Websoft University

www.radiomakalu.com || 021-522512


जेट इन्जिन भएको सौर्य एयरको जहाज भित्रँदै, चैत पहिलो सातादेखि उडान

main

विराटनगर , फागुन २१ गते । सौर्य एयरले यही फागुन २६ गतेभित्रमा अर्को जहाज ल्याउने भएको छ।

सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले जेट इन्जिन भएको सिआरजे २०० जहाज ढिलोमा पनि यही फागुन २६ गतेभित्र नेपाल आइपुग्ने बताए। नयाँ जहाज ल्याएपछि सरकारी प्रक्रिया पूरा गरेर चैतको पहिलो सातादेखि मात्र उडान सुचारु गरिने उनको भनाइ छ।

यो एयरलाइन्सले साढे दुई वर्षदेखि ५० यात्रुको क्षमता रहेको एक विमानबाट आन्तरिक उडानमा सेवा दिइरहेको छ। अध्यक्ष पोखरेलका अनुसार क्यानाडाको प्रसिद्ध र सबैभन्दा पुरानो बम्बाडिया कम्पनीबाट खरिद गरिएको जहाज पनि ५० सिट क्षमताकै हुनेछ।

‘नेपालको आन्तरिक उडानमा जेट इन्जिन जडान गरिएको विमान सौर्य एयरको मात्र हो’, उनले भने, ‘अहिले सञ्चालनमा रहेको विमानमा जेटकै इन्जिन छ र अब ल्याइने विमानमा पनि।’

एक मात्र जहाज भएकाले कहिलेकाहिँ समयमा उडाउन नसकिएको बताउँदै उनले अर्को जहाज आएपछि एयरलाइन्सकै कारणले ढिलो नहुने दाबी गरे। ‘एअर ट्राफिक जाम भएर उडानमा बिलम्ब भयो भने बेग्लै कुरा हो’, अध्यक्ष पोखरेलले भने, ‘तर जहाजकै कारण चाहिँ अब उडान ढिलो हुँदैन।’

सौर्यले हाल काठमाडौंबाट नेपालगञ्ज, भैरहवा र भद्रपुरमा उडान भरिरहेको छ। अर्को जहाज आएपछि धनगढी र भैरहवामा पनि उडान गर्नेछ। यसबाहेक जनकपुरको विमानस्थललाई पनि स्तरोन्नति गरिएको हुँदा त्यहाँ पनि सेवा पुर्‍याउने योजना छ।

धनगढी र भैरहवाका लागि भने क्याप्टेन, पाइलट, एअर होस्टेज लगायतका कर्मचारीको छनौट भइसकेको उनले जानकारी दिए। कुनै भवितव्य परेर ल्यान्ड गर्न नसकी आकाशमै उडाइरहनुपर्‍यो वा अन्यत्र अवतरण गर्नुपयो भने नेपालका अरू जहाज बढीमा २ घण्टा ३० मिनेट मात्र उड्न सक्छ तर सौर्यको विमानलाई ५ घण्टा ३० मिनेट उडाएर सुरक्षित विमानस्थलमा पुयाउन सकिने पोखरेलले दाबी गरे। - अनन्तराज न्यौपाने/पहिलोपोस्टबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget