![pashupati samser ranaको लागि तस्बिर परिणाम](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgMqRkX8ejBKLAq3RSaVGQlbx4KYHizV17XqFeLQa8T19vISlTrKRMtv4avvGPwDHD3rgRgPRN7E3trOcdZzJRbN9gKUurfMgiLPRW49wOPd_x9lDOV3sMeZ36CvjNPSBg0Uo69dq2dtSKJ/s640/Untitled+19783.png)
पाँचथर, कात्तिक २५ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले अब चाँडै राप्रपा नेपालसँग पार्टी एकता हुने बताउनुभएको छ ।
पाँचथरको फिदिममा आज पार्टीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । दुवै पक्षबाट संवाद अघि बढाएर पार्टीलाई एक बनाएर लैजाने उहाँले बताउनुभयो ।
अहिलेको संविधानलाई संशोधन गरेर यथाशक्य स्थानीय निकायको निर्वाचन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, “अहिलेको गाउँ नगरको संरचनालाई कायम गरेरै स्थानीय निकायको निर्वाचन गर्नुपर्दछ ।”
मधेसी, आदिवासी जनजातिका मागलाई सम्बोधन गर्दै अब मुलुकलाई हिन्दू राज्य बनाउन लाग्ने उहाँले बताउनुभयो । उहाँले अङ्गिकृत नागरिकता भएको व्यक्ति संवैधानिक पदमा जान दिने पक्षमा पार्टी नरहेको उल्लेख गर्नु भयो । रासस
Post a Comment