काठमाडौं,भदौ २४ गते । मुक्त कमैयाहरुले अनुदान रकम बढाएर पाँच लाख पुर्याउन सरकारसँग माग गरेका छन् ।

सुशील कोइराला नेतृत्वको सरकारले डेढ वर्ष पहिले मुक्त कमैयाहरुलाई जग्गा खरिदका लागि दिने अनुदान रकम १ लाख ५० हजारबाट बढाएर २ लाख रुपैयाँ पुर्याएको थियो । २ लाख रुपैयाँले जग्गा पाइन छोडेको भन्दै मुक्त कमैयाहरुले अनुदान बढाउन माग गरेका हुन् ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले माग सम्बोधनका लागि आफूले सक्दो पहल गर्ने आश्वासन दिए ।
समाजका अध्यक्ष पशुपति चौधरीका अनुसार सरकारले अझै ३ हजार ५ सय मुक्त कमैयालाई पुर्नस्थापना गर्न बाँकी छ । समाजको ज्ञापनपत्रमा पहिचान हुन नसकेका छुट मुक्त कमैयालाई तत्काल पहिचान गरेर परिचयपत्र उपलब्ध गराइनुपर्ने, मुक्त कमैयाहरुको निःशुल्क उपचारको व्यवस्था गरिनुपर्ने, मुक्त कमैया महिलाहरुलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिनुपर्ने लगायतका माग समावेश छन् ।-अनलाइनखबर
Post a Comment