Websoft University

www.radiomakalu.com || 021-522512


संविधान कार्यान्वयनका लागि स्थानीय निकायको चुनाव: मन्त्री लेखक



कञ्चनपुर, भदौ १५ गते । भौतिक पूर्वाधार तथा यातयातमन्त्री रमेश लेखकले संविधान कार्यान्वयनका लागि स्थानीय निकायको चुनाव आवश्यक रहेको बताउनुभएको छ ।

कञ्चनपुरको बेदकोट नगरपालिकामा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले स्थानीय निकाय निर्वाचन सम्बन्धी कार्य सरकारले चाडैं अगाडि बढाउने तयारी गरेकाले यसका लागि तयार रहन कार्यकर्तालाई आह्वान गर्नुभयो ।

मन्त्री लेखकले स्थानीय निकायको चुनाव लामो समयदेखि नहुँदा विकास निर्माणको कार्यसमेत प्रभावित भइरहेकाले सक्दो चाडो चुनाव गराउनु अनिवार्य छ भन्दै अगामी चैतभित्रमा स्थानीय निकायको निर्वाचन गराउने तयारी सरकारले गरेको बताउनुभयो ।

सरकार गठनका लागि भएको कार्यगत एकता चैतसम्ममात्रै नभएर तीनवटै निकायका निर्वाचन गराउनसम्म भएकोमा जोडदिदैं उहाँले बाढीपीडित, सुकुम्वासी र आरक्ष विस्थापित परिवारलाई पुनःस्थापन गराउनका लागि सरकाले पहल गर्ने बिचार व्यक्त गर्नुभयो ।

मन्त्री लेखकले बेदकोट नगरपालिकाको दैजी हुँदै पर्यटकीय क्षेत्र लिपनासम्मको सडक चालु आवभित्रै कालोपत्रे गर्नका लागि कार्य अगाडि बढाउने बताउँदै दैजी बेलडाँडी सडक कालोपत्रेका लागि कार्य भइरहेको जानकारी दिनुभयो ।

महाकाली नदीमाथि नेपाली भू–भागमै चार लेनको पक्की पुल निर्माणका लागि कार्यअगाडि बढिसकेको पनि उहाँले उल्लेख गर्नुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget