Websoft University

www.radiomakalu.com || 021-522512


मलेसियन एयरलाइन्सको विमान नियतवस समुद्रमा खसालिएको थियो : विज्ञ



क्वाललम्पुर – हवाई दुर्घटनासम्बन्धि विज्ञले हराइरहेको मलेसियन एयरलाइन्सको एमएच–३७० विमान नियतवस समुद्रमा खसालिएको दाबी गरेका छन् । सन् १९९८ को स्वीस एयर विमान दुर्घटनाको अध्ययन गरेका ल्यारी भान्सले मलेसियन एयरलाइन्सको विमान पाइलटले नै समुद्रमा दुर्घटना गराएको बताएका हुन् ।

सन् २०१४ को मार्चमा क्वाललम्पुरबाट बेइजिङका लागि उडेको बोइङ ७७७ बिमान बीच बाटोमा बेपत्ता भएको थियो । २३९ जना सवार विमान हालसम्म फेला पर्न सकेको छैन ।


१३५ मिलियन डलर खर्च गरेर जारी विमान खोज्ने अप्रेशन, यो वर्षको डिसेम्बरसम्म विमान फेला नपरे, बन्द गरिने अधिकारीहरुले जनाएका छन् ।

‘कसै न कसैले प्लेन अन्तिम समयमा उडाएको थियो,’ भान्सले अस्ट्रेलियाको ६० मिनेटसँग कुरा गर्दै भनेका छन्, ‘कसैले प्लेन उडाएर पानीमा खसालेका हुन् ।’

उनले प्लेन दुर्घटनाबारे योभन्दा अन्य कुनै सिद्धान्त नहुने स्पष्ट पारे ।

हिंद महासागरको दक्षिणी भागमा विमानको व्यापक खोजी गरिएपनि विमानको कुनै अत्तोपत्तो लागेको छैन । गत वर्ष माडागास्करको रियुनियन टापुमा विमानको पंखाको एक भाग भने भेटिएको थियो ।

त्यही विमानको अंशको अध्ययन पछि आफू त्यस निश्कर्षमा पुगेको भान्सले बताएका छन् ।

हाल अस्ट्रेलियाको नेतृत्वमा एक खोजी टोलीले समुद्रको १२०,००० स्वेकर किलोमिटर क्षेत्रफलमा अन्डरवाटर ड्रोनदेखि सोनार यन्त्रसमेतको प्रयोगले विमानको खोजी गरिरहेको छ ।-एजेन्सी

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget