Websoft University

www.radiomakalu.com || 021-522512


‘देउवा सरकारले गरेको अलोकप्रिय निर्णयका कारण निर्वाचनमा पराजय’

चैत १० । प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा भोग्नुपरेको पराजयको समीक्षा र आगामी रणनीति तय गर्न शुक्रबारदेखि सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शनिबार दोस्रो दिन पनि बसिररहेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्वको आलोचनामा आफ्नो समय खर्चिएका छन् ।
शनिबारको बैठकको सुरुमा आफ्नो धारणा राख्दै केन्द्रीय सदस्यहरु नवीन्द्रराज जोशी र हरि नेपालले सभापति शेरबहादुर देउवाको कार्यशैलीका कारण पार्टी संगठन ध्वस्त भएको र देउवा नेतृत्वको सरकारले गरेको अलोकप्रिय निर्णयका कारण निर्वाचनमा पराजय व्यहोर्नुपरेको आरोप लगाए ।
अर्का केन्द्रीय सदस्य नरहरि आचार्यले भने एकापसमा आरोप–प्रत्यारोप गर्नुभन्दा सामूहिकताको आधारमा पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्ने बताए ।
प्रवक्ता विश्वप्रकाश शर्माले जारी केन्द्रीय समिति बैठकले ठोस निर्णय र भावी रणनीतिको कार्ययोजना तय गर्ने जानकारी दिए ।
निर्वाचन समीक्षा र समसामयिक राजनीतिक विषयमा धारणा राख्ने केन्द्रीय सदस्यहरुको सूची लामो भएकाले बैठक केही दिन लम्बिने प्र्रवक्ता शर्माले जानकारी दिए ।

शुक्रबारको बैठकमा नेताहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र नारायण खड्काले आफ्ना धारणा राखेका थिए । उनीहरुले पार्टी दुर्गतिको मुख्य जिम्मेवार सभापति देउवा भएको भन्दै कडा आलोचना गरेका थिए ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget