Websoft University

www.radiomakalu.com || 021-522512


महिलाले स्कूटर चलाए जिउँदै जलाइने चेतावनी


ghati
आतंककारी संगठन हिजबुल मुजाहिद्दीनका कमान्डर बुरहान बानीको इन्काउन्टरपछि भारतको महाराष्ट्र इलाकाको घाटीको हालत दिनानुदिन बिग्रदो अवस्थामा छ । आइतबार श्रीनगरको सिटी सेन्टरमा लगाइएको पोष्टरले त्यहाँका जनतालाई तनाव थप्ने काम गरेको छ । पोष्टरमा महिलालाई धम्कीपूर्ण सन्देश दिइएको छ । उक्त पोष्टरका अनुसार महिलाले यदि स्कूटर चलाए उनीहरुलाई स्कूटरसँगै जलाइने चेतावनी दिइएको छ । यो पोष्टर संगबाज नामको संस्थाबाट जारी गरिएको छ ।

स्रोतका अनुसार पोष्टरमा जम्मा ६ कुराहरु लेखिएका छन् । युवायुवतीलाई भाइ बहिनी भनी सम्बोधन गरिएको छ । दोस्रो लाइनमा ‘फ्रिडम मुभमेन्ट अफ कश्मिर भ्याली’ लेखिएको छ भने अर्को लाइनमा ‘यो कश्मिर हाम्रो हो र यसको निर्णय हामी गर्नेछौं’ भनी लेखिएको छ ।

पोष्टरमा सबै पसले, भेन्डर र घाटीमा काम गर्ने व्यापारी समुदायलाई सहयोगको अपिलसमेत गरिएको छ । उनीहरुले लडाईं हुञ्जेल आफ्नो पसल बन्द गर्न आह्वान गरेका छन् ।

यसका साथै उक्त पोष्टरमा नीजि यातायातलाई समेत सहयोग गर्न आह्वान गरेको छ । मस्जिद व्यवस्थापन समितीलाई स्लोगन बनाएर त्यसलाई प्रार्थना गर्ने बेला सबैले प्रयोग गर्नसमेत उनीहरुले पोष्टरमार्फत आग्रह गरेका छन् ।
स्वतन्त्र नहुञ्जेलसम्मका लागि आफूहरु लडाईंको मैदानमा उत्रिरहने भन्दै उनीहरुले पोष्टरलाई बिट मारेका छन् ।

स्थानीय पुलिसले पोष्टरको जाँच भइरहेको बताएको छ ।
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget