीनो सम्भावना देखिएको छ।

सन् २०१६ मा कश्मीरको उरीस्थित भारतीय सैनिक ब्यारेकमा आतंककारी हमला भएपछि सिर्जना भएको भारत—पाकिस्तान आरोप/प्रत्यारोपको कारणले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को भविष्य अन्योलपूर्ण भइरहेको घडीमा बिम्स्टेक सम्मेलन भएपछि आंशिक भए पनि सकारात्मक सन्देश प्रवाह गरेको छ। तर भारत—पाकिस्तानको स्थायी विवाद र भूराजनीतिक कारणले भारतीय चाहनाअनुरूप सार्कको विकल्पमा बिम्स्टेकलाई क्षेत्रीय संगठनका रूपमा अगाडि बढाउन खोजिएको त होइन ? गम्भीर प्रश्नचिह्न पनि खडा भएको छ। त्यसैले सम्मेलन बिम्स्टेकको भए पनि अधिक चर्चा र बहस भने सार्कको भयो। तर संविधानसभामार्फत नयाँ संविधान जारी भएपछि नेपालले सफलतापूर्वक बिम्स्टेक सम्मेलन सम्पन्न गरेपछि नेपालको अन्तर्राष्ट्रिय छवि भने सकारात्मक भएको छ।

आंशिक उपलब्धि

सदस्य राष्ट्रहरू विशेषगरी भारतले उच्च महत्व दिएको बहुचर्चित काठमाडौं शिखर सम्मेलनमा आंशिक भए पनि सकारात्मक उपलब्धिहरू हासिल भएका छन्। बिम्स्टेकलाई युरोपियन युनियन र आसियानजस्तै जीवन्त आर्थिक संगठनका रूपमा विकास गर्ने चाहनाअनुरूप धेरै महत्वाकांक्षी समझदारीपत्र, घोषणा र कार्यसूचीका बारेमा शृंखलाबद्ध बैठक र छलफल गरियो। अन्ततः विद्युत् प्रसारण लाइन स्थापनासम्बन्धी एक मात्र समझदारीपत्रमा हस्ताक्षर गरियो। तर एउटा मात्र समझदारीपत्रमा हस्ताक्षर भए पनि कनेक्टिभिटी, गरिबी निवारण, जलवायु परिवर्तन, व्यापार र लगानी, ऊर्जा र पर्यटनलगायतका क्षेत्रमा अपूर्ण भए पनि सकारात्मक निर्णयहरू गरिएका छन्। त्यसैले अब बिम्स्टेकले गति लिने संकेत देखिएको छ। आर्थिक संगठनका रूपमा विकसित गर्न बिम्स्टेक राष्ट्रहरूबीच कनेक्टिभिटी सञ्जाल कमजोर भएको वास्तविकतालाई आत्मसात गर्दै सम्मेलनले राजमार्ग, रेलमार्ग, हवाईमार्ग तथा जलमार्गमार्फत सदस्य राष्ट्रहरूलाई आपसमा जोडेर व्यापार तथा पारवहनजस्ता विषयलाई उच्च प्राथमिकता दिएको छ।

यसैगरी बिम्स्टेक चार्टरको मस्यौदा पाँचौं शिखर सम्मेलनमा पेस गर्ने, प्रतिआतंकवाद र सीमापार अपराधविरुद्ध सहकार्य, जलवायु परिवर्तन, व्यापार र लगानी अभिवृद्धि, भिसा सहजीकरण, लुम्बिनीमा बुद्ध सर्किट स्थापना, बिम्स्टेक विकास कोषको स्थापनालगायतका विषयमा भएका सहमति प्रारम्भिक र सैद्धान्तिक भए पनि बिम्स्टेकको भविष्यको दृष्टिले उपलब्धिमूलक हुन्। पर्वतीय अर्थतन्त्रको विकासको लागि नेपालद्वारा प्रस्तावित प्रस्ताव पारित गरियो भने भूपरिवेष्ठित मुलुकहरूको हितका लागि भारतले प्रस्ताव गरेको सामुद्रिक अर्थतन्त्रलाई अनुमोदन गर्दै कार्ययोजना बनाउन अन्तरदेशीय विज्ञ समूह गठन गर्ने सहमति पनि भयो। तर विगतमा हस्ताक्षर भएका समझदारीपत्र, सहमति र निर्णयहरू कार्यान्वयन नभएको परिवेशमा अहिले लागू हुने विश्वास गर्ने आधार कमजोर देखिन्छ।

नेपाललगायत सबै देशहरूलाई सबैभन्दा महत्वपूर्ण विषय स्वतन्त्र व्यापार थियो। तर स्वतन्त्र व्यापारका लागि भइरहेको वार्तालाई निरन्तरता दिने भनी केवल औपचारिकताका लागि घोषणापत्रमा उल्लेख गरियो, तर उक्त महत्वपूर्ण कार्यसूचीमा ठोस प्रगति भएन। सम्भवतः बिम्स्टेकका ठूलो अर्थतन्त्र भएका दुई महत्वपूर्ण खेलाडी भारत र थाइल्यान्डबीच द्विपक्षीय स्वतन्त्र व्यापार सम्झौता भइसकेकाले उनीहरूको प्राथमिकता छैन। त्यसैले बिम्स्टेक क्षेत्रीय स्वतन्त्र व्यापार सम्झौताले अपेक्षित गति लिन नसकेको वास्तविकता कटु भए पनि सत्य हो।

विकल्प कि परिपूरक ?

विकसित एसियाली तथा क्षेत्रीय कूटनीतिक, आर्थिक, व्यापारिक तथा सामरिक परिवेशमा सार्क, बिम्स्टेक, बीबीआईएन (बंगलादेश, भुटान, भारत, नेपाल) जस्ता क्षेत्रीय तथा उपक्षेत्रीय आर्थिक संगठनहरूको आवश्यकता, उपादेयता र सान्दर्भिकता थप बढ्दै गइरहेको छ। नेपाल अध्यक्ष राष्ट्र भएकाले सार्क र बिम्स्टेक दुवै संगठनहरूलाई क्रियाशील, गतिशील र प्रभावकारी संगठनहरूको रूपमा विकास गर्ने उद्देश्यले नेतृत्वदायी भूमिका निर्वाह गर्नु कूटनीतिक दायित्व पनि हो। तर सार्क शिखर सम्मेलन नगरी बिम्स्टेक सम्मेलन गरिएपछि सार्कको भविष्यबारेमा गम्भीर प्रश्नचिह्न खडा भएको छ। तर सार्कको विकल्प बिम्स्टेक होइन र हुन सक्दैन।

त्यसैले बिम्स्टेक विकल्प होइन, सार्कको परिपूरक संगठन हो। यद्यपि प्रधानमन्त्री ओलीले उद्घाटन मन्तव्यका क्रममा सार्कको विकल्प बिम्स्टेक होइन, एकअर्काका परिपूरक भएको वास्तविकतालाई विशेष जोड दिएका थिए। तर भारतीय प्रधानमन्त्री मोदीले कूटनीतिक र अर्थपूर्ण शैलीमा ओलीको उक्त विचारको प्रतिवाद गरेका थिए। मोदीले उद्घाटन भाषणका क्रममा बिम्स्टेकलाई उच्च महत्व दिँदै बिम्स्टेकको बारेमा व्यक्त विचार र भावी कार्यक्रमको घोषणाका आधारमा विश्लेषण गर्दा भारतले बिम्स्टेकलाई सार्कको विकल्पका रूपमा उपयोग गर्न चाहेको अव्यक्त तर स्पष्ट मनोविज्ञान झल्किन्थ्यो।


"युरोपियन युनियन र आसियानजस्तै सार्क र बिम्स्टेकलाई पनि आर्थिक विकासको साझेदारी, कनेक्टिभिटी र व्यापार तथा पारवहनका लागि प्रभावकारी र सार्थक मञ्चका रूपमा विकास गर्नुभन्दा अर्को श्रेष्ठ विकल्प छैन।"

सन् २०१६ मा भारतको गोवामा ‘ब्रिक्स प्लस बिम्स्टेक आउटरिच समिट’ गरेपछि नै भारतीय रणनीति र मनसाय स्पष्ट भइसकेको थियो। उरी आक्रमणपछि भारतीय थिंकट्यांकका अध्ययन प्रतिवेदनहरूले पाकिस्तानलाई एक्ल्याउने र चीनलाई रणनीतिक सन्देश दिने नीतिअनुरूप मोदीले सार्कको विकल्पमा बिम्स्टेकलाई अगाडि बढाउन चाहेको रहस्योद्घाटन गरेका थिए। त्यसैले सार्कलाई उपेक्षा गरी बिम्स्टेक सम्मेलन गर्नु केवल संयोग मात्रै होइन, नियोजित र रणनीतिक हो। चीनको कूटनीतिक, सामरिक, आर्थिक, व्यापार र पारवहनको चासो र स्वार्थ सार्कमा भन्दा बिम्स्टेकमा बढी छ। भुटानबाहेक नेपाल, भारत, थाइल्यान्ड, म्यानमार, श्रीलंका, बंगलादेश सबै देशहरूसँग चीनको घनिष्ट कूटनीतिक, आर्थिक, व्यापारिक तथा सामरिक सम्बन्ध छ। त्यसैले बिम्स्टेकप्रति चीनको चासो र स्वार्थ हुनु स्वाभाविक हो। यदि बिम्स्टेकलाई गतिशील संगठनका रूपमा विकसित गर्ने हो भने सार्कमा जस्तै चीनलाई पनि पर्यवेक्षक र आसियानलाई ‘डायलग पार्टनर’ को रूपमा स्वागत गर्नु आवश्यक छ।

तर चीन र पाकिस्तानबिनाको क्षेत्रीय संगठन बनाउने भारतीय चाहना भएकाले काठमाडौं सम्मेलनमा उक्त विषयमा छलफलसमेत भएन। यसपटक नभए पनि श्रीलंकामा हुने पाँचौ शिखर सम्मेलनमा चीनलाई पनि पर्यवेक्षक र आसियानलाई ‘डायलग पार्टनर’ को रूपमा सहभागी गराउनु स्वयं बिम्स्टेककै स्वास्थ्यका लागि लाभदायक हुनेछ।

जहिलेसम्म भारतको चाहनाअनुरूप परिचालित हुन्छ, त्यतिबेलासम्म वास्तविकरूपमा क्षेत्रीय संगठनको रूपमा सार्क वा बिम्स्टेक कुनै पनि संगठनले प्रभावकारी भूमिका निर्वाह गर्न सक्दैन भन्ने वास्तविकतालाई जति छिटो सदस्य राष्ट्रहरूले आत्मसात गर्छन्, त्यति छिटो सार्क, बिम्स्टेक र बीबीआईएनले पुनर्जीवन पाउनेछन्। क्षेत्रीय संगठनप्रति उदाउँदा शक्तिराष्ट्रहरू भारत र चीनको कूटनीतिक तथा रणतीतिक स्वार्थ हुन सक्छ, तर नेपालले सन्तुलनकारी भूमिका निर्वाह गर्न सक्छ। उक्त भूमिका नेपालका लागि कूटनीतिक अवसर पनि हो।

संयुक्त सैन्य अभ्यास किन ?

भारतीय रणनीति र प्रस्तावअनुरूप बिम्स्टेकको इतिहासमा पहिलोपटक भारतको पुणेमा बिम्स्टेक राष्ट्रहरूको संयुक्त सैन्य अभ्यास गर्ने निर्णय शिखर सम्मेलनबाट गरिएपछि गम्भीर कूटनीतिक तथा सामरिक आशंकाहरू पनि उत्पन्न भएका छन्। वास्तवमा बिम्स्टेकका १६ बहुआयामिक क्षेत्राधिकारहरू भए पनि विशेषगरी आर्थिक संगठन हो। त्यसैले बिम्स्टेकजस्तो आर्थिक संगठनका लागि संयुक्त सैन्य अभ्यास किन भन्ने प्रश्न उठ्नु स्वाभाविक हो।

बिम्स्टेक राष्ट्रहरूले संयुक्त सैन्य अभ्यास गर्ने समाचार सार्वजनिक भएपछि छिमेकीहरू चीन र पाकिस्तान गम्भीर चासो व्यक्त गर्दै उच्च सतर्क भएका छन्। यसरी काठमाडौं सम्मेलनले संयुक्त सैन्य अभ्यास गर्ने निर्णय तथा चीन र पाकिस्तानले गम्भीर चासो व्यक्त गरेपछि बिम्स्टेक पनि सार्कजस्तै भारत र चीनको भूराजनीतिक र रणनीतिक दाउपेचको सिकार त बन्दैन ? आशंका उत्पन्न भएको छ। तर सार्क र बिम्स्टेकजस्ता क्षेत्रीय आर्थिक संगठनहरू भारत र चीनको रणनीतिक दाउपेचको खेलमैदान हुनु हुँदैन।

यद्यपि अन्तर्राष्ट्रिय आतंकवाद, अन्तरदेशीय अपराध, लागूपदार्थ तस्करी नियन्त्रण, विपद् व्यवस्थापन पनि बिम्स्टेकको क्षेत्राधिकार भएको तर्क गर्दै सैन्य सहकार्यसमेत आवश्यक भएकाले संयुक्त सैन्य अभ्यास गर्न लागिएको दाबी गरिएको छ। सैद्धान्तिक दृष्टिले उक्त प्रस्ताव तर्कपूर्ण पनि छ। तर भारत—पाकिस्तानको सामरिक प्रतिस्पर्धा र आतंकवादप्रतिको सदावहार आरोप–प्रत्यारोपले सार्कको भविष्यमाथि नै गम्भीर प्रश्नचिह्न खडा भइरहेको घडीमा गरिने संयुक्त सैन्य अभ्यासले बिम्स्टेकलाई कुन दिशातर्फ लैजाला ?

बिम्स्टेकको प्रमुख उद्देश्य र क्षेत्राधिकारबाटै विमुख त हुँदैन ? यस्ता यक्षप्रश्नहरू उठेका छन्। सन् २००९ मा हस्ताक्षर गरिएको प्रतिआतंकवाद, लागूपदार्थ र सीमापार अपराधसम्बन्धी महासन्धि त सबै सदस्य राष्ट्रहरूले अनुमोदन पनि गरिसकेका छैनन्। नेपालले पनि शिखर सम्मेलनको पूर्वसन्ध्यामा मात्रै अनुमोदन गरेको थियो। सन् २००९ मा हस्ताक्षर गरिएको महासन्धि त अहिलेसम्म सबै सदस्य राष्ट्रहरूले अनुमोदन गरिसकेका छैनन् भने सैन्य सहकार्यको महत्वाकांक्षी र रणनीतिक उद्देश्य कति सान्दर्भिक र आवश्यक होला ? मोदीले किन उद्घाटन मन्तव्यकै अवसरमा संयुक्त सैन्य अभ्यासको घोषणा गरे ? त्यसको अन्तर्निहित उद्देश्य के हो ?

अर्कोतिर शान्ति, सहअस्तित्व, असंलग्नता, पञ्चशील, संयुक्त राष्ट्रसंघको वडापत्र नेपालको विदेश नीतिको मौलिक र आधारभूत सिद्धान्तहरू हुन्। द्विपक्षीयबाहेक क्षेत्रीय संगठनहरूमा संयुक्त सैन्य अभ्यासमा सहभागी भएपछि नेपालको परराष्ट्र नीति मात्रै होइन, छिमेकी विशेषगरी भारत र चीनको सामरिक संवेदनशीलताप्रति कस्तो असर पर्ला ? भन्ने विचारणीय पक्षलाई नेपालले गम्भीरतापूर्वक विश्लेषण गर्नुपर्छ। होइन भने नेपालको कूटनीतिक तथा सामरिक सन्तुलनको तराजु उत्तर वा दक्षिणतिर ढल्किन सक्छ। त्यसैले सार्क र बिम्स्टेक तथा भारत र चीनबीच नेपालले कूटनीतिक र सामरिक सन्तुलन कायम गर्नुपर्छ। भारत र चीनलाई आशंका उत्पन्न हुने गरी कुनै पनि कूटनीतिक वा सैन्य भूमिका निर्वाह गर्नु हुँदैन।

निष्कर्ष

विकसित परिदृश्यमा सार्क र बिम्स्टेकजस्ता क्षेत्रीय आर्थिक संगठनहरूको आवश्यकता र सान्दर्भिकता झन् बढ्दै गइरहेको छ। नेपालको राष्ट्रहितको दृष्टिले पनि सार्क र बिम्स्टेकलाई थप गतिशील संगठनका रूपमा विकास गर्नु अपरिहार्य छ। त्यसैले युरोपियन युनियन र आसियानजस्तै सार्क र बिम्स्टेकलाई पनि आर्थिक विकासको साझेदारी, कनेक्टिभिटी र व्यापार तथा पारवहनका लागि प्रभावकारी र सार्थक मञ्चका रूपमा विकास गर्नुभन्दा अर्को श्रेष्ठ विकल्प छैन। युरोपियन युनियन र आसियानको सफलता र सार्कको असफलताबाट बिम्स्टेकले शिक्षा लिएर भविष्यको मार्गचित्र बनाउनु उपयुक्त हुनेछ। हालसम्म न्यून प्राथमिकतामा रहेको बिम्स्टेकलाई काठमाडौं सम्मेलनले

पुनर्जीवन दिएको छ। काठमाडौं सम्मेलनमा हस्ताक्षरित सहमतिपत्र, जारी घोषणापत्र र पारित निर्णयहरूको कार्यान्वयनमा नै बिम्स्टेकको भविष्य निर्भर रहनेछ, तर उदाउँदो शक्तिराष्ट्र भारतको सामरिक महत्वाकांक्षा र क्षेत्रीय संगठनहरूप्रतिको दृष्टिकोण, सार्क र बिम्स्टेकको विगत र कमजोर संस्थागत संरचनाको सापेक्षतामा विश्लेषण गर्दा जति नै मंगलकामना गरे पनि बिम्स्टेकले अपेक्षाकृत गति लिने सम्भावना भने न्यून देखिन्छ।
- गेजा शर्मा वाग्ले , अन्नपूर्ण पोस्टबाट

एसिया कप छनोट : सिंगापुरविरूद्ध नेपाल ४ विकेटले विजयी

काठमाडौं , भदौ १७ गते। मलेसियामा जारी एसीसी एसिया कप छनोट प्रतियोगिताको चौथो खेलमा नेपालले सिंगापुरमाथि ४ विकेटको जित निकालेको छ। सिंगापुरले दिएको १५२ रनको लक्ष्य नेपालले २८.१ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । जितका लागि ४ रन आवश्यक हुँदा नेपालले दीपेन्द्रसिंह ऐरी र सागर पुनको विकेट गुमाएको थियो ।

यो सँगै एसिया कप छनोटमा नेपालले दोस्रो जित दर्ता गरेको छ। कम्तिमा अंक तालिकाको दोस्रो स्थानमा रहँदै एसिया कपमा छनोट हुने आशा जीवितै राखेको छ । टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ४२ ओभरमा अल आउट हुँदै १५१ रन बनाएको थियो । नेपालको जितका लागि अनील शाहले सर्वाधिक ४३ रन बनाए । दीपेन्द्रसिंह ऐरी ३३ र ज्ञानेन्द्र मल्लले ३० रनको योगदान गरे ।

त्यसैगरी सुवास खकुरेल र सागर पुनले समान १४ रन, कप्तान पारस खड्काले ११ र आरिफ शेखले नटआउट ४ रन बनाए ।

टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरको सुरुवाती ब्याटिङ धर्मराएको थियो । ४.२ ओभरमा १८ रन हुँदा तीन विकेट गुमाएको सिंगापुरका लागि चेतन सूर्यवंशी र अनिष परामले चौथो विकेटका लागि ८० रनको साझेदारी गरेपछि बलियो स्थितिमा पुगेको थियो । चौथो विकेटपछि लगातार विकेट लिएर सिंगापुरलार्इ नेपाली बलरले उच्च स्कोर बनाउन दिएनन् ।

सिंगापुरका लागि चेतन सूर्यवंशीले सर्वाधिक ६० रन बनाए । अनिष परामले ३१ र कार्तिकेयन सुब्रामनियनले २० रन बनाए । सिंगापुरविरुद्ध नेपालका लागि लतित राजवंशी र सन्दीप लामिछानेले ३–३ विकेट लिए । सोमपाल कामीले २ र वसन्त रेग्मीले १ विकेट लिए ।

अब नेपालले प्रतियोगिताको अन्तिम खेल मंगलबार हङकङविरुद्ध खेल्नेछ । नेपाललाई एसिया कपमा छनोटका लागि हङकङमाथि जित हात पारेर मात्रै पुग्दैन । अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्ने देखिन्छ।

पहिलो खेलमा ओमानसँग ७ विकेट र दोस्रो खेलमा युएईसँग ७८ रनले पराजित भएको नेपालले तेस्रो खेलमा आयोजक मलेसियामाथि १९ रनको जित निकालेको थियो ।

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget