Websoft University

www.radiomakalu.com || 021-522512


पशुपतिनाथ पुनर्निर्माणः मुख्य मन्दिर आफैं बनाउने, बाँकी भारतलाई दिइने

प्रधानमन्त्रीको भारत भ्रमणका बेला एमओयुमा हस्ताक्षर गर्ने तयारी

pashupati

काठमाडौं,भदौ २४ गते । पशुपतिनाथ मन्दिर क्षेत्र पुनर्निर्माणमा छिमेकी मुलुक भारतले चासो दिँदै आएको छ । र, प्रधानमन्त्री प्रचण्डको आशन्न भारत भ्रमणको एजेण्डामा समेत यो विषय समावेश भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपतिनाथ क्षेत्र पुनर्निर्माणबारे भारतसँग एमओयूलाई भ्रमणको एजेण्डा बनाउन प्रस्ताव गरेको छ । पुरातत्व विभाग र पशुपति क्षेत्र विकास कोषको स्वीकृति लिएर एमओयूको मस्यौदालाई अन्तिम रुप दिइएको छ ।

तर, परराष्ट्र, अर्थ र कानुन मन्त्रालयको सहमति आउन बाँकी छ । ‘अबको केही दिनमा तीनवटै मन्त्रालयको सहमति आएमा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दुई देशबीच एमओयू हुनेछ’ मन्त्रालयका एक उच्च अधिकारीले अनलाइनखबरलाई बताए ।

कोर क्षेत्र आफैं बनाउने, बाँकी भारतलाई दिइने

नेपाली अधिकारीहरुका अनुसार पशुपतिनाथ क्षेत्रको पुनर्निर्माणमा भारतले लामो समयदेखि चासो दिँदै आएको छ ।

केही वर्ष पहिले आर्कोलोजिकल सर्भे अफ इण्डियाको प्राविधिक टोली आएर अध्ययन पनि गरेको थियो । मन्दिर प्रवेश गर्ने पूर्व पटि्टको सिँढीमा समस्या देखिएपछि नेपालले नै भारतीयलाई बोलाएको थियो । तर, भारतीय टोली आउँदा यहाँ काम भइसकेको थियो ।

त्यो टोलीले मुल मन्दिर क्षेत्रको पनि अवलोकन गरेर फर्कियो । भारतमा बीजेपी सरकार बनेपछि एएसआईका टोली फेरि नेपाल आयो र मूल मन्दिर क्षेत्रको फोटोग्राफीसहित अध्ययन गर्‍यो । त्यसयता भारतले पशपुति क्षेत्रको आवश्यक पुनर्निर्माणमा लगातार चासो दिँदै आएको छ ।


मुल मन्दिरसहित कोर एरियाबाहेक बाँकी क्षेत्रको पुनिर्निर्माणको जिम्मा भारतलाई दिने तयारी छ । यसबारे प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा दुई देशबीच समझदारी गर्न प्रयास गर्ने नेपाली अधिकारीहरु बताउँछन्

तर, नेपालले मूलमन्दिरसहित कोर क्षेत्र आफैंले बनाउन चाहेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले अनलाइनखबरसँग भने, ‘पश्चिम ढोकाबाट भित्रका मूलमन्दिरसहित कोर एरियामा नेपाल आफैंले बनाउनुपर्छ भन्ने मेरो जोड हो ।’

बाँकी क्षेत्रको पुनिर्निर्माणको जिम्मा भने भने भारतलाई दिने तयारी छ । यसबारे प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा दुई देशबीच समझदारी गर्न प्रयास गर्ने नेपाली अधिकारीहरु बताउँछन् ।

दुई वर्षअघि नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपति क्षेत्रका लागि २५ करोड भारु दिने घोषणा गरेका थिए । उक्त रकम पनि नेपालले पाएको छैन ।

तर, पशुपति क्षेत्रको पुनर्निर्माणमा यो रकम अपर्याप्त छ । मुल मन्दिरसहित कोर एरियाबाहेकको पुनर्निर्माणका लागि झण्डै २ अर्ब लाग्ने पशुपति क्षेत्र विकास कोषको अनुमान छ । नेपाली अधिकारीहरुका अनुसार यसप्रति भारतीय पक्ष सकारात्मक छन् ।

नेपाल पुनर्निर्माण प्राधिकरण स्रोतका अनुसार २३ वटा मन्दिर तथा गुम्बा पुननिर्माण र ममर्तका लागि भारत सरकारलाई दिन पर्यटन मन्त्रालयले सकारात्मक राय दिएको छ ।

के छ प्रस्तावित एमओयूमा ?

प्रस्तावित एमओयूका अनुसार पशुपति क्षेत्रको पुनर्निर्माणका लागि डिटेल प्रोजेक्ट प्रपोजल एएसआई र पशुपति क्षेत्र विकास कोषले तयार गर्नेछ । भारतले टेक्निकल एक्सपर्ट दिनेछ र परियोजनाको सम्पूर्ण खर्च भारत सरकारले नै व्यहार्नेछ ।

नेपाल सकारले भने परियोजना कार्यान्वयनका लागि सहजिकरणको भूमिका खेल्ने प्रस्तावित एमओयूमा उल्लेख छ । परियोजना कार्यान्वयनका लागि पुरातत्वका महानिर्देशकको नेतृत्वमा कमिटी समेत बनाइनेछ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget