Websoft University

www.radiomakalu.com || 021-522512


हेपाटाइटिस के हो, जोगिने कसरी ?

सन्दर्भः विश्व हेपाटाइटिस दिवस
dr bidhan

-प्रा डा विधाननीधि पौडेल
हेपाटाइटिस भाइरसको संक्रमणबाट हुने कलेजोको रोग हो । यो रोग लागेपछि कलेजो सुन्निने, फुल्ने र पछि गएर खुम्चिने (सिरोसिस अर्फ लिभर) पाचनप्रणालीबाट कलेजोमा जाने रक्तनली थुनिने हुन्छ ।

अहिले देखिएको हेपाटाइटिस पाँच प्रकारका छन् । हेपाटाइटिस ए, बी, सी, डि र ई । यी सबै प्रकार रोग हेपाटोट्रोपिक नामक भाइरसबाट लाग्छ । यसले कलेजोमा मात्र बासस्थान बनाउँछ । यसले कलजोलाई मात्र खराब गर्छ ।

सर्ने तरिकाका आधारमा यी रोगलाई दुई किसिमबाट छुट्याउन सकिन्छ । हेपाटाइटिस ए र ई सर्ने तरिका एउटै छ । भने बी, सी र डी सर्ने तरिका एउटै छ ।

कसरी सर्छ हेपाटाइटिस ए र ई ?

यो रोग प्रदूषित पानी संक्रमित मानिसको दिसाबाट सर्छ । र्यालबाट पनि सर्न सक्छ । यो वर्षात्को समयमा महामारीको रुपमा देखिने गर्छ । वर्षात्मा खानेपानीमा ढल मिसिन्छ । यस्तो पानी प्रयोग गर्दा यो रोग लाग्ने सम्भावना रहन्छ । यो स्कुले बच्चाहरु र भीडभाड हुने स्थानमा बढी देखिन्छ । किनकि एउटै चर्पी प्रयोग गर्दा, सरसफाई नहुँदा र दूषित पानी प्रयोग गर्दा यो रोग फैलन सक्ने सम्भावनालाई बढाउँछ ।

हेपाटाइटिस ई गर्भवतिलाई भएको खण्डमा लिभर फेलर भई गर्भ तुहिने र मृत्यु हुने खतरा पनि रहन्छ ।
विश्वमा हेपाटाइटिस ए को भ्याक्सिन भएपनि नेपालमा उपलब्ध छैन । ई को भने भ्याक्सिन आजसम्म बनेको छैन ।

हेपाटाटिस ए र ईका लक्षण

यो रोग लागेपछि साधारणतय रुघाखोकी लाग्ने, शरीर दुख्ने, अल्छी लाग्ने, घुँडा दुख्ने, खानामा रुची नहुने, साधारणतया रुघाखोकी लाग्ने, शरीर दुख्ने, अल्छी लाग्ने, घुँडा दुख्ने, खानामा रुची नहुने, सामान्य ज्वरो आउने र पछि आँखा, पिसाव र छालामा पहँेलोपन देखिने हुन्छ । त्यसैले यसलाई जण्डिस पनि भनिन्छ ।

यो बिस्तारै निको पनि हुन्छ । यी रोग मानिसलाई एक पटक भएपछि दोहोरिएर हँुदँन । यसको खास औषधि पनि बनेको छैन । धेरैलाई यो रोग लागेको पनि थाहा पनि हुँदैन । सामान्य उपचार पछि आफैं निको पनि हुन्छ ।

जोगिने उपाय

यसबाट जोगिन सफा उमालिएको पानी मात्र प्रयोग गर्ने चर्पीमा गएर मात्र दिसापिसाब गने गर्नुपर्छ । सागपात प्रयोग गर्दा राम्रोसँग पखाली राम्रोसँग पकाएर मात्र खानुपर्छ ।

सरकारले आफ्ना नागरिकलाई स्वस्थ राख्न ढलको उचित प्रबन्ध मिलाउनुपर्छ । खानेपानीको पाइप र ढलको पाइप एकै स्थान राख्नु पनि हुँदैन ।

काठमाडौं जस्तो शहरमा पानी र ढलको पाइप एकै स्थानमा हुँदा यी रोगको महामारी फैलिन सक्ने खतरा सधैं रहन्छ ।

हेपाटाइटिस बी, सी र डी

यी मध्ये बी र सी बढी खतरानाक छन् । हेपाटाइटिस बी डिएन ए हेपाट्ना भाइरसबाट सर्छ । यो रोग मानिसको शरीरमा भाइरस प्रवेश गरेको एक देखि ६ महिनाको बिचमा देखिन्छ ।

यसले शरीरमा दुई किसिमबाट असर गर्छ । एक्यूट हुँदा पनि जम्मा २५ प्रतिशतमात्र लक्षण देखिन्छ । ७५ प्रतिशतले थाहा नै पाउँदैनन् । वयस्क व्यक्तिमा सर्दा ९० देखि ९५ प्रतिशत एक्यूट रुपमा देखिन्छ । यसका कारण भाइरस आफैं हटेर जान्छ ।

छ महिनाभन्दा बढी समय भाइरस कलेजो रह्यो भने त्यो क्रोनिक फर्ममा देखिन्छ । यो ५ देखि १० प्रतिशतसम्म क्रोनिक फर्ममा देखिन्छ ।

क्रोनिक बिरामीको शरीरमा जीवनभर भाइरस रहन्छ । २० देखि ४० वर्षसम्म कुनै लक्षण देखिदैन ।
उमेर बढ्दै गएपछि अन्य रोग लाग्दा यसको लक्षण देखिन्छ । पेट ढाडिने, शरीर सुक्ने, खानमा अरुची बढ्ने र रगत वाक्ने पनि हुन्छ । पछि गएर सिरोसिस, क्यान्सर र कलेजो फेल भई मानिसको मृत्यु हुन्छ ।

जोगिने उपाय

यसको एन्टी भाइरल औषधि पत्ता लागेको छ । शरीरमा भाइरस हुँदैमा औषधि चलाउनुपर्दैन । रगत परीक्षण गरी भाइरसको मात्रा, लिभर इन्जार्म बढी भएमा, कलेजोमा खराबी देखिएमा एचबीइएजी एन्टीजेट सबै हेरेर उपयुक्त समयमा औषधि चलाउनुपर्छ ।

औषधि खाएपछि सिरोसिस क्यान्सर हुनबाट जोगिन सकिन्छ । तर, भाइरस मानिसको शरीरमा रहीरहन्छ । ८ प्रतिशत मात्र भाइरस हट्ने चान्स रहन्छ । औषधि पनि जीवनभर खाइरहुनपर्छ । हेपाटाइटिस बी सी भन्दा १० गुणा र एचआईभी भन्दा १०० गुणा संक्रमित हुन्छ ।

सर्ने तरिका

यो रगत र रगत जन्य पदार्थबाट सर्छ । संक्रमित व्यक्तिले रक्तदान गर्दा, दाह्री काट्ने मेसिन, टुथब्रस, असूरक्षित यौन सम्पर्क र गर्भवति आमाबाट बच्चा जन्मिने बेलामा सर्न सक्छ । यो समयमा ९० प्रतिशत क्रोनिक (जीवनभर निको नुहने) भएर जान्छ ।

जोगिने उपाय

यसबाट जोगिन रगतको प्रयोग गर्दा राम्रोसँग जाँच गराएर मात्र प्रयोग गर्नुपर्छ । अरुको दाह्री काट्ने मेसिन, दाँत माझ्ने ब्रस प्रयोग गर्नु हुदैन । सबै हेपाटाइटिसको खोप लगाउनुपर्छ ।

हेपाटाइटिस सी

यो आएएनए फाबी भाइरसबाट सर्छ । यसको सर्ने तरिका बीको जस्तै हो । यसका एक्यूट २० प्रतिशत र क्रोनिक ८० प्रतिशत हुन्छ ।

यसले बी भन्दा छिटो १५ देखि ३० वर्षभित्रमा सिरोसिस र क्यान्सर हुन्छ । क्यान्सर बढी हुन्छ । यो जापान र इटालीमा क्यान्सरको मुख्य स्रोत हो ।

हालै यसको औषधि पत्ता लागेको छ । औषधि महङ्गो भएपनि नेपालमा पनि उपलब्ध छ । जेनोटाइप हेरी औषधि चलाउनुपर्छ । पूर्ण रुपमा औषधिको मात्रा खाँदा यो रोग निको हुन्छ ।

हेपाटाइटिस डी

यो अपूर्ण आरएनए नामक भाइरसबाट सर्ने हेपाटाइटिस हो । यो आफै पूर्ण नभएकाले आफैं रोग बनाउन सक्दैन । यो हेपाटाइटिस बी सँगै वा बी भइसकेकालाई मात्र संक्रमण गर्छ । यी दुवै हेपाटाइटिस शरीरमा मिल्दा खतरा हुन्छ । यसले छिटो सिरोसिस र क्यान्सर हुने सम्भावनालाई बढाउँछ ।

डा पौडेल वीर र चिरायु अस्पतालमा कन्सल्ट्यान्ट फिजिसियन ग्याष्ट्रो एण्ड हेपाटोलोजीका रुपमा कार्यरत छन् ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget