Websoft University

www.radiomakalu.com || 021-522512


करिब २१ करोड राजस्व असुली


sn-image-1004-nepali-money-5464664.jpg.770x435_q85_crop
वीरगन्ज,भदौ २४ गते । राजस्व अनुसन्धान मध्यमाञ्चल कार्यालय, पथलैयाले व्यापारीलाई कारबाही गरी जरिवानास्वरुप २० करोड ९७ लाख रुपैयाँ राजस्व असुल गरेको छ ।

आर्थिक वर्ष २०७२÷७३ मा यहाँका केही प्रतिष्ठित व्यापारीले सामान आयात–निर्यात गर्दा राजस्व छली गरेकाले जरिवानास्वरुप उक्त रकम असुल गरेको पथलैयाका प्रमुख अनुसन्धान अधिकृत ज्ञानेन्द्रराज ढकालले बताए ।

राजस्व छली गर्नेमा अधिकांश वीरगन्जका केही प्रतिष्ठित व्यापारी रहेको भन्दै प्रमुख ढकालले उनीहरुको नाम सार्वजनिक गर्न मान्नु भएन । आर्थिक नगरीका रुपमा रहेको वीरगन्जका केही व्यापारीले सामान आयात–निर्यात गर्दा राजस्व छली गर्ने गरेकाले उनीहरुको खाता कब्जामा लिई छानबिन गर्ने गरेको बताइएको छ ।

ती व्यापारीले सामान आयात–निर्यात गर्दा कम मूल्याङ्कन राख्ने, कम सामान देखाएर राजस्व छल्ने गरेकाले त्यस्ता व्यापारीमाथि कडा निगरानीसमेत राखिएको छ । ती प्रतिष्ठित व्यापारीले वीरगन्ज भन्सारका कर्मचारी तथा सुरक्षाकर्मीलाई आफ्नो पक्षमा पारेर राजस्व छल्दै आएको समेत बताइएको छ ।-रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget