Websoft University

www.radiomakalu.com || 021-522512


सेनाको पुनःसंरचना आवश्यकताअनुसार : रक्षामन्त्री खाँड

balkrishna-khad

चितवन, भदौ १५ गते । रक्षामन्त्री बालकृष्ण खाँडले नेपाली सेनाको आवश्यकताअनुसार पुनःसंरचना हुने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले नेपाली सेनाले नेपाल एकीकरणदेखि राष्ट्रिय अखण्डता, स्वतन्त्रता र एकताका लागि पु¥याएको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

फरक प्रसङ्गमा मन्त्री खाँडले संविधान संशोधन गरी मधेसवादी दलको मागलाई सम्बोधन गरिने बताउनुभयो । त्यसका लागि सरकारले गृहकार्य सुरु गरिसकेको उहाँको भनाइ थियो । मन्त्री खाँडले भन्नुभयो, “संविधान संशोधनका लागि साझा धारणा बनाउने काम सुरु भएको छ ।” मधेसवादी दलले राखेका मागको सम्बोधनपछि मात्र उनीहरु सरकारमा आउने वा नआउने टुङ्गो लाग्ने पनि मन्त्री खाँडले बताउनुभयो ।

संविधान कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको भन्दै उहाँले स्थानीय निकायको निर्वाचन समयमा नै हुने बताउनुभयो । संविधान निर्माणमा जुटेका तीन ठूला दल संविधान कार्यान्वयनमा पनि एक हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । राज्य पुनःसंरचना गर्दा स्थानीय निकायको केन्द्रमा पुग्न बास बस्नुपर्ने अवस्था आउन नहुने र सानो भएर खर्च नधान्ने पनि हुन नहुने उहाँले बताउनुभयो ।

नेपाली काँग्रेसका नेता खाँडले पार्टी विधानसम्मतरुपमा चल्ने कुरामा आफूले सहयोग गर्ने पनि बताउनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget