Websoft University

www.radiomakalu.com || 021-522512


June 2018



जनकपुरधाम , जेष्ठ २८ गते । धनुषा, महोत्तरी र सिन्धुलीमा पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गरेको भन्दै धनुषा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

नेपाल आयल निगम धनुषाको महेन्द्रनगरका डीपो प्रमुख मोहनकुमार साह, पेट्रोलियम डिलर्स एशोसिएसन जनकपुरका अध्यक्ष बिष्णुदेव साह र पेट्रोलियम ढुवानी संघ जनकपुरका अध्यक्ष किसुनदेव साहलाई अवरोध र कृतिम अभाव श्रृजना गरेको आरोपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।



ट्यांकर चालकहरुको भत्ता दिने विषयमा पेट्रोलियम डिलर्स एशोसिएसन जनकपुर र पेट्रोलियम ढुवानी संघ जनकपुरबीच विवाद हुँदा यस्तो अवस्था सिर्जना भएको भएपनी डीपो प्रमुखले जवरजस्ती सिन्डिकेट बढाएको आरोप छ ।

पेट्रोल पम्प व्यवसायीहरुले ट्यांकर चालकलाई ढुवानी वापत दिँदै आएको ६ सय रुपैयाँ कटौती गरेपछि चालकहरुले ढुवानी सेवा नै बन्द गरेको बताउँदै आएको छ ।

पेट्रोलियम डिलर्स एशोसिएसन जनकपुरका अध्यक्ष विष्णुदेव साह र पेट्रोलियम पदार्थ ढुवानी गर्ने टयांकर चालकहरुको संगठन पेट्रोलियम ढुवानी संघका अध्यक्ष किसुनदेव साह साख्खे दाजुभाइ हुन् ।

केही दिनअघि भएको सहमतिमा पेट्रोलियम पदार्थ बितरण दुवानीमा अवरोध नगर्ने र बिलिंग गर्ने बताएपनि अबरोध र कृत्रिम अभाव सिर्जना गरेको भन्दै उनीहरुलाई ण्पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए ।

धनुषाको महेन्ऽनगरस्थित डिपोबाट धनुषा, महोत्तरी तथा सिन्धुलीसहितका तीन जिल्लाहरुमा २ लाख ५० हजार लिटर डिजल तथा १ लाख लिटर पेट्रोल दैनिक रुपमा बिक्री वितरण हुँदै आएको छ ।

नेपाल आयल निगम धनुषाको महेन्द्रनगरमा रहेको डीपोबाट तीन दिनदेखि पेट्रोलियम पदार्थको बिलिंग भएको छैन भने दुवानी नहुँदा यस क्षेत्रमा पेट्रोलियम पदार्थको पुर्णरुपमा अभाव सिर्जना भएको छ ।

पेट्रोलियम पदार्थको अभाव हुँदा उपभोक्ताहरुले कालोबजारीसँग दुई गुण मूल्य तिरेर पेट्रोलियम पदार्थ किनेर उपभोग गरिरहेका छन् । - अनलाइन खबरबाट

 
काठमाडौं , जेष्ठ २८ गते । नेपाली कांग्रेसका नेता गगन थापाले संघीयताका लागि पूर्वराजा नभई प्रधानमन्त्री केपी शर्मा ओली सबैभन्दा ठूलो खतरा भएको बताएका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउने ड्युटी कांग्रेसको भएको उनले बताए ।


सोमबार नेविसंघ काठमाडौंको भेलालाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्री ओलीलाई संघीयता नै मन नपरेको दाबी गरे । यो व्यवस्थालाई ठूलो खतरा को बाट छ भन्ने प्रश्न गर्दै उनले भने, ‘पूर्वराजाबारे टिप्पणी गर्न आश्वयक ठान्दिनँ । नागरिक भएर बस्नु भएको छ, आफ्नो स्वतन्त्रता प्रयोग गर्नु भएको छ ।’

स्वतन्त्र नागरिकले उपयोग गर्ने अधिकार प्रयोग गर्ने छुट पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि भएको उनले बताए । विप्लव माओवादीबाट पनि खतरा नदेखेको सुनाए ।

कांग्रेस सांसद थापाले अघि भने, ‘जनताबाट सबैभन्दा बढी मत प्राप्त गरेर दुई तिहाई बहुमतका साथमा जसले सरकार चलाइरहेको छ, व्यवस्थालाई ठूलो खतरा त्यहाँबाट छ ।’

अहिले सांसरभर त्यही फेनोमेनन देखिएको उनको विश्लेषण छ । बहुसंख्यक अमेरिकीहरुले लोकतन्त्रका लागि ठूलो खतरा राष्ट्रपति डोनाल्ड ट्रम्पबाट देखेकोे भन्दै उनलेभने, ‘यो फेनोमेनन संसारभर देखिएको छ र नेपाल त्यसको एउटा पाटो हो ।’

उनले प्रधानमन्त्री केपी ओली नै कसरी संघीय व्यवस्थाका लागि खतरा हुने भन्ने तर्क दिए ।

पार्टीमा ३३ प्रतिशत महिला सहभागिता नभएको भन्दै गुनासो गर्न पुगेका नेताहरुलाई प्रधानमन्त्री ओलीले ‘ट्याउँट्याउँ कराउने होइन’ भनेको सुनाउँदै थापाले भने, ‘यो संविधानको आधारभूत कुरालाई नै प्रधानमन्त्रीले स्वीकार नगरेको प्रमाण हो ।’

उनले संघीयता सबैभन्दा मन नपराउने चित्रबहादुर केसी नभई प्रधानमन्त्री ओली भएको दाबी गरे । उनले भने, नेपालमा सबैभन्दा संघीयता मन नपराउने मानिस दुर्भाग्यवश प्रधानमन्त्री केपी शर्मा ओली हो । चित्रबहादुर केसीले त बाहिर भन्नुभएको छ । प्रधानमन्त्री ओलीलाई त संघीयता भन्ने व्यवस्था नै मन पर्दैन ।’

त्यही कारण प्रदेशको मन्त्री र मुख्यमन्त्रीले नै संघीयता कतैबाट लादिएको भन्न थालेको उनको दाबी छ । कांग्रेसकै कतिपय नेतालाई पनि संघीयता मन नपर्ने भन्दै उनले भने, ‘समावेशीता र संघीयताविरुद्ध बोल्ने अधिकार नागरिकलाई दिएको छ तर, नेपालको प्रधानमन्त्रीलाई यसबारे सोच्ने अधिकार पनि दिएको छैन ।’

प्रधानमन्त्रीलाई नै संघीयता, समावेशीता मन नपरेका कारण खतरामा पर्न सक्ने उनको दाबी छ ।

५-१० वर्ष अभ्यास गरेर संघीयता असफल भयो भन्ने छुट कांग्रेसलाई नभएको थापाले बताए । १५ सालमा बनेको बीपी कोइरालाको सरकारले ८-१० वर्ष काम गर्न पाएको भए अहिले रेल पानी जहाजको कुरा गरेर बस्नु नपर्ने भन्दै उनले भने, ‘त्यो धेरै अगाडि रियालिटी भइसक्थ्यो । हामीले धेरै समय गुमायौं । त्यसैले अब संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउने कांग्रेसको ड्युटी हो ।’

जोगाउँछु भनेर मात्र नहुने भन्दै नेता थापाले भने, ‘बीपी कोइरालाले द्वारिकादेवी ठकुरानीलाई मन्त्री बनाइदिएका थिए । धनमान सिंह परियारलाई महामन्त्री बनाइएको थियो भनेर हुँदैन । देशभरका दलित, महिला, मधेसी, थारु सबैले समावेशीतालाई बुझ्ने कुनै पार्टी छ भने कांग्रेस हो भनेर हाम्रो व्यवहार, आचरण, अडानले प्रमाणित गर्न सक्नुपर्छ ।’

यसो भएमा प्रधानमन्त्रीले चाहे पनि संघीयता र समावेशीताविरुद्ध केही गर्न नसक्ने उनको दाबी छ ।

सरकारले संस्थाहरु बलियो बनाउनुपर्छ, कानुनबाट शासन गर्नुपर्छ भन्ने विश्वास नगरेको थापाको आरोप छ । ३० वर्षको स्थिर पञ्चायतले विकास गर्न नसकेको उदारहरण दिँदै उनले संस्थाहरु बलियो नभई विकास सम्भव नहुने बताए ।

कांग्रेस नेता थापाले राजश्व अनुसन्धानदेखि थुप्रै विभागलाई प्रधानमन्त्रीको मातहतमा लैजानु स्वभाविक भए पनि यसको मक्सद के हो बुझ्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले ‘अब स्थिरता भयो, संस्था, अड्डा अदालत केही काम लाग्दैन, काम गर्न सक्ने व्यक्ति म मात्र हो भन्ने सोच राखेको उनको आरोप छ ।
- अनलाइन खबरबाट



काठमाडौं , जेष्ठ २८ गते । ललितपुरको बटुक भैरव मन्दिरको कम्पाउन्डमा डोजर चलेपछि लगनखेलका स्थानीयले विरोध सुरु गरेका छन् । सडक विस्तारका नाममा मन्दिरमाथि नै सरकारी अतिक्रमण हुन लागेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

मन्दिर अघिको सेनाको पेट्रोल पम्बपलाई बचाएर मन्दिर मास्ने खेलमा उपत्यका विकास प्राधिकरण लागेको आरो

सुरक्षाकर्मीको सहयोगमा डोजर लिएर गएपछि स्थानीयबासिन्दा प्रतिकारमा उत्रिएका थिए । तर, बल प्रयोग गरेर मन्दिर छेउको गुठी जग्गाको कम्पाउन्ड भत्काइएको थियो ।

यो मन्दिर लक्ष्वीकालीन भएको अनुमान छ । विशेषगरी नेवार समुदायको आस्थाको धरोहर भएका कारण यसको अस्तित्वमा असर पर्ने गरी सडक विस्तार गर्न नहुने माग स्थानीयले गरेका छन् ।

यसकाबारेमा उनीहरुले ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको पनि ध्यानाकर्षण गरएका छन् । मेयर महर्जनले पुरातात्विक धरोहरको संरक्षण गर्न महानगरले कदम चाल्ने बताएका छन् ।

‘यहाँ डोजर लगाउनेबारे हामीसँग छलफल गरिएको छैन । जानकारी नदिई किन सम्पदा क्षेत्रमा डोजर चल्यो भन्नेबारे मेरो कार्यकक्षमा नै बोलाएर जानकारी लिन्छु,’ स्थानीयको ज्ञापनपत्र मेयर महर्जनले भनेका छन्,’मन्दिरको संरक्षणको चिन्ता महानगरलाई पनि छ ।’

पुतात्विक मन्दिरको संरक्षणको जिम्मा सरकारले नै लिनुपर्नेमा स्थानीयको विरोधका बीचमा पनि बल प्रयोग गरे डोजर लगाउने कार्यले सरकारको उल्टो गतिमा हिँडेको स्पष्ट भएको बताउँछन्, स्थानीय सुबोध महर्जन ।

‘यो कस्तो व्यवस्था हो, कस्तो विकास हो ?’ उनी भन्छन्,’सम्पदा मासेर गरिने विकास हामीलाई चाहिँदैन । पेट्रोल पम्प जोगाएर हाम्रा पिता पुर्खाले उठाएको धरोहरमाथि डोजर लगाउने अधिकार सरकारलाई छैन ।’

स्थानीयले मन्दिरकै गुठीको जग्गाबाट सडक बनाइएकाले अब सडक विस्तारका नाममा मन्दिर नै मास्ने गरी काम गर्नु गलत भएको बताएका छन् । सेनाको पेट्रोलपम्प सारेर मन्दिरको जग्गाको संरक्षण गर्नुपर्ने उनीहरुको माग छ ।

प स्थानीयको छ । यो सडक २२ मिटर फराकिलो बनाउने गरी प्राधिकरणले डोजर चलाएको थियो ।
- अनलाइन खबरबाट

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget