Websoft University

www.radiomakalu.com || 021-522512


May 2018




काठमाडौँ, जेठ १३ गते । सरकारले अत्यावश्यक खाद्य पहुँचबाट वञ्चित गरी कसैलाई गम्भीर हानि पु¥याउने काम गरे दस वर्षसम्म कैदको व्यवस्थासहित नयाँ कानुन प्रस्ताव गरेको छ । संवैधानिक प्रावधान अनुसारको खाद्यसम्बन्धी मौलिक हक कार्यान्वयनका लागि नयाँ कानुनी व्यवस्थामा सरकारले यस्तो प्रस्ताव गरेको हो ।
नेपाल कानुन आयोगले तयार पारेको खाद्य अधिकारसम्बन्धी विधेयक विभागीय मन्त्रालयमा पठाइएको छ । प्रस्तावित विधेयक अनुसार खाद्यको पहुँचबाट वञ्चित गरी भोकमरीको स्थिति सिर्जना गरेमा कसुरदारलाई कैदसँगै पाँच लाख रुपियाँ जरिवाना पनि हुनेछ ।
प्रस्तावित विधेयकको दफा ५२ ले सजायको व्यवस्था गरेको छ । विधेयकको उक्त व्यवस्थामा भनिएको छ ‘कसैलाई अत्यावश्यक खाद्यको पहुँचबाट वञ्चित गरी गम्भीर हानि पु¥याउने वा भोकमरीको स्थिति सिर्जना गर्ने कुनै काम गरेमा वा गराएमा दस वर्षसम्म कैद वा पाँच लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।’
यस्तै आपतकालीन प्रयोजनका लागि सङ्कलित खाद्य सामग्री जफत गरे वा नष्ट गरेमा पनि त्यस्ता कसुरदारलाई एक महिनादेखि तीन वर्षसम्म कैद प्रस्ताव विधेयकमा गरिएको छ । कसुरदारलाई पाँच हजारदेखि दुई लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था विधेयकमा गरिएको छ ।
खाद्यसम्बन्धी कसुरमा सबैभन्दा कम कारबाही एक वर्षसम्म कैद र एक लाख रुपियाँ जरिवानाको प्रस्ताव छ । आपतकालीन परिस्थितिमा वितरणका लागि तयार पारिएको खाद्य सामाग्री वितरणमा अवरोध गरेमा उक्त सजाय हुनेछ ।

निःशुल्क खाद्य सामग्री उपलब्ध गर्नुपर्ने
आधारभूत मौलिक हक कार्यान्वयनका लागि बनेको प्रस्तावित विधेयकले खास प्रकृतिका घर परिवारलाई निःशुल्क खाद्यन्न सामग्री उपलब्ध गराउनु पर्ने व्यवस्था प्रस्ताव गरेको छ । सरकारले गरिबी भौगोलिक विकटता तथा विपद्जस्ता कारणले खाद्य असुरक्षा भएमा खाद्य सहायता परिचयपत्र वितरणको व्यवस्था गरेको छ ।
सहायता परिचयपत्र पाएका नागरिकले निःशुल्क खाद्य सामग्री पाउनेछन् । सरकारले आवश्यक पुनरावलोकन गरी त्यस्तो सहायता कटौती गर्न सक्नेछ । सहायता उपलव्ध गराउँदा स्थानीय तहमार्फत वितरण गर्ने व्यवस्था हुनेछ ।

सहायता परिचयपत्रको व्यवस्थाखाद्य सामग्रीको लागि तस्बिर परिणाम
लक्षित घर पहिचान भइसकेको परिवारलाई स्थानीय तहले सहायतका परिचयत्र दिनेछ । लक्षित घर परिवारको अद्यावधिक विवरणको आधारमा खाद्य सहायता परिचयपत्र स्थानीय तहले जारी गर्नेछन् । परिचयपत्र परिवारमा १८ वर्ष उमेर पूरा भएको महिला सदस्य भएमा त्यस्ता सदस्यमध्ये ज्येष्ठ सदस्यको नाममा जारी हुनेछ । यस्तै, अठार वर्ष उमेर पूरा भएका महिला सदस्य नभएमा परिवारको अन्य सदस्यमध्ये जेष्ठ सदस्यको नाममा परिचयपत्र जारी हुनेछ ।
परिचयपत्र जारी गर्नुअघि सरकारले ग्रामीण वा शहरी गरिबी, भौगोलिक विकटता, विपद् वा अन्य कुनै कारणले खाद्य असुरक्षाको जोखिममा रहेका घर परिवार पहिचान गर्नेछ । यस्ता घर परिवारको अद्यावधिक र पहिचान गर्नेछ । स्थानीय तहले अद्यावधिक विवरणका आधारमा परिचयपत्र जारी गर्नेछ ।

खाद्य आयोगको प्रस्ताव
सरकारले खाद्यसँग सम्बन्धित संघीय, प्रदेशस्तर र स्थानीयस्तरका निकायसँग समन्वय गरी प्रत्येक वर्ष राष्ट्रिय खाद्य योजना तर्जुमा गर्न आयोग गठन गर्ने प्रस्ताव विधेयकमा गरेको छ । यस्तै, प्रधानमन्त्रीको अध्यक्षमा राष्ट्रिय खाद्य परिषद् गठनको प्रस्ताव पनि विधेयकमा छ ।
त्यसमा कृषि, पशुपक्षी मन्त्रीको प्रतिनिधित्व हुनेछ । यस्तै, प्रदेशको मुख्यमन्त्री वा निजले तोकेको प्रतिनिधि सदस्य रहनेछन् । यस्तै राष्ट्रिय योजना आयोगको सम्बन्धित विषय हेर्ने सदस्य, किसान आयोगका प्रतिनिधि पनि सदस्य रहनेछन् । केन्द्रका विभागीय मन्त्रालयका सचिवहरू सदस्य हुनेछन् ।
 नारायण काफ्ले , गोरखा पत्र दैनिकबाट

chicken को लागि तस्बिर परिणाम

काठमाडौँ, जेठ १३ गते । कुखुरा उत्पादनको मुख्य केन्द्र मानिने चितवनमा केही दिन बर्डफ्लुको सङ्क्रमण देखिएको पूर्ण नियन्त्रण नहुँदै राजधानी काठमाडौँमै बर्डफ्लु देखिएको छ । काठमाडौँको तारकेश्वर नगरपालिकाको वडा नम्वर ६ लामावगर र धर्मस्थलीमा पालिएका हाँसमा बर्डफ्लु देखिएको हो । यसअघि पाँच वर्ष अघि पनि काठमाडौँमा बर्डफ्लु देखिएको थियो ।

कृषि , भूमि व्यवस्था तथा सहकारी (पशुपक्षी) मन्त्रालयका सहसचिव डा. केशवप्रसाद प्रेमीले बर्डफ्लु देखिएको स्थानमा भएका हाँस, कुखुरा, अण्डा र दाना नष्ट गरिसकेको जानकारी दिँदै अहिले उक्त क्षेत्र सरकारले निगरानीमा राखेको बताउनुभयो । डा. प्रेमीका अनुसार तारकेश्वरकी स्थानीय शान्ति तामाङ र धर्मस्थलीमा हिरा तामाङले पालेका हाँसमा बर्डफ्लु देखिएको पुष्टि भएको बताउनुभयो ।
एक हप्ता अघिदेखि हाँस मर्न थालेपछि बर्डफ्लुको आशङ्का गरिएकोमा शुक्रबार केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा बर्डफ्लु भएको पुष्टि भएको थियो । डा. प्रेमीले त्यस क्षेत्रका चारहजार २५१ हाँस, १८० कुखुरा, २५० किलो दाना र तीनहजार ७२० अण्डा नष्ट गरिएको जानकारी दिनुभयो ।
यता बर्डफ्लु देखिएको क्षेत्रलाई सरकारले नियन्त्रणमा लिएर त्यस क्षेत्रका कुखुरा तथा हाँस नष्ट गर्ने काम भएको जानकारी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. केदार सेन्चुरीले काठमाडौमा बर्डफ्लु देखिएको पुष्टि गर्दै त्यसलाई नियन्त्रण गर्ने काम भएको जानकारी दिनुभयो ।
बर्डफ्लु देखिएपछि सरकारले बर्डफ्लु देखिएको क्षेत्रमा फर्म र आसपासका क्षेत्रमा हाँस कुखुरा नष्ट गरेको छ ।
‘पशु सेवा विभाग, तारकेश्वर नगरपालिका र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको संयुक्त प्रयासमा हामीले बर्डफ्लु नियन्त्रण गर्ने काम भइसकेको छ,’इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख सेन्चुरीले भन्नुभयो,“मानिसमा सर्ने सम्भावना अत्यन्तै न्युन रहेकोले आत्तिनुपर्ने अवस्था छैन ।”
यसअघि पाँच वर्ष अघि पनि काठमाडाँै उपत्यकामा बर्डफ्लु देखिएको थियो । त्यसबेला सरकारले भक्तपुर, भैँसेपाटी लगायतका क्षेत्रमा फैलिएको बर्डफ्लुको कारण उपत्यकालाई बर्डफ्लु सङ्कटग्रस्त घोषणा गरेको थियो ।सरकारले नष्ट गरेका पन्छी बापत किसानलाई ७५ प्रतिशत सम्म क्षर्तिपूर्ति दिने गरेको छ ।
केहीदिन अघि चितवनमा देखिएको बर्डफ्लु अझै नियन्त्रणमा आउन सकेको छैन । चितवनका विभिन्न स्थानका कुखुरामा बर्डफ्लु फेला परेलगत्तै काठमाडौँका हाँसमा पनि बर्डफ्लु फेला परेको हो । उक्त क्षेत्रको तीन किलोमिटर सम्ममा रहेका कुखुरा, हाँसलगायत पक्षी र तीनका अन्डा तथा दाना नष्ट गर्नुपर्ने हुन्छ ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार बर्डफ्लु मानिसमा सर्दा धेरै छिटो लक्षणमा वृद्घि हुन्छ । मानिसमा बर्डफ्लुको सङ्क्रमण भएपछि आँखामा सङ्क्रमण, ज्वरो, घाँटीमा खसखस, मांसपेसीमा पीडा, रुघाखोकीजस्ता लक्षण वा श्वासको गम्भीर रोगमा जस्तो छातीमा सङ्क्रमण, निमोनिया आदिजस्ता समस्या देखिन सक्छन् । यसमा पखालासमेत देखिन सक्छ । बर्डफ्लुको कडा भाइरसले सङ्क्रमण गर्दा सास फेर्न नसक्ने, धेरै अङ्गले काम गर्न छोड्ने हुँदै बिरामीको मृत्युसम्म हुनसक्छ ।
बर्डफ्लुको सङ्क्रमण मुख्य रूपले सङ्क्रमित पक्षी र जिउँदो अथवा मरेका कुखुरा र हाँसलगायत, तिनको सुलीसँग निकट सम्पर्कले हुन्छ । यो सङ्क्रमण मानिसबाट मानिसमा दुर्लभ स्थितिमा सर्छ । सङ्क्रमित पक्षीको ¥याल, सिँगान, सुलीमा बर्डफ्लुको विषाणु रहने भएकोले यस्ता वस्तुलाई हत्तपत्ति छुन हुन्न र सङ्क्रमणको सम्भावना भएका वस्तु छोए तुरुन्त साबुनपानीले हात धुनुपने चिकित्सकको सुझाव रहेको छ ।
डा. पुनले बर्डफ्लुबाट बच्न बिरामी वा मरेको पक्षीलाई नछुने, बर्डफ्लु देखिएको ठाउँमा कसैसँग हात नमिलाउने, पक्षीसँगको सीधा सम्पर्कबाट बच्ने, सुली नछुने, घरमा पालेको पक्षीको पिँजडा र भाँडाकुँडा दिनहु सफा गर्ने, मासु एक सय डिग्री तापक्रममा पकाएर मात्रै खाने, काँचो वा आधा पाकेको मासु र अन्डा नखानाले रोगबाट बच्न सकिने जानकारी दिनुभयो । - सरोज ढुङ्गेल , गोरखा पत्र दैनिकबाट 

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget