Websoft University

www.radiomakalu.com || 021-522512


चिकित्सा शिक्षा विधेयक: संसद बैठकमा कांग्रेसको अवरोध

चिकित्सा शिक्षा विधेयक: संसद बैठकमा कांग्रेसको अवरोध

काठमाडौँ , असार ३२ गते । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको छ । सरकारले चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर पेश गर्न लागेको भन्दै कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले बैठक स्थगित गरेका छन् ।

१७ दिनदेखि जुम्लाको खलंगामा अनशनरत प्रा डा. गोविन्द केसीका माग सम्बोधनका लागि पेश गर्न लागिएको यो विधेयक सरकारले ४३ ठाउँमा तोडमोड गरेको आरोप लागेको छ ।

दिउँसो १ बजे बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय चिकित्सा विधेयक पेश हुुने कार्यसूची थियो । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले संसदमा राष्ट्रिय चिकित्सा विधयेक २०७५’ पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको थियो ।

“राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद गगन कुमार थापाले प्रस्तुत गर्नुभएको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत हुने भएको छ । त्यस्तै “राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गर्ने विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूचीमा उल्लेख थियो ।

त्यस्तै बैठकमा “बीमा विधेयक, २०७५” लाई प्रस्तुत हुने कार्यतालिका थियो। अर्थमन्त्री डा युवराख खतिवडाले ‘विमा विधेयक २०७५ प्रस्तुत गर्ने कार्यक्रम तय भएको थियो । सांसद विन्दा पाण्डेले शारीरिक, महिलामाथि हुने जघन्य अपराध न्यूनिकरण गर्न जनचेतना अभियान चलाई सामाजिक न्याय र समानताको लागि विद्यालय तहका पाठ्यक्रममा नै समावेश गर्न सरकारलाई निर्देशन दिइयोस्” भन्ने विषयको संकल्प प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको थियो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget