Websoft University

www.radiomakalu.com || 021-522512


एक सातामा स्क्रब टाइफसका १७ जना नयाँ बिरामी



चितवन भदौ १५ गते । चितवनमा गएको एक सातामा स्क्रब टाइफसका १७ जना नयाँ बिरामी भेटिएका छन् । ७० जना बिरामीको रगत परीक्षणमा १७ जना नयाँ रोगी भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

यसअघि भदौ पहिलो सातासम्ममा वैशाखयता १४५ जनामा सङ्क्रमण भएको पाइएको थियो । अहिले १७ जना थपिएसँगै बिरामीको सङ्ख्या १६२ पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मधुसूदन कोइरालाले भदौको यस साताबाट सङ्क्रमण घटेको सङ्केत मिलेको जानकारी दिए ।

चितवनमा वैशाखदेखि अहिलेसम्म स्क्रब टाइफसबाट करिब ४०० जनामा गरिएको परीक्षणमा १६२ जनामा सङ्क्रमण भएको पाइएको कोइरालाले बताए । जिल्लामा दुईजनाको ज्यान गएको छ ।

चितवनमा तीनवटा असपतालमा यसको परीक्षण सुरु भएको छ । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र नारायणी सामुदायिक अस्पतालमा परीक्षण थालिएको जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिए ।

अहिलेसम्म भरतपुर अस्पतालमा ३७ जनाको परीक्षणमा तीन, नारायणी सामुदायिक अस्पतालमा २७ जनाको परीक्षणमा सात र चितवन मेडिकल कलेजमा ३२७ जनाको परीक्षणमा १५२ जनाका सङ्क्रमण भएको पाइएको उनले जानकारी दिए । नेपालमा वैशाखयता अहिलेसम्म यो रोगका कारण पाँचजनाको ज्यान गइसकेको छ । नेपालमै सबैभन्दा बढी चितवनमा यो रोग फैलिएकाले इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा काठमाडौँको टोली आएर अध्ययन गरेको छ ।

मुसामा हुने एक प्रकारको किर्ना ‘माइट’ले टोकेमा यो रोग सर्ने चिकित्सकले बताएका छन् । गत वर्षदेखि नेपालमा आधिकारिक पुष्टि भएको नयाँ रोग स्क्रब टाइफस उपचार सजिलो छ । तर रोगको पहिचानमा ढिलाइ भयो भने मात्रै मानिसको ज्यान जोखिममा हुने भएकाले सचेत हुन चिकित्सकले आग्रह गरेका छन् ।

यो एक प्रकारको ब्याक्टेरिया ९रिकेटसिया० ले लगाउने रोग हो । झाडी वरिपरि, कृषि काम गर्ने, जताततै बस्ने र चौरझारमा बस्नेमा सर्ने सम्भावना बढी भएकाले सो क्षेत्रमा जाँदा होसियारी अपनाउनु अत्यावश्यक हुन्छ ।

ratopati

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget