Websoft University

www.radiomakalu.com || 021-522512


विवादित बाफियामाथि फेरि अर्थ समितिमा छलफल हुने


Nrb-810

काठमाडौं,भदौ २४ गते । बैंक तथा वित्तीय संस्थाका अध्यक्ष तथा सञ्चालकहरुको कार्यकाल लगायतका विवादले संसदको पूर्ण सदनबाट फर्किएको बैंक तथा वित्तीय संस्थामाथि फेरि संसदको अर्थ समितिमा छलफल हुनेे भएको छ ।

बाफियामाथि छलफल गरी अन्तिम रुप दिने उद्देश्यले अर्थ समितिले अगामी साता फेरि दफावार छलफल गर्ने भएको हो ।

‘बाफियामाथि छलफल गर्न आगामी साता समितिको बैठक बोलाउने तयारी छ,’ समितिका सभापति प्रकाश ज्वालाले भने- ‘संभवत सोमबार बैठक बोलाइनेछ ।’

पूर्ण सदनले संसदीय समितिमै फिर्ता बठाएपछि समितिले छलफल गर्न खोजेपनि सरकार परिवर्तनका कारण बाफियामाथि छलफल हुन नसेको ज्वालाले बताए । एक सातामा छलफल सकेर सो विधेयक संसदमा पेश गर्ने उनले जानकारी दिए ।

गत मंगलबार साँझ अर्थमन्त्री कृष्णबहादुर महराले अर्थ मन्त्रालयको टीमसँग बसेर बाफियालाई कसरी अघि बढाउने भन्नेबारे झन्डै २ घन्टा छलफल गरिसकेका छन् । अर्थ मन्त्रालयमा भएको आन्तरिक छलफलपछि महरा बाफियाबारे सरकारले लिने नीतिबारे प्रष्ट भएका छन् ।

चाँडै नै बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक संसदमा पेस गर्ने महराको भनाई छ । ‘सकेसम्म शतप्रतिशत सहमतिमा जुटाउन खोज्ने हो । सहमति जुट्दैन भने बहुमतले निर्णय गरी पारित गरिनेछ,’ उनले बिहीबारको अर्थ समितिको बैठकमा महराले भने- ‘त्यहाँ भित्र कमजोरीहरु भए आगामी दिनमा संसोधन गर्न सकिनेछ ।’

बैंक तथा वित्तीय संस्थाका सञ्चालक समेत रहेका सांसदहरुको विरोधका कारण राष्ट्र बैंक र अर्थ मन्त्रालयले संस्थागत सुशासनलाई केन्द्रविन्दुमा राखेर बनाएको बाफियाको मस्यौदालाई परिवर्तन गरेका थिए ।

बाफियाकेा दफावार छलफलका लागि अर्थ समितिले बनाएको ४ सदस्यीय उपसमितिमा ४ जना बैंकसँग सम्बिन्धत सांसदहरु बसेका थिए । उनीहरुले अध्यक्ष तथा सञ्चालकको दुई कार्यकाल सीमा हटाउँदै प्रमुख कार्यकारी अधिकृतलाई भने २ कार्यकालको सीमा लगाएको प्रतिवेदन पेश गरेका थिए ।

उपसमितिले पेश गरेको प्रतिवेदनकै आधारमा अर्थ समितिले व्यवस्थापिका संसदमा प्रस्तुत गरेको थियो । संसदको पूर्ण सदनमा विरोध आएपछि त्यसलाई पुन छलफल गर्नका लागि अर्थ समितमा फिर्ता पठाइएको थियो ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget