Websoft University

www.radiomakalu.com || 021-522512


विश्वकप क्रिकेटमा छनोट हुन नयाँ रोडम्याप, नेपालको यस्तो छ सम्भावना



काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सन् २०२३ को एक दिवसीय विश्वकपको नयाँ रोडम्याप जारी गरेको छ ।
सिंगापुरमा बसेको आईसीसीको बोर्ड बैठकले विश्वकपका लागि नयाँ फम्र्याट तयार पारेको हो ।

विश्वकपका लागि तयार पारिएको विभिन्न छनोटअन्तर्गत ३ वटा लिगहरु हुनेछन् । जसमा आईसीसी सुपर लिग, आईसिसी लिग-२ र च्यालेन्ज कप रहेका छन् ।

आईसीसी सुपर लिगमा १२ टेष्ट राष्ट्र र नेदरल्याण्ड गरी १३ टिम सहभागी हुनेछन् । आईसिसी सुपर लिगको शीर्ष ८ टोलीले विश्वकपमा स्थान बनाउने छन् । सुपर लिगका बाँकी पाँच टिमले सन् २०२२ को विश्वकप छनोट खेल्ने अवसर पाउने छन् । यो सुपर लिग २०२० देखि २०२२ सम्म हुनेछ ।

त्यस्तै, विश्वकप छनोटको लागि अर्को लिग हो, आईसीसी लिग-२ । आईसीसी लिग-२ मा ७ राष्ट्रले खेल्ने छन् । यस लिगमा नेपालसहित, युएई, स्कटल्याण्ड र आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ बाट छनोट भएर आएका ४ टोलीले खेल्नेछन् । यो २०१९ देखि २०२१ सम्म हुनेछ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget