Websoft University

www.radiomakalu.com || 021-522512


प्रधानमन्त्रीको चुनाव १९ गते


Samsad
काठमाडौं,साउन १७ गते । नयाँ प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदमा साउन १९ गते निर्वाचन हुने भएको छ ।

सहमतीय सरकार गठन गर्न दलहरु असफल भएपछि राष्ट्रपति विद्या भण्डारीले बहुमतीय सरकार गठनका लागि संसदमा रहेका दलहरुलाई आहृवान गरेकी छिन् ।

सोमबार नै बसेको संसदको बैठकमा सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री चुनावका लागि १९ गते विहान ११ बजेको बैठक तोकेकी छन् ।

साथै निर्वाचनका लागि आवश्यक प्रक्रिया सुरु गर्न महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिएकी छन् ।

प्रधानमन्त्रीका लागि कांग्रेस र माओवादी गठवन्धनबाट प्रचण्ड उम्मेदवार हुने पक्का छ । एमालेले भने उम्मेदवार छनौट गरेको छैन ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget