Websoft University

www.radiomakalu.com || 021-522512


विश्वकप: सर्वाधिक ६ गोल गरेका ह्यारी केनलाई गोल्डेन बुट

विश्वकप: सर्वाधिक ६ गोल गरेका ह्यारी केनलाई गोल्डेन बुट

काठमाडौँ , असार ३२ गते । रसियामा भएको विश्वकप फुटबल प्रतियोगिता भर सर्वाधिक ६ गोल गरेका इङ्ल्यान्डका स्ट्राइकर ह्यारी केनले गोल्डेन बुट जितेका छन् ।

विश्वकपमा महत्वपूर्ण मानिने यो उपाधि जित्ने उनी इङ्ल्यान्डका दोस्रो खेलाडी भएका छन् । यसअघि सन् १९८६ मा भएको विश्वकप फुटबल प्रतियोगितामा ग्यारी लिङ्करले गोल्डेन बुट जितेका थिए ।

गोल्डेन बुटका लागि केनका मुख्य प्रतिस्पर्धी बेल्जियमका रोमेलु लुकाकुले इङ्ल्यान्डविरूद्धको खेलमा गोल नगरेपछि उनले जित्ने पक्का जस्तै थियो ।

विश्वकप तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा केन र लुकाकु दुवै गोल चुके । ह्यारी केनको ६ गोलमै विश्वकप यात्रा समाप्त हुँदा लुकाकुको ४ गोलमै विश्वकप यात्रा टुंगियो ।

समान ४-४ गोलनै भएका रुसका डेनिस चेरिसेभ र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो यसअघि नै विश्वकपबाट बाहिरिइसकेका थिए । यो विश्वकपमा फ्रान्सका एन्टोनी ग्रीजम्यान र केलिएन एमबाप्पेले पनि समान ४/४ गोल गरे ।

फ्रान्स र क्रोएसियाबीच फाइनलमा समेत केनको जति गोलसंख्या कसैले पुर्याउन सकेनन् । फ्रान्सका ग्रिजम्यान र एमबाप्पेले गोल्डेन बुट जित्न कम्तिमा ३ या त्यो भन्दा माथि गोल गर्नुपर्ने थियो । तर उनीहरूले फाइनलमा १/१ गोल मात्रै गरे ।

को हुन् ह्यारी केन ?

ह्यारी केनको जन्म सन् १९९३ मा लण्डनको वेल्थम्स्टमा भएको हो । सानैबाट फुटबलमा रुचि राख्ने केनले इंगल्याण्डका पूर्वफुटबलर डेभिड बेकह्यामले अध्ययन गरेकै विद्यालयमा पढेका थिए ।

उनी सानैदेखि निकै चलाख थिए । फुटबलको टोलीमा नेतृत्वको कला पनि उनीमा भरपूर रहेको विद्यालयका शिक्षकहरुले बताएका थिए । केनलाई फुटबलको करियर थाल्दा केही समस्या पर्यो । उनले बालककालमा रिड्गवे रोभर्सको लागि खेल्थे, जहाँ डेभिड बेकह्यामले पनि खेलेका थिए । उनलाई आर्सनल र टोटनह्यामले परीक्षणको क्रममा असफल भएको भन्दै लिन अस्वीकार गरेका थिए ।

धेरै तौलको भएकाले उनलाई ती क्लबहरुले लिन मानेका थिएनन् । पछि वार्टफोर्डमा टोटनह्यामविरुद्ध राम्रो प्रदर्शन गरेपछि उनी टोटनह्यामकै नजरमा परे । उनलार्इ टोटनह्यामकै प्रशिक्षकले आफ्नो टोलीमा राख्ने निर्णय गरेका थिए ।

यो पटकको विश्वकपमा केनलाई अत्यधिक मार्किङ गरिएको थियो । यो विश्वकपमा निकै घातक मार्किङ गरिएका स्ट्राइकरमा केन सबैभन्दा अगाडि थिए । तर पनि उनले ६ गोल गर्दै गोल्डेन बुट जिते ।

ह्यारी केनको दुई घर छन् । प्रेमिका कटेइ गुडल्याण्डसहित उनी एसेक्समा बस्छन्न् । यो घर निकै शानदार छ । यो घरमा उनीहरुकी एक छोरी पनि छन् । केनको दोस्रो घर टोटनह्यामको मैदाननजिकै छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget