Websoft University

www.radiomakalu.com || 021-522512


January 2018

इटहरी । केहीदिन यता पूर्वमा बाक्लाे हुस्सु सहित बढेकाे अत्याधिक चिसाेले बिभिन्न जिल्लामा जनजिवन प्रभावित बनेकाे छ । सुनसरी सहित पूर्वी तराइका जिल्लामा परेकाे बाक्लाे हुस्सु र चिसाेकाे कारण जनजिवन प्रभावित बनेकाे हाे । पुस महिना सुरू भएलगत्तै बढेकाे चिसाेका कारण पूर्वि तराइका सुनसरी , माेरङ , झापा , इलाम पाँचथर , ताप्लेजुङ , भाेजपुर , धनकुटा संखुवासभा लगायतका जिल्लाहरूमा जनजिवन प्रभावित बनेका हुन ।  पूर्वी तराईमा शीतलहरुसँगै बढेको चिसोले कठ्यांग्रिएर एक सातामा ८ जनाले ज्यान गुमाएका छन ।   अत्याधिक बढेकाे जाडाेले सप्तरीमा  ६ जनाकाे मृत्यु भएकाे छ भने सुनसरीमा एक र झापामा एक गरी ८ जनाकाे मृत्यु भएकाे हाे ।
चिसाेका कारण बिशेष गरी गत साउनमा अाएकाे बाढीबाट घरबार बिहीन बनेका बाढीपिडित , काेशीपिडित लगायत चाैपायाहरू समेत प्रभावित बनेका छन । बाक्लाे हुस्सुका कारण जाडाेमा सुत्केरी महिलाहरू पनि बढी नै प्रभावित देखिएका छन। सरकारी कार्यालयहरूमा पनि चिसाेकाे प्रभाव परेकाे देखिएका छन । सुनसरी लगायत तराइका जिललाहरूमा रहेका सरकारी कार्यालयहरूमा सेवा लिन अाउने सेवाग्राहीहरूकाे संख्या घटेकाे छ । सडकमा यातायातका साधनहरूपनि घटेकाे देख्न सकिन्छ ।
यता चिसाेकै कारण अस्पतालहरूमा बिरामीकाे संख्या ह्वात्तै बढेकाे पाइएकाे छ । बिशेषगरी ज्वराे , रूघाखाेकी , निमाेनीया जस्ता राेगका बिरामीहरूले सामुदायिक अस्पतालहरू भरीभराउ देखिएका छन । चिसाेका कारण अस्पतालमा बिरामी नवजात शिशुहरूकाे संख्या पनि बढदै गएकाे छ । चिसाेका कारण नवजात शिशुहरूमा चाडै निमाेनीयाकाे प्रकाेप देखिने गरेकाेले अस्पतालमा बिरामी शिशुहरूकाे संख्या बढेकाे धरानस्थित बिपी काेइराला स्वास्थ्य  बिज्ञान प्रतिस्ठानका बाल बिशेषज्ञहरूले जनाएका छन । चिसोका कारण अस्पतालमा बिरामीको संख्या बढ्नुका साथै दैनिक ज्याला मजदुरी गरी परिवारकाे गुजारा गर्नेहरू पनि प्रत्यक्ष मार्कामा परेका छन ।
यता अत्याधिक चिसाेका कारण सुनसरी लगायत तराइका जिल्लाहरूमा रहेका सामुदायिक एवम निजि बिद्यालयहरू पनि बन्द गरीएकाे छ । अत्याधिक चिसाे बढेसंगै सुनसरीमा एक साता सम्मलाृइ सामुदायिक बिद्यालयहरूकाे पठन पाठन बन्द गराइएकाे छ । हुस्सुका कारण कृषकहरूपनि माृकामा परेका छन । तराइका जिल्लाहरूमा बढेकाे हुस्सु र चिसाेले कृषकहरूकाे बालीमा नराम्राेसंग असर पारेकाे देखिन्छ । चिसाेले अालुका खेती गर्दै अाएका कृषकहरू पनि बढी समस्यामा रहेकाे देखिएका छन ।
पूर्वि तराइमा चिसाे संगै लागेकाे बाक्लाे हुस्सुका कारण सवारी दुर्घटनाहरू पनि बढेकाे पाइएकाे छ । एक साताकाे अवधीमा सुनसरिमा मात्रै सात दुर्घटना भइसकेका छन । सुनसरीकाे तरहरास्थित चारकाेशे झाडीमा मात्रै तिन दुर्घटना भएका छन भने झापामा २ , माेरङ र सप्तरमा एक एक गरी सात दुर्घटना भएकाे पूर्वाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएकाे छ ।

जाजरकोट, पुस २५ । जिल्लाको जुनीचाँदे–३ मा भाइरलका कारण थप एकजनाको मंगलबार बिहान मृत्यु भएकोे छ ।

जुनीचाँदे गाउँपालिका–३ का ५८ वर्षीय लालबहादुर भण्डारीको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कृष्णबहादुर खत्रीले जानकारी दिए ।
भण्डारी तीनदिनदेखि बिरामी थिए । अहिले गाउँपालिकाका विभिन्न ठाउँमा स्वास्थ्य शिविर सन्चालन गरी उपचारसमेत जारी राखिएको खत्रीले बताए ।
यससहित भाइरलबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । यहाँ बालबालिका र वृद्धलाई भाइरलले निकै सताएको छ । रासस

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget