Websoft University

www.radiomakalu.com || 021-522512


सिंगापुरमा पनि जिकाको प्रकोप : ४१ जनामा भाइरस देखियो


zika
सिंगापुर – ब्राजिललगायत दक्षिण अमेरिकी मूलकमा फैलिएको जिका भाइरस सिंगापुरमा पनि देखिएको छ । सिंगापुरको स्वास्थ्य मन्त्रालयले पछिल्लो समय ४१ जनामा यो भाइरसको संक्रमण देखिएको बताएको हो । अन्य देशहरुमा जिका प्रभावित क्षेत्रमा पुगेर आएका व्यक्तिमा यो भाइरसको संक्रमण पाउने गरिएपनि सिंगापुरमा स्थानीय स्तरमा नै उक्त भाइरसको संक्रमण फैलिएको बताइएको छ । यसको संक्रमणमा पर्ने धेरै विदेशी कामदारहरु रहेका छन् । उनीहरु सिंगापुरकै एक क्षेत्रमा काम गरिरहेका थिए । उनीहरु कोही पनि जिका प्रभावित देशहरुमा नपुगेको मन्त्रालयले जनाएको छ । संक्रमित ४१ मध्ये ३४ जना उपचारपछि निको भइसकेको र ७ जना अझै अस्पतालमा रहेका छन् । जन्म दोष भएका बालबालिका जन्मनुमा जिका भाइरस जिम्मेवार भएको बताइएको छ । जसमा यस भाइरसबाट संक्रमित आमाबाट जन्मने बालबालिकाको टाउको सानो हुनेगर्दछ । यो भाइरस विशेष गरेर लामखुट्टेबाट सर्ने गर्छ तर, यौनसम्पर्कबाट पनि यो भाइरस सर्ने पाइएपछि गत फेब्रुअरीमा विश्व स्वास्थ्य संगठनले आप्तकालिन अवस्थाको घोषणा गरेको थियो । सिंगापुर गत मेमा पहिलो जिकाको संक्रमण देखिएको थियो । ब्राजिल पुगेर आएका एक व्यक्तिमा उक्त संक्रमण भेटिएको थियो । यो रोग लागेर हत्तपत्त मानिसको निधन भने हुँदैन । यसको लक्षणमा हल्का ज्वरो आउने, आँखा पाक्ने, टाउको, जोर्नी आदि दुख्ने हुन्छ । यसबाट कोहीलाई प्यारालाइसिस पनि हुनसक्छ । यसको हालसम्म कुनै भ्याक्सिन वा औषधि नभएपनि बिरामीले आराम गर्नका साथै र प्रशस्त पानी पिउनुपर्छ । - ratopati
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget