Websoft University

www.radiomakalu.com || 021-522512


फोटोकपी गरिएका दुरुस्तै हजारका नोट

काठमाडौँ — रंगीन फोटोकपी गरेको हजार रुपैयाँ साटिदिन भनेर दुई युवाले धरानमा एक किराना पसलेलाई ठगेका छन् । उनीहरूले किराना पसलेबाट सजिलै पाँच सयका दुइटा सक्कली नोट लिएर भाग्न सफल भएका थिए ।


धरानमा ठगीको यो नयाँ शैली अपनाउने गिरोहलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । धरान–१५ बाझोगरास्थित सहारा किराना पसलका सञ्चालक हितबहादुर बस्नेतले साँझमा आएका निलो रंगको मोटरसाइकलमा आएका दुई जनाले आफूलाई ठगेको बताए । उनले भने, ‘दुई जनामध्ये एक जनाले हजार रुपैयाँको नोट देखाउँदै ‘खुद्राको अभावले आपत परेको’ भन्दै खुद्रा बनाइदिन भनेपछि आफूले पाँच सयको दुइटा नोट दिएर पठाएको केही बेरपछि ठगिएको थाहा पाएँ ।’ युवाहरूले पाँच सयका दुई नोट पाएलगतै हतारहतार मोटरबाइकमा चढेर हुइँकिएका थिए । उनीहरूले दिएको हजारको नोट रंगीन फोटोकपी गरिएको कागजको हो । हजारको नोटको दुईतिरको भागलाई पालैपालो फोटोकपी गरेर दुरुस्तै देखिने गरी गमले टाँसेकाले तत्काल चिन्न नसक्दा ठगिएको बस्नेतले बताए । कागजको हजारको नक्कली नोटमा नम्बर ४०२१३९ रहेको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget