Websoft University

www.radiomakalu.com || 021-522512


About

[full-post]

कम्युनिटि मिडिया प्रा.लि. अन्तर्गत सञ्चालित रेडियो मकालु १०२.१ मेगा हर्ज

रेडियो पहिचान
समाज परिवर्तनका लागि आम सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहँदै आएको सर्वविदितै छ । खासगरेर ०६२/६३ को जनआन्दोलनपछि नेपालमा सञ्चारमाध्यमको महत्व झनै बढेको छ । सञ्चारमाध्यम बिनाको समाज कल्पना पनि गर्न नसकिने अवस्थामा पुगेको छ ।
छिनभरमै संसारका कुरा घरमै बसेर थाहा पाउनाले आफ्नो जीवन र व्यवसायलाई परिस्कृत गरेर लैजान समेतसञ्चारमाध्यमले सहयोग पु¥याउँदै आएको छ । रेडियो, टेलिभिजन र पत्रपत्रिकाका माध्यमबाट आम जनताले सुसूचित हुने अवसर पाइरहेका छन् । यसमा पनि सबैभन्दा सरल, सुलभ र सशक्त माध्यम भनेको रेडियो नै हो ।सहजरूपमा जनताको पहुँच हुने र घण्टौं–घण्टासम्म लोडसेडिङले टेलिभिजन हेर्न नपाइने साथै पत्रपत्रिका पनि खरिद गरेर सहजै पढ्न नसक्ने अवस्था छ । यस्तो अवस्थामा हरेक संघसंस्था, व्यक्ति, समूदाय, राजनीतिकर्मी, समाजसेवी र सर्वसाधारण व्यक्तिका विचार र व्यवसाय प्रवाह गर्न एफएम रेडियो नै सञ्चारको सवैभन्दा भरपर्दो साधन रहिआएको छ । पछिल्लो समयमा एफएम रेडियोहरू व्यापक रूपमा सञ्चालनमा आइरहेका छन् । एफ्एम सञ्चालन गर्नु मात्र ठूलो कुरा होइन, त्यहाँभित्र रहेका जनशक्ति, कार्यक्रमको
गुणस्तरीयता र विश्वसनीयता ठूलो कुरा हो । यस्तै विषयलाई मनन गर्दै बिराटनगर–१४, निलसदन (एकेडेमी मार्ग)मा रहेको कम्युनिटी मिडिया प्रा.लि. अन्तर्गतको १०२.१ मेगाहर्ज, ५०० वाटमा रेडियो मकालु सञ्चालनमा आइरहेको छ । २०६५ सालमा प्रशारण सुरु गरेको रेडियो मकालुले आफ्नो स्थापनाको छैठौं वर्ष पूरा गरी सातौं वर्षमा नियमित सञ्चालनमा रहेको यहाँलाई सहर्ष जानकारी गराउँछौं । सञ्चालनका क्रममा समेटिएका अनुभव, अपनाइएको रणनीति र आम जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने खालका नयाँ–नयाँ कार्यक्रमका माध्यमबाट छोटै अवधिमा छुट्टै पहिचान बनाउन सफल भएको पनि यहाँ समक्ष जाहेर नै छ ।
यस क्षेत्रमा लामो समयदेखि क्रियाशील व्यक्तित्वहरूको अगुवाईमा रेडियो सञ्चालन हुनुले पनि यसको छुट्टै पहिचान स्थापित गर्न सहयोग पु¥याएको छ । यो सामूहिक अभियानमा तपाईंको साथ पनि अनिवार्य छ र तपाईले पनि हामीलाई अझ प्रोत्साहित गर्नु हुनेछ भन्ने अपेक्षा गरिएको छ ।

 रेडियो मकालु १०२.१ मेगाहर्ज नै किन ?

रेडियो मकालु पूर्वी नेपालको सीमावर्ति भारतको दार्जिलिङ, सिक्किम आसपास, पूर्वको इलामदेखि, ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा पूर्वी क्षेत्रका सम्पूर्ण ग्रामीण क्षेत्रसम्म बिना अवरोध सुन्न सकिन्छ । यस रेडियोमा सञ्चालन भइरहेका कार्यक्रममा झापा, ईलाम, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, संखुवासभा, उदयपुर, सुनसरी, सिरहा, सप्तरी, मोरङका श्रोताहरुले प्रत्यक्ष सम्पर्क गर्ने गरेका छन् ।  उच्च गुणस्तरीय उपकरण, फ्रिक्विन्सी क्षमता बढी भएको कारण रेडियोबाट सञ्चालित विभिन्न  कार्यक्रममा स्रोताको सहभागिता पनि बढी रहेको छ ।
कार्यक्रम प्रशारणलाई वेभसाइटमा समेत लिङ्क गरिएको हुँदा धधध।चबमष्यmबपबगि।अयm।लउ लगअन गरी विश्वभरि जुनसुकै कुनाका स्रोताले रेडियो मकालु प्रत्यक्ष सुन्न सक्ने व्यवस्था गरिएको छ । विश्वका हरेक कुनामा रहेका नेपाली÷विदेशी स्रोताले रेडियो मकालुमा आफ्नो प्रतिक्रिया पठाउने तथा कार्यक्रमको विषयमा प्रतिक्रिया र टिप्पणी गर्ने गरेका छन् ।
विज्ञापनमा सबैको पहुँच सुनिश्चित र सहज बनाउन सरल भाषामा सुलभ र सस्तो विज्ञापन प्रशारण गर्ने नीति यस रेडियोले अवलम्बन गरेको छ ।
जनचासो र जनसरोकारका विषय वस्तुलाई तत्कालै नयाँ ढंगले प्रस्तुत गरिने, रेडियोप्रति अपनत्व भावना जागृत गराउन ‘तपाईंको रेडियो, तपाईंको आवाज’, ‘कानून र न्याय’, नेपालको निर्वाचन ईतिहासलाई चिरफार गर्दै जनप्रतिनिधिहरूसँगको साक्षात्कार, ‘कार्यक्रम संविधानसभा’, ‘रेडियो बहस’ ‘माई ट्यालेन्ट सो’, ‘सहकारी जागरण’ ‘क्वीज प्रतियोगिता’, ‘मकालु हाय फ्रेन्ड्स’, ‘सेयरिङ लभ’, ‘मकालु गफगाफ’ ‘स्वास्थ्य सरोकार’ समाचारमूलक कार्यक्रम, ‘छिनछिनमा खबर, बे्रकिङ न्यूजसहित प्रत्येक घन्टा मकालु बुलेटिन’ का रुपमा प्रस्तुत गरिने कार्यक्रम, मैथिली, भोजपुरीलगायतका विभिन्न भाषाभाषीको कार्यक्रम, ‘लोक चौतारी’ समेतले स्रोताको संख्या उच्च रहेको छ र प्रतिदिन बढ्दै गइरहेको छ । बालबालिकादेखि युवा भावनाहरुलाई समेट्ने कार्यक्रमहरू सञ्चालन गर्ने गरिएकाले विभिन्न समूदायको सहभागिता बढी हुने गरेको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget