Websoft University

www.radiomakalu.com || 021-522512


केलियन एमबाप्पे: जसले खोस्दैछन् मेसी-रोनाल्डोको ताज

केलियन एमबाप्पे: जसले खोस्दैछन् मेसी-रोनाल्डोको ताज


मस्को , असार ३२ गते । आइतवार मस्कोमा खेलिएको विश्व कप फाइनलमा फ्रान्सले क्रोएसियालाई ४-२ ले हराउँदा १९ वर्षीय फरवार्ड केलियन एमबाप्पेको गोल पनि सामेल थियो । फ्रान्सको तर्फबाट खेलको चौथो गोल गर्नासाथै एमबाप्पेको नाम एक उपलब्धिसँग जोडियो । उनी फुटबल विश्वकपको फाइनलमा गोल गर्ने दोस्रो टिनेजर बनेका छन् ।

उनी भन्दा पहिले सन् १९५८ मा विश्व कप फाइनलमा पेलेलले गोल गरेका थिए । त्यो बेला पेलेको उमेर १९ वर्ष थियो । त्यो खेलमा पेलेको दुई गोल मद्धतमा ब्राजिलले स्वीडेनलाई ५-२ ले हराएको थियो । पेलेले सय उपलब्धिलाई लिएर ट्वीट गर्दै एमबाप्पेलाई बधाई पनि दिए ।

सानैदेखि प्रतिभावान
रूसमा भएको यस विश्कपमा एमबाप्पेले चार गोल गरे । उनी सबैभन्दा धेरै गोल गर्ने तीन खेलाडीमा सामेल त भएनन् तर उनले फिफा योङ्ग प्लेयर अफ द टुर्नामेन्टको उपाधि भने जिन्त सफल भए । अर्थात्, उनी विश्वकपका सर्वश्रेष्ठ युवा खेलाडी घोषित भए ।

एमबाप्पेको बाल्यकाल पेरिसको बाहरी इलाकामा बितेको थियो । तर उनी सानैबाट धेरै प्रतिभाशाली थिए, जसले आफ्नो प्रतिभाका कारण मानिसको ध्यान खिचे ।

२० डिसेम्बर १९९८ मा फ्रान्सको राजधानी पेरिसमा जन्मिएका एमबाप्पेका पिता विल्फ्राइड मुलत: क्यामरूनका हुन् । उनी फुटबल कोच हुनु र एमबाप्पेका एजेन्ट पनि । एमबाप्पेकी आमा फाएजा लमारी अल्जेरियाकी हु्न् । उनी ह्यान्डबलकी खेलाडी समेत हुन् ।

एमबाप्पेले आफ्नो करियरको शुरुआत पेरिसको फुटबल क्लब एएस बोन्डीबाट सुरु गरे । जहाँ उनका पिता विल्फ्राइड पनि कोच थिए । यहाँ एमबाप्पेले अर्का एक कोच एन्टोनियो रिकार्डीसँग पनि प्रशिक्षण लिन पाए ।

एमबाप्पेको बारेमा रिकार्डीले बीबीसीसँग भनेका थिए, 'एमबाप्पे त्यो समय छ वर्षका थिए, जब मैले पहिलो पटक उनलाई प्रशिक्षण दिएँ । त्यही बेला मैले उनी अन्य बालकहरु भन्दा केही अलग छन् भन्ने महसुस गरेको थिएँ ।'

एमबाप्पे चर्चित भएपछि एएस बोन्डी क्लबको सदस्यता लिनका लागि होड नै चलेको थियो । रिकार्डीले एमबाप्पेको प्रतिभाबारेमा अगाडि भने, "उनको ड्रिबलिङ्ग गजबको थियो र उनी अन्य खेलाडीमा धेरै तेज थिए । मैले यहाँ १५ वर्ष प्रशिक्षण दिएँ र यस क्रममा मैले उनी भन्दा उत्कृष्ट अन्य कुनै खेलाडी देखिनँ । त्यसो त पेरिसमा धेरै प्रतिभा छन् तर उनी जस्ता अरु कोही छैनन्, उनी सर्वश्रेष्ठ छन् ।'

विश्वभर प्रशंसक

एएस बोन्डीपछि एमबाप्पे क्लेयरफोन्टेन एकेडेमीमा गए । त्यहाँ उनको प्रतिभा देखेर उनलाई कयौँ फ्रान्सेली क्लब, रियाल मड्रिड, चेल्सी, लिभरपुल र म्यानचेस्टर सिटीसम्मले अनुबन्धन गराउने कोशिश गरेका थिए ।

एमबाप्पे १२ देखि १५ वर्षको उमेरमा क्लेयरफोन्टेन एकेडेमीका लागि खेल्थे । तर सुरुआत बोन्डीका लागि खेलेका थिए ।

फुटबल क्लबले उनलाई अनुबन्ध गराउन होडबाजी गरेको कुराको पुष्टि विश्वका विश्वकै दोस्रा महंगा फुटबलरका रुपमा उनी मोनाकोबाट पेरिस सेन्ट जर्मेन गएको कुराले पनि गरेको छ ।

यसै वर्ष १३५ मिलियन युरोमा उनी मोनाकोबा पेरिस सेन्ट जर्मेन गएका थिए । जर्मनीका पूर्व स्ट्राइकर तथा म्यानेजर जर्गन क्लिन्समन भन्छन्, 'अहिले त एमबाप्पेले अझै धेरै आउन बाँकी छ। उनले विश्व फुटबल बजारलाई हल्लाइदिएका छन् ।'

३३ वर्षका रोनाल्डो र ३१ वर्षका मेसीलाई बितेका एक दशकदेखि विश्वका सर्वश्रेष्ठ खेलाडीका रुपमा मानिन्छ । फुटबलका पछिल्ला १० प्रतिष्ठित बालोन डोर अवार्ड पनि यिनै दुई खेलाडीको पोल्टामा परेको छ।

तर इङ्ल्यान्डका पूर्व रक्षक रियो फर्डिनान्ड भन्छन्, 'लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डो विश्वका सर्वश्रेष्ठ खेलाडीको ताज फ्रान्सका टिनेजर केलियन एमबाप्पेलाई सुम्पिरहेका छन् ।' म्यानचेस्टर युनाइटेडका लागि खेलिसकेका फर्डिनान्ड अगाडि थप्छन्, 'अबका कयौँ वर्षसम्म एमबाप्पे बालोड डिओरको मञ्चमा देखिनेछन् ।

फर्डिनान्डका अनुसार एमबाप्पेमा उमेर भन्दा धेरै परिपक्वता देखिएको छ । अर्कातिर जर्मनीका पूर्व स्ट्राइकर क्लिन्समन भन्छन्, 'एमबाप्पेलाई देख्दा यस्तो लाग्छ उनी १० वर्षदेखि फ्रान्सको टिममा खेलिरहेका छन् ।'

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget