Websoft University

www.radiomakalu.com || 021-522512


बच्चाका ७ खराब बानी र समाधानका उपाय


सम्बन्धित छवि
स–साना बालबालिकामा सानो उमेरदेखि नै विभिन्न समस्या देखिन्छ । कतिपय बालबालिकामा बुढी औला चुस्नेदेखि बोत्तलमा झुण्डिने, खानेबेलमा फकाउनुपर्ने, नङ टोक्न, दाँत किट्ने लगायतका समस्या देखिन्छन् । जान्नुहोस् बच्चाका खराब बानी र समाधानका उपाय :
कपबाट दुध खुवाउनु


बोत्तलमा दुध पिउने बानी परेका बच्चालाई कपबाट खुवाउनु निश्चय नै अभिभावकका लागि चुनौती हुन सक्छ । यसबाहेक अत्याधिक दुध पिउँदा बच्चाले खाना नखाने पनि हुन्छ । जसका कारण हरियो सागसब्जीसहित क्याल्सियमयुक्त खानेकुरा, दही, चीज र अन्य पोषिलो खानेकुराबाट बञ्चित हुन्छन् ।

अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स (एएपी) ले १५ महिना पुगेपछि बच्चालाई गिलास, कचौरा वा कपमा पिउने बानी बसाल्नुपर्ने जनाएको छ । तर, विज्ञहरुका अनुसार बालबालिकालाई ६ महिना पुगेदेखि नै कपबाट बानी पार्नुपर्छ, ताकी उनीहरु एक वर्षपुग्दा पूर्ण रुपमा अभ्यस्त हुन्छन् ।

‘एक वर्षसम्म पुग्दा उनीहरुले आफूले चुस्नुपर्ने आवश्यकता पूर्ती गरिसकेका हुनेछन्, तसर्थ कप वा गिलासबाट पिउन सिकाउनुपर्छ,’ कोलोराडोका बाल चिकित्सक डा. जेन स्कट भन्छन् । बच्चाले कपबाट पिउन सफल भएपछि, उसले अभिभावकको सहायताबिना नै नियमित रुपमा दुध, पानी लगायत अन्य तरल पर्दाथ पिउने गर्छ ।
बुढी औला चुस्ने


आफूलाई शान्त पार्न बुढी औला वा अन्य औलाहरु चुस्न बच्चाहरुका लागि सामान्य आदत हो । तर औला चुसाइले उनीहरुको विकास प्रणालीलाई पनि अशर गर्छ । यसले जिब्रोभन्दा ठीक माथिको भागलाई अशर गर्छ ।

औला चुस्दा माथिल्लो दात र गिजा बाहिर उछिट्निे र तल्लो दाँत भित्र पस्ने खतरा हुन्छ । तर पनि समग्रमा औला चुस्दा खासै ठूलो स्वास्थ्य समस्या भने निम्तिदैन । औला चुस्दा दाँत र गिजामा प्रत्यक्ष अशर गर्ने भएकोले दुई वर्षपछि बच्चालाई नियमित रुपमा दन्तचिकित्सक कहाँ लैजानुपर्छ । बच्चाले अत्याधिक औला चुसेमा पन्जा वा औला ढाकिने लामो लुगा लगाएर पनि यो बानी छुटाउन सकिन्छ । अलि ठूलो बच्चालाई सम्झाएर पनि यो बानी छुटाउन सकिन्छ ।
खुवाउने बेलमा झन्झट


बच्चालाई खुवाने बेलामा कतिपय अभिभावकले निकै झन्झट सामना गरेका हुन्छन् । बच्चाले केही खान नमान्दा अभिभावकलाई समस्या पर्ने गर्छ । खुवाउँदा नखाने तर बारम्बार सताउने बच्चाका कारण अधिकांश अभिभावक पीडामा परेका हुन्छन् ।

‘बच्चालाई बारम्बार खुवाउनुपर्ने भएकोले उनीहरुलाई खुवाउन समस्या पर्दा परिवारका सदस्यलाई नै अशर गर्छ,’ अमेरिकी चिकित्सक डिना रोज बताउँछिन् । बच्चाले खान नमानेमा सुरुको गासमा सदा भन्दा नयाँ खानेकुरा खुवाउनुहोस् । अर्थात उसलाई मन पर्ने खानेकुराले लोभ्याउनुपर्छ । बच्चालाई यो मन पराउछौं भनेर सोध्नु भन्दा, यसको गन्ध कस्तो छ ? यसको स्वाद पत्ता लगाउ, यसलाई कति छिटो खान सक्छौ म गन्छु आदि भनेर प्रश्न गर्नुपर्छ ।
नाक कोट्याउने
धेरै बच्चाले नाक कोट्याउँछन् । नाक सुख्खा भयो भने पनि बच्चाले नाक कोट्याउँछन् । चिसो, एलर्जी वा नाक सुक्दा पनि बच्चाले नाक कोट्याउँछन् । नाक कोट्याउँदा बच्चाको नाथ्रो फुट्नेदेखि अन्य समस्या देखिन्छ । नाक कोट्याउँनबाट बचाउन बच्चालाई सदा सफा राख्नुपर्छ । सफा राख्दा पनि बच्चाले बानी दोहोराईरहयो भने सम्झाउनुपर्छ । नाक कोट्याउँदा विभिन्न डर देखाउनुपर्छ । जस्तैः नाक खस्छ भनेर डर देखाउन सकिन्छ ।
दाँत किट्ने
झन्डै १४ देखि २० प्रतिशत बच्चाले दाँत किट्ने गर्छन । विशेष गरी रातको समयमा दाँत किट्ने गर्छन् । तर कहिले काँही दिउसै पनि किट्छन् । दाँत आउने बेलामा वा बच्चालाई चिन्ता वा तनाब भएमा दाँत किट्छन् । स्कुल जाने उमेर नपुगेका बालबालिका स्कुल जान थालेपछि दाँत किट्न छोड्ने सन् २००८ को स्लिप कन्फरेन्समा जनाइएको थियो । ठूलो टन्सिल हुने बालबालिकाले पनि दाँत किट्छन । त्यस्तै सुत्दा असजिलो भयो भने पनि यस्तो समस्या आउँछ ।
अन्य खानेकुरा सकभर कम दिने
कोही कोही बच्चा जतिबेला पनि खान खोज्ने हुन्छन् । दिनभर चकलेट, नुनिलो खानेकुरा र अन्य खानेकुरा खाँदा बच्चाले लिटो र भात खादैनन् । ‘दिनभर फलफुल र अन्य गुलियो खानेकुरा मात्र खान खोज्छन् । तसर्थ बालबालिकालाई उनीहरुले जे माग्छन् त्यहि खानेकुरा दिनुहुदैन् ।
खेलौना नदिने
शान्त बनाउने बहानमा बालाबालिकालाई विभिन्न खेलौना दिनु पनि स्वास्थ्यका लागि हानिकारक हुन्छ । बच्चाले खेलौना मुखमा राख्दा त्यसमा भएका हानिकारक किटाणु सर्ने सम्भावना हुन्छ । बच्चालाई लामो समय खेलौना दिदा संक्रमण र दाँतको समस्या आउन सक्छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget