Websoft University

www.radiomakalu.com || 021-522512


विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुग्यो

फागुन २८ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार युएस बंगलाको एक विमान दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको छ ।

बंगलादेशको राजधानी ढाकाबाट आएको विमान अवतरण गर्नेक्रममा विमानस्थलमा दुर्घटना हुँदा अहिलेसम्म ४९ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले बताए ।
उनकाअनुसार ४० जनाको विमानस्थलमै र ९ जनाको उपचारकाक्रममा केएमसी अस्पतालमा मृत्यु भएको हो ।
८ जनाको सिनामंगलस्थित केएमसी र एकजनाको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको हो । पाइलटको पनि मृत्यु भएको छ ।
२२ घाइतेहरुको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । १६ जनाको केएमसीमा, चारजनाको नर्भिकमा तथा ग्रान्डी र ॐ अस्पतालमा एक/एक जनाको उपचार भइरहेको छ ।
घाइतेमध्ये दुईजना सामान्य घाइतेमात्र रहेको र अरु घाइते अधिकांशको अवस्था गम्भीर रहेको जनाइएको छ ।
विमानमा ६७ यात्री र चारजना चालकदलका सदस्य सवार रहेका थिए । तीमध्ये ३३ जना यात्री नेपाली रहेका थिए ।
यात्रीहरुमध्ये दुईजना बालबालिका, २८ जना महिला र ४१ जना पुरुष यात्री रहेको विमानस्थलले जनाएको छ ।
सो विमान अवतरण गर्नेक्रममा ‘ओभरसुट’ भइ पूर्वतर्फको खोंचमा खसेर दुर्घटना भएको जनाइएको छ । दुर्घटनालगत्तै विमानमा आगो लागेको थियो । यद्यपि, विमानको आगो केही बेरमै नियन्त्रणमा लिइएको थियो ।

विमान सोमबार दिउँसो २ बजेर १९ मिनेटमा दुर्घटना भएको थियो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget