Websoft University

www.radiomakalu.com || 021-522512


तेलको कृत्रिम अभाव गरेको आरोपमा आयल निगमका डीपो प्रमुख प्रकाउ



जनकपुरधाम , जेष्ठ २८ गते । धनुषा, महोत्तरी र सिन्धुलीमा पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गरेको भन्दै धनुषा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

नेपाल आयल निगम धनुषाको महेन्द्रनगरका डीपो प्रमुख मोहनकुमार साह, पेट्रोलियम डिलर्स एशोसिएसन जनकपुरका अध्यक्ष बिष्णुदेव साह र पेट्रोलियम ढुवानी संघ जनकपुरका अध्यक्ष किसुनदेव साहलाई अवरोध र कृतिम अभाव श्रृजना गरेको आरोपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।



ट्यांकर चालकहरुको भत्ता दिने विषयमा पेट्रोलियम डिलर्स एशोसिएसन जनकपुर र पेट्रोलियम ढुवानी संघ जनकपुरबीच विवाद हुँदा यस्तो अवस्था सिर्जना भएको भएपनी डीपो प्रमुखले जवरजस्ती सिन्डिकेट बढाएको आरोप छ ।

पेट्रोल पम्प व्यवसायीहरुले ट्यांकर चालकलाई ढुवानी वापत दिँदै आएको ६ सय रुपैयाँ कटौती गरेपछि चालकहरुले ढुवानी सेवा नै बन्द गरेको बताउँदै आएको छ ।

पेट्रोलियम डिलर्स एशोसिएसन जनकपुरका अध्यक्ष विष्णुदेव साह र पेट्रोलियम पदार्थ ढुवानी गर्ने टयांकर चालकहरुको संगठन पेट्रोलियम ढुवानी संघका अध्यक्ष किसुनदेव साह साख्खे दाजुभाइ हुन् ।

केही दिनअघि भएको सहमतिमा पेट्रोलियम पदार्थ बितरण दुवानीमा अवरोध नगर्ने र बिलिंग गर्ने बताएपनि अबरोध र कृत्रिम अभाव सिर्जना गरेको भन्दै उनीहरुलाई ण्पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए ।

धनुषाको महेन्ऽनगरस्थित डिपोबाट धनुषा, महोत्तरी तथा सिन्धुलीसहितका तीन जिल्लाहरुमा २ लाख ५० हजार लिटर डिजल तथा १ लाख लिटर पेट्रोल दैनिक रुपमा बिक्री वितरण हुँदै आएको छ ।

नेपाल आयल निगम धनुषाको महेन्द्रनगरमा रहेको डीपोबाट तीन दिनदेखि पेट्रोलियम पदार्थको बिलिंग भएको छैन भने दुवानी नहुँदा यस क्षेत्रमा पेट्रोलियम पदार्थको पुर्णरुपमा अभाव सिर्जना भएको छ ।

पेट्रोलियम पदार्थको अभाव हुँदा उपभोक्ताहरुले कालोबजारीसँग दुई गुण मूल्य तिरेर पेट्रोलियम पदार्थ किनेर उपभोग गरिरहेका छन् । - अनलाइन खबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget