Websoft University

www.radiomakalu.com || 021-522512


राष्ट्रियसभाको अध्यक्षमा एमालेका तिमिल्सिना निर्विरोध, कांग्रेसले उम्मेदवारी दिएन

फागुन २८ । राष्ट्रियसभाको अध्यक्षमा नेकपा एमालेका गणेश तिमिल्सिना निर्विरोध भएका छन् ।

संघीय संसद सचिवालयले सो पदमा उम्मेदवारी दिन सोमबार (आज) दिउँसो १ बजेसम्मको समय दिएकोमा वाम गठबन्धनका तर्फबाट तिमिल्सिनाकोमात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् ।
पर्वतबाट निर्वाचित सांसद तिमिल्सिना निर्वाचित भएको घोषणा भने बुधबार बस्ने राष्ट्रियसभाको बैठकले गर्नेछ ।
तिमिल्सिनाले सोमबार दिउँसो १२ बजेर ४० मिनेटमा संसद भवनमा पुगेर उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै तिमिल्सिनाले राष्ट्रियसभामा प्रतिपक्षलाई पनि महत्व दिएर संस्थालाई मर्यादित बनाउने बताए ।
तिमिल्सिनाको प्रस्तावकमा राष्ट्रियसभाका सदस्य खिमलाल भट्टराई र समर्थकमा राष्ट्रियसभाका सदस्यद्वय दीनानाथ शर्मा र सुमनराज प्याकुरेल रहेका छन् ।
कार्यव्यवस्था शाखाका सहसचिव मुरारी महतले बुधबार दिउँसो १ बजे बस्ने राष्ट्रियसभा बैठकले निर्वाचित भएको औपचारिक घोषणा गर्ने जानकारी दिए ।
राष्ट्रियसभाको अध्यक्षमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उम्मेदवारी नै दिएन ।
प्रमुख सत्तारुढ दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको सहमतिअनुसार राष्ट्रियसभाको अध्यक्ष एमालेको भागमा परेको छ । सोही सहमतिअनुसार एमालेले तिमिल्सिनालाई उम्मेदवार बनाएको हो ।

राष्ट्रियसभामा ५९ सांसद छन् । एमालेबाट २७, कांग्रेसबाट १३, माओवादीबाट १२ तथा संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालबाट २/२ जना सांसद छन् ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget