Websoft University

www.radiomakalu.com || 021-522512


March 2018



काठमाडौँ, चैत १६ गते । अर्थमन्त्री डा युवराज खतिवडाले देशको वर्तमान आर्थिक स्थितिको सम्बन्धमा जानकारी गराउँदै अर्थतन्त्र चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।

अर्थमन्त्री डा खतिवडाले देशको वर्तमान आर्थिक स्थितिको सम्बन्धमा जानकारी गराउँदै स्रोतको बजेटमा खर्च गर्न निकै कठिनाइ रहेको उल्लेख गर्नुभयो ।

पूँजी परिचालन उचित रूपमा हुन नसकेको जानकारी गराउँदै उहाँले भन्नुभयो, “ठूला आयोजना निर्धारित समय र लागतमा निर्माण पूरा हुन सकेका छैनन्, उत्पादनमुखी भन्दा वितरणमुखी कार्यक्रम बढी देखिएका छन् ।”

सरकारले सन् २०२२ सम्म मुलुकलाई विकासशील राष्ट्रमा पु¥याउने लक्ष्य राखेको उल्लेख गर्दै उक्त लक्ष्य हासिल गर्न सबै पक्ष लाग्नुपर्ने देखिन्छ । रोजगारीमूलक र उत्पादनमूलक क्षेत्रको लगानी संकुचनसँगै थप चुनौती थपिएको बताउँदै अर्थमन्त्री डा खतिवडाले उद्योग क्षेत्र प्रतिस्पर्धी हुन नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारी लगानीका उद्योग घाटामा छन्, नेपालको श्रम बजारमा बेरोजगार बढ्दै गएको छ । ग्रामीण क्षेत्रमा वित्तीय परिचालन आवश्यक रूपमा पुग्नसकेका छैनन् । तरलतामा चाप बढदै गएको छ ।”

पूँजी बजार धितोपत्रमा मात्र सीमित रहेको उल्लेख गर्दै उहाँले बैठकमा शेयर मूल्य प्रभावित भएको र समग्र अर्थतन्त्र आयातमुखी बनेको बताउनुभयो । तयारी बिना बजेट विनियोजन गर्ने, आर्थिक वर्षको अन्तिम महिनामा विकासका काम गरेर खर्च गर्ने प्रवृत्ति देखिएको उल्लेख गर्दै अर्थमन्त्री डा खतिवडाले राष्ट्रसेवक कर्मचारीको निवृत्तीभरणमा धेरै लगानी भएको बताउनुभयो ।

सार्वजनिक संस्थानमा सरकारले गरेको लगानीको मूल्य नपाएको भन्दै उहाँले सार्वजनिक संस्थानमा तलबभत्ता र अवकाशको रकम दिन बाँकी रहेको जानकारी गराउनुभयो ।

विदेशीको नेपालप्रतिको सद्भाव रहेको भन्दै उहाँले सूचना प्रविधिको विकास गरी आर्थिक समृद्धि गर्न सकिने धारणा व्यक्त गर्नुभयो । (रासस)

bam

काठमाडौँ, चैत १७ गते । दुई वाम शक्तिको एकीकरणपछि निर्माण हुने नयाँ दल ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)’ को आगामी राजनीतिक बाटो तय गर्न गठित कार्यदलले आफ्नो जिम्मेवारीको प्रतिवेदन तयार पारेको छ ।

माओवादी केन्द्रका नेता देव गुरुङले कार्यदलको बैठकले प्रतिवेदन तयार गरेको छ, प्रतिवेदनको मस्यौदामा देखिएका भाषिक त्रुटि र प्रतिवेदनको आकार मिलाउने काम मात्र बाँकी छ भन्नुभयो ।
पार्टी एकतापछि बन्ने नेकपा दलले समाजवाद उन्मुख राजनीतिक बाटो तय गर्ने गरी प्रतिवेदन तयार भएको छ । करिब ४१ पृष्ठको सो प्रतिवेदनले नयाँ दलको आगामी राजनीतिक बाटो तय गर्ने विश्वास कार्यदलका सदस्यहरूको छ ।
गोरखापत्रसँग कुरा गर्दै कार्यदलका एक सदस्यले भन्नुभयो, “समाजवादउन्मुख आगामी राजनीतिक बाटो तय गर्ने गरी राजनीतिक प्रतिवेदन तयार गरिएको छ । ”
मुलुकको आर्थिक समृद्धि, भेदभावको अन्त्य, समानता, राज्य संयन्त्रमा सबै वर्ग समुदायको समान पहुँच, सबै नेपाली जनतालाई समान शिक्षा, समतामूलक समाज निर्माण, सुशासन कायम गर्न भ्रष्टाचारको समूल अन्त्य, युवालाई स्वदेशमै रोजगार दिने गरी प्रतिवेदन तयार गर्न लागिएको छ ।
भाषिक त्रुटि सच्याएर प्रतिवेदन तयार गर्ने जिम्मा संयोजक माधवकुमार नेपालसहित माओवादीबाट नारायणकाजी श्रेष्ठ र एमालेबाट रघुजी पन्तलाई जिम्मेवारी दिइएको छ । तीनै जना नेताले शुक्रबार बैठक बसी भाषिक त्रुटि मिलाउने काम गर्नुभएको छ । नेता रघुजी पन्तका अनुसार प्रतिवेदनलाई अन्तिम रूप दिई आइतबारसम्म पार्टी एकता संयोजन समितिमा बुझाइनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओली चैत २३ देखि भारत भ्रमणमा जाने तयारी गर्नुभएका बेला कार्यदलले आफ्नो प्रतिवेदन तयारीमा तीव्रता दिएको छ । यसअघि अन्तरिम विधान तथा सङ्गठनात्मक संरचना प्रतिवेदन तयार गर्ने कार्यदलले गत बुधबार नै प्रतिवेदन तयार गरेको थियो ।
रामबहादुर थापा बादल संयोजकत्वको कार्यदलले ‘जनयुद्ध’ र चुनाव चिह्न ‘सूर्य’ बारे सामान्य विमति देखिए पनि करिब सल्टिएको कार्यदलका सदस्यहरूले बताएका छन् । माओवादी केन्द्रका नेताले नयाँ विधानको प्रस्तावनामै जनयुद्ध शब्द पर्नुपर्ने माग राखेका छन् । त्यस्तै, सूर्यको बीचमा हसिया हथौडा राख्ने माग पनि माओवादीको छ ।
नेता नेपाल संयोजकत्वको राजनीतिक प्रतिवेदन निर्माण कार्यदलमा एमालेबाट भीम रावल, प्रदीप ज्ञवाली, सुवासचन्द्र नेम्वाङ, रघुजी पन्त सदस्य हुनुहुन्छ । त्यस्तै, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्तिबहादुर बस्नेत, पम्फा भुसाल र देवेन्द्र पौडेल सदस्य हुनुहुन्छ ।



काठमाडौँ, चैत १७ गते । प्रधानमन्त्रीमा फागुन ३ गते दोस्रो पटक नियुक्त हुनुभएका केपी शर्मा ओलीको पहिलो भारत भ्रमण चैत २३ देखि २५ (अप्रिल ६ देखि ८) सम्म हुने भएको छ । परराष्ट्र मन्त्रालय नेपाल र भारतले शुक्रबार एकसाथ विज्ञप्ति सार्वजनिक गर्दै प्रधानमन्त्रीको भ्रमण तय भएको बताएका छन् ।
‘प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारतबाट कि चीनबाट’ जिज्ञासा भइरहँदा भारतबाट हुने समाचार मिडियामा यसअघि नै सार्वजनिक भएको थियो । तर, त्यसबारे परराष्ट्र मन्त्रालयले औपचारिक धारणा सार्वजनिक गरेको थिएन । दुवै देशका सरकारबीच एकसाथ सूचना सार्वजनिक गर्ने सहमतिअनुसार शुक्रबार प्रधानमन्त्रीको भ्रमण कार्यतालिका सार्वजनिक गरिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले बताउनुभयो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष आमन्त्रणमा प्रधानमन्त्री ओली भारत भ्रमणमा जान लाग्नुभएको हो । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले समकक्षी भारतीय प्रधानमन्त्री मोदीसँग विशेष भेटवार्ता गर्नुहुनेछ । दुवै प्रधानमन्त्रीबीच आपसी सम्बन्ध र हितका विषयमा छलफल हुनेछ । त्यस्तै, भारतीय राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति भेनकैया नायडूसँग पनि प्रधानमन्त्री ओलीको भेटवार्ता हुने परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सोहीअनुसार भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय वरिष्ठ मन्त्रीहरूसँग भेटेर दुई देशबीच आपसी हितका विषयमा छलफल गर्नुहुने परराष्ट्र मन्त्रालयका प्रवक्ता पौडेलले जानकारी दिनुभयो । प्रधानमन्त्रीका साथ भ्रमणमा सरकारका मन्त्रीहरू, प्रतिनिधिसभाका केही सदस्यहरू, नेपाल सरकारका सचिवहरू र उच्चपदस्थ कर्मचारीहरूको सहभागिता रहने परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, भारतीय परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार नेपाल र भारतबीचको सम्बन्ध अति प्राचीन समयदेखिको हो । भ्रमणकाक्रममा दुई देशबीचको आपसी हित, परस्पर सम्बन्धका विषयमा समीक्षासहितको छलफल हुने विज्ञप्तिमा जनाइएको छ ।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्री ओली उत्तराखण्डस्थित पन्तनगरमा अवस्थित गोविन्द वल्लभ पन्त कृष तथा प्रविधि विश्वविद्यालयको कार्यक्रममा पनि सहभागी हुनुहुनेछ । सो कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्नुहुनेछ । प्रधानमन्त्री ओली २५ गते स्वदेश फर्किनुहुनेछ । प्रधानमन्त्रीले चैत १३ गते नेपालस्थित विदेशी राजदूतसँगको ब्रिफिङ कार्यक्रममा नेपालले दुई छिमेकी मुलुक भारत र चीनसँग समदूरीको सम्बन्ध कायम राख्ने बताउनुभएको थियो । सोहीअनुसार अन्य मित्रराष्ट्रहरूसँग पनि नेपालको सम्बन्ध दुईपक्षीय हितअनुकूल र समान हैसियतमा हुने चर्चा गर्नुभएको थियो ।
यसअघि पहिलो पटक प्रधानमन्त्री हुँदा ओलीले २०७२ फागुन ७ देखि ११ गतेसम्म भारतको भ्रमण गर्नुभएको थियो । भ्रमणअघि नेपाली सीमामा भारतले नाकाबन्दी लगाएको थियो । नाकाबन्दीको अवस्थामा भारतको भ्रमणमा नजाने अडान प्रधानमन्त्री ओलीले लिनुभएपछि भारतीय सरकारले नाकाबन्दी खुला गरेको थियो । सोपछि प्रधानमन्त्रीको भारत भ्रमण सम्पन्न भए पनि भ्रमणको अन्त्यमा सामान्यतः जारी गरिने दुई देशको संयुक्त वक्तव्य समेत जारी गरिएको थिएन ।
प्रधानमन्त्रीले भ्रमणपछि आफ्नो भारत भ्रमण सफल भएको बताउनु भए पनि दुई देशबीचको तिक्तता कायम थियो । लगत्तै प्रधानमन्त्री ओली चीनको भ्रमणमा गई चीन सरकारसँग व्यापार तथा पारवहन सम्झौतामा हस्ताक्षर गरेर फर्कनुभएको थियो । त्यसले नेपाल–भारत सम्बन्ध थप चिसिन पुगेको थियो ।

baishdhara melaको लागि तस्बिर परिणाम

काठमाडौँ, चैत १७ गते । बालाजुस्थित प्राचीन धार्मिक तीर्थस्थल बाइसधारामा आज ‘बाइसधारा मेला’ लागेको छ । प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन यहाँ बाइसधारा मेला लाग्छ । काठमाडौँ उपत्यका तथा त्यस वरपरका क्षेत्रबाट बिहानैदेखि बाइसधारामा स्नान गर्न भक्तजनको घुइँचो लागेको छ । काठमाडौँ उपत्यकाको पश्चिम उत्तरतिर नागार्जुन पर्वतमुनि पर्ने बालाजुमा आजको दिन स्नान गरी पवित्र भएर यहाँको नारायण मन्दिरमा तथा स्थानीय जामाचो डाँडामा रहेको मन्दिरमा भक्तजनले मेला भर्ने प्रचलन छ । जामाचोमा रहेको चैत्यमा विपश्वी बुद्धले आई बसेको मानिन्छ । हाल शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्ने दुई हजार १२८ मिटर अग्लो जामाचो हाल लामो पदयात्राका लागि प्रख्यात छ जहाँ अनेक खालका वनस्पति पाइन्छ । हिन्दू तथा बौद्ध धर्मावलम्बी दुवैको आस्था केन्द्रका रूपमा रहेको बालाजु क्षेत्र धार्मिक सहिष्णुताको दृष्टिले पनि उदाहरणीय छ । उक्त स्थानमा आज नुहाउनाले जो कोहीको पनि शरीरका सम्पूर्ण रोगव्याधी हटेर सुख प्राप्त हुने, पारिवारिक समृद्धि कायम हुने र परलोकमा समेत पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ । नेपाल संवत् ८७५(विसं १८१२तिर) मा कान्तिपुरका राजा जयप्रकाश मल्लले २१ ढुंगेधारा स्थापना गराएकामा पछि विसं १८५५ मा राजा रणबहादुर शाहले थप एउटा ठूलो ढुंगेधारा स्थापना गरेपछि सो स्थान बाइसधाराको नामले चिनिन गएको हो । ‘स्वयम्भू पुराण’मा उल्लेख भएअनुसार कुनै समयमा चीनबाट महामञ्जुश्री बोधिसत्व केशिनी र उपकेशिनी देवीसहित पञ्चशील पर्वत पार गरेर नेपाल आएका थिए । त्यतिबेला उनले नगरकोटमा बसी उपत्यकाको पानी कसरी निकास गरी पठाउने भनेर सोचेका थिए । पछि यहाँको पानी सुकेपछि विपस्सी बुद्धले कमलका फूल रोपेर ‘ॐ नमोरत्नत्रयाय’ भनी मन्त्रोच्चारण गर्दा यहाँ स्वयम्भू ज्योतिरूपको उत्पत्ति हुन गएको सांसद वसन्त मानन्धर बताउनुहुन्छ । (रासस)

mahaabhiyogको लागि तस्बिर परिणाम

काठमाडौँ, चैत १६ गते । राष्ट्रपति र उपराष्ट्रपति तथा संवैधानिक निकायका पदाधिकारीमाथि लगाउने महाभियोगको कार्यविधि फरकफरक हुने भएको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपति माथिको महाभियोग सङ्घीय संसद्का दुवै सदनबाट छिनोफानो हुनेछ भने संवैधानिक निकायका पदाधिकारीमाथि लगाइएको महाभियोगको छिनोफानो प्रतिनिधिसभाले मात्र गर्नेछ ।
प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले संवैधानिक निकायका पदाधिकारी र विशिष्ट व्यक्तिको महाभियोगको कार्यविधि टुङ्गो लगाएको हो । शुक्रबारदेखि समितिमा संसदीय समितिको आकार र क्षेत्राधिकारबारे छलफल
सुरु हुनेछ ।
नियमावली मस्यौदा समिति सभापति कृष्णभक्त पोखरेलले मस्यौदाको आधाभन्दा बढी भागमा छलफल सकिएको बताउनुभयो । पोखरेलले भन्नुभयो, “महाभियोगको कार्यविधि कस्तो हुने भन्नेमा सहमति भइसकेको छ । भोलिबाट संसदीय समितिको परिच्छेदमा छलफल हुन्छ । ”
यस्तै समितिले प्रधानमन्त्रीले कस्तो अवस्थामा विश्वासको मत लिने भन्ने कार्यविधि पनि टुङ्ग्याएको छ । समितिले दुई अवस्थामा अनिवार्य र एक अवस्थामा ऐच्छिक रूपमा विश्वासको मत लिनसक्ने व्यवस्थामा सहमति गरेको छ ।
सहमतिअनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा गठित बहुमतीय सरकारका प्रधानमन्त्रीले संवैधानिक प्रावधानअनुसार एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ ।
यस्तै सत्ता सहयात्रीले सरकार छाडेमा आवश्यक बहुमत नरहेको प्रश्न उठेमा पनि विश्वासको मत लिनुपर्नेछ । यस्तै कुनै पनि विषयमा बहुमत नभएको सरकारले कुनै काम गरेको भनी प्रश्न उठेमा प्रधानमन्त्रीले विश्वासको मत लिन सक्नेछन् । तर, यो विषय भने ऐच्छिक रहनेछ ।



काठमाडौँ, चैत १६ गते । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा ब्यालेन्स सापटी लिन सकिने सेवा ‘नमस्ते क्रेडिट’ शुरु गरेको छ ।

टेलिकमद्वारा यहाँ आज आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘नमस्ते क्रेडिट’ को शुभारम्भ गर्नुभयो ।


कम्पनीको जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा कल गर्दागर्दै ब्यालेन्स सकिएमा सापटी रकमबाट कललाई निरन्तरता दिन सकिने छ ।

यस्तो सापटी रकम रु पाँचदेखि रु ४० सम्म उपलब्ध हुने र सो रकम पछि गरिने रिचार्ज रकमबाट काटिने छ । यसरी सापटी लिँदा लिएको रकममा ब्याज वा अन्य कुनै कर लाग्ने छैन ।

कम्तीमा तीन महिना पहिलेदेखि प्रयोगमा रहेको सिममा मात्र यो सुविधा उपलब्ध हुने प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । कति रकम सापटी लिन सकिन्छ भन्नेबारेमा जानकारी लिनका लागि स्टाटस लेखेर १४७७ मा एसएमएस पठाउन सकिनेछ ।

“यो सेवा बन्द गर्नका लागि स्टप लेखेर र फेरि यही सुविधा सञ्चालन गर्नका लागि स्टार्ट लेखेर १४७७ मा एसएमएस पठाउन सकिन्छ”, प्रवक्ता वैद्यले भन्नुभयो । एक पटक लिएको सापटी रकम तिरेपछि मात्र अर्को पटक पनि सापटी लिन सकिन्छ । सापटी रकमको प्रयोग गरी कल गर्नका साथै एसएमएस गर्न र डाटा चलाउन पनि सकिन्छ ।

सो अवसरमा राज्यमन्त्री बाँस्कोटाले नेपालमै पहिलो पटक प्रिपेड सेवा शुरु गरेको टेलिकमले ग्राहकको सहजताका लागि नमस्ते क्रेडिट सेवाको शुरुवात् गर्नु सकारात्मक हो भन्नुभयो ।

“टेलिकमले ‘नमस्ते क्रेडिट’ सेवा शुरु गर्दै आक्रामक बजार प्रवद्र्धन गर्ने नीतिको प्रारम्भिक एउटा पाइलोमात्रै हो भन्ने मैले बुझेको छु, अरु यस्ता धेरै काम टेलिकमले गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

मन्त्री बाँस्कोटाले टेलिकमका अन्य सेवाको तुलनामा प्रिपेड सेवा अधिकांश नेपालीले प्रयोग गरिरहेकाले सो सेवाबाट कम्पनीको प्रतिस्पर्धी क्षमता र गुणस्तरीयता वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले कम्पनीका ग्राहकले ब्यालेन्स सकिए पनि सापटी रकमबाट निरन्तर सेवा उपभोग गर्न सक्ने सेवाबाट कम्पनीप्रति ग्राहकमा थप विश्वास बढ्ने बताउनुभयो । (रासस)

birat gold cupको लागि तस्बिर परिणाम

विराटनगर, चैत १६ गते । भोलिदेखि शुरु हुन गइरहेको विराट गोल्ड कपको तयारी अन्तिमचरणमा पुगेको छ ।

चैत १७ गतेदेखि २६ गते सम्म विराटनगरको शहीद मैदानमा सो फुटबल प्रतियोगिता अपरान्ह–बेलुकाको समयमा हुने भएको छ ।

मैदानलाई प्रकाशमय बनाउनको लागि रु ३५ लाख खर्चेर ३६ हजार वाट क्षमता बत्तीको व्यवस्था गरिएको आयोजंक समितिका संयोजक नवीन रिजालले जानकारी गराउनुभयो । ६ वटा खम्बामा लाइट जडान गरिएको र प्रत्येक खम्बामा २० वटा बत्तीको व्यवस्था गरिएको छ ।

विराट गोल्ड कपको पहिलो दिन अर्थात भोलि मोरङ–११ र भुटानको थिम्पु क्लबबीच प्रतिस्पर्धा हुने संयोजक रिजालले बताउनुभयो ।

उक्त प्रतियोगितामा भारतको दुई, भुटानको एक र नेपालको सातवटा टोली गरी १० वटा टोलीको सहभागिता रहेको छ । भारतको सिक्किम युनाइटेड क्लब र मोहम्मद स्पोटिङ क्लब तथा भुटानको थिम्पु क्लब छन् ।

त्यस्तै नेपालका टिममा मनाङ–मस्याङ्दी क्लब, सशस्त्र प्रहरी बल, ‘थ्री’ स्टार, नेपाल पुलिस क्लब, नेपाल आर्मी, रमपम झापा– ११ र मोरङ– ११ छन् । रासस

सम्बन्धित छवि

काठमाडौँ, चैत १६ गते । गङ्गालाल अस्पतालमा आमाको उपचार गर्न आएकी एक युवती नक्कली डाक्टरबाट बलात्कृत भएकी छन् ।

अस्पतालमा आमाको उपचारका लागि आएकी युवतीलाई गङ्गालालका डाक्टरसँग आफ्नो राम्रो चिनजान छ भनेर पाल्पा तानसेन घर भई हाल काठमाडौँ–२६ बस्दै आएका २७ वर्षीय अर्जुन कोइरालाले बलात्कार गरेका हुन् ।

ती युवतीलाई कोइरालाले आफ्नो नाम सन्तोष घले बताएर आमाको उपचारमा सहयोग गर्छु भनेर झुक्काएर नयाँ बसपार्कस्थित गोरखा फूलबारी गेष्ट हाउसको दोस्रो तलामा लगेर जबर्जस्ती करणी गरेको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।

कोइरालाले महिलालाई सामाखुशीस्थित आफ्नो सानीआमासँग भेटघाट गर्ने भनेर गेष्ट हाउस पु¥याएर बलात्कार गरेका थिए । कोइराला सेनामा जागिर खाएका र त्यहाँ पनि जबर्जस्ती करणी मुद्दामा बर्खास्तमा परेको अनुसन्धानमा खुल्न आएको छ ।

कोइरालालाई बिहीबार जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भई अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ । रासस

चैत १० । चीनको बेइजिङस्थित नेपाली राजदूतावासले शुक्रबार ‘नेपालमा जलविद्युत् आयोजनामा लगानीका अवसर’ विषयक कार्यशाला आयोजना गर्‍यो ।

चीनका लगानीकर्ता र नेपालका जलविद्युत् उत्पादक कम्पनी तथा चिनियाँ सन्चारकर्मीका साथै दुवै देशका उच्च सरकारी अधिकारीको सहभागितामा भएको उक्त कार्यशालामा चीनका लागि नेपालका राजदूत लीलामणि पौड्यालले तीनओटै तहका निर्वाचन सम्पन्न भएपछि नेपालमा राजनीतिक स्थायित्व र सुशासनको युग प्रारम्भ भएको बताउँदै ढुक्क भएर लगानी गर्न चिनियाँ उद्यमीहरुलाई आग्रह गरे ।
नेपाल सरकारले उद्योग र लगानीमैत्री नीति अवलम्बन गरेको जानकारी दिँदै उनले उपलब्ध अवसरको भरपूर उपयोग गर्न आग्रह गरेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।
कार्यशालामा जलविद्युत् उत्पादन, प्रसारण र वितरण प्रणालीलाई सुदृढ तुल्याउन भएका कानुनी व्यवस्था, लगानीको स्वरुप, स्रोत र साधनको परिचालन, लगानीका प्रक्रियागत एवं कानुनी प्रावधानबारे विस्तृतरुपमा जानकारी दिइएको थियो ।

कार्यशालामा नियोग उपप्रमुख सुशीलकुमार लम्सालले नेपालका जलविद्युत् परियोजना आकर्षक एवं लाभदायी क्षेत्रकारुपमा रहेको जानकारी दिँदै चिनियाँ लगानी प्रवद्र्धनमा राजदूतावासले सहजकर्ताको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । रासस

चैत १० । प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा भोग्नुपरेको पराजयको समीक्षा र आगामी रणनीति तय गर्न शुक्रबारदेखि सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शनिबार दोस्रो दिन पनि बसिररहेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्वको आलोचनामा आफ्नो समय खर्चिएका छन् ।
शनिबारको बैठकको सुरुमा आफ्नो धारणा राख्दै केन्द्रीय सदस्यहरु नवीन्द्रराज जोशी र हरि नेपालले सभापति शेरबहादुर देउवाको कार्यशैलीका कारण पार्टी संगठन ध्वस्त भएको र देउवा नेतृत्वको सरकारले गरेको अलोकप्रिय निर्णयका कारण निर्वाचनमा पराजय व्यहोर्नुपरेको आरोप लगाए ।
अर्का केन्द्रीय सदस्य नरहरि आचार्यले भने एकापसमा आरोप–प्रत्यारोप गर्नुभन्दा सामूहिकताको आधारमा पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्ने बताए ।
प्रवक्ता विश्वप्रकाश शर्माले जारी केन्द्रीय समिति बैठकले ठोस निर्णय र भावी रणनीतिको कार्ययोजना तय गर्ने जानकारी दिए ।
निर्वाचन समीक्षा र समसामयिक राजनीतिक विषयमा धारणा राख्ने केन्द्रीय सदस्यहरुको सूची लामो भएकाले बैठक केही दिन लम्बिने प्र्रवक्ता शर्माले जानकारी दिए ।

शुक्रबारको बैठकमा नेताहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र नारायण खड्काले आफ्ना धारणा राखेका थिए । उनीहरुले पार्टी दुर्गतिको मुख्य जिम्मेवार सभापति देउवा भएको भन्दै कडा आलोचना गरेका थिए ।

तेह्रथुम, चैत ८ । तेह्रथुमको आठराई गाउँपालिकामा एक सुस्त मनस्थितिकी १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक ट्यांकर चालक पक्राउ परेका छन् ।

प्रहरीले बलात्कारको आरोपमा सुर्खेतको गुर्वाकोट नगरपालिका–३ घर भइ यहाँ कार्यरत् १९ वर्षीय प्रेम खड्कालाई पक्राउ गरी अनुसन्धान थालेको हो ।
खड्काले निर्माणाधीन मध्यपहाडी लोकमार्गमा केजी निर्माण सेवाले प्रयोग गरेको बा१क ६६७७ नम्बरको ट्यांकर चलाउँदै आएका थिए ।
उनले मंगलबार साँझ पसलबाट घर फर्कंर्दै गरेकी किशोरीलाई ट्यांकरमा घर पुर्‍याइदिने आश्वासन दिएर बलात्कार गरेको भन्दै किशोरीका परिवारले प्रहरीमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा खड्कालाई पक्राउ गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक डम्बर पुरीले जानकारी दिए ।

ती किशोरीलाई स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

चैत ८ । माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबार शान्तिपूर्णरुपमा देशभरका एक हजार ९५६ परीक्षा केन्द्रमा एकैसाथ सन्चालन भएको छ ।

बिहीबार बिहान ८ बजेबाट ११ बजेसम्म भएको उक्त परीक्षा देशभर शान्तिपूर्णरुपमा सन्चालन भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।
पहिलो दिन बिहीबार अंग्रेजी विषयको परीक्षा सन्चालन भएको छ ।
यस वर्ष परीक्षामा अनिवार्य विषयतर्फ गणितबाहेक सबैमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको छ । एसइई परीक्षामा चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी भएका छन् ।
परीक्षामा प्रत्येक केन्द्रमा एकजना केन्द्राध्यक्ष, दुई हजार ४५० सहायक केन्द्राध्यक्ष, २० हजार ३४० निरीक्षक, १० हजार ६७६ सहयोगी र २९ हजार ३४० सुरक्षाकर्मी गरी जम्मा ६४ हजार ७६२ जनशक्ति परिचालित भएको रेग्मीले बताए ।
साधारणतर्फको परीक्षा १७ गते तथा प्राविधिकतर्फको परीक्षा २० गतेसम्म सन्चालन हुनेछ ।
यस वर्ष माध्यमिक शिक्षा पाठ्यक्रम २०७१ अनुसार नयाँ पाठ्यक्रमका आधारमा प्रश्नपत्र तयार पारिएको बताइएको छ ।
अनुत्तीर्ण परीक्षार्थी र अक्षरांकन पद्दतिको नतिजामा विभिन्न विषयमा ‘सी’ ग्रेड वा सोभन्दा तल्लो ग्रेड प्राप्त भइ ग्रेडवृद्धि परीक्षामा ग्रेडवृद्धि गर्न नसकेका परीक्षार्थीका लागिसमेत एक्जामटेड परीक्षार्थीकारुपमा परीक्षा दिने व्यवस्था गरिएको परीक्षा नियन्त्रक रेग्मीले जानकारी दिए ।
सबै प्रदेश समेटिने गरी राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी तथा शिक्षा मन्त्रालयमार्फत् सहसचिवको नेतृत्वमा अनुगमन टोली, क्षेत्रीय शिक्षा निर्देशनालयमा आफ्नो क्षेत्रभित्र अनुगमन टोली र जिल्लामा परीक्षा समन्वय समितिका पदाधिकारी एवं जिल्ला शिक्षा कार्यालयका कर्मचारीलाई अनुगमनमा खटाइएको छ ।
अनुगमन टोलीले परीक्षामा अमर्यादित कार्य गर्ने वा गर्न उक्साउने जो–कोहीलाई स्थलगतरूपमै कारबाही गर्नसक्ने अधिकार दिइएको छ ।
परीक्षालाई बाधा पुग्ने गरी अमर्यादित कार्य गर्नेलाई रु एक लाखसम्म जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

‘आगामी वर्षदेखि एसइई परीक्षा प्रदेशस्तरमा सन्चालन गर्ने तयारी सुरु गरिएको छ’–रेग्मीले भने । रासस

लहान, चैत ८ । बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मर्यादित ढंगबाट सन्चालन नगरेको भन्दै सिरहाका दुईओटा परीक्षा केन्द्रका केन्द्राध्यक्ष र एक निरीक्षकलाई बिहीबार निष्कासन गरिएको छ ।

इलाका प्रशासन कार्यालय लहानका प्रमुख सोमप्रसाद भट्टराईको नेतृत्वमा खटिएको परीक्षा अनुगमन टोलीले मर्यादित तरिकाबाट परीक्षा सन्चालन नगरेको भन्दै लहानस्थित पशुपति आदर्श मावि परीक्षा केन्द्रका केन्द्राध्यक्ष परमेश्वर राय र ब्रह्माण गोर्छारी परीक्षा केन्द्रका केन्द्राध्यक्ष रामभजन साहलाई निष्कासन गरिएको सिरहाका जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले जानकारी दिए ।
यस्तै, परीक्षामा परीक्षार्थीलाई चिट चोर्न सहयोग गरेको भन्दै ब्रह्माण गोर्छारी परीक्षा केन्द्रमा खटिएका परीक्षा निरीक्षक गौरीनारायण यादवलाई पनि निष्कासन गरिएको जिशिअ महतोले बताए ।
निष्कासन गरिएको स्थानमा शुक्रबारदेखि अर्काे केन्द्राध्यक्ष र निरीक्षकले परीक्षा सन्चालन गर्ने जिशिअ महतोको कथन छ ।
त्यस्तै, सिरहाका तीनओटा परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई सचेत गराइएको र अन्य परीक्षा केन्द्रमा शान्तिपूर्णरुपमा बिहीबारको परीक्षा सम्पन्न भएको उनले बताए ।

यस वर्षको एसइई परीक्षामा जिल्लाका ७६ सामुदायिक र ५७ संस्थागत विद्यालयसहित १३३ विद्यालयका नियमिततर्फ ९ हजार २८४ र एक्जाम्टेडतर्फ ५९३ गरी ९ हजार ८७७ परीक्षार्थी सहभागी भएको जिशिअ महतोले बताए । रासस



इटहरी । सुनसरीकाे इटहरीस्थित पश्चिमलाइन मुख्य राेड छेउ खाेलिएकाे कृष्ण हाेटल एण्ड लजबाट संकासपद तिन जना युवतीहरूलार्इ इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएकाे छ । गत एक महिना देखि उक्त हाेटलमा भाडामा बस्दै अाएकाे र उनिहरूकाे गतिविधिमा संका उत्पन्न भएकाे भन्दै प्रहरीले उनिहरूलार्इ नियन्त्रणमा लिएकाे हाे ।
हाेटलमा उनिहरूले काठमाडौ, नुवाकोट र ढाङ ठेगाना उल्लेख गरेकाे र ब्यवहारमा संका लागेपछि तत्काल नियन्त्रणमा लिएर साेधपुछ थालीएकाे इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी सञ्ज्य बहादुर राउतले बताए । उनिहरूलार्इ मंगलबार साझ नियन्त्रणमा लिएर साेधपुछ थालीएकाे डिएसपी राउतले बताए




कार्यक्रममा पुविका रजिस्टार प्रमिला थापा , मोरङ क्षेत्र न .३ का प्रतिनिधिसभा सदस्य भानुभक्त ढकाल , पुविका उपकुलपति प्रा.डा घनश्यामलाल दास लगायतले पुविको प्रगति तथा हितको शुभकामना ब्यत्त गरेका थिए ।गोठगाँउ । सुन्दरहरैचाको गोठगाउँमा रहेको पुर्वाञ्चल विश्व बिद्यालयको नयाँ आंगिक क्याम्पसको समुदघाटन एवम शिलान्यास कार्यक्रम बुधवार सम्पन्न भएको छ । भवनको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले उदघाटन तथा शिलान्यास गरेका हुन ।

विराटनगर, चैत ७ । संघीय मामिला तथा समान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आगामी आइतबारदेखि तोकिएको ठाउँमा नजाने कार्मचारीलाई निजमती ऐनअनुसार कारबाही गरिने चेतावनी दिएका छन् ।

बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग उनले कर्मचारीलाई जुनसुकै स्थानमा खटाउन सकिने भएकाले तोकिएको कार्यक्षेत्रमा जान अटेर नगर्न सुझाए ।
मन्त्री पण्डितले अहिलेसम्म ७८ प्रतिशत कर्मचारी आफ्नो कार्यक्षेत्रमा पुगिसकेको र अर्को हप्तादेखि कार्यक्षेत्रमा नजाने कर्मचारी कारबाहीमा पर्ने बताए ।

संक्रमणकालीन अवस्थामा सरकारका तीनओटै तहमा कर्मचारी खटाउनुपर्ने भएकाले स्वैच्छिक अवकाशमार्फत् सक्षम जनशक्तिलाई बिदा दिने पक्षमा सरकार नभएको उनको भनाइ छ ।

लहान, चैत ६ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले संविधान संशोधन नभए मुलुकमा अर्को द्वन्द्वको बीउ रोपिने खतरा रहेको बताएका छन् ।

प्रदेश नं १ र २ का कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमका लागि लहानमा रहेका पूर्वप्रधानमन्त्री डा भट्टराईले आज बिहान आयोजित पत्रकार सम्मेलनमा संविधानप्रति मधेशी जनताको तीव्र असन्तुष्टि रहेकाले यसलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
मधेशी दलका नेतामा अवसरवादी प्रवृत्ति देखिएको आरोप लगाउँदै उनले संविधान संशोधन गराउने विषय बोकेर जनताबाट पाएको मतको कदर गर्न उनले सुझाव दिए ।

यसअघि आज बिहान डा भट्टराईले लहानस्थित शहीद उद्यान पुगेर मधेस आन्दोलनको पहिलो शहीद रमेश महतोलगायत शहीदको शालिकमा माल्यार्पण गरेका थिए । रासस

धनकुटा, चैत ६ । जिल्ला प्रहरी कार्यलय धनकुटाले नेत्र विक्रम चन्द(विप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यसहित आठ जनालाई पक्राउ गरेको छ ।

स्थानीय तह खाली गर्नु भन्दै नगरपालिका र गाउँपालिकामा पत्र पठाएको र चन्दा मागेर आतंक मच्चाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
उनीहरुलाइ हिलेस्थित होटल हिले भ्यूबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा केन्द्रीय सदस्य किरण राई कोशी व्यूरो सदस्य सागर भनिने दिप्सन लिम्बु, धनकुटा इन्चार्ज आकाश शर्मा भनिने माधव गौतम, संखुवासभा इन्चार्ज समुल लगायत रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका नेता तथा कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक मिश्रले जानकारी दिए । 

 विराटनगर, चैत ६ । प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले स्व. गिरिजाप्रसाद कोइराला लोकतन्त्रका महानायक भएको बताएका छन् ।

सबै नेपालीलाई कोइरालाले लोकतन्त्रको मालिक बनाएको भन्दै उनी लोकतन्त्रका महानायक भएको मुख्यमन्त्री राईले बताए ।
स्व. कोइरालाको आठौं पुन्यतिथिको अवसरमा मंगलबार विराटनगरमा आयोजित विचार गोष्ठीमा उनले कोइरालाको अगुवाइमा मुलुकमा ठूलो राजनीतिक उपलब्धि हासिल भएको चर्चा गरे ।
उनले कोइरालाको नाममा संग्रहालय स्थापना गर्न प्रदेश सरकार तत्पर रहेको पनि बताए ।
राजनीतिक आस्था, विचारभन्दामाथि उठेर समग्र प्रदेशको आर्थिक विकासका लागि सबै दल मिलेर अघि बढ्नुपर्ने मुख्यमन्त्री राईको भनाइ थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले १ नम्बर प्रदेशको समग्र विकासका लागि कांग्रेसले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गिरिजाप्रसाद कोइराला फाउन्डेसनकी अध्यक्ष सुजाता कोइरालाले नेपालको राजनीतिमा गिरिजाप्रसाद कोइरालाको भूमिकाको चर्चा गरिन् ।

 विराटनगर, चैत ६ । प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले स्व. गिरिजाप्रसाद कोइराला लोकतन्त्रका महानायक भएको बताएका छन् ।

सबै नेपालीलाई कोइरालाले लोकतन्त्रको मालिक बनाएको भन्दै उनी लोकतन्त्रका महानायक भएको मुख्यमन्त्री राईले बताए ।
स्व. कोइरालाको आठौं पुन्यतिथिको अवसरमा मंगलबार विराटनगरमा आयोजित विचार गोष्ठीमा उनले कोइरालाको अगुवाइमा मुलुकमा ठूलो राजनीतिक उपलब्धि हासिल भएको चर्चा गरे ।
उनले कोइरालाको नाममा संग्रहालय स्थापना गर्न प्रदेश सरकार तत्पर रहेको पनि बताए ।
राजनीतिक आस्था, विचारभन्दामाथि उठेर समग्र प्रदेशको आर्थिक विकासका लागि सबै दल मिलेर अघि बढ्नुपर्ने मुख्यमन्त्री राईको भनाइ थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले १ नम्बर प्रदेशको समग्र विकासका लागि कांग्रेसले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
गिरिजाप्रसाद कोइराला फाउन्डेसनकी अध्यक्ष सुजाता कोइरालाले नेपालको राजनीतिमा गिरिजाप्रसाद कोइरालाको भूमिकाको चर्चा गरिन् ।

धनकुटा, चैत ६ । जिल्ला प्रहरी कार्यलय धनकुटाले नेत्र विक्रम चन्द(विप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यसहित आठ जनालाई पक्राउ गरेको छ ।

स्थानीय तह खाली गर्नु भन्दै नगरपालिका र गाउँपालिकामा पत्र पठाएको र चन्दा मागेर आतंक मच्चाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
उनीहरुलाइ हिलेस्थित होटल हिले भ्यूबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा केन्द्रीय सदस्य किरण राई कोशी व्यूरो सदस्य सागर भनिने दिप्सन लिम्बु, धनकुटा इन्चार्ज आकाश शर्मा भनिने माधव गौतम, संखुवासभा इन्चार्ज समुल लगायत रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका नेता तथा कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक मिश्रले जानकारी दिए । 

विराटनगरःप्रदेश १ का मुख्यमन्त्री शेरधन राईले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमअन्गर्तका सबै कार्यक्रम तत्कालका लागि रोक्न कडा निर्देशन दिएका छन् । 

कार्यक्रमले समेटिएका कतिपय सामुदायिक वनको काममा कैफियत भेटिएको गुनासोसमे बढेपछि मुख्यमन्त्री राईले आइतबार सरोकारवालाई मुख्यमन्त्री कार्यालयमै डाकेर रुख कटान र टेन्डरका सबै काम रोक्न कडा निर्देशन दिएका हुन ।  

वन व्यवस्थापन कार्यक्रम अन्तर्गत विशेष गरी मोरङको उत्तरी भेगका सामुदायिक वनले गरेको काम पारदर्शी नभएको भन्दै सञ्चारमाध्यममा समेत लगातार समाचार आउन थालेपछि प्रदेश सरकारको ध्यानाकर्षण भएको हो । 

मुख्यमन्त्री राईले नयाँ संविधानअनुसार संघीय, प्रदेश र स्थानीय तहको सरकारले प्राकृतिक साधनस्रोतमा प्राप्त गर्ने अधिकार बाँडफाँटको विषयको टुंगो लागि नसकेको अवस्थामा पुरानै संरचना तथा व्यवस्थाअनुसार सञ्चालन भई रहेको वन व्यवस्थापनको कार्यक्रमलाई नयाँ ढंगले अघि बढाउनु पर्ने भएकोले पनि अहिलेलाई सबै काम रोक्न निर्देशन दिइएको जानकारी दिए ।

भने,‘तत्कालका लागि सबै काम रोक्नु भन्ने नै हाम्रो निर्देशन छ ।’ रुख ढालेर घाटगद्दी गरेका टुना सुरक्षित गर्न, टेन्डर प्रक्रिया अघि बढेपनि त्यसलाई रोक्न निर्देशन दिइएको बताए ।पहिलो चरणमा मोरङका आठवटा वनको वैज्ञानिक वन व्यवस्थापन सुरु गरिएको थियो ।

केराबारी–७ को आहाले सामुदायिक वन, केराबारी–६ दीपज्योति सामुदायिक वन, सुन्दर दुलारी–५ नमुना सामुदायिक वन, सुन्दुर दुलारी–४ सिद्धार्थ सामुदायिक वन, लेटाङको नमुना सामुदायिक वन, लेटाङ–२ को हरियाली सामुदायिक वन, लाटी झोडा सामुदायिक वन गरेर एकैपटक आठ वनको वैज्ञानिक व्यवस्थापन सुरु गरेका थिए ।  

मोरङमा चार वर्षअघिवाट वैज्ञानिक वन ब्यवस्थापन कार्यक्रम सुरु भएको हो । मोरङमा दस वर्षसम्मका लागि भन्दै क्यालेन्डर बनाएर १३० वटा सामुदायिक वनमध्ये २४ वटाले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रममा लागि स्वीकृति लिएका छन् । जिल्लामा ५५ हजार ५ सय हेक्टर वन क्षेत्र जसका ४२ हजार १ सय ८९ घरधुरी उपभोक्ता छन ।     

विराटनगर : मोफसलमै पहिलो पटक विराट गोल्डकप फुटबल प्रतियोगिता दिवा र रात्रिकालीन (डे–नाईट) समयमा आयोजना गर्नका लागि तयारी थालिएको छ ।  

पाँचौं संस्करणको प्रतियोगिता यही चैत १७ देखि २६ गते सम्म हुँदैछ । आयोजकले विराटनगरमा आइतबार पत्रकार सम्मेलन गर्दै मोफसलमा पहिलो पटक रात्रिकालीन फुटबल आयोजना गर्न लागिएको जनाएको छ । यस अघि दिवाकालीन समयमा मात्रै प्रतियोगिता हुँदै आएको थियो । सहिद रंगशालाको चार कुनामा बत्ती जडान गर्न मात्र दश लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।  गोल्डकप आयोजक समितिका अध्यक्ष नविन रिजालले रात्रिकालीन समयमा फ्लडलाइट म्याच खेलाउने जमर्को गरिएको जानकारी दिए । ‘यस पटक भिन्न तरिकाबाट रात्रिकालीन खेल खेलाउन लागिएको हो,’ उनले भने, ‘त्यसका लागि प्रतियोगिता आयोजना स्थल सहिद रंगशाला वरपर ६ वटा बत्ती जडान गर्दै पर्याप्त मात्रमा लाइटको व्यवस्था गरिने छ ।’ प्रतियोगिता उद्धघाटनका दिन ५ः३० बजेदेखि र त्यसपछि प्रत्येक दिन ६ बजेपछि खेल खेलाइने छ । 

दिवाकालीन समयमा मात्रै प्रतियोगिता आयोजना गर्दा दर्शकको साथ त्यति नपाइएको विगतलाई हेरेर दर्शक आकर्षित गर्न आयोजकले यस वर्ष नयाँ उपाय लगाएको हो ।  ‘विद्यार्थी, कर्मचारी, व्यवसायी, लगायत सबै पेशाकर्मीलाई समय व्यवस्थापन गर्न सजिलो होस र प्रतियोगिता रोमाञ्चक बनोस भनेर डे–नाइट खेल आयोजनाको जमर्को गरिएको हो,’ अध्यक्ष रिजालले भने, ‘दर्शकलाई मनोरञ्जन प्रदान गर्ने, फुटबल प्रतिको आकर्षण बढाउने, नेपाली खेलाडीलाई अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने, स्थानीयलाई विदेशी खेलाडीसंग खेल्ने अवसर प्रदान गर्ने, खेललाई व्यवसायिक रुप प्रदान गर्ने र विराटनगरलाई अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने प्रतियोगिताको मुख्य उदेश्य छ ।’

विभिन्न प्राविधिक कारण देखाउँदै गत वर्ष भने प्रतियोगिता हुन सकेन । यस वर्ष ‘विराटनगरको साथ, फुटबलको विकास’ भन्ने मूल नारा दिएर गोल्डकप आयोजना गर्न लागिएको छ । गोल्डकपलाई भव्य र सभ्य बनाउन भन्दै विभिन्न २६ वटा उपसमितिहरु गठन गरिएका छन् । 

प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटानका १० टिमको सहभागिता रहने जानकारी रिजालले दिए ।  भुटानको थिम्पु फुटबल क्लब र बंगलादेशको बंगलादेश स्पोर्टिङ क्लबले गोल्डकपमा भाग लिने छन् । भारतको सिक्किम युनाइटेड वा मोहमडन स्पोर्टिङ क्लब मध्ये एउटाले सहभागिता जनाउने छ । 

नेपालका मनाङ मस्र्याङदी क्लब, सशस्त्र प्रहरी वल, थ्री स्टार, नेपाल पुलिस क्बल, नेपाल आर्मी, रमपम झापा ११ र आयोजक रिजालको मोरङ ११ गरेर सातवटा टिमको सहभागिता रहने अध्यक्ष रिजालले बताए । २०७२ सालको प्रतियोगिताको उपाधि भने नेपाल पुलिसको जितेको थियो ।  

यस वर्षको प्रतियोगितामा विजेताले १२ लाख ७१ हजार र उपविजेताले पाँच लाख ५१ हजार रुपैयाँ नगद राशिको पुरस्कार प्राप्त गर्ने छन् । प्रत्येक दिनको खेलमा म्यान अफ दी म्याच हुने खेलाडीलाई १० हजार रुपैयाँ नगद र शील्ड प्रदान गरिने छ । म्यान अफ दी टुर्नामेन्ट हुने खेलाडीले मोटरसाइकल पाउने छन् । 

अध्यक्ष रिजालका अनुसार उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, मिड फिल्डर, डिफेन्स, फरवार्ड, टिम व्यवस्थापक एवं सर्वाधिक गोलकर्ता र टिम मध्येका उत्कृष्ट सबैलाई २५-२५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । सहभागी सबै टिमलाई प्रोत्साहन पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । 

प्रत्येक दिनको खेलहरु हेर्न चाहने दर्शकलाई दैनिक टिकटको अलावा एक हजार पाँच सय रुपैयाँको सिजनल टिकटको समेत व्यवस्था गरिएको जानकारी रिजालले दिए । आयोजकले प्रतियोगितामा एक करोड तीन लाख रुपैयाँ आम्दानी र एक करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ । 

२०१८ सालबाट महेन्द्र गोल्डकपका नाममा संचालित यो प्रतियोगिताको नाम २०६७ सालदेखि भने परिवर्तन गरेर विराट गोल्डकप बनाइएको थियो । २०६८, ०६९, ०७१ र ०७२ सालमा भने विराट गोल्डकपका नाममा संचालन प्रतियोगिता संचालन भयो ।              

इटहरी, चैत ४ । सुनसरी जिल्लाको साविक मधुवन–९ अर्थात हालको बराहक्षेत्र नगरपालिका–११ इक्राही बस्तीमा शनिबार राति भिषण आगलागी हुँदा कम्तीमा रु ६० लाख बढीको नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ ।

इटहरी, चैत ४ । सुनसरी जिल्लाको साविक मधुवन-९ अर्थात हालको बराहक्षेत्र नगरपालिका–११ इक्राही बस्तीमा शनिबार राति भिषण आगलागी हुँदा कम्तीमा रु ६० लाख बढीको नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ ।
आगलागीमा कम्तीमा बस्तीमा रहेका ६२ परिवारको झण्डै ८२ वटा कर्कटपाता र फुसका घर जलेर नष्ट भएको वडाध्यक्ष केदार विष्टले प्रारम्भिक जानकारी दिए । क्षतिको यकिन विवरण आउन अझै समय लाग्ने पनि उनको भनाइ रहेको छ ।
आगलागीमा बस्ती नै सखाप भएको तथा केही बालबालिका पनि सामान्य घाइते भएका छन् । उक्त आगलागीमा दुईवटा चौपाया पनि जलेर मरेको पनि पीडितले बताएको वडाध्यक्ष विष्टले जानकारी दिएका छन् ।
आगो कसको घरबाट निक्लिएको हो भन्ने यकीन नभएको पनि उनले जानकारी दिंदै क्षतिको अझै यकिन विवरण आई नसकेको बताए ।
बराहक्षेत्र नगरपालिकाका प्रमुख लिलम खनालले निकै ठूलो विपद् परेकाले नगरपालिकाले तत्काल आपत्कालीन राहतका विषयमा अहिले बिहानै स्थलगत अवलोकन गर्ने कार्य भइरहेको तथा आपत्कालीन सहयोग उपलब्ध गराउन नगरपालिकाले तयारी गरिरहेको जानकारी दिए ।
बस्ती नै सखाप हुने गरी भएको आगोलाई इटहरी, धरान, इनरुवा र राजविराजबाट आएका चार बारुणयन्त्र तथा नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी एवं स्थानीयवासीको सक्रियतामा राति १ बजेतिर आगोलाई पूर्ण नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमौरियाले जानकारी दिए ।
आगलागीमा परेर स्थानीयवासी सबैको घरमा भएका खाद्यान्न, लत्ताकपडा, बहुमूल्य सुनचाँदी, भाडावर्तनलगायत सबै नै खरानी भएकाले उनीहरुका लागि आपत्कालीन सबै प्रकारका राहतको आवश्यकता रहेको पनि प्रनाउ चिमौरियाले जानकारी दिएका छन् । रासस

चैत ४ । राष्ट्रियसभाको उपाध्यक्षमा वाम गठबन्धनकी शशीकला दाहाल निर्वाचित भएकी छन् ।

संघीय संसद भवन नयाँ बानेश्वरमा आइतबार भएको निर्वाचनमा दाहाल ४५ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन् । दाहालकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी बिन्दा देवी आले रानाको पक्षमा ११ मत आएको थियो ।
राष्ट्रिय सभाका कुल ५९ सदस्यमध्ये ५६ जना मतदानमा सहभागी थिए ।
मतदानमा कांग्रेसका मुक्ताकुमारी यादव र दुर्गा उपाध्याय अनुपस्थित रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
मतदानमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि सहभागी भएनन् ।
उपाध्यक्षमा निर्वाचित भएपछि दाहालले संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणमा योगदान पुर्‍याउने प्रतिक्रिया दिइन् ।
दाहाल माओवादी केन्द्रको तर्फबाट प्रदेश २ बाट प्रतिनिधित्व गर्दै राष्ट्रिय सभामा निर्वाचित भएकी थिइन् ।

राष्ट्रियसभाको अर्को बैठक आगामी १३ गते दिउँसो १ बजे बस्नेछ ।

फागुन २९ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदमा विद्यादेवी भण्डारी अत्यधिक मत प्राप्त गरी विजयी भएकी छन् ।

उनले ३९ हजार २७५ मतभार प्राप्त गरेको निर्वाचन अधिकृत दीलप्रसाद श्रेष्ठले जानकारी दिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीका प्रतिस्पर्धी नेपाली कांग्रेसकी नेत्री कुमारीलक्ष्मी राईले ११ हजार ७३० मत प्राप्त गरेकी छन् ।
उक्त निर्वाचनमा संघीय संसदतर्फ तीन र प्रदेशसभा सदस्यतर्फ पाँच मत बदर भएको थियो ।
संघीय संसदका ३३१ मतदातामध्ये ३२६ र प्रदेशसभाका ५४९ मध्ये ५३६ जनाले मतदान गरेका थिए ।

कुल मतदातामध्ये संघीय संसदका पाँच र प्रदेशसभाका १३ गरी १८ जना मतदाता अनुपस्थित थिए । रासस



धनकुटा / धरानबाट स्काभेटर लिएर धनकुटा आउँदै गरेको ट्रक दुर्घटनामा परेर आज दुईजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् ।

मृत्यु हुनेमा साँगुरीगढी गाउँपालिका– ७ का रामजीत राई र सोही ठाउँका कावीरबहादुर राई रहेका छन् । ट्रक चालक रामेछाप मन्थली नगरपालिका– ७ का ४५ वर्षीय देवकुमार लामा, सहचालक मकवानपुरका २० वर्षीय समन तामाङ, बागमती गाउँपालिकाका राजेश घिमिरे र घादिङका रमेश भण्डारी घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।साँगुरीगढी गाउँपालिका–९ कोशी राजमार्गस्थित घण्टेमा ना५ख १९३६ नंं को ट्रक सडकमा पल्टिँदा सडक विभागका दुई कर्मचारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले जानकारी दिनुभयो ।



झापा, फागुन २९/ बिर्तामोडका सुन व्यवसायी साजन मुखियाको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । स्रोतका अनुसार ऋद्धिशिद्धी ज्वेलस बिर्तामोडका सञ्चालक पारस देव सहित माओवादीका पूर्व लडाकु प्रकाश ओली र अर्का एक व्यक्ति रहेका छन् । माओवादीका पूर्व लडाकु पाँचथरको फिदिमबाट गएराति पक्रउ परेका हुन् भने अर्का एक व्यक्ति सुनसरीको इटहरीबाट पक्राउ परेका हुन् ।
पक्राउ परेका तीनै जनालाई प्रहरीले सार्वजनिक भने गरेको छैन । गत फागुन २० गतेदेखि वेपत्ता बनेका मुखियाको धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा सोमवार शव फेला परेको छ । उनको शव इलामको रोङ गाउँपालिका–३ कोल्बुङ (मेची राजमार्गको लसुने– अर्यालचोक सडकखण्डको जमुने डाँडा)मा सडकबाट करिब २० फिट तल जुटको बोरामा राखेर फालिएको अवस्थामा भेटिएको थियो ।



२ करोड बढीको लागतमा इप्रका भवन

रंगेली । मोरङको रंगेली ६ मा रहेको ईलाका प्रहरी कार्यालय रंगेलीको परिषरमा सोमबार नयाँ भवनको शिलान्यास गरिएको छ । १२ कठ्ठा जमिनमा बन्न लागेको उक्त भबनको शिलान्यास एवम अनावरण समेत प्रहरी अतिरिक्त महानिरीक्षक पशुपति उपाध्यायले गरेका छन । अब बन्ने भवनमा प्रहरी निरिक्षक,साहयक निरिक्षक,कर्मचारीहरुका लागि छुट्टाछुट्टै कोठाको बन्ने र पुरुष थुनुवा , महिला थुनुवा र सुबिधायुक्त शौचालय हरुको निर्माण हुने भएको छ । १९ कोठे भवनको कुल लागत २ करोड ३२ लाख ३१ हजार १ सय ४६ रुपैया २१ पैसा रहने छ ।
जिल्ला प्रहरी कार्यालय मोरङ र कोशी एण्ड न्यौपाने निर्माण सेवा समिति काठमाडौ बिच फागुन १५ गते निर्माण ठेक्काको सम्झौता समेत भएको छ । सो भवन २०७५ फागुन १४ गते भित्र निर्माण सम्पन हुने भएको छ । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक पशुपति उपाध्याय ,प्रहरी उपरीक्षक अरुण कुमार बिसि , रंगेली नगरपालिका का कार्यकारी अधिकृत लक्ष्मीप्रसाद रेग्मी लगायतको उपस्थिति रहेको थियो ।

फागुन २८ । राष्ट्रियसभाको अध्यक्षमा नेकपा एमालेका गणेश तिमिल्सिना निर्विरोध भएका छन् ।

संघीय संसद सचिवालयले सो पदमा उम्मेदवारी दिन सोमबार (आज) दिउँसो १ बजेसम्मको समय दिएकोमा वाम गठबन्धनका तर्फबाट तिमिल्सिनाकोमात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् ।
पर्वतबाट निर्वाचित सांसद तिमिल्सिना निर्वाचित भएको घोषणा भने बुधबार बस्ने राष्ट्रियसभाको बैठकले गर्नेछ ।
तिमिल्सिनाले सोमबार दिउँसो १२ बजेर ४० मिनेटमा संसद भवनमा पुगेर उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै तिमिल्सिनाले राष्ट्रियसभामा प्रतिपक्षलाई पनि महत्व दिएर संस्थालाई मर्यादित बनाउने बताए ।
तिमिल्सिनाको प्रस्तावकमा राष्ट्रियसभाका सदस्य खिमलाल भट्टराई र समर्थकमा राष्ट्रियसभाका सदस्यद्वय दीनानाथ शर्मा र सुमनराज प्याकुरेल रहेका छन् ।
कार्यव्यवस्था शाखाका सहसचिव मुरारी महतले बुधबार दिउँसो १ बजे बस्ने राष्ट्रियसभा बैठकले निर्वाचित भएको औपचारिक घोषणा गर्ने जानकारी दिए ।
राष्ट्रियसभाको अध्यक्षमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उम्मेदवारी नै दिएन ।
प्रमुख सत्तारुढ दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको सहमतिअनुसार राष्ट्रियसभाको अध्यक्ष एमालेको भागमा परेको छ । सोही सहमतिअनुसार एमालेले तिमिल्सिनालाई उम्मेदवार बनाएको हो ।

राष्ट्रियसभामा ५९ सांसद छन् । एमालेबाट २७, कांग्रेसबाट १३, माओवादीबाट १२ तथा संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालबाट २/२ जना सांसद छन् ।

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget