Websoft University

www.radiomakalu.com || 021-522512


पराजुलीले गरेको फैसला मान्दिनँ : डा केसी

काठमाडौँ — प्राध्यापक डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले गरेको फैसला नमान्ने बताएका छन् ।


आइतबार अपरान्ह कान्तिपुर र डा. गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दाको बहसपछि अदालत बाहिर निस्कँदै उनले आफूविरुद्ध परेको मुद्दा आफ्नै इजलाश पार्नु प्राकृतिक

न्यायको सिद्धान्त विरुद्ध भएकोले पराजुलीको निर्णय नमान्ने बताएका हुन् ।

उनले भने, 'म जबसम्म प्रधानन्यायाधीश रहन्छन् । तबसम्म उनले गरेको, उनको इजलाशले गरेको कुनै पनि फैसला स्वीकार्य हुँदैन।'

केसीले पराजुली आफैंले न्यायालयको अपमान गरेको हुनाले राजीनामा दिनु पर्ने बताए । उनले भने, 'पराजुली आफैंले सम्पूर्ण न्यायलयको अपमान गरेका छन्, न्यायधीशहरुको अपमान

गरेका छन्, वकिलहरुको अपमान गरेका छन् । त्यसैले उनलाई पदच्यूत गर्नुपर्छ वा महाअभियोग लगाउनु पर्छ ।'

डा. केसीले पराजुलीले संविधान भन्दा माथि रहेर काम गरिरहेको आरोप लगाए ।

कान्तिपुर र डा केसी विरुद्धको अदालतको अवहेलना मुद्दामा प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नै नेतृत्वमा गठन गरेको बृहत पूर्ण इजलाशमा आइतबारदेखि बहस सुरु भएको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget