Websoft University

www.radiomakalu.com || 021-522512


एमाले–माओवादी एकता राजनीतिक प्रतिवेदन तयार

bam

काठमाडौँ, चैत १७ गते । दुई वाम शक्तिको एकीकरणपछि निर्माण हुने नयाँ दल ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)’ को आगामी राजनीतिक बाटो तय गर्न गठित कार्यदलले आफ्नो जिम्मेवारीको प्रतिवेदन तयार पारेको छ ।

माओवादी केन्द्रका नेता देव गुरुङले कार्यदलको बैठकले प्रतिवेदन तयार गरेको छ, प्रतिवेदनको मस्यौदामा देखिएका भाषिक त्रुटि र प्रतिवेदनको आकार मिलाउने काम मात्र बाँकी छ भन्नुभयो ।
पार्टी एकतापछि बन्ने नेकपा दलले समाजवाद उन्मुख राजनीतिक बाटो तय गर्ने गरी प्रतिवेदन तयार भएको छ । करिब ४१ पृष्ठको सो प्रतिवेदनले नयाँ दलको आगामी राजनीतिक बाटो तय गर्ने विश्वास कार्यदलका सदस्यहरूको छ ।
गोरखापत्रसँग कुरा गर्दै कार्यदलका एक सदस्यले भन्नुभयो, “समाजवादउन्मुख आगामी राजनीतिक बाटो तय गर्ने गरी राजनीतिक प्रतिवेदन तयार गरिएको छ । ”
मुलुकको आर्थिक समृद्धि, भेदभावको अन्त्य, समानता, राज्य संयन्त्रमा सबै वर्ग समुदायको समान पहुँच, सबै नेपाली जनतालाई समान शिक्षा, समतामूलक समाज निर्माण, सुशासन कायम गर्न भ्रष्टाचारको समूल अन्त्य, युवालाई स्वदेशमै रोजगार दिने गरी प्रतिवेदन तयार गर्न लागिएको छ ।
भाषिक त्रुटि सच्याएर प्रतिवेदन तयार गर्ने जिम्मा संयोजक माधवकुमार नेपालसहित माओवादीबाट नारायणकाजी श्रेष्ठ र एमालेबाट रघुजी पन्तलाई जिम्मेवारी दिइएको छ । तीनै जना नेताले शुक्रबार बैठक बसी भाषिक त्रुटि मिलाउने काम गर्नुभएको छ । नेता रघुजी पन्तका अनुसार प्रतिवेदनलाई अन्तिम रूप दिई आइतबारसम्म पार्टी एकता संयोजन समितिमा बुझाइनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओली चैत २३ देखि भारत भ्रमणमा जाने तयारी गर्नुभएका बेला कार्यदलले आफ्नो प्रतिवेदन तयारीमा तीव्रता दिएको छ । यसअघि अन्तरिम विधान तथा सङ्गठनात्मक संरचना प्रतिवेदन तयार गर्ने कार्यदलले गत बुधबार नै प्रतिवेदन तयार गरेको थियो ।
रामबहादुर थापा बादल संयोजकत्वको कार्यदलले ‘जनयुद्ध’ र चुनाव चिह्न ‘सूर्य’ बारे सामान्य विमति देखिए पनि करिब सल्टिएको कार्यदलका सदस्यहरूले बताएका छन् । माओवादी केन्द्रका नेताले नयाँ विधानको प्रस्तावनामै जनयुद्ध शब्द पर्नुपर्ने माग राखेका छन् । त्यस्तै, सूर्यको बीचमा हसिया हथौडा राख्ने माग पनि माओवादीको छ ।
नेता नेपाल संयोजकत्वको राजनीतिक प्रतिवेदन निर्माण कार्यदलमा एमालेबाट भीम रावल, प्रदीप ज्ञवाली, सुवासचन्द्र नेम्वाङ, रघुजी पन्त सदस्य हुनुहुन्छ । त्यस्तै, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्तिबहादुर बस्नेत, पम्फा भुसाल र देवेन्द्र पौडेल सदस्य हुनुहुन्छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget