Websoft University

www.radiomakalu.com || 021-522512


राष्ट्रियसभाको उपाध्यक्षमा शशीकला दाहाल निर्वाचित

चैत ४ । राष्ट्रियसभाको उपाध्यक्षमा वाम गठबन्धनकी शशीकला दाहाल निर्वाचित भएकी छन् ।

संघीय संसद भवन नयाँ बानेश्वरमा आइतबार भएको निर्वाचनमा दाहाल ४५ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन् । दाहालकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी बिन्दा देवी आले रानाको पक्षमा ११ मत आएको थियो ।
राष्ट्रिय सभाका कुल ५९ सदस्यमध्ये ५६ जना मतदानमा सहभागी थिए ।
मतदानमा कांग्रेसका मुक्ताकुमारी यादव र दुर्गा उपाध्याय अनुपस्थित रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
मतदानमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि सहभागी भएनन् ।
उपाध्यक्षमा निर्वाचित भएपछि दाहालले संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणमा योगदान पुर्‍याउने प्रतिक्रिया दिइन् ।
दाहाल माओवादी केन्द्रको तर्फबाट प्रदेश २ बाट प्रतिनिधित्व गर्दै राष्ट्रिय सभामा निर्वाचित भएकी थिइन् ।

राष्ट्रियसभाको अर्को बैठक आगामी १३ गते दिउँसो १ बजे बस्नेछ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget