Websoft University

www.radiomakalu.com || 021-522512


सहमतिमा आए एकीकरण गर्न तयार : अध्यक्ष राणा


Pashupati-Shamsher
पर्सा, भदौं १५ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा) का अध्यक्ष पशुपतिशम्शेर राणाले गालीगलौज छाडी सहमतिको बाटोमा राप्रपा नेपाल आए अहिले पनि पार्टी एकीकरण गर्न राप्रपा तयार रहेको बताउनुभएको छ । राप्रपा पर्साले वीरगन्जमा अयोजना गरेको ‘नारायणी अञ्चलस्तरीय कार्यकर्ता उत्प्रेरणा तथा चेतना’ कार्यक्रममा अध्यक्ष राणाले राप्रपा नेपालका नेता तथा कार्यकर्ताले गर्दै आएको गालीगलौजलाई बन्द गरी अन्तरिम विधानमा रहेका असन्तुष्टिमाथि छलफल गरी अगाडि बढे पार्टी एकता सम्भव रहेको प्रस्ट पार्नुभयो ।

राप्रपाबाट छुटिृएका सम्पूर्ण हाँगालाई जोडी रुख बनाउनुपर्छ भन्ने मान्यता बोकी हिँडेकाले वार्ता, संवाद र एकताका लागि आफूहरुले सधैँ ढोका खुल्ला राखेको बताउँदै अध्यक्ष राणाले समानताका आधारमा पार्टी एकीकरण भए एकता दिगो हुने धारणा व्यक्त गर्नुभयो । सभालाई सम्बोधन गर्दै फरक प्रसङ्गमा बोल्दै अध्यक्ष राणाले तराईको विकास नभएसम्म मुलुकको विकास सम्भव नहुने भएकाले तराईमा पूर्वाधार विकासप्रति सरकार गम्भीर हुन आवश्यक रहेको विचार व्यक्त गर्नुभयो । उहाँले काठमाडाँैकेन्द्रित विकासले पूरै देशमा विभेद गरेको बताउँदै अध्यक्ष राणाले अब विकास मधेस र पहाडको दुर्गम क्षेत्रमा हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

चैतमा हुने संसदीय तथा स्थानीय निकायको निर्वाचनका लागि पार्टीका कार्यकर्तालाई तयार रहन निर्देशन गर्दै अध्यक्ष राणाले स्थानीय निकायको निर्वाचनले पार्टीको हैसियतलाई मात्र नभई नेता तथा कार्यकर्ताको हैसियत समेतलाई बढाउने भएकाले जीउज्यानले निर्वाचनको तयारीमा लाग्न आग्रह गर्नुभयो । उहाँले चैत अगावै देशभरिबाट दुई लाख सक्रिय सदस्य बनाउन पार्टीले अठोट लिएकाले त्यसलाई पूरा गर्न मेचीदेखी महाकालीसम्मका कार्यकर्तालाई आग्रह गर्नुभयो ।

कार्यक्रममा पार्टीका वरिष्ठ नेता डा प्रकासचन्द्र लोहनीले जनसङ्ख्याका आधारमा समानुपातिक प्रतिनिधित्व हुनुपर्ने धारणा राख्नुभयो । उहाँले मधेसमा बस्ने मधेसी वा पहाडमा बस्ने आदिवासी हुन् सबैको जनसङ्ख्याका आधारमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था हुनैपर्ने धारणा राख्नुभयो । उहाँले अब पार्टीगत स्वार्थबाट माथि उठी राष्ट्रिय हितका आधारमा महत्वपूर्ण निर्णय गर्ने बेला आएको बताउँदै सबैको अधिकारलाई संविधानमा समावेश गरी समतामूलक समाज निर्माण गर्नतर्फ अग्रसर हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा पार्टीका महामन्त्री एवम् भूमिसुधार मन्त्री विक्रम पाण्डेले सुकुम्वासीको समस्या समाधानप्रति सरकार गम्भीर रहेको बताउनुभयो । भूमिहीन रहेका नेपालीलाई बासको व्यवस्था गर्न सरकार लागिपरेको र यसका लागि सरकारले चाँडै महत्वपूर्ण निर्णय गर्ने जानकारी दिनुभयो ।

कार्यक्रममा पार्टीका महामन्त्री तथा आपूर्तिमन्त्री दीपक बोहराले कालोबजारियालाई निषेध गर्दै महँगी नियन्त्रण गर्न सरकार प्रयासरत रहेको जानकारी दिनुभयो । उहाँले १३० रुपैयाँ प्रतिलिटर बिक्री भएको पेट्रोललाई सरकारले ९२ रुपैयाँमा बिक्री वितरण गरेजस्तै बढ्दै गएको महँगीलाई नियन्त्रणमा लिन चाँडै कालोबजारीमाथि लगाम लगाइने दाबी गर्नुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget