Websoft University

www.radiomakalu.com || 021-522512


आँखामा बोसो पलाउने समस्याः कारण, लक्षण र निदान


EYE-Cleaning

काठमाडौ । मानव शरिरका पाँच ज्ञानेन्द्रिय मध्ये आँखा सबैभन्दा संवेदनशील अंग हो । आँखालाई राम्रोसँग स्याहार गर्न सकिएन वा कुनै समस्या आइहाल्यो भने पनि समयमै उपचार गरिएन भने दृष्टिविहीन भइन्छ ।

आँखामा आउने बिभिन्न समस्याहरुमध्ये टेरिजियम अर्थात् आँखामा मासु वा बोसोको डल्लो पलाउने समस्या पनि एक हो ।

कसरी थाहा पाउने ?

आँखाको भित्री भागमा चौकोसको आकारमा देखिने हल्का गुलावी रंगको मासु वा भनौं बोसोको डल्लो पलाउने समस्या हो टेरिजियम । ‘टी’ आकारमा फैलने यो समस्या अक्सर आँखाको सेतो भागमा देखापर्छ । यो तिव्रगतिमा फैलिएको खण्डमा यसले आँखाको नानीलाई समेत ढाक्छ ।

सामान्यतयाः आँखाको दुईवटा कुनामध्ये नाक छेउँको भागबाट सुरु भएर यो फैलदै आँखाको बीच भागसम्म पुग्छ । प्रायः २० देखि ४० वर्षसम्मका युवामा देखिने यो समस्या महिलाको तुलनामा पुरुषमा बढी हुने गर्छ । २० वर्षभन्दा कम उमेरका मानिसमा यो समस्या विरलै देखिन्छ ।

लामो समय निरन्तर फैलदै जाने टेरिज्म कुनै क्यान्सर होइन । फैलिने क्रममा एउटा निश्चित विन्दुमा पुगेर यो क्रम रोकिन पनि सक्छ । तर अधिकांश अवस्थामा यो फैलिएर आँखाको नानीलाई समेत ढाक्ने गर्छ । जसले गर्दा मानिसको दृष्टिमा समत असर पर्छ । यसले एउटा अथवा दुबै आँखामा असर पार्न सक्छ ।

टेरिज्मको कारण

टेरिजियम आउनु पूर्व आँखामा अक्सर पिञ्गुईकुला देखापर्छ जसमा आँखाको नानी छेउँमा रहेको कञ्जन्टिभामा अर्थात आँखाको सेतो भागमा बोसो जस्तो पहेंलो दाग देखा पर्छ । त्यही दाग विस्तारै विस्तारै टेरिज्ममा बदलिन्छ ।

सूर्यको प्रकाशबाट निस्कने अल्ट्राभायोलट रेको विकिरणले टेरिज्मको समस्या उत्पन्न हुने गर्छ । यसबाहेक धुलो, धुवाँ, प्रदुषण लगायत आँखा सुख्खा हुने समस्याले पनि यो समस्या उत्पन्न गराउन सक्छ ।

इक्वेडर क्षेत्रमा बस्ने मानिसमा टेरिज्मको समस्या धेरै हुने गर्छ । त्यसैगरी बढी गर्मी हुने, घाममा धेरैबेर बस्ने मानिसमा यो समस्या देखिने गरेको छ ।

लक्षण

सानो बोसो अथवा मासु पलाएको छ भने यसको असर आँखामा खासै देखिदैन । साथै आँखामा बोसो पलाउनु पुर्व पनि यसको लक्षण खासै देखा पर्दैन । तर टेरिज्मको समस्या बढ्दै गएमा यसले आँखामा जलन उत्पन्न गराउनुका साथै आँखा रातो हुने गर्छ । जसले गर्दा आँखा पोल्ने, चिलाउने लगायत आँखामा चिर्चिराहट उत्पन्न हुने, बिझाउने हुन्छ ।

टेरिज्म बढ्दै जाँदा यो फैलिएर कोर्निया लगायत आँखाको बाहिरी भागसम्म पुग्छ । यसले आँखाको बनोट नै बिगारेर एस्टिग्मेटिज्म नामक समस्या निम्त्याउने गर्छ । एस्टिग्मेटिज्म भएमा आँखा धमिलो हुन्छ ।

उपचार विधि


टेरिजियम भएमा अथवा यसले कोर्नियामा असर पारेको खण्डमा शल्यकि्रया गर्नु जरुरी हुन्छ । यसको उपचार पद्धति टेरिजिमको आकार अनुसार फरक हुन्छ । यदि टेरिजिम सानो छ भने, सामान्य आँखाको औषधि तथा आई ड्रपले पनि यो समस्या निको पार्न सकिन्छ ।

त्यस्तै, हावा तथा सूर्यका विकिरणबाट टाढा बसेको खण्डमा पनि यसलाई फैलिनबाट जोगाउन सकिन्छ । तर यदि यो फैलिने अवस्थामा छ अथवा यसले आँखामा समस्या उत्पन्न गराएको छ भने त्यो अवस्थामा यसलाई हटाउनु नै उपयुक्त हुन्छ ।

यसलाई विभिन्न तरीकाबाट हटाउन सकिन्छ । पहिले-पहिले आँखामा उत्पन्न भएको बोसोलाई काटेर यसको शल्यकि्रया गरिन्थ्यो । त्यसरी शल्यकि्रया गर्दा उक्त मासु पुनः पलाउन सक्ने संभावना रहन्छ ।

तर कञ्जन्टिभालाउटोग्राफ विधिमा शल्यकि्रया गर्दा आँखामा जमेर बसेको बोसोका पत्रलाई क्रमशः काटेर फालिन्छ । त्यसरी बोसो काट्दा आँखाको सेतो भागमा केही रिक्तता रहने हुँदा यो उपचार पद्धति अनुसार उक्त ठाउँमा आँखाको अन्य भागको कञ्जटिभालाई निकालेर त्यसैमाथि राखिन्छ । उक्त खाली भागमा एमिनियोटिक मेमबे्रन पनि राख्न सकिन्छ । उक्त ठाउँमा अर्को ठाउँको बोसो काटेर पुर्दा सो ठाउँमा पुुनः बोसो पलाउने सम्भावना ५ देखि १० प्रतिशत मात्र रहन्छ ।

हुन त टेरिजियमको सबैभन्दा राम्रो उपचार विधि भनेकै कञ्जन्टिभालाउटोग्राफ सहित गरिने एक्सिसन हो । अर्थात पलाएको मासुलाई तलैदेखि काटेर फाल्नु । विज्ञहरुका अनुसार यसरी गरिएको उपचार विधिमा यसको पुनरावृति हुने संभावना ५ देखि १५ प्रतिशत रहन्छ ।

(डा. कर्माचार्य आँखा रोग विशेषज्ञ हुन् । उनी हाल राप्ती आँखा अस्पताल दाङमा कार्यरत छिन् ।)-डा. मोनिका कर्माचार्य, अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget