Websoft University

www.radiomakalu.com || 021-522512


February 2017



काठमाडौं, फागुन १७ गते । बिहीबारका लागि बोलाइएको व्यवस्थापिका संसद्को बैठक फागुन २७ गतेसम्मका लागि स्थगित भएको छ। विशेष कारण देखाउँदै संसद् सचिवालयले बिहीबारको बैठक थप आठ दिनका लागि स्थगित गरेको हो।

संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले आठ दिनका लागि बैठक स्थगित भएको जानकारी दिनुभयो। संसद्मा विचाराधीन रहेको संशोधन विधेयकमा दलहरुबीच सहमति जुटेको छैन। राजनीतिक सहमति नजुटेको अवस्थामा संशोधन विधेयकमा प्रक्रिया कसरी अगाडि बढाउने भन्ने द्विविधा कायमै छ।

विधेयकमा सहमतिका लागि प्रधानमन्त्रीले समेत सत्ता साझेदार दल र अन्य सहयोगी दलसँग परामर्श जारी राख्नुभएको छ। प्रधानमन्त्रीले नेपाली कांग्रेस, मधेशी मोर्चा तथा संसद्को चौथो ठूलो शक्ति राप्रपासँग पनि परामर्श गर्नुभएको र संविधान संशोधन विधेयक पारित गर्न नदिने अडानमा रहेका प्रतिपक्ष दलहरुसँग भने प्रधानमन्त्रीले औपचारिक परामर्श गर्नुभएको छैन।

यस्तै, सभामुख ओनसरी घर्ती पनि पति तथा माओवादी केन्द्रका नेता वर्षमान पुनको उपचारका सिलसिलामा थाइल्याण्ड हुनुहुन्छ।-
गोरखापत्र समाचारदाता




काठमाडौँ, फागुन १७ गते । सरकारले स्थानीय निकायको सङ्ख्याका सम्बन्धमा असन्तुष्ट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका माग सम्बोधनका लागि स्थानीय निकाय पुनः संरचनामा सुझाव दिन गठित कार्यदलको अवधि थप्ने भएको छ ।

सत्तारुढ दल र मोर्चाका नेताहरुबीच संविधान संशोधन र स्थानीय निर्वाचनका सम्बन्धमा आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सो समझदारी भएको हो । स्थानीय निकाय पुनःसंरचना आयोगले दिएको प्रतिवेदनमा मोर्चा असन्तुष्ट भएपछि सरकारले स्थानीय विकासमन्त्री हितराज पाण्डेको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । सङ्ख्या थप्न सरकार सकारात्मक भए पनि संविधान संशोधन पारित नभएसम्म निर्वाचनमा जान मोर्चा तयार भएको छैन ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधन पारित हुने सम्भावना नभएकाले अन्य विषयमा मिलाउन आफूहरुले आग्रह गरेको बताउनुभयो । उहाँले संशोधन र निर्वाचनबारे अन्य दलसँग थप परामर्श गरेर निर्णयमा पुगिने जनाउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, मोर्चाका नेता महन्थ ठाकुरलगायत सहभागी बैठकमा संशोधनबारे राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक) सहित अर्काे बैठक गरेर अघि बढ्ने समझदारी भएको छ ।

छलफलपछि नेकपा (माओवादी केन्द्र) का प्रवक्ता पम्फा भुसालले सकेसम्म संविधान संशोधन प्रस्तावलाई पारित गर्न र स्थानीय तहको निर्वाचनको तयारीमा पनि लाग्ने मागबमोजिम तराई–मधेसका जिल्लामा जनसङ्ख्याका आधारमा स्थानीय निकायको सङ्ख्या बढाउन कार्यदलको काम बाँकी रहेकाले अवधि थप्न लागिएको बताउनुभयो ।

सम्भवतः आजैको मन्त्रिपरिषद् बैठकले कार्यदलको अवधि थपको निर्णय गर्ने भुसालले जानकारी दिनुभयो । मोर्चाले स्थानीय तहलाई प्रदेशको मातहतमा राख्न माग गरेको छ भने अन्य दलले संविधानबमोजिम सो तह स्वायत्त रहेको अवगत गराएको छ ।

नेकपा (एमाले) लगायत विपक्षी दलले संविधान संशोधन राष्ट्रहित विपरीत भएको जनाउँदै पारित हुन नदिने अडान कायम राखेका छन् । मोर्चाका नेता ठाकुरले संशोधन पारित नभएसम्म निर्वाचनमा भाग लिनेबारे आफूहरुले नसोचेको बताउनुभयो । रासस

ujuri
काठमाडौँ, फागुन १७ गते । ललितपुर र भक्तपुर जिल्ला अदालतका दुई न्यायाधीशविरुद्ध ९१ वर्षीया एक वृद्धाले फैसलामा गम्भीर त्रुटि गरेको दावीसहित न्याय परिषद्, कानुन मन्त्री र मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयसमक्ष उजुरी दिएकी छन् ।
आफ्नो स्वामित्व कायम हुने ललितपुर र भक्तपुरको जग्गालाई हकदावी नै नपुग्ने र कानुनी आधार नै नभएका व्यक्तिहरुको नाममा दुबै न्यायाधीशले हक स्थापित गरिदिएपछि आशामाया गोर्खाली श्रेष्ठले फरक फरक प्रकृतिका जग्गा मुद्दामा उजुरी दिनुभएको हो । ललितपुर जिल्ला इमाडोलको एक रोपनी जग्गाको स्वामित्व विवादमा चलेको मुद्दामा २०७२ चैत ३० गते गरिएको निर्णयमाथि ललितपुर जिल्ला अदालतका न्यायाधीशविरुद्ध विरुद्ध उजुरी परेको हो ।
काठमाडौँ चिकंंमुगल वडा न २० बस्ने आशामायाले ललितपुर जिल्ला अदालतले चैत ३० मा विपक्षीका सम्पूर्ण रुपले बनावटी र सिर्जित लिखतलाई आधार मानी वादीलाई जसरी पनि हराउने नियतले कानुनी व्याख्यामा समेत जानाजानी गम्भीर त्रुटि गरेको आरोप आफ्नो उजुरीमा लगाउनुभएको छ । जग्गा दर्ताका लागि दोस्रो चोटि २०७० मङ्सिर २५ मा निवेदन दिँदा उक्त जग्गा राम बहादुर बाबुका छोरा काठमाडौं महानगरपालिका वडा नं १३ निवासी ४५ वर्षीय नरोत्तम बाबुको नाममा दा. खा. नामसारी भइसकेको जानकारी पाएपछि आशामाया अदालत गुहार्न पुग्नुभएको थियो । विपक्षीद्वारा लगत भिडाउन प्रस्तुत कागजातसँग विवादित जग्गाको चार किल्ला तथा क्षेत्रफल नमिल्ने र विपक्षीले पेस गरेको १९९२ सालको लगतले उनका पिता भनिएका व्यक्ति पाँच वर्षका देखिने र पाँच वर्षका बालक कार्यालयमा गई सही दस्तखत गर्ने कल्पना पनि गर्न नसकिने आशामायाको दलील छ ।
उजुरीमा काठमाडौँ वडा नं १३ बाट स्थलगत सर्जमिन नै नगराई राम बहादुर बाबु राजवंशीको नाम राम बहादुर श्रेष्ठ हो भनी विपक्षीहरुले कोरा सिफारिशपत्र बनाई हक स्थापित हुुने जग्गाको लगत, मोठ, तिरो, खला, मौजा, कूतकबुलियतनामा, आफ्नो पुर्खाका नाममा के कसरी उक्त जग्गा आएको हो भन्ने प्रमाण विना नै निवेदन दिएको उल्लेख छ ।
आशामायाले उजुरीमा भन्नुभएको छ – कार्यविधि कानुनका तीन आधार स्तम्भ हकदैया, हदम्याद र क्षेत्राधिकारमध्ये कुनै एक आधारबाट कुनै पनि मुद्दा गर्ने पक्ष चुक्दछ भने सो मुद्दामा अदालतले तथ्यमा प्रवेश गरी अन्य प्रमाण र ऐनको विवेचना गर्र्दैन र मुद्दा नै खारेज गरिन्छ । यस्ता वस्तुगत आधारलाई विचारै नगरी ‘आर्फैमा दिग्भ्रमित भई’ र ‘विपक्षीको प्रत्यक्ष मोलाहिजामा परी’ यो फैसला गरिएको छ ।
न्यायाधीशको फैसलाको आधारमा विपक्षीले ‘यसै कि. नं ६९ को .....’ भन्ने वाक्यांश उल्लेख गरिनुले फैसला प्रथम दृष्टि मै आपत्तिजनक रहेको’ पनि उजुरीमा उल्लेख छ ।
आर्थिक लाभ र मिलेमतोबाट फैसला
नेमलाल र कमला गोर्खाली श्रेष्ठ विपक्षी रहेको भक्तपुर दधिकोट गाविसको जग्गाको अर्को स्वामित्व विवादको मुद्दामा फिरादमा कहीँ कतै अवण्डा जग्गा वण्डा गरी पाउँ भनी विपक्षीहरुको दावी नै नरहेको विषयमा ती विपक्षीको नभएको माग दावी कायम गरिएको आरोप आशामायाले लगाउनुभएको छ । श्रीमान् भइसकेपछि दधिकोट–८ मा रहेको १३ कित्ता जग्गाको पोत लगत आशामायाको नाममा कायम भएको हो ।
उजुरी पत्रमा आशामायाले ससुरा विष्णुलालको हकवालाहरुबीच २००५ सालमा अंशवण्डा भई रजिष्ट्रेशन पारित भएको, २०१३ मा पोत रजिष्ट्रेशन अड्डाबाट पास भई हकहिस्सा पाउँदा अरु बण्डा गर्नुपर्ने बाँकी केही छैन भनी स्पष्ट उल्लेख गरिएको र २०१४ सालमा बकसपत्र रजिष्ट्रेशन पारित भएको उल्लेख गर्नुभएको छ । विपक्षीका पिता हरिलालको जीवनकालसम्म यो जग्गा यहाँ यति मैले पाउनु पर्ने भनी दाबी विरोध नभएको तर अहिले आएर वादी दावी स्थापित गर्ने कार्य हुनु मुलुकी ऐन अंशवण्डाको ३५ नं समेतको खिलाप भएको आशामायाको दावी छ ।
बुहारी कमला पतिको मृत्युपछि आशामायासँग २०५८ सालमा अंशचलन गराई भिन्न बस्दै आएकी छिन् ।
अदालतबाट फैसला गरिँदा अदालतमा पेस भएका निवेदनलाई अनदेखा गरेको र विपक्षीमध्येका नेमलाललाई झिकाई पाउँ भन्ने व्यहोराको निवेदनको कुनै सुनुवाई नै नभएको उजुरीमा उल्लेख छ ।
‘इन्साफ बेच्ने कार्य रोकी पाउँ’ भनी दिनुभएको उजुरीमा पुनरावेदन अदालत पाटनको क्षेत्राधिकार भएको मुद्दामा विपक्षीहरुले एक पटक पुनरावेदन पत्र दर्ता गरिसकेपछि उक्त अदालतमा आफ्नो चाहना अनुसारको काम गराउने संभावना एवम् आफ्नो प्रभावमा पार्नसक्ने अवस्था र मुद्दाको स्वरुपको समेत विचार गरी मुलुकी ऐनको खिलाप भक्तपुर जिल्ला अदालतमा फिरादपत्र दायर गराएको र आर्थिक चलखेल गरी जिल्ला न्यायाधीश र अन्य फाँटवालाहरु मिलेर नजिरले स्थापित भएका कुरालाई लत्याएर आर्थिक लाभका खातिर गैर कानुनी र दूषित कार्यहरु गरेको आशामायाको दावी छ । फैसला २०७३ जेठ २० गते भएको हो । रासस

स्वर्गीय दुधरामको परिवारलाई चुम्लुङ कोरियाद्वारा २७ हजार ५ सय सहयोग
तेह्रथुम  फागुन १७ गते । महिना अघि कोरियामा मृत्यु भएका तेह्रथुम जिल्लाको छथर फाक्चामाराका दुधराम कुरुम्भङ्को परिवारलाई किरांत याक्थुङ चुम्लुङ कोरिया अन्तर्गत थेगु शाखाले नगद २७ हजार ५ सय सहयोग गरेको छ । चुम्लुङद्वारा संकलित रकमलाई आज तेह्रथुमको छथर सुक्रबारेमा एक कार्यक्रमका बीच किरांत याक्थुङ चुम्लुङका अध्यक्ष सन्तोष मादेन र छथर पत्रकार समाजका अध्यक्ष प्रकाश पाक्साँवाले सामुहिक रूपमा मृतकका श्रीमति भिममाया लिम्बूलाई प्रदान गर्नु भएको थियो । कार्यक्रम छथर पत्रकार समाजको आयोजनामा सम्पन्न भएको थियो ।-पुर्बेलीन्युज


मेची–महाकाली अभियानका स्वयंसेवकलाई आचारसंहिता
काठमाडौँ,  फागुन १७ गते । नेकपा (एमाले) ले यही फागुन २१ गतेदेखि सुरु गर्न लागेको मेची–महाकाली राष्ट्रिय अभियानमा सहभागी हुने स्वयंसेवकलाई नौबुँदे आचारसंहिता जारी गरिएको छ ।


आगामी चैत ५ गतेसम्म चल्ने सो अभियानका लागि जारी गरिएको आचारसंहितानुसार स्वयंसेवकले तोकिएको कार्य निर्धारित समयसीमाभित्र पूरा गर्नुपर्ने, ‘चेन अफ कमान्ड’मा परिचालित हुनुपर्ने, आवास तथा भोजनका लागि तोकिएको स्थान प्रयोग गर्नुपर्ने र अभियान अवधिभर मद्यपान र धूमपान सेवन गर्न प्रतिबन्ध लगाइएको छ ।

स्वयंसेवकले पार्टीका नेता तथा स्थानीय समुदायलाई आदरपूर्वक व्यवहार गर्नुपर्ने, केन्द्रीय तहबाट परिचालित हुने स्वयंसेवकले स्थानीय स्वयम्सेवकसँग आवश्यक समन्वय गर्नुपर्ने, स्थानीय तहमा विभिन्न कोणबाट अभियानबारेमा सोधखोज भएमा जिम्मेवारपूर्वक तरिकाले पार्टीको धारणा राख्नका लागि आचारसंहितामा निर्देशन गरिएको छ ।

अभियानमा सहभागी स्वयंसेवकले विभिन्न कोणबाट प्राप्त गरेका सूचना टोली नेतामार्फत नेतृत्व समक्ष पु¥याउनुपर्ने तथा सेल्फी खिंच्न, घुमफिर गर्न र अनावश्यक समय खर्च नगर्नका लागि आचारसंहितामा भनिएको छ ।

त्यस्तै स्वयंसेवकले अभियानमा जाँदा नियमित औषधि तथा प्रयोग गर्नुपर्ने सामग्री तथा अभियानसम्बन्धी पर्चा, ब्रोसर बोक्नुपर्ने व्यवस्था गरिएको पार्टी केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।  अभियानमा करिब दश हजार स्वयम्सेवक परिचालन गरिने छ । मुलुकका ३० स्थानमा आमसभा, झाँकी प्रदर्शन, पार्टी प्रवेशजस्ता कार्यक्रम हुनेछन् । सो क्रममा मुलुकको समसामयिक राजनीतिक अवस्था तथा संविधान संशोधनभन्दा पनि कार्यान्वयनका पक्षका बारेमा स्थानीय जनतालाई बुझाइने छ । रासस



एमाले प्रदेश नं ३ कमिटीमा बाह्र मनोनीत
काठमाडौँ,  फागुन १७ गते  । नेकपा (एमाले) को ३ नं प्र्रदेश सङ्गठन कमिटीमा विभिन्न १२ जना मनोनीत भएका छन् । कमिटीका अध्यक्ष अष्टलक्ष्मी शाक्यका अनुसार पार्टीको नियमावली अनुसार निम्नबमोजिम विभिन्न जिल्ला र विगतमा अञ्चल कमिटीमा रही काम गरेका कार्यकर्तालाई मनोनयन गरिएको छ ।


मनोनीत हुनेमा रामचन्द्र राई दनुवार (मकवानपुर), जगन्नाथ थपलिया (चितवन), सुरेन्द्र मोहन शर्मा (ललितपुर), महेश बस्नेत (भक्तपुर), गुरु बुर्लाकोटी (धादिङ), राजेन्द्र लोहनी (नुवाकोट), लालकुमार केसी (दोलखा), कृष्णराज श्रेष्ठ (सिन्धुपाल्चोक), कमला श्रेष्ठ, (काठमाडौँ), कमला पराजुली (काठमाडौँ), पेम्बा लामा मजदुर विशेष क्षेत्र, काठमाडौँ र रामहरि सुवेदी (काभ्रेपलाञ्चोक) हुनुहुन्छ ।

सो कमिटीले पार्टीले यही फागुन २१ गतेदेखि सञ्चालन गर्ने मेची–महाकाली अभियान सफल बनाउन आफ्नो तर्फबाट योगदान गर्न मातहतमा निर्देशन पनि दिएको छ । रासस




धनगढी,   विश्व फुटबल महासङ्घ (फिफा) मा आबद्ध दुई सय नौ देशको नाम ६१ सेकेन्डमा खररर्र वाचन गरी ‘गिनिज बुक अफ ओल्र्ड रेकर्ड‘मा नाम लेखाउन सफल कैलालीका भरत विष्टले अर्को अनौठो प्रतिभा देखाउनुभएको छ ।

उहाँले एक मिनेटको समयभित्र नियमानुसार लसुनका ४२ पोटी खाएर देखाउनुभएको हो । एक पटकमा एउटा मात्र लसुनको पोटी खान पाइने लगायत नियम भए पनि विष्टले एक मिनेटमा ४२ पोटी खाएर ‘ओल्र्ड रेकर्ड सेटर‘मा नाम दर्ता गराउनुभएको छ । विष्टलाई गिनिज बुक कमिटी बेलायतले प्रमाणपत्र दिइसकेको छ ।

यसैगरी कैलाली, सुखडस्थित सत्य माविमा कक्षा ३ मा अध्ययनरत सुरभी ढकालले एक मिनेटमा ४७ वटा रोमन अङ्क लेखेर कीर्तिमानी बन्ने होडमा पुगेकी छन् । आइतबार सुखडमा पत्रकार सम्मेलन गर्दै स्थानीयवासी भवानी ढकालकी छोरी सुरभीले एक मिनेटमा रोमन अङ्क खररर्र लेखेर सबैलाई अचम्मित पारिन् । सुरभीले लेखेको भिडियो रेकर्ड ओल्र्ड रेकर्ड कमिटीमा पठाइएको छ । रासस



 

जापानी सम्राट तथा साम्राज्ञी विदेश भ्रमणमा निस्कनु भयो

टोक्यो,   जापानका सम्राट तथा साम्राज्ञी भियतनाम तथा थाइल्याण्डको एक साताब्यापी औपचारिक विदेश भ्रमणमा निस्कनु भएको छ । सम्राट आकिहितो तथा साम्राज्ञी मिचिको टोक्योको हानेदा विमानस्थलबाट आज बिहान उक्त दुबै मुलुकका लागि प्रस्थान गर्नु भएको र उहाँहरु पहिले भियतनामको राजधानी हानोई पुग्नु हुनेछ । हाल जापान र भियतनामबीच दौत्य सम्बन्ध राम्ररी फस्टाउँदै गै रहेको र यस अवस्थामा जापानी सम्राट दम्पतिको भ्रमणले थप सौहाद्र्रता दिलाउने विश्वास गरिएको छ ।
केही बर्ष यता धेरै जापानी कम्पनी र लगानीकर्ताहरुले भियतनाममा उद्योग कल, कारखाना स्थापना गरी सरसामान उत्पादनमा बृहत लगानी गर्दिै आएका छन् । त्यस्तै, जापानमा ब्यावसायिक र उच्च शिक्षा हासील गर्ने विदेशी विद्यार्थी सङ्ख्यामध्ये भियतनामी विद्यार्थीहरुले ठूलो अंश ओगटेका छन् ।

भियतनाम भ्रमणको क्रममा सम्राट दम्पतिले दोश्रो विश्वयुद्धताका रणभूमिमा ज्यान गुमाएका जापानी सेनाका जीवित बिधवा पत्नी तथा उनीहरुका छोरा, छोरी, नाति नातिनालाई भेटघाट गर्नु हुनेछ । दोश्रो विश्वयुद्धको समाप्तिपछि जापानी सेनाका यी परिवार भियतनाम मै बसोबास गर्दै आइ रहेका छन् । दोश्रो विश्वयुद्धको अन्त्य भएको केही बर्ष पश्चात् भियतनाममा शुरु भएको आन्तरिक राजनीतिक गडबडी र द्वन्दले मुलुकको उत्तरी खण्ड सन् १९५४ मा बामपन्थीहरुको नियन्त्रणमा रहन गयो ।

उत्तर भियतनामलाई नियन्त्रणमा लिने बामपन्थी सरकारले त्यहाँ रहेका जापानी सेना तथा परिवारलाई या त जापान फर्क या त मुलुक छोड भन्ने दबाब दिन थाले । बामपन्थी सरकारको दबाबमा परी सबै जापानी सेना र परिवार दक्षिणतिर बसाइ सरे, परिवारसहित बस्दै आएको भियतनामलाई त्याग्न उनीहरुको मन मानेन । यस प्रकार थुप्रै सङ्ख्यामा जापानीहरु भियतनाममा बसोबास गर्दै आइ रहेका छन् ।

भ्रमणको दोश्रो चरणमा सम्राट दम्पति थाईल्याण्डको राजधानी बैंकक पुग्नु हुनेछ । त्यहाँ उहाँहरुले थाईल्याण्डका स्वर्गीय सम्राट भूमिबल अदुल्यादेजलाई हार्दिक श्रद्धान्जली अर्पण गर्नु हुनेछ । थाईल्याण्डका सम्राट अदुल्यादेज गत बर्षको अक्टोबर महिनामा स्वर्गारोहण हुनु भएको थियो । आफू र सामाज्ञी मिचिकोले थाईल्याण्डका सम्राट अदुल्यादेजसँग विगतका पचास बर्ष भन्दा बढीसम्म सुमधुर र घनिष्ठ सम्बन्धको आनन्द लिएको जापानी सम्राट आकिहितोले बताउनु भयो । रासस ÷एपी



मिर्गौलापीडित रानालाई उपचारमा समस्या
पाल्पा,  फागुन १७ गते । आठ महिनाको बालक काखमा च्यापेर दुवै मिर्गौलापीडित २६ वर्षीेया खुमीसरा रानाले उपचारमा सहयोग गर्न सबैसँग सहयोगको याचना गर्नुभएको छ । सिलुवा गाविस–४ मनहरी, पाल्पा बस्ने रानालाई दुवै मिर्गाैलाले काम नगरेपछि उपचारमा समस्या परेको छ ।

मिर्गौला प्रत्यारोपण गर्नका लागि ठूलो रकम लाग्ने अस्पतालले बताएपछि उहाँलाई उपचारमा समस्या परेको हो । मिर्गौलापीडित राना र उहाँका श्रीमान् रामपुर नगरपालिका–७ मा सञ्चालित कालिका चाउचाउ उद्योगमा मजदुरी गर्दै आउनुभएको छ ।

डेढ महिनादेखि मिर्गौला रोगको उपचार गराइरहनुभएकी रानालाई अस्पतालले रु १० लाख जति रकम लाग्ने बताएपछि उहाँको परिवार चिन्तामा रहेको छ । बुटवलको गौतम बुद्ध र काठमाडौँको किस्ट अस्पतालमा उपचार गर्दा अहिलेसम्म रु दुई लाख रकम खर्च भइसकेको उहाँका भाइ छवि राईले बताउनुभयो । रासस


बाह्र हप्तासम्मको निःशुल्क गर्भपतन सेवा सुरु
सिन्धुली,  फागुन  १७ गते  । सिन्धुली अस्पतालमा १२ हप्तासम्मको निःशुल्क सुरक्षित गर्भपतन सेवा सुरु भएको छ । जथाभावी गर्भपतन गराउँदा महिलाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै अस्पतालमा नै निःशुल्क सुरक्षित गर्भपतन सेवा सुरु भएको हो । पहिला रु ९९९ शुल्क लिएर सुरक्षित गर्भपतन सेवा दिँदै आएको अस्पतालले फागुन १ बाट सिन्धुली अस्पतालमा निःशुल्क सुरक्षित गर्भपतन सेवा सुरु गरेको जनाएको छ ।

गर्भको अवस्था पहिचान नगरी जथाभावी औषधि प्रयोग गर्ने तथा प्राइभेट क्लिनिकमा अदक्ष चिकित्सकबाट जथाभावी गर्भपतन गराएमा महिलाको स्वास्थ्यमा गम्भीर असर पर्ने निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन डा सुमित्रा गौतमले जानकारी दिनुभयो । सिन्धुली अस्पतालमा यसअघि रु ९९९ शुल्क लिएर सुरक्षित गर्भपतन सेवा सञ्चालन गरे पनि दक्ष चिकित्सकको अभावमा प्रभाकारी रुपमा सञ्चालन हुन सकेको थिएन ।

गत वर्षबाट शुल्कमा सुरक्षित गर्भपतन सेवा सञ्चालन भएपश्चात् १४९ जनाले सो सेवा लिएका थिए । यस वर्षको माघ मसान्तसम्म करिब १५० जनाले सेवा लिएका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन गौतमले जानकारी दिनुभयो ।

निःशुल्क सेवा सुरु भएपछि दैनिक दुईदेखि तीनजना सेवा लिन आउने गरेको गौतमले बताउनुभयोे । उहाँले निःशुल्क र दक्ष डाक्टरबाट सुरक्षित गर्भपतन सेवा सिन्धुली अस्पतालमा सुरु भएकाले सेवा लिन आउन १२ हप्तासम्मका गर्भ भएका तर सन्तानका चाहना नभएका दम्पतीलाई आग्रह गर्नुभयो । सिन्धुली अस्पताल ५० श्ययाको भएपश्चात् आधुनिक ल्याब, एक्स–रे मेसिनद्वारा सेवा दिइरहेको निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन गौतमले बताउनुभयो । रासस




काठमाडौं, फागुन १७ गते । बिहीबारका लागि तय भएको व्यवस्थापिका संसदको बैठक दश दिन पछि सरेको छ ।
संसद सचिवालयले मंगलबार नै १९ गते बिहीबारको संसद बैठक २७ गतेका लागि सारेको जनाएको छ । सभामुख ओनसरी घर्ती मगर पनि बाहिर भएको तथा केही गृहकार्य गर्नु पर्ने भन्दै संसद बैठक सारिएको हो ।-अनलाइनखबर



विराटनगर, फागुन १७ गते। विराटनगर स्थित बैंक र वित्तिय संस्थाहरुको आयोजनामा २०७३ फाल्गुन १७ गतेदेखि ५ दिवसिय सिद्धमहायोग उद्योग संगठन मोरंगको हलमा आरम्भ भयो । जगत गुरु श्री रामानन्दाचार्य सेवा पिठ, वराहक्षेत्र, चतराधामका पिठाधिश एवं संरक्षक श्री १००८ श्री श्री डा.कृष्णदास महाराजले पानसमा प्रज्वलन गरी शिविरको उद्घाटन गर्नु भयो ।

विराटनगरमा रहेको कमर्सियल बैंकहरु, विकास बैंक, फाईनान्स कम्पनी र नेपाल राष्ट्र बैंकको गरी ३० बैंकका १०७ जना सहभागी छन् । उद्घाटन कार्यक्रममा रामानन्दाचार्य सेवा पिठका उपाध्यक्ष राजेन्द्र राउत, गोविन्द बाबु तिवारी र सदस्य श्याम पौड्यालको उपस्थिति रहेको थियो । उद्घाटन पश्चात सिद्धमहायोगी डा.कृष्णदास महाराजले शरीरलाई स्वास्थ्य राख्न र मानसिक तानवबाट मुक्त राखी शरिरलाई स्फूर्त र आनन्दीत मन बनाउन यो ५ दिने सिद्धमहायोगको शिविर बैकर्सहरुको लागि सार्थक हुनेछ र आफ्नो कार्य क्षमता बढाउन र उर्जाशिल व्यक्तित्व निर्माणको लागि फलदायी हुने कुरा बताउनु भयो । कार्यक्रममा सिद्धमहायोगी डा.कृष्णदास महाराजको परिचय र कार्यक्रमको उपादेयताका विषयमा श्री रामानन्दाचार्य सेवा पिठका उपाध्यक्ष श्री गोविन्द बाबु तिवारीले प्रकाश पार्नु भयो । नेपाल राष्ट्र बैंक विराटनगरका उप–निर्देशक श्री रामशरण खरेलले स्वागत मन्तव्य र श्रीमती सुधा पौडेलले गुरुवन्दाना गित गाउनु भएको उक्त कार्यक्रम २०७३ फाल्गुन १७ गतेदेखि २१ गतेसम्म प्रत्येक दिन विहान ६ बजेदेखि ८ बजेसम्म हुनेछ ।


झापाको दशगजा क्षेत्रमा सीमास्तम्भ निरिक्षण
भद्रपुर,  फागुन  १७ गते  । नेपाल–भारत दशगजा क्षेत्रको झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीको नेतृत्वको समूहले सोमबार निरीक्षण एवम् अवलोकन ग¥यो । सो समूहमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्री, सीमा सुरक्षा कार्यालय, भद्रपुरका सशस्त्र प्रहरी उपरीक्षक आनन्द नेम्वाङ, राष्ट्रिय अनुसन्धान कार्यालय, भद्रपुरका उपनिर्देशक कृष्ण खनाल, नापी विभागका प्रमुख नापी अधिकृत सुशील डङ्गोल सहभागी हुनुन्थ्यो ।

निरीक्षणमा सहभागीले भद्रपुरस्थित १०१ नम्बरदेखि गौरीगन्जको १५१ नम्बरसम्मको सीमा स्तम्भ निरीक्षण अवलोकन गरी त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी लिएका थिए । नेपाल–भारत सीमा सर्भेक्षण कार्यक्रमअन्तर्गत सुनसरी, मोरङ र झापा जिल्लामा रहेका सीमा स्तम्भको मर्मत, हराएका स्तम्भको निर्माण तथा दशगजा क्षेत्रको अतिक्रमणसम्बन्धी विवरण सङ्कलन गर्ने कार्य विगत दुई वर्षदेखि सञ्चालन हुँदै आएको छ ।

सोही कार्यक्रमको निरन्तरतास्वरुप बाँकी रहेका सीमा स्तम्भको मर्मत तथा निर्माण गर्ने कार्य यस वर्ष पनि सुरुवात भइसकेको छ । यसका लागि झापाको विर्तामोडमा गएको पुस ७ गते नेपाल–भारत सीमा सर्भेक्षणसम्बन्धी गठित फिल्ड सर्भे टिम (एफएसटी)को संयुक्त बैठक बसेको थियो ।

बैठकमा भारतका तर्फबाट सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा डिस्ट्रिक्ट मजिस्ट्रेटले नेतृत्व गर्नुभएको उक्त संयुक्त बैठकमा नेपालका तर्फबाट झापा, मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, जिल्ला वन कार्यालयका प्रमुख, नापी कार्यालय तथा भवन डिभिजन कार्यालयका प्रमुखको उपस्थिति थियो भने भारतका तर्फबाट किसनगन्ज, अररिया र सुपौल जिल्लाका डिस्ट्रिक्ट मजिस्ट्रेट, सुरक्षा निकाय तथा वन कार्यालयका प्रमुखको उपस्थिति थियो ।

सोही बैठकको निर्णयबमोजिम हाल सीमा सर्भेक्षणका कार्य भइरहेको कुरा नापी विभागका प्रमुख नापी अधिकृत सुशील डङ्गोलले बताउनुभयो । नेपाल–भारत सीमा सर्भेक्षणको सन्दर्भमा हालसम्म ६२ वटा हराएका स्तम्भको अवस्थितिको पहिचान भएर ४५ वटा नयाँ स्तम्भको निर्माण भइसकेको छ भने अन्य निर्माण हुने क्रम जारी छ ।

नापी विभागको टोलीले सीमा क्षेत्रका जीर्ण अवस्थाका ५५ वटा सीमा स्तम्भको मर्मत कार्य पनि सम्पन्न गरिसकेको छ भने अन्य नयाँ तथा जीर्ण स्तम्भको मर्मत गर्ने कार्य जारी रहेको नापी विभागका प्रमुख नापी अधिकृत डङ्गोलले बताउनुभयो ।

यसैगरी, सीमा क्षेत्र अवलोकन एवम् निरीक्षणको क्रममा झापाका प्रमुख जिल्ला अधिकारी खत्रीले सीमा क्षेत्रमा रहेका केचना प्रहरी चौकीका प्रमुख र इलाका प्रहरी कार्यालय, गौरीगन्जका प्रमुखलाई निर्देशन दिँदै सीमा क्षेत्रमा हुने गतिविधिका बारेमा विस्तृत जानकारी लिनुभएको थियो ।

साथै, निरीक्षण एवम् अवलोकन पछि नापी विभागका प्रमुख नापी अधिकृत डङ्गोलले नेपाल–भारतको दशजगा क्षेत्रमा भारतीय पक्षबाट भएको सीमा क्षेत्रको अतिक्रमणको नक्साङ्कन भइसकेको छ र यसबाट कति क्षेत्रफल अतिक्रमण भएको छ त्यसको विवरण केही समयपछि जानकारी दिने बताउनुभयो । रासस



सकेट बम निष्क्र्रिय
राजविराज, फागुन १७ गते । सप्तरीको राजविराज नगरपालिकास्थित राजदेवी टोलमा आज बिहान फेला परेको सकेट बम निष्क्रिय पारिएको छ । राजविराज नगरपालिका–९ स्थित पिस जोन बोर्डिङ स्कुलका छेउमा राखिएको फोहरमा प्लास्टिकले बेरिएको अवस्थामा बम फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
राजविराजस्थित कृष्ण गणबाट नेपाली सेना, जिल्ला प्रहरी कार्यालयबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले बम निष्क्रिय पारेको प्रहरी उपरीक्षक दिवेश लोहनीले बताउनुभयो । बम फेला परेका ठाउँमा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीको पर्चासमेत फेला परेको बताइएको छ । रासस

रु ५० हजारको सूचना पुरस्कार स्थापना ।।

मोरङ, फागुन  १५ गते।  नेपाल पत्रकार महासंघ मोरङअन्तर्गत रहने गरी षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार स्थापना भएको छ । प्रत्येक वर्ष नेपाल पत्रकार महासंघको स्थापना दिवस चैत १६ गते प्रदान गरिने पुरस्कारको राशी ५० हजार रुपैयाँ रहेको छ । विराटनगर–१५ का केदारबहादुर बस्नेतले श्रीमती षष्टिका बस्नेतको स्मृतिमा नेपाल पत्रकार महासंघमार्फत आइतबार पुरस्कारका लागि आवश्यक रकम हस्तान्तरण गर्नुभएको छ ।


विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै दाता केदार बहादुुर बस्नेतले सूचनाको अधिकार कार्यान्वयनका लागि सहयोग पुग्ने उद्देश्यले रकम हस्तान्तरण गरिएको बताउनु भयो । ‘सूचनाको हक कार्यान्वयन भए भ्रष्टाचार हट्छ र देश समृद्धितिर जान्छ,’ बस्नेतले भन्नुभयो, ‘जतिसुकै उत्कृष्ट व्यवस्था भएपनि सुचनाको हक कार्यान्वयन भएन भने मुलुकमा भ्रष्टाचार भइरहन्छ, त्यही कुरालाई रोक्न एउटा सहयोग होस् भन्ने उद्देश्यले सूचनाको अधिकार पुरस्कार स्थापना गरेको हो ।’

उक्त पुरस्कारका लागि ७ लाख रुपैयाँको अक्षयकोष जम्मा गरिएको छ । बस्नेतले सो बराबरको रकमको चेक नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेललाई हस्तान्तरण गर्नुभयो । चेक हस्तान्तरण कार्यक्रममा बोल्दै सूचना अभियन्ता निर्मल तामाङले पुरस्कारले सूचनाको अधिकारको क्षेत्रमा काम गर्ने जो कोहीलाई हौसला र प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

आगामी चैत १६ गते वितरण गरिने पुरस्कारका लागि भने बस्नेतले अतिरिक्त रकम दिने प्रतिबद्धता जनाउनु भयो । विराटनगरको सिर्जना फाइनान्समा राखिएको अक्षयकोषको प्रतिवर्ष ११ प्रतिशत व्याज दिनेगरी ५ वर्षको सम्झौतासमेत गरेको महासंघ मोरङका सचिव अर्जुन आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।-पुर्बेलीन्युज

  




काठमाडौं ,फागुन १५ गते । केही दिन अघि चुक्ता पुँजीको विषयमा बाहिरियाहरुले अनावश्यक रुपमा तर्क गरिरहेको बताउँदै आएका राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले बैंककै प्रांगणमा पुर्व गभर्नर डा. युवराज खतिवडालाई उत्तर दिने मौका त पाए । तर, नेपालको तर्फबाट आएको तर्कमा न त खतिवडा सन्तुष्ट देखिए न त पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे नै ।
‘हुनत : वहा (नेपाल) ले घुमाउरो ढंगले बिभिन्न कुरा राख्नु भयो, तर बुझ्नुपर्ने कुरा के हो भने अनुपयुक्त मान्छे राख्ने अनि परिणाम राम्रो खोजेर हुन्छ,’ पाण्डेले प्रतिप्रश्न गरे । नेपाल राष्ट्र बैंक कर्मचारी संघको ७ औं महाधिवेशनको शुरुसँगै राष्ट्र बैंकमा आयोजना भएको कार्यक्रममा पाण्डेले यस्तो प्रश्न गरेका हुन् । उनले अहिले बैंकिङ क्षेत्र कति राम्रो भएको छ भन्ने कुरा कार्यान्वयनबाट देखिसकिएको बताउँदै आफुले भने सदैव व्यक्ति बिशेषभन्दा पनि कार्य क्षमताको आधारमा व्यक्ति नियुक्ति गर्ने गरेको दाबी गरे ।

राष्ट्र बैंकले चुक्ता पुँजी वृद्धिको निर्णय गर्दा प्रभाव अध्ययन नगरेकोले अब अर्थतन्त्र अनावश्यक दिशामा नजान अध्ययन हुनुपर्ने बताए । पाण्डे अर्थमन्त्री हुँदा गभर्नरमा नियुक्त भएका खतिवडाले पनि चुक्ता पुँजी वृद्धिको निर्णयले हाल बैंकहरुमा कर्जा योग्य पुँजी अभावको समस्या आएको दाबी गरे ।

‘मलाई पनि बैंकको चुक्ता पुँजी १५ अर्ब पुर्याउनु पर्यो भन्दै एक मन्त्रीले भनेका थिए, बैंकहरुले चुक्ता पुँजी २ अर्व पुर्याउँनसमेत ५ वर्ष लागाएका थिए, अहिले कहाबाट पैसा आएको छ स्पष्ट छ, एउटा खल्तिबाट अर्को खल्तिमा गएको पैसाले अर्थतन्त्रलाई कुनै फाइदा गर्दैन्,’ पुर्व गभर्नर खतिवडाले भने ।

बैंकहरुले चुक्ता पुँजी वृद्धिको कारण संस्थागत संरचनात्मक समस्या आउने उनको भनाई छ । उनले अबको तीन वर्षमा यसको प्रभाव बैंकहरुको खराब कर्जा अनुपात (एनपिएल)ले देखाउँने उल्लेख गरे ।
‘अर्को तीन वर्षमा एनपिएल कति हुन्छ ? अहिले त हामी बैंकको नाफा ५० प्रतिशतले बढेको छ, खराब कर्जा घटेको छ भनेर दंग छौं, तर बुझ्नु पर्छ हामी मोटाएका हौ कि सुन्निएका ?,’ खतिवडाले भने ।
एमाले कर्मचारी संगठनको कार्यक्रममा खतिवडापछि वक्ताको रुपमा बोल्ने अवसर पाएका गभर्नर डा. नेपालले पनि चुक्ता पुँजी वृद्धिको उपदेयिता पुष्टि गर्ने हरसम्भव प्रयास भने गरे । ‘६ खर्बको कुल गार्हस्थ उपादन (जीडीपी) हुँदा २ अर्बको चुक्ता पु्ँजी भएको बैंक सही थियो होला तर अहिले २४ खर्बको जीडिपी हुँदा चुक्ता पुँजी २ अर्बले पुग्ने अवस्था थिएन, यी संस्था २/४ करोड रुपैयाँ समस्या पर्र्दैमा ढल्ने अवस्थामा पुग्थे,’ नेपालले आवश्यकता पुष्टि गर्ने प्रयास गरे ।

चुक्ता पुँजी वृद्धिको निर्णयलाई अन्य अर्थविदहरुले सकारात्मक भन्दै आएका छन् । तर राष्ट्र बैंकले पुँजी वृद्धिको लागि मर्जर हुनुपर्ने आफ्नो आडान छाडेको कारण समस्या आएको धेरैमो बुझाई छ । हकप्रद र एफपीओको कारण बैंकबाटै कर्जा लिने र बैंकमा नै लगानी गर्ने परिपाटी मौलाएपछि चुक्ता पुँजी वृद्धिको निर्देशन नै सहि थियो वा थिएन भन्ने विवाद फेरी पनि उठ्न थालेको छ ।

गभर्नर नेपालले पु्रानै कुरा दोहोर्याउदै बैंकहरुले गत एक वर्षमा ९ अर्बको हकप्रद जारी गरेको तथ्यांक प्रस्तुत गरे । जबकी चुक्ता पुँजी वृद्धि निर्देशन आएपछि नै २० अर्ब बढिको हकप्रद र एफपीओ निष्कासन भएको छ । हाल बैंक तथा वित्तीय संस्था थप १६ अर्ब रुपैयाँको हकप्रद र एफपीओ जारी गर्न धितोपत्र बोर्डमा अनुमति लिने प्रक्रियामा रहेको छ ।

गभर्नर नेपालले अहिले अर्थतन्त्र राम्रोसँग बढेको कारण आर्थिक क्रियाकलाप बढेको र ६.५ आर्थिक वृद्धिको लक्ष्य हासिल हुने अवस्था बनेको समेत बताए । यता, पुर्व गभर्नर खतिवडाले अहिले समसया समाधानको लागि सेफ ल्याण्डिङ सोच्नै पर्ने बताए ।-अनलाइनखबर



काठमाडौं,फागुन १५ गते । नेपाली सेनाको अस्पतालमा अब सर्वसाधारणको पनि उपचार गर्न पाउने भएका छन् ।अब छाउनीस्थित नेपाली सेनाको वीरेन्द्र अस्पतालमा दिउँसो साढे ३ देखि ५ बजेसम्म गैह्रसैनिक व्यक्तिहरुलाई ओपीडी सेवा लिन सक्नेछन् ।
स्वास्थ्य मन्त्रालय तथा सेनाको मेडिकल कोरको आवश्यक समन्वयमा आइतबारबाट यो सेवा सुरु भएको हो । यसले नागरिक सैनिक सम्बन्ध थप सुदृढ हुने विश्वास रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
छिट्टै गौरमा नेपाली सेनाको मोवाइल अस्पताल प्रयोग गरी स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।-अनलाइनखबर




काठमाडौं,फागुन १५ गते । महोत्तरी लक्ष्मीनियाका सन्दिलिपकुमार महतो २ वर्ष अघि साउदी गए । विदेश जाँदा ऋण तिर्ने र थोरै कमाउने अभिलाषा भएपनि उनी फर्किँदा भने उनीसँग काठमाडौंमा घँडेरी सपना पुरा भयो । उनले कल्पना नै नगरेको ‘काठमाडौं मै घँडेरी’ आज यथार्थ बनेको छ, कारण- सिटी एक्सप्रेस मनी ट्रान्सफर ।

मलेसियामा ३ वर्ष बसेर फर्किएपछि सन्दिलिप साउदीमा गएका थिए । घरको कमजोर आर्थिक अवस्था सुधार्न र भाइहरुको पढाइ अघि बढाउन उनले विदेशको बाटो रोजे ।

अहिले उनी मख्ख छन्, उनले साउदीमा रहँदा घरमा पठाएको ५६ हजारको काारण उनी अहिले काठमाडौंमा घँडेरी मालिक भए । उनले सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट पठाएको ५६ हजारबाट अहिले लाखौं मूल्यको जग्गाको मालिक बनेका हुन् । काठमाडौं उपत्यकाको ललितपुरमा ४ आना घँडेरी जितेका छन् ।

‘मैले त सपनामा पनि सोचेको थिइनँ । एउटा चमत्कार नै भएको जस्तो लागेको छ’ उनले भने,’५६ हजार रुपैयाँ पठाउँदा २० लाखभन्दा बढीको जग्गा पाइयो ।’ काठमाडौंमा आइतबार एक कार्यक्रम गरी सन्दलिपलाई जग्गा हस्तान्तरण गरिएको छ । कार्यक्रममा बोल्दै उनले आफ्नो खुसीको सीमा नै नरहेको बताए ।

अनलाइनखबरसँग प्रतिक्रिया दिँदै उनले भने, ‘बुवा ममी बुढो भइसक्नु भयो । अब विदेश जाँदिनँ भनेर फर्किएको छु । मलाई यो घडेरी पाएपछि स्वदेशमै केही गर्छु भन्ने आत्मविश्वास बढेको छ ।’

उनी अब केही ब्यपार ब्यवसाय गरेर अघि बढ्ने सोच बनाएको बताउँछन् । ‘यही जग्गालाई सदुपयोग गरेर म केही काम गर्छु’ उनले भने ।

कार्यक्रममा सिटी मनी एक्प्रेशका अध्यक्ष हेम गुरुङले सामाजिक काममा आफ्नो संस्था प्रतिवद्ध रहेको बताए । उनले सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै सिटी एक्सप्रेस अघि बढेको बताउँदै सहज, विश्वसनीय र गुणस्तरी सेवालाई मूल मर्म बनाएर काम गर्ने बताए ।

कार्यक्रममा सिटी एक्सप्रेसका प्रवन्ध निर्देशक चन्द्र टण्डनले सिटी एक्सप्रेसले समाजप्रतिको आफ्नो भूमिका निभाउन कुनै कसर बाँकी नराख्ने भन्दै घँडेरीको योजना पनि यसकै एउटा पाटो भएको बताए ।

‘हाम्रा विदेशमा रहने अधिकांश दाजुभाइ दिदी बहिनी शहरउन्मुख क्षत्रेमा घँडेरी किन्न निकै प्रयास गर्नुहुन्छ । हामीले त्यसैलाई ध्यानमा राखेर काठमाडौंमै घँडेरी दिने गरी यो योजना ल्याएका थियौं । हामी यसमा सफल पनि रह्यौं’ उनले भने ।

कार्यक्रममा साउदीस्थित टेलीमनीका प्रवन्धक निर्देशक अनबर अल मुसकले नेपालमा सहज रुपमा पैसा पठाउन सिटी एक्सप्रेससँग सहकार्य गर्न पाएको गर्ब महशुस भएको बताए । उनले आफ्नो समाजिक उत्तरदायित्व निर्वाह गर्न नचुक्ने कम्पनीसँग आफ्नो संस्थाले गरेको सहकार्यले नेपालमा रेमिट्यान्सको वृद्धि र सदुपयोगमा मद्दत पुग्ने बताए ।

‘हामी सहकार्यको यो चरणमा छौं कि यसले साउदीमा रहेका नेपालीलाई धेरै लाभ दिन सकेको छ । हामी अझ योजनाबद्ध ढंगले अघि बढ्न चाहरिहेका छौं’ उनले भने ।

सिटी एक्सप्रेसका ब्राण्ड एम्बेसडर सिताराम कट्टेल (धुर्मुस) ले गिरान्चौरको बस्ती निर्माणमा ठूलो रकम सहयोग गरेर सिटी एक्सप्रेसले आफ्नो उत्तरदायित्व निर्वाह गरेको भन्दै प्रंशसा गरे । उनले आगामी दिन पनि संस्थाले समाजको विकास र रुपान्तरणमा ठूलो योदान दिन सक्ने बताए ।

कार्यक्रममा टेलिमनीमार्फत नेपालमा आएको पैसा भुक्तानीमा उत्कृष्ट ठहरिएका २५ सिटी एक्सप्रेसका रेमिट्यान्स एजेन्ट कम्पनीलाई सम्मान पनि गरिएको छ ।-अनलाइनखबर

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

बाजुरा,  फागुन १५ गते  । नवौँ राष्ट्रपति रनिङ प्रतियोगिता आजदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन नेकपा (एमाले) वैकल्पिक केन्द्रीय सदस्य तथा पूर्वउद्योगमन्त्री कर्णबहादुर थापाले गर्नुभएको हो । जिल्ला खेलकुद विकास समिति कार्यालय बाजुराको आयोजनामा भएको उक्त प्रतियोगिता जिल्लाको आटिचौर गाविसको दशरथ माविको खेलमैदानमा सञ्चालन गरिएको छ । प्रतियोगितामा जिल्लाका ६४ विद्यालयमध्ये २६ वटा मात्र सहभागी भएको जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष हिरेन्द्र रोकायाले बताउनुभयोे ।

प्रतियोगितामा १५ खेल खेलाइने छ । प्रतियोगिता यही फागुन १८ गतेसम्म सञ्चालन गरिनेछ । जिल्लाको नमुनाका रुपमा रहेको खेलमैदान जिल्लाका संसद् विकास कोष र निर्वाचन क्षेत्र विकास कोषको लगानीमा निर्माण गरिएको हो ।-पुर्बेलीन्युज


चुनावमा भाग लिन अध्यक्ष ठाकुरको आग्रह
वीरगन्ज,  फागुन  १५ गते । जनतान्त्रिक तराई–मधेस पार्टीका केन्द्रीय अध्यक्ष रामलोचन ठाकुर स्वामीले आगामी वैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनको स्वागत गर्दै नेपाली जनतालाई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गर्नुभएको छ ।

रासससँग कुरा गर्दै अध्यक्ष ठाकुरले १९ वर्षपछि हुन लागेको स्थानीय निकाय निर्वाचनमा आफ्नो दलले प्रदेश नं २, ३ र ५ का ३४ जिल्लामा उम्मेदवार खडा गर्ने जानकारी दिनुभयो । नेता ठाकुरले चुनावसँगै संविधान संशोधन प्रक्रिया अगाडि बढाउन सरकारसँग आग्रह गर्नुभयो ।

निर्वाचन आयोगमा दर्ता रहेको सो दलको केन्द्रीय समितिको विस्तारित बैठकपछि चुनावी रणनीति तयार गर्ने अध्यक्ष ठाकुरले बताउनुभयो । उहाँले स्थानीय निकायलाई बलियो तथा सशक्त बनाउन आफ्नो मताधिकारको प्रयोग गर्न मतदातासँग आग्रह गर्दै स्थानीय सरकार बलियो भए मात्र लोकतन्त्रको स्थायित्व र विकास हुने भएकाले यस्तो अवसर नगुमाउन सबै मतदातासँग अनुरोध गर्नुभयो । रासस



अहिले धेरैजसो अभिभावको टाउको दुखाईको विषय बनेको छ, छोराछोरीको मोटोपन । छोराछोरी अस्वभाविक रुपमा मोटाउँदै गएपछि त्यसले अभिभावकलाई पिरोल्ने नै भयो । किनभने यसले उनीहरु भद्दा, असुहाउँदिलो त देखिन्छ नै, रोगी पनि ।


किन हुन्छ मोटोपन ?

बेलायतको शोधकर्ताहरुले निकालेको एक निष्कर्ष यस्तो छ, ‘बच्चा मोटो हुनुमा आमाबुवा जिम्मेवार छन् । किनभने धेरैजसो मोटोपन अनुवंशिक समस्या हो । आमाबुवा मोटो भएपछि उनीहरु स्वत मोटो हुने गरेका छन् ।’ त्यसबाहेक पारीवारिक माहौल पनि यसको कारण बनेको छ ।

–  पछिल्लो समय छिटो छरितो खानाको रुपमा जंकफुडको अधिक प्रयोग हुन थालेको छ ।   बच्चामा  मोटोपन बढाउने यो एउटा प्रमूख कारणमध्ये पर्छ ।

–     अनियन्त्रित भोजनले पनि बच्चामा मोटोपन बढ्दो छ । आफ्ना बालबालिकालाई धेरै ख्वाउँदा स्वास्थ्य हुन्छ भन्ने मानसिकताले अहिलेका अभिभावक धेरै खानेकुरा दिने गर्छन् ।

–     अहिलेका बच्चाहरु शारीरिक खेलकुदमा भन्दा पनि कार्टुन, भिडियो गेम लगायतमा भुलिने गर्छन् । एकै स्थानमा लामो समय निस्त्रिmय बस्न, व्यायम, शारीरिक गतिविधि, श्रम नगर्ने भएकाले पनि मोटोपन बढ्दै गएको छ ।

के हुन्छ असर ?

स्वास्थ्य बच्चा मोटो हुन्छ भन्ने भ्रम छ, जुन सत्य होइन । अस्वभाविक रुपमा बढ्ने मोटोपनले बच्चालाई रोगको दलदलमा फसाउँदै लान्छ ।

मोटोपन आफैमा समस्या हो । यसले शरीर भद्दा हुन्छ । असुहाउदिलो हुन्छ । हिँड्न, डुल्न, खेल्न सबैमा छरितो हुँदैन । मोटोपनकै कारण बच्चाहरु कालन्तरमा मधुमेहको सिकार हुन सक्छन् । उनीहरु उच्च रक्तचाप र अर्थराइटिस जस्ता रोगको जोखिममा हुन्छन् ।

कसरी नियन्त्रण गर्ने मोटोपन ?

मोटोपन नियन्त्रण गर्नका लागि बालबालिकाको जीवनशैलीमा परिवर्तन ल्याउनुपर्छ । उनीहरुको खानपान, आनीबानी बदलेर यसलाई नियन्त्रण गर्न सकिन्छ ।

–     खानपानको मामलामा आमाबुवा बच्चाको रोल मोडल बन्नुपर्छ ।

–     टेलिभिजन हेर्दै, गेम खेल्दै खाने बानी छुटाउनु पर्छ ।

–     मोवाइल, कम्युटर, टिभीमा धेरै समय व्यातित गर्न दिनु हुँदैन ।

–     उनीहरुलाई इनडोर गेमभन्दा वाहिरी खेलकुदमा प्रेरित गर्नुपर्छ । खुला रुपमा उफ्रिन, दौडिन दिनुपर्छ ।

–     उनीहरुलाई थोरै थोरै खाना धेरै पटक दिनुपर्छ । भोक लागेपछि धेरै खानेकुरा खाने बानीले पनि मोटोपन बढ्छ ।

–     भोक लाग्नुअघि खानेकुरा दिएपछि बच्चाहरु जंकफुडमा लोभिदैनन् । उनीहरुको ध्यान खानेकुरामा जादैन । त्यसैले उनीहरुलाई भोको राख्नु हुँदैन ।

–     फलफूल, सागसब्जी खाने बानी गराउनु पर्छ । यसले पनि क्रमस जंकफूडको लत छुट्छ ।

–     कोल्ड डि्रंकको साटो पानी पिउन दिनुपर्छ । धेरै गुलियो खानेकुराको लत छुटाउनुपर्छ ।

–     राती धेरैबेर बस्न दिनुहुँदैन । छिटै सुताउने र विहान छिटै उठाउने गर्नुपर्छ । पर्याप्त निन्द्रा पुग्नुपर्छ ।
-अनलाइनखबर



घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा स्वान्सी सिटीमाथि ३-१ को जित हासिल गर्दै चेल्सीले इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा ११ अंकको अग्रता बनाएको छ ।


यद्यपी चेल्सीले १ खेल बढी खेलेको छ । २६ खेलबाट चेल्सीको ६३ अंक भएको छ भने एक खेल कम खेलेको सिटीको ५२ अंक छ ।

आफ्नो ३ सयौं प्रिमियर लिग खेलमा शेष फेबि्रगासले गोल गर्दै चेल्सीलाई अग्रता लिएका थिएका थिए । पहिलो हाफको अन्त्यतिर लारेन्टेको गोलमा स्वान्सीले खेलमा र्फकने प्रयास गरेपनि दोस्रो हाफमा चेल्सी हावी भयो ।

उसका लागि ७२औं मिनेटमा पेड्रो र ८४औं मिनेटमा डिएगो कोष्टाले गोल गरे ।-अनलाइनखबर



क्रिकेट खेलको खुवी यही हो कि एकै खेलले कसैलाई सुपरस्टार बनाइदिन सक्छ । मात्र तपाईंले त्यस प्रतिस्पर्धामा यस्तो प्रभाव छोड्नुपर्छ कि जस्तो पुणे टेष्टमा भारतीय टिमलाई ध्वस्त पार्न अष्ट्रेलियाको तर्फबाट स्टीभ ओकिफको रहृयो ।


पुणे टेष्टको पहिलो पारीमा उनले १३.१ ओभरमा ३५ रन दिएर ६ विकेट चड्काए, दोस्रो पारीमा पनि १५ ओभरमा ३५ रन दिएर ६ विकेट नै लिए । समग्रमा १२ विकेट लिए ।

अहिलेसम्म पाँच टेष्टको करिअरमा ओकिफले यसअघिका चार टेष्टमा १४ विकेट लिएका थिए । पुणे टेष्टमा उनले १२ विकेट लिए ।

कारण यही हो कि ३२ बर्षीय बायाँहाते लेग स्पिनरको नाम शायदै कसैले सुनेका थिए । यहाँसम्म कि भारत भ्रमणका लागि उनलाई टिममा चयन गर्दा सेर्न वार्न जस्ता महान खेलाडीले बिरोध गरेका थिए ।

उनको बलिङमा पनि कुनै उल्लेख्य कुरा देखिएको थिएन । पुणेभन्दा पहिला उनले चार टेष्ट खेल्ने मौका पाएका थिए जुन अलग अलग म्याच थियो ।

दुवईमा, सिड्नीमा, पलेकल र अर्को सिड्नीमै । यस्तोमा स्टीभ ओकिफको लागि यो सिरिज अन्तिम मौका थियो र यस अवसर उनले हातबाट उम्कन दिएनन् ।

श्रीलंकाबिरुद्धको सिरिजका क्रममा गत बर्ष उनलाई सिरिजको बीचैमा टिमबाट निकालेर घर फर्काइएको थियो । उनी यति धेरै निराश थिए कि सिड्नीको एक होटलमा रक्सीको मातमा अभद्र व्यवहार गरेको आरोपमा क्रिकेट अष्ट्रेलियाले उनलाई जरिवानासमेत तिराएको थियो ।

तर पुणे टेष्ट उनको करिअरकै टर्निङ प्वाइन्ट बन्यो । उनले जुन अन्दाजमा भारतीय ब्याट्सम्यानलाई आउट गरे, त्यसमा भारतकै पूर्व क्रिकेटर श्रीधरन श्रीरामको भूमिका पनि अहम् थियो ।

दोस्रो दिनको लञ्चको समयमा श्रीरामको टिप्सपछि पनि ओकिफलाई रोक्ने उपाय भारतीय ब्याट्सम्यानले फुराउन सकेनन् ।

स्टीभ ओकिफ यस्ता क्रिकेटर हुन जसको जन्म मलेसियामा भएको थियो । उनका पिता रोयल अष्ट्रेलियन एयर फोर्समा थिए र मलेसियामा तैनाथ रहेका बेला उनको जन्म भएको थियो । उनकी आमा नर्स हुन् ।

सानैदेखि उनको लगाव क्रिकेटमा थियो, तर जुनियर क्रिकेटरको रुपमा उनको पहिचान मिडियम फाष्ट बलरको रुपमा थियो ।

१५ बर्षको उमेरपछि उनले आफ्ना प्रशिक्षकको सल्लाहमा स्पिन बलिङतर्फ ध्यान दिए । प्रशिक्षकका अनुसार उनको दिमाग तीव्र बलरको जस्तो थियो तर, शरीर भने स्पिनरको ।

१८ बर्षको उमेरमा ओकिफले न्यू साउथ वेल्सको बलियो टिममा स्थान बनाए । अष्ट्रेलियाको घरेलु क्रिकेटमा उनको पहिचान औसत बलरको रुपमा बनेको थियो । तर, अष्ट्रेलियाको राष्ट्रिय टोलीमा स्थान बनाउनका लागि उनले १० बर्षसम्म मेहनत गरे ।

पहिलो पटक उनलाई सन् २०१४ मा पाकिस्तानबिरुद्धको टेष्टमा मौका मिल्यो । उनलाई अष्ट्रेलियाको तर्फबाट टेष्ट क्याप अष्ट्रेलियाकै पूर्व क्रिकेटर डिन जोन्सले दिएका थिए ।

डिन जोन्स, ओफिकका बच्चैदेखिका रोलमोडल हुन् । चाहे क्रिकेटमा होस या टिसर्ट लगाउने तरिका । ओकिफ जोन्सको फलो गर्छन् ।

पुणे टेष्टमा ओफिकले जसरी १२ विकेट लिए, डिन जोन्सले पनि ट्वीट गर्दै उनलाई बधाई दिए ।-अनलाइनखबर

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता चैत १० मा

 म्याग्दी सदरमुकाम बेनीमा आगामी चैतमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । म्याग्दीका युवाको नेतृत्वमा काठमाडौँमा स्थापित गंगटा युथ क्लबको आयोजनामा चैत १० देखि १२ गतेसम्म बेनीमा चौथो खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो ।
राष्ट्रियस्तरका व्यावसायिक र विभागीय टोलीका खेलाडीसमेत सहभागी हुने प्रतियोगिताको तयारी तीव्र पारिएको क्लबले बेनीमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । क्लब स्थापनासँगै काठमाडौँमा निरन्तर रुपमा आयोजना गर्दै आएको प्रतियोगितालाई यसपटक म्याग्दीमा आयोजना गरिएको क्लबका अध्यक्ष रमेश पुनले बताउनुभयो ।

प्रतियोगितामा राष्ट्रियस्तरका पाँच र स्थानीय एक गरी ६ इभेन्टमा खेल खेलाइनेछ । बेनीस्थित कबर्डहलमा हुने प्रतियोगितामा देशभरका करिब ३०० खेलाडीले सहभागिता जनाउने अध्यक्ष पुनले जानकारी दिनुभयो ।

प्रतियोगिताअन्तर्गत मेन्स डबल इभेन्टमा विजयी हुनेलाई सर्वाधिक पुरस्कार राशि रु एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ । त्यस्तै द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद रु ५० हजार र रु २५ हजार पुरस्कार प्रदान गरिने क्लबका उपाध्यक्ष योगेन्द्र गुरुङले बताउनुभयो ।

प्रतियोगिताअन्तर्गत मेन्स सिङ्गल इभेन्टमा प्रथमलाई रु ६० हजार, द्वितीयलाई रु ३० हजार र तृतीयलाई रु पाँच हजार तथा उमेन्स सिङ्गल, भेटरान्स डबल र १७ वर्षमुनिका पुरुषको सिङ्गल इभेन्टमा प्रथमलाई रु ५० हजार, द्वितीयलाई रु २५ हजार र तृतीयलाई रु पाँच हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ । सहभागी हुने खेलाडीलाई खान र बस्नको व्यवस्था निःशुल्क गरिएको प्रतियोगितामा करिब रु १७ लाख खर्च हुने अनुमान गरिएको छ । रासस


भवन आगलागीबाट बङ्गलादेश र भियतनाममा सातजनाको मृत्यु, थुप्रै घाइते
चीनको जियाङ्सी प्रान्तको राजधानी नानचाङमा एक होटलमा शनिबार बिहान आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको चिनियाँ अग्नि नियन्त्रण अधिकारीले जनाएका छन् । स्थानीय समयअनुसार बिहान करिब ८ बजे ‘एचएनए प्लाटिनम मिक्स होटेल’मा भएको आगलागी करिब ९ः४५ बजे नियन्त्रणमा आएको थियो । आगलागीका समयमा करिब १० जना निर्माण मजदुरले होटेलको दोस्रो तलामा काम गरिरहेका थिए ।

अग्नि नियन्त्रण अधिकारीले आगलागीपछि होटेलका भवनको भग्नावशेषबाट सातजनालाई मृत उद्धार गरेका जनाएका छन् । आगलागीबाट घाइते भई अस्पतालमा भर्ना भएका १६ जनामध्ये थप तीनजनाको पनि मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ । चारतले होटल नजिकै रहेको २४ तलाको एक आवासीय भवनमा बसोबास गर्ने २६० जनालाई सुरक्षित स्थलमा सारिएको थियो । घटनामा जिम्मेवार भएको आरोपमा प्रहरीले सातजनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । रासस÷सिन्ह्वा

प्रदेशले मात्र स्थानीय तहको चुनाव गराउँछः अध्यक्ष यादव

विर्तामोड, फागुन  १५ गते । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तोकिएको समयमा स्थानीय तहको चुनाव हुन नसक्ने बताउनुभएको छ । ‘सरकारले पहिला प्रदेशको चुनाव गराउनुपर्छ, प्रदेशले मात्र स्थानीय तहको चुनाव गराउने हो,’ सङ्घीय प्रेस फोरमले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले “प्रदेशले पाएको अधिकार खोसेर सरकार उल्टो दिशातर्फ हिँड्न खोजेको आरोप लगाउनुभयो ।”


अध्यक्ष यादवले सरकारले स्थानीय तहको निर्वाचन जबरजस्ती गर्न खोज्यो भने सङ्घीयता धरापमा पर्ने बताउँदै स्थानीय तहको चुनाव हुन्छ भनेर सरकारले जनतामा भ्रम फैलाएको आरोप लगाउनुभयो ।

प्रधामन्त्री पुष्पकमल दाहालले सरकार गठनका वेला मधेसी मोर्चासँग गरेको तीन बुँदे सहमति कार्यान्वयन नगरेको आरोप लगाउँदै सहमति कार्यान्वयनमा चासो नदेखाइएका कारण सरकारलाई मोर्चाले दिदैं आएको समर्थन फिर्ता लिने प्रक्रिया अघि बढाइने छ भन्नुभयो । रासस



तेह्रथुम,फागुन १५ गते । पुर्बेली न्युज कर्मी प्रकाश पाक्साँवालाई कुरुम्भङ खजुम लिम्बु समाज हङकङ द्धारा नगद ३५ हजार नगद सहित सम्मान गरीएको छ ।ग्रामिण भेगमा रहेर पनि पत्रकारिताको माध्यम द्धारा समाजिक क्षेत्रमा क्रियासिल पत्रकार पाक्सावालई कुरुम्भङ खजुम लिम्बु समाज हङकङ द्धारा नगद ३५ हजार नगद तथा सम्मान पत्रद्धारा सम्मान गरीएको हो । तेह्रथुमको छथर शुक्रवारे बजारमा सावाँ वशं उत्थान केन्द्रिय कार्य समिति छथर हमरजुङको आयोजनामा भएको सम्मान कार्यक्रममा कार्यक्रमका प्रमुख अथिति रेडियो मेन्छ्यायेमका समाचार सम्पादक टिआर सुब्बाले नगद सहित सम्मान पत्र हस्तान्तरण गर्नुभएको छ ।

सम्मान कार्यक्रममा छथर पत्रकार समाजका उदयदिप सुब्बा रत्नदेबी युबा सेवा समाजका अध्यक्ष अनिल आंखेवा कन्चनजंघा अनलाईनका सम्पादक होम पारघारी स्थानीय बुद्धिजिबी शंखरमान खेवा,नेपाल पत्रकार महासंघ तेह्रथुमका पुर्व सचिव आसा तुम्बाहाम्फे, रेडियो मकालु धनकुटाका समाचार सम्पादक बालिका मादेन त्यस्तै बिषेश अतिथीका रेडियो तिनजुरेका उपनिर्देशक कृष्ण बिदुखी गौतम शुभकामना मन्तब्य राख्नु भएको छ । सम्मान कार्यक्रममा बोल्ने बक्ताहरुले गाउँ गाउँमा ग्रामिण भेगमा रहेका समस्याहरुलाई समाचारको माध्यमद्धारा उठाउनुपर्ने बताएका छन् ।

राज्यको आखा नपुगेको स्थानमा समेत पत्रकारहरुले त्यहाको आवाज र आवश्यकतालाई उठान गर्नु पर्ने कार्यक्रमका बक्ताहरुले सुझाव राखेका छन् । कार्यक्रमका बक्ताहरुले पत्रकारीताको माध्यमद्धारा समाजको विकास र समृद्धिका लागि महत्वपुर्ण योगदान पुराउनु सक्ने बताउदै पत्रकार पाक्साँवालाई स्थानिय स्तरका वास्तविक समस्यालाई समाचारको माध्यमद्धारा उठाउन आग्रह समेत गरेका छन् ।

सावाँ वशं उत्थान केन्द्रिय कार्य समिति छथर हमरजुङका अध्यक्ष दिल पाँक्सावाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न संघसस्थाका प्रमुख तथा प्रतिनिधीहरुले शुभकामना मन्तव्य सहित आ अफ्नो भनाई राख्नुभएको थियो । पत्रकार पाक्सावा यस अघि संखुवा सभा घर भई हाल हङकङमा कार्यरत समाजसेवी सरिता द्धारा सम्मान स्वरुप एक थान ल्यापटप, समाजसेवी देव वास्कोटा नगद ३० हजार ,पत्रकार महासंघ द्धारा तेह्रथुम पत्रकारिता पुरस्कार,कुरुम्भङ समाज यु के का ईश्वरमान कुरुम्भङ र सेर बहादुर कुरुम्भङ द्धारा नगद ८ हजार साथै धेरै संघ सस्था तथा व्यक्तिहरु बाट सम्मानित भईसक्नु भएको छ ।

तेह्रथुमको हमरजुङ स्थाई घर भएका पत्रकार पाक्सावा रेडियो मेन्छ्यायेम लगायत रेडियो मकालु धनकुटा,फास्ट टाईम्स दैनिक,पुर्बेेली न्युज अनलाईन,कन्चनजंघा अनलाईन लगायत दर्जन बढि सञ्चार माध्ययममा आबद्ध रहि पत्रकारितामा क्रियासिल रहनुभएको छ ।-पुर्बेलीन्युज


स्ववियु निर्वाचनमा विद्यार्थीको प्रतिवद्धता

भद्रपुर, फागुन  १५ गते । स्ववियुको यही फागुन १८ गते हुने निर्वाचनलाई द्वन्द्वरहित ढङ्गले सम्पन्न गर्न विद्यार्थी सङ्गठनका नेताहरुले सातबुँदे प्रतिबद्धता व्यक्त गरेका छन् । संवाद समूहको सचिवालयको संयोजनमा बिर्तामोडमा भएको छलफलमा विद्यार्थी सङ्गठनका नेताहरुले स्ववियु निर्वाचन शान्तिपूर्ण, मर्यादित र व्यवस्थित बनाउन प्रतिबद्धता व्यक्त गरेका हुन् ।


उनीहरुले स्ववियु निर्वाचनमा आचारसंहिता पूर्ण पालना गर्ने÷गराउने तथा निर्वाचनका सन्दर्भमा गरिने प्रचारप्रसार तडकभडकरहित, कम खर्चिलो र स्वस्थ बनाउन समेत सहमति जनाएका छन् ।

एकले अर्को सङ्गठन तथा अर्को सङ्गठनका विद्यार्थी नेता, कार्यकर्ताको सम्मान तथा सम्बन्धलाई सुमधुर बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनीहरुले क्याम्पसका शिक्षक, प्रिन्सिपल र निर्वाचन समितिलाई निष्पक्ष र पारदर्शी व्यवहार गर्न आग्रह गरेका छन् ।

स्थानीय शान्ति समिति झापाका संयोजक जयबहादुर श्रेष्ठ र संवाद समूह सचिवालयका संयोजक दीपेन्द्र भट्टराईले सहजीकरण गरेको छलफलमा नेविसङ्घका केन्द्रीय सदस्य सन्तोष उप्रेती र झापाका उपसभापति राजेन्द्र उप्रेती, अनेरास्ववियुका झापा अध्यक्ष रोशन सुवेदी र पूर्वअध्यक्ष नवीन ढुङ्गाना, अखिल(क्रान्तिकारी)का केन्द्रीय सदस्य अनिल सुवेदी र खगेन्द्र सुवेदी, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनका केन्द्रीय सदस्य राजु अधिकारी तथा सङ्घीय विद्यार्थी युनियनका केन्द्रीय सदस्य ज्वाला इम्बुङले स्ववियु निर्वाचनका बारेमा आफ्ना धारणासहित प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् । रासस



तस्करमा पेसा छाड्ने लहर
विराटनगर,  फागुन  १५ गते । मोरङ प्रहरीले सीमावर्ती क्ष्ँेत्रमा कडा निगरानी र अपराधीलाई कारबाहीको दायरामा ल्याउन थालेपछि तस्करहरुमा पेसा परिवर्तन गर्ने लहर चलेको छ । विगतमा चोरी, निकासी, पैठारीमा संलग्न तस्करलाई छाडेर सामान मात्र बरामद गर्ने प्रहरीले कडा निगरानी र कारबाही थालेपछि उनीहरु पेसा परिवर्तन गर्न बाध्य भएका हुन् । तस्करहरूले नशाजन्य पदार्थ, इलेक्ट्रोनिक्स एवं दैनिक तथा अन्य प्रतिबन्धित सामग्री आसपासका विभिन्न क्षेत्रबाट तस्करी गर्दै आएका थिए । प्रहरीको कडा निगरानीबीच केही नलागेपछि उनीहरु विभिन्न व्यापार व्यवसायमा लागेका छन् ।

 तस्करी छाडेर सिटी रिक्सा सुरु गरेका विराटनगर– १९ का समशेर आलमले भने, “सामान किनेर ल्याउँदा आफ्नो पनि खुब पैसा लागेको हुन्छ । प्रहरीले माल खोस्छ, अनि कारबाही पनि गर्छ । यस्तो लफडामा किन लाग्नू भनेर रिक्साको काम सुरु गरेंँ । धेरै साथीहरुले वारपारको काम छाडिसके ।“

राजस्व चुहावट तथा लागुऔषध ओसारपसार रोक्नका लागि गस्ती टोलीलाई प्रभावकारी रुपमा परिचालन गरिएको मोरङ प्रहरीले जनाएको छ ।” विगतमा चोरी, निकासी, पैठारीमा संलग्न तस्करलाई छाडेर सामान मात्र बरामद गर्ने कार्य हुन्थ्यो, अब हामीले अपराधीलाई पनि कारबाहीको दायरामा ल्याउन थालेका छौंँ”, प्रहरी निरीक्षक सन्दीप भण्डारीले बताउनुभयो ।-पुर्बेलीन्युज




धारिलो हतियार प्रहारबाट एक घाईते
सुन्दर दुलारी(मोरङ), फागुन १५ गते । मोरङ सुन्दर-दुलारी नगरपालिकामा शनिबार राती धारिलो हतियार प्रहारबाट एक युवक घाईते भएका छन्। घाईते हुनेमा सुन्दरदुलारी नगरपालिका ५ हसीना सिमसार बस्ने २२ बर्षिय दिपेन्द्र राई रहेका छन्। राईलाई पुरानो रिसिईबिका कारण सोहि स्थान बस्ने १९ बर्षिय काले सिंह साक्यसहित तीन-चार जनाको समुहले टाउकोमा खुकुरी प्रहार गरका थिए।
घाईते राईलाई उपचारकोलागी धरानस्थित वि.पी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगीएको गछिया प्रहरीले जनाएको छ। हतियार प्रहार गर्ने सो समुह फरार रहेकोले खोजी कार्य भईरहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ।-पुर्बेलीन्युज




फलेवास (पर्वत), फागुन १५ गते । सानै उमेरदेखि विदेश जाने र प्रशस्त धन कमाएर ल्याउने सपना बोकेका यहाँका एक युवाले सैलुन व्यवसायबाट मासिक रु दुई लाखभन्दा बढी आम्दानी गर्न थालेका छन्।


खाडी मुलुक युएईमा पुगेर दुई वर्षसम्म पसिना बगाए पनि सोचेजस्तो आम्दानी गर्न नसकेपछि घरमै फर्केर सैलुन व्यवसाय सुरु गरेका बानपा–२ का २७ वर्षीय राजन पौडेलले अहिले घरमै बसेर मनग्य आम्दानी गर्न थाल्नुभएको हो ।

विदेशबाट घर फर्किएपछि राजधानीमा बसेर ६ महिना हेयर डिजाइनर तालिम लिएर पुनः घर फर्केर सैलुन व्यवसाय सुरु गरेपछि जीवनमा सोचेभन्दा पनि राम्रो आम्दानी गर्न सफल भएको उहाँले बताउनुभयो ।

अहिले बागलुङ बजारको पुरानो बसपार्क नजिकै रहेको आफ्नै घरमा 'मार्क रविन्स सैलुन एयर एन्ड ब्युटी फर लेडिज एन्ड जेन्स' पसल खोलेर पौडेलले व्यवसाय गर्दै आउनुभएको छ । परिवारका कान्छा छोरा, बाबु नेपाल बैंकको पूर्व म्यानेजर।

पैसाको त खासै कमी थिएन, विदेश जानुपर्ने बाध्यता पनि थिएन तर बालहठका कारण विदेश गएँ युएईमा पनि यस्तै पार्लरमा काम गर्ने अवसर पाएँ र त्यसैको प्रेरणाबाट नेपाल फर्केर सैलुन व्यवसाय सुरु गरेको उनले बताए।

सुरुमा त घरपरिवार र समाजले समेत यस्तो व्यवसाय नगर्न सुझाव मात्र होइन दबाब पनि दिए। उनी भन्छन्, 'काम भनेको सानो ठूलो हुँदैन भनेर आफूले रु ६ लाख लगानी गरेर व्यवसाय थालेको हुँ।” हाम्रो समाजमा अझै पनि सैलुन व्यवसाय भनेको भारतीय मूलका नागरिकले नै गर्ने हो भन्ने प्रचलन रहेको छ । ठूला सहरबजारदेखि साना व्यापारिक केन्द्रसम्म उनीहरूकै वर्चस्व पनि छ । त्यसैले समाजको बुझाईसमेत नेपालीले गर्नुहुँदैन भन्ने हुँदाहुँदै पनि उहाँले सैलुन व्यवसाय सुरु गरेका हुन्।

व्यवसाय सुरुवातका केही समय त आफ्नो सैलुनमा कोही पनि नआउने, यसले जान्दैन भन्ने गर्दथे तर विस्तारै आफ्नो मेहनत र कलाकौशलका कारण अहिले उनको पसल धौलागिरि अञ्चलकै नमुना बनेको छ।

उहाँको पसलमा पुरुष मात्र होइन महिलाको पनि उत्तिकै आकर्षण रहेको छ । बढिजसो अफिसियल र टिनेजर्स मेरोमा आउने गर्छन्, उनले भने।

दैनिक ४० देखि ५० जनासम्म पुरुष र महिला विभिन्न सेवा लिनका लागि आउने गरेको राजनले जानकारी दिए। उनी भन्छन्, 'मासिक रु एक हजार २०० देखि रु एक हजार ५०० सम्मले सेवा लिने गरेका छन्।”- लोकान्तरबाट 

Image result for nepali rupees

कञ्चनपुर, फागुन १५ गते । चार वर्ष वैदेशिक रोजगारीमा गएर कमाएको पैसा र घरमा रहेका गरगहना श्रीमतीले लिएर भागेपछि कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–१ का भोजराज डगौराको बिजोग भएको छ।

मलेसियामा चार वर्ष दुःख गरेर कमाएको रु १० लाख र घरभित्र रहेका सबै गरगहना लिएर ३९ वर्षीया श्रीमती मञ्जुदेवी भागेपछि डगौरा बिजोगमा परेका हुन् ।



दुई छोरा र एक छोरीकी आमा रहेकी मञ्जु भोजराज मलेसियाबाट फर्कनुभन्दा तीन दिनअघि मात्रै नगद र गरगहना लिएर भागेकी हुन्।

माइतीमा रहेकी बज्यैलाई भेट्न भनेर गएकी उनी बेलौरी नगरपालिका–७ भकुण्डाका खुसिराम डगौरासँग भागेर गएको भोजराजले बताए।

विदेशमा छँदा मेरै घरमा खुसिरामको आउजाउ बढेको रहेछ उनले भने, 'उनले श्रीमतीसँगै कमाएको पैसासमेत लगेका छन् ।”

उनले भने, 'भगाएर लगेकी श्रीमतीलाई उनले नै लुकाएर राखेका छन्।” खुसिरामविरुद्ध भोजराजले जिल्ला अदालत, कञ्चनपुरमा मुद्दासमेत दायर गरेका छन्।

भोजराजले बूढीआमाको ज्येष्ठ नागरिक भत्ताबापतको रु १० हजार, छोरीको कानमा लगाएको आधा तोला सुन, घरमा रहेको अरु अढाइ तोला सुन र वृद्ध आमाको सुनको फुलीसमेत निकालेर लगेको बताए।

विदेशबाट प्रतिमहिना आइएमई गरेर पैसा पठाउँथेँ उनले बैंकमा पैसा राख्दै आएको जवाफ दिन्थिन् उनले भने, 'विदेशबाट फर्केर बैंक खातामा हेर्दा रु एक लाख ८८ हजार नगद रकम मात्रै फेला परेको छ।' रासस



काठमाडौं, फागुन १५ गते । नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयकमाथि मधेशी मोर्चामा आबद्ध लगायत विभिन्न दलले आइतबार संशोधन प्रस्ताव दर्ता गर्दैछन्।


फागुन १२ गते सैद्धान्तिक छलफल सम्पन्न भइसकेको विधेयकमाथि संशोधनका लागि आइतवार साझ पौने ६ बजे सम्म संशोधन हाल्न सकिने संसद सचिवालले जनाएको छ।

मधेश केन्द्रित दलहरुले संयुक्त संशोधन दर्ता गराउने तयारी गरेका छन्। संशोधन प्रस्ताव दर्ता गर्नुअघि मधेशी मोर्चाले संसदको सबभन्दा ठूलो दल नेपाली काग्रेससँग छलफल गर्ने तयारी गरेको सद्भावना पार्टीका सहध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिए।


काग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा हुने छलफलमा मोर्चाले संशोधनमा सघाउन काग्रेससँग आग्रह गर्ने तयारी गरेको छ। संशोधन पारित भएमा वैशाख ३१ गतेका लागि घोषणा गरिएको निर्वाचनमा भाग लिन सकिने मोर्चाका नेताहरुले जनाएका छन्।

संशोधन पारित नगर्दै निर्वाचन घोषणा गरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको मोर्चालाई काग्रेसले निर्वाचनमा सहभागि हुन मनाउने प्रयास गर्ने बताइएको छ ।

मधेशी मोर्चाले निर्वाचनमा जान संविधान संशोधन सुनिश्चित हुनुपर्ने अडान राख्दै आएपनि सत्तारुढ दलले भने जस्तो सुकै नतिजा आएपनि मोर्चाले स्वीकार्नु पर्ने बताउदै आएका छन् ।

सत्तारुढ दलले विधेयक पारित गर्न दुइतिहाइ पुर्याउने बताइरहदा नेकपा एमाले लगायतका विपक्षी दलले आफूहरुसँग एकतिहाइ भन्दा धेरै मत रहेका कारण संशोधन पारित नहुने बताउदै आएको छ ।


काठमाडौं , फागुन १५ गते । ८ वर्षपछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने नहुने अझै अन्यौल छ । त्रिविको संशोधित कार्यतालिका अनुसार शनिबार उमेदवारी दर्ता हुनुपथ्र्यो । तर, नेपाल विद्यार्थी संघले अधिकांश क्याम्पसमा तालाबन्दी गर्दा ६१ मध्ये २१ वटा आंगिक क्पाम्पसमा मात्रै उमेदवारी दर्ता हुन सकेको छ ।
उपत्यकामा सानो ठिमी क्याम्पस, आईओम, जनप्रशासन र कोटेश्वर क्याम्पसमा मात्रै उमेदवारी दर्ता हुन सकेको त्रिविले जानकारी दिएको छ । त्यस्तै विद्यार्थी संगठनबीच विवाद चर्कँदा रत्नराज्य लक्ष्मी क्याम्पसमा नेविसंघले शनिबार आगजनी गरेको छ । 
ताला खोल्छुः नेविसंघ
एमाले समर्थित अखिल र नेकपा (माओवादी) केन्द्र समर्थित अखिल क्रान्तिकारीले नेविसंघकै कारण चुनाव अन्यौलतातर्फ धकेलिएको आरोप लगाएका छन् । क्रान्तिकारीका महासचिव वीरेन्द्र लामाले नेविसंघको नेतृत्वले भन्दा पनि क्याम्पसमा रहेका केही कार्यकर्ताले आफू चुनावमा उठ्न नपाएको रिस फेर्न चुनाव बिथोल्न लागि परेको बताए ।  “नेविसंघका केही नेता कार्यकर्तालाई चुनाव हार्छु भन्ने डर छ,” उनले भने, “त्यही भयका कारण नेविसंघ चुनावबाट पछि हट्दैछ ।”
यसैबीच नेविसंघका अध्यक्ष नैनसिंह महरले ताला खोलेर निर्वाचनको वातावरण बनाउनेमा विस्वस्त हुन आग्रह गरे । बाह्रखरीसँगको कुराकानीमा उनले भने, “अखिलकै कारण यो सबै ठाउँमा विवाद भएको हो, नेविसंघले ताला खोलेर निर्वाचनको वातावरण बनाउँछ ।” 
त्यस्तै त्रिभुवन विश्वविद्यालय र तीन प्रमुख विद्यार्थी संगठनबीच शनिबार राति छलफल भयो । छलफलमा नेविसंघले आइतबार बिहान १० बजेभित्र क्याम्पसहरूमा लगाएको ताला खोल्ने र त्रिविले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उमेदवारी मनोनयन दर्ताको समय तोक्ने सहमति भएको छ । तर, नेविसंघले तालाबन्दी खोल्न नसकेको अनेरास्ववियुका प्रवक्ता सुदीप शर्माले जानकारी दिए । “नेविसंघको नेतृत्वले चाहेरमात्रै ताला खुल्ने अवस्था छैन, तलतलका कार्यकर्ताहरू आफैँ ताला लगाउँदै हिँडेका छन्,” उनले थपे ।
केही क्याम्पसको परिणाम आउन थाल्यो
आइतबार बिहानसम्म २५ वटा क्याम्पसमा स्ववियु चुनाव सम्पन्न भइसकेको छ । जसमध्ये माओवादी केन्द्र निकट क्रान्तिकारीले ११, एमाले अखिलले ९ र नेविसंघले ५ क्याम्पसमा सभापति जितेका छन् । अखिल क्रान्तिकारीले १२ क्याम्पसमा विजयी हासिल गरेका दाबी गरेता पनि रुकुमको एउटा क्याम्पसमा विवाद रहेको अनेरास्ववियुले जनाएको छ ।



काठमाडौं , फागुन १५ गते । निर्वाचन आयोगले बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम नेपालले दिएको स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै १ सय रुपैयाँ जरिबाना तिराउने भएको छ ।
निर्वाचन आयोगले आइतबार सार्वजनिक सूचना जारी गर्दै निर्धारित म्यादभित्र स्पष्टिकरण पेश नगर्ने ११ राजनीतिक दल र पेश गरेको स्पष्टिकरण चित्त बुझ्दो नदेखिएका १९ राजनीतिक दललाई १ सय रुपैयाँ जरिबाना तिराउने बताएको छ ।
उनीहरुलाई जरिबाना तिर्न एकसाताको म्याद दिइएको छ ।
भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति नेपाल र उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम नेपालले समयमा आयव्यय विवरणको वार्षिक प्रतिवेदन पेश नगरेपछि आयोगले स्पष्टिकरण मागेको थियो । आयोगमा उनीहरुले बुझाएको स्पष्टिकरण पनि चित्तबुझ्दो नभएपछि जरिबाना तिराउने निर्णय गरिएको आयोगले जनाएको छ ।
“निर्वाचन आयोगको मिति २०७३÷११÷११ को निर्णयानुसार राजनीतिक दल सम्बन्धी ऐन, २०५८ को दफा १२ बमोजिम निर्धारण गरिएको म्यादभित्र आयव्यय विवरणको वार्षिक प्रतिवेदन पेश नगरेका दलहरुलाई सोही ऐनको दफा १६ बमोजिम एकसय रुपैयाँ जरिबाना किन नगर्ने ? जरिबाना गर्नु नपर्ने कुनै आधार कारण भए खुलाई मिति २०७३÷११÷१४ सम्म स्पष्टिकरण पेश गर्न सूचना प्रकाशित गरिएकोमा निर्धारित म्यादभित्र स्पष्टिकरण पेश नगर्ने तथा पेश गरेको स्पष्टिकरण चित्त बुझ्दो नदेखिएका देहायका राजनीतिक दलहरुलाई आयोगको मिति २०७३÷११÷१४ को निर्णयाअनुसार राजनीतिक दल सम्बन्धी ऐन, २०५८ को दफा १६ बमोजिम एकसय रुपैयाँ जरिबाना गरिएको छ,” निर्वाचन आयोगले जारी गरेको सूचनामा भनिएको छ ।
त्यसैगरी सूचनामा थप भनिएको छ, “उक्त जरिबाना रकम यो सूचना प्रकाशन भएको मितिले सात दिन (मिति २०७३÷११÷२१) सम्ममा कान्तिपथ काठमाडौंस्थित निर्वाचन आयोगको सचिवालयमा बुझाउनु हुन सूचित गरिएको छ ।”
निर्धारित म्यादभित्र स्पष्टिकरण पेश नगर्ने राजनीतिक दलहरुः
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)
दलित जनजाती पार्टी नेपाल
नेपाली जनता दल
राष्ट्रिय जनएकता पार्टी
नेपाल नागरिक पार्टी
शान्ति पार्टी नेपाल
नागरिक समाजवादी पार्टी
नेपाली कांग्रेस राष्ट्रवादी
चुरेभावर राष्ट्रिय पार्टी
हिन्दु प्रजातान्त्रिक पार्टी
चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल

त्यसैगरी पेश गरेको स्पष्टिकरण चित्त बुझ्दो नदेखिएका राजनीतिक दलहरु यस प्रकार छन् ।
नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी
संघीय समाजवादी फोरम नेपाल
राष्ट्रिय चुरेभावर पार्टी
हाम्रो पार्टी
नेपालवाद
लोक कल्याणकारी जनता पार्टी
युवा नेपाल, पार्टी
राष्ट्रिय त्रिमूल बहुजन समाजवादी पार्टी
मातृभूमि नेपाल पार्टी
नयाँ शक्ति पार्टी, नेपाल
गान्धिवादी पार्टी, नेपाल
मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)
जनता दल नेपाल
श्रमिक जनता पार्टी नेपाल
नेपाल सुकुम्वासी पार्टी (लोकतान्त्रिक)
नेपाली ग्रिन्स पार्टी
नेपाल प्रजातान्त्रिक प्रगतिशिल पार्टी
नेपाल न्यायिक दल
राष्ट्रिय जनता दल नेपाल



काठमाडौं फागुन १४ गते ।   राप्रपा अध्यक्ष कमल थापाले धार्मिक सांस्कृतिक मूल्य,मान्यता,संस्कार र परम्परा संकटमा परेको बताउदै आपसमा बिभाजनको रेखा कोरेर सांस्कृतिक उपनिबेश बनाउने षड्यन्त्र भैइरहेको दाबी गरेका छन् ।
काठमाडौंको कागेश्वरी मनोहरामा शुक्रबार आयोजित कामनानाथ शिबलिङ्ग प्राण प्रतीष्ठा तथा मन्दिर उद्धाटन कार्यक्रममा बोल्दै उनले षड्यन्त्रपुर्बक हिन्दुराष्ट्रको पहिचान हटाएर लोभलालच प्रलोभन देखाएर योजनाबद्ध र संगठित रुपमा दशौ लाखको संख्यामा धर्म परिबर्तन गरिएकोमा गम्भीर आपत्ति प्रकट गरे ।
मुलुकको आर्थिक, सामाजिक रुपान्तरणको लागि धर्म,सस्कृती परम्परा र मूल्य मान्यतालाई नष्ट गर्न जरुरी नभएको जिकिर गरे ।
थापाले राष्ट्रिय हित र सम्बर्द्धनको लागि र पहिचान रक्षाको निमित्त हिन्दुराष्ट्र आबश्यक भएकोमा जोड दिए । धर्म निरपेक्ष राख्ने कुरा कुनै आन्दोलनमा नउठेको भन्दै उनले हिन्दुत्व जीवन पद्धति भएको समेत बताए ।
सो कार्यक्रममा सांसद रामेश्वर फुयाल, कैलाश खड्का , पुष्पराज पुरुष ,नबराज सिंखडा लगायतले बोलेका थिए । मन्दिर निर्माणमा महत्त्वपूर्ण सहयोग गर्ने दाताहरुलाई अध्यक्ष कमल थापाले सम्मान समेत गरेका थिए ।- रातोपाटी



पथरी (मोरङ), फागुन १४ गते । श्रममन्त्री सूर्यमान गुुरुङले संविधान संशोधन र स्थानीय निकाय निर्वाचनको प्रक्रियासँगै अघि बढेकाले मुलुकमा देखिएको समस्याको निकास चाँडै निस्कने बताउनुभयो ।

विराटनगर विमानस्थलमा संञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले स्थानीय निकायको निर्वाचनमा सहभागी हुुने विषयमा मधेसीवादी दलसँग भइरहेको वार्ता सकारात्मक रहेको छ भन्नुभयो ।

मन्त्री गुुरुङले भन्नुभयो, “निर्वाचनमा सबैको उत्साहजनक सहभागिता हुन्छ, मधेसी मोर्चालाई सहमतिमा ल्याएर निर्धारित मितिमा स्थानीय निर्वाचन गराउन सरकार प्रतिवद्ध छ ।”

लामो समायदेखि स्थानीय निकायका निर्वाचन नहुँुदा जनतामा नैरश्यता छाएकाले अब कुुनै पनि हालतमा निर्वाचन नरोकिने र तोकिएकै मितिमा निर्वाचन हुुनेमा उहाँले जोड दिनुभयो । रासस


ग्रामीण क्षेत्रका बालबालिकामा शिक्षाको पहुँच बढाउन राष्ट्रपतिको जोड
काठमाडौँ, फागुन १४ गते  । राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलोदय माध्यामिक विद्यालयको स्वर्ण जयन्तीका अवसरमा विद्यालयद्वारा आज आयोजित विशेष समारोहमा स्वर्णसरस्वती स्तम्भ तथा नवनिर्मित भवनको उद्घाटन गर्नुभयो । काठमाडाँैको प्रमुख प्रवेशद्वार हाल चन्द्रगिरी नगरपालिका– ५ थानकोटमा रहेको सो विद्यालयले विसं २०२३ देखि मावि तहको अध्ययन अध्यापनको सुरुवात् गरेको थियो । गतवर्षको विनाशकारी भूकम्पले विद्यालयको भवनमा क्षति पु¥याएपछि करिब रु तीन करोडको लागतमा भवन निर्माण गरिएको हो ।
विसं २०२४ देखि प्रवेशिका परीक्षामा सहभागी हुँदै आएको सो विद्यालयबाट विसं २०७२ सम्म दुई हजार ८०० छात्रछात्राले सो परीक्षा उत्तीर्ण गरिसकेका छन् । शिक्षा मन्त्रालयले सो विद्यालयलाई सामुदायिक विद्यालयबाट शतप्रतिशत प्रवेशिका परीक्षामा उत्तीर्ण गराएबापत प्रदान गर्ने नगद तथा प्रमाणपत्र विसं २०६० देखि निरन्तर रुपमा प्रदान गरिरहेको छ ।

करिब ११ रोपनी जग्गामा रहेको विद्यालयको सातवटा भवन आफ्नै रहेको छ । साथै आफ्नो १६ रोपनी जमिनमा स्याउ र नासपातिका बिरुवा रोपी आम्दानीको स्रोत बढाउन सुरुवात् गरेको छ ।

संस्थागत विद्यालय भन्दा सामुदायिक विद्यालय कमजोर छैनन् भन्ने गतिलो उदाहरण बनेको सो विद्यालयमा हाल एकहजार दुईसय छात्रछात्राले अध्ययन अध्यापन गरिरहेका छन् । राष्ट्रपति भण्डारीले समारोहलाई सम्बोधन गर्दै सहरी र ग्रामीण क्षेत्रमा विद्यमान शैक्षिक गुणस्तर र पहुँचका खाडललाई अन्त्य गर्नु पर्ने आवश्यकता औँल्याउनु भयो ।

उहाँले दुर्गम क्षेत्रका बालबालिकाको अझै पनि शिक्षा लिनबाट वञ्चित एवम् बीचबाट अध्यययन छाड्नुपर्ने बाध्यता रहेको तर्फ सरकारले ध्यान दिन आग्रह गर्दै अभिभावक, शिक्षक, विद्यालयको समन्वयबाट मात्र शैक्षिक उन्नयन हुने धारणा राख्नुभयो ।

राष्ट्रपति भण्डारीले विद्यालय तहमा आधुनिक सूचना प्रविधि सम्बन्धी शिक्षा विस्तार गर्नुपर्ने खाँचो औल्याउँदै उत्पादित जनशक्तिलाई स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गरिनुुपर्छ भन्नुभयो ।

सो अवसरमा राष्ट्र«पति भण्डारीले विद्यालयका संस्थापक, प्रधानाध्यापक,संस्थापक शिक्षक, पहिलो समूहमा तथा विसं २०७० को सामुदायिक विद्यालयका तर्फबाट प्रवेशिका परीक्षामा उत्तीर्ण छात्रछात्रा, भवन निर्माणमा आर्थिक सहयोग गर्ने विभिन्न व्यक्तिलाई सम्मान गर्नुभएको थियो ।

यसरी सम्मानित हुने विद्यालयका संस्थापकमा नर्सिङ्ग श्रेष्ठ, मोहनमान श्रेष्ठ, चक्रबहादुर महर्जन, शङ्खलाल महर्जन, काजीलाल महर्जन, प्रेमबहादुर बस्नेत, रामबहादुर गिरी, केशवप्रसाद शर्मा, तीर्थराज सिग्देल, संस्थापक शिक्षकमा मोहनमान श्रेष्ठ, मञ्जु गिरी र श्यामबहादुर श्रेष्ठ हुनुहुन्छ ।

कार्यक्रममा शिक्षामन्त्री धनिराम पौडेलले विद्यालयमा शिक्षक आवास भवन तथा प्राविधिक शिक्षालय बनाउन थप आर्थिक सहयोग गर्ने जानकारी दिँदै शैक्षिक उन्ननयका लागि विद्यालयको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । सांसद राजेन्द्र केसीले सामुदायिक विद्यालयका शिक्षालाई उत्पादन र रोजगारीसँग जोड्न आवश्यक भएको बताउँदै अबको शिक्षाको गुणस्तरमा ध्यान दिनुपर्छ भन्नुभयो ’।
सो अवसरमा विद्यालयबाट प्रकाशित स्वर्ण स्मारिका सार्वजानिक गरिनुका साथै विद्यालयका छात्रछात्राले गीत÷सङ्गीत प्रतिभा प्रस्तुत गरेका थिए । रासस

 

भूकम्पपीडितलाई दोस्रो किस्ता दिन प्रमाणीकरण सुरु

बनेपा,  फागुन  १४ गते । पुनःनिर्माणको प्रक्रिया अघि बढाएका भूकम्पपीडितको दोस्रो किस्ताको रकमका लागि काभ्रेपलाञ्चोकमा प्रमाणीकरण सुरु भएको छ । पहिलो किस्ताको रकमबाट पुनःनिर्माण गरेका भूकम्पपीडितले दोस्रो किस्ताबापतको रकम माग गर्न आवेदन गरेपछि उनीहरुको आवेदनमा जाँच तथा प्रमाणीकरण सुरु भएको सहरी विकास तथा भवन डिभिजन कार्यालय, धुलिखेलले जनाएको छ ।

 दोस्रो  किस्ता रकम वितरणको निर्देशिका जिल्लामा आएपछि प्रमाणीकरणको काम सुरु गरेका छौँ अब केही दिनपछि वितरण हुन्छ सो कार्यालयका प्रमुख अष्टलाल सुवालले बताउनुभयो ।

उहाँले जिल्लामा अहिलेसम्म १४५ जना भूकम्पपीडितको प्रमाणीकरण भएको जानकारी दिँदै १२ जना भूकम्पपीडितले भूकम्प प्रतिरोधी भवन संहिताभन्दा बाहिर रहेर पुनःनिर्माण गरेकाले प्रमाणीकरण गर्न समस्या भएको बताउनुभयो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले लाभग्राही सूचीमा समावेश गरेका लाभग्राहीमध्ये एक हजार ११ जनाले आफैँले घर निर्माण गरेका छन् ।

भूकम्पबाट क्षति भएका घरमध्ये अहिलेसम्म दुई हजार ४७९ घर पुनःनिर्माणको काम सुरु भइसकेको छ । जिल्ला विकास समिति, काभ्रेपलाञ्चोकका अनुसार भूकम्पपीडितलाई दोस्रो किस्ताको रकम वितरण गर्नका लागि रु ९९ करोड ५८ लाख ५० हजार विनियोजन भएको छ ।

सो रकमबाट दोस्रो किस्ताबापत रु एक लाख ५० हजारका दरले छ हजार ६३९ जनाले मात्र रकम पाउँछन् । जिल्लामा लाभग्राहीको सूचीमा रहेका ६७ हजार ७११ जनाले प्रथम किस्ताबापतको रु ५० हजार पाउने क्रम जारी रहेको छ । रासस

 

मणिपुरमा ५.२ रेक्टरस्केलको भूकम्प

नयाँ दिल्ली, फागुन १४ गते  । भारतीय उत्तरपूर्वी राज्य मणिपुरमा शुक्रबार साँझ ५.२ रिक्टर स्केल मापन गरिएको भूकम्पीय झट्का महसुस गरिएको भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार साँझ ५ बजेर ३२ मिनेटको समयम गएको भूकम्पले केन्द्रबिन्दु चुराचन्द्रपुर जिल्लामा रहेको बताइएको छ ।

भूकम्पबाट मानवीय क्षति वा भौतिक क्षति भने केही भएको सूचना समाचार तयार पार्दासम्म प्राप्त भएको छैन । यस पहिले शुक्रबार दिउँसो भारतको सिक्किम क्षेत्रमा पनि ३.५ रिक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको थियो । रासस÷पिटीआई


ब्राजिलमा बेरोजगार बढे

रियो दी जेनेरियो, १४ फागुन । ब्राजिलमा गत महिनाको अन्तिमसम्ममा बेरोजगारको सङ्ख्या १२.६ प्रतिशत पुगेको छ । सरकारी निकायले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार ब्राजिलका झन्डै एक करोड २९ लाख नागरिक कामविहिन रहेका छन् । गत नेभेम्बरदेखि जनवरीसम्मको तथ्याङ्क यस्तो आएको ब्राजिल भुगोल तथा तथ्याङ्क कार्यालयले जनाएको छ ।

 गत वर्षको यही अवधिको तथ्याङ्कसँग तुलना गर्दा अहिले बेरोजगारको सङ्ख्या बढेको देखिएको छ । गत वर्ष यही अवधिमा बेरोजगारहरुको सङ्ख्या ९.५ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

तथ्याङ्कले यसअघिको चौमासिकमा पनि बेरोजगारको सङ्ख्या बढेको देखाएको छ । अघिल्लो चौमासिक अर्थात् अगस्तदेखि अक्टोबरसम्ममा बेरोजगारहरुको सङ्ख्या ११.८ प्रतिशत रहेको छ । गत नोभेम्बरदेखि जनवरीसम्ममा ब्राजिलका कामदारको औसत तलव ६६१ अमेरिकी डलर रहेको तथ्याङ्क कार्यालयले जनाएको छ । रासस÷सिन्ह्वा

 

सुनसरीमा १३ बर्षीय बालिकाको विभत्स हत्या

इटहरी, फागुन १४ गते । सुनसरीको चाँदवेला ९ स्थित वर्छवामा १३ वर्षिय बालिकाको विभत्स हत्या गरी पुरेर राखेको अवस्थामा शव फेला परेको छ ।घर नजिकै कलर्भटको पाईपमा विभत्स हत्या गरी पुरेर राखेको ठाउँमा १३ वर्षिय वालिका अनिताकुमारी मुडीयारीको शव फेला परेको प्रहरीले जनाएको छ ।मुडीयारीको शव घरको दक्षिण पट्टि परीएर राखीएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय सुनसरीका एसपी पोषराज पोखरेलले जानकारी दिनुभयो ।

उहाँले वालिकालाई वलत्कार गरी हत्या गरेको हुन सक्ने र आफुहरुले ले पोष्टमार्टम गर्न विपि कोईराला विज्ञान प्रतिष्ठान धरान पठाईएको जानकारी दिनुभयो । हामीले पुरेर राखेको ठाउँबाट लास निकाल्दा हत्यार गरी लुकाएको हो भन्ने प्रमाणित हुन्छ वाँकी पोसमार्टम रिपोर्ट नै हेनुै पर्छ एसपी पोखरेलले भन्नुभयो ।

घर देखि करिव ४ सय मिटर आसपासको क्षेत्रमा मुडीयारीको शव भेटिएको थियो । बलत्कार पछि हत्या गरी फालेको हुन सक्ने प्रहरीको अनुमान छ । बालिकाको हत्या बलत्कार पछि हुन सक्ने प्रहरीले प्रारम्भीक अनुसन्धान थालेको जनाएको छ ।-पुर्बेलीन्युज



धरानमा  पाचौ नेवा च्यारिटी रन प्रतियोगितामा खुल्ला तर्फ पर्वतका भारतीय सेनाका तीन पुनले जितेका छन् । गत बर्षको विजेतासमेत रहेका पुनले निर्धारित दूरी ८ किलोमिटर २६.३ मिनेटमा पार गर्दै यस बर्ष समेत प्रथम स्थान आफ्नै कब्जामा पारेका हुन् । यसैगरी २६.३६ मिनेटमा निर्धारित दूरी पार गर्दै रामेछाप घर भएका नेपाल आर्मीका होमलाल श्रेष्ठ दोस्रो स्थान र २७.२७ मिनेटमा निर्धारित दूरी पार गर्दै ओखलढुंगा घर भएका आर्मीकै टिकाराज कटुवाले तेस्रो स्थान हासिल गरेका छन् ।

 उनीहरुले क्रमश : ४० , ३० र २० हजार नगदसहित मेडल र प्रमाणपत्र हात पारेका छन् । यस्तै महिला खुल्लातर्फ आर्मीकी सानुमाया कार्कीले निर्धारित दूरी ३४.३ मिनेटमा पार गर्दै प्रथम, ३१.१३ मिनेटमा निर्धारित दूरी पार गर्दै सन्तोषी श्रेष्ठले दोस्रो र ३७.७ मिनेटमा पार गर्दै सीता न्यौपाने तेस्रो भइन । उनीहरुलाई समेत क्रमश नगद ४०, ३० र २० हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

यस्तै ४० बर्ष माथिको भेट्रानमा ३६.२८ मिनेटमा निर्धारित दूरी पार गर्दै निर्मल राई प्रथम, ३८.४८ मिनेटमा पारगर्दै मोहन सुब्बा दोस्रा र ३९.१९ मनेटमा निर्धारित दूरी पार गर्दै राम तामाङ तेस्रो स्थान हात पारेका छन् । महिलातर्फको भेट्रानमा निर्धारित दूरी ५२.२० मिनेटमा पार गर्दै रीता राई प्रथम, ५८.५९ मिनेटमा दूरी पार गर्दै गंगा गुरुङ दोस्रो र १ घण्टा ३ मिनेट ३० सेकेण्डमा निर्धारित दूरी पार गर्दै सुभना राई तेस्रो स्थान हात पारिन् । महिला तथा पुरुष भेट्रान विजेता, उपविजेता तथा तेस्रो स्थान ल्याउने खेलाडीलाई नगद ५, ३ र २ हजार सहित मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।



यसैगरी १२ बर्ष मुनिको पुरुषतर्फ प्रथम, दोस्रोर तेस्रो स्थानमा क्रमश : मल्डिना आङथुपो,सदेश बेघा, सञ्जिव महर्जन भए भने महिलातर्फ प्रमिला विक, अनुशा प्रधान, स्वेच्छा मगर क्रमश प्रथम, दोस्रो र तेस्रो स्थान हात पारे । महिला तथा पुरुष १२ बर्ष मुनिका पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीलाई क्रमश ः ५, ३ र २ हजार नगद, मेडल र प्रमाण पत्र हात पारे ।

यस्तैगरी १६ बर्षमुनिको पुरुषतर्फ नाम्चे भाई प्रथम, लखन लिम्बु दोस्रो र प्रतिक राई तेस्रो भए भने महिलातर्फ अमृता भण्डारी, सिर्जना राई र अस्मिता बस्नेत क्रमशः प्रथम, दोस्रो र तेस्रो स्थान हात पारे । विजेता उपविजता र तेस्रो स्थान भएका दुवै समूहका खेलाडीले नगद ५, ३ र २ हजार सहित मेडल प्रमाणपत्र हात पारे । विजेता तथा उपविजेताहरुलाई धरान उपमहानगरपालिकाका बरिष्ठ प्रशाकीय अधिकृत गणेशप्रसाद खतिवडा लगायतले पुरस्कार वितरण गरेका थिए ।

स्वस्थ्य धरान नाराका साथ प्रत्येक बर्ष आयोजना हुदै आएको नेपालकै सबैभन्दा ठुलो दौड प्रतियोगितामा सबै समूहबाट २ हजार २ सय २२ जनाले दौडमा भाग लिएका थिए । प्रतियोगिता आयोजनाबाट संकलित रकम आयोजक धरान रनले गरिब, असहाय व्यक्ति एवं त्यस क्षेत्रमा काम गर्ने संस्थालाई सहयोग गर्दै आएको छ ।
यसपटक भने आयोजक धरान रनले शैक्षिक कोष खडा गरी गरिब, पिछाडिएका जेहेन्दार छात्र तथा छात्राहरुलाई सहयोग गर्ने भएको छ । यो कोषमा पहिलो चरणमा २५ हजार जम्मा भइसकेको छ । आयोजक धरान रनका सदस्यबाट १० हजार र धरान ११ की सकुन्ताला गुरुङले कोषमा १५ हजार प्रदान गर्नुभएको छ ।-गोविन्द बस्नेत


राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता

लहान,  फागुन १४ गते  । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०७३ अन्तर्गत भएको खेलमा लहानस्थित प्यारागन पब्लिक स्कुल प्रथम भएको छ । सिरहाको कर्जन्हा माविको प्राङगणनमा सम्पन्न उक्त प्रतियोगितामा १३१ अङ्क ल्याएर प्यारागन स्कुल प्रथम भएको विद्यालयका प्रधानाध्यापक उमेश चौधरीले जानकारी दिनुभयो ।


यसैगरी प्रतियोगितामा ७१ अङ्क ल्याएर मिर्चैयास्थित पोलार स्टार स्कुल दोस्रो तथा ३७ अङ्क ल्याएर सदरमुकाम सिरहास्थित चन्द्र मावि तेस्रो भएका छन् । प्रथमलाई रु १५ हजारसहित सिल्ड र प्रमाणपत्र तथा दोस्रो र तेस्रो हुनेलाई क्रमशः रु १२ हजार र रु ९ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको जिल्ला खेलकुद विकास समिति सिरहाका अध्यक्ष सचिदानन्द चौधरीले जानकारी दिनुभयो ।

गत फागुन ९ देखि १३ गतेसम्म सञ्चालित सो प्रतियोगितामा कबड्डी, दौड, भलिबल ,ज्याब्लीङ थ्रो लगायत बिभिन्न खेल खेलाका थिए । सो प्रतियोगितामा सामुदायिक तथा निजीगरि जिल्लाका ५० वटा विद्यालयले प्रतिस्पर्धा गरेका थिए ।

राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा उत्कृष्ट भएका खेलाडीलाई अन्तरजिल्ला तथा राष्ट्रिय प्रतियोगितामा सहभागी गराईने जिल्ला खेलकुद विकास समिति सिरहाले जनाएको छ । रासस

- See more at: http://purbelinews.com/107378#sthash.4jDyaUfR.dpuf

यदी तपाइँ बिहानदेखिनै इनर्जेटिक महसूस गर्न चाहनुहुन्छ भने हरेक दिन तीन ओटा कागती आफु सुत्ने कोठामा काटेर राख्नुस अनि सुत्नुस तपाइको हरेक बिहान निकै इनर्जेटिक रहनेछ । यस विधिको दैनिक पालना गर्दा तपाइको दिमागी सन्तुलन पनि निकै सकारात्मक बन्नेछ भने तपाईलाई निकै स्वस्थताको महशुस हुनेछ ।


 – बेडरुममा कागती राख्नाले निकै रिफ्रेस महसुस हुन्छ | यसको कारण तपाइको बेडरुममा अन्य कुनैप्रकारको स्प्रेहरु प्रयोग पनि गर्नुपर्दैन।

– बेडरुममा कागती राख्नाले अस्थमा र रुघा-खोकी जस्ता रोगले समस्यामा पार्दैन | साथै तपाइको रातको समयमा समेत स्वास-प्रस्वासमा सहजता मिल्छ |



– काटेर राखिएको स्याउ बिग्रन सक्छ, काटेको स्याउमा कागतिको रस लगाउनाले बिग्रदैन।

– तपाइको हातमा लागेको कुनै बस्तुको दाग मेट्नुछ भने कागतीको रसको सहायता लिन सक्नुहुन्छ।

– कपडामा लगेको दाग पनि कागतीले हटाउन मद्धत गर्छ।

– कार सफा गर्नको लागि कागतीको रसको प्रयोग गर्नुस।

– बोतल वा भाडामा लागेको दाग, दुर्गन्ध वा चिल्लो हटाउनको लागि पानीमा कागती हालेर १ दिन राख्नुस अनि वासिंग पाउडर हालेर सफा गर्नुस।

– छालामा कालो दाग छ भने पनि कागतीको रस दैनिक लगाउँदा दाग हट्छ।-पुर्बेलीन्युज



विराट एक्स्पोअन्तर्गत माउन्टेन फ्लाइटसेवा
विराटनगर, फागुन १४ गते  । पूर्वाञ्चलमा पहिलोपल्ट विराटनगरबाट माउन्टेन फ्लाइट सुरु भएको छ । उद्योग सङ्गठन मोरङद्वारा विराटनगरमा आयोजित विराट एक्स्पो–२०७३ अन्तर्गत हिमाली क्षेत्रको अवलोकन गराएर पर्यटक क्षेत्रको प्रचारप्रसार गर्ने मुख्य उद्देश्यका साथ तीन दिनका लागि सो फ्लाइट सेवा आजवाट सुरु गरिएको हो ।

यति एयरलायन्सको विमानबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा र गौरीशङ्कर हिमालको अवलोकन गराइने छ । उक्त विमानबाट दिनमा एकपल्ट १९ जना यात्रुले सो हिमाली क्षेत्रको अवलोकन गर्छन् ।

विराटनगर विमानस्थलबाट आज सुरु भएको पहिलो फ्लाइटबाट प्रजिअ यज्ञप्रसाद कोइराला, प्रहरी नायब महानिरीक्षक रमेश भट्टराई, पत्रकार महासङ्घ मोरङका अध्यक्षसहित १९ जना सहभागी हुनुभएको छ । दिनमा एकपल्ट गरी तीन दिनसम्म जारी रहने सो सेवाका लागि प्रति यात्रुबाट रु नौ हजार रकम लिने गरिएको भविष्स श्रेष्ठले जानकारी गराउनुभयो । रासस

पत्रकारलाई निःशुल्क स्वास्थ्य सेवा, आफन्तलाई ३० प्रतिशत छुट
विराटनगर (पानीट्याङ्की),  फागुन  १४ गते  । विराटनगरस्थित गोल्डेन अस्पतालले पत्रकारलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने घोषणा गरेको सेवा सुविधा सार्वजनिक गरेको छ । केही दिनअघि आफ्नो वार्षिक साधारणसभामा मोरङका पत्रकारलाई निःशुल्क उपचार गर्ने निर्णय गरेको अस्पतालले पत्रकारले पाउने सेवा सुविधाबारे जानकारी सार्वजनिक गरेको हो ।


अस्पतालमा पाउने निःशुल्क सेवामा ओपिडी सेवा, एक्सरे, अल्ट्रासाउन्ड, बेड चार्ज, इसिजी आदि सेवा निःशुल्क छन् भने ल्याबमा हर्मोनल टेस्टबाहेकका अन्य सेवा निःशुल्क गरिएको छ । यस्तै पत्रकारका आमा, बुबा, छोराछोरी, श्रीमान्–श्रीमतीलाई ३० प्रतिशत छुटमा उपचार गर्ने अस्पतालले जनाएको छ । रासस


Madhav_Kumar Nepal

फलेवास (पर्वत), फागुन १४ गते । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वैशाख ३१ मा स्थानीय तहको चुनाव हुनेमा आशङ्का रहेको बताउनुभएको छ । पर्वत सदरमुकाम कुश्माबजारमा शुक्रबार साँझ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले सत्ताको नेतृत्व गरेका दल निर्वाचनप्रति गम्भीर नभएका कारण चुनाव भइहाल्छ भनेर ढुक्क हुन सकिने वातावरण नभएको बताउनुभयो ।

एकातिर मधेसी दलको विरोध अर्कोतर्फ सरकारको सुस्त गतिको तयारीका कारण चुनाव हुनेमा आफू विश्वस्त हुन नसकेको बताउनुभयो । संविधान संशोधन प्रस्ताव मुलुकको हितमा नरहेको बताउँदै नेता नेपालले एमाले कुनै पनि हालतमा यसको पक्षमा रहँदैन भन्नुभयो ।

संविधान कार्यान्वयन अहिलेको मुख्य चुनौती हो उहाँले भन्नुभयो, ‘‘संविधान कार्यान्वयन नभएमा विभिन्न शक्तिले टाउको उठाउन खोजेका छन् । यसलाई परास्त गर्न पनि राजनीतिक शक्तिहरुबीच एकताको खाँचो छ ।’’ रासस

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget